पुष्पलालका परराष्ट्र नीतिसम्बन्धी सोच र नेपालको राष्ट्रियतामा चुनौती

नेपालको कम्युनिस्ट आन्दोलनका शिखर व्यक्तित्व, गणतन्त्र नेपालका स्वप्नद्रष्टा, नेपालमा समाजवाद स्थापनाका लागि बाटो देखाउने, युगपुरुष तथा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लाको भँगेरीमा बुबा भक्तलाल श्रेष्ठ र आमा तुल्सीमायाको कोखबाट भएको थियो र मृत्यु २०३५ साउन ७ गते भएको थियो ।
राणा शासनलाई फालेर जनता सार्वभौमसत्ता सम्पन्न भएको गणतन्त्रात्मक शासनव्यवस्था स्थापना गर्ने दृढ अठोट लिदै पुष्पलालले मार्क्सवादको अध्ययन गर्दै पहिलोपटक घोषणापत्रको भूमिका सहित कम्युनिस्ट घोषणापत्र नेपालीमा अनुवाद गरेर प्रकाशन गर्ने काम गरे। घोषणापत्रको प्रकाशनसंगै पुष्पलालमा कम्युनिस्ट पार्टी स्थापना गर्नु पर्दछ भावना जागृत भयो ।
देशभित्र राणा शासनको दबदबा भएका कारण खुल्ला रुपमा पार्टी स्थापना गर्न संभव थिएन। त्यस पछ भारतको कलकत्तामा गएर वि.सं. २००६ वैशाख १० अर्थात् ई.सं. १९४९ अप्रिल २२ मा पुष्पलालले आफू सहित निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायण विलास जोशी र मोती देवी रहेको नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । कमरेड पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गर्नु अगाडि नेपालीमा अनुवाद गर्नु भएको कम्युनिस्ट घोषणापत्रको भूमिका लेखनमा मार्क्सवादी दृष्टिकोणबाट परराष्ट्र मामिलाका बारेमा उल्लेख गर्नु भएको थियो । यस्तै २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना गरे पछि पार्टीका दस्तावेज मार्फत परराष्ट्र मामिलामा अगाडि सारेका विचारहरु तथा पार्टीका नीति तथा कार्यक्रममा परराष्ट्र नीति बारेमा उल्लेख गरेका विषयलाई यश लेखमा उल्लेख गर्न खोजिएको छ।
मार्क्सवादी विचारले विदेश नीतिलाई घरेलु वर्ग संघर्ष र विश्वव्यापी पुँजीवादको गतिशीलतासँग अन्तर्निहित रूपमा गाँसिएको रूपमा हेर्छ। मार्क्सवादीहरूले राज्यहरूलाई शासक वर्गको उपकरणको रूपमा र विदेश नीतिलाई घरेलु र अन्तर्राष्ट्रिय रूपमा त्यो वर्गको शक्ति र आर्थिक हित कायम राख्ने उपकरणको रूपमा हेर्छन्। यो प्रायः साम्राज्यवादको रूपमा प्रकट हुन्छ, जहाँ शक्तिशाली पुँजीवादी राष्ट्रहरूले स्रोत र बजारको लागि कमजोर राष्ट्रहरूको शोषण गर्छन्।
विदेश नीतिमा वामपन्थी दृष्टिकोणले सामान्यतया :राष्ट्रिय स्वार्थ र सैन्य शक्तिभन्दा मानव अधिकार, सामाजिक न्याय र अन्तर्राष्ट्रिय सहयोगलाई प्राथमिकता दिन्छ। वामपन्थीहरूले प्रायः विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न कूटनीति, अन्तर्राष्ट्रिय कानून र बहुपक्षीयताको वकालत गर्छन्, जबकि साम्राज्यवादी वा नागरिक जनसंख्याको लागि हानिकारक मानिने हस्तक्षेप र सैन्य कार्यहरूको विरोध गर्छन्।
