जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै अर्थ गुमाउँछ

मिशेल एलनर
जब मैले समाचारको शीर्षक देखें – “मारिया कोरिना माचाडोले शान्ति पुरस्कार जितिन्” – म लगभग त्यसको बेतुकापनमा हाँस्नै खोजेँ। तर म हाँसिन, किनकि जसको राजनीतिले जनतामा यति धेरै पीडा ल्याएको छ, उसलाई पुरस्कार दिनु त्यो कुनै हास्यास्पद कुरा होइन। जसले उनको विचारधारा बुझ्दछ, उसलाई थाहा छ, उनको राजनीतिको शान्तिसँग टाढासम्मको सम्बन्ध पनि छैन।
माचाडोले केलाई प्रतिनिधित्व गर्छिन्। उनी वाशिङटनको शासन-परिवर्तन अभियानको हँसिलो अनुहार हुन् । “लोकतन्त्र” को नाममा प्रतिबन्ध, निजीकरण, र विदेशी हस्तक्षेपको पालिसदार प्रवक्ता।
सन् २०२५ मा यही कुरा “शान्ति” को परिभाषा बनेको हो भने, त्यस पुरस्कारले आफ्नो सम्पूर्ण विश्वसनीयता गुमाइसकेको छ। म एक भेनेजुयलाली-अमेरिकी हुँ, र मलाई राम्ररी थाहा छ माचाडोले केलाई प्रतिनिधित्व गर्छिन्। उनी वाशिङटनको शासन-परिवर्तन अभियानको हँसिलो अनुहार हुन् । “लोकतन्त्र” को नाममा प्रतिबन्ध, निजीकरण, र विदेशी हस्तक्षेपको पालिसदार प्रवक्ता।
माचाडोको राजनीति हिंसामा डुबेको छ। उनले विदेशी हस्तक्षेपको खुलेआम माग गरेकी छिन्। यहाँसम्म कि गाजाको विनाशका योजनाकार बेन्जामिन नेतान्याहूसम्मलाई, बम र “स्वतन्त्रता” को नाममा भेनेजुएलालाई “मुक्त” गर्न सहयोग गर्न प्रत्यक्ष आह्वान गरेकी छिन्। उनले प्रतिबन्धको पनि समर्थन गरेकी छिन्, त्यो मौन युद्धको रूप, जसको प्रभाव (जसरी The Lancet लगायत अन्य पत्रिकाहरूले देखाएका छन्) युद्धभन्दा बढी घातक भएको छ । जसले औषधि, खाना, र ऊर्जाको आपूर्ति पुरै जनताबाट काटिदिन्छ।
माचाडोले आफ्नो सम्पूर्ण राजनीतिक जीवन विभाजन फैलाउन, भेनेजुएलाको सार्वभौमसत्ता कमजोर पार्न, र जनतालाई सम्मानपूर्वक बाँच्ने अधिकारबाट वञ्चित गर्न खर्चेकी छिन्।
मारिया कोरिना माचाडो वास्तवमै को हुन्:
• उनले सन् २००२ मा भएको तख्तापलटमा नेतृत्व गर्न मद्दत गरिन्, जसले लोकतान्त्रिक रूपमा निर्वाचित राष्ट्रपतिलाई छोटो समयको लागि अपदस्थ गर्र्यो, र उनले कार्मोना डिक्रीमा (Carmona Decree ) मा (हस्ताक्षर गरिन् । जसले संविधानलाई खारेज गर्यो र एकै रातमा सबै सार्वजनिक संस्थाहरू विघटन गर्यो।
जब ट्रम्पले युद्धपोत पठाए र सम्पत्ति रोक्का गरे, माचाडो भेनेजुएलाको सार्वभौमसत्ता चाँदीको किस्तीमा राखेर सुम्पिने बाचा गर्दै उनको स्थानीय प्रतिनिधिका रूपमा सेवा गर्न तयार थिइन्।
• उनले वाशिङटनसँग हातेमालो गरेर शासन परिवर्तनलाई जायज ठहर्याइन्, आफ्नो राजनीतिक मञ्च प्रयोग गरेर विदेशी सैनिक हस्तक्षेपको माग गरिन्, ताकि “बल प्रयोग गरेर” भेनेजुएलालाई “मुक्त” गर्न सकियोस्।
