पार्टी संस्कृति

नेतृत्वप्रति जनताको आदरभाव घट्दै गएको छ । अझ के भएको छ भने जो सत्तामा पुग्छ, ऊप्रतिको जनविश्वास त नदारदै बन्ने गरेको छ जनमनबाट दल र नेताहरु विस्थापितजस्तै भएका छन् । यसरी एकप्रकारको विश्वासको शंकट पैदा भएको छ । यो भनेको ज्यादै नै गम्भीर स्थिति हो ।
संस्कृति मानव जातिको सिर्जना हो । यसलाई सिर्जनाशीलताको परिचायक ठानिँदा पनि फरक पर्दैन । वास्तवमा सिर्जना सुन्दर एवं प्रिय वस्तु हो । मानव श्रम यसको स्रोत हो, जुन स्रोतले मानिसलाई पशुजगतबाट अलग्याउँदै ल्याएको छ ।
यसैले भनिन्छ, संस्कृति मानव जीवनरूपी बगैंचामा फुलेको फूलजस्तो हो । यसलाई सम्हाल्न सकेमात्र फक्रिन्छ । किनकि यो जति कोमल छ, त्यतिकै नाजुक पनि छ । थोरै बिराम भयो कि गयो । बिगार्न वा बिग्रन कुनै साइत जुराउनु पर्दैन । सिर्जना गर्नलाई त बुद्धि पुऱ्याउनुपर्छ ।
वास्तवमा संस्कृति भनेको 'जान्नेलाई श्रीखण्ड जस्तो हो र नजानिँदा यो 'खुर्पाको बिँड' हुन्छ । उदाहरणका लागि लोकतन्त्रलाई लिउँ । बहुदलीय लोकतन्त्र भनेको पनि सभ्य समाजका लागि 'श्रीखण्ड' हो । तर रूपचन्द्र विष्टको शब्दमा भन्ने हो भने यो हाम्रा लागि 'बहुलावाद' भएको छ । किनकि हामीले इतिहासमा कहिल्यै प्रत्येक मानिस एउटा स्वतन्त्र व्यक्ति हो भन्ने थाहा पाएनौं । हामी त युगौंदेखि तन्त्ररहित 'प्रजा' भएर रहेका छौं, 'करिया' भएर रहेका छौं । कताको बडाकाजी, कताको खुइले घर्ती । यी दुईथरी कहिल्यै समान हुन्छन् र !
हामीकहाँ त लोकतन्त्रको बुझाइ 'घाँसलाई उम्रिरहने र गधालाई चरिरहने स्वतन्त्रता'को रूपमा पो भएको देखिन्छ । यहाँ युगौंदेखि चलेर आएका सामन्तवादी मत्स्य नियमहरू अत्यन्त प्रबल भएको समाज विद्यमान छ । यस्तो समाजमा बाहिरबाट आएका अति विकसित विशिष्ट विचारहरूसमेत स्वत्वहीन हुन पुग्दारहेछन् । हाम्रो समाजका अगुवाहरूले यिनलाई 'खुर्पाको बिंड' भने बनाएकै हुन् । कमजोरी लोकतन्त्र वा समाजवादको होइन, बरू यी दुवै सिद्धान्तलाई 'भिल्लको देशमा मणि' बनाइएको चाहिँ पक्कै हो । 'माल पाएर चाल नपाएपछि’ यस्तै
हुन्छ, जब लोकतन्त्रका च्याम्पियन मानिएका दलीय नेताहरू नै जनता दल्न उद्यत हुन्छन् । जब समाजवादका प्रणेताहरू नै व्यक्तिगत सम्पत्तिको सोचाइबाट वशीभूत हुन्छन्, जब जनताप्रति उत्तरदायी हुनुपर्ने दल र दलका नायकहरू नै प्रतिगामी शक्तिका गुलाम हुन राजी हुन्छन्, तब लोकतन्त्र र समाजवाद पनि स्वत्वहीन हुनु स्वाभाविक हुनपुग्छ ।
कमजोरी लोकतन्त्र वा समाजवादको होइन, बरू यी दुवै सिद्धान्तलाई 'भिल्लको देशमा मणि' बनाइएको चाहिँ पक्कै हो ।
