बढ्दैछ एङ्गेल्सको सान्दर्भिकता

जीवविज्ञान र भौतिकशास्त्रमा भइरहेका नवीनतम् खोज र तिनीहरूलाई बुझ्ने प्रयत्नले प्रकृतिमा द्वन्द्ववादी दृष्टिकोण पुनः गम्भीर अध्ययन र चासोको विषय भएको छ । द्वन्द्वात्मक भौतिकवादी दृष्टिले जीवविज्ञानलाई नियालिरहेका रिचार्ड लेभिन्स र रिचार्ड लेविन्टनजस्ता वैज्ञानिकहरू र आफूलाई मार्क्सवादी नठान्ने स्टिफेन जे. गोल्डजस्ता विकासवादी जीवविज्ञानका मूर्धन्य व्यक्तित्वहरू प्रकृति र मानवबीच तथा मानव र सामाजिक परिस्थितिबीचको द्वन्द्वात्मक अन्तर्सम्बन्धका बारेमा अध्ययन गर्दै आधुनिक विज्ञानलाई समग्रतामा र गतिमा हेर्न प्रोत्साहित गरिरहेका छन् । अर्कोतर्फ, क्वान्टम भौतिकीको खोजको 'कोपनहेगन व्याख्या' ले प्रदान गरेको आदर्शवादी र अज्ञेयवादी दृष्टिकोणको खण्डन गर्दै सूक्ष्म पदार्थ एकैचोटि वस्तु (particle) र लहर (wave) दुवै हुन सक्ने अवस्थाको सुसङ्गत द्वन्द्वात्मक व्याख्या प्रदान गरिरहेको डेविड बोहमजस्ता भौतिकशास्त्रीहरू द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट विज्ञानको क्षेत्रमा नयाँ आयामहरू उद्घाटित् गरिरहेका छन् ।

महाविष्फोट (big bang) बाट यो ब्रम्हाण्डको सुरू भएको कल्पना गर्नेहरूले त्यो विष्फोटभन्दा पूर्व ब्रम्हाण्ड कस्तो स्थितिमा थियो ? के यो शून्यबाट सुरू भएको हो ? भन्नेजस्ता प्रश्नको उत्तर दिन बाध्य छन् ।

ब्रम्हाण्डमा 'अदृश्य पदार्थ' (dark matter) र 'अदृश्य ऊर्जा' (dark energy) को अस्तित्वका बारेमा एउटा सहमति बन्दै गइरहेको छ, जसअनुसार अहिलेसम्म हामीले थाहा पाएको ब्रम्हाण्डको पदार्थ ४ प्रतिशत मात्रै छ भने ९६ प्रतिशत अदृश्य पदार्थ र ऊर्जाले निर्माण गरेको अनुमान छ । आइन्स्टाइनको गुरूत्वाकर्षण सिद्धान्तअन्तर्गत यिनीहरूको मापन सम्भव भएकाले कोपेनहेगन व्याख्या'सँग विमति राख्ने आइन्स्टाइन पुनः चर्चामा छन्। महाविष्फोट (big bang) बाट यो ब्रम्हाण्डको सुरू भएको कल्पना गर्नेहरूले त्यो विष्फोटभन्दा पूर्व ब्रम्हाण्ड कस्तो स्थितिमा थियो ? के यो शून्यबाट सुरू भएको हो ? भन्नेजस्ता प्रश्नको उत्तर दिन बाध्य छन् ।

वास्तवमा महाविष्फोटबाट सुरू भएको ब्रम्हाण्ड अहिले जुन गतिले फैलिरहेको हुनुपर्ने हो, त्योभन्दा निकै तीव्र गतिले फैलिरहेको पाएपछि अदृश्य पदार्थको अस्तित्वको सम्भावनाबारे फ्रिज ज्विकीको ७६ वर्ष पुरानो अवधारणा पुनः वैज्ञानिकहरूको खोजीको विषय भएको हो। यो सम्भाव्यताले गर्दा फैलिरहेको ब्रम्हाण्ड पुनः खुम्चिंदै 'महासङ्कुचन' (big crunch) मा पुग्ने र सङ्कुचित ब्रम्हाण्डको डल्लो पुनः महाविष्फोट हुँदै फैलिंदै जाने अनवरत प्रक्रियामा रहेका ब्रम्हाण्ड (हरू) को परिकल्पनालाई एकातिर बल पुगेको छ भने अर्कोतिर ब्रम्हाण्डको न आदि छ, न अन्त्य छ, यो निरन्तर गतिमा छ। यहाँ उत्पत्ति, विकास र अन्त्यको क्रम निरन्तर चलिरहेको छ । एकै समयमा एकातिर महाविष्फोटहरू हुँदै ब्रम्हाण्डको एउटा वा बढी भागहरू फैलिरहेका हुनसक्छन् भने अर्कोतिर ब्रम्हाण्डका अर्का भागहरू खुम्चिंदै 'महासङ्कुचन'को अवस्थामा प्रवेश गरिरहेका हुनसक्छन् । ताराहरू नेवुलाबाट जन्म लिइरहेका छन् र अस्तित्व लोप वा परिवर्तन हुँदै 'काला खाल्डा' (black holes) पनि बनिरहेका छन्। ब्रम्हाण्डरूपी पदार्थ र ऊर्जाका अनन्त महासमुद्रका छालहरू उठ्ने र विलय हुने अनवरत प्रक्रियामा छन् र तिनीहरूको टकराहटबाट अन्तरिक्षमा विशालकाय भौतिक पिण्ड, सूक्ष्म पदार्थ र उर्जा अस्तित्वमा आउने र लोप हुने प्रक्रियाको रूपमा दृष्टिगोचर हुन्छ भन्ने प्रस्थापनाहरूले वैज्ञानिक मान्यता पाउने सम्भावना बढ्न थालेको छ। महाविष्फोटलाई त्यस्तै एउटा छालको सुरूआतको रूपमा व्याख्या गर्ने प्रयत्न डेभिड बोमले गरेका छन्।

