सांस्कृतिक क्रान्तिको उद्देश्य

सांस्कृतिक क्रान्तिको थालनी नै तत्कालीन कम्युनिस्ट सत्ताले शीर्षस्थ व्यक्ति र संस्थानमाथि गरिएको आक्रमण थियो । चीनका राष्ट्रपति एवं माओपछिका दोस्रो नम्बरका प्रमुख नेता यसको तारो थिए । पार्टीमा स्पष्ट ध्रुवीकरण देखिएको थियो । लि शाओ चीका समर्थकहरूले ठूलो संख्यामा पार्टी र सरकारका सबै पद ओगटेका थिए । माओ त्सेतुङले कुनै नयाँ काम भन्न-गर्न खोज्दा पार्टी र सरकारका हस्तीहरूले अवरोध गर्न थालेका थिए । लामो समयदेखि पार्टीभित्र सत्तासंघर्ष चलिरहेको थियो । त्यस्तो सत्तासंघर्षका क्रममा कतिपटक त माओ त्सेतुङलाई आफ्नो दृष्टिकोणको प्रतिपादन गर्ने लेख छपाउनसमेत गाह्रो परिरहेको थियो । राजधानी पेकिङ्गमा त माओ त्सेतुङको प्रभाव छँदै थिएन । त्यसैले यताका वर्षहरूमा माओको समर्थकले संघाईलाई आफ्नो प्रमुख अड्डा बनाएका थिए । संघाई नै सांस्कृतिक क्रान्तिको उर्जाको केन्द्र थियो । यता छिट्टै नै पेकिङ्ग पनि घेरियो । माओ त्सेतुङको सांस्कृतिक क्रान्तिको आहृवानमा लाखौँ विद्यार्थी पेकिङ्ग उत्रिए । माओ त्सेतुङले नारा दिएका थिए - हेडक्वार्टरलाई ध्वस्त पार ! नभन्दै हेडक्वार्टर ध्वस्त भयो । लि शाओ ची र देङ्गका समर्थकहरू सांस्कृतिक क्रान्तिमा नराम्ररी प्रताडित र पराजित भए । लि शाओ चीबाहेक पनि पार्टीका तत्कालीन महासचिव देङ्ग सिआयोका पिङ्ग, पेकिङ्गका तत्कालीन मेयर पेङ चेन, विदेशमन्त्री चेन यी, गृहयुद्धका प्रख्यात सेनापति चु तेह आदि सबै लान्छित, प्रताडित र अपमानित भए । यी सबैलाई पछि पार्टी र सरकारको पदबाट बर्खास्त गरियो ।
यताका वर्षहरूमा माओको समर्थकले संघाईलाई आफ्नो प्रमुख अड्डा बनाएका थिए । संघाई नै सांस्कृतिक क्रान्तिको उर्जाको केन्द्र थियो । यता छिट्टै नै पेकिङ्ग पनि घेरियो । माओ त्सेतुङको सांस्कृतिक क्रान्तिको आहृवानमा लाखौँ विद्यार्थी पेकिङ्ग उत्रिए । माओ त्सेतुङले नारा दिएका थिए - हेडक्वार्टरलाई ध्वस्त पार ! नभन्दै हेडक्वार्टर ध्वस्त भयो ।
सांस्कृतिक क्रान्तिले आफ्ना नामका अनुसार नै संस्कृति, राजनीति र अर्थनीतिको अन्तरसम्बन्धलाई नयाँ किसिमबाट परिभाषित गरेको थियो । रुढीग्रस्त मार्क्सवादमा आर्थिक विकासलाई नै प्रमुख कुरो मानिन्थ्यो । अझ कम्युनिस्ट पार्टीहरू त आर्थिक विकासलाई केन्द्रीय कुरो ठान्दथे । ठीक त्यस्तै कम्युनिस्ट पार्टीले सत्तामा एकाधिकार पाएपछि राजनीतिक समस्याहरू स्वतः समाधान हुँदै जान्छन् भन्ने धारणा राख्दथे । चीनको सांस्कृतिक क्रान्तिले यस्तो सोचाइको विरोध गर्यो ।