पुष्पलालले पार्टी स्थापना भएपछि प्रकाशित गर्नु भएको पहिलो पर्चामा सामन्ती शासन व्यवस्थालाई चकनाचुर गरेर विदेशी साम्राज्यवाद र भारतीय पुँजीवादको घेरा र प्रभावदेखि अलग हुन आवहृान गरिएको थियो ।
पुष्पलालले कम्युनिस्ट पार्टीको परराष्ट्र मामिला अर्थात् विदेश सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयमा माथि उल्लेख गरे झै नेपालीमा अनुवाद गरिएको कम्युनिस्ट घोषणापत्रको भूमिकामा यसरी उल्लेख गरिएको छ। "नेपाली जनताको दुश्मन केवल नेपाली सामन्त राणामात्र होइन, वास्तवमा यी सामन्त राणालाई भरोसा टेवा दिने भारतीय पुँजीपति र विश्व प्रतिक्रियावादी हरुको नेता एंग्लो- अमेरिकी साम्राज्यवाद पनि हो।" यस्तै पुष्पलालले पार्टी स्थापना भएपछि प्रकाशित गर्नु भएको पहिलो पर्चामा सामन्ती शासन व्यवस्थालाई चकनाचुर गरेर विदेशी साम्राज्यवाद र भारतीय पुँजीवादको घेरा र प्रभावदेखि अलग हुन आवहृान गरिएको थियो । यस्तै पार्टीको पहिलो घोषणापत्र सन् १९४९ सेप्टेम्बर १५ तारिख जारी भएको थियो । घोषणापत्रमा देशको परराष्ट्र नीति संग सम्बन्धित बुँदामा पहिलो - सामन्तवादी निरङकुश राजा सत्ता र विदेशी शोषणको जुवालाई एकदम सफाचट गरी नेपाललाई पूर्ण तथा वास्तविक रुपमा स्वतन्त्र गराउने अंग्रेज अमेरिकन साम्राज्यवादीहरूसँग नाता तोडी सबै जाति निम्नवर्गलाई प्रतिनिधित्व गर्ने एउटा प्रजातान्त्रिक सरकारको जग (राष्ट्र) को स्वतन्त्रता र शान्तिका निम्ति लडिरहेका प्रजातान्त्रिक राष्ट्रहरूसँग नाता जोडने प्रस्तुत मागहरूमा विदेशी सामाजवादी देशहरूको फौजमा रहेका हाम्रा खसम र छोराहरू फिर्ता देऊ, नेपाललाई स्वतन्त्र, नेपालका जनताको प्रजातन्त्र' भन्ने नारा समेत समावेश गरिएका थिए ।
धोखापूर्ण दिल्ली सम्झौता विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले "दिल्ली सम्झौता धोखा हो" भनी राजनैतिक अभियान चलायो । त्यसैबेलादेखि आन्तरिक मामिलामा विदेशी हस्तक्षेपको विरोध गर्ने प्रचलन चल्यो
नेपालका कम्युनिस्टहरूले २००७ सालको क्रान्तिमा भाग लिएका थिए । तर भारतको मध्यस्ततामा राजा, राणा र कांग्रेसबीच क्रान्तिलाई बिचैमा सम्झौतामा टुङ्ग्यायो । उक्त धोखापूर्ण दिल्ली सम्झौता विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले "दिल्ली सम्झौता धोखा हो" भनी राजनैतिक अभियान चलायो । त्यसैबेलादेखि आन्तरिक मामिलामा विदेशी हस्तक्षेपको विरोध गर्ने प्रचलन चल्यो ।
पुष्पलालले परराष्ट्र नीतिबारेको सोंच विभिन्न दस्तावेजहरूमा प्रस्तुत गर्नुभएको छ । पुष्पलालले एंग्लो-अमेरिकी साम्राज्यवादको विरोध प्रस्ट रूपमा गरेका थिए । पुष्पलालले नेपाल-अंग्रेज युद्धपछिको सुगौली सन्धिको समीक्षा गर्दै - नेपालमाथि सन् १८१६ मा सुगौली सन्धि लादियो । त्यस सुगौली सन्धिको परिणामस्वरूप स्वरूप नेपालमा अंग्रेजी दूतावास रहने भयो र नेपालमै अंग्रेजी साम्राज्यवादको अनुमतिविना अन्य कुनै शक्तिसँग सम्बन्ध राख्न नपाउने भयो। नेपालले आफ्नो इतिहासमा पहिलोपटक आफ्नो प्रभुसत्तामा आँच आएको देख्नुपर्यो । दरबारभित्र गुट-उपगुटबीचका विभाजन र द्वन्द्वहरूमा अंग्रेज साम्राज्यवादी शक्तिले खेल्ने र खेलाउने मौका पाए । कोतपर्वपछि राणाशाहीको उदय भयो अंग्रेजको आशीर्वाद पाएको राणाशाहीले "अंग्रेजी साम्राज्यवादको फैलावटमा नै आफ्नो अस्तित्व देख्दथ्यो भनेर पुष्पलाल उल्लेख गरेका छन्।
