गलबन्दी

लाटा' देशाँ' गाँडो तन्नेरी भन्ने उखान सुने भने विश्वका समस्त गाँडाहरू धमाधम मानचित्र पल्टाएर धुइँधुइँती खोज्न थाल्दा हुन्- त्यो लाटाको देश कुन महाद्वीपमा कहाँनेर पर्छ ? त्यस देशको भौगोलिक स्थिति कस्तो छ र किन त्यहाँ तन्नेरी हुने अधिकार गाँडाको लागि मात्र सुरक्षित हुन्छ ? लाटाको देशमा जाने भिसा कहाँबाट लिनुपर्ने हो र कुन प्लेन वा ट्रेन समाएर त्यहाँ पुग्न सकिने हो इत्यादि । तर उनीहरूलाई कसले बुझाइदिने ? लाटो भनेको बाटो न घाटोसित दगुर्ने प्राणी हो, जो इतिहासको फेदीदेखि थिति न ठेगानासित गुँड जमाउदै आएको छ । हेरिल्याउँदा प्रत्येक देश लाटैलाटाको निर्माण हो तर हेरिलैजाँदा जहाँ बसे पनि लाटो स्वयं देशविहीन हुन्छ ।

अन्तर्वार्ता गर्न जान्छ गाँडले पहिल्यै बहिर्वाता गरिदिन्छ, सभाभित्र पस्ता सबैको खिसी आकर्षित गरी सभापति बिर्साइदिन्छ उसकै गाँड । त्यसैले ऊ झर्किन्छ, रुन्छ र रुँदारुँदै हाइय्य गर्छ, एकैछिनमा मन्त्री हुन्छ ।

ऊ पनि भन्थ्यो- कोलम्बसले अमेरिका पत्ता लगायो भने उसले लाटा' देश ठम्याउन किन सक्तैन ? तर ऊ कोलम्बस होइन, ऊ त हो तुलेगाँडो, तुलामा राखेर जोख्ने हो भने जीउ जति धार्नीको छ, त्यति नै धार्नीको थियो उसको गाँड । त्यसैले उसको नाम पनि तुलेगाँडो उपाधि पनि तुलेगाँडो । वास्तवमा ऊ लाटो नै होइन, गाँडो मात्र हो, तर राम्रैराम्राका बीच गाँडो हुनु पनि उपहासको भाँडो हुनु हो, त्यसैले पार्नु मर्का पारेको छ उसलाई त्यो गाँडले । अन्तर्वार्ता गर्न जान्छ गाँडले पहिल्यै बहिर्वाता गरिदिन्छ, सभाभित्र पस्ता सबैको खिसी आकर्षित गरी सभापति बिर्साइदिन्छ उसकै गाँड । त्यसैले ऊ झर्किन्छ, रुन्छ र रुँदारुँदै हाइय्य गर्छ, एकैछिनमा मन्त्री हुन्छ ।

सरस्वतीले तथास्तु भनी वीणाको गट्टाले उसको घाँटीमा छोइदिइन् । जन्मजन्मान्तर नसिद्धिने गरी समस्त विद्याहरू पोको परेर उसको कण्ठमा झुन्डिए, त्यसैले मन्त्रीज्यूको विद्वत्ता अनुपमेय छ, अपरिमेय छ इत्यादि । उसलाई विश्वास लाग्दैन, तर इतिहास व्याख्या गर्दछ- मन्त्रीज्यू ती गण्डक ऋषिका सन्तान हुनुहुन्छ, जसले तपस्या गरेकोले नदीको नाम नै गण्डकी रहेको थियो... ।

