फिडेल क्यास्ट्रो: क्रान्तिको विजारोपणदेखि साम्राज्यवादविरुद्धको विजयसम्म
सिएरा माएस्त्राबाट विश्वमञ्चसम्मको यात्रा: फिडेलको विचार, संघर्ष र विजय

जन्म र परिवारिक पृष्ठभूमि
इतिहासमा अमिट छाप छोड्ने नाम, फिडेल क्यास्ट्रो। उनको जन्म १९२६ सालको १३ अगस्टमा, क्यूबाको सुदूर पूर्वी प्रान्त ओरिएन्तेमा रहेको सानो बस्ती बिरानमा भयो।
फिडेलका बुबा, एञ्जेल मारिया बाउतिस्ता क्यास्ट्रो वाई अर्जिज, सन् १८७५ मा स्पेनको उत्तरी गालिसिया क्षेत्रमा जन्मिएका थिए। युवावस्थामा उनलाई स्पेनी सेनामा भर्ती गरियो र १८९० को दशकको सुरुवाततिर उनी क्यूबा पठाइए। त्यतिबेला क्यूबा स्पेनका बाँकी रहेका थोरै ल्याटिन अमेरिकी उपनिवेशमध्ये एक थियो । त्यहाँ १८९५ मा दोस्रो स्वतन्त्रता युद्ध भड्किएको थियो। एञ्जेललाई त्यस विद्रोहलाई दबाउन त्यहाँ खटाइएको थियो ।
तर यो आन्दोलन अघिल्ला विद्रोहजस्तो दबाएर मास्न सकिएन। यसपटक संयुक्त राज्य अमेरिकाको हस्तक्षेप भयो, र १८९८ मा क्यूबा अन्ततः स्पेनको नियन्त्रणबाट छुट्टियो। स्पेनको नियन्त्रणबाट मुक्त भए पनि पूर्ण स्वतन्त्रता भने पाएन । अब क्यूबा अमेरिकी राजनीतिक र आर्थिक प्रभावको लामो छायामा प्रवेश गरिसकेको थियो र त्यसको असर बीसौं शताब्दीभरि देखिनेवाला थियो ।
एञ्जेल केही समयका लागि स्पेन फर्किए, तर १९०५ मा हवाना बन्दरगाह हुँदै पुनः क्यूबा आए। १९०० र १९१० को दशकमा उनले थुप्रै काम गरे-कहिले अमेरिकाको युनाइटेड फ्रुट कम्पनीमा श्रमिकको रूपमा, कहिले साना-ठूला कृषि ठेकामा। १९२० को दशकसम्म आइपुग्दा उनले आफ्नै कृषि व्यवसाय खडा गरिसकेका थिए, जसमा उनी चिया बगानका लागि मजदुर पठाउने गर्थे। कुनै समय उनका मातहतमा ३०० भन्दा बढी कामदार थिए । उनको क्यूबामा रहेका अमेरिकी कम्पनीहरूसँग बलियो व्यापारिक सम्बन्ध बनेका थिए। यसरी फिडेल एक अपेक्षाकृत सम्पन्न परिवारमा जन्मिएका थिए।
सन् १९११ मा एञ्जेलले मारिया आर्गोटा वाई रेयेससँग विवाह गरे र पाँच सन्तान जन्माए। तर यो सम्बन्ध टिकेन। पछि उनले खेत मजदुर लिना रुज गोन्जालेजसँग प्रेम गरेर अन्ततः पत्नी बनाए । तिनीबाट उनले सात सन्तान जन्माए। तीमध्ये फिडेल र उनका कान्छा भाइ राउल पनि थिए, जो जीवनभर उनका सबैभन्दा घनिष्ठ राजनीतिक सहयात्री बने।
बाल्यकाल र प्रारम्भिक शिक्षा
फिडेलको बाल्यकाल साधारण थिएन। उनी उनका बुबाका औपचारिक विवाह नगरिएकी पत्नीबाट जन्मिएका थिए । यो कुरा त्यसबेला सामाजिक कलंक मानिन्थ्यो। बुबाले उनलाई आमाको थर दिएर हुर्काए र चिया बगानका मजदुरका बच्चाहरूबीच राखे। तीमध्ये धेरै कठोर श्रम र गरिबीको जीवन बिताउन बाध्य हाइटी र अन्य क्यारेबियन मुलुकका आप्रवासी थिए। सम्भवतः यही वातावरणले, फिडेलमा उनले अमेरिकन व्यापारिक हितहरूको आलोचना गर्ने दृष्टिकोणलाई गहिरो बनायो।
पढाइमा औसत फिडेल इतिहास र भूगोलमा बढी चासो राख्थे। खेलकुदमा भने उनले चम्किलो छाप छोडे। १९४३ र १९४४ मा उनी हवाना शहरका आफ्ना उमेर समूहका उत्कृष्ट खेलाडी घोषित भए ।
छ वर्षको उमेरमा, फिडेल, उनका दाजु रामोन र दिदी एञ्जेलालाई पढाइ सुरु गर्नका लागि सान्तियागो दे क्यूबा पठाइयो। त्यहाँ उनीहरू एकजना प्रशिक्षकसँग बस्नुपर्थ्यो, जसको हातमुख मुश्किललैले चल्थ्यो। अझ रोचक कुरा, क्याथोलिक धर्मको प्रभुत्व रहेको टापुमा उनको बप्तिस्मा आठ वर्षको उमेर (१९३४) मा मात्र भयो । त्यो पनि सम्भवत: प्रतिष्ठित ला साल बोर्डिङ स्कूलमा भर्ना सुनिश्चित गर्नका लागि गरिएको थियो। त्यसपछि उनले जेसुइटद्वारा सञ्चालित डोलोरेस स्कूल, अनि हवाना स्थित एल कोलेजियो दे बेलनमा अध्ययन गरे।
पढाइमा औसत फिडेल इतिहास र भूगोलमा बढी चासो राख्थे। खेलकुदमा भने उनले चम्किलो छाप छोडे। १९४३ र १९४४ मा उनी हवाना शहरका आफ्ना उमेर समूहका उत्कृष्ट खेलाडी घोषित भए । बेसबल, बास्केटबल, हाई जम्प र मध्यम दूरी दौडमा उनी समान रूपमा निपुण थिए।
राजनीतिक अस्थिरताको बीचमा युवावस्था
फिडेल हुर्कँदै गर्दा क्यूबा राजनीतिक र सामाजिक संकटको अवस्थामा थियो। १८९८ को स्वतन्त्रता युद्धपछि यहाँ गहिरो राजनीतिक अस्थिरता, कमजोर आर्थिक विकास, र भ्रष्टाचारको संस्कार मौलाएको थियो। शीर्षदेखि तलसम्मका नेताहरू घूस र अनियमिततामा लिप्त थिए। यसको एउटा ठूलो कारण-अमेरिकी व्यापारिक हितहरूले टापुको अर्थतन्त्रको ठूलो हिस्सा नियन्त्रण गर्नु नै थियो। साथै, यो टापु अमेरिकी आधार भएका इटालियन माफिया र अन्य आपराधिक संगठनहरूको सुरक्षित थलो बन्दै गइरहेको थियो।
अर्थतन्त्र अझै अविकसित थियो, र यसको मेरुदण्ड केरा, कफी र विशेषगरी चिनीको निर्यातमा आधारित थियो। यसले सानो उच्चवर्गलाई अपार सम्पत्ति दियो, तर सामान्य क्यूबालीहरूलाई गरिबीको जालमा कैदी बनाएर राख्यो।
१९३० को दशकमा सेना देशको राजनीतिमा बढ्दै हस्तक्षेप गर्न थाल्यो, विशेष गरी १९३३ को 'सार्जेन्टहरूको विद्रोह' पछि त्यो झनै घनीभूत भएर गयो । यस घटनाबाट नेता बनेर उदाएका सार्जेन्ट फुलहेन्सियो बातिस्ता क्यूबाली राजनीतिमा प्रमुख शक्ति बने। उनले १९४० देखि १९४४ सम्म राष्ट्रपति पद सम्हाले, त्यसपछि फ्लोरिडा (संयुक्त राज्य) गए। तर उनको राजनीतिक यात्रा समाप्त भएन-उनी फेरि फर्के र क्यूबाको इतिहासलाई गहिरो मोड दिए।
विश्वविद्यालय जीवन र राजनीतिक चेतना
१९४५ मा फिडेल क्यास्ट्रोले हवाना विश्वविद्यालयमा कानूनको अध्ययन सुरु गरे।
हावाना विश्वविद्यालयका गल्ली-गल्लीमा फिडेलको राजनीतिक स्वभाव पहिलोपटक प्रस्ट देखिन थाल्यो। उनले विद्यार्थी आन्दोलनहरूमा हात हाल्न थाले । त्यो पनि सीधै क्यूबाली राजनीति र देशलाई चलाउने उच्च वर्गको खुलेआम भ्रष्टाचारविरुद्ध आवाज मुखर गर्दै।
त्यसबेला विश्वविद्यालयको वातावरण निकै तनावपूर्ण थियो। सशस्त्र गिरोहहरू सामान्य जस्तै थिए, र तिनको अपराधपूर्ण गतिविधि देशभर फैलिएको कानून र अनुशासनको पतनको प्रतिबिम्ब थियो। यही समय फिडेलमा पहिलोपटक तीव्र अमेरिकीविरोधी दृष्टिकोण अंकुरायो। उनले 'कमिटी फर द इन्डिपेन्डेन्स अफ पुएर्तो रिको' मा प्रवेश गरे । यो संगठनको उद्देश्य नजिकैको पुएर्तो रिको टापुलाई अमेरिकाबाट स्वतन्त्र गराउनु थियो।
फिडेलको असहमतिको आवाज विश्वविद्यालयको सीमाबाट बाहिर निस्केर क्यूबाली समाजभर गुञ्जिन थाल्यो। १९४६ को जाडोमा, सरकारको हिंसा र भ्रष्टाचारबारे गरेको उनको आलोचना अखबारका पानामा छापियो।
पुएर्तो रिको १८९८ को स्पेनी-अमेरिकी युद्धपछि व्यवहारिक रूपमा अमेरिकी उपनिवेश बनेको थियो, तर कहिल्यै अमेरिकाको राज्यको दर्जा पाएन। यो अवस्था आजसम्म ज्यूँकै छ। फिडेल र उनका साथीहरूका नजरमा, यो मात्र एउटा टापुको पीडा थिएन- यो त अमेरिकाले सम्पूर्ण अमेरिकामा (उत्तर, दक्षिण र क्यारेबियन) प्रभुत्व जमाउने दीर्घकालीन रणनीतिको एउटा हिस्सा थियो।
यही वर्षहरूमा, फिडेलको असहमतिको आवाज विश्वविद्यालयको सीमाबाट बाहिर निस्केर क्यूबाली समाजभर गुञ्जिन थाल्यो। १९४६ को जाडोमा, सरकारको हिंसा र भ्रष्टाचारबारे गरेको उनको आलोचना अखबारका पानामा छापियो। त्यसपछि उनले देशका विभिन्न वामपन्थी राजनीतिक समूहहरूसँग गहिरो सम्पर्क बनाए । त्यसमध्ये 'यूनियन इन्सुरेकसियोन रिभोलुसियोनारिया' (विद्रोही क्रान्तिकारी संघ) विशेष थियो।