पुष्पलालको शब्दमा नेपाली सामन्तको स्वार्थ अंग्रेजी साम्राज्यवादका अतिरिक्त भारतीय एकाधिकार पुँजीसँग पनि अभिन्न रूपले गाँसिन पुगेको उल्लेख गरेका छन्।
पुष्पलालले नेपाली अर्थतन्त्रमा भारतीय एकाधिकार पुँजी विस्तार भएकोमा शुरुआतदेखि नै विरोध जनाउदै नेपालको अर्थतन्त्रमा राष्ट्रिय पुँजीको विकास हुन थाल्दा सन् १९०४ मा चन्द्रशमशेरले अंग्रेजलाई तिब्बतमा व्यापार विस्तार गर्न नेपाल भएर जाने बाटोको बदला सिक्किमको बाटो खुलाउन योङ हस्यान्ड मिसनलाई सहयोग गरेको मात्र होइन, नेपालभित्र भारतीय पुँजीपतिहरूलाई प्रवेश गर्न दिए । त्यसै वेलादेखि भारतीय एकाधिकार पुँजी विस्तारको क्रम सुरु भयो । क. पुष्पलालको शब्दमा नेपाली सामन्तको स्वार्थ अंग्रेजी साम्राज्यवादका अतिरिक्त भारतीय एकाधिकार पुँजीसँग पनि अभिन्न रूपले गाँसिन पुगेको उल्लेख गरेका छन्।
पुष्पलालले गोरखा भर्ती केन्द्रको शुरुआत देखिन नै विरोध गरेका थिए।नेपाल अंग्रेज युद्धको बेला नै गोरखाली भारतीय सेनामा संगठित गर्यो । पछि युद्धबन्दीहरूलाई ब्रिटिश राणाकालमा औपचारिकरूपमा गोरखा भर्ती गर्ने सम्झौता गरे । यसरी एसियाली विरुद्ध एसियालीलाई प्रयोग गर्ने अंग्रेजको नीति कार्यान्वयन भयो । प्रथम र दोस्रो विश्वयुद्धमा समेत गोरखाली सेनाको प्रयोग भयो । नेपाल अमेरिकासँग पनि युद्धहरूमा जोडिन पुग्यो भनेर पुष्पलालले आफ्नो कृतिमा उल्लेख गरेका छन्।सन् १९४९ मा भारत, बेलायत र नेपालबीच त्रिपक्षीय सम्झौता गरी गोरखाली सेनाको बाँडफाँड भएको थियो ।
भारतीय जनवादी आन्दोलनमा प्रवासी नेपालीहरू पनि जनवादी क्रान्तिका सहायक शक्ति हुन भन्ने उल्लेख गर्दै यसैका आधारमा उहाँले समाजवादी देशहरूसँग सम्बन्ध गाँस्न आह्वान गरेर भारतीय जनवादी शक्तिहरूसँग सम्पर्क र सहयोग बढाएका थिए।
पुष्पलालले अन्तर्राष्ट्रिय मित्रशक्तिहरूको पहिचान गर्दै नयाँ जनावादी क्षेत्रमा नयाँ जनवादी क्रान्तिका मित्रशक्तिहरू, अन्तर्राष्ट्रिय विश्व समाजवादी व्यवस्था, अन्तर्राष्ट्रिय मजदुर आन्दोलन, अन्तर्राष्ट्रिय नव उदयीमान देशहरुको जनवादी आन्दोलन विशेष गरी भारतीय जनवादी आन्दोलनमा प्रवासी नेपालीहरू पनि जनवादी क्रान्तिका सहायक शक्ति हुन भन्ने उल्लेख गर्दै यसैका आधारमा उहाँले समाजवादी देशहरूसँग सम्बन्ध गाँस्न आह्वान गरेर भारतीय जनवादी शक्तिहरूसँग सम्पर्क र सहयोग बढाएका थिए।
