‘लेनिनको राज्य र क्रान्ति’: सर्वहारा अधिनायकत्व र समाजवादी रूपान्तरणको मार्गचित्र

हामीले राज्य (State) भन्ने गरेको सरकार, प्रहरी र अदालतहरू वास्तवमा किन र कसरी बने? के यो सधैंदेखि नै अस्तित्वमा थियो? र के यो सधैं रहिरहनेछ? यो प्रश्न राजनीतिक मात्र होइन, यो गहिरो दार्शनिक (Philosophical) स्वरूपको प्रश्न हो । यस प्रश्नले हाम्रो जीवनका प्रत्येक पक्षलाई छुन्छ। लेनिनको चर्चित पुस्तक 'राज्य र क्रान्ति (The State and Revolution)'ले यी प्रश्नहरूको उत्तर दिने काम गरेको छ। यो यस्तो पुस्तक हो, जसले संसारको नक्सा बदलिदियो, विश्वभरि थुप्रै क्रान्तिहरूलाई जन्मन प्रेरणा दियो र लाखौं मानिसहरूको सोचाइमा गहिरो प्रभाव पारेको छ। भ्लादिमिर लेनिनद्वारा लेखिएको राज्य र क्रान्ति पुस्तक इतिहासको सरसर्ती उत्खनन र वर्णन मात्र होइन, बरु यो त यस्तो उपकरण हो जसले हामीलाई सत्ताले कसरी काम गर्छ र त्यसमा साधारण मानिसको स्थान के हो भन्ने सुस्पष्ट ढङ्गले देखाउँछ ।
राज्य आखिर के हो?
समाजमाथि रहेको एउटा शक्ति, वा समाजकै एउटा अंग? आउनुहोस्, सबैभन्दा पहिले त्यो गुत्थी हल गरौं, जसलाई हामी सरकार वा राज्य भन्छौं। अत: यस यात्राको सुरुवात सबैभन्दा आधारभूत प्रश्नबाट गरौं- आखिर राज्य के हो?
हामीले यो शब्द दिनहुँ सुन्छौं-राज्य सरकार, केन्द्रीय सरकार । हामी प्रहरी देख्छौं, कर तिर्छौं, कानुनको पालना गर्छौं, अदालतमा जान्छौं-यी सबै कुरा त्यही राज्य नामक विशाल संयन्त्रका हिस्सा हुन्।
तर के हामीले कहिल्यै गम्भीर भएर सोचेका छौं- यो संयन्त्र किन बन्यो? यसको आवश्यकता किन थियो? के यो सधैंदेखि मानव समाजको हिस्सा थियो? लेनिन हामीलाई यही प्रश्नको जरोसम्म लैजान्छन्। उनी भन्छन्- राज्य बाहिरबाट समाजमाथि थोपरिएको कुनै वस्तु होइन, न त यो कुनै दैवी शक्ति नै हो। राज्यको जन्म एउटा विशेष मोडमा समाजभित्रै भएको हो ।
लेनिनले स्पष्ट पार्छन्- एक समय त्यस्तो थियो जब कुनै राज्य थिएन। मानिसहरू गोत्र वा कबिला (tribe) का रुपमा बसोबास गर्थे, समाजमा कुनै वर्ग थिएन। कुनै धनी वा गरिब थिएनन्, कुनै मालिक वा गुलाम थिएनन्। त्यो समयमा समाज आफ्नै रूपमा चल्थ्यो, आपसी सम्मान, परम्परा र ज्येष्ठहरूको अधिकारबाट व्यवस्था कायम हुन्थ्यो। कसैलाई बलपूर्वक अर्थात् कुनै विशेष प्रहरी वा सेनाको शक्तिबाट, कानुन मान्न बाध्य पार्नुपर्ने आवश्यकता थिएन।
बाहिरी रूपमा राज्य समाजभन्दा माथि रहेको देखिन्छ र आफूलाई निष्पक्ष बताउँछ, जसले समाजमा शान्ति कायम राख्ने दाबी गर्छ। तर लेनिनका अनुसार वास्तविकतामा राज्यको काम यो संघर्षलाई दबाउनु र एउटा निश्चित सीमाभित्र राख्नु हो र यो काम उसले सधैं बलियो वर्गको पक्षमा गर्छ।
तर पछि समाजमा परिवर्तन आयो। खेतीको विकास भयो, निजी सम्पत्तिको धारणा आयो। केही व्यक्तिहरूसँग जमिन र स्रोत धेरै भए, र केहीसँग कम। यहींबाट समाज वर्गमा विभाजित भयो । एक वर्ग मालिक र शोषकहरू थिए, जससँग सबै कुरा थियो । र अर्को वर्ग, श्रम बाहेक केही नभएका गुलाम र शोषितहरू थिए।
जब समाजमा दुई यस्ता वर्ग बन्छन् र जसका हित एकअर्कासँग पूर्णतः विरोधमा हुन्छन्, तब के हुन्छ? स्पष्ट छ- टकराव हुन्छ, संघर्ष हुन्छ। धनी वर्ग उसको सम्पत्ति र सत्ता कायम रहोस् भन्ने चाहन्छ । गरिब वर्ग शोषणबाट मुक्ति चाहन्छ । यो संघर्ष यति तीव्र र निरन्तर भयो कि समाज टुक्रिन, वा आफैंलाई नष्ट गर्न सक्ने अवस्थामा पुग्यो।
लेनिन भन्छन्- ठीक यही मोडमा, यो पन्छाउनै नसकिने वर्ग संघर्षको बिचबाट राज्यको जन्म भयो। राज्य एउटा यस्तो शक्ति रूपमा देखापर्यो, जुन बाहिरी रूपमा समाजभन्दा माथि रहेको देखिन्छ र आफूलाई निष्पक्ष बताउँछ, जसले समाजमा शान्ति कायम राख्ने दाबी गर्छ। तर लेनिनका अनुसार वास्तविकतामा राज्यको काम यो संघर्षलाई दबाउनु र एउटा निश्चित सीमाभित्र राख्नु हो र यो काम उसले सधैं बलियो वर्गको पक्षमा गर्छ।
यसलाई अझ सरल भाषामा बुझौं। कल्पना गर्नुहोस्- एउटा खेल भइरहेको छ, जसमा एउटा टोली धेरै बलियो छ र अर्को धेरै कमजोर। कुनै रेफ्री (referee) नै छैन भने खेल रक्तपातमा बदलिन सक्छ। अब एउटा रेफ्री आउँछ र भन्छ- म यो खेल नियमअनुसार चलाउँछु। तर त्यो रेफ्रीलाई बलियो टोलीले नै नियुक्त गरेको हो भने- उसले नियम कसको पक्षमा बनाउने र लागू गर्नेछ? उसले यस्ता नियम बनाउनेछ, जसले बलियो टोली सधैं जितिरहोस् र कमजोर टोली कहिल्यै विद्रोह गर्न नसकोस्।
लेनिन भन्छन्- राज्य ठीक त्यही रेफ्री जस्तै हो। यो समाजमा उत्पन्न भएको वर्ग संघर्षको नतिजा हो । यसको अस्तित्व नै यो वर्ग संघर्ष यति गहिरो छ कि यसलाई समाधान गर्न सकिँदैन भन्ने कुराको प्रमाण हो।
राज्यको सेना, प्रहरी, जेलहरू र कानुनहरु लगायतका संरचनाहरु शोषित वर्ग, गरिब मजदुरहरूले कहिल्यै पनि संगठित भएर शोषक वर्ग, धनी तथा पूँजीपतिहरूको सत्तालाई चुनौती दिन नसकून् भनेर बनाइएका हुन्। राज्यको काम व्यवस्था कायम राख्नु हो, तर त्यो व्यवस्था सधैं त्यही सत्तामा रहेको वर्गको पक्षमा हुन्छ ।
प्रकट रुपमा निष्पक्ष देखिने कानुनहरु वास्तवमा त्यही वर्गका हितहरूको रक्षा गर्नका लागि बनाइएका हुन्, जसको हातमा उत्पादनका साधन जमिन, कारखाना र पैसा छन् ।
फ्रेडरिक एङ्गेल्सको सन्दर्भ दिँदै लेनिन भन्छन्- राज्य वर्ग शासनको एउटा अङ्ग हो। यो एउटा वर्गद्वारा अर्को वर्गमाथि दमन गर्ने अङ्ग हो। यसको काम यस दमनलाई कानूनी रूप दिने र यसलाई स्थायी बनाउने व्यवस्था निर्माण गर्नु हो । त्यसैले, प्रकट रुपमा निष्पक्ष देखिने कानुनहरु वास्तवमा त्यही वर्गका हितहरूको रक्षा गर्नका लागि बनाइएका हुन्, जसको हातमा उत्पादनका साधन जमिन, कारखाना र पैसा छन् ।
जब हामी यातायातका नियमहरूको पालना गर्छौं, हामीलाई लाग्छ यो सबैका लागि बराबर हो। तर सम्पत्तिको अधिकारको रक्षा गर्ने वा हड्ताललाई गैरकानुनी घोषित गर्ने कानूनहरु हेर्दा बल्ल राज्यको वास्तविक अनुहार के हो भन्ने हामी हामी बुझ्छौं । तपाईंलाई के लाग्छ– के साँच्चै कानुन सबैका लागि बराबर हुन्छ? वा धनी र शक्तिशालीका लागि यसको अर्थ फरक हुन्छ?
राज्य देख्दा समाजभन्दा माथि र निष्पक्ष लाग्छ, तर वास्तविकतामा यो एउटा वर्गको हातमा रहेको, अर्को वर्गलाई दबाउने उपकरण हो। यो त्यस्तो शक्ति हो, जसले शासक वर्गको शासनलाई कानूनी र स्थायी बनाउँछ।
यसको सार यो हो- राज्य कुनै प्राकृतिक वा सधैंदेखि विद्यमान वस्तु होइन। यसको जन्म समाज वर्गमा विभाजित भएर ती वर्गका हितहरू आपसमा टकराउन थालेपछि भयो । राज्यको मुख्य काम यी वर्ग संघर्षहरूलाई नियन्त्रणमा राख्नु हो, तर यो काम उसले सधैं शासक वर्गको पक्षमा गर्छ। राज्य देख्दा समाजभन्दा माथि र निष्पक्ष लाग्छ, तर वास्तविकतामा यो एउटा वर्गको हातमा रहेको, अर्को वर्गलाई दबाउने उपकरण हो। यो त्यस्तो शक्ति हो, जसले शासक वर्गको शासनलाई कानूनी र स्थायी बनाउँछ।
राज्य साँच्चै शोषक वर्गको हतियार हो भने, यो हतियारको प्रयोग कसरी हुन्छ? के-के तरिकाहरू छन्, जसद्वारा यसले हामीलाई आफ्नो नियन्त्रणमा राख्छ? र के साँच्चै लोकतन्त्र पनि यसै नियन्त्रणको एउटा हिस्सा हो?
यो बुझाइ हाम्रो लागि अत्यन्त आवश्यक छ । जबसम्म हामी राज्यको वास्तविक चरित्रलाई बुझ्दैनौं, तबसम्म हामी लेनिनले किन क्रान्तिको कुरा गर्छन् भन्ने कुरा पनि बुझ्न सक्दैनौं। यो केवल सरकार परिवर्तनको कुरा होइन, यो हाम्रो जीवनलाई नियन्त्रण गर्ने त्यो सम्पूर्ण संयन्त्रलाई बुझ्ने कुरा हो । तर राज्य साँच्चै शोषक वर्गको हतियार हो भने, यो हतियारको प्रयोग कसरी हुन्छ? के-के तरिकाहरू छन्, जसद्वारा यसले हामीलाई आफ्नो नियन्त्रणमा राख्छ? र के साँच्चै लोकतन्त्र पनि यसै नियन्त्रणको एउटा हिस्सा हो?
दमनको हतियार
सेना, प्रहरी र जेलहरू किन छन्? राज्यले कुन-कुन उपकरणहरूको प्रयोग गरेर हामीमाथि आफ्नो नियन्त्रण कायम राख्छ ?
राज्यको जन्म वर्ग संघर्षबाट भएको हो र यो सधैं शासक वर्गको पक्षमा उभिन्छ भन्ने हामीले थाहा पाइसकेका छौं । सरकार, प्रहरी, कानुन- यी सबै हाम्रो रक्षा गर्नका लागि हुन भनेर बाल्यकालदेखि नै सिकाइएका हामीहरुका लागि यो कुरा अलि अचम्म लाग्दो छ ।
तर लेनिन भन्छन्- पख्नोस्, अलि गहिराइमा गएर हेरौँ। राज्यले आखिर कुन उपकरणहरूको प्रयोग गरेर एउटा वर्गको शासन अर्को वर्गमाथि कायम राख्छ ?
लेनिनको तर्क निकै सरल र स्पष्ट छ। उनी भन्छन्-राज्यको सबैभन्दा मुख्य पहिचान हो- जनशक्तिबाट अलग एउटा विशेष सार्वजनिक शक्ति (special public power) को अस्तित्व।
यो सुन्दा केही जटिल लाग्न सक्छ, तर यसको अर्थ निकै साधारण छ। पुरानो कबिलाई समाज सम्झनुहोस् । त्यो बेला कुनै राज्य थिएन। यदि कुनै कबिलामाथि आक्रमण भयो भने, कबिलाका सबै हतियारबन्द सदस्यहरू एकसाथ भेला भई प्रतिकार गर्थे। त्यतिबेला छुट्टै सेना वा प्रहरी थिएनन्- पूरा समाजले आफ्नो रक्षा आफैं गर्थ्यो।
तर जब राज्यको निर्माण भयो, यसले समाजको यो आत्मरक्षाको शक्ति खोस्न थाल्यो। राज्यले सेना र प्रहरी जस्ता विशेष सशस्त्र दल बनाए। सेना र प्रहरी आम जनताको हिस्सा हुँदैनन्; तिनीहरूलाई छुट्टै तालिम दिइन्छ, छुट्टै हतियार दिइन्छ, र तिनीहरूलाई आम जनताभन्दा अलग राखिन्छ। तिनीहरूको काम केवल बाह्य शत्रुबाट देशको रक्षा गर्नु मात्र होइन, बरु देशभित्रको व्यवस्था कायम राख्नु पनि हो।
जब ठूलो हड्ताल हुन्छ, मजदुरहरू आफ्ना मागका लागि प्रदर्शन गर्छन्, वा किसानहरू आफ्ना अधिकारका लागि सडकमा उत्रिन्छन्- तब तिनीहरूलाई दबाउन वा निस्तेज गर्न को आउँछ?