आज हाम्रा दल-नायकहरू आफ्नो वैयक्तिक विकासका निम्ति जे गर्न पनि तयार देखिन्छन् । तिनले अङ्गिकार गरेका सिद्धान्त र यसका आदर्शहरूप्रति तिनलाई कुनै चासो भएको देखिन्न । ती त अभिजात वर्गका सुखशयलका जीवनमा डुबेका छन् । र, आलिशान भवन, सुरासुन्दरी, सुविधाभोग, झूठ - फरेब र षड्यन्त्रको राजनीतिबाट प्रभावित छन् । आफ्नो दलको, आफ्नो वर्गको विचार र आदर्शलाई तिनले तृण बराबर पनि सम्झेका छैनन् । ती त आफ्नो हैसियत उठाउने, पैसा कमाउने ध्येयमा पो तल्लीन छन् । वास्तवमा ती इमान्दार नेताहरू होइनन् । लोभी, लालची, अन्ध र उग्र बनाइएका कार्यकर्ताहरूको पिठ्यूँमा बोकिएका नेताहरूले लोकतन्त्र र समाजवादको निम्ति जनताको अगुवाइ गर्छन् भनेर सोच्नु नै भ्रम हो । तर के गर्ने, हामी त्यही भ्रमपूर्ण सोचमा डुब्न विवश छौं, हामी तिनकै पछि लाग्न अभिशप्त छौं । वास्तवमा हामी सामन्तवादी भाग्यवादी र प्रतिगामी संस्कृतिबाट मुक्त भएका रहेनछौं, दास मनोवृत्तिबाट मुक्त भएका रहेनछौं । किनभने आज पनि हामी तिनैबाट शासित भइरहेका छौं । तिनैको नेतृत्वमा संगठित भइरहेका छौं हामी । तिनै सुविधाभोगी, व्यक्तिवादी, अवसरवादी नेतृत्वको पछि लागिरहेका छौं हामी । हामीले तिनलाई दण्ड वा बहिस्कार गर्न सकेकाछैनौं । नेतृत्वप्रति जनताको आदरभाव घट्दै गएको छ । अझ के भएको छ भने जो सत्तामा पुग्छ, ऊप्रतिको जनविश्वास त नदारदै बन्ने गरेको छ । जनमनबाट दल र नेताहरू विस्थापितजस्तै भएका छन् । यसरी एकप्रकारको विश्वासको शंकट पैदा भएको छ । यो भनेको ज्यादै नै गम्भीर स्थिति हो ।
लोभी, लालची, अन्ध र उग्र बनाइएका कार्यकर्ताहरूको पिठ्यूँमा बोकिएका नेताहरूले लोकतन्त्र र समाजवादको निम्ति जनताको अगुवाइ गर्छन् भनेर सोच्नु नै भ्रम हो ।
फेरि पनि कुरो संस्कृतिकै आउँछ । संस्कृतिका दुईवटा पाटाहरू- सभ्यता र संस्कार छन् । सभ्यता सिक्न सकिने बाहिरी पाटो हो । संस्कार परम्परागत दम भएको भित्री पाटो हो । संस्कारको केन्द्रमा परम्परा छ र यो रूढिगत विचार बोकेर बाँचेको हुन्छ । तर सभ्यता भनेको आधुनिक हुन्छ, जुन विज्ञान र प्रविधिको सहारामा उठ्ने गर्छ । हामीले अन्न पकाएर खान सिकेका छौं : यो सभ्यता हो । तर खाना खाँदा छोइछिटोको भावनाले खान थाल्नु संस्कार हो । हाम्रो संस्कार विदेशीले संस्कारकै
रूपमा ग्रहण गर्न सक्दैन, त्यस्तै हामीले पनि अर्काको संस्कारलाई सभ्यताको रूपमा मात्र अपनाउन सक्छौं । हामी चम्चाले भात खान सक्छौं, यो हामीले सिकेको
सभ्यता हो । तर टुक्रुक्क भुइँमा बसेर औसानी हालेर, धोतीपाटा फेरेर खानु हामीमध्ये केहीको संस्कार हो । जुनकुरो हामीलाई सहज हुन्छ, त्यो संस्कार विदेशीलाई कठिन हुन्छ । तर उनीहरूले पनि टुप्पी पालेर, धोतीपाटा फेरेर 'हरेराम हरेकृष्ण को रट लगाउन सक्छन् । यो तिनका लागि सभ्यता हुन्छ । तर तिनले कसै गरेर पनि हिन्दू संस्कारको स्वत्वलाई आत्मसात गर्न सक्दैनन् । यस्तैगरी हामीले पनि विकसित देशका विकसित सिद्धान्तहरूलाई सभ्यताको रूपमा सिक्न सक्छौं । हाम्रो संस्कृतिअनुसार नयाँ रूपमा ग्रहण गर्न सक्छौं । तर त्यस सिद्धान्तको संस्कृति परिवेश र त्यसको संस्कारगत पक्षको स्वत्व पक्रन सक्तैनौं ।
