म मरें भने म आफ्नो सिद्धान्तमा अडिग भएर मर्छु
‘म तपाईंलाई मेरो आँखाको नानी प्यारी छोरी शामको जिम्मा दिन्छु, जसलाई मैले आफ्ना सपना अनुसार हुर्कंदै गरेको देख्न कहिल्यै पाइनँ’: इजरायलद्वारा हत्या गरिएका पत्रकार अनस जमाल अल सरिफ

यो मेरो इच्छापत्र र अन्तिम सन्देश हो। यी शब्दहरू तपाईंसम्म पुग्यो भने जान्नुहोस्– इस्रायलले मलाई मार्न र मेरो आवाजलाई मौन पार्न सफल भएको छ।
पहिलो कुरा, तपाईंलाई शान्ति प्राप्त होस्, अल्लाहको दया र आशीर्वाद रहोस्।
अल्लाहलाई थाहा छ– मैले जबालिया शरणार्थी शिविरका गल्ली र सडकमा जीवन देखेँयता मैले आफ्ना मानिसहरुको सहारा र आवाज बन्नका लागि सबै प्रयास र शक्ति लगाएको छु। अल्लाहले मलाई दीर्घायु बनाइदिनुहुन्छ र म आफ्नो परिवार एवं प्रियजनहरूसँग कब्जा गरिएको अस्कलान (अल-मजल) नामको आफ्नै मूल शहर फर्कन सक्छु भन्ने मेरो आशा थियो। तर अल्लाहको इच्छा पहिला आयो, र उहाँको फैसला अन्तिम हो। मैले पीडाको हरेक रूप भोगेको छु, दुःख र क्षतिलाई धेरैपटक चाखेको छु, तर मैले कहिल्यै पनि सत्यलाई बिना विकृति वा बनावट जस्ताको तस्तै सुनाउन हिच्किचाएको छैन–ताकि अल्लाहले उनीहरूविरुद्धको यो गवाही सुनुन्– जो मौन रहे, जसे हाम्रो हत्या स्वीकार गरे, जसले हाम्रो सास थिचे, र जसको मुटु हाम्रा बालबालिका र महिलाहरूका छरिएका टुक्राहरु देख्दा पनि कठोर रह्यो, र जसले डेढ वर्षभन्दा बढी समयदेखि हाम्रो जनताले भोगेको नरसंहार रोक्न केही गरेनन्।
म तपाईंलाई पवित्र भूमि प्यालेष्टाइन जिम्मा लगाउँछु– यो मुस्लिम विश्वको मुकुटको रत्न हो, यो संसारका प्रत्येक स्वतन्त्र व्यक्तिको मुटुको धड्कन हो। म तपाईंलाई यसको जनताको जिम्मा दिन्छु, ती पीडित र निर्दोष बालबालिकाको, जसलाई कहिल्यै सपना देख्ने वा सुरक्षित र शान्त जीवन बिताउने समय दिइएन। उनीहरूको पवित्र शरीर हजारौं टन इजरायली बम र क्षेप्यास्त्रको मुनि चक्नाचुर भए, टुक्राटुक्रा भई पर्खालहरूमा छरिए।
म तपाईंलाई आग्रह गर्छु– फलामे साङ्लाहरुले तपाईंको आवाजलाई मौन नतुल्याओस्, र सीमाहरूले तपाईंलाई रोक्न नसकोस्। हाम्रो चोरी गरिएको मातृभूमिमा सम्मान र स्वतन्त्रताको घाम नउदाएसम्म प्यालेष्टाइन भूमि र यसको जनताको मुक्तिका लागि पुल बनिदिनुहोस् । म तपाईंलाई मेरो परिवारको हेरचाहको जिम्मा दिन्छु। म तपाईंलाई मेरो मेरो आँखाको नानी प्यारी छोरी शामको जिम्मा दिन्छु, जसलाई मैले आफ्ना सपना अनुसार हुर्कंदै गरेको देख्न कहिल्यै पाइनँ।
