पाठशाला

हामी प्रयोगशालामा  प्रयोग गरिने मुसा हौ

जसले जसरी प्रयोग गरे पनि हुन्छ

मात्र हातमा लालपुर्जा हुनुपर्यो।

    

"परेवो बाह्रकोष देख्दो

बाज अठारकोष देख्दो

कुखुडो मुन्टा पढ्या देख्दो

बैकिनी  खुट्टा पढ्या देख्दी।"

आहान (उखान)

"आइमाईको दिमाग भाले कुखुराको जति पनि हुदैन।"

नेपाली  पितृसत्तात्मक व्यवस्थाले  बान्ता गरेको यो  भाले कुखुराको लालपुर्जावादी  सामाजिक  भाष्यले स्त्रीद्रोही "अजीर्ण" उल्टी गर्छ । "स्त्रीको दिमाग भाले कुखुराको जति पनि हुदैन  रे !" जबकि पुरुषहरुको दिमाग, दिमागहरुको सगरमाथा हो भनेर पितृसत्तात्मक व्यवस्थालाई मलजल गर्दै । नयाँ कुटाहरुले गोडमेल  गर्दै  आइरहेको छ ।

चाहे ती मनु, तुलसीदास, कान्ट, डेकार्ट, अरस्तु, प्लेटो आदि इत्यादि जोसुकै  लालपुर्जावादी कवि  र दार्शनिक  हुन। यिनीहरुको स्त्रीद्रोही, मानवद्रोही आँखाले  समग्र स्त्री र  भुइँवर्गका  पुरुषहरुलाई मान्छे नै देखदैनन्, मात्र दास देख्छन्।

यो कथित नेपाली "भाले सरस्वती" देखेर नआतिनु होला नि फेरि !  उता भारतीय  भाले सरस्वतीहरुले पनि स्त्रीको दिमाग घुडामा हुन्छ भन्छन्। त्यस्तै भाले  सरस्वती तुलसीदासले पनि स्त्रीलाई "ढोलबाजो" देख्छन् । त्यस्तै  पश्चिमा भाले मिनर्वाहरुले पनि स्त्रीलाई मान्छे देख्दैनन्। पश्चिमा भाले मिनर्वाहरुले स्त्रीलाई मान्छे देख्ने भए। भाले मिनर्वा  अरस्तुले  पुरुषको भन्दा स्त्रीको  दाँत कम हुने भएकोले पुरुषको  तुलनामा स्त्रीको  दिमाग कम हुन्छ भन्ने थिएनन् । त्यस्तै प्लेटोले पनि ईश्वरले आफूलाई स्त्री र दास नभई उच्च कुलीन स्वतन्त्र पुरुष बनाएर जन्म दिएकोमा ईश्वर तिमीलाई धन्यवाद छ भन्ने थिएनन् । आधुनिक बुद्धिवादका पिता मानिएका भाले मिनर्वा कान्टले पनि स्त्रीलाई मान्छे देख्दैनन्।

भाले मिनर्वा र भाले सरस्वतीका पाखण्डी प्रजातिहरु ।चाहे ती मनु, तुलसीदास, कान्ट, डेकार्ट, अरस्तु, प्लेटो आदि इत्यादि जोसुकै  लालपुर्जावादी कवि  र दार्शनिक  हुन। यिनीहरुको स्त्रीद्रोही, मानवद्रोही आँखाले  समग्र स्त्री र  भुइँवर्गका  पुरुषहरुलाई मान्छे नै देखदैनन्, मात्र दास देख्छन्। स्त्री र  दासवर्ग संवेदना र चेतना नभएका बस्तुसरी हुन् भन्ने लालपुर्जावादी कथित सामाजिक भाष्य यिनै कथित दार्शनिक र कविहरुले  बनाउदै आएका थिए, बनाउदै आएका छन् ।त्यसैको परिणामस्वरूप स्त्रीहरु अन्तिम उपनिवेश बनाइएका कमारी, सती -उपसती, सेक्स ट्वाइ निर्मला  हुन भने भुइँवर्गका  पुरुषहरू  प्राचीन दास  बनाइएका नव  उपनिवेश  रातो  बाकस  हुन्।

कसरी पुर्खेउली सम्पत्ति हुन्छ ? यसो गम्नुहोस त। यो पृथ्वीको डल्लो कसैका पुर्खाको मुखबाट झरेको डल्लो हो त ?