त्यतिबेला प्रहरीले उनलाई एक प्रतिद्वन्द्वी विद्यार्थी नेताको हत्या गरेको शंका गर्यो, तर प्रमाण कहिल्यै भेटिएन। उनको भाषण दिने क्षमता चर्चित बन्दै गयो, तर उनी कहिल्यै विश्वविद्यालयको शीर्ष विद्यार्थी नेता बनेनन्। बरु, क्याम्पस चुनावहरूमा उनले पटक-पटक हार बेहोर्नुपर्यो।
असफल सशस्त्र विद्रोह र अन्तर्राष्ट्रिय सम्पर्क
१९४७ को गर्मीमा उनले विश्वविद्यालय केही समयका लागि छाडे र डोमिनिकन गणराज्यका दक्षिणपन्थी शासक राफाएल त्रुहियोको शासन फाल्ने अभियानमा सामेल भए। त्रुहिल्लो पनि क्यूबाका बातिस्ताजस्तै अमेरिकी समर्थन प्राप्त सैन्य शासक थिए।
डोमिनिकन अभियान असफल भएपछि, फिडेलको क्रान्तिकारी गतिविधि अझ फैलियो। उनी हावानामा विद्यार्थी आन्दोलनको अग्रपंक्तिमा देखिन थाले।
त्यो वर्षको जुलाई अन्त्यतिर, फिडेल करिब १२०० विद्रोहीहरूको समूहको एक नेताका रूपमा डोमिनिकन गणराज्यतर्फ क्यूबाबाट निस्किए। लक्ष्य थियो- त्रुहियोको पतन। तर यो प्रयास तुरुन्तै असफल भयो- अमेरिकी, क्यूबाली र डोमिनिकन सेनाको संयुक्त बलले यसलाई दबाइदियो। धेरै पक्राउ परे, तर फिडेल भने भाग्न सफल भए । त्यसबेला चर्चित एक कथनअनुसार, उनले जहाजबाट हतियार हातमा उठाउँदै शार्क भरिएको समुद्रमा हाम फालेका थिए। यो घटना उनको जीवनको पहिलो प्रत्यक्ष सशस्त्र विद्रोही अभियानको रूपमा दर्ज भयो।
डोमिनिकन अभियान असफल भएपछि, फिडेलको क्रान्तिकारी गतिविधि अझ फैलियो। उनी हावानामा विद्यार्थी आन्दोलनको अग्रपंक्तिमा देखिन थाले। १९४८ मा उनले पानामा, भेनेजुएला र कोलम्बिया भ्रमण गरे-त्यहाँका वामपन्थी क्रान्तिकारी समूहहरूसँग भेटघाट गर्दै।
१९४८ को वसन्त अन्त्यतिर, कोलम्बियाको राजधानी बोगोटामा, उनी 'प्यान-अमेरिकन स्टुडेन्ट्स कन्फरेन्स' स्थापनाको प्रयासमा केन्द्रीय पात्र बने । यो सम्मेलनलाई सम्पूर्ण ल्याटिन अमेरिकाका दक्षिणपन्थी सरकारहरूको विपक्षी शक्ति बनाउन खोजिएको थियो।
विवाह, कानुनी व्यवसाय र कम्युनिष्ट अध्ययन
त्यही समयको सेरोफेरोमा क्यूबामा फर्केर उनले दार्शनिक विद्यार्थी मिर्टा दिआस-बालार्टसँग विवाह गरे। यो सम्बन्धलाई धेरैले अचम्मको ठाने किनकि मिर्टा देशका राजनीतिक उच्चवर्गसँग गहिरो सम्बन्ध भएको परिवारकी थिइन्, जसको विरुद्धमा फिडेल दिन-रात बोलिरहेका थिए। विडम्बना त के भने, विवाहको दिन उनीहरूलाई उपहार पठाउनेहरूमा त्यही व्यक्ति र समूह पनि थिए, जसविरुद्ध उनले आन्दोलन गरेका थिए। त्यसपछि उनीहरू संयुक्त राज्यमा हनिमुन मनाउन गए। यी विरोधाभासहरूका बाबजुद विवाह सात वर्ष टिक्यो र उनीहरूको एउटा छोरा 'फिडेलितो' जन्मियो। तर १९५५ मा दुवै अलग भए।
१९५० को सुरुवातमा, फिडेलले जोर्ज अस्पियाजु र राफाएल रेसेन्डेसँग साझेदारीमा एक कानुनी फर्म खोले। यी दुवै वामपन्थी विचारधारा राख्ने खालका थिए, र फर्मले प्रायः निःशुल्क रूपमा अन्यायग्रस्त श्रमिकहरूको मुद्दा लड्ने गर्थ्यो। यसबीचमा, फिडेलले मार्क्सवाद र कम्युनिस्ट विचारको गहिरो अध्ययन सुरु गरे- कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सका कृतिहरूदेखि लिएर लेनिन र ट्रोट्स्कीका लेखसम्म।
१९५० को सुरुवातमा, फिडेलले जोर्ज अस्पियाजु र राफाएल रेसेन्डेसँग साझेदारीमा एक कानुनी फर्म खोले। यी दुवै वामपन्थी विचारधारा राख्ने खालका थिए, र फर्मले प्रायः निःशुल्क रूपमा अन्यायग्रस्त श्रमिकहरूको मुद्दा लड्ने गर्थ्यो।
त्यसबेला उनी अझै विश्वास गर्थे कि क्यूबामा परिवर्तन भित्रैबाट सम्भव छ। सन् १९५२ मा उनले 'पार्तिदो देल पुएब्लो क्युबानो - ओर्तोदोक्सोस' पार्टीको तर्फबाट संसदीय चुनाव लडे। यो पार्टीलाई १९४७ मा एदुआर्दो चिबासले एक व्यापक वामपन्थी जनवादी दलको रुपमा स्थापना गरेका थिए ।
तर यो चुनाव नै उनको 'शान्तिपूर्ण परिवर्तन' प्रयासको अन्त्यको सुरुवात साबित भयो। त्यही वर्ष, फुलहेन्सियो बातिस्ता पुनः राजनीतिमा फर्के र केही महिनामै सैन्य कू गरेर नयाँ सैनिक तानाशाही स्थापना गरे। अमेरिकाको प्रत्यक्ष समर्थनमा उनले क्युबामा एकदलीय सैनिक शासन चलाउन थाल्यो।
मोनकाडा आक्रमण र जेल जीवन
अब शान्तिपूर्ण बाटोबाट क्यूबामा परिवर्तन गर्न सक्ने फिडेलको विश्वासको अन्त्य भयो । त्यसका लागि उनले हिंसात्मक क्रान्तिको अनिवार्यता देखे । अब फिडेलले हिंसात्मक बाटो समातेर बातिस्ता शासन फाल्ने निर्णय गरे।
१९५३ जुलाई २६ मा, फिडेल र करिब सयजनाले सान्तियागो दे क्यूबामा रहेको मोनकाडा सैन्य ब्यारेकमा आक्रमण गरे। तर यो प्रयास असफल भयो। करिब आधा लडाकुहरू त्यहीँ मारिए, बाँकीमध्ये धेरैजना ४०० सैनिकले भरिएको गढीमा पक्राउ परे, थोरैमात्र भाग्न सके।
बातिस्ता पुनः सत्तामा फर्केको केही हप्तामै, फिडेलले नयाँ क्रान्तिकारी योजना बुन्न थाले। उनी र उनका भाइ राउल समेतका नजिकका अनुयायीको यस समूहलाई 'द मुभमेन्ट' भनेर चिनिइन्थ्यो।
छिट्टै उनीहरूले क्यूबाली क्रान्तिको इतिहासमा एउटा निर्णायक क्षण ठहरिने पहिलो कारबाही गरे । १९५३ जुलाई २६ मा, फिडेल र करिब सयजनाले सान्तियागो दे क्यूबामा रहेको मोनकाडा सैन्य ब्यारेकमा आक्रमण गरे। तर यो प्रयास असफल भयो। करिब आधा लडाकुहरू त्यहीँ मारिए, बाँकीमध्ये धेरैजना ४०० सैनिकले भरिएको गढीमा पक्राउ परे, थोरैमात्र भाग्न सके।
फिडेल पनि पक्राउ परे। उनलाई राज्यविरुद्ध विद्रोह गरेको अभियोगमा १५ वर्ष जेल सजाय सुनाइयो। अदालतमा उनले लामो बचाउ भाषण दिए । उनको 'ला हिस्तोरिया मे अब्सोलेर्रा' (इतिहासले मलाई निर्दोष ठहराउनेछ) भनेर दिइएको त्यो भाषण निक्कै चर्चित भयो । यसमा उनले बातिस्ता शासनमाथि तीखो प्रहार गर्दै आफ्ना राजनीतिक तथा आर्थिक दृष्टिकोणको खाका प्रस्तुत गरेका थिए ।
सजायको सुरुवाती समय उनले क्यूबाको दोस्रो ठूलो टापु 'इस्ला दे पिनोस' मा बिताए। त्यहीँबाट उनले 'द मुभमेन्ट' को नाम बदल्दै मोनकाडा आक्रमणको मितिको सम्मानमा '२६ जुलाई मुभमेन्ट' राखे ।
१९५५ को गर्मीमा, सजायको दुई वर्ष पनि नपुग्दै फिडेललाई रिहा गरियो ।
निर्वासन, चे ग्वेवारासँगको भेट र गुरिल्ला युद्धको सुरुवात
चेका साथ फिडेल । https://i.ytimg.com
रिहा भएपछि फिडेल निर्वासनमा मेक्सिको सहर पुगे। त्यहाँ उनले र राउलले पुनः बातिस्ताविरुद्ध कारबाहीको योजना सुरु गरे। यिनै दिनहरूमा उनीहरूको भेट एक अर्जेन्टिनी युवा चिकित्सक, अर्नेस्टो 'चे' ग्वेभारासँग भयो । दक्षिण अमेरिकाभर घुमेका ग्वेभारालाई त्यहाँको भयानक गरिबीले विद्रोही क्रान्तिकारी बनाएको थियो । उनले दक्षिण अमेरिकाले भोगिरहेका दुर्दशाहरुको मूल कारण अमेरिकी नव-साम्राज्यवादलाई ठम्याएका थिए ।
मेक्सिकोमा केही महिना प्रशिक्षण र योजनापछि, १९५६ को गर्मीमा फिडेल करिब ८० जना समर्थकसहित 'ग्रान्मा' नामको ठूलो नाउ लिएर क्यूबा फर्के। निक्कै कठिन र सकसपूर्णपछि उनीहरू प्लाया लास कोलोऱादासमा करिब तटमा ठोक्किए। बातिस्ताका सैनिकले उनीहरूलाई आक्रमण गर्दै सिएरा माएस्त्रा पर्वततिर भाग्न बाध्य बनाए। यहाँ आइपुग्दा उनीहरुमध्ये १९ जना मात्र बँचेका थिए । यो सशस्त्र विद्रोहको सुरुवात निक्कै निराशाजनक रह्यो । तर त्यही शुरुवात नै अन्तत: भविष्यको क्रान्तिको आधार थाम्ने सुनौलो पहल प्रमाणित भयो ।