सत्तामा पुगेर रूसका कम्युनिस्टहरू भ्रष्ट भए । चीनमा पनि यो प्रवृत्ति देखिएको छ । यसैले यस्ता प्रवृत्तिका विरूद्ध निर्मम संघर्ष चलाउनुपर्छ भन्ने सांस्कृतिक क्रान्तिको निहितार्थ थियो ।
कम्युनिस्ट बन्न सजिलो छैन । मानिसले मनोगत रूपमा म कम्युनिस्ट हुँ भन्दैमा कम्युनिस्ट बन्दैन । फेरि हिजोको असल कम्युनिस्ट आज बिग्रन पनि सक्छ । परिस्थिति सधैँ एकनासको रहँदैन । मानिस पनि एकनासको रहँदैन । राजनीति र क्रान्तिका साथसाथै मानिसको सोच्ने, बोल्ने र व्यवहार गर्ने शैलीमा पनि नित्य द्वन्द्व हुन्छ । यसैले मानिसको स्वभावमा पार्टीले कडा नजर राख्नुपर्छ । सत्तामा पुगेर रूसका कम्युनिस्टहरू भ्रष्ट भए । चीनमा पनि यो प्रवृत्ति देखिएको छ । यसैले यस्ता प्रवृत्तिका विरूद्ध निर्मम संघर्ष चलाउनुपर्छ भन्ने सांस्कृतिक क्रान्तिको निहितार्थ थियो ।
राजनीति र अर्थशास्त्र आपसमा अभेद्य रूपमा गाँसिएका हुन्छन् । तीनताका रूस र चीनमा देखिएको राजकीय शैलीलाई तत्कालीन अर्थनीतिले पनि टेवा दिएको थियो । चीनमा यताका वर्षहरूमा उत्पादनको संकट आएको थियो । यसैले सरकारी नेतृत्व सबै कुरा बिर्सेर उत्पादन बढाउनपट्टि लागेका थिए । उत्पादन बढ्दैमा समाज सन्तुष्ट र खुशी हुँदैन भन्ने सांस्कृतिक क्रान्तिको सोचाइ थियो । सोभियत रूसमा उत्पादनका सूचकांकले ठूलो वृद्धि देखाएको थियो । भौतिक विपुलताको पृष्ठभूमिमा सोभियत युनियन चन्द्रमा पुग्ने तरखरमा थियो । विभिन्न किसिमका बम एवं क्षेप्यास्त्रहरू निर्मित हुँदै थिए । तर त्यतिले मात्र समाजवादी संस्कृति बन्दैन भन्ने कुरो पनि सोभियत रूसमा देखिँदै थियो ।
पुँजीवादको मनुष्यको लोभ र तृष्णा कहिले पनि पूरा हुँदैन । तर सोभियत रूसको तथाकथित समाजवादी समाजमा पनि यिनै प्रवृत्तिको बोलवाला थियो । त्यहाँ नयाँ किसिमका मानिस थिएनन् । यसैले समाजवादको निर्माणका निमित्त नयाँ किसिमको मनुष्यको परिकल्पना गर्नुपर्छ । लोभ, नाफा र व्याजले परिचालित रहेको समाजमा स्वतन्त्र र निर्भीक मनुष्यको जन्म हुन सक्दैन ।
अर्थशास्त्रका पुँजीवादी सिद्धान्त डर, लोभ र नाफामा आधारित छन् । दुर्भाग्यवश सोभियत रूसले पनि यसको विकल्पमा नयाँ आर्थिक चिन्तनको आधार खडा गर्न सकेन । समाजवादी समाजको केन्द्रमा लोभ र तृष्णा होइन कि उदात्त मानवीय प्रेरणा रहनुपर्छ । एउटा मानवीय कम्युनिस्टले मात्र स्वस्थ भौतिक समाजको निर्माण र नेतृत्व गर्न सक्छ । यसैले आर्थिक क्षेत्रमा उत्पादन बढाउनतर्फ जोड दिएर मात्र पुग्दैन । समाजवादी उत्पादकले समाजवादका मानवीय र समतामूलक जीवनमूल्यलाई आत्मसात गर्नुपर्छ । समाजमा आजसम्म प्रचलित रहेका मोल (Price) र मूल्य (value) सम्बन्धी सबै मान्यताहरूको शल्य-परीक्षण हुनुपर्छ । मानिसको खाँचो (Need) र लोभ (Greed) को अन्तर राम्ररी छुट्टिनुपर्छ । यसका निमित्त व्यक्ति, बाजार, समाजको सोचाइ र संचालन पद्धतिको क्रान्तीकरण हुनु आवश्यक छ ।