स्त्री र गरीब पुरुषहरुलाई  मान्छे नदेख्ने लालपुर्जावादी कथित  सामाजिक भाष्य भनेको कथित पुर्खेउली सम्पत्ति हुन्छ भन्ने गलत भाष्य जस्तै हो।

कसरी पुर्खेउली सम्पत्ति हुन्छ ? यसो गम्नुहोस त। यो पृथ्वीको डल्लो कसैका पुर्खाको मुखबाट झरेको डल्लो हो त ? होइन  नि!। अनि कसरी पुर्खेउली सम्पत्ति हुन्छ त ? जबकि जो - जो  वर्गले  यो  लालपुर्जावादी सत्ताको सरकारमा हालीमुहाली गर्‍यो, त्यही वर्गले सम्पत्ति कब्जा गर्ने हो । जसरी उचेलका सत्ताधारी वर्गले सम्पत्ति कब्जा गरे, त्यसरी नै अचेलका नयाँ सत्ताधारी वर्गले सम्पत्ति कब्जा गरेका छन् । अब देउपा प्रचण्ड मार्का कम्पनीका नातीपनातीहरुले पनि  यो मेरो पुर्खेउली सम्पत्ति हो भन्ने भाष्य स्थापित  गर्नेछन्, जसरी यो  मेरो पुर्खेउली सम्पत्ति हो  भन्ने  गलत भाष्य भूपू सत्ताधारी वर्गले गरेका छन् । हो, त्यसरी नै स्त्री र गरीब पुरुषहरुमा समवेदना र चेतना हुँदैन भन्ने गलत भाष्य स्थापित भएको  हो। ।जबकि अपवाद बाहेक सबै  मान्छेमा प्राकृति रुपमा  नै समभाव र मानवीय  चेतयुक्त हुन्छ ।  मान्छेभित्रको प्राकृतिक मानवीय  प्रेम र  चेतनालाई  त लालपुर्जाका मुखहरुले  निलेको न हो ! यस्तै अपवाद  बाहेक सबै स्त्री पुरुषको दाँत र दिमाग बराबर हुन्छ। मात्र फरक के हो भने मान्छेको दिमागी बिउले, मान्छेको  पात्रता  अनुसार अन्कुर हुने अवसर पायो कि  पाएन ? यति न फरक हो।

 "कसरी हुन सक्छ कि ?

  ईश्वरले यो जगत बनायो

  कसरी हुन सक्छ कि?

  ईश्वरले दुख र कष्टको जिन्दगी बनायो

  यदि त्यो ईश्वरले

  यस्तो विसाक्त जीवन र जगत बनाएको हो भने

   न त्यो ईश्वर सुन्दर छ

  न त्यो ईश्वर सर्वशक्तिमान छ

   न नै त्यो ईश्वरको अस्तित्व छ ।"

युवराज सिद्धार्थ

https://upload.wikimedia.org

लालपुर्जावादी सत्ताले  सिद्धार्थ ज्ञान प्राप्त  गर्न जङ्गल जानाको कारण बनाएर बुढो रोगीको काल्पनिक कथा किन रच्यो त? प्रष्ट छ सिद्धार्थले आफू सानो छँदा नै ईश्वरीय संस्थामाथि सन्देह गरेर प्रश्न उठान गरेपछि ईश्वरीय संस्थालाई ढाकछोप गर्न  लालपुर्जावादी सत्ताले बुढोरोगीको मनगढन्त कथा रच्यो।

युवराज सिद्धार्थको मनमा सानो छ्दा नै यस्तो प्रश्न उठथ्यो। तर लालपुर्जावादीहरुको सत्ता नै एकसूत्रीय छलछाम, षड्यन्त्र र भाग्यवादमा चल्ने ईश्वरीय संस्था  हो। यसर्थ  लालपुर्जावादी सत्ताले  काल्पनिक काथा  गढ्दै  भन्यो– सिद्धार्थले  बूढो, रोगी, जोगी र मृत्यु मान्छे देखे। यी चार स्थितिका (एकजना पनि स्त्री छैनन् )  मान्छे देखेपछि सिद्धार्थको मनमा बैराग्य उत्पन्न भयो। उनी ज्ञान प्राप्त गर्न उन्तीस वर्षको उमेरमा जङ्गलतिर प्रस्तान गरे। जबकि सत्यतथ्य यो हो कि सिद्धार्थले गृहत्याग गर्दा सिद्धार्थका आमाबुबाको उमेर अस्सी वर्षको भन्दा अधिक थियो।अनि सिद्धार्थले आफ्नै आमाबुबालाई बूढो देखेनन त ? जबकि बुद्धग्रन्थमा सिद्धार्थले आफ्ना आमाबुबासंग संवाद गरेको देखिन्छ। अनि के सिद्धार्थले आफ्ना आमाबुबासँग कुराकानी गर्दा आँखा चिम्म गरेर कुरा गरे होलान त ? त्यस्तो होइन।सिद्धार्थले आफ्ना आमाबुबालाई बूढो र रोगी पनि देखे। उनको दरबारमा आइरहने जोगीहरु पनि देखे। आफ्नै आमा मायादेवीको मृत्युको बारेमा पनि उनी अवगत थिए। अनि लालपुर्जावादी सत्ताले  सिद्धार्थ ज्ञान प्राप्त  गर्न जङ्गल जानाको कारण बनाएर बुढो रोगीको काल्पनिक कथा किन रच्यो त? प्रष्ट छ सिद्धार्थले आफू सानो छँदा नै ईश्वरीय संस्थामाथि सन्देह गरेर प्रश्न उठान गरेपछि ईश्वरीय संस्थालाई ढाकछोप गर्न  लालपुर्जावादी सत्ताले बुढोरोगीको मनगढन्त कथा रच्यो।