प्रकृतिमा अनवरत चलिरहेका यी परिवर्तनहरूलाई सुसङ्गत दृष्टिकोणले बुझ्न  चाहनेहरूले फ्रेडरिक एङ्गेल्सप्रति आफ्नो कृतज्ञता प्रत्यक्ष या परोक्ष रूपमा जाहेर गर्न थालेका छन्। द्वन्द्वात्मक भौतिकवाद मार्क्सवादी विश्वदृष्टिकोण मानिए तापनि यो दर्शनको प्रमुख श्रेय या त्यसवापत खप्नुपरेको आलोचना, दुवै मुख्य रूपले एङ्गेल्सकै पोल्टामा परेको छ। विज्ञानको दर्शनको रूपमा द्वन्द्वात्मक भौतिकवादलाई स्थापित गर्ने मात्र होइन, विज्ञानका आधुनिकतम खोजहरूले द्वन्द्वात्मक भौतिकवादलाई कसरी अभिव्यक्त गरिरहेको छ, त्यो जान्ने एङ्गेल्सको उत्कट इच्छा थियो र त्यसको सारगर्भित विवेचना 'ड्युहरिङ मतखण्डन'मा गरेका थिए, जुन मार्क्सको 'पुँजी' सरहको शास्त्रीय मार्क्सवादी रचनाको रूपमा स्थापित छ । त्यतिबेलातिर लेखिएको तर पूरा गर्न नसकिएको 'प्रकृतिमा द्वन्द्ववाद' उनको मृत्युको ३० वर्षपछि प्रकाशित भएको थियो, जसले अधुरै स्थितिमा पनि क्वान्टम भौतिकीले प्रकाशमा ल्याएका नयाँ तथ्यहरूलाई बुझ्न सोइची साकाता, एम. ताकेतानी, एच. युकावाजस्ता जापानी वैज्ञानिक र नयाँ पुस्ताका सोभियत वैज्ञानिकहरूलाई मद्दत पुयाएको थियो । अर्कोतर्फ स्टालिन र लाइसेन्कोको पालामा विज्ञानमा भएको द्वन्द्वात्मक भौतिकवादको विकृत प्रयोगको मूलस्रोत पनि कतिपय पश्चिमेली वामपन्थीहरूले एङ्गेल्सलाई नै ठहऱ्याएका छन्। उनीहरूले मार्क्स र एङ्गेल्सबीच द्वन्द्वात्मक चिन्तनप्रणालीमा भिन्नता रहेको औंल्याएका छन् र प्रकृतिमा द्वन्द्वात्मक हुने कुरा मार्क्सले सङ्केत नगरेको बताएका छन् । अन्य थुप्रै  आलोचकहरूले भौतिकशास्त्र र जीवविज्ञानका विषयहरूलाई समाजशास्त्रमा जडतापूर्वक लागु र मार्क्सवादलाई विकृत बनाएको आरोप लगाएका छन्।

जतिबेला विज्ञानको दर्शन सङ्कटग्रस्त हुन्छ वा वैचारिक क्रान्तिको सङ्घारमा उभिन्छ, त्यतिबेला एङ्गेल्सद्वारा व्यक्त गरिएका विचारहरूको उज्यालोपन पनि सहज दृष्टिगोचर हुन्छ ।

तर १३० वर्षअघिको समय र ज्ञानको सीमाभित्र प्रतिपादित गरिएका एङ्गेल्सका विज्ञानका दर्शनसम्बन्धी विचारहरू आज पनि सान्दर्भिक मात्रै होइन, विज्ञानको बुझाइमा आइरहेको सङ्कटको समाधानका लागि मार्गदर्शनको रूपमा पनि उपयोगी हुन पुग्नुले यस्ता आलोचकहरू इतिहासमा विस्मृत हुन पुगेका छन्। यो भन्दा अतिशयोक्ति हुने छैन कि जतिबेला विज्ञानको दर्शन सङ्कटग्रस्त हुन्छ वा वैचारिक क्रान्तिको सङ्घारमा उभिन्छ, त्यतिबेला एङ्गेल्सद्वारा व्यक्त गरिएका विचारहरूको उज्यालोपन पनि सहज दृष्टिगोचर हुन्छ । यस अर्थमा एङ्गेल्सको पुनरागमन पटकपटक भइराखे आश्चर्यको विषय हुने छैन ।

