होसे कार्लोस मारियातेगी: ल्याटिन अमेरिकी मार्क्सवादका प्रवर्तक
पेरुभियाली जनताको संस्कृति र जीवन्त अनुभवसँग गासिएका ‘ल्याटिन अमेरिकी ग्राम्शी’
नेपालका कम्युनिस्ट र वामपन्थीहरू माझ पेरुको माओवादी कम्युनिस्ट पार्टी साइनिङ पाथ र गोन्जालो कुनै नौलो र बिरानो नाम होइन। अधिकांश नेपाली कम्युनिस्टहरू यी नामहरूसँग परिचित छन्। गोन्जालोले नेतृत्व गरेको पेरुको कम्युनिस्ट पार्टीको नामको पछाडिको साइनिङ पाथ भन्ने शब्द स्पानिश भाषाको सेन्देरो लुमिनोसो (Sendero Luminoso) को अनुवाद हो। यो वाक्यांश गोन्जालोले सिर्जना गरेका होइनन्। यो वाक्यांशका असली सर्जक पेरुको कम्युनिस्ट आन्दोलनका संस्थापक मानिने होसे कार्लोस मारियातेगी थिए। उनले दिएको एउटा नारा – “मार्क्सवाद–लेनिनवादले क्रान्तिको चम्किलो बाटो खोल्नेछ” (El Marxismo-Leninismo abrirá el sendero luminoso hacia la revolución) बाट यो वाक्यांश लिइएको हो।
मारियातेगीलाई ल्याटिन अमेरिकी मार्क्सवादको जनक मानिन्छ। उनको प्रभाव पेरुमा मात्र नभई पूरै ल्याटिन अमेरिकाभर फैलिएको छ। सन् १९९० को दशकमा सोभियत संघको मोडेलको समाजवाद ढलेपछि मारियातेगीको विचारको सान्दर्भिकता अझ बढ्दै गएको छ। यो लेखमा होसे कार्लोस मारियातेगीको व्यक्तित्व र कृतित्वका बारेमा संक्षेपमा चर्चा गर्ने प्रयास गरिनेछ।
बाल्यकाल र पारिवारिक पृष्ठभूमि
होसे कार्लोस मारियातेगीको जन्म सन् १८९४ मा दक्षिणी पेरुको सानो शहर मोकेभामा भएको थियो। उनको परिवार निम्न–मध्यमवर्गीय थियो। उनका बुवा फ्रान्सिस्को जेभियर मारियातेगी निम्न तहका सरकारी कारिन्दा थिए। मारियातेगीका बुवा पेरुका स्वतन्त्रता सेनानीका नाति थिए। त्यस्तै, उनकी आमा मारिया अमारिया लाचिरिया इन्डियन र स्पेनी मूलकी थिइन्। उनीहरूका ६ जना सन्तान भएका थिए, जस मध्ये ३ जनाको शैशवकालमै मृत्यु भएको थियो भने होसे कार्लोस परिवारमा सबैभन्दा कान्छा थिए। मारियातेगीका बुवा उदारवादी विचारका थिए । आमा भने त्यसको ठिक विपरीत कट्टर धार्मिक र रुढिवादी विचारकी थिइन्। आफ्ना सन्तानहरूमा बाबुको उदारवादी विचारको प्रभाव नपरोस् भनेर उनकी आमा बुबाबाट अलग भएकी थिइन्। जसका कारण मारियातेगीको बाल्यकाल गरिबीमा बित्यो।
उनकी आमाले आफ्ना सन्तानलाई पाल्नका लागि लुगा सिलाउने काम गर्थिन्। श्रीमानसँग अलग भएपछि मारिया अमारिया आफ्नो माइतघर सायान शहरमा फर्किएकी थिइन्। यो ठाउँ पेरुको पहाडी इलाकामा जाने र आउने व्यापारिक मार्गमा पर्थ्यो। मारियातेगी आफ्ना हजुरबाको छालाको दोकानमा बसेर घण्टौंसम्म यात्रुहरूका कथा–व्यथा सुन्ने गर्थे। तीमध्ये अधिकांश यात्रुहरू ठूला जमिनदारका मौजामा काम गर्ने कृषि मजदुरहरू हुन्थे।
उनी आठ वर्षका हुँदा विद्यालयको खेलमैदानमा भएको दुर्घटनामा उनको खुट्टामा चोट लागेर गम्भीर रूपमा घाइते भएका थिए। यो चोटले उनलाई जीवनभर अशक्त बनायो। यो घटनाका कारण उनी ४ वर्षसम्म विद्यालय जान सकेनन्।
मारियातेगी बाल्यकालदेखि नै रोगी थिए। उनी क्षयरोगबाट ग्रस्त थिए। अझ त्यस माथि, उनी आठ वर्षका हुँदा विद्यालयको खेलमैदानमा भएको दुर्घटनामा उनको खुट्टामा चोट लागेर गम्भीर रूपमा घाइते भएका थिए। यो चोटले उनलाई जीवनभर अशक्त बनायो। यो घटनाका कारण उनी ४ वर्षसम्म विद्यालय जान सकेनन्। हलचल गर्न नसकेर खाटमै परेका मारियातेगीले आफ्नो अधिकांश समय पढाइमा केन्द्रित गरे। त्यो समयमा उनले स्पानिश र फ्रेन्च भाषाका पुस्तकहरू पढ्नमा दत्तचित्त भएर लागे। शारीरिक अस्वस्थता र आर्थिक अभावका कारणले उनले विद्यालयको अध्ययन औपचारिक रूपमा पूरा गर्न सकेनन्।
पत्रकारिताबाट राजनीतितर्फको संक्रमण
आफ्नो परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनी १४ वर्षको उमेरमा कामको खोजीमा पेरुको राजधानी लिमा पुगे। त्यहाँ उनले लिमाको सबैभन्दा ठूलो अखबार 'ला प्रेनेसा'मा प्रिन्टरको सिकारु, प्रुफ–रिडर र सहयोगीको काम पाए। पत्रकारितामा उनले चाँडै नै प्रगति गर्न थाले। उनले अदालत र संसदका गतिविधि बारे रिपोर्टिङ गर्न थाले, जसले उनलाई यी संस्थाहरूबारे गहिरोसँग बुझ्न मद्दत गर्यो। यस्तैगरी उनलाई विदेशबाट आउने समाचारहरू टेलिटाइपबाट पढ्ने जिम्मा दिइन थाल्यो, जसले गर्दा उनले विश्वभर भइरहेका गतिविधिहरूबारे राम्रोसँग सूचित हुने मौका पाए। मारियातेगी लेखन र सम्पादनको काममा समेत सहभागी हुन थाले। उनले हुवान क्रोनिक्युर (Juan Croniquer) भन्ने उपनामबाट कविता, समाचार, टिप्पणी, पुस्तक समीक्षा आदि लेख्न थाले। साथै उनले सन् १९१४ मा सम्भ्रान्त वर्गका लागि निस्कने पत्रिका मुन्डो लिमेनो (Mundo Limeño) जर्नलमा समेत लेख्न थाले। उनले नाटक पनि लेखे, जसको मञ्चन लिमाको नाट्यशालामा भयो। आफ्नी निम्न वर्गीय आर्थिक स्थितिका बाबजुद पनि मारियातेगी लिमाका प्रतिष्ठित साहित्यकारहरूको जमातमा सरिक हुन थाले।
