विद्रोह जायज छ !
समाजवादी ऐक्यबद्धता, आजको आवश्यकता !
(The need of the day, Socialist Solidarity! )
विद्रोह अधिकार हो।
नयाँ पुस्तालाई क्रान्तिकारी आदर्श र मूल्य सहितको राजनीतिक धरोहर सुम्पन समाजवादी आन्दोलनको निर्माण गरौं!
पार्टी, समूह र गुटको बग्रेलती डङ्गुरमा एक थान नयाँ पार्टी थप्ने गल्तीबाट जोगिँदै एकीकृत समाजवादी आन्दोलनको निर्माण गरौं!
नेपालको कम्युनिस्ट आन्दोलनमा संलग्न हामी केही कम्युनिस्टहरूको हालको अवस्था १९६७ मा इन्डोनेसियाको पीकेआईका पोलिटब्युरो सदस्य सुदीशमनको जस्तै बन्न गएको छ। सुदीशमन पोलिटब्युरोका अन्य कमरेडहरूको गिरफ्तारी र हत्यापछि पनि केही समय भाग्न र लुक्न सफल थिए तर चाँडै नै विश्वासघातीहरूका कारण गिरफ्तार भए । इन्डोनेसियाको कम्युनिस्ट आन्दोलन सिआइएद्वारा पालितपोषित सैनिक तानाशाहद्वारा चलाइएको दमनका कारण छिन्नभिन्न बन्यो। बीसौँ लाख कम्युनिस्ट र कम्युनिस्ट समर्थकहरू मारिए, लाखौंलाई झ्यालखानमा कोचियो ।
हत्या हुनुपूर्व सैनिक हिरासतको एकान्त बासमा रहेका सुदीशमन र हाम्रो बीचमा मौलिक अन्तर यो छ कि सुदिशमनका सहयोद्धाहरु अदित, लुक्मन, न्जौतो र सकीरमनको भौतिक रूपमै हत्या भइसकेको अवस्था थियो। । हाम्रा कमरेडहरू भने हाक्काहाक्की राजनीतिक ज्यूँदै हाराकिरीका शिकार बनिरहेका छन् । हत्या हुनुपूर्व सैनिक हिरासतमा सुदीसमनले संजीदगीका साथ दिएको बयान "जिम्मेवारीको विश्लेषण" कम्युनिस्ट आन्दोलनकै निम्ति अमूल्य सम्पत्ति बन्न गएको छ। हामी त्यस्तो विश्लेषण तत्कालै पेश गर्न सक्ने अवस्थामा छैनौँ। तर उनकै स्पिरिटमा नेपालको कम्युनिष्ट आन्दोलन धराशयी बनिरहँदा समेत त्यसलाई जोगाउन हाम्रो भूमिका अपुग भएको कुरा खुल्ला स्वीकार गर्दछौं। नेतृत्वको सोच र शैली फेर्न अन्यथा नेतृत्वलाई प्रतिस्थापन गर्न हामी असफल भयौँ ।
एकजना बाँकी रहेसम्म पनि लक्ष्यमा नपुगेसम्म हतियारबन्द संघर्ष नत्याग्ने जनयुद्ध थालनी पूर्वको प्रण भावनात्मक रुपमा त्यतिबेलासम्म हावी थियो। विद्यमान प्रणालीमै रङ्गरोगन गरेर अघि बढ्ने लाइन आफ्नो अनुकूलता अनुसार उपस्थित थियो। कार्यदिशा र कार्यक्रमको अभावमा भावनात्मक रुपमा बाँकी रहेको वामपक्षलाई समेत रिझाउँदै, लटपट्याउँदै संसदवादमा पौडी खेल्न मूल नेतृत्व सफल भयो।