एङ्गेल्सको प्रतिभा

संसार फेर्नलाई सङ्घर्षरत वर्गचेतन श्रमजीवीहरूका दुई असाधारण प्रतिभासम्पन्न गुरूहरू मार्क्स र एङ्गेल्सबारे मार्क्सको अग्रता निर्विवाद रूपले स्थापित छ । त्यसो गर्न स्वयं एङ्गेल्सकै अभिव्यक्तिहरूले पनि एक हदसम्म सहयोग पुऱ्याएका छन्। एङ्गेल्स भन्छन्- “केही विशेष क्षेत्रमा भएका मेरा कामहरूबाहेक जे मैले योगदान गरे, ती मार्क्सले मबिना पनि गर्न सक्थे। मार्क्सले जे हासिल गरेका छन्, म हासिल गर्न सक्तिनथें । मार्क्स हामी सबैभन्दा अग्लो उभिएका, टाढा हेर्न सक्ने तथा व्यापक र तीक्ष्ण दृष्टि भएका थिए। मार्क्स जिनियस थिए, हामी बढीमा प्रतिभाशाली मानिसहरू थियौं । उनीविना यो सिद्धान्त अहिले जुन रूपमा छ, त्यो कदापि हुन सक्दैन थियो। त्यसैले यसले उनको नामधारण गर्नु सर्वथा उचित छ ।"

यो अभिव्यक्तिले एङ्गेल्सको विनम्रता मात्र प्रदर्शित गरेको छ, क्षमता होइन । हालसालै पुनर्प्रकाशित 'प्रकृतिको द्वन्द्ववाद' को भूमिकामा रब सिवेल भन्छन्- "एङ्गेल्स स्वभावले नै अत्यन्तै विनम्र मान्छे थिए । उनको मार्क्सवादी सिद्धान्तमा रहेको योगदान असाधारण थियो, केही विशेष क्षमता मात्र होइन। उनको मार्क्ससंगको सहकार्य एकपक्षीय मात्र थिएन। उनी सम्भवतः आफ्नो समयका सबैभन्दा सुपठित मान्छे थिए। उनीसंग अर्थशास्त्र र इतिहासको गहन ज्ञान मात्रै होइन, उनको इन्साइक्लोपेडिक मस्तिष्क रोमन वैवाहिक कानुनबारे अस्पष्ट रहेका ल्याटिन भनाइको अर्थदेखि लिएर सल्फ्युरिक एसिडमा शुद्ध जिङ्क डुबाउँदा हुने रासायनिक प्रतिक्रियासम्म बहस गर्न सक्षम थियो ।" दर्जनभन्दा बढी भाषाका ज्ञाता एङ्गेल्स सैन्यविज्ञानका कहलिएका जानिफकार थिए, उनको उपनाम नै 'जनरल' थियो । साम्यवादको अवधारणाबारे उनको मौलिक योगदानबारे यति भन्नु पर्याप्त छ कि विश्वविख्यात 'कम्युनिस्ट घोषणापत्र’ को प्रारूप एङ्गेल्सको 'साम्यवादको सिद्धान्त' नामक कृतिमा पहिले नै प्रकाशित भइसकेको थियो। मार्क्सको 'पुँजी' निर्णायक महत्वको योगदान थियो तर आर्थिक चिन्तनमा पनि एङ्गेल्सको अग्रता थियो। यसबारे जोन रिज 'एङ्गेल्सको मार्क्सवाद' नामक किताबमा भन्छन्- "मार्क्सले आफूलाई हेगेलको दर्शनको कुण्डलीबाट मुक्त गरिनसकेकै बेला एङ्गेल्सले 'राजनीतिक अर्थशास्त्रको आलोचनाको प्रारूप' लेखेका थिए । यो न केवल मार्क्स आफैलाई ४० वर्ष आर्थिक विश्लेषणमा डुब्नको लागि एउटा प्रेरक घटना मात्र बनेन, यो मार्क्स आफैको पूर्ण भौतिकवादी वर्गीविश्लेषणमा सङ्क्रमित हुनको लागि एक तात्कालिक प्रेरणा पनि थियो, जुन प्रक्रियाबारे उनको आफ्नो सन् १८४४ को 'आर्थिक र दार्शनिक पाण्डुलिपि मा लिपिबद्ध गरिएको छ। वास्तवमा मार्क्सले एङ्गेल्सको सो कृतिलाई तेजस्वी मानेका छन् र 'पुँजीको उपशीर्षक 'राजनीतिक अर्थशास्त्रको आलोचना’ रहेको छ।

दर्जनभन्दा बढी भाषाका ज्ञाता एङ्गेल्स सैन्यविज्ञानका कहलिएका जानिफकार थिए, उनको उपनाम नै 'जनरल' थियो । साम्यवादको अवधारणाबारे उनको मौलिक योगदानबारे यति भन्नु पर्याप्त छ कि विश्वविख्यात 'कम्युनिस्ट घोषणापत्र’ को प्रारूप एङ्गेल्सको 'साम्यवादको सिद्धान्त' नामक कृतिमा पहिले नै प्रकाशित भइसकेको थियो।

एङ्गेल्सको प्रतिभावारे चर्चा गर्दा यो पनि उल्लेख गर्नु सान्दर्भिक हुनेछ कि मार्क्सको रचनात्मकतालाई आर्थिक सुरक्षा दिन उनले जीवनको लामो कालखण्ड म्यान्चेस्टरको कारखानामा बिताएका थिए, आफनै रचनात्मकताको मुल्य चुकाएर। कामबाट अवकाश पाएपछि उनले इयुहरिङ मतखण्डन, परिवार निजी सम्पत्ति र राज्यको उत्पत्ति, लुडविग फायरबाख र शास्त्रीय जर्मन दर्शनको अन्त्य, प्रकृतिको द्वन्द्ववाद (अपूरो) आदि महत्वपूर्ण कृति सिर्जना गर्न सकेका छन्। तर, मार्क्सको मृत्युपछि उनको सम्पूर्ण ऊर्जा र समय मार्क्सको पुँजीको दोस्रो र तेस्रो भागलाई पूर्णता दिनुमै लगाउनु पर्‍यो। उनले 'प्रकृतिको द्वन्द्ववाद' पूरा गर्न पाएनन्। आफ्नो मित्रको नाममा छापिने कृतिलाई पूरा गर्न आफ्नो कृतिको उपेक्षा गर्नसक्ने एङ्गेल्स बौद्धिकताका मात्र होइन, मानवीयताका पनि शिखरपुरूषको रूपमा इतिहासमा अमर छन् । लेनिनले एङ्गेल्सको यो पक्षलाई भावनात्मक श्रद्धाञ्जलि दिएका छन्:

