वैश्विक अस्थीरता र अदृश्य शक्तिको चलखेल: चोम्स्कीको ‘हु रुल्स द वर्ल्ड’

संसारभर विरोध र विद्रोहका लहरहरु चलिरहेका छन् । ती विरोध र विद्रोहका लहरहरुले थुप्रै देशहरुमा तख्ता पलट गरिदिएका छन् । त्यस्ता तख्ता पलटका घटनाहरुमा अनुत्तरदायी शासन सत्ताप्रति जनतामा लामो कालखण्डदेखि गुम्सिएर रहेको मोहभङ्गता, घृणा र आक्रोशको विस्फोटनले मुख्य रुपमा त काम गरेकै छ, त्यसैको मौका छोपी दृश्य अदृश्य शक्तिहरुले पनि आफ्नो खेल खेलिरहेकै छ, हुन्छ । हालसालै तख्तापलट भएका दक्षिण एशियाली मुलुकहरु श्रीलंका, बङ्गलादेश र नेपाल पनि त्यसको अपवाद कदापि रहन सक्दैन ।
त्यसैले प्रश्न उठ्न सक्छ– के यी देशहरुमा भएका तख्तापलटका घटनाहरु सबै अचानक भएका हुन् र ? वा यसका पछाडिबाट कसले यी धागाहरू तानिरहेको छ?
यस प्रश्नको उत्तर खोज्ने क्रममा एउटा पढ्नै पर्ने पुस्तकको नाम आउँछ– Who Rules the World ? नोम चोम्स्कीको किताब ‘हु रुल्स द वर्ल्ड’ले सिकाउँछ– दुनिया चलाउने अनुहार पर्दामा देखिँदैनन्। असली शक्ति ठूला कम्पनीहरू, गुप्तचर एजेन्सीहरू, ठूला देश र पैसाको एउटा नेटवर्क हो। सरकारहरू आउँछन् र जान्छन्। तर असली सिस्टम उही रहन्छ।
शक्तिका असली खेलका खेलाडी
एकछिन सोच्नुस्, कुनै ठूलो फिल्म चलिरहेछ । हामी सबै पहिलो पंक्तिमा बसेर हेर्दैछौं। नेताहरूका भाषण, चुनावी पोस्टर, टिभी बहसहरू, र्यालीहरूको भीड। जनताले नै सबै कुराको निर्णय गरिरहेको छ जस्तो देखिन्छ । तर वास्तविक प्रश्न यो हो– यस फिल्मको निर्देशक को हो? स्क्रिप्ट कसले लेख्यो?
नोम चोम्स्की भन्छन्– संसार कुनै एक प्रधानमन्त्री, राष्ट्रपतिको वा संसद्को आदेशले चल्दैन। असली शक्तिको एउटा पूरै जाल छ। यस्तो अदृश्य माकुरी जाल, जसमा हरेक देश, हरेक नेता र हरेक सामान्य मान्छे फँसिरहेछन्।
अगाडि देखिएका अनुहारहरू केवल पात्र हुन्। तर असली खेल पर्दाको पछाडि हुन्छ। नोम चोम्स्की भन्छन्– संसार कुनै एक प्रधानमन्त्री, राष्ट्रपतिको वा संसद्को आदेशले चल्दैन। असली शक्तिको एउटा पूरै जाल छ। यस्तो अदृश्य माकुरी जाल, जसमा हरेक देश, हरेक नेता र हरेक सामान्य मान्छे फँसिरहेछन्।
यस जालमा केही स्थायी खेलाडी सधैं विद्यमान रहन्छन्। ठूला देश जस्तै अमेरिकाका, गुप्तचर एजेन्सीहरू जस्तै सीआईए र एनएसए, सैन्य-औद्योगिक तन्त्र, ठूला बैंक र कर्पोरेट कम्पनीहरू र यस खेलको सबैभन्दा खतरनाक हिस्सा ती मानिसहरू हुन् जसका नाम तपाईँले कहिल्यै टिभीमा सुन्नुहुन्न र जसका तस्वीरहरू तपाईँले अखबारमा देख्नु हुन्न। तर ती बिना कुनै ठूलो निर्णय हुँदैन। यो खेल नयाँ होइन।
१९५३ को इरान सम्झनुस्। त्यहाँ मोहम्मद मोसादेग भन्ने नेता थिए जसले इरानको तेल आफ्नै देशका लागि राख्न खोजे। तर अमेरिका र बेलायतलाई यो मन परेन। सीआईले एउटा अपरेशन गर्यो, प्रचार फैलायो, विरोध प्रदर्शन गरायो र एक चुनिएको सरकारलाई घात गरियो। पश्चिमी शक्तिहरूका लागि कठपुतलीको भूमिका खेल्ने शाहलाई फर्काएर ल्याइयो । यो कथा ७० वर्ष पुरानो हो।