नेपाली राजनैतिक क्षेत्रको सांस्कृतिक जीवनलाई नियाल्दा के भन्न बाध्य होइन्छ भने एउटा विशेष परिवेशको चेतना हाम्रोजस्तो विशेष सांस्कृतिक परिवेशमा आउँदा आफ्नो स्वत्व गुमाएर आउँदो रहेछ । यहाँ राजनीतिको क्षेत्रमा विचारधारात्मक कार्यहरू धेरै भएका रहेनछन् ।
यसबाट के निष्कर्ष निस्कन्छ भने सभ्यता सिक्न सकिने र संस्कारचाहिँ आफै भित्रबाट प्रकट हुने कुरो रहेछ । नेपाली राजनैतिक क्षेत्रको सांस्कृतिक जीवनलाई नियाल्दा के भन्न बाध्य होइन्छ भने एउटा विशेष परिवेशको चेतना हाम्रोजस्तो विशेष सांस्कृतिक परिवेशमा आउँदा आफ्नो स्वत्व गुमाएर आउँदो रहेछ । यहाँ राजनीतिको क्षेत्रमा विचारधारात्मक कार्यहरू धेरै भएका रहेनछन् । अहिले राजनैतिक क्षेत्रको नेतृत्व विचारक- राजनेता (Statesmen) होइन रहेछ । यी वास्तविक नेतृत्व होइन रहेछ । यहाँ दार्शनिकहरू पनि जन्मेका रहेनछन् । भएको प्रस्तावित नेतृत्व पनि व्यवहारिक र इमान्दार रहेनछ । त्यसो भएकाले बाहिरबाट आएका युगीन र उत्कृष्ट विचारहरू पनि नेपाली रूपमा आएका रहेनछन् । 'रूप' उतैको, 'सार' हाम्रै संस्कारअनुकूलको भएछ ।
वास्तवमा त्यस्ता विचारहरू हाम्रो आन्दोलनमा आउँदा रूप हाम्रो राष्ट्रअनुकूलको र सार उतैको हुनुपर्ने हो । त्यस्ता सिद्धान्तहरू हाम्रा पथप्रदर्शक भएर आउनुपर्ने हो । तर यहाँ अनुकरण भएर पो आएको रहेछ, झण्डै अन्धानुकरण नै गरिएको रहेछ । अतः ती उत्कृष्ट र युगीन विचारहरू पनि हामीकहाँ स्वत्वहीन हुन पुगेको देखियो ।
समाजवादी चिन्तनका बाहकहरूमा व्यक्तिवादी निजी सम्पतिको मानसिकता हुनु, विलासी वर्गको ऐयासी जीवनबाट प्रभावित हुनु, पदमुखी- पैसामुखी हुनु, आत्मकेन्द्रित दृष्टिकोणले युक्त हुनु, सुविधाभोगमा लाग्नु, कार्यकर्तालाई हली - गोठालाजस्तो ठान्नु, जनताप्रति उदासीन रहनु र केवल भाषणमा मात्र ठूलठूला कुरा गर्नुलाई के समाजवादी संस्कृति भन्न सकिन्छ ?
युगीन सिद्धान्तहरूको यो दुर्गीत राजनीति वा अन्य क्षेत्रमा कुन रूप र मात्रामा भए, त्यसको लेखाजोखा त भविष्यमा होला नै । यहाँ त केवल तिनको सांस्कृतिक हिसाबले भएको दुर्गतिको मात्र चर्चा गरिएको हो । लोकतान्त्रिक विचारका अनुयायीहरूमा अन्ततः केंद्रियतावादी विचार पाइनु, तिनको व्यवहार सुविधाभोगी, कमिसनमुखी, भ्रष्टाचारमुखी र आफूमुखी हुनु, चाकरीमुखी, भाग्यभरोसे, चालबाज, नातावादी, हैकमवादी हुनुलाई के लोकतान्त्रिक संस्कृति भन्न मिल्छ ? यस्तैगरी समाजवादी चिन्तनका बाहकहरूमा व्यक्तिवादी निजी सम्पतिको मानसिकता हुनु, विलासी वर्गको ऐयासी जीवनबाट प्रभावित हुनु, पदमुखी- पैसामुखी हुनु, आत्मकेन्द्रित दृष्टिकोणले युक्त हुनु, सुविधाभोगमा लाग्नु, कार्यकर्तालाई हली - गोठालाजस्तो ठान्नु, जनताप्रति उदासीन रहनु र केवल भाषणमा मात्र ठूलठूला कुरा गर्नुलाई के समाजवादी संस्कृति भन्न सकिन्छ ? यसो भन्न पनि सकिँदैन र हिजोका सामन्तवादी सोचहरूलाई, प्रतिगामी विचारलाई, कुलीनतन्त्रलाई र अवैज्ञानिक रूढिचिन्तनलाई ठीक ठहऱ्याउन पनि सकिँदैन ।