र त्यो भित्री व्यवस्था के हो? त्यो हो-शासक वर्गका हितहरूको रक्षा गर्नु र शोषित वर्गलाई नियन्त्रणमा राख्नु। तपाईं आफैं सोच्नुहोस्- जब ठूलो हड्ताल हुन्छ, मजदुरहरू आफ्ना मागका लागि प्रदर्शन गर्छन्, वा किसानहरू आफ्ना अधिकारका लागि सडकमा उत्रिन्छन्- तब तिनीहरूलाई दबाउन वा निस्तेज गर्न को आउँछ? जवाफ प्रष्ट छ– प्रहरी र अर्धसैनिक बल।
यी सशस्त्र दलहरूले शोषित वर्गको आक्रोश र विरोध कुनै सीमाभन्दा अगाडि नबढोस्, जसले विद्यमान व्यवस्थालाई खतरा पुर्याओस् भन्ने कुराको सुनिश्चित गर्छन् । लेनिन भन्छन्- यिनै सेना र प्रहरी नै राज्यको शक्तिको वास्तविक आधार हुन्। यिनीहरूबिनाको कुनै पनि राज्य एक दिन पनि टिक्न सक्दैन।
यससँगै, राज्यसँग अर्को एउटा शक्तिशाली उपकरण पनि हुन्छ- जेल र सबै प्रकारका दमनकारी संस्थानहरू। कुनै व्यक्ति वा समूहले राज्यद्वारा बनाइएका कानुनहरू उल्लङ्घन गर्छ भने त्यसलाई दण्ड दिनका लागि जेलहरू छन्। ध्यान दिनुपर्ने कुरा के हो भने यी कानुनहरू मूलतः शासक वर्गका हितहरूको रक्षा गर्न बनाइएका हुन् ।
तपाईं आफ्नो वरिपरि हेर्नुहोस्- के विगत केही दशकमा प्रहरी र सुरक्षा बलहरूको शक्ति र संख्या बढेको छैन? के नयाँ-नयाँ कानुन बनाइ-विरोधको आवाज दबाउने प्रयास भइरहेका छैनन्? लेनिनका अनुसार, यो समाजभित्रको टकराव अझ गहिरो बन्दै गइरहेको कुराको संकेत हो ।
जेल केवल अपराधीहरूलाई बन्द गर्ने स्थान मात्र होइन, बरु यो पूरै समाजका लागि एउटा चेतावनी पनि हो। यसले तपाईंले व्यवस्थालाई चुनौती दिने प्रयास गर्नुभयो भने, तपाईंको पनि यही हाल हुनेछ भन्ने डर सिर्जना गर्छ । त्यसैले सेना, प्रहरी र जेल-यी तिनै मिलेर राज्यको दमनकारी संयन्त्र निर्माण गर्छन्। यो नै त्यो हार्डवेयर हो, जसको आधारमा राज्यको सफ्टवेयर अर्थात् उसका कानुन र नीतिहरू, लागू गरिन्छन्।
लेनिन हामीलाई सम्झाउँछन्- जसरी समाजमा वर्ग संघर्ष बढ्छ, त्यसरी नै राज्यको यो दमनकारी शक्ति पनि बढ्दै जान्छ। तपाईं आफ्नो वरिपरि हेर्नुहोस्- के विगत केही दशकमा प्रहरी र सुरक्षा बलहरूको शक्ति र संख्या बढेको छैन? के नयाँ-नयाँ कानुन बनाइ-विरोधको आवाज दबाउने प्रयास भइरहेका छैनन्? लेनिनका अनुसार, यो समाजभित्रको टकराव अझ गहिरो बन्दै गइरहेको कुराको संकेत हो ।
तर कुरा केवल सेना र प्रहरीसम्म सीमित छैन। राज्यले अझ सूक्ष्म तरिकाले पनि काम गर्छ। यसले कर असुल्छ, नोकरशाहीको एउटा विशाल जाल बिछ्याउँछ। यी अधिकारी, यी नोकरशाहहरु पनि समाजभन्दा माथि विशेष दर्जा राख्छन्। उनीहरू जनताको सेवक भएको दावी गर्छन्, तर वास्तविकतामा उनीहरू पनि त्यही राज्यको संयन्त्रको हिस्सा हुन्छन्। उनीहरुको काम शासक वर्गको शासनलाई सुचारु रूपमा चलाउनु हो। यो नोकरशाहीले कानुन र नियमहरूको त्यस्तो जाल बुनिदिन्छन् जसमा साधारण मानिस उल्झिएर रहन्छ, तर शक्तिशाली र धनी मानिसहरूले प्रायः त्यस जालबाट बाहिर निस्कने बाटो फेला पार्छन्। के तपाईंले कहिल्यै सरकारी कार्यालयहरूको अनुभव गर्नुभएको छ? तपाईंको अनुभव कस्तो रह्यो? के तपाईंलाई लाग्यो कि व्यवस्था तपाईंको लागि काम गरिरहेको छ, वा तपाईंले व्यवस्थासँग संघर्ष गर्नुपरेको छ? यो अनुभवले हामीलाई राज्यको वास्तविक चरित्रबारे धेरै कुरा सिकाउँछ।
समाज वर्गहरूमा विभाजित रहेसम्म राज्यको यो दमनकारी चरित्र रहिरहन्छ। लोकतन्त्रमा दमनको तरिका केही बढी लुकेको र चालाकीपूर्ण हुनसक्छ, तर यसको सार उही रहन्छ।
त्यसैले, राज्य केवल एउटा विचार वा केही कानुनहरूको संग्रह मात्र होइन। यो एउटा भौतिक शक्ति हो जसको हातमा सेना, प्रहरी र जेल जस्ता वास्तविक उपकरण छन्। यी उपकरणहरू सर्वसाधारण जनताबाट अलग र तिनीहरू माथि राखिएका छन्। तिनीहरूको मुख्य काम वर्ग संघर्षलाई दबाउने र शासक वर्गको शासनलाई कायम राख्ने हो। शासन प्रणाली लोकतन्त्र, राजतन्त्र वा कुनै अन्य रूपको होस्, लेनिनका अनुसार समाज वर्गहरूमा विभाजित रहेसम्म राज्यको यो दमनकारी चरित्र रहिरहन्छ। लोकतन्त्रमा दमनको तरिका केही बढी लुकेको र चालाकीपूर्ण हुनसक्छ, तर यसको सार उही रहन्छ।
अब यहाँ एउटा जब्बर प्रश्न उठ्छ - राज्य यति शक्तिशाली छ, यसको हातमा सेना, प्रहरी, कानुन, नोकरशाहीको यति विशाल शक्ति छ भने के सर्वसाधारण जनता वा मजदुर वर्ग कहिल्यै यस चंगुलबाट मुक्त हुन सक्छ? के यस विशाल दमनकारी मेशिनरीलाई परास्त गर्न सकिन्छ? लेनिन भन्छन् - हो, परास्त गर्न सकिन्छ। तर त्यसका लागि सरकार परिवर्तन गर्नु वा चुनाव जित्नु मात्र पर्याप्त हुँदैन। त्यसका लागि सम्पूर्ण खेल बदलिदिने केही अरू क्रान्तिकारी र निर्णायक कुरा गर्नुपर्छ । त्यो के हो? त्यो मार्गको नाम के हो? यही प्रश्नको उत्तर खोजाइले हामीलाई लेनिनका विचारहरूको केन्द्रमा पुर्याउँछ ।
क्रान्तिको अर्थ के हो?
सपाट अर्थमा क्रान्तिक अर्थ हो– पुरानो राज्य मेशिनरीलाई नष्ट गर्नु।सरकार परिवर्तन र क्रान्ति गर्नमा ठूलो अन्तर छ।
हामीले राज्यको वास्तविक अनुहार देखिसकेका छौं। हामीले यो कसरी वर्ग संघर्षको उपज हो र कसरी यो सेना र प्रहरीको बलमा शासक वर्गको हतियार बनेको हो भन्ने पनि बुझिसकेका छौं । त्यतिबेलाका हरेक क्रान्तिकारिहरूको मनमा उठे जस्तै स्वभाविक रुपमा प्रश्न उठ्न सक्छ - यस शक्तिशाली, दमनकारी राज्यबाट छुटकारा पाउने मार्ग चाहिँ के हो ?
लेनिन हामीलाई ‘क्रान्तिको अर्थ केवल राजा हटाएर राष्ट्रपतिलाई स्थापना गर्नु होइन’ भन्ने बुझाउँछन्। यसको अर्थ एउटा पार्टीको सट्टा अर्को पार्टीको सरकार बनाउनु पनि होइन।
यहीँ लेनिन आफ्नो सबैभन्दा प्रसिद्ध र सबैभन्दा विवादित विचार प्रस्तुत गर्छन्। उनी ‘मजदुर वर्ग वा शोषित वर्गले केवल विद्यमान राज्यमा कब्जा गरेर मुक्ति हासिल गर्न सक्दैन’ भन्छन् । लेनिनका अनुसार त्यो वर्गले त यो राज्य, यसको सम्पूर्ण मेशिनरी नै नष्ट गर्नुपर्छ, यसलाई ध्वस्त गर्नुपर्छ। लेनिनको यस एउटै वाक्यमा क्रान्तिको सम्पूर्ण सार लुकेको छ।
लेनिन हामीलाई ‘क्रान्तिको अर्थ केवल राजा हटाएर राष्ट्रपतिलाई स्थापना गर्नु होइन’ भन्ने बुझाउँछन्। यसको अर्थ एउटा पार्टीको सट्टा अर्को पार्टीको सरकार बनाउनु पनि होइन। क्रान्तिको अर्थ शासक वर्गले आफ्नो हितको रक्षा गर्न शताब्दीयौँदेखि निर्माण गरेको सम्पूर्ण सरकारी मेशिनरीलाई नै अन्त्य गर्नु हो ।
स्वभाविक रुपमा प्रश्न उठ्न सक्छ– यस्तो किन? मजदुर वर्गले चुनाव जितेर सरकार किन बनाउन सक्दैन र त्यसैलाई गरिबको हितमा किन प्रयोग गर्न सक्दैन?
सन् १८४८ देखि १८५१सम्म फ्रान्समा भएको क्रान्तिको अनुभवबाट मार्क्सले ‘अघिल्ला हरेक क्रान्तिले राज्य मेशिनरीलाई अझ सुदृढ र परिष्कृत मात्र बनाएको’ निष्कर्ष निकालेका थिए ।
यसको उत्तरमा लेनिन कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सको हवाला दिन्छन्। उनी हामीलाई इतिहासको एउटा महत्वपूर्ण घटना सम्झाउँछन् । त्यो हो– सन् १८४८ देखि १८५१सम्म फ्रान्समा भएको क्रान्ति। त्यस क्रान्तिको अनुभवबाट मार्क्सले ‘अघिल्ला हरेक क्रान्तिले राज्य मेशिनरीलाई अझ सुदृढ र परिष्कृत मात्र बनाएको’ निष्कर्ष निकालेका थिए । त्यसअनुसार, जबसुकै सत्ता एउटाको हातबाट अर्कोको हातमा गयो, नयाँ शासकले पुरानो सरकारी मेशिनरी (सेना, प्रहरी, नोकरशाही) लाई नष्ट गरेन, बरु त्यसलाई आफ्नो कब्जामा लिएर आफ्ना विरोधीलाई कुचल्न प्रयोग गर्यो। दमनका लागि बनेको त्यो मेशिनरीलाई कसैको भलोका लागि प्रयोग गर्नै सकिँदैन। यो भनेको तपाईंले भान्छाघरको छुरी प्रयोग गरेर शल्यक्रिया गर्न खोज्नु जस्तै हो । त्यो छुरी तरकारी काट्नका लागि बनाइएको हो, जीवन दिनका लागि होइन। ठीक त्यसैगरी बुर्जुवा (bourgeois) राज्य, पूँजीवादी राज्य शोषणलाई कायम राख्नका लागि बनाइएको हो, त्यसलाई अन्त्य गर्नका लागि होइन।
लेनिनको मान्यता थियो - पुरानो मेशिनरी रहिरहेसम्म पूँजीपति वर्ग सधैं फर्कने कोसिस गर्नेछ र यसै सेना र प्रहरीको प्रयोग गरेर मजदुरको क्रान्तिलाई कुचल्नेछ। त्यसैले, मजदुरको शासन सुरक्षित राख्नका लागि पुरानो दमनकारी मेशिनरीको सट्टा एकदमै नयाँ प्रकारको मेशिनरी बनाइनु जरुरी छ ।
लेनिन भन्छन् - मजदुर वर्गको क्रान्ति अघिल्ला सबै क्रान्तिहरूभन्दा फरक हुनेछ। यसको लक्ष्य विद्यमान राज्य कब्जा गर्नु होइन, बरु यसलाई पूर्ण रूपमा अन्त्य गर्नु हुनेछ। शोषक वर्गको सेवाका लागि निर्माण गरिएका त्यो सेना, त्यो प्रहरी, त्यो नोकरशाही, ती अदालतहरू सबैलाई समाप्त गर्नुपर्नेछ। यो विचार निकै हिंस्रक र उग्र सुनिन्छ तर लेनिनका लागि यो तार्किक अपरिहार्यता हो।
उनको मान्यता थियो - पुरानो मेशिनरी रहिरहेसम्म पूँजीपति वर्ग सधैं फर्कने कोसिस गर्नेछ र यसै सेना र प्रहरीको प्रयोग गरेर मजदुरको क्रान्तिलाई कुचल्नेछ। त्यसैले, मजदुरको शासन सुरक्षित राख्नका लागि पुरानो दमनकारी मेशिनरीको सट्टा एकदमै नयाँ प्रकारको मेशिनरी बनाइनु जरुरी छ । त्यस्तो नयाँ प्रकारको मेशिनरी, जसको नियन्त्रण मजदुरको हातमा होस् र जसले पूँजीपतिहरूको कुनै पनि प्रतिरोधलाई कुचल्न सकोस्।
यस विचारलाई एउटा उदाहरणबाट अझ स्पष्ट बुझ्नका सकिन्छ। मानौँ एउटा पुरानो जीर्ण र खतरनाक भवन छ, जसलाई जमिन्दारले आफ्नो सुविधाअनुसार बनाएको छ। भाडामा बस्ने गरिबहरूले त्यस भवनमा कब्जा पनि गरे भने के उनीहरू त्यहाँ सुरक्षित रहन सक्लान्? सक्दैनन्। संरचना नै कमजोर रहेको त्यो भवन जुनसुकै बेला पनि भत्कन सक्छ । त्यसैले त्यो पुरानो खतरनाक भवनलाई पूर्ण रूपमा भत्काएर भाडामा बस्नेहरुको आवश्यकताअनुसारको नयाँ, बलियो र सुरक्षित भवन बनाइनु नै बुद्धिमानी हुन्छ ।
लेनिनका लागि पूँजीवादी राज्य त्यही पुरानो मक्किएको भवन हो र मजदुर वर्गले आफ्नो नयाँ भवन, अर्थात् आफ्नै राज्य बनाउनु पर्छ। अब यहाँ सुन्दा अचम्म लाग्ने अर्को प्रश्न उठ्छ । लेनिन एकातिर राज्यलाई ध्वस्त गर्ने र अर्कोतिर नयाँ राज्य निर्माण गर्ने कुरा पनि गर्दैछन्। यो कस्तो विरोधाभास हो? के लेनिन पनि कुनै नयाँ प्रकारको तानाशाही ल्याउन चाहन्थे?
