आशाको दियो

सोभियत संघको विघटन भइसकेको छ  । चीन अझै समाजवादी रहन्छ कि रहँदैन भन्ने कुरा अब अनुसन्धानको विषय बनेको छ। त्यसैले अब प्रश्न उठ्छ: धार्मिक झुकाव भएको व्यक्ति बाहेक अरू कसैले किन अझै पनि वामपन्थी बन्नु र मानवजातिको समाजवादी भविष्यप्रति विश्वास गर्नुपर्ने हो? हालको वामपन्थको पतनसँगै पूँजीवाद फस्टाएको देखिएको भए, यो प्रश्न साँच्चिकै निर्णायक हुनेथियो  त्यो अवस्थामा वामपन्थको पतन यसको सैद्धान्तिक बुझाइमा रहेको गम्भीर कमजोरीका कारण भएको प्रमाणित हुनेथियो।

तर आजको विश्व पूँजीवादद्वारा चिन्हित छ—यस्तो पूँजीवाद जसले विशाल आर्थिक संकट र राजनीतिक दमन मात्र होइन, साक्षात् मानव संहार (genocide) लाई पनि अद्वितीय स्तरमा अगुवाइ गरिरहेको छ, जुन हालको सम्झनामा अकल्पनीय छ। मानवजातिको लागि आजको अवस्थामा जुनसुकै बाँच्न सकिने सम्भावित भविष्य छ भने त्यो समाजवादी भविष्य नै हो—त्यो भविष्य दुःखद र ढिलो भएर आउन सक्छ, तर हालको दलदलबाट उम्कनका लागि अपरिहार्य छ।

आर्थिक संकट प्रष्ट छ। अमेरिकी अर्थशास्त्री जोसेफ स्टिग्लिट्जले सन् २०११ मा एक औसत अमेरिकी पुरुष कामदारको वास्तविक तलब सन् १९६८ को तुलनामा अलिकति कम भएको निष्कर्ष निकालेका छन्; भारत र समग्र ग्लोबल साउथमा सन् १९९३–९४ र २०११–१२ को बीचमा पोषणसम्बन्धी अभाव बढेको तथ्यले यसलाई थप बल दिन्छ। यसले स्पष्ट पार्छ कि नवउदारवादी पूँजीवादको उत्कर्षकालमै पनि श्रमिक वर्गको पूर्ण दयनीयकरण (absolute immiserisation) भइरहेको थियो; अमेरिकी घरजग्गा ‘बबल’ (यथार्थताभन्दा परको कारोबार) को पतनपछि आएको आर्थिक मन्दी, जुन अहिले दीर्घकालीन स्थायीत्वहीनतामा परिणत भएको छ, र बढ्दो बेरोजगारीले तिनको अवस्था अझ खराब बनाइदिएको छ।

आजको विश्वभरि एकप्रकारको नव-फासिवादी (neo-fascist) बृहत् उत्थान देखिन्छ, जुन एकाधिकार पूँजीद्वारा समर्थित छ। यसले विमर्शलाई मोडिदिन्छ, जसले गर्दा एकाधिकार पूँजीको प्रभुत्वलाई हालको संकटबाट कुनै चुनौती नपुगोस्। भारतमा यो नव-फासिवाद र एकाधिकार पूँजीको गठबन्धन 'कॉर्पोरेट–हिन्दुत्व' गठबन्धनको रूपमा देखिएको छ।

मागमा मन्दी देखिँदा राज्य खर्च बढाउनु भन्ने केन्सेलीले सिफारिस गरेको उपाय नवउदारवादी पूँजीवादमा लागू हुँदैन। या त ठूलो राजकोषीय घाटाबाट या धनीमाथिको करबाट वित्तपोषित गरिएको अवस्थामा मात्र राज्य खर्चले रोजगारी बढाउँछ  । श्रमिकवर्गमाथि कर लगाएर राज्य खर्च बढाउँदा कुल मागमा कुनै वृद्धि हुँदैन, किनभने श्रमिकहरूले आफ्नो अधिकांश आम्दानी उपभोगमै खर्च गर्छन्।