त्यो लाटाको देश हो त ? केही थाहा छैन उसलाई, केवल यत्ति थाहा छ, ऊ मन्त्री हो- सबैबाट सम्मानित, सबैबाट प्रशंसित । पण्डितहरू उसको गाँडको माहात्म्य गाउँछन्- अघिल्लो जन्ममा ऊ सरस्वतीको साह्रै प्यारो भक्त थियो, एक दिन उनले के माग्छस् भनी सोधिन् । ठाडो घाँटी लगाउँदै उसले भन्यो- "मलाई विद्यामृत दिनुहोस् ।" सरस्वतीले तथास्तु भनी वीणाको गट्टाले उसको घाँटीमा छोइदिइन् । जन्मजन्मान्तर नसिद्धिने गरी समस्त विद्याहरू पोको परेर उसको कण्ठमा झुन्डिए, त्यसैले मन्त्रीज्यूको विद्वत्ता अनुपमेय छ, अपरिमेय छ इत्यादि । उसलाई विश्वास लाग्दैन, तर इतिहास व्याख्या गर्दछ- मन्त्रीज्यू ती गण्डक ऋषिका सन्तान हुनुहुन्छ, जसले तपस्या गरेकोले नदीको नाम नै गण्डकी रहेको थियो, गण्डक गॉडवान् महर्षि थिए, त्यसैले मन्त्रीज्यू पनि आधुनिक जगतका एक महर्षि नै हुनुहुन्छ । अझ उसलाई पत्यार लाग्दैन, तर कवि गाइदिन्छ-

हे विशाल रुद्रघण्टीश्वर

यो तिम्रो गाँड होइन, गहना हो

दुःखसागर तर्ने बहना हो ?

हो त नि, ऊ दङ्ग पर्छ, मक्ख पर्छ, नोकर्नीको हात समाएर ट्विस्ट गर्छ । तर अपशोच ! खाटबाट लडेर गाँड ठोकिन्छ, रगत बगाउँदै झल्याँस्स हुन्छ- ऐना हेर्दा आफूलाई तुलेगाँडै पाउँछ ।

उसको सपना सत्य थिएन, तर यो असत्य कुरो पनि होइन । ठूलो हुन सके गाँडै पनि गहना हुन्छ, कृष्णको चीरहरण लीलामा गनिएझैं, भियतनामको नरसंहार शान्तिको निम्ति भनिएझैँ । तर ठूलो कसलाई भन्ने ? घर ठूलो, बैड ब्यालेन्स ठूलो, दर्जा ठूलो, अधिकार ठूलो, डाँको ठूलो, देश ठूलो, डन्डा ठूलो या झन्डा ठूलो ! उसको केही पनि छैन, छ भने त्यही गाँड छ सबैभन्दा ठूलो ! त्यसैले ऊ ठूलाबडामा गनिन सक्तैन, किनभने चुत्थो मान्छेको रुद्रघण्टी नै पनि गाँड भइदिन्छ, दुनियाँमा गाँड गहना हुने त कुरै छैन । तुलेगाँडो हताश हुन्छ, निराश हुन्छ ।

ठूलो हुन सके गाँडै पनि गहना हुन्छ, कृष्णको चीरहरण लीलामा गनिएझैं, भियतनामको नरसंहार शान्तिको निम्ति भनिएझैँ । तर ठूलो कसलाई भन्ने ?

अनि उसलाई झोक पनि चल्छ– भएभरका लाटागाँडा बटुलेर म नेता किन नभइदिऊँ ? गाँडाको ग्लानि खोरन्डालाई पनि हुन्छ, खोरन्डाले जति खिसी कानाले पनि पाउँछ । ऊ आफ्ना साथीहरूसित प्रस्ताव राख्छ- एउटा सङ्गठन बनाउने, जसको नाम रहनेछ - लाटागाँडा एवं लुलालङ्गडा सम्मान समिति । तर खल्वाट धूर्त हुन्छ- सभापतिको बाक्लो पगरी उसलाई चाहिन्छ । तुलेको चित्त बुझ्दैन, किनभने उसमा अरूको जस्तो कमी छैन । हुन पनि गाँड एउटा बढग्रन्थि हो, विशेष अङ्ग हो, जुन जो पायो उहीसित हुँदै हुँदैन । खुट्टे खड्काले निहुँ खोज्छ, त्यसो भए उसको खुट्टो झन् खम्बाजत्रो छ । मोटो सुँड हुने गणेशलाई सबभन्दा पहिले पुजिन्छ भने उसको खुट्टो सभापति बन्न किन सक्तैन ? ऊसित थोरै भए पनि गणेशत्व छ तर डुडेले सभा ब्याकआउट गर्छ । ऊ सद्दे मान्छे गाँडागर्चाको गोष्ठीमा किन बस्छ ? नभन्दै हो पनि, पन्जाभित्रको हातलाई कसले डुडे देख्छ ? सङ्गठन गठन नहुँदै विघटन हुन्छ, तुलेगाँडो जिल्ल परेर गॉड कोतर्छ ।