लेनिनका लागि अधिनायकत्वको अर्थ आजका सैनिक तानाशाहहरू जस्तो थिएन। यसको अर्थ ‘अल्पसंख्यकमाथि बहुसंख्यकहरूको अधिनायकत्व’ थियो । अर्थात् इतिहासमा पहिलोपटक विशाल बहुसंख्यक मजदुर र गरीब जनताको सरकार हुनेछ, जसले मुट्ठीभर धनी शोषकहरूको प्रतिरोधलाई दबाउनेछ।
वास्तवमा लेनिनको तर्क यसभन्दा धेरै गहिरो छ। उनी भन्छन्– पूँजीवादी राज्यलाई ध्वस्त गरेपछि समाज तुरुन्तै राज्यविहीन (stateless) हुँदैन। एउटा संक्रमणकाल हुन्छ। यस अवधिमा मजदुर वर्गलाई आफ्नो सत्ता जोगाउन र पुरानो शासक वर्गका प्रतिआक्रमणलाई कुचल्न आफ्नै राज्यको आवश्यकता पर्छ। तर यो राज्य पुरानो राज्य जस्तो हुँदैन। यसलाई सर्वहारा वर्गको अधिनायकत्व (dictatorship of the proletariat) भनिन्छ।
लेनिनका लागि अधिनायकत्वको अर्थ आजका सैनिक तानाशाहहरू जस्तो थिएन। यसको अर्थ ‘अल्पसंख्यकमाथि बहुसंख्यकहरूको अधिनायकत्व’ थियो । अर्थात् इतिहासमा पहिलोपटक विशाल बहुसंख्यक मजदुर र गरीब जनताको सरकार हुनेछ, जसले मुट्ठीभर धनी शोषकहरूको प्रतिरोधलाई दबाउनेछ। यो लोकतन्त्रको एउटा नयाँ र अझ व्यापक रूप हुनेछ।
तर यो नयाँ राज्य कस्तो देखिनेछ? यसको सेना, पुलिस र सरकार कसरी काम गर्नेछन्? के इतिहासमा यसो गर्ने प्रयास कहिल्यै भएको छ?
हो, भएको छ। र त्यही ऐतिहासिक प्रयोगबाट लेनिनले आफ्ना सबैभन्दा महत्वपूर्ण पाठहरू सिके।
इतिहासको सबैभन्दा विशाल पाठ
पेरिस कम्यूनबाट लेनिनले के सिके? एउटा शहरले संसारलाई देखायो कि मजदुरहरूको राज्य कस्तो हुन सक्छ।
लेनिनको ‘विद्यमान राज्य संयन्त्रलाई मात्र कब्जा गर्नु होइन, बरु त्यसलाई ध्वस्त गर्नु जरुरी छ’ भन्ने त्यो क्रान्तिकारी विचार यो केवल एउटा कोरा सिद्धान्त मात्र थिएन। लेनिन आफ्ना विचारहरूलाई सधैं ठोस ऐतिहासिक अनुभवको आधारमा परीक्षण गर्थे र उनका लागि सबैभन्दा विशाल र सबैभन्दा प्रेरणादायी अनुभव थियो पेरिस कम्यून।
पेरिस कम्युनको शासन ७२ दिनसम्म मात्र चल्यो र त्यसपछि त्यसलाई निर्दयतापूर्वक कुल्चियो । तर ती ७२ दिनमै पेरिसका मजदुरहरूले संसारलाई मजदुरहरूको राज्य कस्तो हुन सक्छ र पुरानो दमनकारी राज्यको सट्टा के निर्माण गर्न सकिन्छ भनेर देखाइदिए ।
यो कथा हो १८७१ को, जब फ्रान्स र रसिया जर्मनीबीच युद्ध चलिरहेको थियो। युद्धमा फ्रान्सेली सरकारको हार भयो । पेरिसका मजदुरहरू र आम नागरिकहरूले आफ्नै सरकारविरुद्ध विद्रोह गरिदिए। उनीहरूले आफ्नो शासन कायम गरे । इतिहासमा त्यसलाई "पेरिस कम्यून" भनेर चिनिइन्छ। यो शासन ७२ दिनसम्म मात्र चल्यो र त्यसपछि त्यसलाई निर्दयतापूर्वक कुल्चियो । तर ती ७२ दिनमै पेरिसका मजदुरहरूले संसारलाई मजदुरहरूको राज्य कस्तो हुन सक्छ र पुरानो दमनकारी राज्यको सट्टा के निर्माण गर्न सकिन्छ भनेर देखाइदिए ।
लेनिनका लागि पेरिस कम्यून भविष्यको एउटा झलक थियो। उनले कम्यूनका अनुभवहरूको धेरै गहिरो अध्ययन गरे र त्यसभित्रबाट क्रान्तिका लागि अमूल्य पाठहरू सिके।
स्वभाविक रुपमा प्रश्न उठ्छ– पेरिस कम्यूनले त्यस्तो क्रान्तिकारी काम के गर्यो ?
सबैभन्दा पहिलो र सबैभन्दा जरुरी कुरा, कम्यूनले स्थायी सेना (स्ट्यान्डिङ आर्मी) लाई समाप्त गर्यो। माथि विवेचना गरिसकिएको छ कि सेना र प्रहरी नै राज्यको दमनका मुख्य साधन हुन्। कम्यूनले यसै साधनलाई अन्त्य गरिदियो। त्यसको सट्टा उनले सशस्त्र जनता (armed people) को सिद्धान्त लागू गरे। यसको मतलब शहरको सुरक्षा गर्ने जिम्मेवारी कुनै पेशेवर सेनाको होइन, बरु शहरका प्रत्येक नागरिकको थियो। राष्ट्रिय गार्ड (नेशनल गार्ड), जसमा प्रायः मजदुरहरू थिए, शहरको एक मात्र सशस्त्र शक्ति बन्यो।
यो कुरा मार्क्स र लेनिनका ‘मजदुर वर्गले पुरानो सेनालाई भंग गरेर आफ्नै सशस्त्र शक्ति बनाउनु पर्छ’ भन्ने विचारको जीवन्त प्रयोग थियो । यो एउटा यस्तो कदम थियो जसले शासक वर्गको कम्मर भाँचिदियो, किनकि अब तिनीहरूलाई जनता दबाउन कुनै पेशेवर सेना बाँकी रहेन।
दोस्रो क्रान्तिकारी कदम थियो प्रहरीको अन्त्य। कम्यूनले प्रहरीलाई पनि उसको राजनीतिक शक्ति बाट वञ्चित गरिदियो र त्यसलाई कम्यूनप्रति उत्तरदायी एक एजेन्सीमा बदलिदियो। प्रहरी अब जनतामाथिको कुनै विशेष शक्ति होइन, बरु जनता स्वयंको सेवक भएको थियो, जसलाई कुनै पनि बेला हटाउन सकिन्थ्यो। कल्पना गर्नुस् त, एउटा यस्तो व्यवस्था जहाँ प्रहरीले तपाईंलाई तर्साउँदैन, बरु प्रहरी तपाईंसँग डराउँछ र प्रहरी तपाईंलाई जवाफ दिन बाध्य हुन्छ। पेरिस कम्यूनले यसलाई वास्तविकतामा परिणत गरिदिएको थियो।
कम्यूनले नोकरशाहीको सम्पूर्ण संरचनामाथि पनि प्रहार गर्यो। त्यसले सबै अधिकारी, न्यायाधीश र सरकारी कर्मचारीहरूलाई चुनावको आधारमा नियुक्त गर्ने नियम बनाए। र सबैभन्दा महत्वपूर्ण कुरा, तिनीहरूलाई कुनै पनि बेला जनताद्वारा फिर्ता बोलाउने (right to recall) को प्रावधान राखियो।
यसरी पेरिस कम्युनले ‘समाज चलाउन जनताभन्दा अलग र उसको माथि थोपरिएको दमनकारी प्रहरीको आवश्यकता छैन’ भन्ने प्रमाणित गरिदिए ।
यस बाहेक, कम्यूनले नोकरशाहीको सम्पूर्ण संरचनामाथि पनि प्रहार गर्यो। त्यसले सबै अधिकारी, न्यायाधीश र सरकारी कर्मचारीहरूलाई चुनावको आधारमा नियुक्त गर्ने नियम बनाए। र सबैभन्दा महत्वपूर्ण कुरा, तिनीहरूलाई कुनै पनि बेला जनताद्वारा फिर्ता बोलाउने (right to recall) को प्रावधान राखियो। यसको अर्थ यदि कुनै अधिकारीले आफ्नो काम ठीकसँग गरेन भने जनताले उनीहरुलाई भोट दिएर हटाउन सक्थे।
यति मात्र होइन, कम्यूनले अर्को जबरदस्त कदम चाल्यो। त्यसले ‘कुनै पनि सरकारी अधिकारीको तलब एउटा दक्ष मजदुरको तलबभन्दा बढी हुने छैन’ भन्ने कुरा निर्धारण गर्यो । यस नियमले सरकारी पदसँग जोडिएकाहरुको सबै विशेषाधिकार र लोभको जड समाप्त गरिदियो। अब सरकारी नोकरी विलासिता र प्रतिष्ठाको साधन होइन, बरु वास्तवमै जनता सेवा गर्ने काम बन्यो।
पेरिस कम्यूनले प्रशासनिक संरचना मात्र बदलेन, उसले संसदवाद (parliamentarism) को ढोंगलाई पनि अन्त्य गरिदियो।
लेनिन यस कदमबाट धेरै प्रभावित थिए। उनले यसलाई जनसरकारको उत्कृष्ट उदाहरण ठाने । त्यस्तो सरकार जसले भ्रष्टाचार अन्त्य मात्र गर्दैन, बरु नोकरशाहीलाई जनता सेवकका रूपमा स्थापित गर्छ। यसले सामान्य जनता र सरकारी अधिकारीहरूबीचको खाडललाई पुरिदियो ।
पेरिस कम्यूनले प्रशासनिक संरचना मात्र बदलेन, उसले संसदवाद (parliamentarism) को ढोंगलाई पनि अन्त्य गरिदियो। हाम्रो यहाँ संसदमा के हुन्छ? हामी केही वर्षमा एकपटक भोट दिएर प्रतिनिधि चुन्छौं, अनि ती प्रतिनिधिहरू संसदमा गएर केवल कुरा गर्छन्, बहस गर्छन्। तर कानून बनाउने वास्तविक काम मन्त्री र नोकरशाहहरूले गर्छन्।
कम्यूनले यस व्यवस्थालाई बदलिदियो। कम्यून स्वयं एक कार्यकारी संस्था (working body) थियो, कुनै ‘गफ गर्ने अखडा’ (talking shop) होइन। उसले एउटै समयमा कानून बनाउँथ्यो र त्यसलाई कार्यान्वयन पनि गर्थ्यो। प्रतिनिधिहरूलाई केवल भाषण गर्नका लागि होइन, काम गर्नका लागि चुनिन्थ्यो।
लेनिनका लागि यो साँचो लोकतन्त्रको प्रतीक थियो। जहाँ जनताका प्रतिनिधिहरू केवल कुरा मात्र गर्दैनन्, बरु साँच्चिकै जनता लागि काम गर्छन् र त्यसप्रति पूर्ण रूपमा उत्तरदायी हुन्छन्।
पेरिस कम्यूनबाट लेनिनले के सिके?
उनले सिकेको सबैभन्दा प्रमुख कुरा मजदुर वर्गको क्रान्ति कस्तो देखिनुपर्छ भन्ने नै हो। पहिलो, पुरानो सेना र प्रहरीलाई समाप्त गर र त्यसको सट्टा जनतालाई सशस्त्र तुल्याउ। दोस्रो, सम्पूर्ण नोकरशाहीलाई समाप्त गर। सबै अधिकारीहरूलाई चुन्ने र उनीहरूलाई फिर्ता बोलाउने अधिकार जनतालाई देऊ। तेस्रो, कुनै पनि अधिकारीको तलब मजदुरको तलबभन्दा बढी नहोस्। र चौथो, संसदवादको सट्टा एउटा यस्तो कार्यकारी संस्था बनाउ, जसले कानुन बनाओस् र त्यसलाई कार्यान्वयन पनि गराओस्।
यही हो ध्वस्त भएको राज्यको सट्टा बन्ने नयाँ मजदुरहरूको शासनको खाका। यही हो त्यो संरचना, जसलाई लेनिनले सर्वहारा वर्गको अधिनायकत्व भन्छन्। अर्थात् बहुसंख्यक गरीबहरूको शासन। तर अब प्रश्न उठ्छ– मजदुरहरूको शासन हुने यो नयाँ शासनको अन्तिम लक्ष्य के हुनेछ? के यो सधैंका लागि अस्तित्वमा रहिरहन्छ वा यसको पनि कुनै अन्त हुन्छ?
लेनिनका अनुसार यसको पनि अन्त हुन्छ, र त्यो अन्त कुनै क्रान्तिबाट होइन, बरु एउटा अचम्मैको प्रक्रियाबाट हुन्छ। त्यो प्रक्रिया के हो? कसरी एउटा शासन आफैं आफैं समाप्त हुन सक्छ?
एउटा नयाँ शासन: सर्वहारा वर्गको अधिनाकत्वको वास्तविक अर्थ
अधिनायकत्व भन्ने शब्दले हामीलाई एक किसिमको डर पैदा गराउँछ । संसारका धनीहरूको निद्रा खल्बलाइदिएको यो शब्दको प्रयोग लेनिनले अलि फरक अर्थमा गरेका थिए । पेरिस कम्यूनको शानदार उदाहरणले देखाइसकेको थियो– मजदुरहरूको शासन कस्तो देखिन सक्छ। कसरी पुरानो सेना, प्रहरी र नोकरशाहीलाई समाप्त गरेर एकदमै नयाँ जनतान्त्रिक व्यवस्था बनाउन सकिन्छ।
यहाँ लेनिनको सबैभन्दा धेरै भ्रम र डर फैलाइएको विचारबारे गहिरिएर चर्चा गर्नेछौं । त्यो हो– सर्वहारा वर्गको अधिनायकत्व वा डिक्टेटरशिप अफ द प्रोलिटेरियट।
जब हामी अधिनायक्तव भन्ने शब्द सुन्छौं, हाम्रो दिमागमा निर्दयतापूर्वक शासन गर्ने हिटलर, मुसोलिनी वा कुनै सैनिक जनरलको तस्वीर आउँछ। तर लेनिन जब यो शब्द प्रयोग गर्छन्, उनको मतलब त्यसबाट बिल्कुलै फरक हुन्छ।
यसलाई बुझ्न हामी फेरि राज्य (state) को परिभाषामा फर्किनु पर्छ। हामीले बुझिसकेका छौं– कुनै पनि शासन, चाहे त्यो राजतन्त्र हो वा लोकतन्त्र, वास्तवमा एउटै कुरा हो - एउटा वर्गको तानाशाही अर्को वर्गमाथि।
लेनिन भन्छन्, हामीले हामी पूँजीवादी लोकतन्त्र भन्ने गरेको शासन पनि एउटा तानाशाही हो। यो पूँजीपति वर्गको अधिनायकत्व हो - डिक्टेटरशिप अफ द बुर्जुवाजी ।
यो कुरा सुन्दा हामीलाई अचम्म पर्न लाग्न सक्छ। तपाईं भन्न सक्नुहुन्छ - तर हामी त भोट दिन्छौं, हामीसँग स्वतन्त्रता छ। अनि यो कसरी अधिनायकत्व भयो?
