क्युमुलस बादल: आकाशको रूइ झैँ देखिने तर झुक्याउने बादल

कहिले काहीँ हामी आकाशमा हेर्दा सेता, फुलेका, रूइका थुम्काजस्ता बादलहरू देख्छौं—यिनलाई नै क्युमुलस बादल भनिन्छ। यी बादलहरु सामान्यतया रूइका थुम्का वा फुलेका फाँटजस्ता देखिन्छन्। यी बादलहरूको तल्लो भाग समथर हुन्छ भने माथिल्लो भाग फुलिएको, सेतो, र प्रायः चम्किलो देखिन्छ।
यी बादलहरू झट्ट हेर्दा प्रकृतिले सजाएको एक सुन्दर दृश्यजस्तै लाग्छ। तर यिनका बारेमा धेरै भ्रमहरू पनि फैलिएका छन् । उदाहरणका लागि कसैले ठान्छन्– यी बादलहरू सधैं सुरक्षित हुन्छन् । त्यसैगरी, कसै कसैले चाहिँ सुन्दर देखिए पनि यिनीहरू आकाशमा देखिएपछि हावाहुरी आउँछ भन्ने आशंका।
वास्तवमा यस्ता धारणामध्ये कुन सत्य हो र कुन होइन? यो कुरा रोचक छ ।
क्युमुलस भनेको के हो?
क्युमुलस (Cumulus) शब्द ल्याटिन भाषाबाट आएको हो, जसको अर्थ हुन्छ "थुप्रो" वा "थाक"। यिनको आकृति त्यही अर्थसँग मेल खान्छ—थुप्रिएका, भारी देखिने, प्रायः सेता र पिँधमा अलिकति गाढा छायाँसहितका बादलहरू। यी बादलहरू सामान्यतः दिनको समय घाम लाग्ने बेला, अझ विशेष गरेर विशेष गरी वायुमण्डलको तल्लो भागमा तातो हावा माथि उड्दा उत्पन्न हुन्छन् ।
क्युमुलस बादलहरू तल-स्तर (low-level) का बादल हुन्, जुन सामान्यतया समुद्री सतहदेखि २,००० मिटर (६,६०० फिट) मुनिको उचाइमा देखिन्छन्। सामान्यत: यी बादलहरू जमिनको सतहबाट करिब १,००० देखि ५,००० मिटर उचाइमा देखिन्छन्।
यिनीहरू बनिँदाको प्रक्रिया निकै रोचक हुन्छ । यी बादलहरू वायुमण्डलीय संवहन (atmospheric convection) द्वारा बनिन्छन्। जमिनले सूर्यको ताप सोस्दा तातो हावा माथि उठ्न थाल्छ। माथि जाँदा हावा चिसिन्छ, त्यसले गर्दा जलवाष्प संघनन भएर साना पानीका थोपा बन्छन् र अन्ततः बादल निर्माण हुन्छ।
जब यो संघनन प्रक्रिया सुरु हुन्छ, त्यसले latent heat (गुप्त ऊष्मा) उत्सर्जन गर्छ, जसले हावालाई अझ तातो बनाउँछ र अझ उचाइमा बढ्न मद्दत गर्छ। हावा माथि पुगेपछि चिसो हुन्छ, अनि त्यहाँ भएका जलवाष्पहरू संघनन भएर क्युमुलस बादलको रूप लिन्छन्।
तर जब यी बादलहरू cumulus congestus को रूपमा ठूला र अग्ला हुन्छन्, त्यतिखेर तिनीहरूको उचाइ निकै बढ्न सक्छ।
क्युमुलस बादलका प्रकारहरू
क्युमुलस बादललाई चारवटा मुख्य प्रजातिमा विभाजन गरिएको छ:
Cumulus humilis – सानो, फुलेको तर थोरै माथि उठेको
Cumulus mediocris – केही उचाइमा पुग्ने, तर अझै स्थिर
Cumulus congestus – अग्लो, फूलको थुम्काजस्तै र भारी वर्षा ल्याउने सम्भावनायुक्त
Cumulus fractus – च्यातिएको वा टुक्रिएको देखिने बादल ।
यिनका विभिन्न उपप्रकारह पनि छन्, जस्तै हावामै बग्ने वर्षा (virga), पृथ्वीमा झर्ने वर्षा (praecipitatio), र बादलको टुप्पोमा झल्याँस्स देखिने खालको (pileus)।
के क्युमुलस बादल सधैं सुरक्षित हुन्छ ?
