ट्रम्प र रुबियोले क्युबामाथि फन्दा कस्दै

क्युबा फेरि एक पटक गम्भीर र बहुआयामिक सङ्कटको सामना गर्दैछ । प्रत्येक वर्ष क्यारिबियन क्षेत्रमा तुफानको निरन्तर प्रहारबाट होइन, बरु उत्तरमा रहेको शक्तिशाली छिमेकीबाट निरन्तर र अथक दबाबका कारण। यो निरन्तर घेराबन्दी र नाकाबन्दीको बीचमा पनि स्वतन्त्रताका लागि संघर्ष गरिरहेका मानिसहरूको दोहोरिरहने कथा हो। जानाजानी गरिएका कार्यहरू मार्फत्, अमेरिकी सरकारले क्युबाली जनताको अस्तित्वलाई नै खतरामा पार्ने अझ ठूला अवरोधहरू सावधानीपूर्वक निर्माण र लागू गरिरहेको छ।
यो सङ्कटको पछिल्लो अभिव्यक्ति मे ३० मा देखियो, जब क्युबाको सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी ETECSA ले मोबाइल डाटाको दरमा उल्लेखनीय वृद्धिको घोषणा गर्यो। बाहिरी व्यक्तिका लागि सानो देखिए पनि, क्युबालीहरूका लागि यसले लामो समयदेखि सञ्चित असन्तुष्टिको विस्फोट गरायो। नयाँ दरहरू, विशेषगरी थप डाटाका लागि, औसत पारिश्रमिकको तुलनामा अत्यन्तै उच्च छन्। अहिले ३ जीबी थप डाटाको मूल्य ३,३६० क्युबाली पेसो पुगेको छ, जुन मासिक ६ जीबी योजनाको मूल्यभन्दा झन्डै दशगुणा बढी हो। यो केवल मूल्य समायोजन होइन; यो ८० लाखभन्दा बढी मोबाइल प्रयोगकर्ताहरूका लागि एक प्रकारको झट्का बन्यो, जसमा धेरैजसोले शिक्षा, रोजगारी तथा विदेशमा रहेका परिवारसँग सम्पर्कको लागि इन्टरनेटमा निर्भर छन्। तर यो ETECSA को घोषणा कुनै एकल घटना होइन; यो देखाउँछ कि क्युबाले कसरी अमेरिकी नाकाबन्दीको बीचमा आफ्ना जनताको आधारभूत आवश्यकताहरू पूरा गर्न संघर्ष गरिरहेको छ।
नाकाबन्दी झनै कडा पारिँदै
जो क्युबाको पछिल्लो इतिहाससँग कम परिचित छन्, तिनीहरूका लागि — यो टापुको अर्थतन्त्र, जुन पहिले देखिनै पर्यटन क्षेत्रमा महामारीको विनाशकारी प्रभाव र छ दशक लामो नाकाबन्दीसँग जुझिरहेको थियो, ट्रम्पले पहिलो पटक पद सम्हालेदेखि झनै सङ्कुचित भएको छ। सन् २०१७ देखि २०२१ सम्म ट्रम्पद्वारा लगाइएका २४३ प्रतिबन्धहरू अझै यथावत छन्—जसले जनजीवनमा निसासिने प्रभाव पारेको छ। परिवर्तनको प्रतिज्ञा गर्दै चुनाव जितेका राष्ट्रपति बाइडेनको पालामा समेत ती दबाबहरू कायम राखिए।
सन् २०१७ मा अमेरिकाले क्युबामाथि आफ्ना दूतावास अधिकारीहरूलाई लक्षित "ध्वनि आक्रमण" (sonic attacks) को आरोप लगायो। पछि त्यो दाबी गलत थियो, तर यसले आफ्नो उद्देश्य पूरा गर्यो, ट्रम्पले सम्बन्ध बढाउनमा रोक लगाए, जसले पर्यटन ध्वस्त बनायो र हरेक वर्ष आउने ६ लाख अमेरिकी आगन्तुकहरूको ढोका बन्द गरियो। त्यसपछि सन् २०२० मा वेस्टर्न युनियन बन्द गरियो, जसले अत्यावश्यक रकम प्रेषण रोकियो। सन् २०१७ मा हवानास्थित अमेरिकी दूतावासबाट भिसा सेवा निलम्बन गरिएपछि १९८० यताकै सबैभन्दा ठूलो अनियमित आप्रवासनको लहर देखियो, क्युबालीहरू कुनै पनि उपायबाट देश छाड्न आतुर थिए।