लेनिनको तर्क छ - यो स्वतन्त्रता र लोकतन्त्र केवल देखावटी हो, एउटा खोल मात्र। यस खोलको भित्री भागमा शासन मुट्ठीभर पूँजीपति र धनीहरूको मात्र चल्छ। उनीहरूको नै मिडिया माथि नियन्त्रण हुन्छ। उनीहरू नै चुनावमा पैसा हालेर आफ्ना मनपर्ने पार्टी र व्यक्तिलाई जिताउँछन्, अनि कानूनहरू पनि उनीहरूको हितमा बनाइन्छ।
सत्ता, सम्पत्ति र विशेष अधिकार खोसिएकाहरु, आफ्नो लुटको स्वर्ग ध्वंश भएकाहरु चुपचाप त बस्दैनन्। उनीहरूले हजार तरिकाले क्रान्तिलाई उल्ट्याउने प्रयास गर्नेछन्, जवाफी आक्रमण गर्नेछन्। देशभित्र र बाहिरबाट षड्यन्त्र गर्नेछन्। सर्वहारा वर्गको अधिनायकत्व यही जवाफी आक्रमणलाई रोक्नका लागि एउटा जरुरी उपकरण हो।
यो व्यवस्था विशाल बहुसंख्यक गरीब र मजदुर जनतामाथि मुट्ठीभर धनी, अल्पसंख्यकहरूको तानाशाही हो। फरक के छ भने यो तानाशाही बन्दुक र गोलीले मात्र होइन, बरु पैसा, मिडिया र कानुनी चालबाजीमार्फत चलाइन्छ। यो एउटा लुकेको, चतुर तानाशाही हो।
लेनिनले अघि सारेको सर्वहारा वर्गको अधिनायकत्वको विचार ठीक यसको उल्टो हो। यो इतिहासमा पहिलो पटक बहुसंख्यकहरूको तानाशाही अल्पसंख्यकहरू माथि हुनेछ। अर्थात विशाल मजदुर वर्ग र गरीब किसानहरूको सत्ता मुट्ठीभर पुराना शोषकहरू, पूँजीपतिहरू, जमिन्दारहरू माथि हुनेछ।
यसको मुख्य काम क्रान्तिपछि बाँकी रहेका पूँजीपति वर्गको प्रतिरोधलाई कुचल्नु हुनेछ । किनभने सत्ता, सम्पत्ति र विशेष अधिकार खोसिएकाहरु, आफ्नो लुटको स्वर्ग ध्वंश भएकाहरु चुपचाप त बस्दैनन्। उनीहरूले हजार तरिकाले क्रान्तिलाई उल्ट्याउने प्रयास गर्नेछन्, जवाफी आक्रमण गर्नेछन्। देशभित्र र बाहिरबाट षड्यन्त्र गर्नेछन्। सर्वहारा वर्गको अधिनायकत्व यही जवाफी आक्रमणलाई रोक्नका लागि एउटा जरुरी उपकरण हो।
यो एक किसिमको आपतकालीन शासन हो, जसले क्रान्तिलाई बचाउने र समाजलाई नयाँ बाटोमा लैजाने काम गर्छ। तर लेनिन स्पष्ट पार्छन् कि यो अधिनायकत्व केवल प्रतिक्रान्तिलाई निस्तेज गर्नका लागि मात्र हुने छैन, बरु यो इतिहासको सबैभन्दा व्यापक र साँचो लोकतन्त्र पनि हुनेछ।
सर्वहारा वर्गको अधिनायकत्वको अर्थ हो– शोषकहरूको लागि दमन तर शोषितहरूको लागि अभूतपूर्व लोकतन्त्र। गरीबहरू र मजदुरहरूले पहिलो पटक साँच्चै महसुस गर्नेछन् कि सरकार उनीहरूको हो, देश उनीहरूको हो र उनीहरू आफ्नै भाग्यका मालिक हुन्।
यो शासनले जहाँ मुट्ठीभर चुसीखानेहरूको दमन गर्नेछ, त्यहीँ यो विशाल बहुसंख्यक शोषित जनतालाई पहिलो पटक वास्तविक लोकतन्त्र र स्वतन्त्रता दिनेछ। पेरिस कम्युनलाई स्मरण गर्नोस् त त्यहाँ के भयो थियो? सबै अधिकारीहरूको चुनाव, तिनीहरूलाई फिर्ता बोलाउने अधिकार, सबैलाई मजदुर बराबरको तलब, जनताको सशस्त्रीकरण-यो सबै के थियो? यो लोकतन्त्रको त्यो स्तर थियो जुन कुनै पनि पूँजीवादी देशले कहिल्यै हासिल गर्न सकेन।
सर्वहारा वर्गको अधिनायकत्वको अर्थ हो– शोषकहरूको लागि दमन तर शोषितहरूको लागि अभूतपूर्व लोकतन्त्र। गरीबहरू र मजदुरहरूले पहिलो पटक साँच्चै महसुस गर्नेछन् कि सरकार उनीहरूको हो, देश उनीहरूको हो र उनीहरू आफ्नै भाग्यका मालिक हुन्। उनीहरूले आफ्नो कुरा भन्न, संगठित हुन र शासनमा सिधै भाग लिन पाउने स्वतन्त्रता पाउनेछन्, जुन पूँजीवादमा केवल कागजमा मात्र हुन्छ।
लेनिनका लागि सर्वहारा वर्गको अधिनायकत्व कुनै विशेष प्रकारको सरकार, जस्तै राष्ट्रपति शासन वा संसदीय प्रणाली होइन। बरु यो एउटा ऐतिहासिक कालको नाम हो। यो त्यो समय हो, जो पूँजीवादको अन्त्यसँग सुरु हुन्छ र साम्यवादको स्थापनासम्म चल्छ। यो एउटा संक्रमण काल हो। एउटा पुल हो, जसले वर्ग आधारित समाजबाट वर्गविहीन समाजतर्फ लैजान्छ।
यस अवधिमा मजदुर वर्गले आफ्नो शासनको प्रयोग उत्पादनका सबै साधनहरू- कारखाना, जमिन, खानीहरुलाई बिस्तारै सम्पूर्ण समाजको सम्पत्ति बनाउनका लागि गर्छन्। यसको लक्ष्य निजी सम्पत्तिको अन्त्य गर्नु र कसैले कसैको शोषण गर्न नसक्ने खालको समाजवादी व्यवस्था निर्माण गर्नु हो । यो लामो र कठिन संघर्ष हो, र यही संघर्षलाई सफलतापूर्वक अघि बढाउन सर्वहारा वर्गको अधिनायकत्व आवश्यक हुन्छ।
त्यसैले, सर्वहारा वर्गको अधिनायकत्वको वास्तविक अर्थ बहुसंख्यकहरूको शासन अल्पसंख्यकहरू माथि हो। यसको अर्थ हो शोषकहरूको लागि तानाशाही तर शोषितहरूको लागि साँचो लोकतन्त्र। यसको अर्थ हो अस्थायी संक्रमणकालीन शासन जसको एक मात्र लक्ष्य हो त्यस्तो समाज निर्माण गर्नु जहाँ कुनै शासनको नै आवश्यकता नहोस्।
यो त्यो पुल हो जसलाई पार गरेर मात्र मानवता शोषण र दमनको दुनियाँबाट निस्केर साँचो स्वतन्त्रताको दुनियाँमा कदम राख्न सक्छ। मजदुर र गरीबहरूको लागि हुने यो लोकतन्त्र पूँजीवादी लोकतन्त्रभन्दा कत्तिको भिन्न हुनेछ? के यसमा पनि चुनाव हुनेछन्? पार्टीहरू हुनेछन्? विरोध गर्ने स्वतन्त्रता हुने छ?
यी प्रश्नहरूले हामी अहिलेसम्म सत्य ठान्दै आएका लोकतन्त्रको त्यो परिभाषाबारे सोच्न बाध्य पार्नेछ । लेनिनले हामीलाई देखाउनेछन् कि कसरी लोकतन्त्रको अर्थ पनि वर्ग संघर्षभन्दा पर छैन।
लोकतन्त्र कसका लागि?
लेनिनले हामीलाई एउटा निकै तीक्ष्ण र असहज बनाउने प्रश्न सोध्छन्– लोकतन्त्र कसका लागि? के लोकतन्त्रको कुनै एउटै सार्वभौमिक अर्थ हुन्छ ? अथवा यसको अर्थ पनि तपाईं समाजको कुन वर्गबाट आउनु भएको छ भन्ने कुरामा निर्भर गर्छ?
सामान्यतया हामी लोकतन्त्र भनेको सबैका लागि स्वतन्त्रता र समानता हो भन्ने मान्छौं । तर लेनिन भन्छन्– यो त ठूलो छल हो। जबसम्म समाज वर्गहरूमा विभाजित छ, तबसम्म शुद्ध लोकतन्त्र वा सबैका लागि लोकतन्त्र भन्ने कुनै कुरा हुनै सक्दैन। हरेक लोकतन्त्र एउटा वर्गीय लोकतन्त्र, क्लास डेमोक्रेसी हुन्छ।
तपाईंलाई मत दिने अधिकार छ। तर चुनाव कसले जित्छ? जसको हातमा सबैभन्दा धेरै पैसा, मिडियाको शक्ति र संगठनात्मक सामर्थ्य हुन्छ, उसले जित्छ। एउटा सामान्य मजदुर वा गरिब किसानले के कहिल्यै विशाल उद्योगपति विरुद्ध चुनाव जित्ने कल्पना गर्न सक्छ?
आउनुहोस्, पहिले पूँजीवादी लोकतन्त्रलाई हेरौं । यस लोकतन्त्रमा हामीलाई हाम्रो हातमा मत दिने अधिकार छ भनिन्छ । आफ्ना विचार व्यक्त गर्ने स्वतन्त्रता पनि छ। जसले पनि चुनाव लड्न सक्छ, र कानुनको नजरमा सबै बराबरी छन्। सुन्दा यो निकै राम्रो लाग्छ।
तर लेनिन भन्छन्– यसको वास्तविकता हेर। हो, तपाईंलाई मत दिने अधिकार छ। तर चुनाव कसले जित्छ? जसको हातमा सबैभन्दा धेरै पैसा, मिडियाको शक्ति र संगठनात्मक सामर्थ्य हुन्छ, उसले जित्छ। एउटा सामान्य मजदुर वा गरिब किसानले के कहिल्यै विशाल उद्योगपति विरुद्ध चुनाव जित्ने कल्पना गर्न सक्छ?
तपाईंसँग आफ्नो विचार व्यक्त गर्ने स्वतन्त्रता छ। तर तपाईंको आवाज कति मानिसले सुन्नेछन्? अर्कोतर्फ, एउटा विशाल मिडिया हाउसको मालिकले आफ्नो विचार लाखौं मानिसहरूसम्म पुर्याउन सक्छ र जनमतलाई प्रभावित गर्न सक्छ। तपाईंलाई संगठन बनाउन स्वतन्त्रता छ। तर जब मजदुरहरूले आफ्ना यूनियन बनाउँछन्, उनीहरूले प्रायः कति ठूलो कठिनाइको सामना गर्नुपर्छ?
पुँजीवादी लोकतन्त्रले गरिबहरूलाई उनीहरू पनि शासक हुन् भ्रम दिन्छ तर वास्तविक सत्ता भने पर्दापछाडिबाट अरू कसैले चलाइरहेको हुन्छ।
लेनिनको तर्कमा पूँजीवादी लोकतन्त्र वास्तवमा धनीहरूको लागि लोकतन्त्र हो। यो यस्तो व्यवस्था हो जसले औपचारिक रूपमा त सबैलाई बराबरीको अधिकार दिन्छ, तर वास्तवमा सबै शक्ति र स्रोतहरू मुट्ठीभर पूँजीपति वर्गको हातमा केन्द्रित राख्छ। यो लोकतन्त्रको एक संकीर्ण र झूटो रूप हो।
यसले गरिबहरूलाई उनीहरू पनि शासक हुन् भ्रम दिन्छ तर वास्तविक सत्ता भने पर्दापछाडिबाट अरू कसैले चलाइरहेको हुन्छ। फ्रेडरिक एङ्गेल्सले यसलाई निकै राम्रोसँग बुझाएका थिए। उनले भनेका थिए, लोकतान्त्रिक गणतन्त्रमा धनले आफ्नो शक्ति अप्रत्यक्ष रूपमा प्रयोग गर्छ तर त्यति नै निश्चित रूपमा उसले सिधै अधिकारीहरूलाई किन्छ, वा सरकार र स्टक एक्सचेञ्जबीच गठबन्धन बनाउँछ। नतिजा के हुन्छ भने, शोषित वर्गलाई हरेक केही वर्षमा एकपटक मात्र शासक वर्गको कुन प्रतिनिधि संसदमा गएर उनीहरूको दमन गर्नेछ भनेर चुन्ने अधिकार दिइन्छ ।
अब यसको तुलना त्यस्तो लोकतन्त्रसँग गरौं, जसको कुरा लेनिनले सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत गरेका छन्। त्यो गरिबहरूको लागि लोकतन्त्र हुनेछ। यसको अर्थ के हो? यसको अर्थ हो, पहिलो पटक लोकतन्त्रका संस्थाहरू विशाल बहुसंख्यक जनताको हितमा प्रयोग गरिनेछन्।
पेरिस कम्यूनका उपाय सम्झनुस्। मजदुर बराबर तलब, अधिकारीलाई फिर्ता बोलाउने अधिकार, स्थायी सेनाको सट्टा सशस्त्र जनता। यी सबै उपायहरूले लोकतन्त्रलाई महल र संसदबाट निकालेर सामान्य मानिसको गल्ली, टोल र कारखानासम्म ल्याइदिन्छ।
यहाँ लोकतन्त्रको अर्थ केवल मत दिनु मात्र होइन, शासनमा दैनिक प्रत्यक्ष सहभागिता पनि हो। लेनिन भन्छन्, पूँजीवाद अन्तर्गत लाखौं अवरोधका कारण गरिबहरूलाई राजनीति र लोकतन्त्रबाट टाढा राखिन्छ। तर सर्वहारा लोकतन्त्रले यी सबै अवरोधहरू समाप्त गर्नेछ।
नयाँ लोकतन्त्रमा पहिलो पटक जनताले साँच्चिकै आफ्ना प्रतिनिधिलाई नियन्त्रण गर्न सक्नेछ। यदि कुनै प्रतिनिधिले जनताको इच्छाविपरीत काम गर्यो भने, जनताले अर्को चुनाव कुर्नु पर्दैन। उसलाई तत्काल फिर्ता बोलाउन सकिन्छ।
यसले छापाखाना र कागज पूँजीपतिहरूबाट खोसी जनतालाई दिनेछ, ताकि उनीहरूले आफ्ना पत्रिका निकाल्न सकून्। यसले ऐशोआरामका भवनहरू धनीहरूबाट खोसी मजदुरका संगठनलाई दिनेछ, ताकि उनीहरूले आफ्ना बैठक गर्न सकून्।
यस नयाँ लोकतन्त्रमा पहिलो पटक जनताले साँच्चिकै आफ्ना प्रतिनिधिलाई नियन्त्रण गर्न सक्नेछ। यदि कुनै प्रतिनिधिले जनताको इच्छाविपरीत काम गर्यो भने, जनताले अर्को चुनाव कुर्नु पर्दैन। उसलाई तत्काल फिर्ता बोलाउन सकिन्छ।
नोकरशाही, जो आज सामान्य मानिसको लागि एक डरलाग्दो रहस्य हो, त्यो सरल र पारदर्शी हुनेछ । कुनै पनि सामान्य मजदुरले प्रशासनिक काम सिक्न र गर्न सक्नेछ।
यो लोकतन्त्रको विस्तार हो। यस्तो विस्तार जसलाई इतिहासले पहिले कहिल्यै देखेको छैन।
तपाईं एउटै समयमा बाघ र हरिण दुवैलाई स्वतन्त्रता दिन सक्नु हुन्न। तपाईंले हरिणको रक्षा गर्नुपर्ने हो भने बाघलाई नियन्त्रणमा राख्नैपर्छ।
तर हो, यस लोकतन्त्रमा एउटा उल्लेख्य पक्ष पनि छ। यो लोकतन्त्र ती मानिसहरूका लागि हुने छैन, जो शोषक हुन्। पूँजीपति, जमिनदार र तिनका एजेन्टहरूलाई यस लोकतन्त्रबाट बाहिर राखिनेछ। तिनीहरूलाई मत दिन वा संगठन बनाउन अधिकार दिइने छैन। किन? किनभने तिनीहरूलाई यो अधिकार दिइयो भने, उनीहरूले यसको प्रयोग मजदुरहरूको शासनलाई उखेल्न र आफ्नो पुरानो शोषणकारी व्यवस्था फर्काउन गर्नेछन्।
लेनिनको तर्क स्पष्ट छ। तपाईं एउटै समयमा बाघ र हरिण दुवैलाई स्वतन्त्रता दिन सक्नु हुन्न। तपाईंले हरिणको रक्षा गर्नुपर्ने हो भने बाघलाई नियन्त्रणमा राख्नैपर्छ। यसरी लेनिनले हामीलाई लोकतन्त्रलाई नयाँ चश्माबाट हेर्न सिकाउँछन्।
उनी भन्छन्, लोकतन्त्र कुनै पवित्र वस्तु होइन। यो पनि वर्ग संघर्षको एउटा मैदान हो। प्रश्न यो होइन कि लोकतन्त्र होस् या नहोस्। प्रश्न यो हो कि लोकतन्त्र कसका लागि हो? मुट्ठीभर धनीहरूको लागि कि लाखौं गरिबहरूको लागि? पूँजीवादी लोकतन्त्र धनीहरूको लागि लोकतन्त्र हो, र गरिबहरूको लागि एउटा धोखा। तर सर्वहारा लोकतन्त्र भने गरिबहरूको लागि साँचो र व्यापक लोकतन्त्र हो, र धनीहरूको लागि तानाशाही।
मजदुरहरूको यो नयाँ शासन बनेपछि के यो सधैं रहनेछ? मार्क्सवादीहरूको अन्तिम लक्ष्य भनेको राज्यविहीन समाज हो। त्यसो भए यो नयाँ शासन अन्त्य कसरी हुनेछ? के यसलाई पनि अर्को क्रान्तिले ध्वस्त गर्नेछ वा केही अरू हुनेछ?