मारियातेगीले आफ्ना साथी सिजर फाल्कनसँग मिलेर दुई वटा अखबार समेत प्रकाशित गरे –नुएस्त्रा एपोका (Nuestra Epoca) र ला रासोन (La Razón)। यी दुवै अखबार लामो समयसम्म चलेनन्। यी अखबारहरूले प्रत्यक्ष रूपमा मार्क्सवादको पक्षपोषण गर्दैनथे, तर विद्यार्थी, मजदुर वर्ग र आम जनताको पक्षधरता लिन्थे। पेरुमा सन् १९१९ को मे दिवसका दिन अत्यावश्यक वस्तुको मूल्य घटाउन र ८ घण्टा मात्र काम गर्नुपर्ने माग गर्दै आम हड्ताल आह्वान गरियो। यो आन्दोलनलाई मारियातेगीको अखबार ला रासोन ले खुलेर समर्थन गरेको थियो। मजदुरहरूको आन्दोलनका अगाडि सरकार झुक्न बाध्य भयो र उनीहरूको माग सम्बोधन गरियो। मजदुरहरूले मारियातेगीलाई काँधमा बोकेर लिमाका सडकमा विजय जुलुसमा खुशियाली मनाए।
त्यो समयमा सरकारका नजरमा प्रतिभाशाली तर विद्रोही र अराजक व्यक्तिहरूलाई नियन्त्रण गर्ने उपायका रूपमा युरोपमा निर्वासनमा पठाइन्थ्यो ताकि युरोपमा बसेर उनीहरूको राजनीतिक आक्रोश मत्थर होस् र उनीहरू परिपक्व बनून्। तर मारियातेगीको हकमा सरकारको अनुमानभन्दा ठिक उल्टो परिणाम निस्कियो। उनको युरोप बसाइले उनको समाजवादी विश्वासलाई झन् सुदृढ बनायो।
मारियातेगीको मजदुर वर्ग र विद्यार्थीहरू प्रतिको मुखर समर्थन पेरुका तत्कालीन तानाशाह अगुस्तो लेगियाको लागि असहनीय बन्दै गयो। सरकारले विरुद्ध कडा सम्पादकीय लेखेको कारण प्रेसले अखबार छाप्न इन्कार गर्यो। त्यसपछि मारियातेगीले अखबार बन्द भएको घोषणा गरे। लेगिया सरकारले मारियातेगी र उनका साथी सिजर फाल्कनलाई “जेल जाने कि छात्रवृत्तिमा युरोप जाने” भन्ने प्रस्ताव राख्यो। त्यो समयमा सरकारका नजरमा प्रतिभाशाली तर विद्रोही र अराजक व्यक्तिहरूलाई नियन्त्रण गर्ने उपायका रूपमा युरोपमा निर्वासनमा पठाइन्थ्यो ताकि युरोपमा बसेर उनीहरूको राजनीतिक आक्रोश मत्थर होस् र उनीहरू परिपक्व बनून्। तर मारियातेगीको हकमा सरकारको अनुमानभन्दा ठिक उल्टो परिणाम निस्कियो। उनको युरोप बसाइले उनको समाजवादी विश्वासलाई झन् सुदृढ बनायो। उनले आफू मार्क्सवादी चिन्तक भइसकेपछिको अवस्थालाई युरोप प्रवासभन्दा अघिको समयसँग तुलना गर्दै त्यसलाई “ढुंगे युग” भनेर वर्णन गरेका छन्।
युरोप प्रवास र मार्क्सवादी रूपान्तरण
८ अक्टोबर १९१९ मा मारियातेगी आफ्ना साथी रेजोनसँग युरोपतर्फ लागे। पहिलो विश्वयुद्ध पछिको त्यो समयमा युरोप ठूलो उथलपुथलबाट गुज्रिरहेको थियो। रुसमा भर्खरै अक्टोबर क्रान्ति सम्पन्न भएको थियो। उनले फ्रान्स, इटाली, जर्मनी, स्विजरल्याण्डलगायत देशहरूको भ्रमण गरे। त्यस समयमा उनले इटालियन र फ्रेन्च धाराप्रवाह बोल्न सिके, साथै जर्मन भाषामा पनि कामचलाउ ज्ञान प्राप्त गरे। फ्रान्समा उनले प्रख्यात साहित्यकार रोमां रोलांसँग भेटघाट गर्ने अवसर पाए। उनले युरोपमा रहँदा पेरुको अखबार एल टिएम्पो का लागि “युरोपका पत्रहरू” र “इटालीका चिठीहरू” नामक लेखहरू लेखे। उनको युरोप यात्राको सबैभन्दा महत्वपूर्ण चरण भनेको इटालीको प्रवास बन्यो।

अन्तोनियो ग्राम्सी । स्रोत: https://hi.wikipedia.org
रुसको अक्टोबर क्रान्तिबाट प्रेरित इटालीका मजदुरहरूले सन् १९१९–२० मा औद्योगिक शहर तुरिनका कारखानाहरू आफैंले कब्जा गरी सञ्चालन गर्न थालेका थिए। यो आन्दोलनको नेतृत्व प्रख्यात इटालियन कम्युनिस्ट नेता अन्तोनियो ग्राम्सीले गरेका थिए। यो आन्दोलन असफल भए तापनि यसले इटालीको कम्युनिस्ट आन्दोलनमा दीर्घकालीन प्रभाव पारेको थियो।
मारियातेगीले इटालीमा ३ वर्ष बिताए। उनले त्यहाँ बेनेदितो क्रोचेजस्ता दार्शनिकहरूसँग पनि भेटे। उनी इटाली पुगेका बेला अत्यन्त उथलपुथलको समय थियो। त्यो समयलाई इटालियन भाषामा बिएनियो रोसो (Biennio Rosso), अर्थात् “लाल वर्षहरू” भनिन्थ्यो। त्यो बेला इटालीको तुरिनमा चलेको फ्याक्ट्री काउन्सिलको आन्दोलन प्रत्यक्ष रूपमा हेर्ने अवसर उनलाई प्राप्त भयो। रुसको अक्टोबर क्रान्तिबाट प्रेरित इटालीका मजदुरहरूले सन् १९१९–२० मा औद्योगिक शहर तुरिनका कारखानाहरू आफैंले कब्जा गरी सञ्चालन गर्न थालेका थिए। यो आन्दोलनको नेतृत्व प्रख्यात इटालियन कम्युनिस्ट नेता अन्तोनियो ग्राम्सीले गरेका थिए। यो आन्दोलन असफल भए तापनि यसले इटालीको कम्युनिस्ट आन्दोलनमा दीर्घकालीन प्रभाव पारेको थियो। त्यसैगरी, सन् १९२१ मा मारियातेगीले इटालीको कम्युनिस्ट पार्टीको जन्म भएको ऐतिहासिक क्षण प्रत्यक्ष रूपमा हेर्ने अवसर पनि पाए। पेरुको एल टिएम्पो अखबारका प्रतिनिधिको रूपमा उनी इटालियन कम्युनिस्ट पार्टी गठन महाधिवेशनमा सहभागी भएका थिए। इटालियन कम्युनिस्ट पार्टीको स्थापनाले मारियातेगीमाथि ठूलो प्रभाव पारेको थियो। उनका अनुसार, त्यसबेलासम्म मार्क्सवाद उनका लागि भ्रमपूर्ण, पट्टाइ लाग्दो र चिसो सैद्धान्तिक कुरा मात्र थियो। तर इटालीको कम्युनिस्ट पार्टीको नेतृत्वले उनलाई मार्क्सवादको क्रान्तिकारी सम्भावनाले गहिरो रूपमा प्रभावित पार्यो। सन् १९२३ मा पेरु फर्किँदा मारियातेगी आफ्नै भनाइअनुसार “घोषित मार्क्सवादी” भएर फर्केका थिए। आफ्नो इटाली बसाइको समीक्षा गर्दै उनले थप भनेका थिए – “मैले दुई वर्षभन्दा बढी समय इटालीमा बिताएँ, जहाँ मैले मेरी श्रीमती अन्ना चियाप्पे र केही विचारहरूलाई भेट्टाए।”
पेरु फिर्ती र जैविक बौद्धिकको भूमिका