सिएरा माएस्त्राको सुरक्षित पहाडबाट, फिडेल र उनका अनुयायीहरूले गुरिल्ला युद्ध सुरु गरे। सरकारी सेनाविरुद्ध बम आक्रमण, हतियार लुट्न ब्यारेक आक्रमण उनीहरुले जारी राखे । उनीहरुको यो अभियानमा जोडिने क्रान्तिकारीहरूको संख्या बढ्दै गयो। १९५७ सम्म फिडेलको नेतृत्वमा ग्रामीण क्षेत्रमा सानो सेना सक्रिय भइसकेको थियो।
१९५८ सम्म आइपुग्दा, बातिस्ता सरकार क्रान्तिकारीहरूको चापमा दबिन थाल्यो। गर्मी मौसमसम्म युद्धको गति पल्टिन थाल्यो- बातिस्ताका आफ्नै सैनिकहरू नागरिकमाथि हुने अपराधका आदेशलाई अवज्ञा गर्दै सेना छाडेर भाग्न थालेका थिए ।
फिडेलका समूह बाहेक क्यूबामा अन्य सशस्त्र समूहहरू पनि सक्रिय रहेका थिए । सबैको लक्ष्य एउटै, बातिस्ता शासनको अन्त्य थियो । १९५८ सम्म आइपुग्दा, बातिस्ताल सरकार क्रान्तिकारीहरूको चापमा दबिन थाल्यो। गर्मी मौसमसम्म युद्धको गति पल्टिन थाल्यो- बातिस्ताका आफ्नै सैनिकहरू नागरिकमाथि हुने अपराधका आदेशलाई अवज्ञा गर्दै सेना छाडेर भाग्न थालेका थिए ।
अन्ततः १९५८ डिसेम्बर ३१ मा, बातिस्ताले राजीनामा दिए र ३० करोड डलर साथमा लिएर डोमिनिकन गणराज्य भागे। केही दिनमै, १९५९ जनवरी २ मा, फिडेलका सेनाले मोनकाडा ब्यारेक कब्जा गरे । यो एउटा निक्कै ठूलो प्रतीकात्मक विजय थियो । जनवरी ८ मा उनीहरू हवाना प्रवेश गरे। करिब अढाइ वर्षअघि सुरु भएको असफलजस्तो देखिएको विद्रोह अब विजयी क्रान्तिमा परिणत भयो।
नयाँ सरकार र अमेरिकी सम्बन्धमा तनाव
सत्ता कब्जा गरिसकेपछि पनि फिडेलले तत्काल सत्ता सम्हालेनन्। अस्थायी सरकारको रूपमा, मध्यमपन्थी वकिल म्यानुएल उरुतिया ल्लेओलाई राष्ट्रपति घोषणा गरियो। तर मन्त्रिपरिषदमा फिडेल र उनका २६ जुलाईका साथीहरू हाबी थिए। उनको सैन्य प्रभावलाई औपचारिक रूपमा मान्यता दिइयो- 'विद्रोही सशस्त्र बलका राष्ट्रपति प्रतिनिधि'को पदमार्फत।
यो नयाँ सरकार संसदबिनै अध्यादेशद्वारा शासन गर्न थाल्यो । उरुतियामाथि फिडेलको प्रभावका कारण वास्तविक सत्ता फिडेलकै हातमा थियो। केही हप्तामै -प्रधानमन्त्री होसे मिरो कार्डोनाले राजीनामा दिए र अमेरिका निर्वासनमा गए।
१९५९ फेब्रुअरीको मध्यतिर, फिडेलले प्रधानमन्त्रीको पद सम्हाले । यो पद उनले १९७६ सम्म निर्वाह गरे। त्यसपछि नयाँ संविधान अनुसार उनी 'क्युबाको मन्त्रिपरिषद् अध्यक्ष' बने र २००८ सम्म सोही पदमा रहिरहे। यसरी, १९५९ मा पहिलोपटक प्रधानमन्त्री बनेको दिनदेखि, उनले झन्डै ४९ वर्षसम्म क्यूबामा सर्वोच्च पदमा रहेर शासन गरे।
नयाँ शासनको पहिलो वर्षमै क्युबाको अमेरिकासँगको सम्बन्ध झन् बिग्रियो । त्यसको मूल शुरुवात क्यास्ट्रोले क्यूबामा रहेका अमेरिकी व्यवसायिक स्वार्थहरूको राष्ट्रियकरण गर्ने आदेश दिएपछि भएको थियो ।
क्यूबामा सत्ता परिवर्तनसँगै उठेको सबैभन्दा महत्त्वपूर्ण भनेको देशको भविष्यमा छिमेकी र बतिस्ताको पूर्वसमर्थक संयुक्त राज्य अमेरिका सँगको सम्बन्ध कस्तो हुनेछ भन्ने नै थियो। क्यास्ट्रो ले आफुलाई खुलेआम वामपन्थी घोषित थिए । तर १९६० मा अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार बनेका रिचर्ड निक्सन जस्ता व्यक्तिहरूले क्यास्ट्रोलाई अमेरिकी पक्षमा तान्न सकिन्छ विश्वास गरेका थिए । यो सोच पूर्णतया भ्रम थियो। क्यास्ट्रोले छिट्टै क्युबालाई सोभियत सङ्घ र लातिन अमेरिकाका अन्य वामपन्थी सरकारहरूसँगको गठबन्धतर्फ लैजान थाले। साथै, चे ग्वेभारा जस्ता कट्टर कम्युनिस्टहरूलाई उच्च सरकारी पदमा नियुक्त गर्दै दिँदै उनले शासनलाई अमेरिकी रुचि विपरीत समाजवादी दिशातर्फ लैजान खोजेको हो भन्ने कुराको प्रष्ट संकेत गरे।
नयाँ शासनको पहिलो वर्षमै क्युबाको अमेरिकासँगको सम्बन्ध झन् बिग्रियो । त्यसको मूल शुरुवात क्यास्ट्रोले क्यूबामा रहेका अमेरिकी व्यवसायिक स्वार्थहरूको राष्ट्रियकरण गर्ने आदेश दिएपछि भएको थियो । तनाव अझ चर्कियो, जब उनले सन् १९६० सेप्टेम्बरमा न्युयोर्क सिटीमा भएको संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुँदै, खुलेआम अमेरिकाविरोधी भावनालाई प्रखर रुपमा प्रकट गरे र अमेरिकी इतर खेमामा आफूलाई उभ्याए ।
बे अफ पिग्स आक्रमण
यो बढ्दो वैमनस्य चाँडै नै संयुक्त राज्य सरकारले क्यूबामा सैन्य हस्तक्षेपको प्रयासमा गर्यो । अमेरिकी राष्ट्रपति आइजनहावरको प्रशासनअन्तर्गत नै, क्यास्ट्रोको शासन उल्ट्याउने प्रयासका लागि करोडौं डलरको रकम छुट्याइएको थियो। सन् १९६० को अन्त्यतिर जोन एफ. केनेडी राष्ट्रपति निर्वाचित हुने बेलासम्म, अमेरिकी सरकारले १९५९ देखि आफ्नो मातृभूमि छोडी फ्लोरिडा र अमेरिकाका अन्य भागमा बसोबास गरिरहेका क्यूबाली निर्वासितहरुलाई क्युबाविरुद्ध परिचालित गर्ने तानाबाना बुनिरहेको थियो ।
यी निर्वासितहरूमध्ये धेरैले 'ब्रिगेड २५०६' नामको प्रतिविप्लवी सैन्य इकाई र 'डेमोक्रेटिक रिभोल्युशनरी फ्रन्ट' नामको राजनीतिक शाखा गठन गरेका थिए। यी समूहहरू सन् १९६१ को सुरुवातसम्म अमेरिकाको केन्द्रीय गुप्तचर एजेन्सी (CIA) सँग सहकार्य गरिरहेका थिए। तर, घरेलु स्तरमा शंका नउठोस् र केनेडी प्रशासनले आफूलाई यस समूहसँग अलग देखाउन सकोस् भनेर उनीहरूलाई मध्य अमेरिका, विशेषतः ग्वाटेमालामा तालिम दिइँदै थियो।
सन् १९६१ को वसन्तसम्म आइपुग्दा, करिब १,४०० जना क्यूबाली अर्धसैनिकहरूले अमेरिकी B-26 बम्बर विमान र M41 ट्याङ्क जस्ता उन्नत सैन्य उपकरणहरूको सहयोगमा नौसैनिक आक्रमण गर्ने योजना तयार भइसकेको थियो।
विस्तृत योजना र अमेरिकी सरकारको समर्थनका साथ यो आक्रमणकारी दल १६ अप्रिल १९६१ मा निकारागुवा र ग्वाटेमालाबाट डुङ्गामा प्रस्थान गर्यो। त्यसको अघिल्लो दिन अमेरिकाले क्यूबाका केही स्थानहरूमा बमबारी गरिसकेको थियो।
पछिल्ला घण्टामा आक्रमणकारीहरूको नौसैनिक बेडा नष्ट गर्न बमबारी सुरु भयो। बाटो बन्द भएपछि, क्यास्ट्रोका फौजहरूले अगाडि बढेर प्रत्यक्ष रूपमा उनी स्वयंको नेतृत्वमा कारबाही चलाए।
१७ अप्रिलको बिहान १,४०० क्यूबाली अर्धसैनिकहरू क्यूबाको दक्षिणी तट, बे अफ पिग्स (Bay of Pigs) को एउटा जलसन्धिमा ओर्लन थाले। केही घण्टामै ब्रिगेड २५०६ स्थानीय मिलिशियासँग गोली हानाहानमा फस्यो। यस ढिलाइले हवाना स्थित क्यास्ट्रो र उनकी सरकारलाई समय दियो, र उनले तत्काल कप्तान जोसे रामोन फर्नान्डेजलाई प्रतिआक्रमण सुरु गर्न आदेश दिए।
पछिल्ला घण्टामा आक्रमणकारीहरूको नौसैनिक बेडा नष्ट गर्न बमबारी सुरु भयो। बाटो बन्द भएपछि, क्यास्ट्रोका फौजहरूले अगाडि बढेर प्रत्यक्ष रूपमा उनी स्वयंको नेतृत्वमा कारबाही चलाए। सुरुको योजनामा अमेरिकी वायु समर्थन महत्त्वपूर्ण भाग थियो, तर केनेडी प्रशासनले यो अन्तिम घडीमा हटाइदियो। त्यसबिना, र भाग्ने बाटो कटिएको अवस्थामा, आक्रमणकारीको हार निश्चित भयो। २० अप्रिलमा, अवतरणको तीन दिनपछि, ब्रिगेड २५०६ ले आत्मसमर्पण गर्यो । त्यतिन्जेल ११८ जना मारिइसकेका र सयौं घाइते भइसकेका थिए। यसरी १,२०० भन्दा बढी अर्धसैनिकहरू क्यास्ट्रो शासनको बन्दी बने।
