पारस्परिक विनाशको सुनिश्चितताको सन्दर्भमा भारत–पाकिस्तान युद्ध

गत अप्रिल २२ मा कश्मीरको पहलगाममा २६ जना पर्यटकलाई आतंकवादीहरूले हत्या गरेपछि भारतले ती आतंकवादीहरूलाई पाकिस्तानले प्रश्रय दिएको आरोप लगाएको थियो। यसको जवाफस्वरूप, मे ७ मा भारतले पाकिस्तान विरुद्ध ‘अप्रेसन सिन्दुर’ सुरु गर्यो। यस अन्तर्गत पाकिस्तान नियन्त्रित कश्मीर र पञ्जाब प्रान्तका ९ स्थानहरूमा मिसाइल र ड्रोनमार्फत आक्रमण गर्यो। जसका कारण कश्मीरी आतंककारी संगठन जैश-ए-मोहम्मदका नेता मसूद अज़हरका परिवारका १० जना सदस्यसहित ३१ जनाको मृत्यु भएको थियो। त्यसको जवाफस्वरूप, पाकिस्तानले पनि कश्मीरको सिमाना क्षेत्रमा गोलाबारी सुरु गर्यो, जसका कारण करिब दर्जनजति भारतीय नागरिकहरूको मृत्यु भएको थियो। भारतीय आक्रमणको क्रममा पाकिस्तानले भारतको अत्याधुनिक लडाकु विमान राफेललाई खसालेको दाबी गरेको छ, जसलाई अहिलेसम्म भारतले पुष्टि गरेको छैन।
भारतीय कारबाहीको जवाफस्वरूप पाकिस्तानले पनि मे १० मा ‘अपरेसन बुनयान मरसूस’ सुरु गर्यो। यो अपरेसन अन्तर्गत पाकिस्तानले भारतका सैन्य अड्डाहरूमा आक्रमण गर्न थाल्यो। आणविक शक्ति सम्पन्न यी दुई देशहरूबीचको युद्ध दिनप्रतिदिन झनझन् घनिभूत भएको देखेर सारा संसार चिन्तित बन्न थालेको थियो। थुप्रै देशहरूले यो द्वन्द्व समाधान गर्न कूटनीतिक प्रयास सुरु गरे। अन्ततः अमेरिकाको पहलमा भारत र पाकिस्तान युद्धविरामको लागि सहमत भए। यो लेखमा यही द्वन्द्वको सन्दर्भमा आणविक शक्ति राष्ट्रहरूबीच युद्धको सम्भावना र प्रकृतिको बारेमा चर्चा गर्ने प्रयास गरिनेछ।
आणविक शक्ति सम्पन्न यी दुई देशहरूबीचको युद्ध दिनप्रतिदिन झनझन् घनिभूत भएको देखेर सारा संसार चिन्तित बन्न थालेको थियो। थुप्रै देशहरूले यो द्वन्द्व समाधान गर्न कूटनीतिक प्रयास सुरु गरे। अन्ततः अमेरिकाको पहलमा भारत र पाकिस्तान युद्धविरामको लागि सहमत भए।
भारत र पाकिस्तान दुवै आणविक शक्ति सम्पन्न राष्ट्रहरू हुन्। भारतले पहिलो पटक १९७४ मा परमाणु बम सफलतापूर्वक परीक्षण गरेको थियो भने पाकिस्तानले पनि सन् १९८० को दशकको सुरुवातमै सो क्षमता प्राप्त गरिसकेको थियो। सन् १९९८ मा भारतले फेरि ५ वटा परमाणु बमहरूको परीक्षण गरेको थियो। यसको एक हप्ता भित्रै पाकिस्तानले पनि ६ वटा परमाणु बमहरूको परीक्षण गर्यो। यसरी यी दुवै देशहरूले विश्वसामु आफूहरू आणविक शक्ति सम्पन्न राष्ट्र भएको औपचारिक घोषणा गरेका थिए।
स्माइलिङ बुद्ध कोडनाम दिएको भारतको आणविक परीक्षण । https://images.hindustantimes.com/
