विगतका सबै कुरा सम्झन सक्ने अनौठो क्षमता !

के तपाईंले आफ्नो पाँच वर्ष अघिको जन्मदिनको बिहान कस्तो मौसम थियो, को-कोसँग भेट्नुभयो, के खायौं, र त्यस दिन तपाईंको मनमा के भइरहेको थियो भन्ने कुरा अक्षरश: सम्झन सक्नुहुन्छ?
अधिकांश मानिसको लागि यो असम्भव जस्तै लाग्छ। किनभने हामीमध्ये धेरैले जीवनका धेरै कुरा बिर्सन्छौं। पाँच वर्षअघि के खाएका थियौं, कुन रंगको कपडा लगाइएको थियो, त्यो दिन मौसम कस्तो थियो — यी सबै कुरा सामान्यतया हाम्रो दिमागको कुनामा हराइसकेका हुन्छन्। स्मरण गर्ने क्षमतामा सानो कमजोरी नै हो, शायद हाम्रो मानसिक स्वास्थ्यको लागि वरदान हो। आखिर, यदि जीवनको प्रत्येक क्षण दिमागमा स्थायी रूपमा अंकित रह्यो भने कस्तो हुन्थ्यो?
तर हामी प्रायः हाम्रो जीवनका धेरै क्षणहरू समयक्रममा विर्सँदै जान्छौं । केवल केही भावनात्मक रूपमा गहिरो घटनाहरू मात्र दिमागमा नमेटिने गरी रहिरहन्छ । तर यस संसारमा केही यस्ता मानिसहरुहरु पनि हुन्छन् जसले विगतका हरेक कुराहरु अक्षरक्ष: सम्झन सक्छन् । उनीहरूको स्मरण शक्ति यति तीक्ष्ण हुन्छ कि आफ्नै विगत जीवनका प्रत्येक घटनाहरुलाई उनीहरूले चलचित्र हेरेजस्तो स्पष्टताका साथ सम्झन सक्छन्। यस दुर्लभ क्षमतालाई हाइपरथाइमेसिया (Hyperthymesia) वा हाईली सुपीरियर अटोबायोग्राफिकल मेमोरी (Highly Superior Autobiographical Memory (HSAM)) भनिन्छ।
तर यो दुर्लभ अवस्था भएका मानिसहरु संसारमा अति कम छन् । अहिलेको अध्ययनअनुसार, विश्वभर करिब साठीदेखि सत्तरी जनासम्ममा मात्र यसको पुष्टि भएको छ।
वैज्ञानिकहरूले यो अवस्थालाई बुझ्न दशकौंदेखि अनुसन्धान गरिरहेका छन्। MRI स्क्यान र न्यूरोइमेजिङ प्रविधिले देखाएको छ कि हाईली सुपीरियर अटोबायोग्राफिकल मेमोरी भएका व्यक्तिहरूको मस्तिष्कमा स्मरणसँग सम्बन्धित भाग, विशेष गरी हिप्पोक्याम्पस (hippocampus) र एमिगडाला (amygdala) सामान्य मानिसको भन्दा अलि फरक ढंगले सक्रिय हुन्छ। यसले उनीहरूको व्यक्तिगत स्मरणलाई अत्यन्त गहिरो र स्थायी बनाउँछ। तर यहाँ एउटा रोचक कुरा छ — यो स्मरण शक्ति सबै प्रकारका जानकारीमा लागू हुँदैन। हाईली सुपीरियर अटोबायोग्राफिकल मेमोरी भएका मानिसहरूले आफ्नो व्यक्तिगत जीवनका अनुभवहरू असाधारण रूपमा सम्झन्छन्, तर पढाइ, गणित वा किताबका तथ्याङ्कहरू स्वतः सम्झन सक्ने त्यस्तो क्षमता उनीहरूमा हुँदैन। यसकारण यसलाई “फोटोग्राफिक मेमोरी” भनेर बुझ्नु गलत हुन्छ।
हाइपरथाइमेसिया सुन्दा जति आकर्षक छ, त्यति नै चुनौतीपूर्ण पनि छ। यस क्षमताले विगतका सुखद क्षणहरूलाई यथार्थजस्तै दोहोर्याइदिन्छ भने र पीडादायी अनुभवहरू पनि उस्तै स्पष्टताका साथ सम्झना गराइदिन्छ । धेरै हाईली सुपीरियर अटोबायोग्राफिकल मेमोरी भएका मानिसहरूले अतीतका नकारात्मक स्मरणबाट छुटकारा पाउन सक्दैनन् । त्यसले जसले उनीहरूको मानसिक स्वास्थ्यमा दबाब पार्छ। एक हिसाबले, उनीहरूको मस्तिष्कमा विगतको झिल्को निरन्तर बलिरहेको हुन्छ। यो कहिलेकाहीँ उपहारभन्दा बोझजस्तो महसुस हुन सक्छ।