बे अफ पिग्सको यस विनाशकारी आक्रमणको प्रतिक्रिया बहुआयामिक रह्यो। क्यास्ट्रोका लागि यो अमेरिकी साम्राज्यवादविरुद्धको ठूलो विजयको रूपमा दाबी गर्ने अवसर भयो । यो असफल आक्रमण केनेडी प्रशासनका लागि ठूलो परराष्ट्र नीतिगत हार थियो। यसले न केवल एउटा विदेशी सरकारलाई पल्टाउने षड्यन्त्रमा संलग्न भएको खुलायो, सैन्य दृष्टिकोणबाट पनि असफलतापूर्ण देखियो। यद्यपि, १९६२ मा केनेडी प्रशासनले ५० मिलियन डलर बराबरको खाना र औषधिको सट्टामा १,००० भन्दा बढी अर्धसैनिकहरूको रिहाइ गराउन सफल भयो।
सोभियत गठबन्धन र मिसाइल संकट
यस घटनाको सबैभन्दा महत्त्वपूर्ण परिणाम भनेको क्यूबा सोभियत सङ्घतर्फ अझ टाढासम्म धकेलिनु थियो। बे अफ पिग्सको असफल आक्रमणपछि केही साताभित्रै मस्को र हवाना बीच अझ घनिष्ठ व्यापारिक र सैन्य सम्बन्धको वार्ता सुरु भयो। डिसेम्बर १९६१ मा क्यास्ट्रोले खुलेआम आफू कम्युनिस्ट भएको घोषणा गर्दै आफ्नो देशलाई सोभियत शिविरमा औपचारिक रूपमा उभ्याए। यसको प्रतिक्रियामा केनेडी प्रशासनले अमेरिकन स्टेट्स संगठनबाट क्यूबालाई निष्कासन गर्ने तरखर अघि बढायो।
तर बे अफ पिग्स त मात्र पहिलो अध्याय थियो। १९६२ मा क्यूबामा अझ खतरनाक परिस्थितिको विकास हुने थियो, जसलाई इतिहासमा क्युबाली मिसाइल संकटका रूपमा चिनिन्छ। यो संकटलाई प्रायः शीतयुद्धको इतिहासमा आणविक युद्धमा बदलिने सबैभन्दा नजिकको क्षण मानिन्छ।
बे अफ पिग्स त मात्र पहिलो अध्याय थियो। १९६२ मा क्यूबामा अझ खतरनाक परिस्थितिको विकास हुने थियो, जसलाई इतिहासमा क्युबाली मिसाइल संकटका रूपमा चिनिन्छ।
१९६१ को घटनापछि, क्युबाविरुद्ध अमेरिकाको नयाँ आक्रमण वा षड्यन्त्र अनिवार्य रूपमा हुने आशंका बढ्दै गयो। त्यसैले क्रान्ति बचाउने र क्यास्ट्रो शासनलाई सत्तामा राख्ने एक मात्र उपाय क्यूबामा नै सोभियत सङ्घले आफ्ना सैन्य रक्षा संरचना स्थापना गर्नु हो भन्ने निष्कर्षमा पुगे। परिणामस्वरूप, बे अफ पिग्सपछि केही महिनामै फिडेल क्यास्ट्रोले सोभियत प्रधानमन्त्री निकिता ख्रुश्चोभसँग एउटा सम्झौता गरे, जसअनुसार सोभियत सङ्घले आफ्नो उन्नत ब्यालेस्टिक मिसाइलहरू क्यूबामा तैनाथ गर्ने भयो।यो कदमले देशलाई संयुक्त राज्य अमेरिका वा अमेरिकाले समर्थन गरेको प्रतिपक्षी क्रान्तिकारीहरूको सम्भावित आक्रमणबाट सुरक्षित राख्न सकिन्छ भन्ने क्युबाको विश्वास थियो । तर यो एउटा निर्णायक निर्णय थियो- जसले आधुनिक इतिहासका सबैभन्दा गहिरा राजनीतिक संकटहरू मध्ये एकलाई जन्म दियो ।
ख्रुश्चेभका साथ फिडेल क्यास्ट्रो । https://ichef.bbci.co.uk
बे अफ पिग्सपछि केही महिनामै फिडेल क्यास्ट्रोले सोभियत प्रधानमन्त्री निकिता ख्रुश्चोभसँग एउटा सम्झौता गरे, जसअनुसार सोभियत सङ्घले आफ्नो उन्नत ब्यालेस्टिक मिसाइलहरू क्यूबामा तैनाथ गर्ने भयो।
१९६२ अक्टोबर १४ मा, अमेरिकी U-2 जासुसी विमानका पाइलट मेजर रिचर्ड हेइसर क्यूबामाथि टोही उडान गरिरहेका बेला उनले टापुको एउटा स्थलमा रूसी SS-4 मध्यम दूरीका ब्यालिस्टिक क्षेप्यास्त्रहरू जडान भइरहेको दृश्य देखे र तस्बिर खिचे। दुई दिनपछि अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीलाई क्यूबामा रूसी क्षेप्यास्त्र स्थलहरू स्थापना भइरहेको बारेमा जानकारी दिइयो। यही क्षणबाट सुरु भयो कुख्यात "तेह्र दिन" को संकट, जसलाई पछि "क्यूबा मिसाइल संकट" नाम दिइयो।
पहिलो बैठकमै केनेडीलाई केही सदस्यहरूले तत्कालै क्यूबामा रहेका ती मिसाइल स्थलहरूलाई हवाई आक्रमण गर्ने र त्यसपछि टापुको प्रत्यक्ष आक्रमणमार्फत क्यास्ट्रोको शासन हटाउने सल्लाह दिए। तर केनेडीले तुलनात्मक रूपमा कम आक्रामक कदम रोजे ।
केनेडीले तुरुन्तै राष्ट्रिय सुरक्षा परिषद् र अन्य महत्वपूर्ण सल्लाहकारहरूको बैठक बोलाए। छलफलपछि निष्कर्ष निकालियो- यी स्थलहरू तत्काल वा चाँडै नै रूसी आणविक क्षेप्यास्त्र प्रक्षेपण गर्न सक्षम हुनेछन्, जसले केही मिनेट वा घण्टाभित्र अमेरिकाको पूर्वी तटका सबै प्रमुख शहरहरूमा प्रहार गर्न सक्नेछन्।
त्यो पहिलो बैठकमै केनेडीलाई केही सदस्यहरूले तत्कालै क्यूबामा रहेका ती मिसाइल स्थलहरूलाई हवाई आक्रमण गर्ने र त्यसपछि टापुको प्रत्यक्ष आक्रमणमार्फत क्यास्ट्रोको शासन हटाउने सल्लाह दिए। तर केनेडीले तुलनात्मक रूपमा कम आक्रामक कदम रोजे । यद्यपि यसले आउने दिनहरूमा तीव्र राजनीतिक संकटको ढोका खोल्यो।
अब विकसित हुँदै गएको संकट वाशिङ्टन र मस्को बीच नै बढी केन्द्रित रह्यो । यद्यपि आणविक वारहेडहरू क्यूबाको माटोमा थिए र यसले स्पष्ट रूपमा क्यास्ट्रोको शासनलाई समेट्थ्यो। मूल खेल के थियो भने- रूसले क्यूबालाई ठूलो आर्थिक र सैन्य सहायता दिने, र यसको बदलामा क्यास्ट्रोले सोभियत संघलाई आफ्नो भूमिमा क्षेप्यास्त्र राख्न दिने।
ख्रुश्चेभ र उनका टोलीका सदस्यहरुले ठाने- अमेरिकाले मस्कोको वरिपरिकै नजिकबाट वारहेड तानेर राख्न सक्छ भने, रूसले पनि अमेरिकाको ढोकैमा उस्तै गर्न किन नहुने?
सोभियत दृष्टिकोणबाट यो रणनीतिक रूपमा तर्कसंगत पनि देखिन्थ्यो। किनभने १९६२ सम्म आइपुग्दा संयुक्त राज्य अमेरिकाले पनि टर्की लगायतका सोभियत सीमासँग भौगोलिक रूपमा नजिक रहेका स्थानहरूमा धेरै वर्षदेखि आफ्ना ब्यालिस्टिक र आणविक अस्त्रहरू राखिरहेको थियो। ख्रुश्चेभ र उनका टोलीका सदस्यहरुले ठाने- यदि अमेरिकाले मस्कोको वरिपरिकै नजिकबाट वारहेड तानेर राख्न सक्छ भने, रूसले पनि अमेरिकाको ढोकैमा उस्तै गर्न किन नहुने? यसले दीर्घकालमा सोभियत हितलाई नै टेवा पुर्यायो।
अक्टोबर १६ को पहिलो बैठकपछि संकट झन् गहिरिँदै गयो। अक्टोबर २२ मा प्रारम्भिक कूटनीतिक प्रयास असफल भएपछि, केनेडी सरकारले क्यूबामा आउने-जाने जहाजहरूको निगरानीका लागि "क्वारेन्टिन" घोषणा गर्यो । कानुनी दृष्टिले युद्ध घोषणा मानिन सक्ने भएकोले "नौसैनिक नाकाबन्दी" शब्दको प्रयोग गरिएन । अमेरिकी जहाज र विमानहरू तुरुन्तै पश्चिमी क्यारिबियनमा पठाइए, जसले क्यूबामा प्रवेश गर्ने सबै जहाजको सामान जाँच गर्न थाले । त्यसमा विशेष गरी सैन्य सामग्रीबारे विशेष खोजतलास र निगरानी गरिन थालियो ।
उक्त साँझ केनेडीले क्यूबाबाट पश्चिमी गोलार्धको कुनै पनि राष्ट्रमाथि भएको आक्रमणलाई सोभियत संघद्वारा अमेरिकामाथिको आक्रमणको रूपमा लिइनेछ भन्ने चेतावनी दिँदै राष्ट्रलाई प्रत्यक्ष टेलिभिजन सम्बोधन गरे । उनले स्पष्ट गरे-क्वारेन्टिनको उद्देश्य नयाँ रूसी सैन्य सामग्री क्यूबामा प्रवेश गर्न नदिने मात्र हो, सम्पूर्ण व्यापार रोक्ने होइन। यसपछि अब कदम चाल्ने जिम्मेवारी अन्तर्राष्ट्रिय समुदाय र मास्कोको सरकारमाथि रह्यो।
अमेरिका संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाउन माग गर्दै, सयौँ बमवर्षक विमान तथा दुई दर्जन जति आणविक हतियारसहितका B-52 क्यूबा वरिपरि र सोभियत आकाशसीमासम्म पठायो । यो तीब्र रुपमा विकसित हुँदै गइरहेकोले संसार आणविक युद्धको सम्भावनातिर धकेलिरहेको थियो ।
