त्यो गलत हल्ला फैलाउने निन्दक को थियो?

राम्रो लेखाइ सिकाउने शिक्षक सर्गेई कैपितोनिच अखिनेयेवकी छोरी नताल्याको विवाह इतिहास र भूगोलका शिक्षक इवान पेत्रोविच लोशादिनिखसँग हुँदै थियो। विवाहको भोज अत्यन्तै सफल रह्यो। सबै पाहुना बैठक कोठामा नाच्दै–गाउँदै थिए। यस अवसरका लागि क्लबबाट भाडामा वेटरको व्यवस्था गरिएको थियो। उनीहरू कालो कोट र मैलो सेतो टाइ लगाएर बहुलाझैँ यताउता भौंतारिइरहेका थिए थिए। हावामा मिश्रित आवाजहरूको कोलाहल थियो। बाहिर उभिएका मानिसहरू झ्यालबाट भित्र नियालिरहेका थिए। वास्तवमा उनीहरु जसलाई विवाह समारोहमा सहभागी हुन अनुमति नभएका समाजका तल्लो वर्गका मानिसहरू थिए ।
मध्यरातको समयमा मेजबान अखिनेयेव रातको खानाको बन्दोबस्त भइसकेको छ कि छैन भनी हेर्न भान्छामा पुगे । भान्छा पूरै धुवाँले भरिएको थियो। हाँस र बकुल्लाका भुटिएको मासुको गन्ध धुवाँमा फैलिएको थियो। दुईवटा टेबलमा खानेकुरा र मदिराहरु कलात्मक तरिकाले अव्यवस्थित रूपमा राखिएको थियो। रातो अनुहार भएकी मोटी भान्से मारफा ती टेबलहरू नजिक व्यस्त देखिएकी थिइन्।
बाहिर उभिएका मानिसहरू झ्यालबाट भित्र नियालिरहेका थिए। वास्तवमा उनीहरु जसलाई विवाह समारोहमा सहभागी हुन अनुमति नभएका समाजका तल्लो वर्गका मानिसहरू थिए ।
"सुन, मलाई पकाइएको स्टर्जन माछा देखाऊ," आफ्नो हात मोल्दै र जिब्रोले ओठ चाट्दै अखिनेयेवले भने। "कस्तो राम्रो वासना! म त भान्छामा राखिएको सारा खाना खान सक्छु! अब मलाई त्यो स्टर्जन माछा देखाऊ।"
मारफा एउटा बाकस नजिक पुगिन् र उनले सावधानीपूर्वक एउटा मैलो अखबार उठाइन्। त्यसको तल, एउटा कडाहीमा एक ठूलो मोटी माछा राखिएको थियो, जसको माथि खजुर र गाजरका टुक्रा राखिएका थिए। अखिनेयेवले स्टर्जन माछामा दृष्टि लगाए र सन्तोषको सास फेरे। उनको अनुहार उज्यालो बन्यो र आँखामा सन्तुष्टिको भाव देखियो। उनी झुके र मुखबाट पाङ्ग्राको चरमराउने जस्तै आवाज निकाल्ने गरे। उनी केहीबेर त्यहीं उभिए। त्यसपछि खुसी हुँदै औँला पड्काए र फेरि ओठ चाटेको आवाज निकाले।
"ओहो! हार्दिक चुम्बनको आवाज। मारफा, तिमी त्यहाँ कसलाई चुम्दै थियौ?" छेउको कोठाबाट कसैको आवाज आयो, र लगत्तै ढोकामा विद्यालयका शिक्षक वैन्किनको बाक्लो कपाल भएको टाउको देखापर्यो। "तिमी यहाँ कसलाई म्वाइ खाइरहेको थियौ? अहा! निकै राम्रो! सर्गेई कैपितोनिच! कस्तो शानदार वृद्ध हुनुहुन्छ तपाईं! त तपाईं यस महिलासँग हुनुहुन्थ्यो!"
"मेलै कसैलाई म्वाइ खाइरहेको थिइनँ," अखिनेयेवले हडबडाउँदै भने, "मूर्ख मानिस, तिमीलाई यो कुरा कसले भन्यो? म त राम्रो पकाइएको माछा देखेर जिब्रो पड्काइरहेको पो थिएँ त ।"
"ओहो! हार्दिक चुम्बनको आवाज। मारफा, तिमी त्यहाँ कसलाई चुम्दै थियौ?" छेउको कोठाबाट कसैको आवाज आयो, र लगत्तै ढोकामा विद्यालयका शिक्षक वैन्किनको बाक्लो कपाल भएको टाउको देखापर्यो।