सामान्यः रूपमा मार्क्सवादमा व्यक्तिलाई विशेष महत्त्व दिइँदैन । समाजको भौतिक विकास भएपछि व्यक्तिको मनोविज्ञान पनि स्वतः फेरिँदै जान्छ भन्ने एक थरीका मार्क्सवादीको सोचाइ रहेको छ । माओवादले यस मान्यताको खण्डन गर्छ । मनुष्यको स्वभाव इतिहास र समाजद्वारा निर्मित र प्रेरित रहन्छ । त्यो कुनै शाश्वत र अव्यय कुरो होइन । आजको मनुष्य अत्यन्त आत्मकेन्द्रित, असुरक्षित र लालचीसमेत छ ।
व्यक्ति र संस्कृतिका बारे सही ढंगले सोच्नका निमित्त हामीलाई दर्शनशास्त्रले मद्दत पुऱ्याउँछ । अझ त्यसमा पनि दर्शनशास्त्रको सर्वश्रेष्ठ सिद्धान्त भनेको द्वन्द्ववाद हो । द्वन्द्ववादको सही समझबाट नै समसामयिक सामाजिक अन्तरविरोधहरूको निरूपण हुन्छ ।
तर, सधैँ यस्तो थिएन । सधैँ यस्तो रहँदैन । मनुष्यको स्वभावमा समाजले यो विकृति ल्यायो । समाजवादमा यी विकृति नझाँगिउन् भनेर समय-समयमा तीव्र सांस्कृतिक संघर्ष चलाउनुपर्छ । संस्कृति, राजनीति र अर्थनीति अलग-अलग वस्तु होइनन् । यिनीहरूले एक अर्कामाथि परस्पर प्रभाव पारिरहन्छन् । यसैले प्रत्येक समाजवादी वा साम्यवादीले व्यक्ति र संस्कृतिका बारेमा क्रान्तिकारी ढंगबाट सोच्न सिक्नुपर्छ ।
व्यक्ति र संस्कृतिका बारे सही ढंगले सोच्नका निमित्त हामीलाई दर्शनशास्त्रले मद्दत पुऱ्याउँछ । अझ त्यसमा पनि दर्शनशास्त्रको सर्वश्रेष्ठ सिद्धान्त भनेको द्वन्द्ववाद हो । द्वन्द्ववादको सही समझबाट नै समसामयिक सामाजिक अन्तरविरोधहरूको निरूपण हुन्छ । द्वन्द्व र अन्तरविरोधको वास्तविक चरित्र बुझ्नु नै समाजवाद र राजनीतिलाई बुझ्ने साँचो राजपथ हो ।
मानिस आफैँमा पनि सधैँ एकनासको र एक स्वभावको रहँदैन । एउटै मानिसभित्र शुभ र अशुभको तानाबाना रहन्छ । एउटै मानिसभित्र ध्वंश र निर्माणका प्रवृत्ति एकसाथ विद्यमान रहन्छ । यसैले कम्युनिस्ट कार्यकर्ताले सधैँ आत्मालोचना गरिरहनुपर्छ ।
माओ त्सेतुङ र माओवादको शिक्षामा अन्तरविरोध भन्ने अवधारणाको ठूलो महत्त्व छ । गृहयुद्धका वर्षहरूमा नै अन्तरविरोध विषयक माओ त्सेतुङको प्रमुख रचना प्रकाशित भइसकेको थियो । संघर्ष र क्रान्तिका क्रममा माओ त्सेतुङले प्रमुख र गौण अन्तरविरोधको चरित्रको अन्तर छुट्याएर पार्टी पंक्तिलाई सही कार्यनीति पक्रन सुगम बनाएका थिए । सांस्कृतिक क्रान्तिको तयारी र संचालनमा अन्तरविरोधको अवधारणाले अझ उचाइ प्राप्त गयो । प्रत्येक मनुष्य मात्रमा समेत पनि अन्तरविरोध निहित रहन्छ भन्ने माओ त्सेतुङको कथन छ । मानिस आफैँमा पनि सधैँ एकनासको र एक स्वभावको रहँदैन । एउटै मानिसभित्र शुभ र अशुभको तानाबाना रहन्छ । एउटै मानिसभित्र ध्वंश र निर्माणका प्रवृत्ति एकसाथ विद्यमान रहन्छ । यसैले कम्युनिस्ट कार्यकर्ताले सधैँ आत्मालोचना गरिरहनुपर्छ । आत्मसन्तुष्ट हुनु हुँदैन ।
अन्तरविरोधको समझादारीलाई माओ त्सेतुङले गणितीय भाषामा पनि भनेका छन् । प्रत्येक 'एक' कालान्तरमा विभाजित हुन्छ । एकबाट दुई हुन्छ । एक फुटेर दुई हुन्छ, तर दुई जुटेर एक हुँदैन । दुई मिलेर एक हुन्छ भन्नु संशोधनवाद हो । खुश्चेवले द्वन्द्ववाद बुझ्न सकेनन् । यसै नासमझदारीले गर्दा उनी पुँजीवाद र साम्यवादको सहअस्तित्व र निकटताको कुरा गर्दै छन् । तर पुँजीवाद र समाजवाद दुई भइसकेको छ । अब दुई मिलेर एक हुन सक्दैन । यी दुई व्यवस्था निकट आउँदै छन् भन्नु पनि मात्र पुँजीवादमा फर्किनु हो । उपर्युक्त धारणा राम्ररी बुझाउन माओवाद बेलाबखतमा सूक्ष्म सैद्धान्तिक विवादमा उत्रन्छ । सैद्धान्तिक विवादको यो परम्परा उसले मार्क्सवादबाट नै प्राप्त गरेको हो । फ्रेडिरिक एंगेल्स, लेनिन र स्टालिनका द्वन्द्ववाद विषयक लेखको माओवादले नयाँ भाष्य गर्ने कोशिस गरेको छ । परिमार्जनसमेत भएको छ । चीनको सुदृढ एवं गहन दार्शनिक परम्पराले माओ त्सेतुङको यस्तो प्रयासलाई ठूलो टेवा दियो । माओ त्सेतुङको अन्तरविरोधका सिद्धान्तको चीनको प्राचीन जीवनदृष्टि अर्थात यीङ्ग र याङ्गको द्वन्द्वको परिस्थापनाबाट गहिरो रूपमा प्रभावित छ ।
दुश्मनमाथि आक्रमण गर्दा उसको सैनिक केन्द्रलाई मात्र तारो बनाएर हुँदैन । युद्र सुरु भइसकेपछि व्यापक रूपमा नागरिकको स्तरसम्म पुगेर प्रहार र प्रतिरक्षा दुवै गर्नुपर्छ । कार्ल क्लाउसेविजको उपर्युक्त शिक्षाले माओ त्सेतुङलाई प्रभावित पारेको थियो ।
चीनमा माओ त्सेतुङको गृहयुद्ध विषयक उपलब्धि पनि सर्वथा चमत्कारी रहेका छन् । उनले नेतृत्व गरेको 'लङ्ग मार्च' त एउटा किंवदन्ती नै बनेको छ । उनी सैन्यशास्त्र समेतका पण्डित मानिन्छन् । तर, उनको यो उपलब्धि पनि चीनको चिन्तन र ठोस परिस्थितिका माझ मात्र सकिन्छ । चीनमा गृहयुद्ध र विद्रोहको सुदीर्घ इतिहासमा युद्धका विषयमा अनेक ऐतिहासिक र सैद्धान्तिक रचना उपलब्ध छन् । माओ त्सेतुङले तत्सम्बन्धी रचनाहरूको गम्भीर अध्ययन गरेका थिए । अध्ययन र प्रशिक्षणको परम्परामा युद्ध विज्ञान स्वतन्त्र स्थान राख्दछ । सर्वसाधारण जनता वा राजनीतिज्ञ पनि युद्ध-विज्ञानलाई अध्ययनको स्वतन्त्र विषय मान्दैनन् । आधुनिक युगमा