माओवादी शान्ति प्रक्रियामा प्रवेश गर्नु नेपाली कम्युनिस्ट आन्दोलनको निम्ति एउटा अति नै संवेदनशील र महत्त्वपूर्ण घुम्ती थियो। राष्ट्रिय र अन्तर्राष्ट्रिय मूलतः अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका कारण सशस्त्र युद्धलाई निरन्तरता दिइरहनु त्यतिबेला सम्भव र उचित पनि थिएन। जनयुद्धले थप्दै गएका चुनौतीहरूलाई बहाना बनाएर नेपालमा विद्यमान दलाल पुँजीवादको बर्चस्व भए प्रणालीमा भाँसिदै जानु पनि क्रान्तिकारी आन्दोलनप्रति विश्वासघात हुन जान्थ्यो (जो वास्तवमा हुन पुग्यो) । लेनिन, माओसँगै रोजा लक्जम्बर्ग, बागदानोभ, एन्टोन पेनेकोक, ग्राम्सी आदिका शिक्षाहरू समेतलाई ग्रहण गरेर नेपाली विशेषताको नयाँ कार्यदिशा तय गर्नु आन्दोलनको माग थियो। रक्तपातविहीन तर सुरक्षित र जुझारु कार्यदिशाको विकासमा हामी जुट्नुपर्ने थियो । एकजना बाँकी रहेसम्म पनि लक्ष्यमा नपुगेसम्म हतियारबन्द संघर्ष नत्याग्ने जनयुद्ध थालनी पूर्वको प्रण भावनात्मक रुपमा त्यतिबेलासम्म हावी थियो। विद्यमान प्रणालीमै रङ्गरोगन गरेर अघि बढ्ने लाइन आफ्नो अनुकूलता अनुसार उपस्थित थियो। कार्यदिशा र कार्यक्रमको अभावमा भावनात्मक रुपमा बाँकी रहेको वामपक्षलाई समेत रिझाउँदै, लटपट्याउँदै संसदवादमा पौडी खेल्न मूल नेतृत्व सफल भयो। तेस्रो र नयाँ बाटो विकसित तुल्याउने हाम्रा चाहनाहरु भावनामा सीमित बन्दै गए।
प्रतिवादी र न्यायाधीश एउटै व्यक्ति रहने यो वैचारिक संघर्षमा सामेल भएर गलत विचारलाई सही विचारद्वारा प्रतिस्थापन गर्न खोज्नु केवल मूर्खता हो भन्ने कुरा अब सामान्य समर्थकले पनि महसुस गरेका छन्।
त्यो अवधिमा जनयुद्धको वरिपरिको विस्तृत परिप्रेक्ष, ऐतिहासिक तनाव, द्वन्दको पृष्ठभूमि, झडपको धरातल विराट आयाम सहित उजागर भएको थियो। त्यसले सतहमा ल्याएको आर्थिक राजनीतिक सामाजिक ऐतिहासिक र सांस्कृतिक अन्तरविरोधको गहिरो र फराकिलो आयामबाट प्राप्त सकारात्मक ऊर्जालाई नेपाली समाजको पुनर्निर्माण गर्ने कार्यमा सदुपयोग गर्न हामीले हाम्रो राजनीतिक संस्कृति र आचरणलाई क्रान्तिकारी मर्यादा भित्र जोगाइराख्नु जरुरी थियो । हाम्रो नेतृत्वको लापरवाहीपूर्ण जीवन व्यवहार क्रमशः स्वभावमा रूपान्तरित हुँदै गयो । हामी पनि कम बेसी प्रदूषित बन्दै गयौं। जीवन मूल्य, क्रान्तिकारी आदर्श, जनपक्षीय संस्कृति आदिमा ह्रास आउनुसँगै नेतृत्वले नीतिहिनतालाई नै नीति बनाउँदै लग्यो ।