मारियातेगी १९२३ मा पेरु फर्केपछि उनको भेट लिमामा विद्यार्थी नेता भिक्टर हाया दे ला टोरेसँग भयो। टोरेले पेरुभियाली श्रमिकहरूलाई शिक्षित बनाउन गोंजालेज प्रादा पपुलर युनिभर्सिटी खोलेका थिए। टोरेले यस युनिभर्सिटीमा मारियातेगीलाई विश्व घटनाका बारेमा श्रृंखलाबद्ध प्रवचन दिन अनुरोध गरे।
विद्यार्थीहरूको अनुरोधका बाबजुद पनि सान मार्कोस युनिभर्सिटीले उनलाई प्राध्यापकको रूपमा नियुक्त गर्न मानेन, किनभने मारियातेगीसँग औपचारिक अध्ययनको प्रमाणपत्र थिएन। उनले केवल आठ कक्षा मात्र पास गरेका थिए।
मारियातेगीले ‘विश्व संकटको इतिहास’ नामक प्रवचनमालामा युरोपमा भर्खरै भएका घटनाहरूलाई मजदुर वर्गको दृष्टिकोणबाट आलोचनात्मक रूपमा प्रस्तुत गरे। यो प्रवचन श्रृंखला अत्यन्त लोकप्रिय बन्यो। यस विषयमा उनको दखल युनिभर्सिटीका अधिकांश प्राध्यापकहरूभन्दा बढी थियो। चाँडै नै उनी लोकप्रिय प्राध्यापक बने र अन्य युनिभर्सिटीहरूमा समेत उनको माग बढ्न थाल्यो। तर विद्यार्थीहरूको अनुरोधका बाबजुद पनि सान मार्कोस युनिभर्सिटीले उनलाई प्राध्यापकको रूपमा नियुक्त गर्न मानेन, किनभने मारियातेगीसँग औपचारिक अध्ययनको प्रमाणपत्र थिएन। उनले केवल आठ कक्षा मात्र पास गरेका थिए।
सन् १९२३ को सेप्टेम्बर महिनादेखि मारियातेगीले पेरुको सचित्र म्यागजिन भारिएदादेस (Variedades) मा ‘जीवन जगतका आँकडा र पक्षहरू’ शीर्षकमा लेख्न थाले। १९२४ मा भिक्टर हाया दे ला टोरेलाई पेरुबाट निर्वासित गरेपछि उनी पपुलर युनिभर्सिटीका निर्देशक बने, जहाँ उनले सो युनिभर्सिटीको जर्नल क्ल्यारिदाद (Claridad) सम्पादन गरे। तर त्यही वर्ष उनको स्वास्थ्य अत्यन्त खराब भयो। उनको दायाँ खुट्टाको तिघ्रामा ट्युमर देखा पर्यो र बिग्रिन थाल्यो। उनको जीवन बचाउनका लागि त्यो खुट्टा काट्नुपर्ने भयो। यो अपरेशन अत्यन्त जटिल प्रकृतिको थियो र यसको सफलताको सम्भावना धेरै न्यून थियो। मारियातेगीकी आमा यस अपरेशनको विरोधमा थिइन्, तर उनकी श्रीमतीको जोडका कारण अपरेशन सम्पन्न भयो। अपरेशन सफल भयो र मारियातेगी बाँच्न सफल भए, तर उनको त्यो खुट्टा काट्नुपर्यो जसको सहारामा उनी हिँड्ने गर्थे। अपरेशनपछि उनी हिँड्न नसक्ने भए । त्यसपछि उनले ह्विलचेयरको सहायताले चलफिर गर्न थाले।
आफ्ना सीमित साधन र स्रोतका बाबजुद पनि उनी फ्रान्स र इटालीमा प्रकाशित महत्वपूर्ण नयाँ पुस्तकहरू प्राप्त गर्न कोशिश गर्थे। यस्ता पुस्तकहरू पेरुको राजधानी लिमाका पुस्तक पसल र पुस्तकालयमा पाइँदैनथे। उनले मार्क्सवादी साहित्य मात्र होइन, अन्य स्वतन्त्र र प्रगतिशील लेखकका पुस्तकहरू पनि खोजी–खोजी पढ्ने गर्थे।
अपरेशनबाट तङ्ग्रिएपछि, आफ्नो कमजोर स्वास्थ्यका बाबजुद पनि, मारियातेगी बौद्धिक र राजनीतिक अभियानमा तीव्रताका साथ जुटे। त्यसबखतको पेरुमा उनलाई आफ्नो अध्ययन सामग्री जुटाउन सहज थिएन। आफ्ना सीमित साधन र स्रोतका बाबजुद पनि उनी फ्रान्स र इटालीमा प्रकाशित महत्वपूर्ण नयाँ पुस्तकहरू प्राप्त गर्न कोशिश गर्थे। यस्ता पुस्तकहरू पेरुको राजधानी लिमाका पुस्तक पसल र पुस्तकालयमा पाइँदैनथे। उनले मार्क्सवादी साहित्य मात्र होइन, अन्य स्वतन्त्र र प्रगतिशील लेखकका पुस्तकहरू पनि खोजी–खोजी पढ्ने गर्थे। सन् १९२५ मा उनले आफ्नो पहिलो पुस्तक प्रकाशित गरे। उक्त पुस्तकको नाम थियो समकालीन परिदृश्यहरू (La escena contemporánea)। यसमा उनले विश्व राजनीतिबारे लेखेका आफ्ना लेखहरूको सङ्कलन समावेश गरिएको थियो।
‘अमाउता’ जर्नलको प्रकाशन
मारियातेगीले सन् १९२६ मा एउटा जर्नल प्रकाशित गर्न थाले। यो जर्नलको नाम अमाउता (Amauta) थियो। अमाउता शब्द पेरुको मूलवासीहरूको भाषा केचुवाबाट लिएको हो, जसको अर्थ हुन्छ गुरु, शिक्षक, ज्ञानी अथवा बुद्धिमान मानिस। अमाउता विशिष्ट खालको पत्रिका थियो। मारियातेगीले घोषणा गरेका थिए– अमाउताले पेरूका समस्याहरूलाई विश्वव्यापी सन्दर्भमा ‘सिद्धान्तपरक र वैज्ञानिक दृष्टिकोण’ बाट विश्लेषण गर्नेछ।
उनी सामाजिक रूपमा प्रतिबद्ध कलामा विश्वास गर्थे र कलाले समाज परिवर्तनमा भूमिका खेल्न सक्छ भन्ने कुरामा विश्वस्त थिए।
यो पत्रिकामा राजनीतिका बारेमा मात्र नभई चित्रकला, पेन्टिङ, कला र साहित्यलाई समेत समेटिएको हुन्थ्यो। उनी सामाजिक रूपमा प्रतिबद्ध कलामा विश्वास गर्थे र कलाले समाज परिवर्तनमा भूमिका खेल्न सक्छ भन्ने कुरामा विश्वस्त थिए। अमाउता खुला विचारको पत्रिका थियो। यसमा सम्पूर्ण अमेरिकी महाद्वीपमा भैरहेका छलफलहरूलाई समेट्ने प्रयास गरिएको थियो। यसमा अमेरिका, मेक्सिको र अर्जेन्टिनाका सामग्रीहरू समेटिएका हुन्थे, युरोपका सामग्रीहरू त हुने नै भए। अमाउताका पृष्ठहरूमा मार्क्स, लेनिन र लुनाचार्स्कीका लेखहरू मात्रै होइन, मारियातेगी र अन्य पेरुभियाली लेखकका लेखहरू पनि प्रकाशित हुन्थे।

अत्यन्त राम्रो पत्रिका हुँदाहुँदै पनि अमाउता पत्रिकाको एउटा सीमा थियो– यो बौद्धिक वर्गका लागि मात्र थियो। पेरुका गरिब, किसान, मजदुर र श्रमिक वर्गमा यो पत्रिकाको कुनै पहुँच थिएन।