अर्का केही दिनमा अमेरिका र सोभियतका सहयोगी राष्ट्रहरूले आफ्नो-आफ्नो पक्षमा युद्धको सम्भावित तयारीसहितको भाषणबाजी बढाए। अक्टोबर २४ मा, पोप जोन XXIII ले दुवै पक्षलाई आफ्ना कदमका परिणामबारे सोच्न अनुरोध गरे। क्यास्ट्रो निरन्तर भन्दै रहे- यो हतियारको स्थापना प्रतिरक्षात्मक हो, आक्रमणको लागि होइन। तर निर्णायक प्रतिक्रिया मास्कोबाट आउनु थियो, र प्रारम्भिक संकेत राम्रो थिएन। सोभियत समाचार संस्थाले ख्रुश्चेभको टेलिग्राम प्रसारण गर्यो-क्वारेन्टिनलाई सैन्य आक्रमणको कार्य मान्ने, र तुरुन्तै क्यूबा वरिपरिको गतिविधि रोक्न माग गर्ने। यसले संकटलाई झन् तीव्र बनायो।
यही दिन अमेरिका संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाउन माग गर्दै, सयौँ बमवर्षक विमान तथा दुई दर्जन जति आणविक हतियारसहितका B-52 क्यूबा वरिपरि र सोभियत आकाशसीमासम्म पठायो । यो तीब्र रुपमा विकसित हुँदै गइरहेकोले संसार आणविक युद्धको सम्भावनातिर धकेलिरहेको थियो ।
अक्टोबर २५, २६ र २७-यी तीन दिन मिसाइल संकटका सबैभन्दा तनावपूर्ण क्षण थिए। कूटनीतिक वार्ता जारी रहँदा अमेरिकी नौसैनिक क्वारेन्टिनले क्यूबा जाने जहाजहरूको खानतलासी गर्दै रह्यो। अक्टोबर २६ मा वासिङ्टन र मास्कोबीच वार्ता सुरु भयो, तर चाँडै नै यो लगभग भङ्ग भयो- जब एक अमेरिकी विमानलाई क्यूबाबाट प्रक्षेपित सतहदेखि हावासम्म पुग्ने मिसाइलले खसाल्यो। ख्रुश्चेभले यसमा सोभियत संलग्नता नरहेको प्रष्ट पारे। वासिङ्टनमा अर्को विमान खसालिए तत्कालै क्यूबा आक्रमण गर्ने निर्णय भयो । तर अन्ततः त्यो संकट टरेर गयो ।
अक्टोबर २७ को अन्त्यतिर सम्झौता नजिक आयो- रूसले आफ्ना क्षेप्यास्त्र हटाउने र प्रक्षेपण स्थल निर्माण रोक्ने, बदलामा अमेरिकाले टर्कीबाट आफ्ना आणविक मिसाइल हटाउने। थप रूपमा, केनेडीले ख्रुश्चेभलाई पत्र लेखेर क्यूबाको सम्प्रभुताको सम्मान गर्ने र 'बे अफ पिग्स' जस्तो पुनः हस्तक्षेप नगर्ने वचन दिए। यसरी दुवै पक्ष आफ्नो प्रतिष्ठा जोगाउँदै बुद्धिमत्ता देखाएर विश्वलाई भयानक आणविक युद्धको संङ्कटबाट बाहिर त निकाले नै, क्यूबाको स्वतन्त्रताको पनि प्रत्याभूति भयो
सोभियत शैलीका सुधार र अमेरिकी प्रतिबन्ध
तेह्र दिन लामो मिसाइल संकटको घटनापछि क्युबा र सोभियतसंघबीचको सम्बन्ध झनै प्रगाढ बनेर गयो । फिडेलले १९६३ मा मस्को र अन्य सोभियत शहरहरूको भ्रमण गरे। त्यसपछि उनले क्यूबाको समाज, अर्थतन्त्र र राजनीतिमा सोभियत शैलीका सुधारहरू लागू गरे। यसरी क्यूबा, अमेरिकाको छेउमै बसेर, उसकै प्रतिध्रुवको रूपमा रहिरह्यो।
अमेरिकाले भने प्रत्यक्ष हस्तक्षेप नगरे पनि क्यास्ट्रोको शासन र क्यूबामाथि कडा आर्थिक, कूटनीतिक र व्यापार प्रतिबन्ध लगाइरह्यो । फिडेल तथा क्युबाविरुद्धका प्रतिक्रान्तिकारी कामकारवाहीहरुलाई अप्रत्यक्ष रुपमा बढावा दिइरह्यो । त्यसैको नतिजा थियो– अनगिन्ती पटक फिडेलको हत्या प्रयास । अमेरिकी नाकाबन्दीकै कारण क्युबाको अर्थतन्त्रमा दशकौंसम्म नकारात्मक असर परिरह्यो ।
अर्थतन्त्रको उतारचढाव
फिडेलको शासनमा क्यूबाको विकास मिश्रित र अस्पष्ट परिणाम बोकेको रह्यो। केही कारण अमेरिकी प्रतिबन्धसँग सम्बन्धित थिए, केही भने क्यास्ट्रो सरकारले गरेको आर्थिक योजनाबाट उत्पन्न कमजोर परिणामहरु। १९६० को दशकको अन्त्यसम्ममा आइपुग्दा क्युबा गम्भीर आर्थिक संकटमा फस्यो।
१९६०को दशकभरि क्युबा सोभियत संघबाट पाइने सब्सिडीमा बढ्दो रूपमा निर्भर भयो। एक समयमा त यो सहायता क्यूबाको कुल देशीय उत्पादनको करिब ४० प्रतिशतसम्म पुग्यो।
क्युबाको अर्थतन्त्रको ठूलो हिस्सा अझै पनि चिनी उद्योगमै निर्भर थियो, जुन १७औँ शताब्दीदेखि नै व्यापक क्यारिबियन क्षेत्रमा देखिएको स्थिति जस्तै हो। क्रान्तिअघिका वर्षहरूमा विस्तार हुँदै गरेका क्यासिनो र पर्यटन जस्ता अरू उदीयमान उद्योगहरू क्रान्तिपछि तीव्र रूपमा खस्किए। यसको परिणामस्वरूप, १९६०को दशकभरि क्युबा सोभियत संघबाट पाइने सब्सिडीमा बढ्दो रूपमा निर्भर भयो। एक समयमा त यो सहायता क्यूबाको कुल देशीय उत्पादनको करिब ४० प्रतिशतसम्म पुग्यो।
तर, त्यसपछि परिस्थितिमा सुधार आयो। १९७० र १९८० को दशकमा-अन्तर्राष्ट्रिय आर्थिक सुस्ततालाई समेत चुनौती दिँदै- क्यूबाको अर्थतन्त्रमा उल्लेखनीय प्रगति भयो। तर १९८० को दशकमा सोभियत संघको पतन र अन्ततः शीतयुद्धको अन्त्यसँगै, २०औँ शताब्दीको उत्तरार्धमा क्यूबाले फेरि आर्थिक कठिनाइको अर्को चरणमा प्रवेश गर्यो।
स्वास्थ्य क्षेत्रमा अभूतपूर्व उपलब्धि
क्यास्ट्रो शासनको सबैभन्दा महत्वपूर्ण उपलब्धिहरूमध्ये स्वास्थ्य प्रणाली एक हो, जुन फिडेलको नेतृत्वमा दशकमै निर्माण र विस्तार भयो। क्यूबाको स्वास्थ्य प्रणाली क्रान्तिअघि नै लाटिन अमेरिकामा उत्कृष्टमध्ये गनिन्थ्यो, तर १९६०को दशकदेखि यी सफलताहरूलाई अझ व्यापक बनाइयो। क्यास्ट्रो शासनमा सार्वभौमिक स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क र सबैका लागि समान रूपमा पहुँचयोग्य बनाइयो। शासनको सुरुआती वर्षहरूमा ठूलो संख्यामा क्यूबाली चिकित्सकहरू अमेरिकातर्फ पलायन गरेपछि, १९६० को दशकमा स्वास्थ्य क्षेत्रमा ठूलो लगानी सुरु गरियो।
क्यास्ट्रो शासनको सबैभन्दा महत्वपूर्ण उपलब्धिहरूमध्ये स्वास्थ्य प्रणाली एक हो, जुन फिडेलको नेतृत्वमा दशकमै निर्माण र विस्तार भयो।
१९७६ मा जारी क्यूबाली संविधानको धारा ५० मा स्वास्थ्य प्रणालीप्रतिको राज्यको प्रतिबद्धता स्पष्ट रूपमा सुरक्षित गरियो। यसको नतिजा स्वरूप, १९५८ मा प्रत्येक १०,००० जनामा ९.२ जना मात्र चिकित्सक हुने अनुपात बढेर १९९९ सम्म आइपुग्दा लगभग ६० जना चिकित्सक प्रति १०,००० नागरिक पुगे।
यसका कारण आज क्यूबामा शिशु मृत्यु दर अमेरिका भन्दा कम छ । त्यहाँको सरदर आयु पनि ७९ वर्षको छ।
१९९० र २००० को दशकमा क्यूबाले एचआईभीको संक्रमण नियन्त्रणमा ठूलो सफलता प्राप्त गर्यो, र पछिल्ला दशकहरूमा धेरै नवीन स्वास्थ्य आविष्कारहरू गरेको छ । एचआइभीविरुद्ध अमेरिका तथा पश्चिमा देशहरुले क्युबालाई असहयोग गर्दा क्युबाले आफैं खोप विकास गरेर अन्य मुलुकहरुलाई समेत त्यो प्रविधि हस्तान्तरण गरेको छ । कतिपय स्वास्थ्य खोपहरुको विकासमा क्युबाले पश्चिमी विकसित मुलुकहरूलाई पनि उछिनेको छ । त्यसमध्ये फोक्सोको क्यान्सरविरुद्धको क्रान्तिकारी खोप उल्लेखनीय छ।
शिक्षामा क्रान्ति
शिक्षा प्रणाली पनि फिडेल क्यास्ट्रोको शासनमा अभूतपूर्व रूपमा फस्टायो। क्रान्तिपछि सबै शैक्षिक संस्थानहरूलाई राष्ट्रियकरण गरेर राज्यको स्वामित्व र व्यवस्थापनमा ल्याइयो। शिक्षा, स्वास्थ्यसँगै, शासनको प्रमुख प्राथमिकतामा पर्यो र यसमा ठूलो लगानी गरियो।
सन् १९९८ मा युनेस्कोको अध्ययनले देखायो कि क्यूबाली विद्यार्थीहरूको शैक्षिक स्तर धेरै विकसित मुलुकका विद्यार्थीहरूभन्दा पनि उल्लेखनीय रूपमा उच्च छ।
क्यास्ट्रो शासनले देशको सकल राष्ट्रिय उत्पादनको १० प्रतिशतसम्म शिक्षा क्षेत्रमा खर्च गरेको थियो, जुन छिमेकी विकसित मुलुकहरूको औसत खर्चको करिब दोब्बर हो। क्रान्तिपछि तत्कालै देशव्यापी निरक्षरता उन्मूलन अभियान चलाइयो, जसको फलस्वरूप २००० सम्म पुग्दा युवावस्थाका ९७ प्रतिशतभन्दा बढी क्यूबाली साक्षर बने।
सन् १९९८ मा युनेस्कोको अध्ययनले देखायो कि क्यूबाली विद्यार्थीहरूको शैक्षिक स्तर धेरै विकसित मुलुकका विद्यार्थीहरूभन्दा पनि उल्लेखनीय रूपमा उच्च छ।