म तपाईंलाई मेरो प्रिय छोरा सलाहको जिम्मा दिन्छु, जसलाई जीवनको यात्रामा साथ दिँदै, उसलाई बलियो भएर मेरो बोझ उठाउने र मेरो मिशन अगाडि बढाउने तहसम्म पुगोस् भन्ने म चाहन्थें।
म तपाईंलाई मेरी प्रिय आमाको जिम्मा दिन्छु, जसको आशीर्वादयुक्त प्रार्थनाले मलाई यहाँसम्म ल्यायो, जसका आशीर्वादहरु मेरो किल्ला थिए, र जसको प्रकाशले मलाई बाटो देखायो। म प्रार्थना गर्छु कि अल्लाहले उहाँलाई शक्ति र मेरो तर्फबाट उत्कृष्ट प्रतिफल दिउन् ।
म तपाईंलाई मेरो जीवनसाथी, मेरी प्रिय पत्नी उम्म सलाह (बयान) को जिम्मा दिन्छु, जससँग युद्धले मलाई धेरै दिन र महिना अलग गर्यो। तर उनी हाम्रो सम्बन्धमा जैतुनको रुखको तना जस्तै अटल– धैर्यशील, अल्लाहमा भरोसा गर्ने, र मेरो अनुपस्थितिमा सम्पूर्ण शक्ति र विश्वाससहित जिम्मेवारी वहन गर्दै निष्ठावान रहिन् ।
म तपाईंलाई आग्रह गर्छु कि उनीहरूलाई साथ दिनुहोस्, सर्वशक्तिमान अल्लाहपछि उनीहरूको सहारा बन्नुहोस्। म मरें भने म आफ्नो सिद्धान्तमा अडिग भएर मर्छु। म अल्लाहको सामु स्वीकार गर्छु– म उहाँको फैसलामा सन्तुष्ट छु, उहाँलाई भेट्नेमा निश्चित छु, र अल्लाहसँग भएको कुरा नै उत्तम र अनन्त हो भन्नेमा आश्वस्त छु।
हे अल्लाह, मलाई सहिदहरूको श्रेणीमा स्वीकार गर्नुहोस्, मेरा अघिल्ला र भविष्यका पाप माफ गर्नुहोस्, र मेरो रगतलाई मेरो जनताको र परिवारको स्वतन्त्रताको बाटो उज्यालो पार्ने प्रकाश बनाइदिनुहोस्। ममा केही कमजोरीहरु रहे भने भने मलाई माफ गर्नुहोस्, र मलाई करुणापूर्वक सम्झनुहोस्, किनकि मैले आफ्नो वाचा पूरा गरेँ र कहिल्यै बदलिनँ वा धोका दिइनँ।
गाजालाई नबिर्सनुहोस्... र मलाई तपाईंका सच्चा प्रार्थनामा क्षमा र स्वीकारका लागि नबिर्सनुहोस्।
अनस जमाल अल-शरीफ
२०८२ साल वैशाख २४ गते
इजरायलद्वारा क्रुरतापूर्वक हत्या गरिएका अलजजिराका पत्रकार अनसको अन्तिम इच्छापत्र । उनी कुनै पनि बेला इजरायलले आफ्नो हत्या गर्न सक्ने कुरामा आशंकित थिए र यसलाई आफ्नो मृत्युपछि मात्रै प्रकाशित गर्न परिवारलाई भन्का थिए । सोहीअनुसार उनका परिवारजनले उनको यो अन्तिम इच्छापत्र सार्वजनिक गरेको हो ।
–दायित्वबोध

नेपालका 'कम्युनिष्ट' मठाधीशहरू राजनीतिक र सांगठनिक सफाया गर्ने बाटो समाउनु …

दलाल पूँजीवादको बदलिँदो अनुहार

हालसालै उभयगत मोहनविक्रम सिंहसँगका केही रोचक प्रसङ्गहरु

मारिने निश्चयको भूमिगत जीवन

‘अविवाहित प्रमाणिकरणको सिफारिस’: राष्ट्रिय लज्जाको दस्तावेज

पोशाक, औपनिवेशिक सोच र पहिचानको द्वन्द्व

पूर्व राष्ट्रपति–उपराष्ट्रपतिको राजनीतिक सक्रियताले सिर्जना गरेको बहस

प्रतिक्रिया