आजको समयमा त स्थिति अझ सजिलो छ। मीम्स, भिडियो, फर्जी खबर र केवल एक क्लिकमा पुरै देश भड्किन सक्छ।
१९७३ को चिली हेर्नुस्। साल्भाडोरमा आफ्ना जनता लागि नीतिहरू बनाइरहेका एक समाजवादी नेता थिए साल्भाडोर एलेन्डे । अमेरिकाले यो सहन सकेन। सीआईएले चिलीमा अस्थिरता फैलायो, आर्थिक नाकाबन्दी गर्यो र तख्ता पल्टाइदियो। त्यसबेला सोशल मिडिया थिएन। तर पनि यी सबै भयो। आजको समयमा त स्थिति अझ सजिलो छ। मीम्स, भिडियो, फर्जी खबर र केवल एक क्लिकमा पुरै देश भड्किन सक्छ।
बंगलादेशको २०२४ को संकट हेर्नुस्। शेख हसीनालाई विशाल वैश्विक दबाबपछि सत्ताबाट हटाइयो। सडकमा हिंसा, प्रदर्शन, राजनीतिक संकट र फेरि त्यस्तो नेता आयो जसलाई पश्चिमको समर्थन थियो। सामान्य जनता ठाने कि यो उनीहरूको आवाजको जीत हो। तर के यो केवल आवाज मात्र थियो वा यसको पछाडि ती शक्तिहरूले पनि मौकाको फाइदा उठाउन चलखेल गरेका थिए जो आईएमएफ र वर्ल्ड बैंकका अफिसहरूमा बसेर सम्झौता गर्दै थिए? चोम्सकी भन्छन् कि यो मानवजातिको अधीनस्थहरूको खेल हो। ती मानिसहरू जसको कुनै देश छैन, कुनै झण्डा छैन। तर जसको पैसा, शक्ति र अन्तर्राष्ट्रिय नेटवर्क छ, सरकारहरू उनीहरूको हिसाबले चल्छन्। चाहे नेता जोसुकै होस्।
पाकिस्तानको अवस्था हेर्नुस्। त्यहाँ नेताहरू आउँछन् र जान्छन्। एउटालाई जेल हाल्नुहोस्, अर्को टेबलमा बसाउनुहोस्, अनि त्यसलाई पनि फँसाइदिनुहोस्। तर देशकी नीतिहरू उही रहन्छन्। आईएमएफको ऋण लिनु, अमेरिकाबाट सैन्य सहायता लिनु र आन्तरिक राजनीतिक उथलपुथल सहिरहने – यी घटनाहरू अचानक नभई योजनाबद्ध ढाँचामा हुन्छन्। मिडिया यो सिस्टमको सबैभन्दा ठूलो नकाब हो। अखबार, टिभी, सोशल मिडिया स्क्रोल गर्यो भने कसैलाई लोकतन्त्रको रक्षक बनाइन्छ र कसैलाई तानाशाह भनेर खसालिन्छ। जनताको सोचलाई नियन्त्रण गर्नु उनीहरूको सबैभन्दा ठूलो हतियार मिडिया हो।
साम्राज्यका छायाहरू
विश्वको नक्शामा एउटा देश छ जसले आफूलाई केवल एक देश नभई पूरै विश्वको मालिक ठान्यो । त्यो देश हो– अमेरिका। तर यो शक्ति चुनाव जितेर वा सेना राखेर आएको होइन। यो शक्ति खेलका नियम आफैं बनाउनबाट आएको हो। चोम्स्की भन्छन् अमेरिकाले केवल शक्ति पाएन, उसले पूरै विश्वलाई यस्तो सिस्टममा बाँधिदियो जहाँ चाहे नेता जोसुकै बने पनि नियम उही रहन्छन्। दोस्रो विश्वयुद्धपछि जब यूरोप बिथोलिएको थियो, अमेरिकाले आफूलाई संसारको उद्धारकर्ताजस्तो देखायो। सहयोगको नाममा ऋण, ऋणको नाममा नियन्त्रण गर्दै मार्शल प्लान आयो। । यही बेलामा दुनियाको हितको लागि भन्दै वर्ल्ड बैंक, आईएमएफ, नाटो लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूको जन्म भयो । तर वास्तविकतामा यी अमेरिकाको शक्ति उपकरण थिए। हरेक ठूलो डिल, हरेक ठूलो सम्झौता, हरेक आर्थिक सुधारको पछाडि ती मानिसहरू बसेका थिए जो संसारलाई आफ्नो झोला भित्र राख्न खोज्थे।