नेकपाको गठन र विघटन कम्युनिस्ट आन्दोलनमा व्यक्तिवाद हावी भएको विषय अध्ययन गर्न चाहनेहरूको निम्ति उपयुक्त अवधि हो। कम्युनिस्ट आदर्श र सिद्धान्तका सबै कुरा परित्याग गरेपनि संगठनको मामिलामा विश्व कम्युनिस्ट आन्दोलनमा कुनै समय हावी रहेको एकमनावादलाई अहिले पनि नेपालका कम्युनिस्ट समूहहरूका मुख्य नेताले जतनसाथ लागू गर्दै आएका छन्। यसले गर्दा कालान्तरमा हाम्रो वैचारिक सङ्घर्ष हास्यास्पद प्रहसन बन्न पुग्यो।प्रतिवादी र न्यायाधीश एउटै व्यक्ति रहने यो वैचारिक संघर्षमा सामेल भएर गलत विचारलाई सही विचारद्वारा प्रतिस्थापन गर्न खोज्नु केवल मूर्खता हो भन्ने कुरा अब सामान्य समर्थकले पनि महसुस गरेका छन्।
समय समयमा स्वयंको पुनर्निर्माण नगर्ने पार्टीको आयु धेरै लामो हुँदैन। आधारभूत वर्गका जनताको हितलाई बिर्सेर सामन्ती चरित्रसहित नोकरशाही पुँजीपति वर्गसँग रोटेपिङ खेलिरहेको हाम्रो पार्टी र हामीले कुनै समय नेतृत्व गर्ने, हामीलाई सम्पूर्ण रूपमा भरोसा गर्ने श्रमजीवी जनताको बीच तयार भएको गहिरो र फराकिलो धाँजामा थुप्रिंदै गएको जनअसन्तोषको ऊर्जामा यसपटक हाम्रै कलिला सन्तानहरूको असन्तोष मिसिएपछि त्यो आक्रोशमा फेरिएर सामाजिक विस्फोट हुन गयो। यसरी मुख्य नेतृत्व र त्यसको वरिपरि घुम्ने सानो शिष्य मण्डलका निम्ति बाहेक आम जनताको निम्ति हाम्रो लगायत सबै पुराना नया पार्टीहरू, (हाम्रो राजनीतिक संस्कृतिक प्रभावमा परेका नयाँ भनिने पार्टी समेत) विघटित भएका छन्। यो मक्किसकेको संरचनाले क्रमश: थिच्न थालेपछि त्यो मण्डल पनि भागाभाग हुने कुरा निश्चित छ।
आधारभूत वर्गका जनताको हितलाई बिर्सेर सामन्ती चरित्रसहित नोकरशाही पुँजीपति वर्गसँग रोटेपिङ खेलिरहेको हाम्रो पार्टी र हामीले कुनै समय नेतृत्व गर्ने, हामीलाई सम्पूर्ण रूपमा भरोसा गर्ने श्रमजीवी जनताको बीच तयार भएको गहिरो र फराकिलो धाँजामा थुप्रिंदै गएको जनअसन्तोषको ऊर्जामा यसपटक हाम्रै कलिला सन्तानहरूको असन्तोष मिसिएपछि त्यो आक्रोशमा फेरिएर सामाजिक विस्फोट हुन गयो। यसरी मुख्य नेतृत्व र त्यसको वरिपरि घुम्ने सानो शिष्य मण्डलका निम्ति बाहेक आम जनताको निम्ति हाम्रो लगायत सबै पुराना नया पार्टीहरू, (हाम्रो राजनीतिक संस्कृतिक प्रभावमा परेका नयाँ भनिने पार्टी समेत) विघटित भएका छन्।
नयाँ सैद्धान्तिक वैचारिक आधारमा श्रमजीवी वर्ग र उत्पीडित जनसमुदायको पक्षपोषण गर्ने नयाँ पार्टी आजको आवश्यकता हो। यो आवश्यकताको स्वीकारोक्ति तरुण पुस्तामा प्रबल र टड्कारो रुपमा देखिन्छ। अहिले खुबै प्रचलित पुस्ताको परिचय (अवधारणा) लाई परै राखेर भन्नुपर्दा नेपालमा ऐतिहासिक रूपले उल्लेखनीय सबै आन्दोलन र परिवर्तनमा नवयुवा पुस्ताको महत्वपूर्ण योगदान रहँदै आएको छ। आजको नव युवा पुस्तालाई क्रान्तिकारी वैचारिक शस्त्र र शास्त्रबाट सज्जित तुल्याउने काम सबभन्दा महत्त्वपूर्ण र गुरुत्तर