सन् २०१७ देखि २०२१ सम्म ट्रम्पद्वारा लगाइएका २४३ प्रतिबन्धहरू अझै यथावत छन्—जसले जनजीवनमा निसासिने प्रभाव पारेको छ। परिवर्तनको प्रतिज्ञा गर्दै चुनाव जितेका राष्ट्रपति बाइडेनको पालामा समेत ती दबाबहरू कायम राखिए।
त्यसपछि देखिएको आर्थिक विनाश धेरै ठुलो रह्यो। क्युबाको सकल गार्हस्थ्य उत्पादन (GDP) सन् २०१९ मा १५ प्रतिशतले र सन् २०२० मा थप ११ प्रतिशतले घट्यो। कल्पना गर्नुहोस्—एउटा देश जुन बैंकिङ प्रतिबन्धका कारण आधारभूत आवश्यक सामग्रीहरू किन्न नसक्ने अवस्थामा पुग्छ, जसका सार्वजनिक सेवा र उद्योगहरू अपाङ्ग बन्न पुग्छन्। जब सन् २०२० मा कोभिड-१९ महामारी आयो, क्युबाको बलियो सार्वजनिक स्वास्थ्य प्रणाली—राष्ट्रिय गर्वको प्रतीक असाध्यै दबाबमा पर्यो। बिरामीको उपचारका लागि अत्यावश्यक भएको एकमात्र अक्सिजन उत्पादन केन्द्र बन्द भयो, किनभने नाकाबन्दीका कारण आवश्यक स्पेयर पार्ट्स आयात गर्न नसकिने भयो। हजारौँ क्युबालीहरू श्वास फेर्न संघर्ष गरिरहेका थिए, तर वाशिङ्टनले कुनै अपवाद दिन अस्वीकार गर्यो।
गहिरिँदो संकटप्रति क्युबाको प्रतिक्रिया
सन् २०२१ को जनवरीमा ट्रम्पले आफ्नो कार्यकालको अन्त्यतिर क्युबालाई "आतङ्कवादलाई प्रोत्साहन दिने राज्य" को सूचीमा राख्नु, एक घातक प्रहार बन्यो। यस सूचीमा परेपछि क्युबाले सामान्य वित्तीय कारोबार गर्न असम्भवजस्तै अवस्था सामना गर्नुपर्यो, जसले अत्यावश्यक व्यापारसमेत अवरुद्ध गर्यो। त्यसपछि बाइडेन प्रशासनको पहिलो १४ महिनाभित्रै, ट्रम्पको प्रतिबन्धहरू कायमै रहेकाले क्युबाली अर्थतन्त्रले करिब ६.३५ अर्ब अमेरिकी डलर बराबरको घाटा बेहोर्नुपर्यो—पुरानो उर्जा संरचनामा लगानी र खाद्य तथा औषधि खरिद गर्न नपाइने अवस्था बन्यो। क्युबाली पेसोको मूल्य धरासायी भयो, जसले पहिले नै न्यून रहेको सार्वजनिक क्षेत्रको तलबहरूलाई झनै अवमूल्यन गर्यो। रासन प्रणालीले बाँच्न पुग्ने जति मात्र आहार उपलब्ध गराउँछ, तर यो स्तरको अभाव १९९० को दशकमा सोभियत संघ पतनपछिको "विशेष काल" (Special Period) यता देखिएको थिएन।
गम्भीर अवरोधहरूको सामना गर्दै क्युबाली सरकारले अनुकूलन गर्न थालेको छ। सन् २०२० देखि उसले निजी क्षेत्रमाथि बढी भर पर्न थालेको छ —रोजगारीको नयाँ स्रोत र आधारभूत वस्तुको आयातकर्ताको रूपमा।