“साँच्चै, 'पुँजी'का यी दुई खण्डहरू दुई व्यक्तिका कृति हुन्- मार्क्स र एङ्गेल्सका । प्राचीन कथाहरूमा मित्रताका थुप्रै हृदयस्पर्शी घटनाहरू समेटिएका छन्। युरोपेली सर्वहाराहरूले यो भन्न सक्छन कि उनीहरूको विज्ञान दुई विद्वान् र योद्धाहरूबाट तयार भएको हो, जसको एकअर्काप्रतिको सम्बन्धले मानवमित्रताका प्राच्यहरूका सबैभन्दा हृदयस्पर्शी कथाहरूलाई माथ गर्दछ ।"१०

विज्ञानको दर्शन

द्वन्द्वात्मक भौतिकवाद मानवसमाजको परिवर्तन, विकासलाई बुझ्ने दर्शन मात्र हो कि प्रकृति विज्ञानलाई पनि ? प्रकृति विज्ञानका नियमहरू बुझ्न यो सहयोगी हुनेबारे मार्क्स र एङ्गेल्समा विमति थिएन। जतिबेला मार्क्सवादी दर्शन सामाजिक-आर्थिक संस्थाको अन्तर्वस्तुलाई ऐतिहासिक द्वन्द्ववादी र भौतिकवादी दृष्टिकोणबाट बुझ्ने प्रयत्न गरिरहेको थियो, त्यतिबेला प्रकृतिविज्ञानको क्षेत्रमा भइरहेका नयाँ खोज, आविष्कारहरूलाई सुसङ्गत रूपले बुझ्न विभिन्न विज्ञानका दर्शनहरू पनि अस्तित्वमा थिए वा आउन थालेका थिए। प्रकृति र भौतिक जगत प्रकृतिभन्दा माथिको कुनै दैवी शक्ति वा 'निरपेक्ष विचारद्वारा सञ्चालित भइरहेको धारणा राख्ने धार्मिक आदर्शवाद वा अधिभूतवादका विरूद्ध युरोपेली मुलुकहरूमा प्रबोधन (Enlightenment) का दार्शनिकहरूले तीव्र आलोचना गरेर विज्ञानको जग बसालेका थिए। कुनै पनि प्रचलित अवधारणालाई ईश्वरको इच्छा वा आदेश मानेर छलफल गर्न नदिने धार्मिक जडता वा मान्यता र निष्कर्ष राखे पुग्ने तर प्रमाणित गरिरहनुनपर्ने औपचारिक तर्कशास्त्रको विरोधमा प्रवोधनका दार्शनिकहरूले वस्तुजगतको प्राथमिकता र तर्कलाई पुष्टि गर्न प्रमाणको आवश्यकतालाई औल्याउँदै तीव्र आलोचना गर्न थालेपछि पश्चिमी विज्ञानको जन्म भएको हो। प्रवोधीकरणको युगपछि आकार लिन थालेको विज्ञानको दर्शनमा केही समय यान्त्रिक भौतिकवाद मात्र हावी रहेको अवस्था थियो, जुन न्युटन र लाप्लास भौतिकशास्त्रका खोजहरूले स्थापित गरेका थिए। यस परिप्रेक्ष्यमा विज्ञानको दर्शनको रूपमा अगस्ट कोम्टेले 'सकारात्मकतावाद' (positivism) शब्दलाई जन्म दिए जसले दृश्यजगतका नियमहरूको खोजी गर्दा शक्तिको अनुभवजन्य यथार्थलाई आधारित बनाउँदछ र प्रमाणित हुन नसक्ने सबैलाई असत्य ठहऱ्याउँछ। प्रबोधन युगले गरेको आलोचनाले पुरानो सामाजिक व्यवस्थालाई भत्काएकाले त्यसलाई 'नकारात्मक दर्शन' भन्दै 'सकारात्मक दर्शन’को अभिष्ट समाजको एक नयाँ व्यवस्था वैज्ञानिक औद्योगिक समाज हो जसले विज्ञानलाई 'धर्मनिरपेक्ष धर्म' बनाउनेछ अर्थात् त्यो पोपविनाको क्याथोलिकवाद हो भन्ने कोम्टेको मान्यता थियो। यस वैज्ञानिक' दर्शनको आधार यान्त्रिक भौतिकवादलाई बनाए पनि कोम्टे स्वयंको चिन्तन मनोगत आदर्शवादद्वारा प्रभावित भएकोले सकारात्मकतावाद व्यक्तिको अनुभवलाई प्रामाणिक मान्थ्यो र त्यस अनुभवभन्दा बाहिर रहेका वस्तुजगत वा ईश्वरीय शक्ति दुवैको अस्तित्वलाई अस्वीकार गर्दथ्यो । प्रकृति विज्ञानका नियमहरूबाट समाजशास्त्रको विकास गर्न खोज्ने प्रयत्न पनि 'सकारात्मकतावाद' को वैशिष्ट्य रहेको छ ।