दुवै देशहरूबीच कसले धेरै परमाणु बम बनाउने भन्ने होड छ। एउटा अनुमान अनुसार भारतसँग करिब १८० वटा परमाणु बमहरू रहेका छन् भने पाकिस्तानसँग १७० वटा जति रहेका छन्। परमाणु बम बनाउनु एउटा कुरा हो, तर त्यसलाई हतियारको रूपमा प्रयोग गर्न सक्नु अर्को कुरा हो। भारत र पाकिस्तान दुवै देशले परमाणु बमलाई रणनीतिक प्रयोगको क्षमता विकास गरिसकेका छन्। भारतले जमिन, आकाश र समुद्र—तीनै स्थानबाट परमाणु बम प्रहार गर्न सक्ने क्षमता विकास गरेको छ। जमिनबाट ‘अग्नि’ ब्यालेस्टिक मिसाइलमार्फत लामो दूरीसम्म परमाणु बम प्रहार गर्न सक्ने क्षमता भारतसँग रहेको छ। त्यस्तै, उसका मिराज, सुखोई र राफेल लडाकु विमानले समेत परमाणु बम प्रहार गर्न सक्षम छन्। सोही प्रकारले भारतले पनडुब्बीमार्फत प्रहार गर्ने मिसाइल (SLBMs) को पनि विकास गरिसकेको छ।
परमाणु बम बनाउनु एउटा कुरा हो, तर त्यसलाई हतियारको रूपमा प्रयोग गर्न सक्नु अर्को कुरा हो। भारत र पाकिस्तान दुवै देशले परमाणु बमलाई रणनीतिक प्रयोगको क्षमता विकास गरिसकेका छन्।
उता, पाकिस्तानले पनि परमाणु बम प्रहार गर्न सक्ने मध्यम र छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू निर्माण गरेको छ। उसका अब्दाली, गजनवी र शाहीनजस्ता मिसाइलहरू यो काममा सक्षम छन्। त्यस्तै, पाकिस्तानसँग परमाणु बम बोक्न सक्ने मिराजजस्ता लडाकु जेटहरू समेत रहेका छन् ।
पाकिस्तानले गरेको आणविक बम परीक्षण । Image: https://pakistanpolitico.com
आणविक हतियारसँगसँगै ती देशहरूसँग त्यसलाई कुन अवस्थामा प्रयोग गर्ने नीतिहरू पनि हुने गर्छन्, जसलाई 'न्युक्लियर डक्ट्रिन' भनिन्छ। भारतले २००३ मा जारी गरेको न्युक्लियर डक्ट्रिन यस प्रकार रहेको छ:
१. भारतले ‘पहिले प्रयोग नगर्ने’ (No First Use) नीतिलाई अङ्गीकार गरेको छ। भारतमाथि कुनै देशले आणविक आक्रमण गरेको खण्डमा मात्र उसले त्यसको जवाफमा आणविक हतियार प्रयोग गर्नेछ। त्यस्तै, भारतले आफ्नो आणविक हतियार गैर-आणविक शक्ति राष्ट्रविरुद्ध प्रयोग गर्नेछैन।
२. भारतले आफ्नो आणविक हतियारलाई अन्य आणविक देशहरूले आफूमाथि आक्रमण गर्नबाट रोक्ने अवरोधक (deterrent) को रूपमा प्रयोग गर्नेछ।
३. भारतमाथि अर्को देशले पहिलो पटक आणविक हतियार प्रयोग गरेमा त्यसको प्रतिक्रिया स्वरूप सो राष्ट्रको सैन्य शक्ति पूर्ण रूपमा नष्ट हुने गरी व्यापक जवाफ दिनेछ।
पाकिस्तानको न्युक्लियर डक्ट्रिनमा 'पहिले प्रयोग नगर्ने' (No First Use) नीतिलाई अङ्गीकार गरिएको छैन। उसले रणनीतिक अस्पष्टता (Strategic Ambiguity) को नीति अपनाएको छ।
४. आफ्नो देशमाथि कसैले रासायनिक वा जैविक हतियार प्रयोग गरेमा समेत सो देशमाथि आणविक हतियार प्रयोग गर्न सकिनेछ।
उता, पाकिस्तानको न्युक्लियर डक्ट्रिनमा 'पहिले प्रयोग नगर्ने' (No First Use) नीतिलाई अङ्गीकार गरिएको छैन। उसले रणनीतिक अस्पष्टता (Strategic Ambiguity) को नीति अपनाएको छ। पाकिस्तानले आणविक हतियारलाई अवरोध (deterrence) को रूपमा प्रयोग गरिरहेको छ। पाकिस्तानी विश्लेषकहरूका अनुसार निम्न चार अवस्थाहरूमा पाकिस्तानले आणविक हतियार प्रयोग गर्न सक्छ। ती अवस्थाहरू निम्नानुसार रहेका छन्:
