उपनिवेशकाल अन्त्यको ५० वर्ष मनाउदै भियतनाम

पचास वर्षअघि, १९७५ अप्रिल ३० तारिखका दिन, भियतनामको जनसेनाका क्रान्तिकारी शक्तिहरु र राष्ट्रिय मुक्तिमोर्चा सैगनमा (त्यतिबेला दक्षिण भियतनामको राजधानी) प्रवेश गरे। त्यसको दुई दिनअघि, युद्धलाई थप लम्ब्याउने प्रयास रोक्न अमेरिकाले "शान्ति पक्षधर" का रूपमा पूर्व जनरल डुओङ भान मिन्हलाई राष्ट्रपति नियुक्त गर्यो। "बिग मिन्ह" नामले चिनिने उनले कम्युनिस्ट फौजहरूसामु आत्मसमर्पण गर्न आफ्ना सेनालाई आदेश दिए, जसले गर्दा सोही दिन अमेरिकी सेनाको अन्तिम रूपमा फिर्ती भयो।
अन्ततः, १९७६ जुलाई २ मा, उत्तर र दक्षिण भियतनामलाई औपचारिक रूपमा एकीकृत गरियो, र एक जना पुराना कम्युनिस्ट नेता टोन डक थाङ संयुक्त भियतनामका राष्ट्रपतिमा नियुक्त भए। उनले सन् १९६९ मा हो चि मिनको निधनपछि उत्तरी भियतनाम (लोकतान्त्रिक गणराज्य) को राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए। "काका टोन" भनेर चिनिने उनले जनरल ले डुवानसँग मिलेर देशको एकता कायम गर्न तथा ६७ वर्षको फ्रान्सेली उपनिवेशवाद (१८८७-१९५४) र त्यसपछि २१ वर्ष लामो कठोर युद्ध (१९५४-१९७५) पछि बाँकी रहेको विनाशबाट अर्थतन्त्र निर्माण गर्न काम गरे।
भियतनामी कम्युनिस्टहरूले देशभक्त जनताको विशाल सेना संगठित गरे, जसले अमेरिकाको निर्दयी हिंसाका बाबजुद आत्मसमर्पण गर्न अस्वीकार गरे।
१९७५ पछिको परिस्थिति बुझ्न त्यो २१ वर्ष लामो युद्धले पुर्याएको विनाशको सम्पूर्ण मूल्याङ्कन नगरी सम्भव छैन। भियतनामी कम्युनिस्टहरूले देशभक्त जनताको विशाल सेना संगठित गरे, जसले अमेरिकाको निर्दयी हिंसाका बाबजुद आत्मसमर्पण गर्न अस्वीकार गरे। त्यतिबेला अमेरिका प्रमुख औद्योगिक शक्ति थियो। सन् १९५४ देखि १९७५ सम्म अमेरिकाले भियतनाम, लाओस र कम्बोडियामाथि ७.५ मिलियन टन बम खसाल्यो - जुन दोस्रो विश्वयुद्धका सबै मोर्चाहरूमा खसालिएको २ मिलियन टनभन्दा धेरै थियो।
केवल भियतनाममा मात्र अमेरिकाले ४.६ मिलियन टन बम खसाल्यो, जसमा 'अपरेशन रोलिङ थण्डर' (१९६५-१९६८) र 'अपरेशन लाइनब्याकर' (१९७२) जस्ता भीषण, अनियन्त्रित बमबारी अभियानहरू समावेश थिए। यी बमहरूमध्ये केहीमा रासायनिक घासपातनाशक 'एजेन्ट अरेञ्ज', क्लस्टर बमहरू, र ' नापाम' (नाफ्थेनिक र पामिटिक एसिडबाट बनेको आगो लाग्ने जेल) प्रयोग गरिएको थियो।
एजेन्ट अरेञ्जको प्रयोगले भियतनामी कृषि प्रणालीमा दीर्घकालीन असर पार्यो। सन् १९६१ देखि १९७१ सम्म, अमेरिकी सेनाले भियतनामी भूमिमा २ करोड ग्यालोनभन्दा बढी घासपातनाशक रसायन छर्यो (जसमा आधाभन्दा बढी एजेन्ट अरेञ्ज थियो)। ती रसायनहरूले कम्तीमा ५० लाख एकड क्षेत्रफलमा असर गर्र्यो । जसमा वनजंगल (जहाँ व्यापक वन विनाश भयो र म्याङ्ग्रोभ वन एक तिहाइले घट्यो) र कृषियोग्य जमिन (झन्डै पाँच लाख एकड जमिन स्थायी रूपमा खेती गर्न अयोग्य बन्यो) समावेश थिए।
