मधुमेह माथि चीनको आक्रमण

इन्टरनेशनल डायबिटिज फेडेरेसन (IDF) को डायबिटिज एटलस अनुसार हाल विश्वभर २० देखि ७९ वर्ष उमेर समूहका ५८९ मिलियन वयस्कहरू मधुमेहबाट पीडित छन्, जुन विश्वका हरेक ९ जना वयस्कमध्ये एकजनालाई मधुमेह भएको देखाउँछ। यो संख्या २०५० सम्ममा बढेर ८५३ मिलियन पुग्ने अनुमान गरिएको छ।
उक्त प्रतिवेदनले २०२४ मा मधुमेहका कारण ३.४ मिलियन मानिसको मृत्यु भएको उल्लेख गर्दछ, जसको अर्थ हरेक ९ सेकेन्डमा एकजना व्यक्तिको मृत्यु मधुमेहका कारण भएको हो। यसका साथै, मधुमेहका कारण कम्तीमा पनि एक ट्रिलियन अमेरिकी डलर बराबरको स्वास्थ्य खर्च भएको छ, जुन विगत १७ वर्षमा ३३८ प्रतिशतले वृद्धि भएको हो। प्रतिवेदनअनुसार २०४५ सम्ममा मधुमेहसम्बन्धी स्वास्थ्य खर्च १.०५४ ट्रिलियन अमेरिकी डलर नाघ्ने अनुमान गरिएको छ।
मधुमेह एक मौन महामारी हो, जसले सोच्ने नसकिने स्तरमा मृत्यु र पीडा ल्याइरहेको छ। तर औषधि कम्पनीहरू, बीमा कम्पनीहरू र निजी स्वास्थ्य सेवा प्रदायकहरूको लागि भने यो अत्यन्त लाभदायक व्यापारिक अवसर बनेको छ। रोगको व्यावसायीकरण पूँजीवादको मूल मर्ममा निहित छ, विशेष गरी संयुक्त राज्य अमेरिका र युरोपमा आधारित ठूला कर्पोरेटहरूद्वारा अभ्यास गरिने स्वास्थ्य सेवा मोडेलहरूमा। औषधि उद्योगले मधुमेहलाई उपचारमार्फत नियन्त्रणमा राख्ने प्रयास गर्छ तर निको पार्नेतर्फ भने मुश्किलले मात्र लगानी गर्छ —निको नहुने रोग जस्तो गरी उपचार गर्दछ।
तर अब, पूँजीवादी कर्पोरेटहरूको दीर्घकालीन सपना र उनीहरूको बहु-अर्ब डलरको "रोगको व्यापार" मा ठूलो झट्का लागेको छ। चिनियाँ वैज्ञानिकहरूले स्टेम सेल थेरापी को माध्यमबाट टाइप १ र टाइप २ दुवै प्रकारका मधुमेहलाई उल्ट्याउने उपाय पत्ता लगाएका छन्। उनीहरूले इन्ड्यूस्ड प्लुरिपोटेन्ट स्टेम सेल (iPSC) प्रविधि प्रयोग गरेर यो सफलता हासिल गरेका छन्।
यस प्रविधिमा वयस्कको कोषिकालाई भ्रूणीय स्टेम कोषिका(embryonic stem cell) जस्तै व्यवहार गर्नका लागि पुनःप्रोग्राम गरिन्छ। यो सफलता प्राप्त गर्ने क्रममा, चिनियाँ अनुसन्धानकर्ताहरूले बिरामीको आफ्नै बोसोबाट इन्सुलिन उत्पादन गर्ने " islet" कोषिका तयार गर्छन्, र ती कोषिकालाई पेटको अगाडिको मांसपेशीको आवरण (anterior rectus sheath) मुनि लगाइन्छ। एकपटक शरीरमा प्रत्यारोपण गरेपछि, ती कोषिकाहरूले इन्सुलिन उत्पादन गर्न थाल्छन् र स्वस्थ प्यान्क्रियासले गर्ने जस्तै प्राकृतिक रूपमा रगतको चिनी (blood sugar) स्तर नियन्त्रण गर्न थाल्छन्।