अमाउताको वितरण व्यापक रूपमा हुने गर्थ्यो। पेरुका कम्तीमा ६० वटा शहरमा यो पत्रिका पुग्ने गर्थ्यो भने विश्वका ८० वटा शहरमा समेत पुग्थ्यो। अत्यन्त राम्रो पत्रिका हुँदाहुँदै पनि अमाउता पत्रिकाको एउटा सीमा थियो– यो बौद्धिक वर्गका लागि मात्र थियो। पेरुका गरिब, किसान, मजदुर र श्रमिक वर्गमा यो पत्रिकाको कुनै पहुँच थिएन। यही वर्गलाई लक्षित गरेर उनले १९२८ मा एउटा अखबार प्रकाशित गरे। यो अखबारको नाम थियो श्रमिक। श्रमिक सैद्धान्तिकभन्दा सूचनामूलक अखबार थियो। ४ देखि ६ पृष्ठ लामो यो अखबार हप्तामा दुई पटक निस्किने गर्थ्यो। तर यो पत्रिका धेरै दिन चल्न पाएन। एक वर्ष भित्रै पेरुको अधिनायकवादी सरकारले यो अखबारलाई बन्द गरिदियो।
राजनीतिमा सक्रियता र सरकारी दमन
सन् १९२७ मा अगुस्तो बर्नाडिनो लेगियाको सरकारले कम्युनिस्ट षड्यन्त्रको आरोप लगाउँदै मारियातेगीलाई गिरफ्तार गर्यो। उनीसँगै थुप्रै विद्यार्थी र मजदुर पनि पक्राउ परे। यो घटनाको पछाडि त्यस बेला चलिरहेको लेबर युनियनको श्रमिक कंग्रेस सत्रहरूलाई रोक्नु, निकारागुवामा अमेरिकी हस्तक्षेपविरुद्ध अमाउतामा प्रकाशित कडा लेख (जसका कारण अमेरिकी दूतावासले दिएको दबाब) र हाया दे ला टोरेले अप्रा (APRA) पार्टी संगठनबारे मारियातेगीलाई पठाएको एउटा पत्र सरकारको हात पर्नु थिए। मारियातेगीलाई सरकारले गिरफ्तार गरेर सैनिक अस्पतालमा राख्यो। उनको पत्रिका अमाउतामा प्रतिबन्ध लगाइयो। यो पत्रिका फेरि ६ महिना पछि मात्र पुनः प्रकाशित गर्न सम्भव भयो। सैनिक अस्पतालबाट मारियातेगीले लिमाका अखबारहरूलाई एउटा चिठी लेखे, जसलाई प्रकाशित गरियो। त्यो चिठीमा उनले लेखेका थिए– "म विभिन्न पत्रपत्रिकामा छापिएका आफ्ना लेखहरूमा व्यक्त विचारहरूको पूर्ण जिम्मेवारी लिन्छु, तर आफू विद्रोहको षड्यन्त्रमा सामेल भएको आरोप अस्वीकार गर्छु।" त्यो पत्रमा उनले आफू प्रतिबद्ध मार्क्सवादी रहेको घोषणा समेत गरेका थिए। उनलाई ६ दिन पेरुको सैनिक अस्पतालमा हिरासतमा राखिएको थियो।
सैनिक अस्पतालबाट मारियातेगीले लिमाका अखबारहरूलाई एउटा चिठी लेखे, जसलाई प्रकाशित गरियो। त्यो चिठीमा उनले लेखेका थिए– "म विभिन्न पत्रपत्रिकामा छापिएका आफ्ना लेखहरूमा व्यक्त विचारहरूको पूर्ण जिम्मेवारी लिन्छु, तर आफू विद्रोहको षड्यन्त्रमा सामेल भएको आरोप अस्वीकार गर्छु।"
१९२८ मा मारियातेगीले आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण पुस्तक प्रकाशित गरे। यो पुस्तक थियो सेभेन इन्टरप्रेटिभ एस्सेज अन पेरुभियन रियालिटी (Seven Interpretive Essays on Peruvian Reality)। जसको नेपालीमा अर्थ हुन्छ -पेरुभियाली वास्तविकता बारे सात व्याख्यात्मक निबन्धहरू । यस पुस्तकमा उनले मुन्डियाल (Mundial) र अमाउता पत्रिकामा सन् १९२५ यता प्रकाशित लेखहरू सङ्कलन गरेका थिए। यस पुस्तकमा उनले पेरुको वास्तविकता र यथार्थबारे मार्क्सवादी दृष्टिकोणबाट विलक्षण ढङ्गले मूल्याङ्कन गरेका छन्। यो किताबको भूमिकामा उनले आफ्नो अर्को पुस्तक प्रकाशित गर्ने योजनाबारे उल्लेख गरेका थिए। सो पुस्तकको नाम “मार्क्सवादको रक्षामा” (In Defence of Marxism) रहनेछ भनेर लेखिएको थियो। कालान्तरमा अमाउता भन्ने शब्द मारियातेगीको जीवनसँग अभिन्न रूपमा जोडिन पुग्यो। मारियातेगीलाई उनका साथीहरू र कमरेडहरूले सम्मानपूर्वक ‘अमाउता’ भनेर सम्बोधन गर्ने थाले।
अन्तिम संघर्ष र निधन
यही वर्ष उनको भिक्टर राउल हाया दे ला टोरेसँग मतभेद चरम सीमामा पुग्यो। उनले टोरे र उनको पार्टी आप्रा (American Popular Revolutionary Alliance) सँगको सहकार्य तोडे। मारियातेगीको क्रान्तिकारी गतिविधि केवल सैद्धान्तिक तहमा मात्र सीमित थिएन। उनी सिद्धान्तलाई व्यवहारमा उतार्न राजनीतिक संगठन निर्माण गर्ने कार्यमा संलग्न थिए। उनले ८ घण्टा काम, न्यूनतम ज्याला तोकिएको हुनुपर्ने र ज्याला वृद्धिको माग राखे। यी मागहरू पूरा गर्नका लागि मारियातेगीले पेरुभियाली समाजवादी पार्टीको गठन गरे र त्यस पार्टीका पहिलो महासचिव उनी स्वयं बने। त्यस्तै, पेरुभियाली समाजवादी पार्टीले १९२९ मा मजदुरहरूलाई सङ्गठित गर्न पेरुभियाली श्रमिकहरूको महासङ्घ (General Confederation of Peruvian Workers) गठन गर्यो। आफ्नो पार्टीको नाम ‘कम्युनिस्ट’ नराखेपनि समाजवादी पार्टी व्यवहारिक रूपमा कम्युनिस्ट पार्टी नै थियो। समाजवादी पार्टी र श्रमिक महासङ्घ दुवै अन्तरराष्ट्रीयतावादप्रति प्रतिबद्ध थिए र कम्युनिस्ट इन्टरनेसनलले आयोजना गरेका बैठकहरूमा भाग लिने गर्थे।
मारियातेगीको क्रान्तिकारी गतिविधि केवल सैद्धान्तिक तहमा मात्र सीमित थिएन। उनी सिद्धान्तलाई व्यवहारमा उतार्न राजनीतिक संगठन निर्माण गर्ने कार्यमा संलग्न थिए।