कुनै पनि प्रचलित अवधारणालाई ईश्वरको इच्छा वा आदेश मानेर छलफल गर्न नदिने धार्मिक जडता वा मान्यता र निष्कर्ष राखे पुग्ने तर प्रमाणित गरिरहनुनपर्ने औपचारिक तर्कशास्त्रको विरोधमा प्रवोधनका दार्शनिकहरूले वस्तुजगतको प्राथमिकता र तर्कलाई पुष्टि गर्न प्रमाणको आवश्यकतालाई औल्याउँदै तीव्र आलोचना गर्न थालेपछि पश्चिमी विज्ञानको जन्म भएको हो।

एङ्गेल्स र मार्क्सले द्वन्द्वात्मक भौतिकवादलाई संश्लेषण गरिसकेपछि यो विज्ञानको दर्शनको एक प्रवल चिन्तनप्रवाहको रूपमा उपस्थित भयो । र, त्यसको पहिलो ठूलो टक्कर 'सकारात्मक' र विकृत भौतिकवादी मान्यताले अनुप्राणित कार्ल युजेन ड्युहरिङको 'विज्ञानका क्रान्ति'सँग पर्नु स्वभाविक थियो । प्रकृतिविज्ञानमा द्वन्द्वात्मक भौतिकवादी दर्शन लागु हुनेबारेमा मार्क्सले सङ्केत गरेका थिएनन् भन्नेहरूले यो तथ्य बिर्सेको हुनुपर्छ कि 'ड्यूहरिङ मतखण्डन'को पाण्डुलिपि एङ्गेल्सले मार्क्सलाई पढेर सुनाएका थिए, त्यसको राजनीतिक अर्थशास्त्रको इतिहाससम्बन्धी एक परिच्छेद मार्क्स स्वयंले लेखेका थिए।११ जर्मन सोसल डेमोक्रेटिक पार्टीका ड्युहरिङ मार्क्स-एङ्गेल्सका विरोधी थिए। एङ्गेल्सको किताबको उद्देश्य ड्यूहरिङको प्रहारबाट मार्क्सवादको रक्षा गर्ने क्रममा मार्क्सवादको दार्शनिक, अर्थराजनीतिक र वैज्ञानिक साम्यवादको सुस्पष्ट चित्र कोर्नु पनि रहेको थियो ।

माथि भनिसकिएको छ, यो पुस्तक मार्क्सवादको एक शास्त्रीय रचनाको रूपमा स्थापित छ । त्यतिबेलाको विज्ञान अनुसन्धान र आविष्कारको 'उत्कर्षमा पुगेको थियो। विज्ञानले प्रकृतिमा भएका सबै कुराहरू ज्ञात भैसकेको दावी गर्न थालेको थियो, मानौं, अब अरू खोजहरूको आवश्यकता छैन। अणु र परमाणु जीवकोष, ऊर्जा सञ्चयनको सिद्धान्त, डार्बिनको विकासवादको सिद्धान्त आदिले यान्त्रिक भौतिकवादी मान्यतालाई प्रशस्त आधार प्रदान गरेको थियो । वैज्ञानिक पद्धतिबाट भविष्यका सबै प्रक्रियाको प्रारूप वर्तमानमै चित्रण गर्न सकिने दम्भ राखिरहेको विज्ञानको दर्शनलाई यान्त्रिकताबाट मुक्त गरी द्वन्द्वात्मक समझदारीतर्फ लैजाने एङ्गेल्सको प्रयत्न थियो । एङ्गेल्सको मृत्यु (सन् १८९५) को २ वर्षभित्रै भएका तीनवटा महान् खोजहरू एक्स-रे (सन् १८९५), प्राकृतिक विकिरण (सन् १८९६) र इलेक्ट्रोन (सन् १८९७) ले एङ्गेल्सकै तर्कहरूलाई पुष्टि गरिरहेका थिए। तर, यी नयाँ खोजहरूलाई सकारात्मकतावाद वा विकृत भौतिकवादबाट व्याख्या गर्न नसकिरहेकाहरूको एउटा पंक्ति माखवादी मनोगत आदर्शवादतर्फ पनि झुक्न थालेको थियो ।

नेपालको राजनीतिक सन्दर्भमा राजतन्त्रको लागि आएको 'सङ्कट' जनताका लागि 'क्रान्ति' भएजस्तो एउटै खोज एक प्रकारको सोच बोकेका विद्वान्‌का लागि सङ्कट सावित हुनसक्छ भने अर्कोको लागि नविन क्रान्तिको प्रवेशमार्ग।