यहाँ नेता-कार्यकर्ताहरूको मनःस्थिति कस्तो देखिन्छ भने उनीहरू जनतालाई मुक्ति ल्याई दिने देवदूतहरू हुन् । उनीहरू आफू परिवर्तन हुनु जरूरी छैन ।
महान विचारक कार्ल मार्क्सले भनेका थिए, 'संसार परिवर्तन गर्नका निम्ति आफू स्वयं नै परिवर्तन हुनु जरूरी छ ।' तर यहाँ नेता-कार्यकर्ताहरूको मनःस्थिति कस्तो देखिन्छ भने उनीहरू जनतालाई मुक्ति ल्याई दिने देवदूतहरू हुन् । उनीहरू आफू परिवर्तन हुनु जरूरी छैन । उनीहरूको जस्तोसुकै आचरण होस्, जस्तोसुकै नैतिक जीवन होस्, जस्तोसुकै व्यवहार होस्, त्यसबारे कसैले प्रश्न उठाउनु हुँदैन । किनभने उनीहरू मुक्तिदाता बनेर हिँडेका छन् । यत्ति भएपछि उनीहरू देवदूत भइहाले ! उनीहरूको पञ्चखत माफ हुन्छ ! आफ्नो समर्थक जतिसुकै तुच्छ भएपनि ऊ देवदूत नै ठहरिन्छ । यति भएपछि तिनलाई 'मुक्तिको लागि' आफूले के के न गरेको छु भन्ने पर्ने नै भयो । यसै भएर उनीहरूले आफूले गरेको 'त्याग'को ब्याज खोज्दछन् : मलाई पद चाहियो, म मन्त्री हुनुपर्यो, म सांसद हुनुपयो, म कमाण्डर हुनुपर्यो भनेर । उनीहरूको त्यो माग पूरा गर्न नेताहरूले लबिहरू खोल्छन् । कुन लबिको नेता कतिखेर बलियो हुन्छ र को को मालामाल बन्नेहुन् भन्ने कुरा ज्योतिषीसिबाय अरूले जान्दैनन् । हाम्रा दल र यिनका अग्रज तथा अनुयायीहरू रगतको, नाताको भावनाभन्दा माथि उठ्न सकेका छैनन् । समाजसेवाको - जनसेवाको सैद्धान्तिक एकात्मकताको उनीहरूलाई कुनै हेक्का नै छैन । उनीहरूले त क्रान्तिको ठेक्कामात्र लिएका छन् । क्रान्तिको निम्ति भनेर जोसित पनि चन्दा लिने र चन्दाप्राप्ति पछि ऊसितको वर्गीयको व्यवहारमा फरक गर्ने गरिन्छ । वास्तवमा वर्गीय भावनाको मनोवृत्तिबाट पार्टी र नेताहरू चलेकै छैनन् । सबै दलहरू आफ्नो दलीय
स्वार्थको वरिपरि झुम्मेका छन् । यसर्थ, यस्ता सांस्कृतिक- वैचारिक पक्षहरूमा आमूल परिवर्तनसँगै राजनीतिक पुनर्गठन गरिएन भने यहाँको प्रजातन्त्र र दलहरूको अधोगतितर्फको यात्रालाई कसैले रोक्न सक्दैन ।
मूल्याङ्कन, २०६२ जेठमा प्रकाशित

आशाको दियो

नेपाली मार्क्सवाद कागजदेखि कागजसम्म र सडकदेखि सडकसम्म कुदिरहेछ

पाठशाला

शिक्षक आन्दोलन, गणतन्त्र र पञ्चायती शैलीको दमन !

देशको आवश्यकता शिक्षाको ढाँचा परिवर्तन हो

लेनिन: क्रान्तिको कठोर अनुशासन र मानवीय संवेदना

के मार्क्सवादीहरुले सुधारका काम गर्नु हुन्छ ?

प्रतिक्रिया