इला शर्माको निधन
निर्वाचन आयोगकी पूर्वआयुक्त इला शर्माको शनिबार साँझ हृदयघातका कारण निधन भएको छ।
छातीमा असहजता महसुस भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । साँझ ७ बजे चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका हुन्।
शर्माले संविधानसभा निर्वाचनलगायत महत्वपूर्ण राजनीतिक संक्रमणकालीन चरणमा निर्वाचन आयोगको नेतृत्वमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । उनले २०६९ सालदेखि २०७५ सालसम्म आयुक्तका रूपमा सेवा दिएकी थिइन्। पूर्व पत्रकारसमेत रहेकी शर्मा प्राध्यापन क्षेत्रमा समेत संलग्न रहेकी थिइन्।
धनुषा जिल्लामा जन्मिएकी शर्माको बाल्यकाल बनारसमा बितेको थियो। सामाजिक विषयमा स्पष्ट दृष्टिकोण राख्ने व्यक्तित्वको रूपमा चिनिएकी शर्माले निर्वाचन आयुक्तको कार्यकालमा कसरी राजनीतिक हस्तक्षेपहरु हुन्थे भन्ने कुरालाई सार्वजनिक रुपमा भण्डाफोर गर्दै आएकी थिइन् । उनी निर्वाचनमा सुधारका लागि राजनीतिक वित्तमा पारदर्शिता तथा निर्वाचन खर्चमा नियन्त्रण गर्नु पर्ने आवश्यकता औंल्याउने गर्थिन् ।
सर्वाधिक खोजी गरिएका विद्रोही कि आदिवासी नायक?
भारतीय माओवादीका सबैभन्दा धेरै खोजी गरिएको नेता हिडमा मारिए !
दिल्ली विस्फोटले उब्जाएका प्रश्नहरु
वामपन्थी शासित केरला चरम गरिबी उन्मूलन गर्ने पहिलो भारतीय राज्य बन्यो
छत्तीसगढ़मा १४० माओवादी नेतृत्त्वसहित आत्मसमर्पण
वरिष्ठ नक्सलवादी नेताले गरे आत्मसमर्पण
राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न नागरिक आह्वान
प्रतिक्रिया