सेप्टेम्बर १९२९ मा मारियातेगीले प्रकाशित गर्ने गरेको अखबार श्रमिकलाई सरकारले बन्द गर्यो। त्यसैगरी, उनको घरमा प्रहरीले छापा मार्यो र उनलाई तीन दिनसम्म अपहरणसमेत गर्यो। उनलाई भेट्न आउनेहरूलाई समेत गिरफ्तार गरिन्थ्यो। उनको ठेगानामा आउने चिठीपत्रहरू खोलेर हेरिन्थे र जफत पनि गरिन्थे। उनी निरन्तर निगरानी र घेराबन्दीमा थिए। सरकारले उनको जीवनलाई सकेसम्म असजिलो बनाउने प्रयास हरतरहले गरेको थियो। मारियातेगीले सरकारले आफूमाथि लगाएको आरोपहरूको वैधानिकता खारेज गर्दै यसलाई राजनीतिक रूपमा प्रेरित भन्दै खण्डन गरे। उनले गठन गरेको राजनीतिक दल र मजदुर संगठनहरू मौलाउँदै गए पनि उनको स्वास्थ्य भने बिग्रिँदै गएको थियो। १९३० को सुरुवाततिर उनले आफ्नो स्वास्थ्य सुधारका लागि र राजनीतिक कार्यका लागि अर्जेन्टिनाको राजधानी ब्युनस आयर्स जाने योजना बनाए। उनले ब्युनस आयर्सबाट अमाउता जर्नल र आफ्ना केही पुस्तक प्रकाशित गर्ने योजना पनि बनाएका थिए।मार्चको अन्त्यतिर गम्भीर रूपमा बिरामी परेका मारियातेगीलाई उनका साथीहरूले अस्पतालको आकस्मिक कक्षमा भर्ना गरे। १६ अप्रिल १९३० मा मारियातेगीको निधन भयो। उनी जम्मा ३६ वर्षका थिए। उनको अन्तिम संस्कारको क्रममा ठूलो जुलुस निस्कियो। हजारौँ मजदुरहरू उनको अन्तिम यात्रामा सामेल भए। पेरुको इतिहासमै त्यति ठूलो सङ्ख्यामा मजदुरहरू सडकमा ओर्लिएको त्यो पहिलो घटना थियो। मारियातेगीको मृत्युको एक महिना पनि नबित्दै, २० मे १९३० मा समाजवादी पार्टीको नाम परिवर्तन गरी पेरुभियाली कम्युनिस्ट पार्टीको गठन गरियो।
सेभेन इन्टरप्रेटिभ एस्सेज: कालजयी कृतिको रचना
मारियातेगी धुरन्धर लेखक थिए। उनले आफ्नो छोटो जीवनकालमा करिब २५०० लेखहरू लेखेका थिए। उनको जीवनकालमा दुईवटा मात्र पुस्तक प्रकाशित भएका थिए। तीमध्ये सबैभन्दा महत्वपूर्ण पुस्तक थियो सन् १९२८ मा प्रकाशित सेभेन इन्टरप्रेटिभ एस्सेज अन पेरुभियन रियालिटी (Siete ensayos de interpretación de la realidad peruana)। मारियातेगीको सेभेन इन्टरप्रेटिभ एस्सेज अन पेरुभियन रियालिटी लाई ल्याटिन अमेरिकी समाजविज्ञानको आधारभूत पुस्तकको रूपमा लिइन्छ। उनले यो पुस्तकमा मार्क्सवादी दृष्टिकोणबाट पेरुका समस्याहरूको विश्लेषण गर्ने प्रयास गरेका छन्।
उनले यस पुस्तकमा ऐतिहासिक भौतिकवादी दृष्टिकोणको प्रयोग गर्दै पेरुको जटिल आर्थिक र सामाजिक अवस्थाबारे चिन्तन गरेका छन्। पुस्तकमा ७ वटा निबन्धहरू समेटिएका छन्। ती यस प्रकार रहेका छन् – आर्थिक विकासको रूपरेखा, इन्डियनको समस्या, भूमिको समस्या, सार्वजनिक शिक्षा, धार्मिक पक्ष, क्षेत्रीयता र केन्द्रीयता, र अन्तिममा कठघरामा साहित्य । मारियातेगीले पेरुका राजनीतिक, आर्थिक र सामाजिक समस्याहरूलाई मार्क्सवादी दृष्टिकोणबाट विश्लेषण गर्दै त्यसको समाधानको रूपमा त्यहाँका आदिवासीहरूको सामुदायिकतामा आधारित परम्परागत समाजवादमा जोड दिएका छन्। मारियातेगीका अनुसार, एकपटक आदिवासीहरूले समाजवादलाई अपनाएपछि उनीहरू यससँग जोडिइरहनेछन्, किनभने यो उनीहरूको परम्परागत सामुदायिक भावनासँग मेल खान्छ। त्यस्तै, उनले आफ्नो पुस्तकमा सामन्तवादी भू–स्वामित्व, आदिवासीहरूमाथिको दमन र सांस्कृतिक सीमान्तीकरणबारे विस्तृत रूपमा चर्चा गरेका छन्। मारियातेगीको यो पुस्तक मौलिक र सिर्जनात्मक चिन्तनको प्रतीक मान्न सकिन्छ, जसले पेरु र ल्याटिन अमेरिकाको यथार्थबारे मार्क्सवादको जडसूत्रवादबाट मुक्त मौलिक विश्लेषण प्रस्तुत गरेको छ। त्यस कारण, पेरु र ल्याटिन अमेरिका बुझ्न चाहने जो कोहीका लागि यो पुस्तक अत्यन्त महत्वपूर्ण छ।
दु:खद कुरा, मारियातेगीको सेभेन इन्टरप्रेटिभ एस्सेज अन पेरुभियन रियालिटी ल्याटिन अमेरिका बाहिर निकै ढिलो मात्र पुग्न सक्यो। पेरुमा पहिलो पटक प्रकाशित भएको चार दशकपछि, बल्ल सन् १९७१ मा अमेरिकाको टेक्सास युनिभर्सिटी प्रेसले अंग्रेजी भाषामा अनुवाद गरेर यो पुस्तक प्रकाशित गर्यो। त्यसपछि मात्र विश्वका अन्य भागहरूले पनि यसबारे जान्ने र बुझ्ने मौका पाए। ल्याटिन अमेरिकी राजनीतिका विज्ञ प्राध्यापक ह्यारोल्ड डेविसले सेभेन इन्टरप्रेटिभ एस्सेज अन पेरुभियन रियालिटी लाई बीसौं शताब्दीको महानतम ल्याटिन अमेरिकी पुस्तक भनेका थिए।
मारियातेगी र एन्टोनियो ग्राम्शीबीचको वैचारिक समानता
मारियातेगीलाई इटालीका प्रख्यात मार्क्सवादी चिन्तक एन्टोनियो ग्राम्शीसँग तुलना गरिन्छ। यो तुलना अकारण गरिएको पनि होइन। दुवै जना शारीरिक रूपमा दुर्बल र कमजोर थिए। दुवै जना पत्रकारिताबाट राजनीतिमा आएका थिए। मारियातेगीको मार्क्सवादप्रतिको झुकाव इटालीबाटै सुरु भएको थियो। उनले तुरिन फ्याक्ट्री काउन्सिलको आन्दोलन प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसर पाएका थिए, जसका प्रमुख नेतामध्ये एक एन्टोनियो ग्राम्शी थिए। त्यस्तै, इटालियन कम्युनिस्ट पार्टीको गठन सम्मेलनमा पनि मारियातेगी पत्रकारको रूपमा सहभागी भएका थिए। ग्राम्शी र मारियातेगीबीच इटालीमा भेट भएको थियो। मारियातेगीका रचनाहरूमा ग्राम्शीसँग वैचारिक सामीप्यता देख्न सकिन्छ। तर मारियातेगीले ग्राम्शीको सबैभन्दा प्रख्यात रचना प्रिजन नोटबुक पढ्न पाएनन्, किनभने प्रिजन नोटबुक पूरा हुनुअघि नै मारियातेगीको निधन भइसकेको थियो।
ग्राम्शी र मारियातेगीको अर्को समानता “जैविक बुद्धिजीवी” को अवधारणामा देखिन्छ। ग्राम्शीले भन्ने गर्थे – “प्रत्येक सामाजिक वर्गले आफ्ना लागि बुद्धिजीवीहरू उत्पादन गर्छ, जसले आफ्ना वर्गीय चासोहरू मुखरित गर्छन्। त्यसकारण यदि श्रमिक वर्ग र अन्य सबाल्टर्न वर्गले सत्ता हासिल गर्न चाहन्छ भने, उनीहरूले आफ्नै जैविक बुद्धिजीवी तयार गर्नुपर्छ।”