जर्मनीको कार्ल कलाउसेविजका युद्ध विषयक रचना अत्यन्त समादृत रहको छ । युद्ध भनेको राजनीतिको विस्तार मात्र हो भन्ने कार्ल क्लाउसेविजको शिक्षा थियो । युद्ध र राजनीतिको लक्ष्य एउटै हुन्छ । यसैले आमजनतासित पृथक राखेर लडिएको युद्ध सफल हुँदैन । त्यति मात्र होइन, दुश्मनमाथि आक्रमण गर्दा उसको सैनिक केन्द्रलाई मात्र तारो बनाएर हुँदैन । युद्र सुरु भइसकेपछि व्यापक रूपमा नागरिकको स्तरसम्म पुगेर प्रहार र प्रतिरक्षा दुवै गर्नुपर्छ । कार्ल क्लाउसेविजको उपर्युक्त शिक्षाले माओ त्सेतुङलाई प्रभावित पारेको थियो । माओ त्सेतुङका रचनामा कार्ल क्लाउसेविजको उदाहरण र उल्लेख ठाउ ठाउँमा भेटिन्छन् ।
तर, माओ त्सेतुङको युद्ध विषयक चिन्तन-लेखनमा पनि अन्य कुनै बाहय प्रभावभन्दा चीनको चिन्तन-परम्पराको प्रभाव ज्यादा थियो । प्राचीन चीनमा साञ्जु भन्ने चिन्तकले 'युद्धको कला' भन्ने अद्भूत पुस्तक लेखेका थिए । हाम्रो परम्परामा कौटिल्यको अर्थशास्त्र वा वात्सायनको कामसूत्रसमेत पनि कुनै समय शिक्षार्थीको पाठ्यक्रमको अनिवार्य अंग थियो । चीनको ज्ञान विज्ञानको इतिहासमा उपर्युक्त पुस्तिकाको त्यस्तै ठूलो महत्त्व थियो । माओ त्सेतुङ यस पुस्तिकावाट अत्यन्त प्रभावित भएका भेटिन्छन् । माओ त्सेतुङले युरोपका विभिन्न युद्ध र योद्धाहरूको कार्यपद्धतिको राम्रो अध्ययन गरेका थिए । रूसमा भएको लालसेनाको निर्माण र त्यसको विकासक्रम पनि उनलाई ज्ञान थियो । तर यो सव हुँदाहुँदै पनि उनीमाथि सबभन्दा ठूलो प्रभाव भने साञ्जुको नै परेको थियो । यो कुरो उनका लेख र रचना पढ्दा सजिलै बुझ्न सकिन्छ ।
चीनीयाँ कम्युनिस्ट पार्टीले जहिले पनि जनताका माझमा भिजेर काम गर्नुपर्ने र जनताबाट कुरा सिक्नुपर्ने कुरामा जोड दिइरह्यो । माओका शब्दमा भन्ने हो भने जनताबाट सिकेर मात्र फेरि जनतालाई परे सिकाउन सकिन्छ ।
माओ त्सेतुङको चिन्तन र व्यवहारमा विर्सन नसकिने उनको 'लोकनीतिमा हिँड्नुपर्छ भन्ने आह्वान हो । उनको अंग्रेजीमा अनुदित रचनाहरूमा यसलाई 'मास-लाइन' भन्ने गरेको भेटिन्छ । यस शब्दलाई चीनीयाँ भाषामा के भन्छन् कुन्नि ! तर यो लोकनीति वा मासलाइनको अवधारणाले चीनीयाँ कम्युनिस्ट पार्टीको विकासक्रमलाई धेरै सहायता पुऱ्यायो । चीनीयाँ कम्युनिस्ट पार्टीलाई यसै समझदारीले अगाडि बढायो । चीनीयाँ कम्युनिस्ट पार्टीले जहिले पनि जनताका माझमा भिजेर काम गर्नुपर्ने र जनताबाट कुरा सिक्नुपर्ने कुरामा जोड दिइरहृयो । माओका शब्दमा भन्ने हो भने जनताबाट सिकेर मात्र फेरि जनतालाई परे सिकाउन सकिन्छ ।