यो उच्च शिक्षा संस्थानहरूमा समेत फैलिएको थियो, जस्तै हाभानाको विश्वविद्यालय, जुन १९६१ मा राष्ट्रियकरण गरियो।
देशले महिलालाई समेत उच्च शिक्षामा समान पहुँच दिने प्रगतिशील कदमहरू उठायो। स्वास्थ्य र शिक्षा दुवै क्षेत्रमा हासिल भएको सफलता यहीँ प्रष्ट हुन्छ कि हाभानाको विश्वविद्यालय अहिले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि पनि आकर्षक गन्तव्य बनेको छ।
गुटनिरपेक्ष आन्दोलनतर्फ क्यास्ट्रोको मोड
क्यूबा क्रान्तिपछि केही वर्षमै शीतयुद्धको प्रमुख केन्द्र बने पनि, १९७० को दशकमा क्यास्ट्रोले देशलाई अमेरिका-नाटो र सोभियत संघबीचको संघर्षमा बढी तटस्थ बनाउने नीति रोजे।
यो झुकाव गुटनिरपेक्ष आन्दोलनतर्फ थियो । यो आन्दोलन १९५० को दशकमा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू र कम्युनिस्ट युगोस्लाभियाका जोसिप टिटोको नेतृत्वमा सुरु भएको एउटा मंच थियो, जसले शीतयुद्धका दुई शक्तिशाली गुटहरूमध्ये कुनै एकमा नजोडिने विकल्प दिन्थ्यो।
क्युबा सोभियत संघ प्रमुख व्यापारिक साझेदारको रूपमा रहिरह्यो । अमेरिकी नाकाबन्दी र आर्थिक व्यावहारिकताले यो अवस्था कायम राख्नु क्युबाको बाध्यता पनि थियो ।
१९७३ मा अल्जेरियामा भएको गुटनिरपेक्ष चौथो शिखर सम्मेलनमा क्यास्ट्रोको उपस्थितिले सुरुमा केही देशहरूलाई असन्तुष्ट बनायो- किनकि उनीहरूलाई लाग्थ्यो, क्यूबा अझै पनि मस्कोसँग धेरै नजिक छ। तर, त्यसपछिका वर्षहरूमा क्यास्ट्रोले राजनीतिक रूपमा क्यूबालाई रूसबाट केही टाढा ल्याउन सफल भए, र १९७० को दशकको अन्त्यतिर उनी गुटनिरपेक्ष आन्दोलनका अध्यक्ष बने।
यद्यपि क्युबा सोभियत संघ प्रमुख व्यापारिक साझेदारको रूपमा रहिरह्यो । अमेरिकी नाकाबन्दी र आर्थिक व्यावहारिकताले यो अवस्था कायम राख्नु क्युबाको बाध्यता पनि थियो । क्यास्ट्रोको नेतृत्वमा १९७० को दशकमा क्यूबा शीतयुद्धको अग्रपंक्तिबाट धेरै पछि सरेको थियो।
चे ग्वेभाराले जस्तै क्यास्ट्रो पनि क्यूबा अन्तर्राष्ट्रिय क्रान्तिको व्यापक प्रयासको एउटा मात्र हिस्सा हो भनी मान्दथे ।त्यसैले क्रान्तिकारी शासनको सुरुदेखि नै क्यूबाले दक्षिणी गोलार्धका धेरै वामपन्थी र क्रान्तिकारी आन्दोलनहरूलाई समर्थन दियो।
सोभियत संघसँगको राजनीतिक दूरी बढाउने क्यास्ट्रोको निर्णयको मतलब विदेशी युद्धहरूमा संलग्न हुन अनिच्छा थिएन। वास्तवमा, १९७० को दशकमा क्यूबा लाटिन अमेरिका र अफ्रिकाका धेरै अन्तर्राष्ट्रिय द्वन्द्वहरूमा सक्रिय रूपमा संलग्न भयो-विशेषतः अफ्रिकामा।
चे ग्वेभाराले जस्तै क्यास्ट्रो पनि क्यूबा अन्तर्राष्ट्रिय क्रान्तिको व्यापक प्रयासको एउटा मात्र हिस्सा हो भनी मान्दथे ।त्यसैले क्रान्तिकारी शासनको सुरुदेखि नै क्यूबाले दक्षिणी गोलार्धका धेरै वामपन्थी र क्रान्तिकारी आन्दोलनहरूलाई समर्थन दियो। १९६० को दशकमा क्यास्ट्रो समेतको सहमतिमा चे ग्वेभाराले पेरु, बोलिभिया र अर्जेन्टिनामा वामपन्थी क्रान्ति ल्याउने उद्देश्यसहित "एन्डियन परियोजना" नामक गुरिल्ला आन्दोलन सुरु गरेका थिए। तर, यो योजना १९६७ को अक्टोबरमा बोलिभियामा अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीद्वारा ग्वेभारा पक्राउ परी उनको हत्या भएपछि बन्द भयो। यो राजनीतिक र व्यक्तिगत दुवै रूपमा फिडेलका लागि ठूलो आघात भए पनि, उनले लाटिन अमेरिका र क्यारिबियनमा वामपन्थी आन्दोलनलाई समर्थन गर्न छोडेनन्।
अफ्रिकामा क्युबाको क्रान्तिकारी संलग्नता
१९७० को दशकमा, क्यास्ट्रो अफ्रिकामा विशेष रूपमा सक्रिय भए। १९६० को दशकको मध्यतिर उनी र ग्वेभारा कंगोमा अमेरिकी समर्थित शासनविरुद्धका विद्रोहीहरूलाई समर्थन गरिसकेका थिए।
१९७० को दशकमा यो रणनीति विस्तार भयो। क्यास्ट्रोले त्यतिबेला अफ्रिकालाई "साम्राज्यवादी श्रृंखलाको सबैभन्दा कमजोर कडी" भनेर वर्णन गरेका थिए।
यसको फलस्वरूप, १९७५ मा उनले सयौँ सैन्य सल्लाहकारहरू अङ्गोला पठाए-पोर्चुगलबाट स्वतन्त्र भएको केही समयमै त्यहाँ गृहयुद्ध भड्किएको थियो।
यी सल्लाहकारहरूलाई पिपल्स मुभमेन्ट फर द लिबरेसन अफ अङ्गोला (एमपीएलए) नामक कम्युनिस्ट पक्षलाई सहयोग गर्न पठाइयो, जसले पश्चिम समर्थित नेसनल युनियन फर द टोटल इन्डिपेन्डेन्स अफ अङ्गोलासँग युद्ध लडिरहेको थियो।
अङ्गोलाको कूइतोकुन्भालमा भएको लडाईमा क्युबाका सेनाहरुले दक्षिण अफ्रिकाको रंगभेदी शासनको राष्ट्रिय सेनालाई पराजित गर्यो। यो युद्ध पछि दक्षिण अफ्रिका अङ्गोलाबाट पछि हट्न बाध्य भयो।
अङ्गोलाको यो गृहयुद्ध २७ वर्षसम्म विभिन्न रूपमा चलिरह्यो, र अङ्गोलामा क्यूबाको ठूलो संलग्नताको सुरुवात यहीँबाट भयो। १९९१ सम्म आइपुग्दा, ३ लाख ७० हजारभन्दा बढी क्यूबाली सैनिक र थप ५० हजार क्यूबाली नागरिक-डाक्टर, नर्स र अन्य भूमिकामा-अङ्गोलामा सेवा गरिसकेका थिए। यसको मतलब, गृहयुद्धको पहिलो १५ वर्षमा क्यूबाको करिब ५ प्रतिशत जनसंख्या कुनै न कुनै रूपमा अङ्गोलामा संलग्न थियो। अङ्गोलाको कूइतोकुन्भालमा भएको लडाईमा क्युबाका सेनाहरुले दक्षिण अफ्रिकाको रंगभेदी शासनको राष्ट्रिय सेनालाई पराजित गर्यो। यो युद्ध पछि दक्षिण अफ्रिका अङ्गोलाबाट पछि हट्न बाध्य भयो। यो युद्धको मनोबैज्ञानिक प्रभाव यति जबर्जस्त थियो कि अन्तत दक्षिण अफ्रिकाको रंगभेदी शासनको पतन पनि छिट्टै भयो। साथसाथै नामिबिया पनि दक्षिण अफ्रिकाबाट मुक्त भयो ।
संयुक्त राज्यसँग सम्बन्ध सुधारको प्रयास
सन् १९७० को दशकको उत्तरार्धतिर अफ्रिकामा क्रान्तिकारी गतिविधिहरू फैलाउन र समर्थन गर्न क्युबाको भूमिका बढ्दै गएको भए पनि, सोही अवधिमा संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूसँगको सम्बन्धमा केही सुधार देखियो। मेक्सिकोका राष्ट्रपति लुइस एचेभेरिया, क्यानाडाका प्रधानमन्त्री पियर ट्रुडो, र अमेरिकी राष्ट्रपति जिमी कार्टरसमेतको नेतृत्वमा बनेको गठबन्धनले द्वीप राष्ट्रसँगको सम्बन्ध सुधार्ने प्रस्ताव अघि सारे। विशेषतः, कार्टरले ह्वाइट हाउसका उनका पूर्ववर्तीहरू, जस्तै जोन एफ. केनेडी र रिचर्ड निक्सनले लिएको टकरावपूर्ण नीतिलाई परित्याग गर्न तयार थिए। यद्यपि उनले क्यास्ट्रोको शासनका धेरै पक्षहरूको आलोचना जारी राखे, तर साथसाथै उनले दुवै छिमेकी देशबीचको सम्बन्ध सुधार्ने उद्देश्यले सार्थक वार्ता सुरु गरे।
क्यास्ट्रोले संयुक्त राज्य अमेरिकाले क्युबामाथिको आर्थिक नाकाबन्दी अन्त्य गर्ने आशा गरे। यद्यपि त्यो सम्भव भएन ।
क्यास्ट्रोले थुप्रै राजनीतिक कैदीहरूलाई रिहा गर्ने सहमति जनाए र सन् १९५९ को क्रान्तिपछि संयुक्त राज्यतर्फ पलायन गरेका क्युबालीहरूलाई कडाइका साथ केही सर्तहरूका आधारमा अस्थायी रूपमा आफ्नो परिवार भेट्न क्युबा फर्कने अनुमति दिने व्यवस्था गरे। आफ्नोतर्फबाट, क्यास्ट्रोले संयुक्त राज्य अमेरिकाले क्युबामाथिको आर्थिक नाकाबन्दी अन्त्य गर्ने आशा गरे। यद्यपि त्यो सम्भव भएन, केही कठोर प्रतिबन्धहरू भने हलुका पारिए, जसले क्युबालाई केही आर्थिक राहत प्रदान गर्यो।
‘मारियल बोटलिफ्ट’ र जनसांख्यिकीय परिवर्तन