मारियातेगी र ग्राम्शी दुवै राजनीतिक संगठन निर्माणमा अग्रपंक्तिमा सक्रिय थिए। त्यस्तै, दुवै आर्थिक निर्धारणवादका आलोचक थिए। दुवै जना अर्थतन्त्र बाहेक पनि संस्कृति र विचारधाराको महत्वपूर्ण भूमिकामा जोड दिन्थे।त्यस्तै, दुवै जना विचार र कार्यबीच एकताको दर्शन (philosophy of praxis) का पक्षपाती थिए। प्रैक्सिस (Praxis) केवल यान्त्रिक कार्य मात्र होइन, बरु सचेत राजनीतिक उद्देश्य र विचारधाराको आधारमा गरिएको कार्य हो। सोही प्रकारले ग्राम्शी र मारियातेगीको अर्को समानता “जैविक बुद्धिजीवी” को अवधारणामा देखिन्छ। ग्राम्शीले भन्ने गर्थे – “प्रत्येक सामाजिक वर्गले आफ्ना लागि बुद्धिजीवीहरू उत्पादन गर्छ, जसले आफ्ना वर्गीय चासोहरू मुखरित गर्छन्। त्यसकारण यदि श्रमिक वर्ग र अन्य सबाल्टर्न वर्गले सत्ता हासिल गर्न चाहन्छ भने, उनीहरूले आफ्नै जैविक बुद्धिजीवी तयार गर्नुपर्छ।” मारियातेगी, जो आफैं त्यस्तै वर्गबाट आएका बुद्धिजीवी थिए, उनले पनि पेरुभियाली जनताको संस्कृति र जीवन्त अनुभवसँग विशेषतः आदिवासी समुदायसँग गासिएको नेतृत्वको आवश्यकता देखेका थिए। यिनै समानताका कारण मारियातेगीलाई “ल्याटिन अमेरिकी ग्राम्शी” पनि भनिन्छ।
मौलिक मार्क्सवादको पैरवी र कमिन्टर्नसँगको मतभेद
१९३० मा मारियातेगीको निधनसँगै पेरुको कम्युनिस्ट आन्दोलनमा उनको विचारको प्रभाव बिस्तारै क्षीण हुँदै गयो। हुनत, मारियातेगी जीवित रहँदा पनि उनको विचारसँग कमिन्टर्न खासै खुशी थिएन। कमिन्टर्न र मारियातेगीबीच पेरुको अर्थ–राजनीतिक चरित्र र क्रान्तिको दिशाबारे गम्भीर मतभेद थियो।
मारियातेगी पेरुमा समाजवादी क्रान्तिको रणनीतिको वकालत गर्थे। त्यस्तै, कमिन्टर्नले “वर्ग विरुद्ध वर्ग” (class against class) को कार्यनीतिमा जोड दिन्थ्यो, जबकि मारियातेगीले मजदुर र किसान वर्गबीचको संयुक्त मोर्चामा जोड दिन्थे।
कमिन्टर्नले पेरु लगायतका ल्याटिन अमेरिकी देशहरूलाई अर्ध–औपनिवेशिक देशको दर्जामा राखेको थियो, जसअनुसार पेरुमा क्रान्तिको बाटो पूँजीवादको विकास, बुर्जुवा जनवादी क्रान्तिको चरण पार गर्दै समाजवादसम्म पुग्ने हुने थियो। तर यसबारे उनी फरक मत राख्थे। उनका अनुसार, पेरुमा अर्ध–सामन्ती उत्पादन प्रणाली विद्यमान थियो, किनकि पेरुमा तेल, खानी र उत्पादन क्षेत्रजस्ता उन्नत पूँजीवादी प्रणालीसँगै ग्रामीण क्षेत्रमा सामन्तवादी प्रणाली पनि एउटै समयमा अस्तित्वमा रहेका थिए। यसै कारण मारियातेगी पेरुमा समाजवादी क्रान्तिको रणनीतिको वकालत गर्थे। त्यस्तै, कमिन्टर्नले “वर्ग विरुद्ध वर्ग” (class against class) को कार्यनीतिमा जोड दिन्थ्यो, जबकि मारियातेगीले मजदुर र किसान वर्गबीचको संयुक्त मोर्चामा जोड दिन्थे। उनले त्यहाँ विगत ६ वर्षदेखि मेहनतपूर्वक श्रमिक र किसान संयुक्त मोर्चा बनाउने अथक प्रयास गरेका थिए।
त्यो समयमा कमिन्टर्नले लेनिनको र पछि स्टालिनको उत्पीडित जातिहरूलाई आत्मनिर्णयको अधिकार दिने नीतिलाई समर्थन गरिरहेको थियो। जसअनुसार, पेरुमा केचुवा र आयमारा समुदायको बहुलता रहेको क्षेत्रमा “इन्डियन गणतन्त्र” स्थापना गर्ने प्रस्ताव गरिएको थियो। मारियातेगीले यो प्रस्तावप्रति असहमति जनाउँदै भनेका थिए – “अन्यत्र यो मोडेलले काम गरे पनि पेरुको हकमा भने यहाँका आदिवासी समुदायको अर्थ–सामाजिक परिस्थितिलाई नजरअन्दाज गरिएको छ।” उनले यो प्रस्तावप्रति झन् कडा आलोचना गर्दै थपेका थिए – “इन्डियनहरूको स्वायत्त राज्यको स्थापनाले इन्डियन सर्वहारा वर्गको अधिनायकत्वतर्फ लैजाँदैन। अझ वर्गविहीन इन्डियन राज्यको स्थापना समेत गर्दैन। बरु यसले आन्तरिक र बाह्य अन्तरविरोधसहितको अर्को बुर्जुवा राज्य इन्डियन बुर्जुवा राज्यको स्थापना गर्नेछ।” मारियातेगीको यो आलोचना प्रख्यात जर्मन मार्क्सवादी नेतृ रोजा लक्जेम्बर्गसँग धेरै हदसम्म मिल्दोजुल्दो छ।
मारियातेगीको विचार भूस्वामित्वको प्रश्नलाई जोड दिँदा त्यसमा आदिवासी र किसानको रूपमा इन्डियनहरूलाई संलग्न गराउन सकिन्छ भन्ने पक्षमा थियो। यसले औद्योगिक र कृषि श्रमिकहरूको आन्दोलनमा ठूलो प्रभाव पार्न सक्थ्यो। तर उनको यो विचार कमिन्टर्नको रणनीतिसँग मेल खाँदैनथ्यो।
कमिन्टर्नको विपरीत, मारियातेगीको विचार भूस्वामित्वको प्रश्नलाई जोड दिँदा त्यसमा आदिवासी र किसानको रूपमा इन्डियनहरूलाई संलग्न गराउन सकिन्छ भन्ने पक्षमा थियो। यसले औद्योगिक र कृषि श्रमिकहरूको आन्दोलनमा ठूलो प्रभाव पार्न सक्थ्यो। तर उनको यो विचार कमिन्टर्नको रणनीतिसँग मेल खाँदैनथ्यो। सन् १९२९ मा कमिन्टर्नको ल्याटिन अमेरिकी कांग्रेसमा उनको विचारलाई खारेज गर्दै त्यसलाई “लोकरिझ्याइवादी” (populist) विचारको आरोप लगाइयो।
उनको मृत्यु हुनुभन्दा केही महिना अगाडि कमिन्टर्नले यूदोसियो रभिन्सलाई फ्रान्सको राजधानी पेरिसबाट पेरु पठायो। मारियातेगीले समाजवादी पार्टीको नेतृत्व यूदोसियो रभिन्सलाई सुम्पिए। त्यसको एक महिनाभित्रै मारियातेगीको मृत्यु भयो। उनको मृत्यु लगत्तै रभिन्सले समाजवादी पार्टीको नाम फेरेर “कम्युनिस्ट पार्टी” राखे। सन् १९३३–३४ मा पेरुको कम्युनिस्ट पार्टीतर्फबाट रभिन्सले मारियातेगीमाथि कडा आक्रमण गर्दै लेखेका थिए – “मारियातेगीवाद विचारहरूको एउटा भ्रमपूर्ण मिश्रण मात्र हो। उनले केवल सैद्धान्तिक होइन, व्यवहारिक त्रुटिहरू पनि गरेका थिए। वस्तुतः लेनिनवाद र मारियातेगीवादबीच निकै थोरै मात्र मिलनबिन्दुहरू छन्। मारियातेगीवादले राष्ट्रियताको प्रश्नलाई आदिवासी प्रश्नसँग गोलमाल गर्छ; पेरुमा साम्राज्यवाद र पूँजीवादलाई प्रगतिशील भूमिकाको श्रेय दिन्छ; र क्रान्तिकारी रणनीतिको सट्टा यसलाई बहस र छलफलले प्रतिस्थापन गर्दछ।”