१. पाकिस्तानको भौगोलिक अखण्डतामा खतरा उत्पन्न भएमा
२. आफ्नो स्थल वा हवाई सैनिक क्षमताको ठूलो मात्रामा विनाश भएको अवस्थामा
३. आक्रमणकारी देशले आफ्नो देशको आर्थिक क्षेत्र तहस-नहस पारेको अवस्थामा
४. विदेश आक्रमणका कारण आफ्नो देशमा राजनीतिक उथलपुथल भएमा
अन्तर्राष्ट्रिय राजनीतिको क्षेत्रमा आणविक हतियारका बारेमा एउटा अवधारणा छ, जसलाई पारस्परिक विनाशको सुनिश्चितता (Mutually Assured Destruction) भन्ने गरिन्छ। यसलाई संक्षेपमा 'म्याड' (MAD) पनि भन्ने चलन छ। यो अवधारणा अनुसार, यदि दुईवटा आणविक शक्ति सम्पन्न देशहरूबीच युद्ध भयो भने ती दुबै देशको विनाश सुनिश्चित हुन्छ। दुबै देशसँग एक-अर्कालाई विनाश गर्न पुग्ने पर्याप्त मात्रामा आणविक हतियारहरू हुने गर्छन्। कुन देशसँग हतियारको संख्या कति छ भन्ने कुराले यो युद्धमा खासै अर्थ राख्दैन, किनभने केही आणविक हतियारहरू नै कुनै पनि देशलाई नष्ट गर्न पर्याप्त हुने गर्छन्। एउटा देशले आफ्नो शत्रु देशमाथि आणविक हतियार प्रहार गर्ने बित्तिकै, अर्को देशले पनि उसमाथि आणविक हतियार प्रयोग गर्न सक्छ। यसमा पहिलो प्रयोग र प्रत्याक्रमणले खासै अर्थ राख्दैन, जसका कारण दुबै देशको सामूहिक विनाश लगभग निश्चितजस्तै हुन्छ।
कुन देशसँग हतियारको संख्या कति छ भन्ने कुराले यो युद्धमा खासै अर्थ राख्दैन, किनभने केही आणविक हतियारहरू नै कुनै पनि देशलाई नष्ट गर्न पर्याप्त हुने गर्छन्। एउटा देशले आफ्नो शत्रु देशमाथि आणविक हतियार प्रहार गर्ने बित्तिकै, अर्को देशले पनि उसमाथि आणविक हतियार प्रयोग गर्न सक्छ।
पारस्परिक विनाशको सुनिश्चितता अवधारणाको पुष्टि शीत युद्धको समयमा भएको थियो। अमेरिका र सोभियत संघबीच दोस्रो विश्वयुद्धको अन्त्य अर्थात् १९४५ देखि १९९१ सम्म शीत युद्ध चलेको थियो। शीत युद्ध चरम अवस्थामा पुगेको बेला, सन् १९६० मा अमेरिकासँग ३५०० भन्दा बढी आणविक हतियार थिए भने सोभियत संघसँग करिब १००० वटा जति आणविक हतियारहरू रहेका थिए। तर पछि सोभियत संघले आफ्नो आणविक हतियार भण्डारलाई नाटकीय रूपमा विस्तार गर्दै १९८० को दशकमा करिब ४०,००० जति पुर्याएको थियो भने अमेरिकासँग त्यसको आधा, करिब २०,००० जति रहेका थिए।
शीतयुद्धका ४५ वर्षमा जम्मा एक पटक मात्र अमेरिका र सोभियत संघ आमने-सामने भएका थिए, त्यो थियो सन् १९६२ को क्युबाली संकटको समयमा। यस संकटका बेला पूरा विश्व नै आणविक युद्धको त्रासमा थियो।