यी गम्भीर अवरोधहरूको सामना गर्दै क्युबाली सरकारले अनुकूलन गर्न थालेको छ। सन् २०२० देखि उसले निजी क्षेत्रमाथि बढी भर पर्न थालेको छ —रोजगारीको नयाँ स्रोत र आधारभूत वस्तुको आयातकर्ताको रूपमा। यो कदम आवश्यकता जन्य व्यवहारिक उपाय हो। सन् २०२१ यता ८,००० भन्दा बढी साना तथा मध्यम उद्योगहरू दर्ता भइसकेका छन्, र सन् २०२३ मा निजी क्षेत्रले १ अर्ब अमेरिकी डलर बराबरको वस्तु आयात गर्ने बाटोमा थियो। यद्यपि निजी क्षेत्रको वृद्धि केही वस्तुको आपूर्ति बढाउने दिशामा लाभदायक देखिएको छ, यसले क्युबाको समाजवादी परियोजनामा नयाँ चुनौती पनि उत्पन्न गराएको छ । आय असमानता सृजना गर्दै, जुन क्युबाले लामो समयदेखि अभ्यास गर्दै आएको समतामूलक सम्पत्ति वितरणको सिद्धान्तसँग ठिक विपरित छ ।
राष्ट्रपति मिगुएल डियाज-कनेलले निरन्तर कडा बन्दै गएको नाकावन्दीको वर्तमान परिदृश्यका कारण परिवर्तनको आवश्यकतालाई स्वीकार गर्दै आवश्यक सेवाहरू प्रदान गर्ने सरकारको प्रतिबद्धतालाई जोड दिँदै आएका छन्। उनले क्युबाको सामाजिक न्यायको समाजवादी परियोजनालाई केवल कल्याणकारीको रूपमा मात्र नभई आयको निष्पक्ष वितरणको रूपमा परिभाषित गर्छन् जहाँ बढी कमाउनेहरूले बढी योगदान गर्छन् र नसक्नेहरूलाई सहयोग गरिन्छ। यही हो त्यो साँघुरो डोरी जसमा क्युबाली क्रान्ति हिंडिरहेछ—आर्थिक यथार्थता र मूलभूत मूल्यहरूबीचको सन्तुलन। नेतृत्वले ठूला निजीकरणका मागलाई अस्वीकार गर्दै समाजवादी परियोजनाको संरक्षण र आधारभूत सेवा सुनिश्चित गर्न जोड दिइरहेको छ।
महामारीले, जसले क्युबाको अग्रणी उद्योग पर्यटनलाई तहसनहस बनायो, संकटलाई अझ बढायो। विदेशी मुद्रामा पहुँच घट्दै गए पनि, सरकारले सयौँ मिलियन डलर बराबरको स्वास्थ्य सामग्री खरिद गर्यो र तलब, खाना, बिजुली र पानी सुनिश्चित गर्न जारी राख्यो, जसले गर्दा आधारभूत आवश्यकताहरू पूरा गर्न २.४ अर्ब अमेरिकी डलर ऋण थपियो।
छ दशकदेखिको अमेरिका चालाइरहेको सत्ता परिवर्तनको प्रयासहरू
क्युबाली जनताको आधारभूत आवश्यकताहरू पूरा गर्न गरिएको हरेक प्रयासलाई कमजोर बनाउने चरम विरोधाभास हो—संयुक्त राज्य अमेरिकाको खुला र निरन्तर शत्रुतापूर्ण व्यवहार।
क्युबाली क्रान्तिको पहिलो दिनदेखि नै अमेरिकी सरकारको उद्देश्य शासन परिवर्तन रहँदै आएको छ, जसलाई दिनप्रतिदिन परिस्थितिलाई खराब बनाउने र भित्रैबाट अस्थिरता उत्पन्न गर्ने रणनीतिबाट हासिल गर्ने प्रयास गरिएको छ। यद्यपि नाकाबन्दीले सधैं क्युबाको विकासमा बाधा पुर्याउँदै आएको छ, प्रारम्भिक तीन दशकसम्म सोभियत समर्थन र तेस्रो विश्वमा अनुकूल वातावरणले त्यसको प्रभावलाई धेरै हदसम्म सन्तुलित गर्यो। तर १९९० को दशक, जुन "विशेष काल" (Special Period) का रूपमा चिनिन्छ, एक विशाल संकट थियो, जब क्युबाले अमेरिकी नाकाबन्दीको सामना एक्लै गर्नुपर्यो। यद्यपि, यही संकटले नयाँ नवप्रवर्तनशील उपायहरू जन्मायो जसले क्युबालाई टिक्न सक्षम बनायो।