लेनिन भन्छन्, यो शासन विलोप भएर अन्त्य हुन्छ, "विदर अवे" हुन्छ। यो विलोप हुनु भनेको के हो? यो प्रक्रियाले कसरी काम गर्छ?
राज्यको विलोपीकरणको प्रक्रिया
समाजवादको चरण
कल्पना गर्नुस्, एउटा यस्तो संसारको जहाँ सरकारको आवश्यकता नै सकिन्छ। आउनुहोस्, त्यो बाटोको पहिलो पाइला हेरौं। अहिलेसम्म हामी एउटा आँधी जस्तै वैचारिक समुद्रबाट गुज्रिसकेका छौं। हामीले राज्यलाई ध्वस्त गर्यौं, क्रान्ति गर्यौं र एउटा नयाँ मजदुरहरूको शासन पनि कायम गर्यौं। तर, लेनिन र मार्क्सका लागि यो अन्तिम लक्ष्य होइन। यो केवल एउटा चरण हो।
तिनीहरूको अन्तिम सपना भनेको यस्तो संसार हो जहाँ कुनै राज्य, कुनै सरकार, कुनै सेना वा पुलिसको आवश्यकता नहोस्। यस्तो संसार जहाँ मानिसले मानिसमाथि शासन गरेको नहोस्। यो विचार नै यति अविश्वसनीय लाग्छ कि बुझ्न मुस्किल पर्छ। एक राज्य आफैं कसरी अन्त्य हुन्छ? यही प्रक्रियालाई मार्क्सवादीहरूले ‘राज्यको विलोपीकरण’ अर्थात् The Withering Away of the State भनेका छन्।
यो लेनिनका सबैभन्दा गहिरा र भविष्यदर्शी विचारहरूमध्ये एक हो। र यसलाई बुझ्न हामीले समाजको आर्थिक विकासका सिँढीहरू बुझ्नुपर्छ।
लेनिन भन्छन्, पूँजीवादको अन्त्यपछि आउने समाज सीधै कम्युनिस्ट समाज हुने छैन। त्यो दुई चरण हुँदै अघि बढ्नेछ। पहिलो चरण हो: समाजवाद र दोस्रो उच्च चरण हो: साम्यवाद।
अब हामी पहिलो चरण अर्थात् समाजवाद र त्यसमा कसरी राज्य विलोपीकरण हुन थाल्छ भन्नेबारे छलफल गर्नेछौं।
मजदुरहरूको मेहनतबाट नाफा कमाउने कुनै निजी मालिक हुने छैन । हरेक व्यक्ति समाजका लागि काम गर्नेछ र पूरै समाज नै उत्पादनको मालिक हुनेछ। यही नै समाजवादको आर्थिक आधार हो ।
क्रान्ति भइसकेको छ। मजदुर वर्गले सत्ता कब्जा गरिसकेको छ र सर्वहारा तानाशाही स्थापित भइसकेको छ। अब पहिलो काम के हुनेछ? पहिलो काम हुनेछ अर्थतन्त्रलाई परिवर्तन गर्ने। मजदुरहरूको शासनले उत्पादनका सबै मुख्य साधनहरू- कलकारखाना, जमीन, बैंक, खानीहरूलाई निजीको हातबाट खोस्नेछ र पूरै समाजको सम्पत्ति घोषणा गर्नेछ।
अब मजदुरहरूको मेहनतबाट नाफा कमाउने कुनै निजी मालिक हुने छैन । हरेक व्यक्ति समाजका लागि काम गर्नेछ र पूरै समाज नै उत्पादनको मालिक हुनेछ। यही नै समाजवादको आर्थिक आधार हो ।
यस चरणमा वर्गहरू भने अझै पूर्ण रूपमा अन्त्य भएका हुँदैनन्। पुरानो पूँजीपति वर्ग अझै पनि अस्तित्वमा हुन्छ, यद्यपि सत्ताबाट बेदखल भइसकेको हुन्छ। त्यसैले अझै पनि राज्यको आवश्यकता हुन्छ। अझै पनि पुराना शोषक वर्गहरूको कुनै पनि विद्रोहलाई कुचल्न र नयाँ समाजवादी अर्थतन्त्रलाई व्यवस्थित गर्न सर्वहारावर्गको अधिनायकत्व आवश्यक हुन्छ।
त्यसैले यस पहिलो चरणमा राज्य अन्त्य हुँदैन, बरु मजदुर वर्गको हातमा एउटा शक्तिशाली औजार बनेर रहन्छ। तर यही चरणमा राज्य विलोपीकरणका बीउहरू पनि रोपिन्छन्।
त्यो कसरी?
सबैभन्दा महत्वपूर्ण कुरा समाजवादमा बिस्तारै राज्यको जन्म हुनुका कारणहरूलाई नै अन्त्य गरिन्छ । राज्य किन बनेको थियो? किनभने समाज वर्गहरूमा बाँडिएको थियो र निजी सम्पत्ति थियो। समाजवादले निजी सम्पत्तिलाई अन्त्य गरेर उत्पादनलाई सामाजिक बनाइदिन्छ।
पहिलो कुरा, यो बहुसंख्यकहरूको प्रतिनिधित्व गर्ने इतिहासको पहिलो राज्य हो । अघिल्ला सबै राज्यहरू मुट्ठीभर अल्पसंख्यकहरूको शासन थिए।विशाल बहुसंख्यक जनतालाई दबाउनका लागि त्यो शासनलाई एक विशाल र जटिल दमनकारी मशीनरी, सेना र पुलिसको आवश्यकता पर्थ्यो। तर बहुसंख्यक स्वयंले नै शासन गर्दा उनीहरूलाई दमनका लागि त्यति ठूलो मशीनरीको आवश्यकता हुँदैन। पुराना शोषकहरूको संख्या त धेरै कम हुन्छ। तिनीहरूलाई दबाउने काम सशस्त्र जनता मिलेर सजिलै गर्न सक्छ। यही कारणले राज्यको दमनकारी चरित्रको आवश्यकता बिस्तारै कम हुन थाल्छ।
अर्को सबैभन्दा महत्वपूर्ण कुरा समाजवादमा बिस्तारै राज्यको जन्म हुनुका कारणहरूलाई नै अन्त्य गरिन्छ । राज्य किन बनेको थियो? किनभने समाज वर्गहरूमा बाँडिएको थियो र निजी सम्पत्ति थियो। समाजवादले निजी सम्पत्तिलाई अन्त्य गरेर उत्पादनलाई सामाजिक बनाइदिन्छ। यसबाट वर्गभेदको मूलमै प्रहार हुन्छ।
यस समाजवादी चरणमा अर्को महत्वपूर्ण सिद्धान्त लागू हुन्छ, जसलाई मार्क्सले "प्रत्येक मानिसबाट उसको क्षमता अनुसार, र प्रत्येक मानिसलाई उसको काम अनुसार" (From each according to his ability, to each according to his work) भनेका थिए। यसको अर्थ हो – प्रत्येक व्यक्ति समाजका लागि आफ्नो पूर्ण क्षमतासहित काम गर्नेछ र उसलाई उसको कामको बदलामा पारिश्रमिक दिइनेछ। जसले बढी काम गर्यो वा बढी दक्षतापूर्ण काम गर्यो उसलाई बढी प्राप्त हुनेछ। हो, यो अझै पनि पूर्ण समानता होइन, किनभने प्रत्येक मानिसको क्षमता र आवश्यकताहरू फरक-फरक हुन्छन्।
यस समाजवादी चरणमा अर्को महत्वपूर्ण सिद्धान्त लागू हुन्छ, जसलाई मार्क्सले "प्रत्येक मानिसबाट उसको क्षमता अनुसार, र प्रत्येक मानिसलाई उसको काम अनुसार" (From each according to his ability, to each according to his work) भनेका थिए।
लेनिनले यसलाई पूँजीवादी अधिकार (rights) को अवशेष (residues) भनेका छन्, जुन अझै पनि समाजमा विद्यमान छन्। तर यो शोषणमा आधारित हुँदैन। कुनै पनि व्यक्ति अर्काको मेहनत लुटेर धनी बन्न सक्दैन। सबै जना श्रमिक नै हुन्छन्, जो समाजरूपी विशाल कारखानामा काम गरिरहेका हुन्छन्।
यस व्यवस्थालाई सञ्चालन गर्न, र कसले कति काम गर्यो र उसलाई कति पाउनुपर्छ भन्ने हिसाब राख्नका लागि अझै पनि राज्यजस्तो एउटा तन्त्रको आवश्यकता हुन्छ। तर यो राज्य अब बिस्तारै शासनको संस्था (institution of rule) बाट प्रशासनको संस्था (institution of administration) मा परिणत भइरहेको हुन्छ। यसको काम मानिसहरूमाथि हुकुम चलाउने होइन, बरु अर्थतन्त्रको व्यवस्थापन गर्ने हो।
यो प्रक्रिया सुरु भइसक्दा पनि राज्य अझै विद्यमान हुन्छ तर यो बदलिँदै जान्छ। यो अब केवल एउटा दमनकारी यन्त्र मात्र हुँदैन। वर्गहरू बिस्तारै समाप्त भइरहँदा दमनको आवश्यकता पनि कम हुँदै जान्छ। लोकतन्त्रको विस्तार भइरहँदा आम जनता शासनमा सहभागी भइरहेका हुन्छन्। विशेष नोकरशाहीको आवश्यकता पनि कम हुँदै जान्छ।
राज्य क्रमिक रुपमा विलोप हुँदै गएको छ, किनभने जुन सामाजिक रोगहरू अर्थात् वर्गभेद र शोषणको उपचारका लागि यो बनेको थियो, ती रोगहरू नै अब अन्त्य हुँदैछन्। तर यो विलोपीकरणको प्रक्रिया अझै पूर्ण भएको छैन।
राज्यले अब मानिसहरूमाथि शासन गर्नेभन्दा पनि वस्तुहरूको प्रशासन गर्न थालिसकेको हुन्छ। यो ठीक त्यसै जस्तो हो, जस्तै एउटा अर्केस्ट्रा (orchestra) मा एउटा कन्डक्टर (conductor) हुन्छ। उसको काम अरू संगीतकारमाथि तानाशाही गर्नु होइन, बरु सामञ्जस्यता (harmony) कायम गर्नु हो, ताकि सबै मिलेर एउटा सुन्दर धुन सिर्जना गर्न सकून्। समाजवादी राज्य पनि बिस्तारै त्यही कन्डक्टरको भूमिकामा आइपुग्छ।
राज्य क्रमिक रुपमा विलोप हुँदै गएको छ, किनभने जुन सामाजिक रोगहरू अर्थात् वर्गभेद र शोषणको उपचारका लागि यो बनेको थियो, ती रोगहरू नै अब अन्त्य हुँदैछन्। तर यो विलोपीकरणको प्रक्रिया अझै पूर्ण भएको छैन। अझै पनि समाजमा केही असमानता छ। अझै पनि मानिसहरूमा पुराना स्वार्थका बानीहरू बाँकी छन्। अझै पनि "मेरो" र "तेरो" भन्ने भाव पूर्णरूपमा समाप्त भएको छैन।
यी कुराहरु अस्तित्वमा रहेसम्म राज्य पूर्णरूपमा विलोप हुन सक्दैन। त्यसो भए त्यो दिन कहिले आउनेछ? त्यो कुन बिन्दु हुनेछ, जब राज्यको कुनै आवश्यकता नै रहने छैन?
यो तब हुनेछ, जब समाजवाद विकसित हुँदै आफ्नो उच्च चरण, अर्थात् साम्यवाद (communism) मा प्रवेश गर्नेछ। त्यो साम्यवादी समाज कस्तो हुनेछ? त्यहाँ जीवन कस्तो हुनेछ? र त्यहाँ राज्यको अन्तिम अवशेष पनि कसरी हराउनेछ?
यही हो मानवताले हासिल गर्नुपर्ने अन्तिम लक्ष्यको तस्विर, जुन लेनिनले हाम्रो सामु प्रस्तुत गरेका छन्।
राज्यको विलोपीकरण प्रक्रिया
साम्यवादको संसार
एक यस्तो संसार जहाँ न कुनै सरकार हुन्छ, न पुलिस, न कानुन-केवल स्वतन्त्रता। के यो सम्भव छ?