यो अवस्थाको कारणबारे वैज्ञानिक समुदायमा अझै ठोस सहमति कायम भइसकेको छैन। केही अनुसन्धानले यसलाई भावनात्मक सम्बन्धको गहिराइसँग जोडेर हेर्ने गर्छन् । तर केहीले जेनेटिक कारक वा मस्तिष्क संरचनाको असामान्यतामा यसको कारण खोज्ने प्रयास गरेका छन्। तर एक कुरा निश्चित छ — हाईली सुपीरियर अटोबायोग्राफिकल मेमोरी भएका मानिसहरूको दिमाग हाम्रो दिमागभन्दा फरक तरिकाले काम गर्छ। उनीहरूको स्मरणशक्ति समयसँगै कमजोर हुँदैन; बरु धेरै लामो समयसम्म भरखरै घटित घटना जस्तै तरोताजा रहिरहन्छ ।
स्मरणशक्ति र विस्मरणको प्राकृतिक सन्तुलन सामान्य मानिसको दिमागमा स्मरण शक्ति “भूल्ने” क्षमतासँगै काम गर्छ। हर्मन एबिङहाउसको प्रसिद्ध Forgetting Curve सिद्धान्तले देखाउँछ कि मानिसहरूले नयाँ जानकारी केही दिनमै बिर्सन थाल्छन्, र यो मानसिक स्वास्थ्य र ध्यान केन्द्रित राख्न आवश्यक पनि हुन्छ। मानिसको दिमागमा भएका स्मरणहरू इनकोडिङ, संग्रह र पुनर्प्रयोग (encoding, storage, retrieval) को चक्रबाट जान्छन्, र प्रायः भावनात्मक रूपमा महत्त्वपूर्ण घटनाहरू मात्र लामो समयसम्म टिक्छन्। यही कारण हामीले सामान्य घटनाहरु याद गर्दैनौं। हाइपरथाइमेसिया भने यो सन्तुलनलाई भत्काउँछ। हाईली सुपीरियर अटोबायोग्राफिकल मेमोरी भएका मानिसहरूको दिमागमा यो “भूल्ने” प्रक्रिया लगभग काम गर्दैन। उनीहरूको जीवनका सामान्य दिनहरू पनि चलचित्रजस्तै स्पष्ट हुन्छन्, जसले उनीहरूलाई कहिलेकाहीँ निरन्तर अतीतमा बाँधेर राख्छ। उपहार कि बोझ? हाइपरथाइमेसियालाई सुपरपावर जस्तो ठान्न सजिलो छ। तर यसका धारिलो छेउ पनि छन्। अतीतबाट कहिल्यै छुटकारा नपाउनु पीडादायी हुन सक्छ। हाईली सुपीरियर अटोबायोग्राफिकल मेमोरी भएका धेरै व्यक्तिहरूले मानसिक तनाव र भावनात्मक बोझको अनुभव गर्नुपर्ने हुन्छ। यो अवस्थाले एउटा गहिरो प्रश्न खडा गर्छ — के स्मरण शक्ति बढ्नु सधैं वरदान हो? वा जीवनलाई सहज बनाउन विस्मरण पनि उतिनै महत्त्वपूर्ण छ? मानव मस्तिष्कको अद्भुत विविधता हाइपरथाइमेसिया हाम्रो दिमागको असाधारण क्षमताको उदाहरण हो। यसले देखाउँछ कि स्मरण केवल जानकारी भण्डारण मात्र होइन, जीवनसँग हाम्रो सम्बन्धको जटिल प्रतिविम्ब पनि हो। हामी सबै विगतका धेरै कुरा बिर्सन्छौं, र त्यही विस्मरणले नै कहिलेकाहीँ हामीलाई अघि बढ्न मद्दत गर्छ। तर केही मानिसहरूको दिमागले अतीतलाई कहिल्यै हराउन दिँदैन — र यही कारण यो अवस्था आकर्षक, चुनौतीपूर्ण र वैज्ञानिक दृष्टिले अमूल्य बनेको छ। |
Image: https://miro.medium.com

अढाइ लाख वर्षदेखि सुतेको ‘जोम्बी ज्वालामुखी’ उतुरुनकुमा जीवनको हलचल

र्यालले घाउ निको पार्ने काम पनि गर्छ !

क्युमुलस बादल: आकाशको रूइ झैँ देखिने तर झुक्याउने बादल

पुरुषको भन्दा महिलाको मुटु किन बढी धड्कन्छ?

शङ्खेकीरा र मानव मस्तिष्कको तुलना

कागजले काटेको ठाउँमा किन धेरै दुख्ने गर्छ ?

फोक्सो: सास फेर्ने मात्र होइन, रगत पनि बनाउने अद्भुत अङ्ग

प्रतिक्रिया