नवस्थापित समाजवादी भियतनामले युद्धको सबैभन्दा ठूलो भार बेहोर्ने किसान वर्गका लागि जीवन पुनःनिर्माणमा अत्यन्त जोड दियो।
ग्रामीण क्षेत्रमा विशेष गरी लाखौँ भियतनामीहरू पुस्तौंपुस्ता सम्म गम्भीर स्वास्थ्य समस्यामा परे (गम्भीर जन्मदोषका कारण)। फ्रेन्च उपनिवेशवाद जत्तिकै कठोर इतिहास र त्यसपछि आएको बिनासकारी युद्धले भियतनामको आर्थिक ऊर्जा सोसेर लियो (त्यो युद्धमा लाखौँ मानिस-प्रायः किसान वर्गका-को ज्यान गयो), र पुनःएकीकरणपछिको समयमा २० लाखभन्दा बढी मानिसले देश छोडे (जसमा थुप्रै बौद्धिकहरू, स्वास्थ्यकर्मी, वैज्ञानिक र इन्जिनियरहरू थिए)। यसले नयाँ देशको लागि गम्भीर चुनौती सिर्जना गर्यो।
नवस्थापित समाजवादी भियतनामले युद्धको सबैभन्दा ठूलो भार बेहोर्ने किसान वर्गका लागि जीवन पुनःनिर्माणमा अत्यन्त जोड दियो। दुईवटा अति महत्वपूर्ण परियोजनाहरू छन् जसको बारेमा प्राय लेखिदैन:
(१) राष्ट्रिय खाद्य कार्यक्रम, जसले भोकमरी न्यूनीकरणका लागि धान उत्पादन वृद्धि र आपतकालीन खाद्य वितरणमा ध्यान केन्द्रित गर्यो;
ठूलो विपत्तिको बीचमा पनि, भियतनामी कम्युनिस्ट पार्टीले युद्धले ध्वस्त बनाएको ग्रामीण समाजलाई सामान्यतर्फ फर्काउने रूपान्तरण प्रक्रिया सुरु गर्न सक्यो।
(२) ग्रामीण विकास कार्यक्रम, जसले ग्रामीण विद्यालयहरू, स्वास्थ्य चौकीहरू, सिँचाइ प्रणालीहरू पुनर्निर्माण गर्नुका साथै स्वास्थ्य तथा साक्षरता टोलिहरू पठाएर पुरानो भियतनामको कठोर सामाजिक संरचनाबाट 'नयाँ मानिस निर्माण' (con người mới xã hội chủ nghĩa) गर्ने प्रयास गर्यो।
ठूलो विपत्तिको बीचमा पनि, भियतनामी कम्युनिस्ट पार्टीले युद्धले ध्वस्त बनाएको ग्रामीण समाजलाई सामान्यतर्फ फर्काउने रूपान्तरण प्रक्रिया सुरु गर्न सक्यो। तर, माटोको कमजोर उर्वरता र पुरानो प्रविधिका कारण कृषिको सहकारी प्रणालीमा स्थगन आयो, जसले भविष्यको बाटो पुनर्विचार गर्न बाध्य बनायो। यिनै कारणहरूले उत्पादन शक्तिहरूलाई अगाडि बढाउनु आवश्यक छ भन्ने बोधका आधारमा, भियतनामी कम्युनिस्ट पार्टीले १९८६ मा 'डोई मोई' (Doi Moi - नविकरण) नीति ल्यायो, जसले नयाँ प्रविधि र पूँजी भित्र्याउने लक्ष्य राख्यो।
डोई मोई अवधिलाई भियतनामबाहिर प्रायः गलत रूपमा बुझिएको छ। भियतनामी राज्यले अझै पनि वित्तीय र मुद्रा प्रणालीलाई नियन्त्रणमा राख्दछ । राष्ट्र बैंकले मौद्रिक नीति सम्हाल्दछ भने वित्त मन्त्रालयले राजस्व नीति र राज्य स्वामित्व भएका उद्योगहरूको निरीक्षण गर्छ। यसैबीच, राज्यले निजी बैंक र लगानीकर्ताहरूलाई कडाइका साथ नियमन गर्छ, विदेशी मुद्राको प्रवाहलाई कडासाथ नियन्त्रण गर्छ, र रणनीतिक क्षेत्रहरू वा राज्य-नियन्त्रित उद्योगहरूलाई प्राथमिकता दिँदै ऋण वितरण गर्छ।
चिनियाँ अर्थतन्त्रको उभारसँग जोडिएर र विदेशी कम्पनीहरूबाट नयाँ प्रविधिको आगमनका कारण भियतनामले उल्लेखनीय आर्थिक वृद्धिदर हासिल गरेको छ (२०२४ मा ७ प्रतिशतभन्दा बढी)। उत्पादन र निर्माण क्षेत्रद्वारा सञ्चालित यस वृद्धिमा कृषि, वन, र मत्स्य क्षेत्रले मध्यम योगदान दिएका छन्। यसको परिणामस्वरूप, औसत आयुमा सुधार आएको छ, साथै सामाजिक सूचकहरू पनि समग्र रूपमा राम्रो भएका छन्।