सीआईएको असली काम शत्रुहरूमाथि नजर राख्नु होइन, यसको काम त अमेरिकी नीतिको विरुद्धमा जाने वा त्यसलाई टक्कर दिन खोज्ने देशहरुमा सरकार परिवर्तन गर्नु, विद्रोह उठाउनु र अमेरिका पक्षधर शक्ति विरुद्ध उठ्ने हरेक आन्दोलनलाई दबाउनु हो।
सीआईएको जन्म पनि यहीँ भएको थियो। यसलाई केवल एउटा गुप्तचर एजेन्सी भनेर बुझ्न भूल हो। यो वास्तवमा एक सिस्टम अपरेटर हो। सीआईएको असली काम शत्रुहरूमाथि नजर राख्नु होइन, यसको काम त अमेरिकी नीतिको विरुद्धमा जाने वा त्यसलाई टक्कर दिन खोज्ने देशहरुमा सरकार परिवर्तन गर्नु, विद्रोह उठाउनु र अमेरिका पक्षधर शक्ति विरुद्ध उठ्ने हरेक आन्दोलनलाई दबाउनु हो। इरान र चिली केवल आरम्भिक परीक्षण केसहरू थिए। त्यसपछि भियतनाम, ग्वाटेमाला, निकारागुआ, क्यूबालगायत हरेक ठाउँमा एउटै ढाँचा लागू गरिए। पहिले मिडियाबाट कुनै देशका नेतालाई खलनायक बनाउने, त्यसपछि आन्तरिक समूहहरूलाई हतियार र पैसा दिने र अन्त्यमा तख्ता पल्ट गराउने। यसमा सीआईएको भरपूर उपयोग भयो । यस अर्थमा पनि सीआइए केवल एउटा एजेन्सी मात्र होइन। यो एउटा नेटवर्कको हिस्सा हो जसमा ठूला औषधि कम्पनीहरू, हतियार उद्योग, तेल व्यापारी र टेक दिग्गजहरू सबै जोडिएका छन्। चोम्स्कीले यसलाई मिलिटरी–इंडस्ट्रियल कम्प्लेक्स भन्ने नाम दिएका छन् । त्यसको अर्थ हो– सेना र उद्योगको गठजोड। सोच्नुस् यदि संसारमा युद्ध समाप्त भयो भने हतियार बेच्नेहरूले अरबौं डलरको घाटा झेल्नु पर्छ। यदि गरिब देशहरूले ऋण लिन चाहेनन् भने भने आईएमएफको खेल नै बन्द हुन्छ। त्यसैले सिस्टमलाई सधैं अस्थिरता, युद्ध र डर चाहिन्छ।
सत्ताविरुद्ध जनअसन्तोष भड्किइरहेको र त्यसको विरुद्ध आन्दोलन–विद्रोह गरिरहेका कुनै पनि देशको जनतालाई यो भरोसा दिलाइन्छ कि उनीहरूले आफैँ परिवर्तन ल्याइरहेका छन्। धेरै हदसम्म यो साँचो पनि हो । तर त्यसैको आडमा उनीहरूको त्यस विद्रोह वा असन्तुष्टिलाई भजाएर कसैले आफ्नो योजना पूरा गरिरहेका हुन्छन्।
आज नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलङ्का लगायत विश्वभरमा भइरहेका असन्तुष्टि र विद्रोहहरुको जगमा आन्तरिक कारण मूल रुपमा त छँदैछऽ त्यसलाई हावा दिने र त्यसबाट फाइदा लिन हुने वैदेशिक चलखेल कुनै नयाँ खेलको स्क्रिप्ट होइन। यो उस्तै पुरानो खेलको अपडेटेड संस्करण हो। पहिले प्रचार अखबारबाट फैलिन्थ्यो, अब सोशल मिडियाबाट। त्यसका लागि तत् देशका जनताहरुको असन्तुष्टिबाट भरपूर फाइदा लिने काम हुन्छ । पहिले सीआईएका अपरेशनहरू गोप्य हुन्थे। अब यो सबै लोकतन्त्र बचाउने नाममा खुलेर गरिन्छ। सत्ताविरुद्ध जनअसन्तोष भड्किइरहेको र त्यसको विरुद्ध आन्दोलन–विद्रोह गरिरहेका कुनै पनि देशको जनतालाई यो भरोसा दिलाइन्छ कि उनीहरूले आफैँ परिवर्तन ल्याइरहेका छन्। धेरै हदसम्म यो साँचो पनि हो । तर त्यसैको आडमा उनीहरूको त्यस विद्रोह वा असन्तुष्टिलाई भजाएर कसैले आफ्नो योजना पूरा गरिरहेका हुन्छन्। यस क्रममा असल नियतले शासनसत्ताका विरुद्ध विद्रोहमा उत्रिएका जनसमुदायको ठूलो हिस्सा पनि नजानिँदो किसिमले तिनका मोहराका रुपमा उपयोग भइरहका हुन्छन् ।