क्युबाली क्रान्तिको पहिलो दिनदेखि नै अमेरिकी सरकारको उद्देश्य शासन परिवर्तन रहँदै आएको छ, जसलाई दिनप्रतिदिन परिस्थितिलाई खराब बनाउने र भित्रैबाट अस्थिरता उत्पन्न गर्ने रणनीतिबाट हासिल गर्ने प्रयास गरिएको छ।
तर अहिलेको बखत फरक छ। ट्रम्पको प्रतिबन्धहरूको जम्मा प्रभाव, महामारी, विश्वव्यापी आर्थिक मन्दी, बाइडेनको निष्क्रियता, र ट्रम्पको बदला लिने सोचका साथ मार्को रुबियो परराष्ट्रमन्त्रीका रूपमा फर्कनुले—यसबैले अमेरिकालाई शासन परिवर्तनको दीर्घकालीन लक्ष्य प्राप्त गर्नका लागि ‘सुनौलो अवसर’ दिएको छ। लेस्टर म्यालोरीको सन् १९६० को बदनाम ज्ञापन, जसले स्पष्ट रूपमा नाकाबन्दीको उद्देश्य भोक र निराशामार्फत आन्तरिक विद्रोह भड्काउनु भन्ने उल्लेख गर्छ, आजको दिनमा अझ परिष्कृत र आधुनिक रणनीतिका रूपमा कार्यान्वयनमा आएको देखिन्छ। यस रणनीतिले क्युबाली राज्यलाई यस्ता उपायहरू अपनाउन बाध्य बनाएको छ जुन यसको (समाजवादी) परियोजनासँग प्रतिकूल हुन सक्छन्, तर आफ्नो अस्तित्व जोगाउन आवश्यक छन्।
राज्य-स्वामित्वमा आधारित क्युबाको समाजवादी अर्थतन्त्रका आधार स्तम्भहरू, नाकाबन्दीका कारण अत्यावश्यक मर्मत सम्भारको लागि कोष जुटाउन नसक्दा वा पर्याप्त विदेशी मुद्रा भण्डार सृजना गर्न नसक्दा धरासायी बन्दै गएका छन्।
ETECSA, जुन अमेरिकी प्रतिबन्धहरूको कडा मारमा परेको छ, उसले वर्षौँपछि पहिलो पटक सेवा शुल्क बढाउनु बाहेक आन्तरिक संरचनामा व्यापक सुधार ल्याउने कुनै विकल्प बाँकी छैन । यसका सर्भरदेखि लिएर रेडियो आधार स्टेशनहरूसम्म सबैमा आयातित प्रविधिको आवश्यकता छ। राज्य, जसले ऐतिहासिक रूपमा शिक्षा, स्वास्थ्य, यातायातदेखि खाद्य आपूर्ति सबै अनुदान दिन सक्ने क्षमता राख्दथ्यो, अब ती सबै आवश्यकताहरू एकैसाथ पूरा गर्न नसक्ने अवस्थामा पुगेको छ र कटौती, समायोजन र कतिपय अवस्थामा परित्याग गर्न बाध्य भएको छ। फोहोर संकलन, खानेपानी आपूर्ति, र सबैभन्दा महत्वपूर्ण बिजुलीले यस्तो गम्भीर समस्याहरूको सामना गर्दै छन् कि तिनको अपार्यताले केवल जनआक्रोश मात्र होइन, यी समस्याहरू समाधान गर्न सक्ने राज्यको क्षमतामा समेत बढ्दो अविश्वास पनि पैदा गर्छ।