यी दुवै उपायहरू वित्तीय पूँजी (finance capital) का लागि अस्वीकार्य छन्। आजको वित्त पूँजी विश्वव्यापी भएको छ, जबकि राष्ट्रहरू अझै पनि राष्ट्र-राज्यकै रूपमा छन्; त्यसैले राष्ट्रहरूले पूँजी पलायन (capital flight) बाट बच्न वित्तीय पूँजीको चाहना अनुसार चल्न बाध्य छन्। यसले स्थायीत्वहीनता (stagnation) रोक्ने केन्सेली उपायलाई असम्भव बनाउँछ; राष्ट्र-राज्यहरू यस मन्दीमाथि विजय पाउन असमर्थ छन्। आश्चर्य छैन कि आजको विश्वभरि एकप्रकारको नव-फासिवादी (neo-fascist) बृहत् उत्थान देखिन्छ, जुन एकाधिकार पूँजीद्वारा समर्थित छ। यसले विमर्शलाई मोडिदिन्छ, जसले गर्दा एकाधिकार पूँजीको प्रभुत्वलाई हालको संकटबाट कुनै चुनौती नपुगोस्। भारतमा यो नव-फासिवाद र एकाधिकार पूँजीको गठबन्धन 'कॉर्पोरेट–हिन्दुत्व' गठबन्धनको रूपमा देखिएको छ।

अहिलेको अवस्थामा, पूँजीवादले जनताका लागि आर्थिक संकट र राजनीतिक दमन दुवै ल्याएको छ, जुन कम्तीमा पछिल्लो अर्धशताब्दीकै सन्दर्भमा अभूतपूर्व हो।

नव-फासिवादी विमर्शले श्रमिक वर्गको विद्यमान आर्थिक पीडाबाट ध्यान मोडेर यसको सट्टा एउटा असहाय अल्पसंख्यक समूहमाथि केन्द्रित गर्दछ, जसलाई यसले ‘अरू’ (Others) को रूपमा चित्रण गर्छ र बहुसंख्यक समुदायभित्र त्यसको विरुद्ध घृणा उत्पन्न गर्छ; यसले एकाधिकार पूँजीको दृष्टिकोणबाट श्रमिक वर्गको एकता भंग गर्न र त्यसको प्रभुत्वविरुद्ध सामूहिक प्रतिरोध रोक्न ‘फाइदा’ थपिदिन्छ। अहिलेको अवस्थामा, पूँजीवादले जनताका लागि आर्थिक संकट र राजनीतिक दमन दुवै ल्याएको छ, जुन कम्तीमा पछिल्लो अर्धशताब्दीकै सन्दर्भमा अभूतपूर्व हो। थप रूपमा, नवउदारवादी पूँजीवादभित्र यो अवस्थाको अन्त्यको कुनै सम्भावना छैन: जुन संरचनागत बन्देजहरूले उदार बुर्जुवा प्रणालीमा राज्य हस्तक्षेपमार्फत संकट समाधान गर्न अवरोध गर्छन्, ती समान बन्देजहरू त्यतिबेला पनि लागु हुन्छन् जब राज्यको नेतृत्व नव-फासिवादीहरू सँग हुन्छ, किनभने वित्तीय पूँजीको राजकोषीय घाटा वा धनीमाथिको करप्रति विरोध नव-फासिवादी नेतृत्वमा पनि हट्दैन।

डोनाल्ड ट्रम्पको उच्च भन्सार शुल्क (tariff) मा गरेको निर्भरता यसै सन्दर्भमा बुझिनुपर्छ। जब राज्य खर्चमार्फत माग बढाउन सकिन्न, कुनै विशेष देशले आफ्नो माग बढाउने एक मात्र उपाय भनेको अरू देशहरूबाट त्यो माग खोस्नु हुन्छ—जसलाई ‘beggar-thy-neighbour’ नीति भनिन्छ। सन् १९३० को महामन्दीको समयमा, जापान र जर्मनीमा फासिवादी सरकारहरूले सैनिक खर्च बढाएर र ठूलो राजकोषीय घाटामार्फत त्यसलाई वित्तपोषण गरेर माग विस्तार गर्ने काम नगरेसम्म, गोल्ड स्ट्यान्डर्डको पतनपश्चात प्रतिस्पर्धात्मक विनिमय दरको गिरावटमार्फत ‘beggar-thy-neighbour’ नीतिहरू व्यापक थिए (त्यो बेला वित्तीय पूँजी विश्वव्यापी नभई राष्ट्रिय थियो र ठूलो राजकोषीय घाटा स्वीकार गर्न प्रेरित गर्न सकिन्थ्यो)।