माओ त्सेतुङलाई पुँजीवादी उत्पादन प्रणालीप्रति विरोध थिएन । कमसेकम प्रारम्भमा यस्तै थियो । पुँजीवादको निर्माणपछि मात्र समाजवाद सम्भव छ भन्ने मार्क्सेली विश्वास छ ।
आमजनताप्रतिको यस्तो विश्वास गान्धीमा पनि भेटिन्छ । गान्धी पनि पाइलैपिच्छे जनताबाट सिक्ने कुरा दोहोऱ्याइरहनुहुन्थ्यो । गान्धी भने सबै प्रकारको पुँजीवादलाई भने शंकाका दृष्टिले हेर्नुहुन्थ्यो । ठूला कल-कारखानाप्रति उहाँमा विशेष आस्था थिएन । माओ त्सेतुङलाई पुँजीवादी उत्पादन प्रणालीप्रति विरोध थिएन । कमसेकम प्रारम्भमा यस्तै थियो । पुँजीवादको निर्माणपछि मात्र समाजवाद सम्भव छ भन्ने मार्क्सेली विश्वास छ । सोभियत संघसँग मतभेदका क्रममा विकासका वैकल्पिक मोडेलको खोजी अवश्य भएको थियो । तर, पुँजीवाद र समाजवादको अन्तरसम्बन्धको अनिवार्यताका विचारबाट माओ त्सेतुङ कदाचित् कहिल्यै पनि पूर्णतः मुक्त भएनन् । यस सोचाइले लोकनीतिको उनको आफ्नो आग्रहमा पनि धेरै अवरोध परेको थियो !
'बूढो मानिसले पहाड हटाएको' उनको प्रसिद्ध कथा प्रत्येक माओवादीले मोटामोटी पढेको वा सुनेको हुन्छन् । कांग्रेसले पनि त्यो कथा पढ्दा जान्दा ठूलो नोक्सान भने पक्कै हुँदैन
माओ त्सेतुङका विशेषज्ञ अध्येताहरू बेलाबखतमा एउटा कुरा भन्ने गर्छन् । माओ त्सेतुङका भावना - उपलब्धिलाई ठीक ढंगले बुझ्नका निमित्त चीनीयाँ भाषा र संस्कृतिको ज्ञान हुनुपर्छ । मूल चीनीयाँ भाषामा लेखिएको उनका रचनामा अद्भूत प्रवाह र अर्थ गाम्भीर्य छन् रे । त्यहाँ चीनका उखान तुक्का र लोककथाको मार्मिक प्रयोग छ रे । माओ त्सेतुङका समग्र रचना अहिले अंग्रेजीमा अनुदित पनि छैनन् । तर जो छन् त्यसबाट पनि चीनीयाँ परम्परा र संस्कृतिको उनको ज्ञान र उपयोग समेतलाई बुझ्न सकिन्छ । 'बूढो मानिसले पहाड हटाएको' उनको प्रसिद्ध कथा प्रत्येक माओवादीले मोटामोटी पढेको वा सुनेको हुन्छन् । कांग्रेसले पनि त्यो कथा पढ्दा जान्दा ठूलो नोक्सान भने पक्कै हुँदैन । रचना मात्रले पनि माओवादको प्राथिमक परिचय अवश्य दिन्छ ।
विमल भौकाजीद्वारा सम्पादित प्रदीप गिरिको ‘नेपाली कांग्रेस, माओवाद र मधेस: समसामयिक राजनीतिक लेखहरु’बाट साभार

डिजिटलाइजेशनको अवसर र पूँजीवादी चुनौती: इम्बोस्ड नम्बर प्लेटको बहस

एरिस्टोटलको ‘पोलिटिक्स’: मानव स्वभाव, न्याय, शासन संरचना र आदर्श राज्यको दार्शन…

अहिलेसम्मका सन्धि वा सम्झौता गर्ने प्रक्रियाका बारेमा सामूहिक रूपले सिंहावलोकन…

शान्तिपूर्ण क्रान्तिको बाटो

अमेरिका-रुस शीर्षवार्ताको भवितव्य

तयार उत्तर होइन, प्रश्न सोध्ने कला सिकाउने बर्तोल्त ब्रेख्त

हरिबोलजीको संश्लेषणबारे सैद्धान्तिक प्रश्न

प्रतिक्रिया