खुट्टे खड्काले निहुँ खोज्छ, त्यसो भए उसको खुट्टो झन् खम्बाजत्रो छ । मोटो सुँड हुने गणेशलाई सबभन्दा पहिले पुजिन्छ भने उसको खुट्टो सभापति बन्न किन सक्तैन ?

हुन त ऊ पनि त्यस्तै बाठैबाठासँग बाँच्नुपरेपछि उसले पनि बाठो बन्नै पर्छ । बठ्याइँको दीक्षा लिन छोप्ने विद्या जान्नै पर्छ । हो त नि, यहाँ कसले के छोपेको छैन टेरिलिनको सूटले दाउरिएको आङ छोपिन्छ, एक बट्टा पाउडरले चाउरिएको छाला छोपिन्छ, डिग्रीको साइनबोर्डले दिमागको गोबर छोपिन्छ, मानको पगरीले बेइमानीको घ्याम्पो छोपिन्छ, मैत्रीको जालले ब्वाँसाको राल छोपिन्छ । हो, हो- गाँडाको गम कम होइन- गलबन्दीले गाँड छोप्न सकेमा तन्नेरी हुन अरू केही चाहिँदैन । तुलेगाँडो ङिसिक्क हाँस्छ ।

यहाँ कसले के छोपेको छैन टेरिलिनको सूटले दाउरिएको आङ छोपिन्छ, एक बट्टा पाउडरले चाउरिएको छाला छोपिन्छ, डिग्रीको साइनबोर्डले दिमागको गोबर छोपिन्छ, मानको पगरीले बेइमानीको घ्याम्पो छोपिन्छ, मैत्रीको जालले ब्वाँसाको राल छोपिन्छ ।

गॉड उसको कत्रो समस्या ? तर समस्याको समाधान कति सजिलो छ एउटा गलबन्दी गुतिदिनु । अनि कसले भन्न सक्छ रङ्गीचङ्गी गलबन्दीभित्र जाँडको पुङ्गोजस्तो एउटा कुहिएको गाँड पनि छ । कसैले भनिहाले पनि जबाफ दिनुपर्छ भित्रभित्र खोतल्ने हो भने ककसको केके छन्, केके छन् ? ऊ श्री 'क' लाई सम्झन्छ- जसले एक हजार घर लुटेको थियो, सयौं घरमा पोइलाई बाँधेर स्वास्नीको सतीत्व लुटेको थियो, रामनामीको गलबन्दीले ऊ कति सजिलैसित आफ्नो अपराधको गाँड छोप्छ, महामहोपाध्याय बनी नैतिकताको व्याख्या गर्छ ।