टियान्जिन फर्स्ट सेन्ट्रल हस्पिटलमा गरिएको प्रारम्भिक परीक्षणहरूमा अद्भुत नतिजा देखिएको छ । टाइप १ मधुमेह भएका बिरामीहरूले ७५ दिनभित्र इन्सुलिनको प्रयोग पूर्ण रूपमा बन्द गर्न सकेका छन्, भने टाइप २ मधुमेह भएका बिरामीहरूले ११ हप्तामै त्यही उपलब्धि हासिल गरेका छन्।
युरोपेली मेडिकल जर्नलले यस विकासलाई एक ऐतिहासिक मोड को रूपमा उल्लेख गरेको छ- चीनमा स्टेम सेल थेरापीको सफलता: टाइप–१ मधुमेह उपचारमा नयाँ कीर्तिमान !
चिनियाँ राष्ट्रिय औषधि प्रशासन (NMPA) ले टाइप–१ मधुमेहको उपचारमा हालैको स्टेम सेल थेरापीको सफलतापछि यसको अर्को चरणको क्लिनिकल परीक्षण तीव्र गतिमा अघि बढाइरहेको छ, जसको उद्देश्य आगामी तीन वर्षभित्र यो विश्वव्यापी महामारीको प्रभावकारी समाधान निकाल्नु हो।
यो महत्त्वपूर्ण खोजसँगै, चीनले विश्व स्वास्थ्य प्रणालीलाई रूपान्तरण गर्ने संकेत दिएको छ। यसले मधुमेहको मौन महामारी अन्त्यतर्फको मार्गमा ऐतिहासिक कदम चालेको छ र विश्वभर करोडौं मानिसहरूको पीडा कम गर्ने सम्भावना पैदा गरेको छ। साथै, यस विकासले लामो समयदेखि इन्सुलिन, मधुमेह औषधिहरू र सम्बन्धित उपकरणहरूको लगातार मागमा निर्भर रहने नाफामुखी औषधि कम्पनीहरू र स्वास्थ्य उद्योगहरूलाई गम्भीर चुनौती दिएको छ।
चीनमा देखिएको चिकित्सा प्रविधिको उत्कर्ष, चिकित्सा विज्ञानमा नवप्रवर्तन, र स्वास्थ्य अनुसन्धानको तीव्र विकास कुनै संयोग होइन। यो सब चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा जनगणतन्त्र चीनले अवलम्बन गरेका सुविचारित नीतिगत निर्णयहरू र रणनीतिक लगानीहरूको परिणाम हो। चिनियाँ सरकारले आफ्ना स्वास्थ्य अनुसन्धानहरूलाई गहिराइमा पु¥याउँदै स्वास्थ्य प्रणालीमा सुधार गर्दै आएको छ, जसको प्रमुख उपलब्धि हो — शाङ्हाइ एकीकृत मोडेल (Shanghai Integration Model - SIM) को विकास।
यो मोडेलले सार्वजनिक स्वास्थ्य पहल र अनुसन्धान–आधारित चिकित्सकीय सेवाबीच सहकार्य र कार्यक्षमतामा जोड दिन्छ। मूलतः, यस मोडेलले स्वास्थ्यको निजीकरण र रोगको व्यावसायीकरणको विरोध गर्छ। यी दूरदर्शी स्वास्थ्य नीतिहरूका परिणामस्वरूप चिनियाँ वैज्ञानिकहरूले एड्स र मोटोपनजस्ता रोगहरूको उपचारमा पनि महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्।
चीनका सबै प्रमुख विश्वविद्यालयहरूले चिकित्सा विज्ञान र स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरेका छन्, जुन विशेष अनुसन्धान संस्थान तथा केन्द्रहरूको सहयोगमा सञ्चालित छन्। यी कार्यक्रमहरू सार्वजनिक विश्वविद्यालयहरूमार्फत सञ्चालित हुने भएकाले तिनीहरूको आधारभूत दर्शन नाफाभन्दा सार्वजनिक स्वास्थ्यमा केन्द्रित छ। यसको मूल उद्देश्य भनेको मानिसहरूलाई उपचारयोग्य, रोकथाम गर्न सकिने र जीवन खतरामा पार्ने रोगहरूबाट मुक्त गराउनु हो।