पेरुमा पुनरागमन
विश्व कम्युनिस्ट आन्दोलनमा स्टालिनवादको प्रभाव घट्न थालेपछि मारियातेगीप्रति पेरुमा रुचि फेरि बढ्न थाल्यो। मारियातेगीका मित्र जोर्गे डेल पाद्रो पेरुभियाली कम्युनिस्ट पार्टीका महासचिव बनेपछि उनले मारियातेगीलाई निष्ठावान मार्क्सवादी, लेनिनवादी र स्टालिनवादी भएकोले परम्परागत कम्युनिस्ट नै रहेको दाबी गरे। यही परिवेशमा मारियातेगीकी श्रीमती र छोराहरूले उनका सबै रचनाहरूलाई संकलन गरेर प्रकाशित गर्न थाले। सन् १९५९ मा मारियातेगीका सम्पूर्ण रचनाहरूको १० खण्ड प्रकाशित गरियो। त्यस्तै बाँकी १० खण्ड क्रमशः आगामी १० वर्षमा प्रकाशित गरियो। कुल २० खण्ड रहेको रचना-सङ्ग्रहमा १६ खण्डसम्म मारियातेगीका आफ्नै रचनाहरू रहेका छन् भने बाँकी ४ खण्डमा उनका बारेमा लेखिएका जीवनीहरू समावेश छन्।
मारियातेगीका मित्र जोर्गे डेल पाद्रो पेरुभियाली कम्युनिस्ट पार्टीका महासचिव बनेपछि उनले मारियातेगीलाई निष्ठावान मार्क्सवादी, लेनिनवादी र स्टालिनवादी भएकोले परम्परागत कम्युनिस्ट नै रहेको दाबी गरे।
पचासको दशकको अन्त्य र साठीको सुरुवातमा सोभियत संघ र चीनबीच भएको महान बहसका कारण विश्व कम्युनिस्ट आन्दोलन सोभियत समर्थक र चीन समर्थक खेमामा विभाजित भयो। पेरुको कम्युनिस्ट आन्दोलन पनि त्यसको अपवाद रहेन। विभिन्न समूहमा विभाजित पेरुभियाली कम्युनिस्ट पार्टीहरूबीच मारियातेगीको सच्चा विरासत कसले बोकेको हो भन्ने विवाद सुरु हुन थाल्यो। स्वाभाविक रूपमा, पेरुको मूल कम्युनिस्ट पार्टीले आफूले मारियातेगीको विरासत थामेको दाबी गर्थ्यो। तर, विभिन्न समूहमा विभाजित अन्य कम्युनिस्ट घटकहरूले समेत आफू नै मारियातेगीका सच्चा उत्तराधिकारी भएको दाबी गर्थे। तीमध्ये सबैभन्दा प्रमुख थियो साइनिङ पाथ समूह। यसको नेतृत्व पेरुको आयकुचोस्थित सान क्रिस्टोबल विश्वविद्यालयमा दर्शनशास्त्रका प्राध्यापक डा. अबिमायल गुजम्यान ‘गोञ्जालो’ ले गरेका थिए। उनले सन् १९७० मा पेरुको मूलधारको कम्युनिस्ट पार्टीले मारियातेगीले स्थापना गरेको महान पार्टीलाई नष्ट गर्न खोजेको आरोप लगाउँदै मारियातेगीको मार्गलाई निरन्तरता दिनुपर्ने कुरा जोड दिए। गोञ्जालोले “होसे कार्लोस मारियातेगीको चम्किलो बाटोमा” (Por el Sendero Luminoso de José Carlos Mariátegui) भन्ने समूह गठन गरे। पछि यही समूह पेरुभियाली कम्युनिस्ट पार्टी सेन्देरो लुमिनोसो मा रूपान्तरण गरियो। गोञ्जालोको पार्टी सेन्देरो लुमिनोसो, अर्थात साइनिङ पाथ, नामले प्रख्यात बन्यो। साइनिङ पाथले १९८० देखि जनयुद्ध सुरु गर्यो, जुन १९९२ मा पार्टी अध्यक्ष गोञ्जालो गिरफ्तार नभएसम्म तीव्र रूपमा चलेको थियो। गोञ्जालोको गिरफ्तारीसँगै जनयुद्ध क्रमशः शिथिल हुँदै गयो। अहिले पनि यो छिटपुट रूपमा जारी छ।

डा. अबिमायल गुजम्यान ‘गोञ्जालो’ । तस्विर: https://media.cnn.com
डा. अबिमायल गुजम्यान ‘गोञ्जालो’ ले सन् १९७० मा पेरुको मूलधारको कम्युनिस्ट पार्टीले मारियातेगीले स्थापना गरेको महान पार्टीलाई नष्ट गर्न खोजेको आरोप लगाउँदै मारियातेगीको मार्गलाई निरन्तरता दिनुपर्ने कुरा जोड दिए। गोञ्जालोले “होसे कार्लोस मारियातेगीको चम्किलो बाटोमा” (Por el Sendero Luminoso de José Carlos Mariátegui) भन्ने समूह गठन गरे।
त्यस्तै, पेरुको अर्को वामपन्थी विद्रोही समूह टुपाक अमारु रिभोल्युसनरी मुभमेन्ट (MRTA) पनि मारियातेगीका विचारबाट प्रभावित थियो। विशेषगरी, उनले पेरुका आदिवासीहरूलाई केन्द्रमा राखेर गरेको मार्क्सवादको संश्लेषणबाट यसले प्रेरणा लिएको थियो। एमआरटीएले १९८४ देखि सशस्त्र संघर्ष सुरु गरेको थियो। १९९७ मा जापानी राजदूतावास बन्धक काण्डपछि यो समूह अस्तित्वहीन बन्यो।
१९८० को दशकमा मारियातेगीको विचारलाई केन्द्र मानेर एउटा पार्टीको स्थापना समेत गरिएको थियो। सन् १९८३ मा तीन वटा वामपन्थी पार्टीहरू मिलेर युनिफाइड मारियातेगीस्ता पार्टी (Partido Unificado Mariateguista) गठन गरे। यो पार्टीको उद्देश्य मारियातेगीको मोडेललाई पछ्याउँदै पेरुमा एकीकृत र सिर्जनात्मक मार्क्सवादी–समाजवादी शक्तिको निर्माण गर्नु थियो। यो पार्टी पेरुका वामपन्थीहरूको गठबन्धन युनाइटेड लेफ्ट (United Left) मा सहभागी भएको थियो। वाम मोर्चाभित्रको यो सबैभन्दा ठूलो पार्टी थियो। पछि ९० को दशकमा आन्तरिक फुट, देशमा सशस्त्र विद्रोह र सरकारी दमन, अनि आर्थिक संकटका कारण पार्टी कमजोर बन्दै गयो। फलस्वरूप, सन् १९९६ मा यो पार्टी विघटन भयो।