त्यो डर भनेको कुनै देशले यस सिस्टमलाई चुनौती दियो भने उसको हालत त्यही हुनेछ जुन इरानमा भयो, जुन चिलीमा भयो र जुन आज धेरै साना देशहरूमा भइरहेको छ। अमेरिकाले केवल शक्तिशाली हुने खेल मात्र खेलेन, उसले अरूलाई तर्साउने कला पनि सिक्यो।
चोम्स्कीका शब्दमा अमेरिका एउटा साम्राज्य हो तर आधुनिक साम्राज्य। यसलाई ट्याङ्क पठाएर जमिनमा कब्जा गर्नुपर्ने कुनै आवश्यकता छैन। यसले तपाईंको बैंक अकाउन्ट, तपाईंको अर्थतन्त्र, तपाईंको मिडिया र तपाईंको राजनीतिलाई आफ्नो पक्षधर बनाउँदै नियन्त्रणमा लिन्छ। यो साम्राज्य देखिन्न तर यसको छाया हरेक ठाउँमा छ र त्यो छायाको वास्तविक शक्ति डर हो। त्यो डर भनेको कुनै देशले यस सिस्टमलाई चुनौती दियो भने उसको हालत त्यही हुनेछ जुन इरानमा भयो, जुन चिलीमा भयो र जुन आज धेरै साना देशहरूमा भइरहेको छ। अमेरिकाले केवल शक्तिशाली हुने खेल मात्र खेलेन, उसले अरूलाई तर्साउने कला पनि सिक्यो।
तर यो कथा यहाँ समाप्त हुँदैन किनकि शक्तिको यो खेल केवल सीआईए वा अमेरिकासम्म सीमित छैन। यसको पछाडि केही अझ गहिरा अनुहारहरू छन् – ती जो कुनै देशको झन्डा मुनि पर्दैनन्, जो कुनै चुनाव लड्दैनन् तर अझै पनि संसारका ठूला निर्णयहरू तिनैको इच्छा र इशारामा हुन्छन्।
अदृश्य साम्राज्यका मालिकहरू
शक्तिको खेल केवल देश र एजेन्सीहरूसम्म सीमित छैन। पर्दाको पछाडि ती मानिसहरू छन् जसको कुनै देखिने अनुहार छैन, कुनै झण्डा छैन। तर तिनीहरुकै निर्णयले संसारका हरेक कुनामा असर पार्छ। यी अदृश्य साम्राज्यका मालिक हुन्। यी चुनाव लड्दैनन्, संसदमा बस्दैनन्। तर राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म उनीहरूको अघि झुक्छन्। यो शक्ति पैसाबाट आउँछ र पैसा ती कम्पनीहरूबाट आउँछ जसको व्यवसाय हाम्रो जीवनका हरेक भागमा घुसिसकेको छ। सोच्नुस् यदि भोलि औषधि कम्पनीहरूले चाह्यो भने कुनै पनि देशको मेडिकल सप्लाइ रोकिन पनि सक्छ । बिग फार्मा भनिने यो उद्योग अहिले उपचारभन्दा बढी नाफामा ध्यान दिन्छ। कुनै रोग समाप्त भयो भने उनीहरूको अरबौं कमाईको के हुनेछ? त्यसैले नयाँ औषधिसँगै नयाँ रोगहरूको कथाहरू पनि बनाइन्छ, त्यसका लागि अनेकन तानाबानाहरु बुनिन्छन्।
आईएमएफ र वर्ल्ड बैंकलाई प्रायः सहयोगीको रूपमा देखाइन्छ। तर चोम्स्की भन्छन् कि यो सहयोग होइन, यो एउटा श्रृंखला हो । यस्तो ऋणको माखेसाङ्ग्लोले गरिब देशहरूलाई कहिल्यै स्वतन्त्र हुन दिँदैन। ती देशहरूले आफ्नै स्रोत बेचेर ऋण चुकाउँछन् र ती स्रोतहरू फेरि ती शक्तिशाली कम्पनीहरूका हातमा पुग्छन्।