क्यास्ट्रोको नेतृत्वमा क्युबामा लागू कम्युनिष्ट शासनका कारण १९८० मा एक ठूलो घटनालाई जन्म दियो, जसले आजसम्म अमेरिकी भूमिमा क्युबाली समुदायको स्वरूपलाई निर्धारण गरेको छ। वर्षौँको कडाइ र देश छोड्ने प्रयासपछि, क्यास्ट्रोको सरकारले अस्थायी रूपमा मारियल बन्दरगाह खोलेर मानिसहरूलाई संयुक्त राज्यतर्फ जान अनुमति दियो। १५ अप्रिल १९८० देखि अक्टोबरको अन्त्यसम्मको करिब साढे छ महिनामा करिब १ लाख २० हजार क्युबाली अमेरिका पुगे। यस घटनालाई 'मारियल बोटलिफ्ट' नाम दिइयो, जसले अमेरिकी राजनीतिमा विशेष चर्चा पायो, किनभने राष्ट्रपति जिमी कार्टरको प्रशासन यति धेरै शरणार्थीहरूको निरन्तर आगमनलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा अनिश्चित थियो।
क्युबाली-अमेरिकी मतदाता समूह अब फ्लोरिडाको राजनीतिक खेलमा महत्त्वपूर्ण 'स्विङ-भोट' शक्ति बनेका छन्।
मारियल बन्दरगाह पुनः बन्द हुँदा फ्लोरिडा, विशेषतः मियामीको जनसांख्यिकीय संरचनामा ठूलो परिवर्तन भइसकेको थियो। यसको प्रभाव के रह्यो भने क्युबाली-अमेरिकी मतदाता समूह अब फ्लोरिडाको राजनीतिक खेलमा महत्त्वपूर्ण 'स्विङ-भोट' शक्ति बनेका छन्।
आर्थिक संकट र ‘विशेष काल’
१९८० को दशकमा क्यास्ट्रोको शासनमा क्युबामा ठूलो परिवर्तन आयो। चिनीको मूल्यमा आएको विश्वव्यापी गिरावटका कारण मुख्य निर्यात वस्तुमा क्षति पुग्यो र बेरोजगारी बढ्यो। १९७० को दशकमा केही हदसम्म सोभियत प्रभावबाट टाढा भएको क्युबा फेरि रूसी अनुदान र बजारमा निर्भर हुन थाल्यो। तर यो दीर्घकालीन रणनीति थिएन। १९८५ मा मिखाइल गोर्बाचोभ सोभियत संघको कम्युनिष्ट पार्टीको महासचिव बने र सुधारवादी नीतिहरू ल्याए, जसले शीतयुद्धलाई अन्त्यतिर धकेल्यो।
सोभियत संघको पनि पतनको परिणामस्वरूप, क्युबामा पनि शासन परिवर्तनको आशंका थियो, तर क्यास्ट्रोले सुझबुझपूर्वक परिस्थितिलाई सम्हालेर अमेरिका-विरोधी अन्य ल्याटिन अमेरिकी शासनहरूसँग अस्थायी गठबन्धन गर्दै क्युबाको समाजवादी सत्तालाई जोगाए।
तर, यी सुधारहरूले पूर्वी युरोपका कम्युनिष्ट मुलुकहरूमा राजनीतिक सुधारको मागलाई तीव्र बनायो। नोभेम्बर १९८९ मा बर्लिन पर्खाल ढल्यो, र दुई वर्षमै सोभियत संघको पनि पतन भयो। यसको परिणामस्वरूप, क्युबामा पनि शासन परिवर्तनको आशंका थियो, तर क्यास्ट्रोले सुझबुझपूर्वक परिस्थितिलाई सम्हालेर अमेरिका-विरोधी अन्य ल्याटिन अमेरिकी शासनहरूसँग अस्थायी गठबन्धन गर्दै क्युबाको समाजवादी सत्तालाई जोगाए।
शीतयुद्ध अन्त्यपछि क्यास्ट्रोले यस नयाँ युगलाई 'शान्तिको विशेष काल' भने। तर १९९० को दशकका अधिकांश क्युबालीका लागि यो आर्थिक विपत्तिको समय पनि थियो। सोभियत संघको विघटनपछि क्युबा अमेरिकी प्रतिबन्धको घेराभन्दा बाहिर निस्कन सकेन । रूसका त्यसबेलाका नयाँ राष्ट्रपति बोरिस येल्त्सिनको कडा असन्तुष्टिका कारण आर्थिक सहयोग लगभग शून्य भयो। १९९० देखि १९९२ सम्म क्युबाको आर्थिक गतिविधि झन्डै ४० प्रतिशत घट्यो।
१९९० को दशकका अधिकांश क्युबालीका लागि यो आर्थिक विपत्तिको समय पनि थियो। सोभियत संघको विघटनपछि क्युबा अमेरिकी प्रतिबन्धको घेराभन्दा बाहिर निस्कन सकेन ।
विद्युत् अभाव, इन्धन संकट, आवश्यक वस्तुको आपूर्ति अवरुद्ध, र कच्चा पदार्थ नपाएपछि कारखाना बन्द हुने क्रम सुरु भयो। यसरी 'विशेष काल' वास्तवमा क्युबाको लागि ठूलो आर्थिक संकटको काल बन्यो ।
सीमित आर्थिक उदारीकरण र नयाँ साझेदारीहरू
यस संकटले क्यास्ट्रो शासनलाई केही सुधारका प्रयास गर्न बाध्य बनायो। १९९१ को अन्त्यतिरदेखि निजी उद्योग सञ्चालन गर्ने अनुमति, अमेरिकी डलरलाई वैकल्पिक मुद्रा बनाउन, र केही राजनीतिक सुधारमार्फत नयाँ पुस्ताका नेताहरूलाई सत्तामा ल्याउने काम भयो। विदेशीहरुको आवागमनमा खुकुलोपन ल्याइयो, जसले पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्यो। चिनी उत्पादनभन्दा पर्यटन मुख्य आयस्रोत बन्दा १९९६ सम्ममा बजेट घाटा प्रायः समाप्त भयो र विदेशी लगानी बढ्यो। तर कतिपय आलोचकहरूले यसलाई क्रान्तिकारी समाजवादको आदर्शमाथिको विश्वासघातका रूपमा व्याख्या गर्ने गर्छन् ।
क्यास्ट्रोले विश्वभरका ती शासन-व्यवस्थासँग हातेमालो गरे, जसको धारणा अमेरिकाविरुद्ध र समग्र पश्चिमी पूँजीवादी शक्तिहरूविरुद्ध थियो। यीमध्ये कतिपय दृष्टिले उनको कदम पछि हेर्दा राजनेताझैँ देखिन्थे।
क्युबाली अर्थतन्त्रका केही भागहरूमा भएको यो नियमन-मुक्तिकरण (de-regulation) सत्ता परिवर्तनपछि पनि, फिडेल स्वयं अन्तर्राष्ट्रिय मञ्चमा आफूलाई पूँजीवादको कट्टर विरोधीका रूपमा प्रस्तुत गरे । उनले विश्वभरका ती शासन-व्यवस्थासँग हातेमालो गरे, जसको धारणा अमेरिकाविरुद्ध र समग्र पश्चिमी पूँजीवादी शक्तिहरूविरुद्ध थियो। यीमध्ये कतिपय दृष्टिले उनको कदम पछि हेर्दा राजनेता (statesman like) झैँ देखिन्थे। उदाहरणका लागि, दक्षिण अफ्रिकी सरकारको रंगभेदी नीतिको उनी लामो समयदेखि दृढ विरोधी थिए, र अङ्गोला गृहयुद्धमा क्युबाको लामो संलग्नता दक्षिण अफ्रिकी रंगभेदविरोधीहरूलाई सहयोग पुर्याउन आंशिक रूपमा सहयोगी सिद्ध भएको थियो।
फिडेल सबैभन्दा नजिक भेनेजुएलाका हुगो चाभेजसँग थिए- जहाँ क्युबाले स्वास्थ्य सेवा सम्बन्धी दक्षता उपलब्ध गरायो र यसको सट्टामा भेनेजुएलाबाट तेल प्राप्त गर्यो। पछि बोलिभिया जस्ता अन्य देशहरू पनि यो आन्दोलनमा संलग्न भए, जसलाई "पिंक टाइड" भनिन थालियो।
दक्षिण अफ्रिकाका अग्रणी रंगभेदविरोधी नेता नेल्सन मण्डेलासँगको दीर्घकालीन मित्रताका कारण, १९९४ मा दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति पदग्रहण समारोहमा मण्डेलाले उनलाई निम्तो दिए। तर यसभन्दा बढी विवादास्पद विषय भने उनको नेतृत्वमा बनेको एउटा नयाँ ल्याटिन अमेरिकी गठबन्धन थियो, जसले अमेरिकी-विरोधी धारणा अँगाल्यो र समाजवादलाई प्राथमिकता दियो। यसमा फिडेल सबैभन्दा नजिक भेनेजुएलाका हुगो चाभेजसँग थिए- जहाँ क्युबाले स्वास्थ्य सेवा सम्बन्धी दक्षता उपलब्ध गरायो र यसको सट्टामा भेनेजुएलाबाट तेल प्राप्त गर्यो। पछि बोलिभिया जस्ता अन्य देशहरू पनि यो आन्दोलनमा संलग्न भए, जसलाई "पिंक टाइड" भनिन थालियो। तर राजनीतिक र आर्थिक रूपमा भेनेजुएलामा संकट देखापरेपछि यस पहलमा ठूलो धक्का लाग्यो ।
व्यक्तिगत जीवन र सत्ता हस्तान्तरण
शीतयुद्धपछि, क्यास्ट्रोको व्यक्तिगत जीवन पनि चासोको विषय बन्न थाल्यो। सन् १९९३ मा उनकी छोरी अमेरिकामा शरण लिन पुगेपछि, उनले आफ्ना बाबुको शासनलाई खुलेर आलोचना गरिन्।
उनको सबैभन्दा नजिकको पारिवारिक सम्बन्ध भने भाइ राउलसँग थियो, जसले १९५० को दशकको अन्त्यदेखि नै उनको सत्ता-सहयोगीको भूमिका निभाएका थिए।
कम्युनिस्ट शासनको प्रमुख क्यास्ट्रोको सार्वजनिक छवि बिद्रोही नेताको रुपमा जीवनभर कायम रह्यो , र उनी सार्वजनिक रूपमा प्रायः हरियो सैन्य पोशाकमै देखिन्थे।
सामान्यतया, क्यास्ट्रो मौन र निजी स्वभावका मानिन्थे। "कमाण्डान्ते" वा "कमाण्डर" भनेर दीर्घ शासनकालभरि सम्बोधन गरिने कम्युनिस्ट शासनको प्रमुख क्यास्ट्रोको सार्वजनिक छवि बिद्रोही नेताको रुपमा जीवनभर कायम रह्यो , र उनी सार्वजनिक रूपमा प्रायः हरियो सैन्य पोशाकमै देखिन्थे।