सन् २०२१ मा भएको राष्ट्रपति निर्वाचनमा पेरु लिब्रे पार्टी का नेता पेड्रो क्यास्टिल्योले जीत हासिल गरे। उनको पार्टीले आफूलाई मारियातेगीवादी भनेर दाबी गर्थ्यो। पेड्रो क्यास्टिल्योलाई पेरुका दक्षिणपन्थी पार्टीहरूले एक वर्षपछि, सन् २०२२ मा, महाभियोग लगाएर हटाए। हुन त मारियातेगीको विचार मान्ने पार्टी पेरुमा सत्तामा पुगेको यो पहिलो घटना थिएन। सन् २०११ मा पेरु नेसनलिस्ट पार्टी का नेता ओलान्तो हुमाला पेरुका राष्ट्रपति बनेका थिए।
ल्याटिन अमेरिकामा प्रभाव
सन् ६० र ७० को दशकमा मारियातेगीको विचारप्रति ल्याटिन अमेरिकाभर रुचि बढ्न थाल्यो। यसको मुख्य कारण थियो क्युबाली क्रान्ति। सन् ५० को दशकमा अधिकांश ल्याटिन अमेरिकी कम्युनिस्ट पार्टीहरूले आफ्नो जीवन्तता र क्रान्तिकारी धार गुमाइसकेका थिए। क्युबाको क्रान्तिले ल्याटिन अमेरिकामा फेरि मार्क्सवाद र समाजवादी क्रान्तिप्रति रुचि र उत्सुकता बढाइदियो। क्युबाली क्रान्तिसँग मारियातेगीको विचारको सेतु थिए चे ग्वेभारा। चे र उनका मित्र ग्रानाडो ल्याटिन अमेरिकामा यात्रा गर्दै पेरु पुगे। पेरुको राजधानी लिमामा एक जना चिकित्सक डा. ह्युगो पेस ले चे लाई मारियातेगीको प्रख्यात पुस्तक “सेभेन इन्टरप्रेटिभ एस्सेज” उपहार दिए। डा. ह्युगो पेस मारियातेगीका नजिकका मित्र समेत थिए। क्युबाली क्रान्ति सफल भएपछि चेको पहलमा क्युबाको राष्ट्रिय प्रेसबाट मारियातेगीको सेभेन इन्टरप्रेटिभ एस्सेज प्रकाशित गरियो। प्रकाशनपछि यो पुस्तक क्युबामा मात्र होइन, पूरै ल्याटिन अमेरिकाभर वितरण गरियो। यसले ल्याटिन अमेरिकामा मारियातेगीको मौलिक मार्क्सवादको सान्दर्भिकता झन् बढाउँदै लग्यो।
क्युबाको क्रान्तिले ल्याटिन अमेरिकामा फेरि मार्क्सवाद र समाजवादी क्रान्तिप्रति रुचि र उत्सुकता बढाइदियो। क्युबाली क्रान्तिसँग मारियातेगीको विचारको सेतु थिए चे ग्वेभारा।
सन् ६० र ७० को दशकमा ल्याटिन अमेरिकामा क्याथोलिक चर्चभित्र सुरु भएको जनपक्षीय सुधार आन्दोलन लिबरेसन थियोलोजी मा मारियातेगीको चिन्तन प्रणालीको स्पष्ट प्रभाव देख्न सकिन्छ। अझ लिबरेसन थियोलोजी आन्दोलन पेरुकै क्याथोलिक धर्मशास्त्री गुस्ताभो गुटिरेज ले सुरु गरेका थिए। त्यस्तै ल्याटिन अमेरिकामा विकसित भएको परनिर्भरताको सिद्धान्तमा समेत मारियातेगीको विचारको प्रत्यक्ष–अप्रत्यक्ष छाप देख्न सकिन्छ। सन् ७० को दशकको अन्त्यतिर निकारागुवामा भएको सान्डिनिस्टा क्रान्ति मा समेत उनको प्रभाव देख्न सकिन्थ्यो। अगस्टो सान्डिनो, जसको नामबाट संगठनको नाम सान्डिनिस्टा राखिएको थियो, उनी मारियातेगीका मित्र समेत थिए। त्यस्तै १९९४ मा मेक्सिकोमा भएको जापातिस्ता विद्रोह मा समेत मारियातेगीको विचारको केही न केही प्रभाव महसुस गर्न सकिन्छ।

सन् १९९८ मा भेनेजुएलामा ह्युगो चाभेज निर्वाचित भएपछि यो लहरको सुरुवात भएको थियो।ह्युगो चाभेजले आफ्ना भाषणहरूमा बारम्बार मारियातेगीको चर्चा गर्ने गर्थे। त्यस्तै बोलिभियामा वामपन्थी नेता इभो मोरालेस राष्ट्रपति बने। उनी ५०० वर्ष यता पूरै ल्याटिन अमेरिकामा आदिवासी समुदायबाट राष्ट्रपति बन्ने केवल दोस्रो व्यक्ति थिए। उनको विचारमा मारियातेगीको प्रभाव देख्न सकिन्छ।
२०औँ शताब्दीको अन्त्य र २१औँ शताब्दीको सुरुवातमा ल्याटिन अमेरिकामा वामपन्थी शक्तिहरूको पक्षमा चुनावी लहर शुरु भयो, जसलाई गुलाबी लहर (Pink Tide) भन्ने गरिन्छ।सन् १९९८ मा भेनेजुएलामा ह्युगो चाभेज निर्वाचित भएपछि यो लहरको सुरुवात भएको थियो।ह्युगो चाभेजले आफ्ना भाषणहरूमा बारम्बार मारियातेगीको चर्चा गर्ने गर्थे। त्यस्तै बोलिभियामा वामपन्थी नेता इभो मोरालेस राष्ट्रपति बने। उनी ५०० वर्ष यता पूरै ल्याटिन अमेरिकामा आदिवासी समुदायबाट राष्ट्रपति बन्ने केवल दोस्रो व्यक्ति थिए। उनको विचारमा मारियातेगीको प्रभाव देख्न सकिन्छ। सोही प्रकारले ल्याटिन अमेरिकामा चलिरहेका आदिवासी आन्दोलनहरूले उनको विचारप्रति थप आकर्षण बढाइदिएको छ।
मारियातेगीको सान्दर्भिकता
पेरुका मार्क्सवादी विचारक होसे कार्लोस मारियातेगी निधन भएको पनि करिब एक शताब्दी हुन लागेको छ। तर उनको विचार आज पनि उत्तिकै सान्दर्भिक छ। मारियातेगीले मार्क्सवादी विश्लेषण प्रणालीको प्रयोग गरेर पेरुको इतिहास, समाज र आर्थिक प्रणालीको व्याख्या गरेका थिए। पेरु र ल्याटिन धरातलीय वास्तविकतामा मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्नु मारियातेगीको मुख्य योगदान थियो। यसैले गर्दा उनलाई ल्याटिन अमेरिकी मार्क्सवादको प्रणेता र ल्याटिन अमेरिकाको पहिलो मार्क्सवादी भन्ने गरिन्थ्यो। मारियातेगी भन्थे – “हामी ल्याटिन अमेरिकामा समाजवाद कसैको नक्कल होस् भन्ने चाहँदैनौं। यो एक वीरतापूर्ण रचना हुनुपर्छ।” बीसौँ शताब्दीको उत्तरार्धमा सोभियत शैलीको समाजवादको पतनपछि विश्व कम्युनिस्ट आन्दोलनमा गतिरोध उत्पन्न भएको छ। विगतमा जस्तै विश्वभरका कम्युनिस्ट पार्टीहरूसँग अहिले अनुकरणका लागि कुनै बनिबनाएको सोभियत, चिनियाँ वा क्युबाली मोडेल उपलब्ध छैन। अब हरेक कम्युनिस्ट पार्टीले आफ्नो देशको विशिष्ट परिस्थिति अनुसार आफैंले आफ्नो क्रान्तिको मोडेल तयार पार्नुपर्ने छ, आफ्नो बाटो आफैं तय गर्नुपर्ने छ। यही परिस्थितिमा मारियातेगीको विचारको सान्दर्भिकता झन् बढेर गएको छ।
प्रतिक्रिया