कार्य हो। यो जिम्मेवारी पूरा गर्न विभिन्न सानाठूला, पुराना नयाँ पार्टीहरूमा गर्दछौँ। रहेका प्रगतिशील सोच राख्ने नेता कार्यकर्तालाई हामी हार्दिक आह्वान नेपाललाई निराशा र अस्थिरताको अध्यारोतर्फ धकेल्ने मुख्य कारक तत्व विगत साठी वर्षको कुशासन नै हो। अपसोच त्यो कुशासनमा कर्ता धर्ता रहेका कुनै पनि नेताहरूमा आत्मनिरीक्षण गर्ने, आफ्नो गल्तीहरु स्वीकार गर्ने, नेपाली जनताका सामु क्षमा माग्ने र कञ्चन बन्ने साहस कहिँ कतै देखिएको छैन। अझ उल्टो हाम्रै नेता त नवयुवाहरूको भ्रष्टाचार विरोधी भावना र चाहनालाई आलैमा बिर्सेर भ्रष्टाचारको कल्की भिरेका नेताहरूलाई पार्टीको माथिल्लो तहमा भित्र्याएर शक्तिशाली बन्ने दुस्वप्नमा रमाइरहेका छन्। हामी कुशासनका स्रोतहरूलाई, स्रोत व्यक्तिहरूलाई प्रतिस्थापन गर्ने काममा असफल भएकोमा खुला दिलले आफ्ना कमजोरी स्वीकार गर्दछौ ।
युगको आवाज र नयाँ वास्तविकताको ताकितामा नेपालका मजदुर किसान तथा ऐतिहासिक उत्पीडनमा रहेका जनताको पक्षमा लड्ने नयाँ राजनीतिक शक्तितयार पार्न अब बिलम्ब गर्नुहुन्न । यसको अर्थ दलहरूको बजारमा एउटा नया दल होइन । विभिन्न समूहमा छरिएर रहेका जनमुखी र अग्रगामी सोच राख्ने नेता- कार्यकर्ताहरूले मुख्य नेताहरूले भिराइदिएको दर्ज्यानी चिन्ह र पदीय तग्माहरू मिल्काएर इतिहासको अभिभरा पुरा गर्न अगाडि आउनु पहिलो काम हो। कम्युनिस्ट आन्दोलनको भ्रूण (nucleus) तयार पार्न बिना कुनै अलमल स्वतन्त्र बनेर अघि सर्ने ऑट जुटाउन आवश्यक छ।। समाजवादको
अभियान सञ्चालनलाई अघि बढाउनु त्यसपछिको दोश्रो दायित्व हो । यसैका निमित्त हामी अगाडि आएका छौं ।
हामीले दीर्घ दिनदेखि चलाएको वैचारिक संघर्षले हाम्रो पार्टीमा चाहिँ मुख्य नेतालाई चिढ्याउने बाहेक खासै प्रतिफल दिन सकेन। अन्य समूहमा रहनुभएका कमरेडहरूको आआफ्नै अनुभव होला । लामो वैचारिक र आत्मसङ्घर्षपछि माओवादी आन्दोलनमा सम्बद्ध हामी यो निष्कर्षमा पुगेका छौं कि फरक फरक राजनीतिक खण्डहरमा बेचैनी साथ छटपटाइरहेका योद्धाहरू साँचो अर्थमा सिद्धान्तमा आधारित, सहिदहरुका सपनालाई विपनामा फेर्न प्रतिबद्ध, मजदुर किसान लगायत आधारभूत वर्ग, उत्पीडित जाति, लिङ्ग र क्षेत्रका जनताहरूको पक्षपोषणमा समर्पित नेपाली विशिष्टता सहितको समाजवाद निर्माण गर्न साहसका साथ अघि बढ्नुपर्दछ ।
इतिहासले ओजपूर्ण बनाएका वाद-विचारधारा र क्रान्तिकारी पदावली, आदर्श नेताहरूको नाम समेतले हाम्रा समकालीन नेताहरूको व्यवहारका कारण वास्तविक अर्थ नै गुमाएका छन् । यो स्थितिलाई सुल्टाउन आउनुहोस् ! पछौटे भनिएको नेपाललाई परिवर्तनको अग्रगामी देशको रूपमा उभ्याउन साहसका साथ जुटौं ।