यहाँ विज्ञानका विद्यार्थीहरूले नोट गर्नुपर्ने कुरा मलाई के जस्तो लाग्छ भने विज्ञानको दर्शनलाई ग्रहण गर्ने प्रयत्न र क्षमता आफ्नो समयको मूल राजनीतिक-आर्थिक सोच र स्वार्थबाट निरपेक्ष रहन सक्दैन। विज्ञानको प्रगतिले ल्याएका नयाँ तथ्यहरूले वास्तवमा भौतिकशास्त्रलाई हेर्ने पुरानो दृष्टिकोणमा सङ्कट ल्याउँछ तर त्यसलाई ठीकसँग बुझ्न खोज्ने (र सक्न) दर्शनको लागि त्यस्ता नवीनतम खोजहरू एक 'क्रान्ति’ को परिसूचक हुन्छ, जसले स्वयं त्यो दर्शनको विकासको नयाँ सम्भावनाका ढोकाहरू खोलिदिन्छ। 'सङ्कट' र 'क्रान्ति' को यो विपरीत व्याख्याको पछाडि त्यतिबेलाको राजनीतिक-आर्थिक चिन्तन र स्वार्थको एक बलियो प्रभाव हुनसक्छ। पुँजीवादी समाजलाई ज्ञान र इतिहासकै अन्त्य मान्न खोजिरहेका चिन्तक र वैज्ञानिकहरूको पंक्तिको अमूर्तता र अज्ञेयताप्रतिको बढी झुकावलाई संयोग मात्र मान्न नसकिएला। नेपालको राजनीतिक सन्दर्भमा राजतन्त्रको लागि आएको 'सङ्कट' जनताका लागि 'क्रान्ति' भएजस्तो एउटै खोज एक प्रकारको सोच बोकेका विद्वान्‌का लागि सङ्कट सावित हुनसक्छ भने अर्कोको लागि नविन क्रान्तिको प्रवेशमार्ग।

१९ औं शताब्दीको अन्त्यतिरका यी नयाँ खोजहरू विशेषतः अविभाज्य अणु विभाजित हुनसक्ने तथ्य स्वीकार गर्न भौतिकशास्त्रीहरूलाई कर लागेको अवस्थामा न्युटन लाप्लासको यान्त्रिक भौतिकवादी अवधारणाको जग हल्लिन थालेको थियो । त्यो अवधि भौतिकशास्त्रको परम्परागत बुझाइमा आइरहेको एउटा ठूलो सङ्कटको समय थियो । मान्यताहरू एक ठाउँबाट अर्को ठाउँमा सर्न एउटा प्रवल धक्काको मात्र खाँचो थियो, जुन आइन्स्टाइनको सन् १९०५ मा प्रकाशित 'सापेक्षतावादको विशिष्ट सिद्धान्त’ले गयो। प्रकाशको गतिमा घुमिरहेको विशालकाय पिण्डहरूको भौतिकी, प्रकाश परमाणुहरूले बनेको तथा पदार्थ र ऊर्जाबीचको द्वन्द्वात्मक अन्तरसम्बन्धमाथि प्रकाश पारेको आइन्स्टाइनको खोजले यान्त्रिक भौतिकवादी दर्शन र त्यससँग जोडिएको सकारात्मकतावादको दर्शनलाई 'सङ्कटग्रस्त' बनाइदिएको थियो ।

ड्युहरिङको चिन्तन कैयौं प्रकारको टापटिपे दर्शनहरूको र निम्नपुँजीवादी विचारको खिचडी थियो तर त्यही समयमा जर्मनीका अन्य वैज्ञानिक अर्न्स्ट माख सकारात्मकतावादलाई मनोगत आदर्शवादको प्रभावकारी लेप लगाउँदै थिए। वस्तुजगतको स्वतन्त्र अस्तित्वलाई अस्वीकार गरी वास्तविकता' भनेको मानवअनुभूति र अनुभवको जटिल संरचना मात्र हो भन्ने प्रमाणित गर्न खोजिरहेका माखको प्रभावमा मार्क्सवादकै थुप्रै विचारकहरू पनि प्रभावित हुन थालेपछि लेनिनको प्रसिद्ध कृति 'भौतिकवाद र अनुभवजन्य आलोचना'ले जन्म लिन पुगेको हो।

आइन्स्टाइनको माथि उल्लेखित रचना प्रकाशित भैसकेको र सन् १९०५-०६ को रूसमा भएको दमन हतोत्साहको अवधिबाट गुज्रिरहेको अवस्थामा लेनिनको यो कृतिले द्वन्द्वात्मक भौतिकवादी चिन्तनलाई अर्को उचाइमा पुऱ्याएको थियो । यहाँ नोट गर्नुपर्ने कुरा के छ भने त्यतिबेला लेनिनसँग 'ड्युहरिङ मतखण्डन' मात्र थियो । एङ्गेल्सको ‘प्रकृतिमा द्वन्द्ववाद' लेनिनको मृत्युपछि मात्र प्रकाशित भएको हो, जसमा अपेक्षाकृत विस्तारका साथ विज्ञानको दर्शनको विश्लेषण गरिएको छ र वैज्ञानिक खोजहरूलाई संश्लेषण गरिएको छ । तर, द्वन्द्वात्मक भौतिकवादको सीमित चर्चा समेटे पनि लेनिनको लागि उक्त पुस्तक र एङ्गेल्सका धारणाहरूले के महत्व राख्यो भन्ने कुरा रूसी मार्क्सवादी पङ्क्तिभित्रका 'माखवादी' (Machist) 'प्राध्यापकहरूलाई आफ्नो पुस्तकको प्रस्तावनामै कटाक्षपूर्वक सोधिएका दशवटा प्रश्नहरूवाट खुलस्त हुन्छ, जसमा ६ वटा एङ्गेल्ससंग सम्बन्धित उद्धरणहरू नै प्रस्थानबिन्दु बनेका छन् । १२