संयुक्त राज्य अमेरिकाको सरकारले ६० वर्षको आर्थिक युद्धमा क्युबाली राज्यलाई प्रत्यक्ष रूपमा उल्ट्याउन असफल भए पनि, उसका उपायहरूले अहिले सबैभन्दा गम्भीर प्रभाव पार्न थालेका छन् । त्यति यहाँसम्म कि ट्रम्प प्रशासन र मार्को रुबियो जस्ता उसका सहयोगीहरूले जनताको आवश्यकताहरू पूरा गर्ने क्युबाली राज्यको क्षमतामाथि थप फन्दा कसिरहेका छन्। यो अवस्थामा क्युबाले जुनसुकै उपायहरू अपनाए पनि ती कमजोरी वा आत्मसमर्पणका संकेत होइनन्, बरु नाकाबन्दीले जबर्जस्ती थोपरेको संकटका प्रत्यक्ष परिणाम हुन्।
संयुक्त राज्य अमेरिकाको सरकारले ६० वर्षको आर्थिक युद्धमा क्युबाली राज्यलाई प्रत्यक्ष रूपमा उल्ट्याउन असफल भए पनि, उसका उपायहरूले अहिले सबैभन्दा गम्भीर प्रभाव पार्न थालेका छन् । त्यति यहाँसम्म कि ट्रम्प प्रशासन र मार्को रुबियो जस्ता उसका सहयोगीहरूले जनताको आवश्यकताहरू पूरा गर्ने क्युबाली राज्यको क्षमतामाथि थप फन्दा कसिरहेका छन्।
यस संकटप्रति जनताका प्रतिक्रियाहरू यस संकटमा फरक-फरक रहेका छन्। जुलाई २०२१ यता, साना र पृथक रूपमा भए पनि, प्रदर्शनहरू टापुको विभिन्न भागमा सामान्य घटना बनेका छन्, र समग्र रूपमा क्युबालीहरू राज्यप्रति आलोचना र मागहरूमा बढी मुखर भएका छन्। ETECSA को मूल्य वृद्धिपछि, समाजका विभिन्न तहका क्युबालीहरूले आलोचना व्यक्त गरेका छन्। तीमध्येमा विद्यार्थीहरू र विश्वविद्यालय विद्यार्थी महासंघ (FEU) का विभिन्न शाखाहरू पनि छन्, जसले मूल्य वृद्धिको घोषणा भएदेखि जसले घोषणा भएदेखि नै आलोचना मात्र गरेका छैनन्, समाधान खोज्न क्युबाली राज्य र ETECSA सँग प्रत्यक्ष वार्ताको नेतृत्व पनि गरेका छन्। यद्यपि, घडीजस्तै निश्चित ढाँचामा, अमेरिकामा रहेका विरोधी कण्ठहरूले यो संकटको क्षणलाई प्रयोग गर्दै विद्यार्थीहरूको आलोचनालाई क्युबाली क्रान्तिको पतनतर्फ मोड्ने प्रयास गरेका छन्।
यसको प्रतिक्रिया स्वरूप, कम्युनिस्ट पार्टीका वरिष्ठ नेता रोबर्टो मोरालेसले "क्रान्तिका शत्रुहरूले लागू गर्न खोजेका सञ्चारमाध्यमको भ्रमपूर्ण हेरफेर र अवसरवादी विकृति" को निन्दा गरे। जनताबाट आउने वैध आलोचना बुझ्न सकिने र क्युबाको जीवनको महत्त्वपूर्ण पाटो भएको भए तापनि, उनले तिनीहरूलाई घेराबन्दीमा परेको राष्ट्रको व्यापक सन्दर्भभित्र हेर्नुपर्ने तर्क गरे। ट्रम्प र रुबियोको उद्देश्य जस्तै मियामीका क्युबाविरोधी तत्वहरूको सधैंको उद्देश्य रहँदै आएको छ—" अराजकता छर्नु, हिंसालाई प्रवर्द्धन गर्नु, र हाम्रो मातृभूमिको शान्ति भत्काउनु" रहेको उनले घोषणा गरे।
नाकाबन्दीको मानवीय मूल्य