• उनले डोनाल्ड ट्रम्पका आक्रमणका धम्कीहरू र क्यारिबियनमा उनको नौसेनिक शक्ति प्रदर्शनको स्वागत गरिन् । त्यो शक्ति प्रदर्शन जसले “लागु पदार्थ तस्करीविरुद्ध लडाइँ” को नाममा क्षेत्रीय युद्ध भड्काउने जोखिम बोकेको थियो। जब ट्रम्पले युद्धपोत पठाए र सम्पत्ति रोक्का गरे, माचाडो भेनेजुएलाको सार्वभौमसत्ता चाँदीको किस्तीमा राखेर सुम्पिने बाचा गर्दै उनको स्थानीय प्रतिनिधिका रूपमा सेवा गर्न तयार थिइन्।
• उनले अमेरिकी प्रतिबन्धहरूको समर्थन गरिन्, जसले अर्थतन्त्रलाई निमोठेर नष्ट गर्यो। यो राम्ररी जान्दाजान्दै पनि कि यसको मूल्य कस्ले तिर्छः गरीब, बिरामी, र श्रमिक वर्गले।
• उनले तथाकथित “अन्तरिम सरकार” निर्माण गर्न मद्दत गरिन्, जुन वाशिङटनको समर्थनमा चलाइएको कठपुतली शासन थियो, जसमा स्वघोषित “राष्ट्रपति” ले विदेशमा भेनेजुएलाका स्रोतहरू लुटे, जबकि देशभित्र बालबालिका भोकै सुत्थे।
• उनले जेरुशलममा भेनेजुएलाको दूतावास पुनः खोल्ने प्रतिबद्धता जनाएकी छिन्, यसरी उनी खुलेर त्यही रंगभेद नीतिको राज्यसँग उभिएकी छिन्, जसले अस्पतालहरूमा बम आक्रमण गर्छ र त्यसलाई “आत्मरक्षा” भन्छ।
• अहिले उनी देशको तेल, पानी, र पूर्वाधार निजी निगमहरूलाई सुम्पिन खोज्दैछिन्। यही नीतिले नै १९९० को दशकमा ल्याटिन अमेरिकालाई नवउदारवादी दुःखको प्रयोगशाला बनाएको थियो।
माचाडो सन् २०१४ को विपक्षी अभियान ला सालिदा की प्रमुख राजनीतिक योजनाकारहरूमध्ये एक थिइन्, जसले आन्दोलनलाई तीव्र बनाउने र ग्वारिम्बा (guarimba) नामका रणनीतिहरू अपनाउने आह्वान गरेको थियो। ती “शान्तिपूर्ण प्रदर्शनहरू” थिएनन्, जस्तो विदेशी सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । ती योजनाबद्ध बारिकेडहरू थिए जसले देशलाई ठप्प पार्ने र सरकारले राजीनामा दिन बाध्य पार्ने उद्देश्य राख्थे। सडकहरू जलिरहेको कुडाकर्कट र काँडेतारले बन्द गरिएका थिए, मजदुर बोकेका बसहरू जलाइए, र चाभिस्ता भएको शंका लागेकाहरूलाई कुटपिट गरियो वा हत्या गरियो। एम्बुलेन्स र चिकित्सकहरूसमेत आक्रमणको शिकार भए। केही क्युबाली चिकित्सक दलहरूलाई त जीवितै जलाउने प्रयास पनि भयो। सार्वजनिक भवनहरू, खाद्यान्न ट्रकहरू, र विद्यालयहरू नष्ट गरिए। पूरै बस्तीहरू भयले लकडाउनमा परेका थिए र त्यहीबेला माचाडोजस्ता विपक्षी नेताहरू त्यसलाई “प्रतिरोध” भनेर सम्बोधन गर्दै छेउबाट हौस्याइरहेका थिए ।
माचाडो शान्ति वा प्रगतिको प्रतीक होइनन्। उनी फासिवाद, जियोनिज्म र नवउदारवादबीचको विश्वव्यापी गठबन्धनको हिस्सा हुन् । त्यो अक्ष जसले लोकतन्त्र र शान्तिको भाषामा प्रभुत्वलाई वैधता दिन खोज्छ।
उनी उनको भाषामा “अपराधी सञ्जाल” बिरुद्धको ट्रम्पको “निर्णायक कदम” को प्रशंसा गर्छिन्, तर उनी त्यही व्यक्तिसँग आफैंलाई जोड्छिन् जसले आप्रवासी बालबालिकालाई पिँजडामा हाल्यो र ICE को निगरानीमा परिवारहरूलाई टुक्र्यायो, जबकि भेनेजुएलाली आमाहरू अमेरिकी आप्रवासन नीतिका कारण हराएका आफ्ना छोराछोरी खोज्दै भौतारिरहेका छन् ।
माचाडो शान्ति वा प्रगतिको प्रतीक होइनन्। उनी फासिवाद, जियोनिज्म र नवउदारवादबीचको विश्वव्यापी गठबन्धनको हिस्सा हुन् । त्यो अक्ष जसले लोकतन्त्र र शान्तिको भाषामा प्रभुत्वलाई वैधता दिन खोज्छ। भेनेजुएलामा, त्यस गठबन्धनको अर्थ हुन्छ– कू, प्रतिबन्ध र निजीकरण। गाजामा, यसको अर्थ हुन्छ–नरसंहार र जनताको अस्तित्व मेटाउने प्रयास। त्यो विचारधारा एउटै हो–केही जीवनहरू “त्यागयोग्य” छन् भन्ने विश्वास, सार्वभौमिकता “सम्झौतायोग्य” हुन्छ भन्ने धारणा, र हिंसालाई “व्यवस्था” को रूपमा बेच्न सकिने विश्वास।हेनरी किसिन्जरले शान्तिको नोबेल पुरस्कार जित्न सक्छन् भने, मारिया कोरिना माचाडो किन नपाउनु ? सायद अर्को वर्ष उनीहरू “अधीनमा पनि करुणा देखाएको” भन्दै गाजा ह्युम्यानिटेरियन फाउन्डेशनलाई पुरस्कार दिनेछन्।
वास्तविक शान्ति ती महिलाहरूले बनाउँछन् जो नाकाबन्दीका बीच खाद्य सञ्जालहरू आयोजन गर्छन्, ती आदिवासी समुदायहरूले बनाउँछन् जो नदीहरूलाई दोहनबाट जोगाउँछन्, ती श्रमिकहरूले बनाउँछन् जो भोकाएर आज्ञाकारी बन्न अस्वीकार गर्छन्,
हरेकपटक जब यो पुरस्कार कूटनीतिका आवरणमा हिंसाका योजनाकारहरूलाई दिइन्छ, त्यो वास्तवमै शान्तिको लागि संघर्ष गरिरहेकाहरूको अनुहारमा थुक्नु जस्तै हुन्छ, जस्तै गाजामा भग्नावशेषमुनि शवहरू उत्खनन गरिरहेका प्यालेस्टिनी चिकित्सकहरू, सत्य अभिलेखनका लागि जीवन जोखिममा पारिरहेका पत्रकारहरू, र नाकाबन्दी तोड्न तथा भोकभएका बालबालिकाका लागि राहत पुर्याउन साहस र विश्वास मात्र बोकेका फ्लोटिलाका मानवतावादी कार्यकर्ताहरू।
तर वास्तविक शान्ति बैठककक्षमा वार्ताबाट वा मञ्चमा पुरस्कारद्वारा प्राप्त हुँदैन। वास्तविक शान्ति ती महिलाहरूले बनाउँछन् जो नाकाबन्दीका बीच खाद्य सञ्जालहरू आयोजन गर्छन्, ती आदिवासी समुदायहरूले बनाउँछन् जो नदीहरूलाई दोहनबाट जोगाउँछन्, ती श्रमिकहरूले बनाउँछन् जो भोकाएर आज्ञाकारी बन्न अस्वीकार गर्छन्, ती भेनेजुएलाली आमाहरूले बनाउँछन् जो अमेरिकी ICE र आप्रवासन नीतिअन्तर्गत अपहृत आफ्ना छोराछोरी फिर्ता माग्दै सडकमा उत्रिन्छन्, र ती राष्ट्रहरूले बनाउँछन् जसले दासताभन्दा सार्वभौमिकतालाई रोज्छन्। भेनेजुएला, क्युबा, प्यालेस्टाइन र दक्षिणी विश्वका प्रत्येक राष्ट्रले पाउनुपर्ने शान्ति यही हो।
Source: https://countercurrents.org

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरतामा …

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?

इजरायली हवाई आक्रमणमा यमनका हुथी प्रधानमन्त्री मारिए

अमेरिका–रूस शिखर बैठक

प्राचीन मन्दिर वरिपरि क्याम्बोडिया र थाईल्याण्डबीचको युद्ध

थाइल्याण्ड र कम्बोडियाबीच सीमायुद्ध

प्रतिक्रिया