यद्यपि भियतनामको अर्थतन्त्र बाह्य धक्काहरूप्रति संवेदनशील छ, किनभने यसको कूल गार्हस्थ्य उत्पादन (GDP) को ८७ प्रतिशत हिस्सा निर्यातमा आधारित छ। तर सन् २०२० मा गठन भएको क्षेत्रीय समग्र आर्थिक साझेदारी (Regional Comprehensive Economic Partnership - RCEP) सम्झौताअन्तर्गत बढ्दो मागले, जसले विश्वकै सबैभन्दा ठूलो व्यापारिक ब्लक निर्माण गर्यो, भियतनामलाई विविध ग्राहकहरूको पहुँच दिएको छ र यसले त्यसलाई सम्भावित समस्याबाट केही हदसम्म सुरक्षित बनाएको छ।
भियतनाम संसारको सबैभन्दा ठूलो चामल निर्यातकर्ता भए तापनि, घरेलु माग पूरा नगरी कुनै पनि चामल देशबाट बाहिर जान दिइँदैन।
भित्रि रूपमा, विशेषगरी ग्रामीण क्षेत्रमा, घरेलु बजार विस्तार गर्ने र चरम गरिबी उन्मूलन गर्ने सशक्त राजनीतिक चाहना छ। यो एजेन्डा कम्युनिस्ट पार्टीले सरकारी अधिकारीहरू र निजी व्यवसायहरूमा व्याप्त भ्रष्टाचार अन्त्य गर्ने अभियानसँगै अघि बढाइएको छ। यस दृष्टिकोणको एउटा स्पष्ट संकेत यो हो कि भियतनाम संसारको सबैभन्दा ठूलो चामल निर्यातकर्ता भए तापनि, घरेलु माग पूरा नगरी कुनै पनि चामल देशबाट बाहिर जान दिइँदैन।
"भियतनाम एउटै हो, भियतनामी जनता एउटै हुन्। नदीहरू सुक्न सक्छन्, पहाडहरू खिइन सक्छन्, तर यो सत्य कहिल्यै परिवर्तन हुने छैन।"
भियतनामको पुनःएकीकरणको सम्झनामा आयोजित समारोहमा कम्युनिस्ट पार्टीका महासचिव तो लामले हो चि मिनको एउटा प्रसिद्ध भनाइ उद्धृत गरे:
"भियतनाम एउटै हो, भियतनामी जनता एउटै हुन्। नदीहरू सुक्न सक्छन्, पहाडहरू खिइन सक्छन्, तर यो सत्य कहिल्यै परिवर्तन हुने छैन।" वास्तवमा, भियतनामी राज्य र जनताहरू नदीहरू सुक्न नदिई, पहाडहरू क्षयीकरण हुन नदिई, आपसमा एकता कायम राख्दै, सयौँ वर्षदेखि सताइरहेका पुराना समस्याहरू (भोक, गरिबी, अशिक्षा) अन्त्य गर्ने संघर्षमा छन्। यसै सन्दर्भमा पार्टीका पूर्व महासचिव न्युएन फु ट्रङले भनेका थिए: "जुन भूमिमा क्रान्तिले स्वतन्त्रता दिलायो, त्यहाँ कुनै पनि भियतनामी नागरिक भोकै हुनुहुन्न।" यो कथन पार्टीको तर्फबाट विगतबाट उत्तराधिकारमा आएको कठोर वास्तविकता अन्त्य गर्ने प्रतिबद्धता हो। र, तीमध्ये धेरै समस्याहरू अब अन्त्यको सँघारमा छन् भन्ने विश्वासले जनतामा आफ्नो प्रणालीप्रतिको आस्थालाई अझ बलियो बनाएको छ।

क्रान्तिकारी आन्दोलनदेखि प्रहरी ‘इन्काउन्टर’ सम्म गुमुडावेल्ली रेणुकाको संघर्ष

भारत–पाकिस्तान द्वन्द्वको जटील गाँठो

मार्शल जुकोभको चेतावनी: रुसको बलिदान, कृतघ्न पश्चिमको विस्मृति

जन्मगत वर्ण–व्यवस्थाका कुपरिणामहरू

भियतनाम एकीकरणको ५० वर्ष !

तु युयु, हो चि मिन्ह, माओ त्सेतुङ र मलेरियाविरुद्धको संघर्ष

बस्तरमा नरसंहार

प्रतिक्रिया