श्री 'ख' लाई सम्झन्छ, श्री 'ग' लाई सम्झन्छ- मासुको नहोस् सही, पापको गाँड उनीहरूको पनि छ, ऊ देख्छ- जजसको ठूलो गलबन्दी छ तिनको गाँड पनि ठूलै हुन्छ, तर ऊ गलबन्दी गुत्दैन । तर उसले नगुतेर के गर्नु ? आजको विश्वमा सबभन्दा बढी खपत छ गलबन्दीको । निरस्त्रीकरणको प्रस्ताव एउटा गलबन्दी हो- आणविक गाँडको । शान्तिवार्ता एउटा गलबन्दी हो करतुत र कुचक्रका गाँडको । यसरी सोच्तै ल्याउँदा ऊ ठम्याउँछ- ऊ मात्रै होइन, उसको समाजै गँड्याहा छ, उसको युगै गँड्याहा छ । आफू चुत्थो मान्छे भएकोले साह्रै ठूलाको कल्पना गर्न सक्तैन र मात्रै, नत्र ऊ यो पनि ठान्दो हो- यो विश्व नै ब्रह्माण्ड नभई ब्रह्मगाँड होला । पृथिवी त्यस गॉडमाथिको खटिरा, अरू हुन सक्छ- मान्छेचाहिँ त्यस खटिराभित्रको कीरा ।
छया: आफू गाँडो हुँदैमा सबैतिर गाँडैगाड़ देख्न ऊ चाहँदैन । तर उसले नचाहेर के गर्नु ? गाँड यथार्थ हो, गलबन्दी त त्यसलाई छोप्ने आदर्श मात्रै । त्यसैले यथार्थवादलाई ठूलाबडा मन पराउँदैनन्, किनभने यसबाट समाजको गाँड देखिन्छ- जो सभ्यताको विरुद्ध कर्म हो । हो त्यसैले त तन्नेरीलाई गाँड देखाउन लाज लाग्छ, अनि गलबन्दीमै रमिता देख्छ, बूढालाई गाँड कोट्टयाउनु अपराध लाग्छ अनि गलबन्दीकै कविता लेख्छ, तुलेगाँडो चिन्तक बन्छ, ऊ पुराण पल्टाउँछ, इतिहास पल्टाउँछ ।

रामको पनि गाँड थियो । ऊ आफू नर भएर वानर बटुल्छ, आफू भुँडी बोकाउँछ, स्वास्नीलाई बात लगाउँछ । एउटाको रिसमा हजारौंको घरबार जलाउँछ, सबलाई आदर्शको शिक्षा दिन्छ- तर मनमनै उसको गॉड पाक्छ- पश्चात्तापको पीप बगाएर, अनि सरयूमा हामफाल्छ, मर्छ ।

रामको पनि गाँड थियो । ऊ आफू नर भएर वानर बटुल्छ, आफू भुँडी बोकाउँछ, स्वास्नीलाई बात लगाउँछ । एउटाको रिसमा हजारौंको घरबार जलाउँछ, सबलाई आदर्शको शिक्षा दिन्छ- तर मनमनै उसको गाँड पाक्छ- पश्चात्तापको पीप बगाएर, अनि सरयूमा हामफाल्छ, मर्छ । तर वाल्मीकि गलबन्दी गुताइदिन्छन् उसलाई । ऊ पूजनीय लाग्छ हामीलाई । चन्द्रशमशेरलाई लोभ लाग्छ, त्यस्तै गलबन्दीको अनि सेढाई बुन्न थाल्छ चन्द्र- मयूख । तर जङ्गबहादुर साह्रै बाठो मान्छे हो, आफ्नो गाँड छोप्न । ऊ कृष्णका आदर्शको गलबन्दी गुत्छ । नाङ्गी तरुनी उसको आराध्य, परचक्री तरुनी उसकी साध्य । लाटा गोपहरूका देशको कृष्ण एउटा गाँडो तन्नेरी, त्यसैले हत्या उसका चुट्कीको काम सर्वसंहार उसको दर्शनको अन्तिम धाम । तुलेगाँडो युग जोर्छ- महाभारतको हिटलर कृष्ण, कुरुक्षेत्र उसको ग्याँसच्याम्बर, जहाँ आइकम्यानको पूर्णावतार अर्जुन भुट्छ- आफ्ना दाजुभाइहरूलाई, लाखौँलाखौं आइमाईका छोराहरूलाई, पोइहरूलाई ! आखिर गाँड पाक्छ, कुहिन्छ, सलबलाउँछन् पश्चात्तापका कीराहरू । ऊ आत्महत्या गर्छ डा. बाइले । मर्दामर्दै व्यासले ओढाइदिन्छन् स्वर्गारोहणको सुकिलो गलबन्दी । के गीता एउटा बलियो गलबन्दी होइन कृष्णको ?

ऊ भुतभुताउँछ- स्वर्ग गोराहरूको हो, स्वर्ग जोधाहाहरूको हो, यहाँ कत्रात्रा सेठ, कत्राकत्रा शासक, कत्राकत्रा मन्त्री र कत्राकत्रा विजयीहरू छन्, यस्तायस्ता भएको ठाउँमा आउने को रे भने तुलेगाँडो !