त्यसपछि टेक दिग्गजहरू आउँछन्। ती मानिसहरू जसका सर्भरमा पुरै संसारको डाटा छ। तपाईं के हेर्नुहुन्छ? के सुन्नुहुन्छ? कससँग कुरा गर्नुहुन्छ? यी सबै उनीहरूको फाइलमा दर्ता हुन्छ। सोशल मिडिया प्लेटफर्महरू अब केवल कनेक्शनको माध्यम होइन, ती त ती अदृश्य शक्तिहरुको एउटा शक्तिशाली हतियार हो। तिनीहरूलाई प्रयोग गरेर चुनाव जितिन्छ, सरकारहरू ढलाइन्छ र पुरै जनतालाई पत्याउने गरी ती अदृश्य शक्तिहरुको हितअनुकूल हुने गरी कथा सुनाइन्छ। यो त्यी डिजिटल प्रोपेगाण्डा हो जसको शक्ति सीआईएसँग पहिले थिएन । वाल स्ट्रिटका कम्पनीहरू, हेज फन्डहरू र ग्लोबल बैंकहरू यसको अर्को स्तर हुन्। आईएमएफ र वर्ल्ड बैंकलाई प्रायः सहयोगीको रूपमा देखाइन्छ। तर चोम्स्की भन्छन् कि यो सहयोग होइन, यो एउटा श्रृंखला हो । यस्तो ऋणको माखेसाङ्ग्लोले गरिब देशहरूलाई कहिल्यै स्वतन्त्र हुन दिँदैन। ती देशहरूले आफ्नै स्रोत बेचेर ऋण चुकाउँछन् र ती स्रोतहरू फेरि ती शक्तिशाली कम्पनीहरूका हातमा पुग्छन्।
मिडिया यो सिस्टमको सबैभन्दा महत्त्वपूर्ण मोहरा हो। जो मानिसहरूले यी शक्तिहरूलाई चुनौती दिन्छन्, तिनीहरू अचानक तानाशाह वा खलनायक घोषित हुन्छन्; र जो तिनीहरूको हितमा काम गर्छन्, तिनीहरू लोकतन्त्रका रक्षक भनेर चिनिन्छन्। असली कथा कहिल्यै बाहिर आउँदैन किनकि मिडियाको डोरी पनि ती अदृश्य शक्तिहरुकै हातमा हुन्छ। टिभी स्क्रिनमा देखिने कुरा केवल प्रदर्शन हो।
जो मानिसहरूले यी शक्तिहरूलाई चुनौती दिन्छन्, तिनीहरू अचानक तानाशाह वा खलनायक घोषित हुन्छन्; र जो तिनीहरूको हितमा काम गर्छन्, तिनीहरू लोकतन्त्रका रक्षक भनेर चिनिन्छन्। असली कथा कहिल्यै बाहिर आउँदैन किनकि मिडियाको डोरी पनि ती अदृश्य शक्तिहरुकै हातमा हुन्छ।
एकछिनका लागि सोच्नुस् विश्वका थुप्रै ठाउँहरुमा भइरहेको हलचल, बंगलादेशका सरकारको पतन, पाकिस्तानको स्थायी संकट, नेपालको सत्ता परिवर्तन – के यी सबै साँच्चिकै जनताको जीत हो? वा यो उही ग्लोबल नेटवर्कको खेल हो जसले हरेक ठाउँमा एउटै चाल खेल्छ? उही चाल जुन कुनैबेला इरानमा भयो, कुनैबेला चिलीमा र अब सोशल मिडियाको युगमा झन छिटोछिटो मञ्चन हुँदैछ। यो शक्ति यति बलियो छ कि यो कुनै पनि सरकारभन्दा ठूलो हुन्छ। नेता परिवर्तन हुन्छन्, पार्टी परिवर्तन हुन्छन्, तर असली सिस्टम उही रहन्छ। यो सिस्टम नाम परिवर्तन गरेर हाम्रो अगाडि आउँछ – कहिले लोकतन्त्र, कहिले ग्लोबल ट्रेड, कहिले सुरक्षाको प्रतिबद्धता। तर यसको पछाडि बस्ने अनुहारहरू उही हुन्छन्।
साम्राज्यका छिद्रहरू
हरेक साम्राज्य अजेय अमर जस्तो देखिन्छ। रोम होस् या मंगोल साम्राज्य, सोभियत यूनियन होस् या ब्रिटिश साम्राज्य अनि अमेरिकी साम्राज्य– हरेक शक्तिशाली सत्ताले ऊ सधैं रहिरहनेछ भनेर ठानेको हुन्छ। तर इतिहासले देखाइसकेको छ– कुनै पनि साम्राज्य अविनाशी हुँदैन। र आजको आधुनिक साम्राज्य जसले सीआईए, बिग फार्मा, टेक कम्पनीहरू, वाल स्ट्रिट र मिडियाको गठजोडले बनाएको छ, त्यसमा पनि आफ्ना छिद्रहरू छन्।