आइन्स्टाइनले सोधेको एउटा प्रश्न

माखवादसँगको लामो वैचारिक सङ्घर्षले गर्दा एकातिर द्वन्द्वात्मक भौतिकवादको विकासमा मद्दत पु-यायो भने स्वयं माखवादमा रहेका मनोगत आदर्शवादी अवधारणा, अनुभव र प्रमाणको एकपक्षीय जोड विस्थापित/ परिमार्जित हुँदै 'तार्किक सकारात्मकतावाद' (logical positivism) र त्यसका विविध नयाँ रूपहरू लोकप्रिय हुन थाल्यो। वस्तुको भौतिक अस्तित्वलाई नकार्न नसक्नेहरू यो वा योजस्तै थुप्रै 'नवसकारात्मकतावाद' (neo-positivism)का स्कुलहरूभित्र पर्थे। र, वस्तुजगतको ज्ञेयताप्रति नै प्रश्नचिन्ह उठाउने माखवादी चिन्तन कुनै न कुनै रूपमा जारी छ। क्वान्टम भौतिकीको 'कोपेनहेगेन अवधारणा' प्रचलित मान्यता बन्न पुगेको बेलामा विज्ञानले वस्तुगत यथार्थलाई कायम गर्न नसक्ने, कारण र अनिवार्यताको अस्तित्व नभएको, पदार्थको गतिमा मात्र अराजकता/आकस्मिकता रहेको, निश्चितताको अन्त्य भएको आदिजस्ता जीवन र जगतलाई हेर्ने दृष्टिकोण लोकप्रिय हुन थालेको थियो र त्यतिबेला क्वान्टम भौतिकीका दार्शनिक आधार माखकै प्रस्थापनामा खोज्ने प्रयत्न पनि नभएको होइन। क्वान्टम भौतिकीको सुरूको अवस्थामा आदर्शवाद र भौतिकवादबीच चलेको पुरानो बहस पुनर्जीवित भएको थियो। 'यो रूख छ, त्यसकारण हामी देख्छौं' भन्ने भौतिकवाद र ‘हामी देख्छौं, त्यसकारण यो रूख छ' भन्ने आदर्शवादबीचको वैचारिक द्वन्द्वमा कतिपय भौतिकशास्त्रीहरू पनि मानवको इन्द्रियहरूभन्दा स्वतन्त्र पदार्थको अस्तित्व हुनेवारे सशङ्कित भएपछि आदर्शवाद वा मनोगतवादकै पल्ला भारी हुन थालेको थियो ।

तर, सन् १९५० पछिको विज्ञानका विकासले 'कोपेनहेगेन व्याख्या', जसको नेतृत्व निल वोहर र वेर्नर हाइजेनवर्गले गरेका थिए, को औचित्यलाई जवर्जस्त धक्का दिएको छ । पदार्थको अस्तित्व छैन कि भन्ने संशयमा परेका वैज्ञानिकहरू अहिले कल्पना गरेको भन्दा कैयौंगुणा बढी अदृश्य पदार्थ र ऊर्जाको अस्तित्व ब्रम्हाण्डमा भएकोबारे विश्वस्त हुन थालेका छन् । अर्कोतर्फ दर्शक आफैं पनि वस्तुजगतकै एउटा अंग हो र मनोगत र बस्तुगतलाई यान्त्रिक रूपमा अलग्याएर हेर्न मिल्दैन भन्ने द्वन्दवादी दृष्टिकोण बढी बोधगम्य हुन थालेको छ ।

'यो रूख छ, त्यसकारण हामी देख्छौं' भन्ने भौतिकवाद र ‘हामी देख्छौं, त्यसकारण यो रूख छ' भन्ने आदर्शवादबीचको वैचारिक द्वन्द्वमा कतिपय भौतिकशास्त्रीहरू पनि मानवको इन्द्रियहरूभन्दा स्वतन्त्र पदार्थको अस्तित्व हुनेवारे सशङ्कित भएपछि आदर्शवाद वा मनोगतवादकै पल्ला भारी हुन थालेको थियो ।

यहाँ उल्लेखनीय के छ भने कुनै बेला आइन्स्टाइन पनि माखबाट प्रभावित थिए तर उनी पदार्थको अस्तित्व विलोप भएको, कारण र नियमबद्धताको अन्त्य भएर अराजकता र आकस्मिकता मात्र पदार्थको गतिको चरित्र भएको मान्न तयार थिएनन् । सन् १९२० तिर पुग्दा उनले माखलाई ‘एक निम्नस्तरको दार्शनिक' माने का छन् । तार्किक सकारात्मकतावादसँग पनि विमति राख्ने आइन्स्टाइन गतिमान वस्तुगत जगतको स्वतन्त्र अस्तित्वमा विश्वास राख्थे र उनको सापेक्षताको सिद्धान्तले 'द्वन्द्वात्मक भौतिकवादी विचारहरूको पूर्ण रूपले पुष्टि गरेको र तिनलाई समृद्ध तुल्याएको’ दावी गरिएको छ । १३ द्वन्द्वात्मक भौतिकवादबारे आइन्स्टाइनले कस्तो अभिमत राख्थे भन्नेबारे मलाई थाहा छैन तर यति चाहिँ थाहा छ कि 'हेर्दा मात्र पदार्थको अस्तित्व हुने' तर्कहरूबाट दिक्क भएर एकचोटि आइन्स्टाइनले निल बोहरलाई सोधेका थिए रे- "हामीले नहेर्दा आकाशमा चन्द्रमा हुन्छ कि हुँदैन ?"
 

फुटनोट

१. Levins R. and Lewontin R. C. The Dialectical Biologist
Harvard University Press (2006).

२. कोपेनहेगन व्याख्याले भौतिकशास्त्रको ज्ञानको सीमा किटान भएको वा खोजीको अन्त्य भएको प्रस्थापना अघि ल्याएको थियो । प्रकृक्ति विज्ञानमा कारणको खोजी निरर्थक छ किनकि यो आकस्मिकता र अनिश्चितताले भरिएको छ । घटनाहरू अकारण नै घट्न सक्छन् र वस्तुगत यथार्थको अस्तित्व नहुन सक्छ। यस्ता प्रस्थापनाको प्रमुख आधार बेर्नर हाइजनवर्गको 'अनिश्चितताको सिद्धान्त र निल्स बोहरको 'कम्पिलमेन्टारिटी सिद्धान्त थियो । इलेक्ट्रोनको कुनै एक ठाउँको अवस्था र गतिलाई मापन गर्न नसकिने भएकोले यसले वस्तु (particle) र लहर (wave) दुवैको चरित्र समेटकाले यसलाई एउटा कारणविहिन सम्भावना' ठानियो, जुन 'हेर्ने' क्रममा 'वास्तविकता' बन्दछ। यसरी माखवादी सकारात्मकता' (Mबchist positivism) मनोगतवादी आदर्शवादमा ढालिन पुग्यो, जसले यो दावी गर्थ्यो कि दर्शक' (observer)ले हेर्ने क्रिया (बct of observation)बाट यथार्थको निर्माण गर्दछ । 'कोपेनहेगन व्याख्या’को पक्षमा बोहर र हाइजेनबर्गबाहेक म्याक्स बोर्न, बुल्फग्याड पाउली, जोन न्युमान आदि थिए भने विपक्षमा अलबर्ट आइन्स्टाइन, अर्विन श्रोडिङ्गर, दि ब्रोम्ली, म्याक्स प्लाङ्क, डेभिड बोम, बट्रेन्ड रसेल र कार्ल पपर आदि थिए ।

३. David Bohm, Implicate Order. Undivided Universe in Flowing Movemement. www.davidbohm.com

४. Collier A. (2004), Mar. Oxford, Oneworld. 1962

५. Lichetheim Gorge- Marxism, on Historical and Critical Study (1961), Schlomo Avineri- The Social and Political Thought of Karl Marx (1970), Lewis John- The Marxism
of Marx (1972), Walton and Gamble- From Alienation
to Surplus Value (1972), Levin, Novman- The Tragic Deception, Marx Contra Engels (1975). Frederich Bender's - The Betrayal of Marx (1982), Terrel Carver- Marx and Engels- The Intellectual Relationship (1983).

६. Marx and Engels, Selected Works, Vol 3, p.361. 1970

७ Preface to New Edition of Dilectics of Nature, 2007.

८ Rees J. Engle's Marxism, International Socialism Journal. Issue 65
९. उनको यो कृतिलाई लेनिनले कम्युनिष्ट घोषणापत्रको समकक्षी कृति मानेका छन् ।
१०. लेनिन, फ्रेडरिक एंगेल्स, संकलित रचनाहरू ग्रन्थ २. पृ. १९-२७।

११. Dictionary of Philosophy, Progress Publishers. Moscow 1968, p-22

१२ १. के श्रीमान् प्राध्यापक मार्क्सवादको दर्शन द्वन्द्वात्मक भौतिकवाद हो भन्ने स्विकार्छन् ? यदि स्विकार्दैनन् भने उनले यस विषयबारे एङ्गेल्सका असंख्य उद्धरणहरूको विश्लेषण किन गर्दैनन् ? यदि गर्छन् भने किन माखवादीहरू द्वन्द्वात्मक भौतिकवादको संशोधनलाई 'मार्क्सवादको दर्शन' भन्छन् ?
२. के श्रीमान् प्राध्यापक दर्शन प्रणालीहरूलाई आधारभूत रूपमा एङ्गेल्सले आदर्शवाद र भौतिकवादमा वर्गीकरण गरेका यी दुईका बीचमा, आधुनिक दर्शनमा ह्युमको सोच, ढुलमुल भइरहने सोचलाई 'अज्ञेयवाद' भनेको र कान्टवादलाई अज्ञेयवादको एउटा प्रवर्ग घोषणा गरेको स्विकार्दछन् ?

३. को श्रीमान् प्राध्यापक एङ्गेल्सको यो दावी स्वयंमा वस्तु' (things-in-themselves) 'हाम्रालागि वस्तु' (things-for- us)मा परिणत हुन्छन् भन्ने सही हो भनेर स्विकार्दछन् ?

 ४. के श्रीमान् प्राध्यापक एङ्गेल्सको यो दावी कि विश्वको वास्तविक एकता यसको भौतिकतामा निष्ठित बलाई सही हो भनेर स्विकार्दछन् ?

५. के श्रीमान् प्राध्यापक एङ्गेल्सको दावी गतिविनाको पदार्थ त्यत्तिकै अकल्पनीय छ जति पदार्थविनाको गतिलाई सही भनेर स्विकार्दछन् ?

६. के श्रीमान् प्राध्यापक कारण, अनिवार्यता, नियम आदिको विचारलाई मानवमस्तिष्कमा प्रकृतिको नियम, वस्तुजगतको प्रतिविम्ब हो भन्ने स्विकार्दछन् ? कि त्यसो मन्नु एङ्गेल्सको गल्ती थियो ?

१३. Dictionary of Philosophy, Progress Publisher, Moscow
1967, p. 357

मूल्याङ्कन, २०६६ चैतमा प्रकाशित