पुष्पलालले असमान सन्धिहरूको विरोध गर्दै नेपालले गरेका असमान सन्धिहरूको खारेजीको मागलाई अगाडि सार्दै सन् १९४७ को गोरखा भर्ती सन्धि, सन् १९५० को नेपाल-भारत मैत्री सन्धि, व्यापार र पारवहान सन्धिहरूको विरोध र भारत संगको व्यापार र पारवहन सन्धिलाई अलग गर्नुपर्ने विचार प्रकट गर्नुभयो । "व्यापार तथा वाणिज्य नीति अस्थायी हुन्छ, तर पारवहनको नीति स्थायी हुन्छ । कसैसँग विशेष सम्बन्ध हैन सबैसित समान सम्बन्ध गाँस्नुपर्छ भन्ने विचार पुष्पलालले अगाडि सारेका थिए।
पुष्पलाल परराष्ट्र मामिलामा सफ्टपावर परिचालन गर्न माहिर हुनुहुन्थ्यो । नयाँ-नयाँ संयन्त्र र माध्यमहरू निर्माण गर्न सिपालु हुनुका साथै नेपालमा साम्राज्यवाद, प्रभुत्ववाद, वैदेशिक हस्तक्षेपको विरुद्ध लेख्ने-बोल्ने नेपालमा पुष्पलाल पहिलो व्यक्ति थिए।
पुष्पलालले राष्ट्रहितको प्रवर्धन र सर्वहारा अन्तर्राष्ट्रियतावादी कर्तव्य पूरा गर्न सदनदेखि सडकसम्म देशभक्तिपूर्ण जनमतको निर्माण गर्रेका थिए। पुष्पलाल परराष्ट्र मामिलामा सफ्टपावर परिचालन गर्न माहिर हुनुहुन्थ्यो । नयाँ-नयाँ संयन्त्र र माध्यमहरू निर्माण गर्न सिपालु हुनुका साथै नेपालमा साम्राज्यवाद, प्रभुत्ववाद, वैदेशिक हस्तक्षेपको विरुद्ध लेख्ने-बोल्ने नेपालमा पुष्पलाल पहिलो व्यक्ति थिए। परराष्ट्र मामिलामा वर्गीय दृष्टिकोण राखेर व्याख्या गर्ने र अभियान चलाउने अग्रणी हुनका साथै राणाशाहीको एंग्लो-अमेरिकी-भारतीय एकाधिकार पुँजी विस्तार गर्ने नीतिको विकल्पमा राष्ट्रिय जनमुक्ति आन्दोलनको पक्षपोषण गर्ने सिद्धान्तकार र त्यसको कार्यान्वयन गर्ने सर्वहारा अन्तर्राष्ट्रियतावादी अभियानका पुष्पलाल अगुवा थिए। तसर्थ नेपालको प्रगतिशील परराष्ट्र नीति निर्माणमा पुष्पलालको योगदान ठोस र दूरगामी महत्त्वको रहेको छ ।
नेपालमा विदेशी नागरिकहरुलाई अंगीकृत हुदै बंशजको नागरिकता दिने काममा वामपन्थीहरूकै पनि भूमिका रहेको छ। गैह्र नेपालीले नेपाली नागरिकता पाउदा नेपालको जनसंख्यामा अतिक्रमण भएको छ। तर वामपन्थीहरूले यस विषयलाई गंभीरता पूर्वक ध्यान दिन सकेका छैनन् ।
यतिबेला नेपालको राष्ट्रियतामा गंभीर खालका चुनौती खडा भएका छन्। पुष्पलाल हर हमेशा नेपालको राष्ट्रियताको संरक्षण र सम्बर्द्धनमा जोड दिने प्रखर व्यक्तित्व थिए। नेपालमा जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादी समाज स्थापना गर्न विदेश, परराष्ट्र मामिलामा कम्युनिस्टहरुले सहि दृष्टिकोण अवलम्बन गर्नु पर्दछ भन्ने विचार पुष्पलाल अगाडि सारेका थिए। तर नेपालका बामपन्थीहरुले विगतदेखि उठाउदै आएको गोरखा भर्ती केन्द्र, र सन् १९५० को असमान सन्धि सम्झौताको नेपालको हित अनुरुप खारेज गर्न र नयाँ संझौता गर्न स्वयं वामपन्थीहरू पटकपटक सरकारमा गएको बेला भूमिका निर्वाह गर्न सकेका छैनन् । मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला यो विषय भारत सरकार संग अगाडि सारेको भए पनि त्यस यता वामपन्थीहरूले ठोस ढंगबाट यो मुद्दा अगाडि सार्न सकेका छैनन् । यस्तै नेपालमा विदेशी नागरिकहरुलाई अंगीकृत हुदै बंशजको नागरिकता दिने काममा वामपन्थीहरूकै पनि भूमिका रहेको छ। गैह्र नेपालीले नेपाली नागरिकता पाउदा नेपालको जनसंख्यामा अतिक्रमण भएको छ। तर वामपन्थीहरूले यस विषयलाई गंभीरता पूर्वक ध्यान दिन सकेका छैनन् ।