सन् २००३ मा क्युबाली राष्ट्रिय सभाले क्यास्ट्रोलाई राष्ट्रपतिका रूपमा थप पाँच वर्षको कार्यकाल प्रदान गर्यो। तर मात्र तीन वर्षपछि, जुलाई २००६ मा, फिडेलले आफ्नो दीर्घकालीन सहयोगी र भाइ राउल क्यास्ट्रोलाई अस्थायी रूपमा सत्ता हस्तान्तरण गरे। यो व्यवस्था प्रारम्भमा उनको आन्तरिक रक्तस्राव गराउने गम्भीर आन्द्रा-सम्बन्धी रोगको शल्यक्रियापछि उनीलाई पर्याप्त समय उपचारका लागि दिन गरिएको थियो। क्युबाली क्रान्तिको सफलता र १९५९ मा हवाना प्रवेश गरेदेखि पहिलो पटक फिडेल प्रभावकारी रूपमा राष्ट्रप्रमुख रहेनन्।
करिब डेढ वर्षपछि, यो अस्थायी अवकाश स्थायी भयो। फेब्रुअरी २००८ सम्ममा "कमाण्डान्ते" सार्वजनिक रूपमा १९ महिनाभन्दा बढी देखिएका थिएनन्, र जब राष्ट्रिय सभा नयाँ पाँच वर्षका लागि राष्ट्रपतिमा को हुनेछ भनेर निर्णय गर्न बस्यो, त्यतिबेला ८१ वर्षका फिडेल अर्को कार्यकालका लागि नउठ्ने कुरा क्युबा र विश्व समुदाय दुवैका लागि धेरै आश्चर्यजनक रहेन। सट्टामा, २४ फेब्रुअरी २००८ मा राउल क्यास्ट्रो राष्ट्रिय सभाका अध्यक्षको रूपमा निर्वाचित भए, जससँगै क्युबाको कम्युनिस्ट शासनको शीर्षमा फिडेलको ४९ वर्ष लामो नेतृत्व समाप्त भयो।
अन्तिम वर्षहरू र मृत्यु
अवकाशपछि, स्वास्थ्य बिग्रँदै गएसँगै क्यास्ट्रो प्रायः सार्वजनिक दृष्टिबाट टाढै रहे। उनले क्युबाली कम्युनिस्ट पार्टीको आधिकारिक पत्रिका ग्रान्मा मा लेख प्रकाशित गर्न जारी राखे र कहिलेकाहीँ सार्वजनिक व्याख्यान दिए। उनले आफ्नो संस्मरण लेखे, जसको पहिलो खण्ड द स्ट्राटेजिक भिक्ट्री शीर्षकमा प्रकाशित भयो र १९५० को दशकमा बतिस्ताको शासनविरुद्धको युद्धको विवरण दियो। सन् २०११ मा उनले क्युबाली कम्युनिस्ट पार्टीको महासचिवको रूपमा आफ्नो अन्तिम ठूलो राजनीतिक पद पनि भाइ राउललाई हस्तान्तरण गरे ।
२५ नोभेम्बर २०१६ मा फिडेलको ‘अज्ञात रोग’का कारण मृत्यु भयो। उनको भव्य अन्त्येष्टि जुलुस गरिएको थियो । त्यो अन्तेष्टि जुलुसलाई १९५८ र १९५९ को प्रारम्भमा क्रान्तिकारीहरूले क्युबा पार गर्दा लिएको बाटो हुँदै अघि बढाइयो, र अन्ततः उनका अस्थिहरू सान्टियागो दे क्युबास्थित सान्ता इफिजेनियामा समाधिस्थल गरिए।
तर जीवनका अन्तिम वर्षहरूमा पनि उनले अन्तर्राष्ट्रिय मञ्चमा केही भूमिका निभाए-परमाणु हतियार प्रसार रोकथामका पक्षधर बने र संयुक्त राज्य अमेरिका र उत्तर कोरिया जस्ता कुनै परमाणु शक्तिबीच युद्धको जोखिमबारे चेतावनी दिए। तर, सन् २०१६ को मार्चमा अमेरिकी राष्ट्रपति बराक ओबामाले क्रान्तिपछि पहिलोपटक क्युबा भ्रमण गर्दा उनले भेट गरेनन्। त्यसको आधा वर्ष नपुग्दै, २५ नोभेम्बर २०१६ मा फिडेलको ‘अज्ञात रोग’का कारण मृत्यु भयो। उनको भव्य अन्त्येष्टि जुलुस गरिएको थियो । त्यो अन्तेष्टि जुलुसलाई १९५८ र १९५९ को प्रारम्भमा क्रान्तिकारीहरूले क्युबा पार गर्दा लिएको बाटो हुँदै अघि बढाइयो, र अन्ततः उनका अस्थिहरू सान्टियागो दे क्युबास्थित सान्ता इफिजेनियामा समाधिस्थल गरिए।
क्यास्ट्रोको मिश्रित विरासत
झण्डै आधा शताब्दीसम्म कम्युनिष्ट शासकको रूपमा शासन गरेर फिडेलले छोडेको क्युबा मिश्रित विरासतको देश थियो।
आज पनि क्युबा कम्युनिस्ट पार्टीकै समाजवादी शासनअन्तर्गत चलिरहेको छ । यसको मोडल शीतयुद्धको अन्त्यपछि पनि चीनजस्ता अन्य कम्युनिस्ट शासनहरूसँग मिल्दोजुल्दो देखिन्छ । तर, चीनले जस्तै, सन् १९९१ पछि क्युबाले समाजवादी विचारधारामा कडाइका साथ टाँसिएर बस्ने अभ्यासबाट केही हदसम्म टाढिएको देखिन्छ । त्यसो त क्युबा देश अझै पनि वामपन्थी ल्याटिन अमेरिकी समाजवादको दृढ पक्षधर नै रहेको छ । अहिले पनि क्युबामा योजनाबद्ध वा नियन्त्रित अर्थतन्त्र कायम छ, जसमा सीमित निजी व्यवसायलाई अनुमति दिइएको छ र जुन दिनानुदिन पर्यटनमा बढी निर्भर हुँदै गएको छ।
पर्यटन क्षेत्रको वृद्धिले विगत २० वर्षमा क्युबालाई बाह्य संसारसँग त्यसरी खोलिदिएको छ, जुन कुरा क्यास्ट्रोको शासनको अधिकांश कालमा अकल्पनीय थियो। तर, अझै पनि क्युबालीहरूको जीवनलाई अनेक समस्याले ग्रस्त बनाइरहेको छ । यसैबीच, दशकौ देखीको कठोर अमेरिकी नाकाबन्दीका कारण अर्थतन्त्र अझै पनि स्पष्ट रूपमा अविकसित छ । यद्यपि, हालसालका राजनीतिक र आर्थिक सुधारहरूले निकट भविष्यमा अझ खुला समाज र अर्थतन्त्रको सम्भावना देखाएका छन्।
क्युबा १९६० को दशकको सुरुआतमा शीतयुद्धको केन्द्रिय खेलाडी बन्यो र अमेरिका र सोभियत संघ परमाणु युद्धको सबैभन्दा नजिक पुगेको स्थलको रूपमा चर्चित भयो।
फिडेल क्यास्ट्रोको लामो राजनीतिक जीवनको मूल्याङ्कन गर्न सजिलो छैन। उनले प्रारम्भमा अमेरिकी प्रभाव क्युबाबाट हटाउने र देशको राजनीति सुधार गर्ने चाहना राख्ने ल्याटिन अमेरिकी क्रान्तिकारीका रूपमा सुरुवात गरे। १९५० को दशकमा उनले क्युबाली क्रान्तिको नेतृत्व गर्दा टापु भयानक भ्रष्टाचार र सरकारी दुराचारले गाँजिएको थियो- जसको प्रतीक फुलहेन्सियो बतिस्ता थिए। त्यसैले सो समयको शासनविरुद्ध उठ्ने जो-कोहीको कदमलाई पर्याप्त वैधानिकता प्राप्त थियो।
तर, १९५० को दशकमा भएको क्युबाली क्रान्तिको स्वरूपका कारण, नयाँ सरकार छिट्टै सोभियत संघको राजनीतिक प्रभावमा तानियो। यसका परिणामस्वरूप, क्युबा १९६० को दशकको सुरुआतमा शीतयुद्धको केन्द्रिय खेलाडी बन्यो र अमेरिका र सोभियत संघ परमाणु युद्धको सबैभन्दा नजिक पुगेको स्थलको रूपमा चर्चित भयो। तर यसको सबैभन्दा दीर्घकालीन प्रभाव भनेको-अमेरिकाले ६० वर्षभन्दा बढी समयदेखि लगाइरहेको आर्थिक प्रतिबन्ध थियो र अझै पनि छ। यसले सिर्जना गरेका आर्थिक समस्याहरूले क्युबा र यसको विकासलाई झण्डै आधा शताब्दीभरि पन्छाइराख्यो, जबसम्म फिडेल शासनमा रहे।
धेरै अमेरिकीहरूलाई ईर्ष्यालाग्दो हुनसक्छ, जसलाई उत्कृष्ट विश्वविद्यालयमा पढ्न उच्च शुल्क तिर्नुपर्छ वा निजी स्वास्थ्य बीमा दिने रोजगारी खोज्नुपर्छ।
तर, क्रान्तिको परिस्थिति र १९५० को दशकको अन्त्य तथा १९६० को सुरुवातमा शीतयुद्धको भूमिकालाई अलग राखेर पनि, त्यसपछिका दशकहरूमा क्यास्ट्रोको शासनको मूल्याङ्कन गर्न सकिन्छ। यी वर्षहरूमा उनको विरासत मिश्रित देखिन्छ। क्युबाली समाजमा उनले ल्याएका केही सुधार र नवप्रयोगहरू अत्यन्त सकारात्मक थिए-देशको शिक्षा र स्वास्थ्य सेवा सबैका लागि सुलभ थिए, जसको उदाहरण धेरै अमेरिकीहरूलाई ईर्ष्यालाग्दो हुनसक्छ, जसलाई उत्कृष्ट विश्वविद्यालयमा पढ्न उच्च शुल्क तिर्नुपर्छ वा निजी स्वास्थ्य बीमा दिने रोजगारी खोज्नुपर्छ।
यसका फलस्वरूप, क्युबाले आफ्नो सानो आकारका बावजुद उल्लेखनीय चिकित्सा उपलब्धिहरू हासिल गरेको छ । क्यारिबियन समुन्द्रमा रहेको एउटा सानो देश क्युबाले विश्वव्यापी स्वास्थ्य संकटको बेलामा अतुलनीय सहयोग उपलब्ध गराएर देशको आकार र क्षमता भन्दा निक्कै ठुलो भूमिका निर्वाह गर्ने गरेको छ।

भेनेजुएलाका राष्ट्रपतिको टाउकोमा इनाम: अमेरिकाको ठाडो गुण्डागर्दी !

महाश्वेता देवी: कलमबाट विद्रोह ओकल्ने एक अथक योद्धाको कथा

नेपाली वामपन्थमा दलाल पुँजीवादको बहस

सोभियत सत्ताको अवसानको पृष्ठभूमिमा रोजा लक्जेमवर्गका विचारको सान्दर्भिकता र मह…

कुंग इ – चि

क्रान्तिकारी आन्दोलनमाथिको भयानक दमन र क्षति: के भविष्य सकिएको हो ?

प्याट्रिस लुमुम्बाको कथा र कङ्गोको व्यथा

प्रतिक्रिया