सत्य यो हो कि इन्टरनेटले जनतालाई पनि फरक ढङ्गले आवाज दियो। अरब स्प्रिङ सम्झनुस् – केही ट्विट र फेसबुक पोस्टहरूले पुरै अरब देशहरू हल्लाइदिए। यो सिस्टमका लागि चेतावनी थियो कि जनता अब केवल मोहरा होइन।
पहिलो छिद्र सूचना प्रवाहको अनियन्त्रित बहाव हो। यी शक्तिहरूले सधैं कथालाई नियन्त्रण गरेर शासन गरेका छन्। अखबार, टिभी, रेडियो सधैं तिनको हातमा थियो। तर इन्टरनेटले उनीहरूको खेललाई जटिल बनाइदिएको छ। हो, तिनीहरूले सोशल मिडियालाई आफ्नो हातहतियार बनाउन प्रयास गरे। तर सत्य यो हो कि इन्टरनेटले जनतालाई पनि फरक ढङ्गले आवाज दियो। अरब स्प्रिङ सम्झनुस् – केही ट्विट र फेसबुक पोस्टहरूले पुरै अरब देशहरू हल्लाइदिए। यो सिस्टमका लागि चेतावनी थियो कि जनता अब केवल मोहरा होइन।
दोस्रो छिद्र लालचको भार हो। जति ठूलो साम्राज्य, उति ठूलो लोभलालच। कम्पनीहरू र देशहरूको गठजोड यति लालची बनेका छन् कि अब तिनीहरू आफ्नै गल्तीहरूको शिकार बन्न थालेका छन्। २००८ को आर्थिक सङ्कट सम्झनुस्। वाल स्ट्रिटको आफ्नै लालचले संसारलाई मन्दीमा धकेल्यो। र सबैभन्दा अचम्मको कुरा त्यही मानिसहरूले जसले यो सङ्कट सिर्जना गरे, रिस्क म्यानेजमेन्टको नाममा अरबौं कमाए। तर जनताले पहिलो पटक यी शक्तिहरूमा शंका गर्न थाल्यो। यी छिद्रहरूले बिस्तारै स्थापित विश्वासलाई कम गर्छ।
सिस्टम जतिसुकै शक्तिशाली होस्, जनतालाई सधैं तर्साएर राख्न सकिँदैन। नेपालको वर्तमान विरोध, श्रीलङ्काको २०२२को संकट वा फ्रान्स र अमेरिकामा बेलाबेलामा हुने गरेका ठूला प्रदर्शनहरू – यी सबै जनताको रिसले कहिले काहीँ सिस्टमको आधार नै हल्लाउन सक्छ।
तेस्रो छिद्र जनताको रिस हो। सिस्टम जतिसुकै शक्तिशाली होस्, जनतालाई सधैं तर्साएर राख्न सकिँदैन। नेपालको वर्तमान विरोध, श्रीलङ्काको २०२२को संकट वा फ्रान्स र अमेरिकामा बेलाबेलामा हुने गरेका ठूला प्रदर्शनहरू – यी सबै जनताको रिसले कहिले काहीँ सिस्टमको आधार नै हल्लाउन सक्छ। फरक केवल यति हो कि यो रिस दिशाहीन हुन्छ। त्यसैले शक्तिशाली शक्तिहरूले यसलाई आफ्नो अनुसार मोड्न सक्छन्। तर यदि यो रिस सही दिशामा गयो भने यसले साम्राज्यलाई चुनौती दिन सक्छ।
चौथो छिद्र प्रविधिको उल्टो प्रभाव हो। टेक कम्पनीहरू आफैंलाई सिस्टमका मालिक ठान्न थालेका छन्। तर एआई, ब्लकचेन र ओपन सोर्स प्रविधिहरूले अब तिनको नियन्त्रणलाई चुनौती दिन थालेका छन्। जति बढी प्रविधि जनताको हातमा आउँछ, त्यति नै नियन्त्रण फुट्ने सम्भावना हुन्छ। सिस्टम अहिलेसम्म बलियो छ, तर यसको पकड पहिले जस्तो दह्रो छैन। जब साम्राज्य आफैँलाई अमर ठान्छ तबै उसको सबभन्दा ठूलो कमजोरी जन्मिन्छ भन्ने कुरा इतिहास सिद्ध छ। तर प्रश्न उठ्छ – के यी छिद्रहरू साना चिरा मात्र हुन् वा भविष्यमा साम्राज्यका सम्पूर्ण संरचनालाई ढाल्न पर्याप्त छन्? के जनता साँच्चिकै सही दिशातिर निर्देशित हुने गरी शक्तिशाली बन्न सक्छ? वा के यो रिस नयाँ सिस्टम जन्माउनेछ जुन पुराना शक्तिहरूभन्दा पनि बढी खतरनाक हुनेछ?