धेरैजसो अवस्थामा क्युमुलस बादलहरू सौम्य हुन्छन्, पानी नझार्ने र केवल सजावटझैँ देखिने खालका देखिन्छन्। सामान्य Cumulus humilis बादलहरूले प्रायः राम्रो मौसमको संकेत गर्छन्। तर जब यी बादलहरू विस्तार भएर cumulus congestus वा cumulonimbus मा बदलिन्छन्, ती चट्याङ, आँधी, असिना, वा भारी वर्षा ल्याउने सक्छन्।
वायुमण्डलीय अस्थिरता, आर्द्रता, र तापक्रमीय ढल्काव (gradient) को असरले यी बादलहरू कति खतरनाक बन्न सक्छन् भन्ने निर्धारण गर्छ।
सबै क्युमुलस बादल खतरनाक हुँदैनन् !
अत्यधिक विकसित नभएका सामान्य क्युमुलस बादलहरू (जसलाई प्रायः "fair weather cumulus" भनिन्छ) हावा हुरी ल्याउने त के वर्षा पनि नगर्ने खालका हुन्छन्। यिनीहरू हावाको सन्तुलनका लागि पनि उपयोगी हुन्छन् । यिनीहरुले तातो हावालाई माथि उडाएर वायुमण्डलमा ऊर्जा सन्तुलन बनाउने काम गर्छन्। यस्तो अवस्थामा यिनलाई प्राकृतिक चक्रको सन्तुलन मिलाउन ‘आवश्यक बादल’को रूपमा हेर्न सकिन्छ।
तर, वातावरणमा धेरै आर्द्रता छ, सतह धेरै तातेको छ, र क्युमुलस लगातार उचाइमा बढ्दैछ भने त्यो चेतावनीको सङ्केत हुन सक्छ। यस्तो अवस्थामा उडान सञ्चालन गर्ने पाइलटहरू, मौसम विज्ञहरू विशेष सतर्क हुनु जरुरी छ ।
क्युमुलसबाट खतरनाक बादलको विकास कसरी हुन्छ?
क्युमुलस बादलबाट खतरनाक मौसम सुरु हुन सक्ने अवस्था त्यतिबेला आउँछ जब thermal convection अत्यन्त शक्तिशाली हुन्छ। त्यो अवस्था आउँदा सामान्य क्युमुलस पहिले cumulus congestus अनि पछि cumulonimbus मा परिणत हुन्छ। Cumulonimbus भनेको त्यही बादल हो जसले ठूलो आँधी, चट्याङ, तुसारो (hail), र कहिलेकाहीँ टोर्नाडो जस्ता चरम मौसमी घटनाहरू ल्याउँछ।
देखावटीमा झुक्किनु हुँदैन
आकाशमा फुलझैँ देखिने बादल देखेर हामी मोहित हुन्छौं, तर त्यसको वैज्ञानिक पृष्ठभूमि बुझ्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। सबै क्युमुलस बादल जोखिमयुक्त हुँदैनन्, तर केही स्थितिमा तिनीहरू चरम मौसमी अवस्थाको सुरुवात पनि हुन सक्छन्। त्यसैले यस्ता बादलहरू देख्दा त्यसको आकृति, उचाइ र विस्तारलाई ध्यानपूर्वक बुझ्न सक्ने मौसम विज्ञानको दृष्टिकोण आवश्यक हुन्छ।
क्युमुलस बादलहरू देख्नमा सुन्दर र शान्त लागे पनि, तिनीहरूको वैज्ञानिक संरचना निकै जटिल हुन्छ। यी बादलहरूले राम्रो मौसमको संकेत पनि दिन सक्छन्, र कहिलेकाहीँ गम्भीर मौसमी घटना पनि ल्याउन सक्छन्। त्यसैले तिनीहरूको विशेषता बुझ्नु मौसम विज्ञान र जलवायु अध्ययनका लागि महत्त्वपूर्ण छ।

पुरुषको भन्दा महिलाको मुटु किन बढी धड्कन्छ?

शङ्खेकीरा र मानव मस्तिष्कको तुलना

कागजले काटेको ठाउँमा किन धेरै दुख्ने गर्छ ?

फोक्सो: सास फेर्ने मात्र होइन, रगत पनि बनाउने अद्भुत अङ्ग

सरसफाइ मन पराउने ध्रुवीय भालु

‘रासायनिक बम’ हान्ने बोम्बार्ड बीटल !

मानव सभ्यताको इतिहासमा सबैभन्दा अशुभ धातु सुन

प्रतिक्रिया