धत्तेरी! म कस्तो नास्तिक, आफू गाँडो भएँ भन्दैमा आफ्ना पूजनीय ऐतिहासिक पुरुषहरूलाई उडाउनु अपराध हो, अनास्था हो । के भित्र विष्ठा छ भन्दैमा आफ्नै पेटलाई चर्पी मान्ने ? तुलेगाँडो आफैँलाई हप्काउँछ । अब ऊ कसैलाई निन्दा गर्दैन । यस लोकमा त गाँडो भइयो भइयो, परलोकमा उसको गाँड हुने छैन, ऊ सुन्दर र सलसलाउँदो हुनेछ किनभने उसले कसैका हत्या गरेको छैन, उसले कसैलाई दुःख दिएको छैन, ऊ स्वर्गै जान्छ सरासर । उसको मन प्रफुल्ल हुन्छ, तकिया सजिलो लाग्छ । सोच्तासोच्दै हर्र उड्छ । एकैछिनमा ऊ एउटा ठूलो ढोकामा उभिन पुग्छ । पालेले चर्को डाँकोमा उसलाई सोध्छ- तिम्रो नाम के ? कहाँबाट आयौ र बाँच्ताको ल्याकत कस्तो थियो इत्यादि । तुलेगाँडो सबै 'हुलिया' यथार्थ दिन्छ र भन्छ- मैले जीवनभर धर्मैधर्म गरेको छु । घोक्रेसुत्ती लाउँदै पाले गर्जन्छ- गनाउने गाँड लिएर धर्मात्मा भन्दै अप्सराको देशमा आउन पाइन्छ ? तुरुन्तै जान्छस् भने गैहाल् नत्र सोझै रौरवमा खसालिएलास् मोरा ! ऊ भुतभुताउँछ- स्वर्ग गोराहरूको हो, स्वर्ग जोधाहाहरूको हो, यहाँ कत्रात्रा सेठ, कत्राकत्रा शासक, कत्राकत्रा मन्त्री र कत्राकत्रा विजयीहरू छन्, यस्तायस्ता भएको ठाउँमा आउने को रे भने तुलेगाँडो ! ऊ जिल्ल पर्छ । हुन त हो नि ! दक्षिणा लिंदै स्वर्गको पासपोर्ट बाँड्ने पण्डितहरूलाई सम्झन्छ ऊ, धर्म र पापको तिनलाई के वास्ता ? दस रुपियाँको गोदान डाँकाले गरे पनि स्वर्गकै बास पाउँछ । उसले आफू हजार दुःख खपेर पनि अरूलाई दुःख नदिएको सित्तैं भो त ? सित्तैं भो त ? ऊ चिच्च्याउँछ । स्वास्नी बोलाउँदै उठाइदिन्छे- के सित्तै भो तपाईंको ?

ऊ जिल्ल पर्छ । हुन त हो नि ! दक्षिणा लिंदै स्वर्गको पासपोर्ट बाँड्ने पण्डितहरूलाई सम्झन्छ ऊ, धर्म र पापको तिनलाई के वास्ता ? दस रुपियाँको गोदान डाँकाले गरे पनि स्वर्गकै बास पाउँछ ।

उसको यो लोक पनि सित्तैं भो, परलोक पनि सित्तैं भो । यो लोकको हैसियत राम्रो नहुनेको परलोक पनि कुम्भीपाक हुन्छ । हत्या गरेरै भए पनि कमाउनुपर्छ, लुटलाट गरेर पनि जमाउनै पर्छ, करोडपति हुन सके हजारको पाटी बनाएर अखबारमा दानको विज्ञापन पाइन्छ, ढ्वाङ नठटाई गरेको धर्म स्वर्गको तथ्याङ्क विभागले कहाँ सुन्न सक्छ ? त्यसैले त व्यापारीहरू बहुतै चतुरा हुन्छन्, धरोधर्मको गलबन्दी गुतेर मन लागेको भाउ गर्छन् ।