"यी बहाना मलाई होइन, अरू कसैलाई भन्नु," वैन्किनले हाँस्दै भन्यो। उसको अनुहारमा एक ठूलो मुस्कान फैलिएको थियो। त्यसपछि ऊ ढोकाबाट हटेर अर्को कोठामा गयो। अखिनेयेव लाजले भुतुक्क भए।
"शैतानलाई मात्र थाहा छ कि यस घटनाको परिणाम के होला!" उनले सोचिन्। "अब ऊ अरूलाई मेरो निन्दा गर्दै हिँड्नेछ। बदमास कताकति! उफ्! त्यो जंगलीले सारा सहरको अगाडि मेरो इज्जतको धज्जी उडाउनेछ!"
अख़िनेयेव सहमत भयो र बैठक कोठामा पस्यो। ऊ चोर दृष्टिले हेर्दै थियो कि वैन्किन के गर्दैछ। वैन्किन पियानोको छेउमा उभिएको थियो। उसको टाउको झुकेको थियो र ऊ प्रहरी निरीक्षककी सालाको कानमा केही गहिरो कुरा फुसफुसाइरहेको थियो। उसको कुरा सुनेर ती महिला हाँसिरहेकी थिइन्।
‘‘म यो कुरालाई यसै छोड्न सक्दिनँ। मैले मानिसहरूलाई सत्य बताउनै पर्छ ताकि कसैले पनि वैन्किनको कुरामा विश्वास नगरून्। म आफैं सबैलाई यो विषयमा बताउनेछु, ताकि अन्त्यमा वैन्किनका कुरा मनगढन्ते झुटा ठहरिउन्।"
"निश्चित रूपमा ऊ मेरो नै निन्दा गरिरहेको छ," अख़िनेयेवले सोच्यो। "शैतानले उसको सत्यानाश गरून्! पक्कै पनि ती स्त्रीले वैन्किनको कुरा सत्य ठानिन्, त्यसैले त ऊ हाँसिरहेकी छ। हे भगवान्! म यो कुरालाई यसै छोड्न सक्दिनँ। मैले मानिसहरूलाई सत्य बताउनै पर्छ ताकि कसैले पनि वैन्किनको कुरामा विश्वास नगरून्। म आफैं सबैलाई यो विषयमा बताउनेछु, ताकि अन्त्यमा वैन्किनका कुरा मनगढन्ते झुटा ठहरिउन्।"
आत्तिदैँ आफ्नो टाउको कनाउँदै अख़िनेयेव पदेकोईतर्फ लाग्यो।
" केही बेरअघिमात्र म रातको खानाको तयारी हेर्न भान्सामा गएको थिएँ," उसले आफ्नो फ्रान्सेली पाहुनासँग भन्यो। "मलाई थाहा छ, तपाईंलाई माछा मनपर्छ। त्यसैले मैले विशेष गरेर एउटा ठुलो स्टर्जन माछाको बन्दोबस्त गरेको छु। झन्डै दुई गज लामो माछा! हा, हा, हा! अरे, म त्यो कुरा तपाईंलाई भन्न बिर्सिएछु। भान्सामा त्यो स्टर्जन माछासँग सम्बन्धित एउटा प्रसंग सुनाउँछु तपाईंलाई। केही बेरअघिमात्र म रातको खानेको व्यवस्था हेर्न भान्सामा गएको थिएँ। राम्रोसँग पकाइएको स्टर्जन माछा देखेर मैले जिब्रो पड्काएँ । त्यो निकै मसलेदार माछा देखिन्थ्यो। त्यत्तिकैमा त्यो मूर्ख वैन्किन भान्साको ढोकामा आइपुग्यो र भन्न थाल्यो—... हा, हा, हा! ! यहाँ तिमी मारफ़ालाई म्वाइ खाइरहेका छौ !’ तपाईं आफैं विचार गर्नुहोस्—भान्सेनीको चुम्बन! कस्तो मनगढन्ते कुरा! महामूर्ख मानिस! त्यो स्त्री हेर्दैमा कुरूप पनि छ। ऊ त कुनै बाँदरजस्ती देखिन्छे! तर त्यो मूर्ख मान्छे त हामी एकअर्कालाई चुमिरहेका थियौं भनेर फेद न टुप्पोको कुरा गर्दैथियो ! कति अचम्मको मान्छे हो ऊ!"
"को अचम्मको मान्छे?" उनीहरूतर्फ आउँदै तारांतुलोवले सोध्यो।
"अरे, म वैन्किनको कुरा गर्दैछु। अहिले केही बेरअघिमात्र म भान्सामा गएको थिएँ—" मारफ़ा र स्टर्जन माछाको कथा फेरि दोहोरियो।