समाजवादको चरणमा राज्यको विलोपीकरणको प्रक्रिया सुरु हुन्छ। त्यो एउटा संक्रमणकाल हो, एउटा पुल हो। हामी त्यो पुल पार गरेर गन्तव्यमा पुग्न थाल्दा साम्यवादको उच्च चरणको शुरुवात हुन्छ । त्यो चरणमा जहाँ राज्य पूर्णरूपमा विलोप हुन्छ ।
यो मार्क्सवादी विचारको शिखर हो, मानवताको अन्तिम लक्ष्य। यो एउटा यस्तो संसारको कल्पना हो, जुन हामीलाई युटोपिया (utopia) वा स्वप्नलोकजस्तो लाग्न सक्छ। तर लेनिनका लागि यो समाजको वैज्ञानिक विकासको तार्किक परिणाम हो।
ती कुन परिस्थितिहरू हुनेछन् जब राज्यको आवश्यकता सधैँका लागि अन्त्य हुन्छ? लेनिन भन्छन्, यस्तो तब हुनेछ जब समाजले केही शर्तहरू पूरा गर्नेछ।
विज्ञान र प्रविधि (technology) यति अगाडि बढ्नेछ कि समाजमा सबै वस्तुहरूको प्रचुरता हुनेछ। कुनै पनि कुराको कमी हुनेछैन। भोजन, लत्ताकपडा, आवास, शिक्षा, स्वास्थ्य- सबै कुरा यति प्रचुर मात्रामा मात्रामा उपलब्ध हुनेछ कि त्यसका लागि कुनै संघर्ष नै हुनेछैन।
पहिली र सबैभन्दा जरुरी शर्त हो- उत्पादन शक्तिहरूको अभूतपूर्व विकास। यसको अर्थ हो कि विज्ञान र प्रविधि (technology) यति अगाडि बढ्नेछ कि समाजमा सबै वस्तुहरूको प्रचुरता हुनेछ। कुनै पनि कुराको कमी हुनेछैन। भोजन, लत्ताकपडा, आवास, शिक्षा, स्वास्थ्य- सबै कुरा यति प्रचुर मात्रामा मात्रामा उपलब्ध हुनेछ कि त्यसका लागि कुनै संघर्ष नै हुनेछैन।
काम जीवनको पहिलो आवश्यकता बन्नेछ। काम एउटा बानी बन्नेछ। मानिसले काम गर्नेछन् किनभने काममा नै आनन्द पाइनेछ।
दोस्री शर्त हो- श्रमप्रति मानिसहरूको दृष्टिकोण बदलिनु। आज हामी किन काम गर्छौं? प्रायः मानिसले पैसाका लागि, आवश्यकता पूरा गर्नका लागि काम गर्छन्। काम हामीलाई एउटा बोझ लाग्छ, अनि एउटा बाध्यता पनि। तर कम्युनिस्ट समाजमा, जहाँ हरेक मानिसको आवश्यकता सहजै पूरा भइरहेको छ, काम अब बाध्यता रहने छैन।
काम जीवनको पहिलो आवश्यकता बन्नेछ। काम एउटा बानी बन्नेछ। मानिसले काम गर्नेछन् किनभने काममा नै आनन्द पाइनेछ। आफ्नी सिर्जनात्मकता (creativity) व्यक्त गर्ने मौका पाइनेछ। समाजमा योगदान दिएर सन्तोष पाइनेछ। ठीक त्यसरी नै जस्तै आज हामी आफ्ना रुचि (hobby) का लागि काम गर्छौं- कोही चित्र कोर्छ, कोही संगीत सिर्जना गर्छ तर त्यो कुनै कुनै बाहिरी दबाबबिनै, केवल आफ्नै आनन्दका लागि हुन्छ।जब काम बोझको सट्टा आनन्द बन्नेछ, तब कसैलाई काममा धकेल्न निगरानी वा नियन्त्रणको आवश्यकता रहने छैन।
तेस्रो र सबैभन्दा महत्वपूर्ण शर्त हो- मानिस र मानिसबीचका, र मानिस र समाजबीचका सबै विरोधहरूको अन्त्य। वर्गहरू समाप्त भइसकेका हुन्छन्। सहर र गाउँबीचको भिन्नता हराइसकेको हुन्छ। मानसिक र शारीरिक श्रमबीचको भिन्नता अन्त्य भइसकेको हुन्छ। मानिसहरूभित्रको स्वार्थ, लोभ र अपराध गर्ने प्रवृत्ति नै हराइसकेको हुन्छ।
अपराध किन जन्मिन्छ? प्रायः अपराध गरिबी, असमानता र आवश्यकताको कारणले जन्मिन्छ। जब समाजमा गरिब नै रहने छैन, हरेक मानिसको हरेक आवश्यकता पूरा हुँदैछ, तब चोरी किन गर्ने? जब शोषण नै रहने छैन, तब रिस र हिंसा किन हुने?
लेनिन भन्छन् कि मानिसहरू बिस्तारै समाजमा सँगै बस्ने सरल बुनियादी नियमहरूको पालना गर्न अभ्यस्त हुनेछन्। कुनै जबरजस्तीबिनै, कुनै दमनकारी तन्त्रबिनै।
राज्य आफ्ना सबै रूपहरूमा- सेना, पुलिस, अदालत, जेल, नोकरशाही-पूर्णत: अप्रासंगिक (irrelevant) हुनेछ। त्यसको कुनै भूमिका नै बाँकी रहने छैन। र जुन वस्तु अप्रासंगिक हुन्छ, त्यो बिस्तारै आफैं हराउँछ। ठीक त्यसैगरी जस्तै ओइलाएको फूल हाँगाबाट आफैं झर्छ।
जब यी तीनै शर्तहरू पूरा हुन्छन्- वस्तुहरूको प्रचुरता, काम आनन्ददायक बन्नु, र सामाजिक व्यवहार स्वाभाविक बन्नु । त्यसपछि राज्यको कुनै आवश्यकता नै बाँकी रहने छैन।
राज्य आफ्ना सबै रूपहरूमा- सेना, पुलिस, अदालत, जेल, नोकरशाही-पूर्णत: अप्रासंगिक (irrelevant) हुनेछ। त्यसको कुनै भूमिका नै बाँकी रहने छैन। र जुन वस्तु अप्रासंगिक हुन्छ, त्यो बिस्तारै आफैं हराउँछ। ठीक त्यसैगरी जस्तै ओइलाएको फूल हाँगाबाट आफैं झर्छ।
यसलाई कुनै क्रान्तिले ध्वस्त पार्नु पर्ने हुँदैन। यो आफैं विलोप भएर इतिहासको संग्रहालयमा पुग्नेछ- हाते चर्खा र काँसका भालासँगै, यस कुराको प्रमाणका रूपमा कि कहिल्यै मानव समाजमा यस्तो पनि केही थियो।
यहीँ कम्युनिस्ट समाजको उच्च चरणमा मार्क्सको त्यो प्रसिद्ध सिद्धान्त लागू हुनेछ-"प्रत्येक मानिसबाट उसको क्षमता अनुसार, प्रत्येक मानिसलाई उसको आवश्यकता अनुसार" (From each according to his ability, to each according to his needs)।
समाजवादमा के थियो? कामअनुसार पारिश्रमिक। तर कम्युनिज्ममा तपाईं समाजलाई आफ्नो क्षमताअनुसार योगदान दिनुहुन्छ र समाजबाट आफ्नो आवश्यकताअनुसार लिनुहुन्छ।
त्यहाँ कुनै हिसाब-किताब हुने छैन। तपाईं सुपरमार्केटमा जानुहुनेछ र तपाईंलाई जुन वस्तुको आवश्यकता छ, त्यो लिनुहुनेछ। कुनै बिलिङ काउन्टर हुनेछैन।
यो कल्पना एउटा सुन्दर सपना जस्तै होइन त ? एउटा यस्तो संसार जहाँ कसैले कसैलाई शासन गर्दैन। जहाँ कोही धनी वा गरिब छैन। जहाँ डर, लोभ र हिंसाको कुनै स्थान छैन। जहाँ मानव आफ्नो सम्पूर्ण सिर्जनात्मक क्षमतासहित बाँच्न सक्छ।
किन? किनकि त्यहाँ प्रत्येक कुरा प्रचुर मात्रामा छ र प्रत्येकलाई थाहा छ कि उसले आफूलाई आवश्यकता पर्ने परिमाणमा मात्र लिनेछ। किनकि उसलाई थाहा छ कि भोलि पनि त्यो कुरा त्यहाँ विद्यमान रहनेछ। यो आपसी विश्वास र सामाजिक चेतनाको सर्वोच्च स्तर हो। यो कल्पना एउटा सुन्दर सपना जस्तै होइन त ? एउटा यस्तो संसार जहाँ कसैले कसैलाई शासन गर्दैन। जहाँ कोही धनी वा गरिब छैन। जहाँ डर, लोभ र हिंसाको कुनै स्थान छैन। जहाँ मानव आफ्नो सम्पूर्ण सिर्जनात्मक क्षमतासहित बाँच्न सक्छ। यही हो अन्तिम लक्ष्य जसका लागि लेनिनका अनुसार सबै क्रान्तिहरू र सबै संघर्षहरू छन्। यो बाटो लामो छ, कठिन छ। यसमा संक्रमणका चरणहरू छन्। समाजवाद छ, सर्वहारा (proletariat) को तानाशाही छ। तर गन्तव्य यही हो- एक राज्यविहीन, वर्गविहीन साम्यवादी समाज।
तर लेनिन केवल सपना देख्ने विचारक मात्र थिएनन्। उनी यथार्थवादी क्रान्तिकारी थिए। उनी जान्दथे कि यस लक्ष्यसम्म पुग्ने बाटोमा धेरै भ्रमहरू र भटकावटहरू पनि छन्। त्यस्तै एउटा भटकाव थियो– अराजकतावाद (anarchism)। अराजकतावादीहरू पनि राज्यविहीन समाज चाहन्थे। तर उनीहरूको बाटो लेनिनको बाटोभन्दा बिल्कुल फरक थियो। त्यो के फरक थियो? र लेनिन अराजकतावादीहरूको आलोचना किन गर्थे?
मार्क्सवाद बनाम अराजकतावाद
गन्तव्य एउटै, बाटो अलग। दुवै राज्यलाई समाप्त गर्न चाहन्छन्, त्यसो भए दुवैबीच विवाद किन? त्यसको लागि देखिएको स्पष्ट बाटो हो- पूँजीवादी राज्यलाई क्रान्तिद्वारा ध्वस्त गर्नु, त्यसपछि एउटा अस्थायी मजदुरहरूको राज्य अर्थात् सर्वहारा (proletariat) को तानाशाही स्थापना गर्नु, र त्यसपछि त्यो राज्यलाई बिस्तारै विलोपीकरण हुँदै अन्ततः समाप्त हुन दिनु ताकि एउटा राज्यविहीन साम्यवादी समाज निर्माण होस्।
तर राज्यलाई समाप्त गर्ने सपना देख्नेहरुमा केवल मार्क्सवादी मात्र थिएनन्। अर्को एउटा विचारधारा थियो जसले मार्क्सवादभन्दा अझ बढी जोडतोडका साथ राज्यलाई समाप्त गर्ने कुरा गर्थ्यो । त्यो थियो अराजकतावाद (anarchism)। अराजकतावादीहरू कुनै पनि किसिमको राज्य र सत्ताका कट्टर विरोधी थिए। उनीहरूको पनि गन्तव्य एक राज्यविहीन समाज नै थियो।
राज्यलाई समाप्त गर्ने सपना देख्नेहरुमा केवल मार्क्सवादी मात्र थिएनन्। अर्को एउटा विचारधारा थियो जसले मार्क्सवादभन्दा अझ बढी जोडतोडका साथ राज्यलाई समाप्त गर्ने कुरा गर्थ्यो ।
त्यसो भए प्रश्न उठ्छ- जब गन्तव्य एउटै थियो भने, मार्क्सवादीहरू र अराजकतावादीहरूबीच यति गहिरो मतभेद किन थियो? लेनिनले आफ्नै पुस्तकमा यस प्रश्नमाथि पनि प्रकाश पारेका छन् । सही गन्तव्यसम्म पुग्नका लागि सही बाटो अपनाउनु कति आवश्यक छ भन्ने कुरा बुझ्नु जरुरी छ । मार्क्सवादी र अराजकतावादीहरुबीचमा सबैभन्दा ठूलो र आधारभूति भिन्नता नै त्यहाँसम्म पुग्ने बाटो कुने हो भन्ने कुरामा नै थियो।
अराजकतावादी राज्यलाई तुरुन्तै समाप्त गरिदिनुपर्छ भन्ने चाहन्थे। उनीहरूको मान्यतामा क्रान्ति भएको भोलिपल्टै अर्थात् २४ घण्टाभित्र, हरेक किसिमको राज्यको पूर्ण अन्त्य हुनुपर्छ। उनीहरूका लागि कुनै पनि किसिमको राज्य, चाहे त्यो क्रान्तिको वाहक मजदुरहरूको नै किन नहोस्- एक खराबी थियो, एक दमनकारी वस्तु थियो। उनीहरू सर्वहारा (proletariat) को तानाशाहीको विचारका कठोर विरोधी थिए।
अराजकतावादी राज्यलाई तुरुन्तै समाप्त गरिदिनुपर्छ भन्ने चाहन्थे। उनीहरूको मान्यतामा कुनै पनि किसिमको राज्य, चाहे त्यो क्रान्तिको वाहक मजदुरहरूको नै किन नहोस्- एक खराबी थियो, एक दमनकारी वस्तु थियो।
उनीहरूको तर्कमा तपाईं एउटा राज्यलाई समाप्त गरेर अर्को राज्य निर्माण गर्नुहुन्छ भने त्यो नयाँ राज्य पनि उत्तिकै दमनकारी र भ्रष्ट हुनेछ। सत्ता जो कोहीको हातमा भए पनि, त्यसले मानिसलाई भ्रष्ट बनाइदिन्छ। यसैले कुनै पनि किसिमको केन्द्रीय सत्ता हुनु नै हुँदैन। समाजलाई साना-साना आत्मनिर्भर समुदायहरू वा कम्यूनहरू (communes) को एउटा ढिलो-ढालो संघको रूपमा संगठित हुनुपर्छ, जहाँ सबै निर्णय आपसी सहमतिद्वारा लिनुपर्नेछ।
यसको विपरीत, लेनिन र मार्क्सवादीहरूको तर्कमा अराजकतावादीहरूको राज्यलाई तुरुन्तै समाप्त गर्ने सपना यथार्थबाट धेरै टाढाको एउटा बालसुलभ कल्पना हो, एउटा यूटोपिया (utopia) हो। उनीहरू वास्तविकतालाई बुझ्न असफल रहन्छन् ।
लेनिन प्रश्न उठाउँछन्- ठीक छ, तपाईंले क्रान्ति गरेर पूँजीवादी राज्यलाई उखेलेर फ्याल्नुभयो। तर, पूँजीपति वर्गको शताब्दीयौँदेखि जम्मा गरेको सत्ता र सम्पत्ति तपाईंले खोस्दा के उनीहरू चुपचाप घरमै बसेर सन्तुष्ट हुनेछन्? होइन। उनीहरू आफ्ना हराएका सत्ता-विशेषाधिकारहरू पुनः प्राप्त गर्न आफ्नो सम्पूर्ण शक्तिसहित, देश भित्र र बाहिरका आफ्ना सहयोगीहरूको मद्दतमा, प्रतिआक्रमण गर्नेछन् रयस्ता संगठित, सशस्त्र र खतरनाक शत्रुको सामना तपाईं कसरी गर्नुहुन्छ? कुनै केन्द्रीय समन्वय र सैन्य कमानबिना के साना-साना छरिएका कम्यूनहरूले एउटा संगठित सेनाको सामना गर्न सक्छन्?
