भारतले छिमेकीहरुको अस्तित्वलाई सम्मान गर्न जानेन

कालापानी, लिपुलेख, लिम्पियाधुरा विवादास्पद भूमि होइनन्। यी नेपालको सार्वभौम भूमि हुन। भारतले उस्का अभिव्यक्तिबाट भोगाधिकारको दावी उठाउने सोच राखेको देखिन्छ। त्यसैले भारत "ऐतिहासिक तथ्य र प्रमाण" बाट सिमाना कामय हुन नसक्ने बताइरहेको छ। हामीले उठाउने तर्क त इतिहास नै हो। केही तथ्य हेरौं।
१. सन १८१६ मा इस्ट ईन्डिया कम्पनीले कुमाउ र गढ्वाल लुटेको हो। त्यो युद्ध साम्राज्यवादी अतिक्रमण हो किनकि इस्ट ईन्डिया कम्पनी रास्ट्र होइन, यो ब्यापारिक निगम थियो। युद्ध रास्ट्रहरुका बिचमा हुन्छ। यो निगम सार्वभौम निकाय थिएन, यद्यपि पैसाको बलमा उसले नेपाली सैनिक र अधिकारीहरूलाई यी दुई क्षेत्र छोडन बध्य पार्यो। यही भूमि भारतले छलछामद्वारा प्राप्त गर्यो।
२. कत्युरी राज्य अंशुवर्माको शासनपूर्वदेखि मल्लपुरी अधिराज्य थियो। मानदेवले आफ्ना मामाको सहयोगले मल्लपुरीको बिद्रोह समाप्त गरी नेपालको पहिलो एकीकरण गरेका हुन्। अत कम्तीमा १७०० वर्षदेखि यो भूमि नेपालको अभिन्न अंग हो। नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेख पनि गढ्वालमै प्राप्त भएको कुरा प्राध्यापक मोहन प्रसाद खनालेले लेखेका छन्।
३. पछि फेरि नेपाल फुट्यो र पृथ्वीनारायणको एकीकरणकै अभियानको शृंखलाका रुपमा यी कुमाउ र गढ्वा नेपालमा एकीकृत भए।
४. सन १८०१ मा इस्ट इन्डिया कम्पनी, नेपाल र अवधका बिचमा सीमा सन्धि भयो। यी दुई भूमि नेपालका हुन भन्ने इष्ट इन्डिया कम्पनीले मान्यो।
५. तर सन १८१६ मा इस्ट इन्डिया कम्पनीले आक्रमण गर्यो। सन १८१५ मा युद्ध बिराम सन्धि कुमाउको मलौनमा हुंदा, अमर सिंह लगायतका १५० सैनिक काली नदी तरेर दार्चुला प्रवेश गरे। काली भन्दा पुर्व नेपाल भयो। इस्ट इन्डिया कम्पनीले भनेको यही हो।
६. यो तथ्यले के पुष्टि गर्छ? काली भन्दा पूर्व भारत छैन। यो भूमि भारतको मौलिक भूमि होइन। बृटिसबाट अपुतालीमा पाएको हो। अत: उसलाई लुटेको भूमिको सिमाना भन्दा पूर्व आउने हक छैन। भारतको यो प्रवृत्ति प्रभुत्वपूर्ण छ। उसले छिमेकीहरुको अस्तित्वलाई सम्मान गर्न जानेन।
७. चीन र भारतको सम्झौता सिमा सन्धि होइन, ब्यापार सम्झौता हो। त्रीदेशिय जंङ्सनबाट ब्यापार गर्ने अधिकार तीनै देशको छ, तर सम्झौता तीन देशको हुनुपर्छ। जंङ्सन भन्दा तलको जमिन नेपालको हो आदि कालदेखि। भारतको दावी त सन १८१६ पछिको मात्र हो, जो लुटेर प्राप्त गर्ने बृटिसको अपुतालीमा पाएको।
अत: नेपालले आफ्ना ऐतिहासिक प्रमाणहरुको ब्याखा गर्दै बृहद प्रतिवेदन तयार पार्नु पर्छ ।

टेम्केमा किरात गणराज्य टावर

धर्म, राजनीति र महत्वाकांक्षा: पाकिस्तान र भारतको विभाजनको दु:खान्त

म मरें भने म आफ्नो सिद्धान्तमा अडिग भएर मर्छु

नेपालका 'कम्युनिष्ट' मठाधीशहरू राजनीतिक र सांगठनिक सफाया गर्ने बाटो समाउनु …

दलाल पूँजीवादको बदलिँदो अनुहार

हालसालै उभयगत मोहनविक्रम सिंहसँगका केही रोचक प्रसङ्गहरु

मारिने निश्चयको भूमिगत जीवन

प्रतिक्रिया