अमेरिकी साम्राज्यवादले समाजवादी चीनसंग टक्कर गर्न इण्डोप्यासिफिक रणनीति, स्ट्राटेजिक पार्टनरसिप एग्रिमेन्ट हुँदै एमसीसी जस्ता परियोजनाहरु लागु गरि रहेको छ। तर वामपन्थीहरूले यस विषयमा साझा धारणा बनाएर प्रतिबाद गर्न सकेका छैनन् ।
यसैगरी भारतीय सरकारसंग भएका जलश्रोत सम्बन्धित कैयौं असमान सन्धि सम्झौता, व्यापार र पारबहन सन्धि सम्झौताहरुलाई वामपन्थीहरू सरकारमा गएको बखत पनि सुधार र परिवर्तन गर्न गंभीरतापूर्वक ध्यान दिएका छैनन् । यस्तै अमेरिकी साम्राज्यवादले समाजवादी चीनसंग टक्कर गर्न इण्डोप्यासिफिक रणनीति (आइपिस), स्ट्राटेजिक पार्टनरसिप एग्रिमेन्ट (एसपीए) हुदै एमसीसी जस्ता परियोजनाहरु लागु गरि रहेको छ। तर वामपन्थीहरूले यस विषयमा साझा धारणा बनाएर प्रतिवाद गर्न सकेका छैनन् ।बरु एमसीसी परियोजना नेपालमा लागु गराउने काममा समर्थन गरेका छन्। एमसीसी परियोजना लागू भए संगै नेपालमा अमेरिकन गतिविधि बाक्लो रुपमा बढी रहेका छन्। समाजवादी चीनसंग टक्कर गर्न एशिया प्यासिफिक महादेशमा नाटो सैनिक गठबन्धनलाई विस्तार गर्ने काममा साम्राज्यवादी अमेरिका लागेको छ। नेपाललाई चीनका विरुद्ध लडने अखडा बनाउन विकास र सैनिक सहयोगका नाममा अमेरिकाले नेपाललाई अखडा बनाउन खोजिरहेको विषयमा नेपाल सरकार र राजनीतिक दलहरुले खबरदारी गर्नु पर्दछ।
यस्तै गैह्र नेपालीलाई भटाभट नेपाली नागरिकता दिने , अनि अंगीकृत नागरिकका पहिलो पुस्ताका छोरा छोरीलाई बंशजको नागरिकता दिने र अहिले आएर त बाबुको पहिचान नभए पनि नेपाली नागरिकता दिने कानुन बनाइएको छ। यसबाट नेपालमा जनसंख्या अतिक्रमण बढेको छ। भारतले नेपालमा कोशी उच्च बाँध बनाउने, नेपाललाई सुपुर्दगी संझौतामा हस्ताक्षर गराउने आदि काम गर्न लागेको चर्चामा आएको छ। तर नेपाल सरकार तथा राजनीतिक दलहरु बेखबर झै बनेका छन्। तर पुष्पलालले यस्तो विदेशीहरुको हेपाहा नीतिको सदैब विरोध गरेका थिए।
पुष्पलाल देश भक्त, र राष्ट्रियताको पहरेदार मात्रै होइन नेपाललाई आर्थिक हिसाबले एवम् , राजनीतिक हिसाबले पर निर्भर होइन सार्वभौमसत्ता सम्पन्न आत्म निर्भर देश बनाउनु पर्दछ भन्ने मान्यतामा दृढ हुनु हुन्थ्यो । पुष्पलालको अनुयायी हुनुको नाताले नेपालका वामपन्थीहरूले परराष्ट्र मामिलामा पुष्पलालबाट थुप्रै कुरा सिक्नु पर्दछ।

तयार उत्तर होइन, प्रश्न सोध्ने कला सिकाउने बर्तोल्त ब्रेख्त

हरिबोलजीको संश्लेषणबारे सैद्धान्तिक प्रश्न

नवधनाढ्यहरु र सांस्कृतिक विचलन

प्रचण्डका "संविधान संशोधन प्रस्ताव" को शल्यक्रिया

‘एलार्मिष्ट’ बनेको हैन, तर कुरो ‘एलार्मिङ’ नै छ

जमानाको नायक

नागरिकको निष्ठामा भएको धोका: सरकारहरुलाई एक तीतो सन्देश

प्रतिक्रिया