तपाईंले क्रान्ति गरेर पूँजीवादी राज्यलाई उखेलेर फ्याल्नुभयो। तर, पूँजीपति वर्गको शताब्दीयौँदेखि जम्मा गरेको सत्ता र सम्पत्ति तपाईंले खोस्दा के उनीहरू चुपचाप घरमै बसेर सन्तुष्ट हुनेछन्?
लेनिनको उत्तर थियो- बिल्कुलै सक्दैन। लेनिनको तर्कमा यस किसिमको प्रतिआक्रमणलाई कुचल्न र क्रान्तिको उपलब्धिहरूलाई जोगाउन मजदुर वर्गलाई एउटा संगठित केन्द्रीकृत शक्तिको आवश्यकता पर्छ । त्यो शक्ति भनेको सर्वहारा (proletariat) को अधिनायकत्व नै हो। यो मजदुरहरूको आफ्नै राज्य हो, जसले उनीहरूको रक्षा गर्नेछ।
अराजकतावादीहरू यस ऐतिहासिक आवश्यकतालाई बुझ्न अस्वीकार गर्छन्। उनीहरूले क्रान्तिपश्चात् समाप्त भइनसकेको, अझ बढी तीक्ष्ण र क्रूर बन्ने वर्ग संघर्षको सत्यतालाई बेवास्ता गर्छन्, जुन हुँदैन। यस्तो अवस्थामा राज्यलाई तुरुन्तै समाप्त गर्नु आत्महत्या गर्ने जस्तै हुनेछ।
यो भनेको खतरनाक अपरेशन लगत्तै सबै टाँका र पट्टिहरू तुरुन्तै हटाइदिऊन् भनेर चिकित्सकलाई भनेको जस्तै हो । त्यसको नतिजा के हुनेछ? घाउ फेरि बल्झनेछ र बिरामीको मृत्यु हुनेछ। सर्वहारा (proletariat) को तानाशाही ती टाँका र पट्टिहरू सरह हो, जुन घाउ निको नहुन्जेलसम्म अर्थात् पुराना शोषक वर्गहरूको प्रतिरोध पूर्ण रूपमा अन्त्य नहुन्जेलसम्म आवश्यक हुन्छ।
अराजकतावादीहरू हरेक किसिमको बहुमतको शासनलाई पनि तानाशाही मान्दथे। उनीहरू अल्पसंख्यकहरूको अधिकारमाथि धेरै बढी जोड दिन्थे र मान्दथे कि कुनै पनि अल्पसंख्यकलाई बहुमतको निर्णयलाई मान्नका लागि बाध्य तुल्याउनु हुँदैन।
दोस्रो ठूलो भिन्नता लोकतन्त्रको बुझाइलाई लिएर थियो। अराजकतावादीहरू हरेक किसिमको बहुमतको शासनलाई पनि तानाशाही मान्दथे। उनीहरू अल्पसंख्यकहरूको अधिकारमाथि धेरै बढी जोड दिन्थे र मान्दथे कि कुनै पनि अल्पसंख्यकलाई बहुमतको निर्णयलाई मान्नका लागि बाध्य तुल्याउनु हुँदैन।
लेनिनको मतमा यो पनि एउटा अव्यवहारिक विचार हो। जब तपाईं एउटा विशाल समाजलाई सञ्चालन गर्दै हुनुहुन्छ भने जटिल मामिलामा निर्णय लिनुपर्दा सर्वसम्मति सधैं सम्भव हुँदैन। त्यस्तो अवस्थामा बहुमतको निर्णयलाई मान्नु नै एकमात्र लोकतान्त्रिक तरिका हो। हो, सर्वहारा (proletariat) लोकतन्त्रमा अल्पसंख्यकहरूको अधिकारको पूरा सम्मान गरिनेछ। त्यो अल्पसंख्यक भनेको शोषित जनता भित्रकै समूहहरू हुन्, शोषकहरू होइन । तर अन्ततः निर्णय भने बहुमतबाटै हुनेछ।अराजकतावादीहरूको सर्वसम्मतिमाथिको अत्यधिक जोडले समाजलाई पंगु बनाउन सक्छ । त्यस अवस्थामा कुनै पनि एक व्यक्ति वा सानो समूहले सम्पूर्ण समाजको प्रगतिलाई रोक्न सक्छ।
संक्षेपमा भन्नुपर्दा, मार्क्सवादीहरूका अनुसार राज्य वर्गसंघर्षको उपज हो। जबसम्म वर्ग रहन्छन्, राज्य पनि रहन्छ। क्रान्तिपश्चात् एउटा अस्थायी मजदुरहरूको राज्य-सर्वहारा (proletariat) को तानाशाही-आवश्यक हुन्छ, ताकि पुरानो शासक वर्गबाट हुने प्रतिक्रान्तिका प्रयासहरुलाई दबाउन सकियोस्। जब वर्ग समाप्त हुनेछन्, तब यो राज्य आफैं विलोप भएर अन्त्य हुनेछ।
उच्च आदर्शहरू हुँदाहुँदै पनि अराजकतावादले यथार्थमा पूँजीपति वर्गलाई नै फाइदा पुर्याउँछ भन्ने लेनिनको मान्यता थियो। किनकि यसले मजदुर वर्गलाई निहत्था र असंगठित बनाइदिन्छ, जसले पूँजीपतिहरूलाई पुनः प्रतिक्रान्ति गरेर सत्तामा फर्किन सहज तुल्याइदिन्छ ।
अराजकतावादीहरूका अनुसार भने राज्य नै सबै खराबीको मूल हो। यसलाई क्रान्ति भएलगत्तै पूर्ण रूपमा समाप्त गरिनुपर्छ। कुनै पनि किसिमको राज्य, चाहे त्यो मजदुरहरूको राज्य नै किन नहोस्, एक दमनकारी यन्त्र हो।
उच्च आदर्शहरू हुँदाहुँदै पनि अराजकतावादले यथार्थमा पूँजीपति वर्गलाई नै फाइदा पुर्याउँछ भन्ने लेनिनको मान्यता थियो। किनकि यसले मजदुर वर्गलाई निहत्था र असंगठित बनाइदिन्छ, जसले पूँजीपतिहरूलाई पुनः प्रतिक्रान्ति गरेर सत्तामा फर्किन सहज तुल्याइदिन्छ । यसले मजदुरहरूलाई अनुशासन र संगठनको आवश्यकताबाट अलगथलग तुल्याइदिन्छ।
लेनिनका लागि क्रान्ति कुनै बच्चाहरूको खेल थिएन। यो एउटा गम्भीर र क्रूर वर्गयुद्ध थियो, जसलाई जित्नका लागि अनुशासन, संगठन र फलामे इच्छाशक्तिको आवश्यकता थियो । यो सबै एउटा संगठित पार्टी र मजदुरहरूको राज्यबिना सम्भव थिएन।
तर लेनिनको आलोचना केवल अराजकतावादीहरूसम्म मात्र सीमित थिएन। उनको कलमको सबैभन्दा तीक्ष्ण धार त आफ्नै आन्दोलनका केही मानिसहरूतिर पनि फर्किएको थियो । लेनिनले अवसरवादी (opportunists) भन्ने गरेका ती को थिए जसले मार्क्सवादलाई विकृत गर्ने प्रयास गरेका थिए?
मार्क्सवादको भ्रस्टीकरण
अवसरवादीहरूमाथि लेनिनको प्रहार
लेनिनको समयमा सेकेण्ड इन्टरनेशनल (Second International) भनिने युरोपका समाजवादी आन्दोलनहरू भित्र धेरै यस्ता नेता र चिन्तकहरू देखा परेका थिए जसले आफूलाई मार्क्सवादी भने पनि मार्क्सका क्रान्तिकारी विचारहरूको धारलाई पूर्ण रूपमा भुत्ते बनाइदिएका थिए। लेनिनले तिनीहरूलाई अवसरवादी (opportunists) भन्थे।
ती अवसरवादीहरू पूँजीवादी समाजभित्र क्रमशः बढी सम्मानजनक र आरामदायी स्थिति हासिल गरेका समाजवादी नेताहरू थिए। तिनीहरू संसदका सदस्य बनेका थिए। ट्रेड युनियन (trade union) का ठूला अधिकारी बनेका थिए र अब तिनीहरूलाई क्रान्तिको हिंसात्मक र अनिश्चित बाटोप्रति डर लाग्न थालेको थियो। तिनीहरू मौजुदा व्यवस्था भित्रै समाहित भइसकेका थिए र यसलाई उखेलेर फ्याँक्नुको सट्टा यसकै भित्र सुधार गरेर केही साना-तिना छुट–सुविधाहरु हासिल गर्न चाहन्थे।
तिनीहरूले मार्क्सका सिद्धान्तको मर्मलाई आफ्नै हिसाबले व्याख्या गर्न थाले। तिनीहरूले मार्क्सवादबाट यसको क्रान्तिकारी आत्मा नै निकालिदिए। तिनीहरूले राज्य, क्रान्ति र सर्वहारा वर्गको तानाशाहीबारे मार्क्स र एंगेल्सका सबैभन्दा विस्फोटक र महत्वपूर्ण विचारहरूलाई या त नजरअन्दाज गरे वा पूर्ण रूपमा गलत तरिकाले प्रस्तुत गरे।
अवसरवादीहरूको मान्यतामा लोकतन्त्रको विकाससँगै राज्य क्रमशः बढी निष्पक्ष बन्दै गएको छ र मजदुर वर्गले चुनाव जितेर संसदमा बहुमत प्राप्त गरेर शान्तिपूर्ण तरिकाले सत्तामा आउन सक्छ। त्यसपछि यही विद्यमान राज्य संयन्त्र प्रयोग गरेर समाजवाद ल्याउन सकिन्छ।
राज्यको प्रश्नमा यी अवसरवादीहरू राज्य कुनै वर्गमाथि दमनको उपकरण होइन, बरु वर्गहरू बीच मेलमिलाप गराउने संस्था हो भन्ने मान्यता राख्थे। तिनीहरूको मान्यतामा लोकतन्त्रको विकाससँगै राज्य क्रमशः बढी निष्पक्ष बन्दै गएको छ र मजदुर वर्गले चुनाव जितेर संसदमा बहुमत प्राप्त गरेर शान्तिपूर्ण तरिकाले सत्तामा आउन सक्छ। त्यसपछि यही विद्यमान राज्य संयन्त्र प्रयोग गरेर समाजवाद ल्याउन सकिन्छ।
वास्तवमा यो निक्कै खतरनाक कुरा हो। यो लेनिनको त्यही मूल सिद्धान्तको प्रत्यक्ष उल्टो हो, जसअनुसार विद्यमान राज्य संयन्त्रलाई ध्वस्त र नष्ट गर्नै पर्छ। यी अवसरवादीहरू मजदुरलाई क्रान्तिको कुनै आवश्यकता नै नरहेको झूटो विश्वास दिलाइरहेका थिए । उनीहरूलाई केवल भोट हालेर नै पनि आफ्नो मुक्ति पाउन सकिन्छ भनेर विश्वस्त तुल्याउने कोशिस गरिरहेका थिए ।
अवसरवादीहरू शान्तिपूर्ण संक्रमणका पैरवी गर्ने प्यादा बने। उनीहरूले मजदुरलाई संघर्षका लागि तयार पार्ने सट्टा पूँजीवादी व्यवस्थासँग सम्झौता गर्न र तालमेल मिलाउन सिकाइरहेका थिए।
लेनिनका लागि यो मजदुर वर्गसँग गरिएको सबैभन्दा ठूलो धोखा थियो। यो उनीहरूलाई निहत्था पारेर पूँजीपति वर्गको दयामायामा छोडिदिनु जस्तै थियो। क्रान्तिको प्रश्नमा पनि उनीहरूले यही गरे। उनीहरूले मार्क्सका लेखनबाट हिंसात्मक क्रान्तिको अनिवार्यता नै गायब गरिदिए। उनीहरू भन्न थाल्न लागे कि मार्क्सको मतलब क्रान्तिको अर्थ केवल सामाजिक हलचल (upheaval) थियो, कुनै वास्तविक गृहयुद्ध होइन। उनीहरू शान्तिपूर्ण संक्रमणका पैरवी गर्ने प्यादा बने। उनीहरूले मजदुरलाई संघर्षका लागि तयार पार्ने सट्टा पूँजीवादी व्यवस्थासँग सम्झौता गर्न र तालमेल मिलाउन सिकाइरहेका थिए।
उनीहरूले सर्वहारा वर्गको अधिनायकत्वको विचारलाई त लगभग पूरै बिर्सिदिए। यो शब्द उनीहरूलाई निकै अलोकतान्त्रिक र असहज लाग्थ्यो। यसको सट्टा उनीहरू लोकतन्त्र जस्ता सुरक्षित र गोलमोल शब्द प्रयोग गर्थे । तर उनीहरु यो कुरा गरिरहँदा उनीहरूले कुन वर्गको लोकतन्त्रको कुरा गर्दैछन्-धनीहरूको कि गरिबहरूको भन्ने बारे मौन रहन्थे ।
सबैभन्दा ठूलो विकृतिकरण उनीहरूले राज्यको विलोपीकरण (withering away of the state) को सिद्धान्तमा गरे। उनीहरूले यसलाई यसरी प्रस्तुत गरे मानौँ कुनै क्रान्ति बिना नै पूँजीवादी व्यवस्थाभित्रै राज्य बिस्तारै विलोप भएर समाप्त हुन्छ। उनीहरूले विलोपीकरणको यो प्रक्रियालाई नै क्रान्तिको विकल्प बनाए। तर लेनिनले स्पष्ट पारेका थिए- विलोपीकरण हुने त कुन राज्य हो? पूँजीवादी राज्य होइन, बरु क्रान्तिपछि बन्ने सर्वहारा राज्य। पूँजीवादी राज्य त आफैं विलोप हुँदैन, त्यसलाई त क्रान्तिद्वारा ध्वस्त गर्नुपर्छ। राज्यको विलोपीकरणको प्रक्रिया त ध्वंसपछि मात्र सुरु हुन्छ। अवसरवादीहरूले यस सम्पूर्ण क्रमलाई नै खज्मज्याएर उल्ट्याइदिए।
लेनिनले स्पष्ट पारेका थिए- विलोपीकरण हुने त कुन राज्य हो? पूँजीवादी राज्य होइन, बरु क्रान्तिपछि बन्ने सर्वहारा राज्य। पूँजीवादी राज्य त आफैं विलोप हुँदैन, त्यसलाई त क्रान्तिद्वारा ध्वस्त गर्नुपर्छ। राज्यको विलोपीकरणको प्रक्रिया त ध्वंसपछि मात्र सुरु हुन्छ।