अमेरिका र सोभियत संघ दुबै आणविक हतियारको शक्ति र विनाश क्षमतासँग राम्ररी परिचित थिए। त्यसैले यी दुई देशहरू शीत युद्धको पूरै अवधिभर कहिल्यै एकापसमा प्रत्यक्ष युद्धमा सामेल भएनन्। बरु, आफ्नो प्रभाव क्षेत्रमा रहेका मुलुकहरूलाई आर्थिक र सैनिक रूपमा सघाए। कतिपय अवस्थामा छद्म रूपमा पनि लडे। दोस्रो विश्वयुद्ध लगत्तै कोरियाली प्रायद्वीपमा भएको लडाइँमा अमेरिका दक्षिण कोरियाको तर्फबाट लड्न उत्रियो। तर कोरियाको लडाइँमा सोभियत संघ आफैँ अमेरिकासँग लड्न अगाडि सरेन। उसले चीनलाई अगाडि सार्यो र आवश्यक सैनिक तथा आर्थिक सहायता प्रदान गर्यो। भियतनाममा पनि अमेरिकाविरुद्ध सोभियत संघ आफैँ अगाडि सरेन।
शीतयुद्धका ४५ वर्षमा जम्मा एक पटक मात्र अमेरिका र सोभियत संघ आमने-सामने भएका थिए, त्यो थियो सन् १९६२ को क्युबाली संकटको समयमा। यस संकटका बेला पूरा विश्व नै आणविक युद्धको त्रासमा थियो। तर दुबै देशका नेताहरू र सम्बन्धित सैन्य कमाण्डरहरूको सुझबुझका कारण संकट टर्यो।
पारस्परिक विनाशको सुनिश्चितताको अवधारणाले केवल अमेरिका र सोभियत संघको हकमा मात्र काम गरेको थिएन, यो अन्य आणविक शक्तिहरूको हकमा पनि उत्तिकै प्रभावकारी साबित भएको छ। स्टालिनको मृत्युपछि, सन् १९५० को दशकको अन्त्यमा, सोभियत संघ र चीनबीच ‘महान विवाद’ सुरु भएको थियो। यो विवाद चर्किँदै जाँदा ६० को दशकको अन्त्यतिर यसले दुबै देशबीच सिमा क्षेत्रमा झडपको रूप लिन थालेको थियो। सन् १९६९ मा दुबै देशबीच सिमानामा निकै चर्को लडाइँ सुरु भयो। यस लडाइँमा दुबै पक्षका दर्जनौँ सैनिकहरूको मृत्यु भएको थियो। यसले दुबै देशबीच आणविक युद्धको सम्भावनासमेत उत्पन्न गराएको थियो। यसै क्रममा सोभियत संघले चीनको आणविक संयन्त्रमा आक्रमण गर्ने तयारी गरेको थियो। तर सोभियत प्रधानमन्त्री अलेक्सी कोसागिन र चिनियाँ प्रधानमन्त्री चाउ एन लाइबीच भएको भेटपछि यो विवादलाई मत्थर पारिएको थियो।
विवाद चर्किँदै जाँदा ६० को दशकको अन्त्यतिर यसले सोभियत संघ र चीनबीच सिमा क्षेत्रमा झडपको रूप लिन थालेको थियो। सन् १९६९ मा दुबै देशबीच सिमानामा निकै चर्को लडाइँ सुरु भयो। यस लडाइँमा दुबै पक्षका दर्जनौँ सैनिकहरूको मृत्यु भएको थियो। यसले दुबै देशबीच आणविक युद्धको सम्भावनासमेत उत्पन्न गराएको थियो।
अन्य आणविक शक्तिहरूको मामिलामा जस्तै, भारत र पाकिस्तानका सम्बन्धमा पनि यो अवधारणाले काम गरेको छ। सन् १९४७ मा भारत र पाकिस्तानले बेलायतबाट स्वतन्त्रता प्राप्त गरेका थिए। त्यस यता यी दुई देशहरूबीच ४ पटक युद्धमा होमिएका छन्—सन् १९४७, १९६५, १९७१ र १९९९ मा। यी चार युद्धहरूमध्ये अघिल्ला ३ युद्धहरू भारत र पाकिस्तानले आणविक हतियार निर्माण गर्नु भन्दा पहिला भएका थिए।
सन् १९७४ मा भारतले सफलतापूर्वक परमाणु बमको परीक्षण गर्यो। परीक्षण नगरे पनि पाकिस्तान १९८० को दशकमै अनौपचारिक रूपमा आणविक शक्ति बनेको अनुमान गरिन्छ। त्यस्तै, पाकिस्तानले पनि सन् १९९८ मा परमाणु बमको सफलतापूर्वक परीक्षण गरेर आफू पनि औपचारिक रूपमा आणविक शक्ति भएको घोषणा गर्यो।