धत्तेरि, फेरि म नास्तिक भएँ । तुलेगाँडो पछुताउँछ । हो, दुनियाँमा कसैको पनि गाँड छैन, उसको मात्रै छ, ऊ मात्रै अभागी छ, ऊ मात्रै हतभागी छ । त्यसैले ऊ गाँड चिर्न अस्पताल पुग्छ । रातो झोल प्याउँदै नर्स गिज्याउँछे- गाँडको ओखती निल्न गाह्रो पर्छ, एउटा राम्रो मफलर गुत्ने गर्नोस् न, देखिदैदेखिदैन नि ! उसलाई झोक चल्छ, ऊ लुकाएर सिप्लिस पाल्ने जातको मान्छे होइन । त्यसैले गाँड भनेको चिर्नै पर्छ चाहे भित्री होस्, चाहे बाहिरी । तुलेगाँडो एक्लै चिच्च्याउँछ । डाक्टर फकाउँछ- हुँदैन बा हुँदैन । गाँड चिर्दा रुद्रघण्टी चिरिन्छ, मरिन्छ । त्यसैले एउटा पट्टी बाँधिदिन्छ उसलाई, पट्ठी स्वास्नीको आँखा पहिले पट्टीमै पुग्छ । गाँड चिर्न गएको मान्छे गाँडमा साइनबोर्ड टाँसेर आउँछ, ऊ पश्मिनाको गलबन्दी टक्रयाउँछे, तर तुलेगाँडो चिच्च्याउँछ- गाँडको समस्या गलबन्दीले समाधान हुँदैन ! ऊ गलबन्दी फ्याँकिदिन्छ, गाँड हल्लाउँदै बजार घुम्छ ।

ऊ कोलम्बसभन्दा पनि ठूलो कोलम्बस हुन्छ, कतैको प्रधानपञ्च हुन्छ त कतैको प्रधानमन्त्री हुँदाहुँदै भूगोललाई भकुन्डा झैं बुङ्ग हानिदिन खोज्छ ऊ, तर ऊजस्ता गाँडा अरू पनि त छन् नि ! भकुन्डो राम्रैसित सुरु हुन्छ । लाटाहरूको सातोपुत्लो जान्छ, रेफ्री हुने मान्छे नै छैन । त्यसैले उनीहरू पूर्व फर्केर चिच्च्याउँछन्- यो विश्वमा जान्नेसुन्ने को छ हँ ?

ऊ गाँडो मात्रै होइन, लाटो पनि हो, लाटो मात्रै होइन, अब बौलाहा पनि भो- सर्वत्र यही चर्चा चल्छ, के ऊ पक्कै बहुलायो ? ऊ आफैलाई शङ्का लाग्छ, घरमा पुगी ऐना हेर्छ- गड्याहा र बौलाहाको समन्वय झन् नरमाइलो प्रतीत हुन्छ । ऐनाको गाँडले प्रश्न गर्छ- के गाँडको समस्या गलबन्दीले समाधान हुन्छ ? ऊ गलबन्दी ओढ्दै जबाफ दिन्छ- विज्ञानले चिर्ने चक्कुभन्दा छोप्ने गलबन्दी धेरै बनाएको छ ।

गलबन्दीबाट तुलेगाँडाको दृष्टिमा अब मानचित्रभरि लाटैलाटाका देश देखिन्छन्, ऊ कोलम्बसभन्दा पनि ठूलो कोलम्बस हुन्छ, कतैको प्रधानपञ्च हुन्छ त कतैको प्रधानमन्त्री हुँदाहुँदै भूगोललाई भकुन्डा झैं बुङ्ग हानिदिन खोज्छ ऊ, तर ऊजस्ता गाँडा अरू पनि त छन् नि ! भकुन्डो राम्रैसित सुरु हुन्छ । लाटाहरूको सातोपुत्लो जान्छ, रेफ्री हुने मान्छे नै छैन । त्यसैले उनीहरू पूर्व फर्केर चिच्च्याउँछन्- यो विश्वमा जान्नेसुन्ने को छ हँ ?

जवाफ आउँछ- तुलेगाँडो र म ।

रचनाबाट