नयाँ खेलाडीहरूको चाल
जब कुनै पुरानो साम्राज्य ढल्न शुरू हुन्छ, त्यसको स्थान लिन सधैं नयाँ शक्तिशाली खेलाडी तयार हुन्छन् र इतिहासमा पनि त्यस्तै भयो। रोम ढलेपछि यूरोपमा नयाँ शक्ति उठे। ब्रिटिश साम्राज्य कमजोर भएपछि अमेरिका उभियो।
जब आधुनिक अमेरिकी साम्राज्य र यसको कर्पोरेट नेटवर्कमा चिराहरु देखिन थालेका छन्, नयाँ खेलाडी मैदानमा आएका छन्। आज चीन र रूस खुला मैदानका खेलाडी हुन्।
अब जब आधुनिक अमेरिकी साम्राज्य र यसको कर्पोरेट नेटवर्कमा चिराहरु देखिन थालेका छन्, नयाँ खेलाडी मैदानमा आएका छन्। आज चीन र रूस खुला मैदानका खेलाडी हुन्। चीन केवल एक देश होइन, नयाँ आर्थिक शक्तिको प्रतीक बनिसकेको छ। उसले आफ्नो शक्ति बन्दुकबाट होइन, बजारबाट बनाएको छ। बेल्ट एण्ड रोड इनिसिएटिभ नामक योजनाले एशिया, अफ्रिक र यूरोपमा उसको पाइला जमाएको छ। अमेरिकाले धम्कीको माध्यमबाट नियन्त्रण कायम गर्न खोज्छ भने चीन सम्झौताको माध्यमबाट। अमेरिका युद्धको नाममा साथी बनाउँछ, चीन लगानीको नाममा। यही रणनीतिले पुरानो साम्राज्यलाई चुनौती दिन्छ।
शक्ति, छिद्र र हाम्रा चुनौतीहरू
संसार पहिले जस्तो छैन। शक्तिशालीहरूको खेल अब केवल देशसम्म सीमित छैन। अब यो डाटा, एल्गोरिदम र एआईमार्फत चल्छ। हरेक क्लिक, हरेक सर्च, हरेक अनलाइन पोस्ट यो सिस्टमको लागि एक हतियार हो। सोशल मिडिया एल्गोरिदमले कुन खबर देखाउने, कुन रिसलाई हावा दिने र कुन आवाजलाई दबाउने जस्ता कुराको निर्धारण गर्दछ । यी नयाँ प्रविधिहरू जनता सोचसम्म पुगिसकेका छन् । डरलाग्दो कुरा के हो भने यी नयाँ प्रविधिहरु पुराना तरिकाहरूभन्दा बढी खतरनाक हुन सक्छन्। तर हरेक साम्राज्यमा कमजोरीहरू हुन्छन्। अमेरिका र यसको ग्लोबल नेटवर्कले आफ्नो पकड सुदृढ गरे पनि लालच, लोभ र गलत निर्णयहरूले तिनीहरूलाई कमजोर बनाएको छ। २००८ को आर्थिक सङ्कट, अरब स्प्रिङ, नेपाल र श्रीलङ्कामा हालका घटनाहरू देखाउँछन् कि जनताको रिस र अन्तर्राष्ट्रिय दबाबले साम्राज्यमा चिराहरू उत्पन्न गर्न सक्छ।
सोशल मिडिया एल्गोरिदमले कुन खबर देखाउने, कुन रिसलाई हावा दिने र कुन आवाजलाई दबाउने जस्ता कुराको निर्धारण गर्दछ । यी नयाँ प्रविधिहरू जनता सोचसम्म पुगिसकेका छन् । डरलाग्दो कुरा के हो भने यी नयाँ प्रविधिहरु पुराना तरिकाहरूभन्दा बढी खतरनाक हुन सक्छन्।