"कस्तो अचम्मको मान्छे हो! ऊ भान्सामा पस्यो र उसले मलाई मारफ़ाको छेउमा उभिएको देख्यो। बस त्यसपछि के चाहियो र! ऊ त्यतिबेलैदेखि हामी दुवैलाई लिएर वाहियात कथाहरू गढ्न थाल्यो।’’
"उसको कुरा सुनेर मलाई हाँसो आइरहेको छ। कति अचम्मको मान्छे! मेरो विचारमा मारफ़ालाई म्वाइ खानुभन्दा कुनै कुकुरलाई म्वाइ खानु सुखद हुन्छ," अख़िनेयेवले भन्यो र फर्किंदा उसले म्ज़दालाई देख्यो।
"हामी वैन्किनको कुरा गर्दै थियौँ," उसले म्ज़दासँग भन्यो, "कस्तो अचम्मको मान्छे हो! ऊ भान्सामा पस्यो र उसले मलाई मारफ़ाको छेउमा उभिएको देख्यो। बस त्यसपछि के चाहियो र! ऊ त्यतिबेलैदेखि हामी दुवैलाई लिएर वाहियात कथाहरू गढ्न थाल्यो। 'के?' ऊ भन्थ्यो, 'तिमीहरू एक-अर्कालाई म्वाइ खाइरहेका थियौ?' उसले पिएको हुनाले होश गुमाइसकेको थियो। जागै रहँदै सपना देखिरहेको थियो। मैले भनेँ— 'मारफ़ालाई म्वाइ खानुभन्दा त म कुनै हाँसलाई म्वाइ खान रुचाउँछु। अनि फेरि म त विवाहित पनि छु।' मैले भनेँ— 'तँ त महामूर्ख होस्!' भन्नुहोस् त, यस्तो घटिया आरोप लगाएर उसले मलाई कति हास्यास्पद स्थिति बनाइदियो!"
"कसले तिम्रो स्थिति हास्यास्पद बनायो?" धर्मशास्त्र पढाउने शिक्षकले अख़िनेयेवलाई सोधे।
"वैन्किनले। म त भान्सामा उभिएर स्टर्जन माछाको बारेमा बुझ्दैथिएँ —" आदि।
आधा घण्टा नपुग्दै सबै पाहुनाहरूलाई वैन्किन र स्टर्जन माछासम्बन्धी कथाको थाहा भइसकेको थियो।
"अब उसलाई भन्न दिउँ," अख़िनेयेवले आफ्ना हातहरू आपसमा दल्दै सोच्यो। "अब उसलाई मेरो निन्दा गर्न दिउँ। ऊ जब मानिसहरूलाई यो कथा भन्न सुरु गर्नेछ, उनीहरूले उसलाई बिचमै रोकेर भन्नेछन्: ‘बकवास नगर, मूर्ख मान्छे! हामीलाई यसको बारेमा सबै थाहा छ।’’
र यस कुराले अख़िनेयेव यति सन्तुष्ट भयो कि खुशीले उसले आवश्यकता भन्दा बढी ब्राण्डी पियो। आफ्नी छोरीलाई उनको कोठामा पुर्याएपछि ऊ आफ्नो कोठामा गयो र त्यहाँ एक निर्दोष बालकझैं गहिरो निद्रामा डुब्यो। अर्को दिन जब ऊ उठ्यो, उसलाई स्टर्जनको कथाको कुनै अंश याद थिएन।
कालो जिब्रोले आफ्नो शैतानी काम गरिहाल्छ। त्यसैले अख़िनेयेवको चलाकी पनि उसलाई कुनै काम लागेन।
तर, हरे ! मानिस योजना बनाउँछ, तर भगवानले आफूले सही ठानेअनुसार त्यसलाई पूरा गर्छन्। कालो जिब्रोले आफ्नो शैतानी काम गरिहाल्छ। त्यसैले अख़िनेयेवको चलाकी पनि उसलाई कुनै काम लागेन। एक सातापछि, बुधबारको दिन, तेस्रो कक्षापछि जब अख़िनेयेव शिक्षकमण्डलीको कोठामा उभिएर विद्यार्थी विस्येकिनको दुर्व्यवहारबारे चर्चा गरिरहेको थियो, त्यतिखेर प्राचार्यले उसलाई संकेत गर्दै आफूतिर बोलाए।
"हेर त, सर्गेई क्यापितोनिच," प्राचार्यले भने, "माफ गर, किनकि यो विषय सिधै मसँग सम्बन्धित छैन, तर जे भए पनि, म तिमीसित सोझै कुरा गर्न चाहन्छु। यो मेरो कर्तव्य हो — सुन, तिम्रो भान्सेनीसँग तिम्रो अन्तरंग सम्बन्ध छ भनेर अफवाहहरू चलिरहेका छन् !"