जब राज्य खर्चमार्फत माग बढाउन सकिन्न, कुनै विशेष देशले आफ्नो माग बढाउने एक मात्र उपाय भनेको अरू देशहरूबाट त्यो माग खोस्नु हुन्छ—जसलाई ‘beggar-thy-neighbour’ नीति भनिन्छ।

ट्रम्पले शुल्कलाई हतियारको रूपमा प्रयोग गरेर यस्तै प्रकारको ‘beggar-thy-neighbour’ नीति सुरु गरेका छन्। यस्तो नीतिको सफलता कुनै विशेष देशका लागि यस कुरामा निर्भर गर्छ कि अरू देशहरूले जवाफी कदम चाल्छन् वा चाल्दैनन् . उनीहरूले जवाफमा उस्तै नीतिहरू अपनाए भने, सबै देशहरू सामूहिक रूपमा पहिलेभन्दा झन् खराब स्थितिमा पुग्छन्। वर्तमान अवस्थामा, ग्लोबल साउथका देशहरू जवाफी कार्यवाही नगर्न बाध्य पारिने सम्भावना छ—यहाँसम्म कि उनीहरूले अमेरिकाले आफ्नो शुल्क नबढाओस् भनेर आफ्नै शुल्क घटाउन सक्छन्। यसले ग्लोबल साउथका श्रमिक वर्ग, विशेष गरी भारतजस्ता देशका किसानहरूलाई अझै संकटमा पार्नेछ, खाद्य सुरक्षा नष्ट गर्नेछ, र यी देशहरूलाई भोकमरीको खतरा तर्फ धकेल्नेछ; जहाँ खाद्यान्न आत्मनिर्भरता पहिले नै परित्याग गरिएको छ, अफ्रिका त्यसको ज्वलन्त उदाहरण हो।

संसारभरि वामपन्थ नै फिलिस्तिनीहरूका पक्षमा सबैभन्दा निरन्तर उभिने शक्तिका रूपमा खडा भएको छ। मानवजातिको अस्तित्वका लागि र विवेक बचाइराख्न वामपन्थको ऐतिहासिक भूमिका अविवादित छ।

आजको पूँजीवादले निम्त्याएको आर्थिक संकट र राजनीतिक दमन प्रस्ट देखिन्छ, तर केहीले म गाजामा भइरहेको जनसंहारलाई पूँजीवादका अपराधहरूमा सामेल गरेकामा आपत्ति जनाउन सक्छन्। पूँजीवाद यहाँ कहाँबाट आइपुग्छ त? उनीहरू यस्तो प्रश्न उठाउन सक्छन्। केहीबेरका लागि उनीहरूको भनाइ स्वीकार गरौँ—बेंजामिन नेतन्याहुलाई ठूला पूँजीवादी शक्तिहरूबाट मिलिरहेको एकमत समर्थनलाई र साम्राज्यवादले इजरायललाई मध्यपूर्वमा आफ्ना प्रहरी (gendarme) को रूपमा प्रयोग गर्न खोजिरहेको स्पष्ट योजनालाई बेवास्ता गरौँ। तर त्यति हुँदा पनि एक कुरा अस्वीकार गर्न सकिन्न: संसारभरि वामपन्थ नै फिलिस्तिनीहरूका पक्षमा सबैभन्दा निरन्तर उभिने शक्तिका रूपमा खडा भएको छ। मानवजातिको अस्तित्वका लागि र विवेक बचाइराख्न वामपन्थको ऐतिहासिक भूमिका अविवादित छ।

www.telegraphindia.com बाट अनुदित । Image source: https://textumdergi.net