तर, यो संकटको झनै ठूलो प्रतिक्रिया भने क्युबाली इतिहासकै सबैभन्दा ठूलो आप्रवासनको लहर हो, जसले मारिएल लिफ्ट र १९९४ को राफ्टर संकटलाई समेत पार गरिसकेको छ। सन् २०२२ र २०२३ मा करिब ४,२५,००० क्युबालीहरू संयुक्त राज्य अमेरिका गए, जुन जनसंख्याको ४ प्रतिशतभन्दा बढी हो। हजारौँ अन्य स्पेन, मेक्सिको, ब्राजिल र अन्य देशहरूतर्फ गएका छन्। क्युबाको जनसंख्या सन् २०१२ को उच्च विन्दुयता १३% घटेर १९८० को सुरुवातपछि पहिलो पटक १ करोडभन्दा तल झरेको छ। यद्यपि, दशकौँसम्म यही आप्रवासनको परिस्थिति सिर्जना गर्ने र त्यसलाई प्रवर्द्धन गर्ने संयुक्त राज्य अमेरिका अहिले तीव्र रूपमा उल्टो दिशामा गएको छ। क्युबाली शरणार्थीहरू देश निकाला भइरहेका छन् र ट्रम्पको यात्रा प्रतिबन्ध सूचीमा क्युबालाई हालसालै समावेश गरिएको छ, जसले क्युबालीहरूलाई सुरक्षित र कानुनी रूपमा अमेरिका यात्रा गर्न पूर्णतः प्रतिबन्ध लगाएको छ।
चुनौतीहरू विशाल छन्, र क्रान्तिका उपलब्धिहरू जोगाउन जनताको बलिदान विपुल छ।
यो क्युबाको लागि कठोर वास्तविकता हो: घेराबन्दीमा परेको देश, जसका जनताहरुले ठूलो कठिनाइ भोगिरहेका छन्, र र त्यहाँको सरकार आफूलाई यस्तो तरिकाले अनुकूलन गरिरहेको छ, जुन अस्तित्व रक्षा गर्न आवश्यक र चुनौतीपूर्ण दुवै छ। चुनौतीहरू विशाल छन्, र क्रान्तिका उपलब्धिहरू जोगाउन जनताको बलिदान विपुल छ।
यस्तो परिस्थितिमा नै संसारभरिका र अमेरिकाभित्रका जनताको ऐक्यबद्धता पुनः निर्माण गर्न जरुरी छ। हामी केवल जानकार भएर बस्न सक्दैनौं; हामी सक्रिय हुनुपर्छ। सचेतना अभिवृद्धिमा मात्र सीमित नभई, क्युबाली जनताको समर्थनका लागि व्यावहारिक कदम चाल्नुपर्छ। यसको अर्थ क्रूर र नरसंहारकारी अमेरिकी नाकाबन्दीको अन्त्यको माग गर्नु हो, यो एक क्रूर र अमानवीय नीति हो जसले आत्मनिर्णयको प्रतिबद्धताको लागि सम्पूर्ण राष्ट्रलाई दण्ड दिन्छ। यसको अर्थ हुन्छ मानवीय सहायता प्रयासहरूलाई समर्थन गर्नु, कूटनीतिक संवादका लागि वकालत गर्नु, र प्रतिबन्ध तथा नाकाबन्दीविहीन संसारको पक्षमा अभियान चलाउनु। क्युबाली जनतालाई केवल हाम्रो सहानुभूति होइन, हाम्रो सक्रिय र अटल ऐक्यबद्धता आवश्यक छ।

इरानमाथि इजरायली आक्रमण

अमेरिकामा अवैध आप्रवासनविरुद्धको कारबाहीले लस एन्जलसमा झडप चर्कियो

इरानका सर्वोच्च नेता खोमेनीद्वारा अमेरिकी आणविक प्रस्ताव अस्वीकार

गाजाका झण्डै आधा बालबालिकाहरू आत्महत्या गर्ने सोचमा छन् !

पीकेकेको बिघटन

छत्तीसगढ–तेलंगाना सीमामा माओवादी बिद्रोही बिरुद्धको अभियान स्थगित

भारतको 'अपरेशन सिन्दूर' पछि पाकिस्तानी प्रतिक्रिया, ट्रम्पद्वारा आलोचना

प्रतिक्रिया