"हेर, चाहे तिमी उसको साथ अन्तरंग सम्बन्ध राख, चाहे तिमी उसलाई म्वाइ खाउ, यो तिमीहरूको व्यक्तिगत कुरा हो । जे गरे पनि गर, तर यो यति खुल्ला रूपमा नगर। सुन, यो मेरो विनम्र अनुरोध हो। यो कुरा नबिर्स, तिमी एक शिक्षक हौ।"
यो सुनेपछि अख़िनेयेव जस्ताको तस्तै ठप्प भएर उभियो। उसलाई यस्तो लाग्यो, जस्तो सयौँ मौरीको झुन्डले उसलाई टोकिसकेको होस्, वा उम्लँदो तातो पानीले उसको छाला जलाइसकेको होस्। यस्तो डरलाग्दो अवस्थामा ऊ घर फर्कियो।
"तिमी कसको बारेमा सोच्दै छौ? के तिमीलाई तिमीको प्रेमिका सम्झना आइरहेको छ? के तिमी भान्से मारफा सम्झिरहेका छौ? मलाई सबै थाहा भइसकेको छ, धोकेबाज!’’
बाटोमा उसलाई लाग्यो, मानौं उसको अनुहारमा कोलतारको कालो पोतिएको छ। घरमा अझै नयाँ समस्याहरू उसको पर्खाइमा थिए।
"तिमी केही खान्छौ किन होइन?" रातको खानाको समयमा उसकी पत्नीले उसलाई सोधिन्। "तिमी कसको बारेमा सोच्दै छौ? के तिमीलाई तिमीको प्रेमिका सम्झना आइरहेको छ? के तिमी भान्से मारफा सम्झिरहेका छौ? मलाई सबै थाहा भइसकेको छ, धोकेबाज! दयालु मानिसहरूले मेरा आँखा खोलिदिएका छन्, क्रूर मानिस!" र उनले अखिनेयेभको गालमा जोडले थप्पड हानिन्।
उल्टिदैँ खानाको मेजबाट उठेर ऊ बिना टोपी वा कोट लगाई सिधा वैन्किनको घरतर्फ लाग्यो। वैन्किन घरमै थियो।
"दुष्ट !" उसले वैन्किनलाई भन्यो। "तँले मलाई सबैका अगाडि किन बदनाम गरिस्? तँले सबैसँग मेरो निन्दा किन गरिस्?"
"कसरी? कुन निन्दा? यो तँ मलाई कुन बनावटी आरोप लगाउँदै छस्?"
आश्चर्यचकित हुँदै वैन्किनले आफ्नो आँखा झिम्कायो। उसको शरीरको रौँ हल्लिए। उसले आँखा उचालेर जेनतेन भन्यो—"मैले तेरो बारेमा एक शब्द पनि कसैसँग भनेको छु भने भगवानले मलाई दण्ड दिऊन्।’’
"अनि मैले मारफालाई म्वाइ खाइरहेको थिएँ भनेर सबैलाई त्यो झूट कुरा कसले भन्यो? अब तँ भन्छस् त्यो तँ होइनस्! त्यो तँ होइनस् मेरो इज्जतको हत्यारा?"
आश्चर्यचकित हुँदै वैन्किनले आफ्नो आँखा झिम्कायो। उसको शरीरको रौँ हल्लिए। उसले आँखा उचालेर जेनतेन भन्यो—"मैले तेरो बारेमा एक शब्द पनि कसैसँग भनेको छु भने भगवानले मलाई दण्ड दिऊन्। मेरो आँखाको दृष्टि हराएर जाओस् र म अकाल मृत्युको शिकार बनूँ। न मेरो घर रहोस्, न मेरो परिवार!"
वैन्किनको सत्यतामा कुनै अस्पष्टता थिएन । यो प्रष्ट थियो कि उसले अखिनेयेभको निन्दा कसैसँग पनि गरेको थिएन।
"तर फेरि त्यो को थियो? को?" अखिनेयेभले आफैँलाई सोध्यो। उसको मनमा सबै परिचितहरूको नाम आइरहेका थिए। आफ्नो छातीमा हात ठोक्दै उसले फेरि भन्यो, "आखिरमा त्यो गलत हल्ला फैलाउने निन्दक को थियो?"

जनताले इतिहासको डंगुरमा फ्याँकिदिएका तानाशाह मुसोलिनी

जैविक बुद्धिजीवी

सुनको मूल्य किन कीर्तिमानी उचाइमा पुगेको छ?

विष्णुकुमारी वाइवा कसरी पारिजात बनिन् ?

घातक रोगहरुबाट रक्षा गर्ने रोजमरी

नक्सलबाडीदेखि बस्तरसम्म: भारतीय माओवादी आन्दोलनको ‘उत्थान र पतन’को अन्तरकथा

सावधान ! सुत्नेबेला फोन चलाउँदा अनिद्राको जोखिम बढ्छ !

प्रतिक्रिया