उनीहरूले मजदुरलाई यस्तो सपना देखाए- तिमीहरू बस प्रतीक्षा गर, समाजवाद आफैं आउनेछ, राज्य आफैं समाप्त हुनेछ। यो मजदुरलाई निष्क्रिय र प्रतीक्षारत मानसिकतामा धकेल्ने एक सोचविचारका साथ गरिएको षड्यन्त्र थियो। लेनिन यस बौद्धिक बेइमानीप्रति अत्यन्त क्रोधित र चिन्तित थिए। उनले देखे कि कसरी मार्क्सका जीवित र साँच्चिकै क्रान्तिकारी सिद्धान्तलाई एक मरेको किताबी हठधर्मितामा बदलिने कोशिस भइरहेको छ ।
लेनिनले आफ्नै पुस्तकमा अवसरवादी नेता कार्ल काउत्स्की (Karl Kautsky) जस्ता व्यक्तिहरूका तर्कहरूको एक-एक गरेर खण्डन गरे। उनले मार्क्स र एंगेल्सका मूल लेखनहरूबाट लामो-लामो उदाहरण दिँदै वास्तविक मार्क्सवाद के हो भन्ने कुरा प्रमाणित गरे । उनले देखाए कि मार्क्स र एंगेल्सले आफ्नो सम्पूर्ण जीवन यही सिकाएका थिए- हिंसात्मक क्रान्ति र सर्वहारा वर्गको अधिनायकत्वबिना मजदुर वर्गको मुक्ति सम्भव छैन।
लेनिनको यो काम केवल एउटा प्राज्ञिक बहस मात्र थिएन। यो जीवन-मरणको प्रश्न थियो, किनभने १९१७ को पूर्वसन्ध्यामा रूसमा क्रान्तिले ढोका ढक्ढक्याउँदै थियो र लेनिनलाई थाहा थियो कि यदि मजदुर वर्ग यी अवसरवादी विचारहरूको भ्रममा फसिरह्यो भने उसले आफ्नो ऐतिहासिक मौका गुमाउनेछ। लेनिनले राज्य र क्रान्ति (The State and Revolution) पुस्तक लेख्नु एक किसिमले रूसी मजदुरहरूलाई वैचारिक रूपमा शस्त्रसज्जित गर्ने प्रयास थियो, ताकि उनीहरूले आफ्ना वास्तविक दुश्मन र आफ्ना नक्कली साथी दुबैलाई प्रष्टताका साथ चिन्न सकून्।
कुनै पनि क्रान्तिकारी विचारमाथि सधैँ जोखिम हुन्छ। सबैभन्दा ठूलो खतरा बाहिरी दुश्मनहरूबाट मात्र होइन, भित्री साथीहरूबाट नै पनि हुन्छ, जसले त्यस विचारको मूल मर्मलाई तोडमरोड गरेर आरामदायी, सुरक्षित र व्यवस्थाका लागि हानिरहित बनाउन खोज्छन्। उनीहरूले त्यसको क्रान्तिकारी धारलाई भुत्ते बनाइदिन्छ । त्यसैले कुनै विचारलाई केवल मान्नु मात्र पर्याप्त हुँदैन। त्यसलाई त्यसको शुद्धता र क्रान्तिकारी आत्मासहित बुझ्नु र जोगाउनु पनि उत्तिकै जरुरी हुन्छ।
लेनिनले मार्क्सवादका हकमा यही गरे। उनले यसलाई अवसरवादको धूलोबाट सफा गरेर फेरि एक चम्किलो हथियारको रूपमा मजदुर वर्गको हातमा सुम्पिए। यही वैचारिक स्पष्टताले १९१७ को रूसी क्रान्तिको सफलताको आधार तयार गर्यो।
आजको सन्दर्भमा लेनिनका विचारहरूको प्रासंगिकता
के ‘राज्य र क्रान्ति’ पुस्तक मार्फत् लेनिनले अघि सारेका यी विचारहरूले आज पनि हाम्रो संसारलाई बुझ्न मद्दत गर्न सक्छन्? आजभन्दा सय वर्षभन्दा अघि लेखिएका यी विचारहरुले के २१ औँ शताब्दीको डिजिटल प्रविधिको युगमा पनि हाम्रो लागि अर्थ राख्छन्? के यी केवल इतिहासका पानाहरुमा सीमित गरेर राखिनुपर्ने विचारहरू हुन् या अझै पनि यसको उपदेयता बाँकी नै छ ?
यस प्रश्नको सही उत्तर लेनिनको विचारलाई हेर्ने र ग्रहण गर्ने दृष्टिकोणमा निर्भर गर्छ। लेनिनका विचारलाई बनिबनाउ सूत्र जस्तो मानेर त्यसलाई सधैँ र सबै ठाउँमा हूबहू लागू गर्नुपर्छ भन्ने ठानियो भने सायद आज ती त्यति प्रासंगिक लाग्दैनन्। लेनिनले ती महान विचारहरुको सूत्रपात गरे यता संसार निकै बदलिइसकेको छ।
लेनिनका विचारहरूलाई कुनै बनिबनाउ सूत्र होइन, बरु संसारलाई हेर्ने र बुझ्ने एउटा तरिका वा उपकरण (method) का रूपमा हेरियो भने ती आज पनि त्यत्तिकै प्रासंगिक र शक्तिशाली छन् जत्तिका सय वर्ष अघि थिए।
आजको पूँजीवाद लेनिनको समयको पूँजीवादभन्दा धेरै फरक र जटिल छ। आज राज्यका नियन्त्रणका तरिका अझ सूक्ष्म र परिष्कृत भइसकेका छन्।अहिले आएर विकसित भएको विज्ञान र प्रविधिको उच्चतम विकाससँगै पुँजीवादीहरुको हातमा रहेको विनाशकारी हतियारहरू, उन्नत निगरानी प्रविधि (surveillance technology), सोशल मिडिया मार्फत विचारहरूको नियन्त्रण र उपभोक्तावाद (consumerism) को जाल- यी यस्ता हतियार हुन् जसको सम्भवत: कल्पना पनि लेनिनले गरेका थिएनन्। हिंसात्मक क्रान्तिको विचार आजको परमाणु शक्ति सम्पन्न संसारमा अझ बढी भयावह लाग्छ। त्यसैले यस दृष्टिले लेनिनले दिएका समाधानहरूलाई हुबहु लागू गर्नु सम्भव हुँदैन, त्यस्तो गर्न खोज्नु आत्मघात नै हुनेछ ।
तर लेनिनका विचारहरूलाई कुनै बनिबनाउ सूत्र होइन, बरु संसारलाई हेर्ने र बुझ्ने एउटा तरिका वा उपकरण (method) का रूपमा हेरियो भने ती आज पनि त्यत्तिकै प्रासंगिक र शक्तिशाली छन् जत्तिका सय वर्ष अघि थिए।
लेनिनले हामीलाई कुनै पनि कुरालाई सतहमै होइन, गहिराइमा गएर बुझ्न सिकाउछन् । जब हामी लोकतन्त्र, स्वतन्त्रता, न्याय जस्ता शब्द सुन्छौ, सधैँ यो प्रश्न गर्नु जरुरी छ- त्यो कसका लागि? लेनिनको विश्लेषणले आज पनि हामीलाई हामी जुन राज्यको अधीनमा बस्छौँ, त्यो कुनै निष्पक्ष वा तटस्थ इकाई होइन भन्ने कुराको निरन्तर बोध गराउँछ। त्यो राज्यले जतिसुकै लोकतान्त्रिक मुकुण्डो लगाए पनि अन्ततः शक्तिशाली र धनी वर्गहरूको हितमै सेवा गर्छ भन्ने कुराको बोध लेनिनका विचारहरुले गराइरहन्छ ।
के आज हामी देख्दैनौँ कि विशाल कर्पोरेसनहरूले सरकारका नीतिहरूलाई कसरी प्रभावित गर्छन्? कसरी उनीहरुको खरबौँका ऋण माफ गरिन्छन्, तर एउटा सामान्य किसान केही हजारको ऋणका कारण आत्महत्या गर्न बाध्य हुन्छ? कसरी न्याय धनीका लागि अर्कै प्रकारले र गरिबका लागि अर्कै प्रकारले काम गर्छ? लेनिनको वर्गीय विश्लेषण (class analysis) को उपकरणले हामीलाई यो ढोंग चिन्न सक्ने शक्ति दिन्छ र त्यसबाट उम्कने उपायहरु सिकाउँछ।
लेनिनको चेतावनी आज पनि प्रतिध्वनित हुन्छ- जबसम्म तिमीहरूले शोषणलाई उत्पादन गर्ने र मुठीभर चुसीखानेहरुको संयन्त्रलाई नै परिवर्तन गर्दैनौ, तबसम्म तिम्रा सबै सुधारहरूले त्यही शोषणकारी–विभेदकारी संयन्त्रलाई अझ बलियो बनाउन मात्र मद्दत गर्नेछन्।
लेनिनको किताबले हामीलाई सुधार (reform) र क्रान्ति (revolution) बीचको भिन्नता सिकाउँछ। आज पनि धेरै मानिसहरू मौजुदा व्यवस्थाभित्रै रहेर साना-मोटा सुधारका माध्यमबाट हामीले राम्रो समाज बनाउन सक्छौँ भन्ने विश्वास गर्छन् । यसरी विश्वास गर्नेहरुमा आफूलाई मार्क्सवादी–लेनिनवादी भनेर नथाक्नेहरु नै पनि पर्छन् । तर लेनिनको चेतावनी आज पनि प्रतिध्वनित हुन्छ- जबसम्म तिमीहरूले शोषणलाई उत्पादन गर्ने र मुठीभर चुसीखानेहरुको संयन्त्रलाई नै परिवर्तन गर्दैनौ, तबसम्म तिम्रा सबै सुधारहरूले त्यही शोषणकारी–विभेदकारी संयन्त्रलाई अझ बलियो बनाउन मात्र मद्दत गर्नेछन्।
लेनिनका विचारहरुले हामीलाई सतही परिवर्तनमा सन्तुष्ट नहुनु, बरु समस्याको मूलमा प्रहार गर्ने साहस राख्नुपर्ने कुरा सिकाउँछ। आज संसारमा बढ्दो असमानता, वातावरणको विनाश र युद्धको खतरा- यी सबै त्यही पूँजीवादी व्यवस्थाका लक्षण हुन् जसको आलोचना लेनिनले गरेका थिए। उनका विचारहरुले हामीलाई यी समस्या फरक-फरक होइनन्, बरु एउटै प्रणालीको उपज हुन् भन्ने कुरा यो बुझ्न मद्दत गर्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा, लेनिनको पुस्तक ‘राज्य र क्रान्ति’ले हामीलाई आशा, आँट र भरोसा दिन्छ। यसले भन्छ कि आजको संसार सधैँ यस्तै रहँदैन। परिवर्तन सम्भव छ। उनका विचारहरुले हामीलाई इतिहासको अन्त भइसकेको छैन, र एउटा राम्रो, अझ न्यायपूर्ण र शोषणमुक्त संसारको सपना देख्नु र त्यसका लागि संघर्ष गर्नु पागलपन होइन, बरु मानव हुनुको सबैभन्दा ठूलो चिनारी हो भन्ने कुरा पनि सिकाउँछ ।
लेनिनका विचारहरुको सार के हो भने हामीले आफ्नो वरपरको संसारलाई आलोचनात्मक नजरले हेर्न सिक्नुपर्छ। हामीले यो प्रश्न सोध्नै पर्छ कि वस्तुहरू जस्ता छन्, त्यस्ता किन छन्?
लेनिनले अघि सारेका सर्वहारावर्गको अधिनायकत्व वा राज्यको विलोपीकरणको सिद्धान्तमाथि मनग्गे बहस छलफलहरु गर्न सकिन्छ तर त्यसका लागि उनले उठाएका प्रश्नहरूको प्रासङ्गिकता आज पनि हाम्रो सामु जब्बर रुपमा उपस्थित छन्। जबसम्म संसारमा अन्याय, शोषण र असमानता रहन्छ, तबसम्म लेनिनले ‘राज्य र क्रान्ति’ (The State and Revolution) मा प्रस्तुत गरेका मान्यताहरुको प्रासंगिक रहनेछ। उनका विचारहरुले हामीलाई सत्ता (power) को दमनकारी र शोषणकारी चरित्र बुझ्न र त्यसलाई चुनौती दिन प्रेरित गर्छ।
लेनिनका विचारहरुको सार के हो भने हामीले आफ्नो वरपरको संसारलाई आलोचनात्मक नजरले हेर्न सिक्नुपर्छ। हामीले यो प्रश्न सोध्नै पर्छ कि वस्तुहरू जस्ता छन्, त्यस्ता किन छन्? हामीले सत्ताका हरेक रूपमाथि प्रश्न उठाउनुपर्छ र हामीले यो भन्दा राम्रो, उन्नत र शोषण–विभेदरहित संसारको निर्माण गर्न सकिन्छ भन्ने विश्वास गर्नुपर्छ ।
लेनिनले देखाएका उपायहरुलाई जस्ताको तस्तै लागू गर्न सायद आजका युगमा सम्भव नहोला तर यो कुरा निश्चित हो– त्यसले नयाँ र उन्नत मार्ग खोज्नको लागि सैद्धान्तिक रुपमा मार्गप्रशस्त गरिरहनेछ । हामीले आफ्नो धरातलीय यथार्थताको आधारमा सही र उन्नत बाटाहरू आफैं खन्नुपर्नेछ। तर यो कुरा सुनिश्चत हो– उनले जलाएको क्रान्तिको मशालले आज पनि हामीलाई शोषण–विभेदरहित संसार निर्माणको यात्रामा अघि बढ्न सही बाटो देखाउनेछ ।
पुनर्लेखन, सम्पादन र प्रस्तुति: चन्द्र खाकी
सन्दर्भ स्रोत:
- Lenin: State and Revolution, https://www.marxists.org
- The Legend Audio Book
- भ्ला. इ. लेनिन: संकलित रचना (भाग ४), प्रगति प्रकाशन, मास्को । दोस्रो संस्करण । अनुवादक: कृष्णप्रकाश श्रेष्ठ

अन्तिम नृत्य

मिलिनियम च्यालेन्ज कम्प्याक्टः के नेपालको असंलग्न परराष्ट्र नीति र सार्वभौम अधिका…

के नेपाल सानो छ ?

फिडेल क्यास्ट्रो: क्रान्तिको विजारोपणदेखि साम्राज्यवादविरुद्धको विजयसम्म

भेनेजुएलाका राष्ट्रपतिको टाउकोमा इनाम: अमेरिकाको ठाडो गुण्डागर्दी !

महाश्वेता देवी: कलमबाट विद्रोह ओकल्ने एक अथक योद्धाको कथा

नेपाली वामपन्थमा दलाल पुँजीवादको बहस

प्रतिक्रिया