इला शर्माको निधन

निर्वाचन आयोगकी पूर्वआयुक्त इला शर्माको शनिबार साँझ हृदयघातका कारण निधन भएको छ।

छातीमा असहजता महसुस भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । साँझ ७ बजे चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका हुन्।

शर्माले संविधानसभा निर्वाचनलगायत महत्वपूर्ण राजनीतिक संक्रमणकालीन चरणमा निर्वाचन आयोगको नेतृत्वमा सक्रिय भूमिका निर्वाह गरेकी  थिइन् । उनले २०६९ सालदेखि २०७५ सालसम्म आयुक्तका रूपमा सेवा दिएकी थिइन्। पूर्व पत्रकारसमेत रहेकी शर्मा प्राध्यापन क्षेत्रमा समेत संलग्न रहेकी थिइन्।

धनुषा जिल्लामा जन्मिएकी शर्माको बाल्यकाल बनारसमा बितेको थियो। सामाजिक विषयमा स्पष्ट दृष्टिकोण राख्ने व्यक्तित्वको रूपमा चिनिएकी शर्माले निर्वाचन आयुक्तको कार्यकालमा कसरी राजनीतिक हस्तक्षेपहरु हुन्थे भन्ने कुरालाई सार्वजनिक रुपमा भण्डाफोर गर्दै आएकी थिइन् । उनी निर्वाचनमा सुधारका लागि राजनीतिक वित्तमा पारदर्शिता तथा निर्वाचन खर्चमा नियन्त्रण गर्नु पर्ने आवश्यकता औंल्याउने गर्थिन् ।

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरूको चिन्ता

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरू…

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा खण्डन

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा …

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्रस्ताव

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन