होसे मुहिका - आस्था र जीवनको संगति !

उरुग्वेका पूर्व राष्ट्रपति होसे अल्बेर्टो 'पेपे' मुहिका ।

मुहिका उरुग्वेको मोन्टेभिडियोको नजिकैको बस्ती पासो डे ला अरेनामा सन् १९३५ मे २० तारिखमा जन्मिएका थिए। सन् १९५६ मा उनी त्यहाँको नेसनल पार्टीमा आवद्ध भए र अन्ततः त्यसका महासचिव पनि बने। दुई वर्षपछि भएको आम निर्वाचनमा उनको पार्टीले अधिकांश सिट जित्यो र उनको पार्टीका एकजना नेता श्रममन्त्री पनि भए। मन्त्रीलाई उनले दुई वर्षसम्म, १९५९ देखि १९६० सम्म, सक्दो सहयोग गरे, सरकारी कुनै ओहोदामा नरहिकन।

सन् १९६२ मा यी दुई जनाले पार्टी छोडे र त्यहाँको समाजवादी पार्टीसँग मिलेर जनसंघ (Union Popular) नामको एक वामपन्थी पार्टी गठन गरे। तर उक्त पार्टीले '६२ को आम निर्वाचनमा नराम्ररी हार खायो।

 सन् १९६६ मा क्युवाली क्रान्तिबाट अभिप्रेरित भएर भरखरै गठन भएको राष्ट्रिय मुक्ति आन्दोलन - टुपामारोस (MLN-Tupamaros) नामको मार्क्सवादी-लेनिनवादी शहरी गुरिल्ला संगठनमा सामेल भए। त्यसको उद्देश्य सशस्त्र संघर्षको बाटोबाट उरुग्वेमा क्रान्तिकारी राज्यको निर्माण गर्नु थियो। त्यसले झन्डै दुई दशक सशस्त्र संघर्ष चलायो पनि। त्यस क्रममा त्यस संगठनका थुप्रै सदस्य मारिए वा जेल परे। सन् १९८९ मा उनी लगायत टुपामारोसका थुप्रै सदस्यहरू जनसहभागिता आन्दोलन (Movement of Popular Participation) नामको एक विस्तृत मोर्चामा सामेल भए।

मुहिका आफैँ पनि चार पटक गिरफ्तारीमा परे। सन् १९७० मा एक पटक सरकारी सेनासँगको भिडन्तको क्रममा उनलाई छवटा गोलीसमेत लाग्यो। झन्डै मरेनन् पनि। जेलबाट दुई पटक भाग्न सफल पनि भए। एकपटक त आफ्ना १०५ सहयोद्धासहित सुरुङ खनेर भाग्न सफल भएका थिए। सन् १९७३ मा उरुग्वेमा सैनिक विप्लव भयो। सेनाले उनी लगायत ९ जनालाई बन्धक बनायो र सशस्त्र संघर्ष जारी राखेमा उनीहरूलाई मार्ने धम्की पनि दियो। उनी '७० र '८० को दशकमा झन्डै १४ वर्ष जेल परे। कठोर यातनासहित उनलाई गोलघरमा राखियो। '८५ मा उनी जेलबाट मुक्त भए।

राष्ट्रपति चुनिएपछि पनि सामान्यतः तामझाममा रुचाउने अन्य राजनीतिज्ञजस्तो उनी राष्ट्रपति राजप्रसादमा बस्न मानेनन् र थोरै सुरक्षाकर्मीका साथ बाहिरै बसे। राष्ट्रपति हुँदा उनलाई राज्यले १२,००० डलर तलब दिन्थ्यो। त्यसको ९० प्रतिशत रकम उनले निर्धन र स-साना उद्यमीहरूको सहायतामा खर्च गरे।

सन् २००५ मा उनी वामपन्थी फ्रेन्टे अंप्लियोको सरकारमा पहिलो पटक मन्त्री पनि बने। सन् २०१० मा त उनी त्यहाँको राष्ट्रपति नै चुनिए। राष्ट्रपति चुनिएपछि पनि सामान्यतः तामझाममा रुचाउने अन्य राजनीतिज्ञजस्तो उनी राष्ट्रपति राजप्रसादमा बस्न मानेनन् र थोरै सुरक्षाकर्मीका साथ बाहिरै बसे। राष्ट्रपति हुँदा उनलाई राज्यले १२,००० डलर तलब दिन्थ्यो। त्यसको ९० प्रतिशत रकम उनले निर्धन र स-साना उद्यमीहरूको सहायतामा खर्च गरे। उनले यातायातको निम्ति चलाएको गाडी २३ वर्षअघि बनेको पुरानो भोक्सवागन र ६० वर्षअघि बनेको एउटा साइकल थियो। उनले चलाएको गाडीको मूल्य त्यतिखेर (२०१०) १ हजार ८०० डलर थियो। राष्ट्रपतिबाट निवृत्त भएपछि सवारी साधनको निम्ति भनेर राज्यले दश लाख डलरको प्रस्ताव राख्यो। उनले भने, यदि त्यो मलाई दिने हो भने म त्यो रकम बेघरवारहरूको आवासको निम्ति अनुदानको रूपमा दिनेछु।

 क्या दुर्लभ अनासक्ति र वर्गपक्षधरता!

उनको कार्यकालमा अर्थतन्त्र औसतमा वार्षिक ५.४ प्रतिशतले बढ्यो, गरीबी कम भयो र बेरोजगारी न्यून रह्यो। सामाजिक खर्चको अनुपात ह्वात्तै बढ्यो। २००४ मा ६०.९ प्रतिशत रहेको सामाजिक खर्च २०१३ मा ७५.५ प्रतिशत पुग्यो। बेरोजगारी ७ प्रतिशतमा झर्यो। राष्ट्रिय गरीबी दर १८ प्रतिशतबाट ९.७ मा झर्यो। न्यूनतम वेतन झन्डै २.५ गुणाले बढ्यो। अहिले मौलिक श्रम अधिकारको हिसाबले उरुग्व अमेरिकी गोलार्द्धकै उन्नत मुलुक मानिन्छ।

उनले एउटा प्रशंसनीय कीर्तिमान पनि राखे। अन्यत्र देखिने जस्तो भ्रष्टाचारको आरोप उनलाई लागेन, विपक्षीहरूले समेत लाउन सकेनन्। साह्रै स्वच्छ छविका थिए उनी। आफ्नो कार्यकालको अन्त्यतिर पनि उनको लोकप्रियता एकदमै माथि थियो। जनमत सर्वेक्षणमा उनको लोकप्रियता ७० प्रतिशत थियो।

त्यहाँको तत्कालीन संविधानअनुसार राष्ट्रपति लगत्तै दोस्रो कार्यकालको निम्ति चुनाव लड्न नपाउने हुँदा मुहिका २०१४ को निर्वाचनमा त्यसको निम्ति लड्न पाएनन्। तर २०१५ देखि २०२० सम्म सांसद भने बनी रहे। २०२० मा आएर भने उनले संसदबाट पनि स्वास्थ्य र उमेरको कारणले बिदा लिए र आफ्नै गाउँघर फर्किए।

उनी आफ्नो जमानाका दुनियाँका निर्धनतम राष्ट्रपति मानिन्थे। तर मुहिका आफैँ भने त्यसलाई अस्वीकार गर्दथे। उनको जवाफ थियो, 'अरू मलाई निर्धनतम राष्ट्रपति भन्छन्। तर म त्यस्तो होइन। निर्धन भनेका त ती हुन्, जो झन् झन् थुपार्न चाहन्छन्, किनभने तिनको अतृप्त तृष्णा हुन्छ।'

उनी आफ्नो जमानाका दुनियाँका निर्धनतम राष्ट्रपति मानिन्थे। तर मुहिका आफैँ भने त्यसलाई अस्वीकार गर्दथे। उनको जवाफ थियो, 'अरू मलाई निर्धनतम राष्ट्रपति भन्छन्। तर म त्यस्तो होइन। निर्धन भनेका त ती हुन्, जो झन् झन् थुपार्न चाहन्छन्, किनभने तिनको अतृप्त तृष्णा हुन्छ।' उनी राजनीतिमा तलैबाट कठोर संघर्षबाट उठेका, बडो शालीन, सादगी र निष्ठाका विरला पात्र। उनी समाजवादी विचार र मूल्यमा हुर्केका थिए। 'धनीहरूलाई राजनीतिमा स्थान दिनु हुँदैन, उत्पादनमा लगाउनुपर्छ,' भन्थे, 'किनभने उनीहरूको विश्वदृष्टिकोण नै पैसा कमाउने हुन्छ, लोकको हितसँग सरोकार हुँदैन।' उनको भनाइ थियो । राजनीति लोकहितसँग गाँसिएको विषय हो। राजसी ठाँटबाठ सामन्ती अवशेष हो, त्यसबाट बच्नुपर्छ। राजनीतिकर्मीले औसत जीवनस्तरभन्दा माथि रहनु हुँदैन - उनको सुझाव थियो। राजनीतिको बिटुलो संरचना र राजनीतिले आफ्नो नैतिक धरातल गुमाउँदै गर्दा त्यसलाई लयमा ल्याउन 'सांस्कृतिक क्रान्ति' चाहनेहरूको निम्ति उनी जस्ता बडो प्रेरणाश्रोत हुन सक्छन्।

मुहिका ९० वर्ष पुग्न एक हप्ता मात्रै बाँकी थियो। दुई वर्षअघि देखि उनी घाँटीको क्यान्सरले थलिएका थिए। अन्ततः २०२६ मे १३ तारिखमा उनको निधन भयो।

नेपालबाट उरुग्वे भौतिक, सामाजिक र सांस्कृतिक हिसाबले यति टाढा रहेर पनि, हामी तपाईँलाई सधैंभरि अनुस्मरण गरी रहनेछौँ र सिक्ने पनि छौँ।
हार्दिक श्रद्धाञ्जली मुहिका!