त्यस यता यी दुई देशहरूबीच ठूलो युद्ध भएको छैन। सन् १९९९ मा दुई देशहरूबीच कारगिलमा युद्ध भयो, तर त्यो युद्ध त्यही क्षेत्रमा मात्र सीमित गरियो। यसलाई अन्यत्र फैलाउने चाहना दुबै देशले देखाएनन्।
अहिले पनि, पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले त्यसको बदला स्वरूप पाकिस्तानविरुद्ध मिसाइल र ड्रोन आक्रमण गरेको थियो। पाकिस्तानले पनि भारतविरुद्ध मिसाइल र ड्रोन प्रत्याक्रमण गर्यो। केही दिनभित्रै दुवै देशहरू यो संकटलाई बढ्न नदिने र समाधान गर्न आन्तरिक रूपमा संवादमा संलग्न भए। यही सेरोफेरोमा अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तानले युद्धविराम गर्न सहमति जनाए।
भारत र पाकिस्तानबीच भएको युद्धले पूर्ण स्तरको रूप नलिनुमा आणविक युद्धको त्रासले ठूलो भूमिका खेलेको छ। यदि यी दुई देशहरू आणविक शक्ति राष्ट्र भएका थिएनन् भने यिनीहरूबीच अनेकौँ पटक ठूला खालका युद्धहरु भइसकेका हुने थिए।
आणविक हतियारले कुनै पनि देशलाई अपार शक्ति मात्र प्रदान गर्दैन, बरु त्यसले ठूलो जिम्मेवारीको बोझ पनि बोकाउने गर्छ। विश्व इतिहासमा केवल दुई पटक मात्र आणविक हतियारको प्रयोग गरिएको छ। दोस्रो विश्वयुद्धको अन्त्यतिर अमेरिकाले जापानका दुई शहरहरू—हिरोशिमा र नागासाकीमाथि परमाणु बम प्रहार गरेको थियो। ती आक्रमणहरूमा दुई लाखभन्दा बढी मानिसहरूको मृत्यु भएको थियो।
भारत र पाकिस्तानबीच भएको युद्धले पूर्ण स्तरको रूप नलिनुमा आणविक युद्धको त्रासले ठूलो भूमिका खेलेको छ।
त्यो घटनापछि आणविक हतियारको विनाशकारी शक्तिको परिणाम कस्तो हुन्छ भन्ने कुरा सम्पूर्ण मानव जाति परिचित भइसकेको छ। आणविक शक्ति राष्ट्रहरूबीच पारस्परिक विनाशको सुनिश्चितताको अवधारणा विगत ७५ वर्षदेखि कायम छ। हुन त, कुनै पनि नियमका अपवादहरू हुने गर्छन्। तर जुन नियमले विगत ७ दशकदेखि आफ्नो उपयोगिता प्रमाणित गरेको छ, त्यसबाट भविष्यमा पनि काम गर्ने प्रबल सम्भावना रहेको आशा गर्न सकिन्छ।
यही अवधारणाको आलोकमा भारत र पाकिस्तानबीचको द्वन्द्वलाई हेर्ने हो भने के कुरामा ढुक्क हुन सकिन्छ भने, यी देशहरू छिटपुट लडाइँ र झडपहरूमा संलग्न भए पनि यिनीहरूबीच ठूलो युद्ध भने नहुने सम्भावना धेरै बलियो छ।

प्रतिरोधी संघर्षका नायक बबी स्यान्ड्स: एक दृढ सत्याग्रही, जसले मृत्युवरण गरे तर …

होसे मुहिका - आस्था र जीवनको संगति !

भारत–पाकिस्तानबीचको युद्धविराम सहमति : टर्यो युद्धको विभीषिका !

त्यो गलत हल्ला फैलाउने निन्दक को थियो?

जनताले इतिहासको डंगुरमा फ्याँकिदिएका तानाशाह मुसोलिनी

जैविक बुद्धिजीवी

सुनको मूल्य किन कीर्तिमानी उचाइमा पुगेको छ?

प्रतिक्रिया