चिनियाँ विज्ञान–आधारित सार्वजनिक नीतिको मूल आत्मा मानव जातिको सशक्तिकरण, स्वास्थ्य र समृद्धिमा केन्द्रित छ। यो चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वको सरकारको व्यापक दृष्टिकोणसँग मेल खान्छ, जसले विज्ञान र स्वास्थ्यलाई मानव कल्याण र सुख–समृद्धिको प्रमुख आधार मान्दछ।
यता, अमेरिकाले नेतृत्व गरेको साम्राज्यवाद भने अझै पनि विश्वमा द्वन्द्व सिर्जना गर्दै, पूँजीवादको उच्चतम चरणलाई टिकाइराख्न उच्च प्रविधियुक्त हतियारहरूमा भारी लगानी गरिरहेको छ — हिंसा, विनाश र नियन्त्रणमार्फत।
तर चीनले मानव स्वास्थ्य र जीवन रक्षामा आधारित औषधि र प्रविधिमा लगानी गरेर एक भिन्न र जीवनमुखी मार्ग रोजेको छ। यो सबै हुँदै गर्दा चीनविरुद्ध सञ्चालित प्रचार–प्रसारबीच, यो भिन्नता अत्यन्त स्पष्ट देखिन्छ। विकल्प दुई छन्: युद्ध र नाफामा आधारित संसार, वा स्वास्थ्य, नवप्रवर्तन र सामूहिक हितमा आधारित संसार।
चीनमा देखिएको जनकेन्द्रित विकासको परिमाणलाई बेवास्ता गर्नु असम्भव छ, जहाँ राज्य र सरकारले श्रमिक वर्गको कल्याणलाई प्राथमिकता दिइरहेका छन्। यसको विपरीत, संयुक्त राज्य अमेरिका र पश्चिमी युरोपका सरकारहरू प्रायः कर्पोरेट स्वार्थको सेवा गर्छन्, विशेषतः स्वास्थ्य क्षेत्रमा, जहाँ सार्वजनिक स्वास्थ्यभन्दा नाफालाई प्राथमिकता दिइन्छ। त्यसैले ती देशका स्वास्थ्य कम्पनीहरू आर्थिक रूपमा समृद्ध छन् — तर त्यो प्रायः मानव जीवन र कल्याणको मूल्यमा।
यसकारण, पश्चिमी प्रणालीभित्र गाडिएको पाखण्डलाई उजागर गर्नु अत्यावश्यक छ — जहाँ नाफा मानिसमाथि राखिन्छ — र त्यही समय चीनको श्रमिक वर्गले अगाडि सारेका स्वास्थ्यमुखी र जनकल्याणमुखी नवप्रवर्तनहरूलाई संरक्षण गर्न आवश्यक छ, जसले मानव स्वास्थ्य र सुख–समृद्धिमा प्रगति ल्याइरहेको छ।
विकासका प्रतिस्पर्धात्मक मोडेलहरूले निर्देशित यो संसारमा, चीनको दृष्टिकोण एक शक्तिशाली विकल्पको रूपमा उभिएको छ — जुन सामूहिक हित, वैज्ञानिक प्रगति, र जीवनको गरिमामा आधारित छ।
Source: काउन्टरकरेन्टबाट

स्वादिलो फल लिची खानुका फाइदाहरु !

वर्षा ऋतुमा विरुवाहरुको मुख्य समस्या: फङ्गसको आक्रमण !

सुनाखरीलाई फेरि बन फर्काउँदै

पानीको कमी हुँदा मस्तिष्कमा के असर पर्छ ?

वर्षेनी ७० लाख मानिसको ज्यान लिने हावाको ज्यानमारा प्रदूषण

हिमालय र जलवायु संकटको वैश्विक सन्देश

कोभिड-१९ फेरि सक्रिय बन्दै : एशियाली देशहरूमा संक्रमण बढ्यो !

प्रतिक्रिया