विगत ८० वर्षदेखि नेपाली जनताद्वारा समतामूलक समाज बनाउन, जनता र देशलाई मुक्त पार्न सञ्चालन हुँदै आएको जनआन्दोल, जनयुद्ध र भर्खरै देशलाई हल्लाउने नवयुवाहरूद्वारा थालिएको जनविद्रोह समेतका उद्देश्य, सपना, लक्ष्य र साहसलाई जग मानेर तयार पारिने समाजवादी आन्दोलन सृष्टि गर्न र सहिदहरूको सपना पूरा गर्न हामी आफ्नो सामर्थ्य सुम्पने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।
लामो वैचारिक र आत्मसङ्घर्षपछि माओवादी आन्दोलनमा सम्बद्ध हामी यो निष्कर्षमा पुगेका छौं कि फरक फरक राजनीतिक खण्डहरमा बेचैनी साथ छटपटाइरहेका योद्धाहरू साँचो अर्थमा सिद्धान्तमा आधारित, सहिदहरुका सपनालाई विपनामा फेर्न प्रतिबद्ध, मजदुर किसान लगायत आधारभूत वर्ग, उत्पीडित जाति, लिङ्ग र क्षेत्रका जनताहरूको पक्षपोषणमा समर्पित नेपाली विशिष्टता सहितको समाजवाद निर्माण गर्न साहसका साथ अघि बढ्नुपर्दछ ।
हामी व्याप्त राजनीतिक गालीगलोजको संस्कारबाट माथि उठ्दै सैद्धान्तिक वैचारिक चर्चा र राजनीतिक अडानमा अडिएर इतिहासका र अग्रजहरूका सकारात्मक पक्षलाई अनुसरण गर्दै उनीहरूका कमीहरूबाट सिक्ने र नयाँ मार्गमा बढ्ने प्रण गर्दैछौं ।
हाम्रो विचारमा उपर्युक्त लक्ष्यमा प्रतिबद्ध आफैंलाई बदल्न चाहनेहरू, मुख्य रूपमा नयाँ पुस्ताका युवा युवतीहरू आज उत्पन्न राष्ट्रिय संकटलाई चिर्दै उज्ज्वल भविष्य निर्माणका निम्ति अगाडि आउनुपर्दछ। स्वाधीन, सम्पन्न र समानता कायम भएको बलियो नेपाल संसारसामु उपस्थित गराउने प्रतिबद्धता सहित बाम लोकतान्त्रिक र प्रगतिशील शक्तिहरू ध्रुवीकृत हुनु जरुरी छ। यो जरुरी कार्यभारमा जुट्न हामी सम्पूर्ण नेपालीहरूलाई विशेषत युवा पुस्तालाई आह्वान गर्दछौं।
हाम्रो यो अभियानमा नेपाल र नेपालीलाई प्रेम गर्ने सबैको सहयोग समर्थन र ऐक्यबद्धताका निम्ति हार्दिक अपिल गर्दछौं।
(वाम एकता र ध्रुवीकरणको प्रक्रियासँगै नेकपा माओवादी केन्द्रबाट अलग भएर जनार्दन शर्मा, राम कार्कीहरुले सञ्चालन गरेको प्रगतिशील अभियान नेपालको अवधारणापत्र )
तस्विर: रातोपाटी डटकम
कसिँदै गइरहेको ‘थुसिडाइड्सको धराप’ : उम्कने कसरी ?
त्यो अग्निकाण्ड
बर्तोल्त ब्रेख्त: बीसौं शताब्दीका महान कवि-नाटककार
पुनर्जागरण र त्यसका प्रभाव
वी. एस. अच्युतानंदन: एक अथक योद्धा
नेपाली जनआन्दोलन एक समीक्षा
ट्रोत्स्कीको 'स्थायी क्रान्ति' बारे एक विमर्श
प्रतिक्रिया