यी चिराहरुहरू वास्तविक शक्ति सधैं मात्र शक्तिशालीहरूका हातमा हुँदैन भन्ने कुराको साना संकेत हुन् । जनताको भूमिका वास्तविक छ तर यसको कमजोरी दिशा अभाव हो। मान्छे रिस गर्छन्, विरोध प्रदर्शन गर्छन्। तर यो रिस सही दिशामा नजाने हो भने यो केवल पुरानो सिस्टमको एउटा भाग बन्न जान्छ। यसर्थ सचेतना नै वास्तविक हतियार हो। मानिसहरू वास्तविक शक्ति कहाँबाट आउँछ र सिस्टम कसरी काम गर्छ भन्ने बुझ्यो भने मात्र जनपक्षीय परिवर्तन सम्भव छ। क्रान्ति वा परिवर्तनको वास्तविक संभावना तब जन्मिन्छ जब जनता केवल प्रतिक्रिया मात्र गर्दैनन् तर योजना बनाएर अगाडि बढ्छन्। इतिहासले देखाएको छ – भियतनाम युद्धविरुद्धको आन्दोलन, दक्षिण अफ्रिकामा रंगभेदविरुद्धको लडाई, भारतको स्वतन्त्रता यस्ता उदाहरणहरू हुन् जसले देखाउँछन् कि सही दिशामा रिस र सचेतनाले साम्राज्यलाई चुनौती दिन सक्छ।
चाहे देश हुन् वा कम्पनीहरू, नयाँ शक्तिहरूले अब हरेक स-साना घटनालाई समेत आफ्नो लाभका लागि मोड्न सक्छन्। यदि जनता सचेत भएन र वास्तविक नियन्त्रण कसको हातमा छ भन्ने कुरा बुझेनन् भने भने आउने भोलि केवल नाम मात्रको हुनेछ ।
तर त्यो दिशा गलत भयो भने त्यसले नयाँ कठपुतली नेताहरू र कम्पनीहरूलाई अझ बलियो बनाइदिन्छ र भविष्य अँध्यारो र चुनौतीपूर्ण हुन्छ। प्रविधिको शक्ति बढ्दै गइरहेको छ। एआई र डाटाको दुनियाँमा हरेक कदम ट्र्याक हुन्छ। चाहे देश हुन् वा कम्पनीहरू, नयाँ शक्तिहरूले अब हरेक स-साना घटनालाई समेत आफ्नो लाभका लागि मोड्न सक्छन्। यदि जनता सचेत भएन र वास्तविक नियन्त्रण कसको हातमा छ भन्ने कुरा बुझेनन् भने भने आउने भोलि केवल नाम मात्रको हुनेछ ।
तर यो सम्पूर्ण कथाले निराशा मात्र दिँदैन । हेक्का राख्नुपर्ने कुरा के हो भने हामीले सही ढङ्गले हेर्न सिक्यौं, बुझ्न सिक्यौं र दिशा तय गर्न सिक्यौं भने इतिहासलाई हामीले आफैं लेख्न सक्छौं। शक्तिको खेललाई चिनेर, आफ्नो सचेतना बढाएर र आफ्ना कदम सोचेर अघि बढाएर मात्र हामी यस अँध्यारो सिस्टममा उज्यालो ल्याउन सक्छौं।
सामग्री स्रोत: अडियोबुक प्रकाश
अनुवाद, सम्पादन तथा पुनर्लेखन: हर्कबहादुर प्रधान

जेनजी आन्दोलन र नवउदारवादको छायाँ: नेपालको संकटको गहिरो कारण के हो ?

भारतीय बैंकहरुले नेपाली निजीक्षेत्रमा लगानी गर्न पाउने भारतीय रिजर्भ बैंकको …

सत्ता केन्द्रित संस्कृतिबाट संस्थागत नेतृत्वतर्फको संक्रमण

प्रतिनिधिसभा निर्वाचन २०८२ को राजनीतिक कार्यनीति समाजवादी लोकतान्त्रिक सरकार!

कहाँ चुके नेपालका बामपन्थीहरु ?

डिजिटलाइजेशनको अवसर र पूँजीवादी चुनौती: इम्बोस्ड नम्बर प्लेटको बहस

एरिस्टोटलको ‘पोलिटिक्स’: मानव स्वभाव, न्याय, शासन संरचना र आदर्श राज्यको दार्शन…

प्रतिक्रिया