यति मात्र कहाँ हो र ! जब ६ वर्ष ध्यान गरेर सिद्धार्थ बुद्द बने, बुद्धले आत्मा र ईश्वर हुँदैन भन्दै आफूलाई नास्तिक घोषणा  गर्दै  भने –  ‘‘सत्य नै ईश्वर हो। परम सत्य नै परमेश्वर हो।" ऋत" (  प्रकृति, निसर्ग, सनातन, धर्म  सृष्टि ) नै ईश्वर हो। ऋतको नियम नै ईश्वरीय नियम हो। ऋतको नियम द्रारा नै यो संसारको चक्र चल्छ। यो सारा भौतिक जगत स साना परमाणु कणले बनेको छ । यो "कलाप" (atom भगवान बुद्धले प्रयोग गर्नुभएको शब्द कलाप ) सतत प्रकम्पन र परिवर्तन भैरहन्छ।"

हामीले  पढने स्कुलको पाठ्यपुस्तकमा बुद्ध नास्तिक थिए। उनले कलापको नियमद्वारा संसार बनेको छ  भन्ने यथार्थ कुरा न पढाइयो, न पाठयपुस्तकमा नै थियो। हामीले स्कुलमा पढेको भनेको त्यही रोगी, जोगी...र दुख छ, दुखको कारण छ भन्ने कुरा मात्र पढेका हौं। बुद्धवादको सत्यतथ्य ज्ञान आम जनता माझ न प्रचारप्रसार गरिन्छ, न त पढाइन्छ नै ।

उनी फेरि  हामी  जस्तो  आममान्छे पनि होइनन् ।उनी  त बुद्ध हुन् । अनि बुद्धले मान्छेद्वारा मान्छेलाई गरीने अपमान, शोषण, दलन, तुच्छताको सहअस्तित्वविहीन बर्गबोध पनि बुझेनन् होला त?

अचेल गम्छु– सामाजिक पद्धति, प्रकृतिको  ऋत, मनुष्यको  मनोविज्ञान, दुख छ, दुखको  कारण छ भनी बुझ्ने बुद्धले के साँच्चै बन फडानी गर्नेको खेत पनि आफ्नो हुनुपर्छ भन्ने सामन्य ज्ञान पनि बुझेनन् होला त? के उनले मौजा र बिर्ताप्रथा  पनि  बुझेनन् होला त ? के उनले वर्गीय वर्गीकरणमा  आधारित, सामाजिक अर्थतन्त्र पनि बुझेनन् होला त? उनी फेरि  हामी  जस्तो  आममान्छे पनि होइनन् ।उनी  त बुद्ध हुन् । अनि बुद्धले मान्छेद्वारा मान्छेलाई गरीने अपमान, शोषण, दलन, तुच्छताको सहअस्तित्वविहीन बर्गबोध पनि बुझेनन् होला त? अवश्य पनि  बुझे होलान। तर तिगडम लालपुर्जावादी सत्ताले  म्याकियाबेली सिद्धान्त लागू गर्दै भगवान बुद्धले वर्गको बारेमा बोलेका  वर्गीय तथ्य हरुलाई  लालपुर्जावादी षड्यन्त्रको ढडियामा  डम्पिङ गरिदियो  होला।

लालापुर्जा बोक्ने पाठशालाले हामीलाई स्त्रीत्व , जात ब्यवस्था, बुद्धवाद, बर्गवादको बारेमा  मात्र  सत्यतथ्य ढाकछोप गरेर गलत शिक्षा पढाइएको हुँदैन । इतिहास र देशको  बारेमा  पनि  गुमराह  गर्छ। जस्तैः  इजरायल र फिलिस्तिनको बारेमा पनि यिनको इतिहास के हो? कसको देश हो।यो  बारेमा सत्यतथ्य जानकारी दिदैन। जस्तैः

 मेरी पुत्र जिसस जन्मिएको दुइहजार  पच्चीस  वर्ष भयो। (सन २०२५) त्यो भन्दा लगभग एक्काइस सय पचास वर्ष इब्राहिम (अब्राहम) को  जन्म भयो। यिनै हजरत  इब्राहिमले मुर्ति पूजाको विरोध गर्दै एक ईश्वरीय आस्थाको आधारमा काबाको स्थापना गरे। यिनै इब्राहिम र यिनका छोरा इस्माइल मिलेर मक्का शहरको पनि स्थापना गरे। काबा र मक्का शहरको स्थापना गर्ने हजरत इब्राहिमका थुप्रै श्रीमतीहरु थिए। ती मध्ये जेठी श्रीमती हजरबाट इस्माइल जन्मिए भने कान्छी श्रीमती साराबाट आइज्याक जन्मिए। आइज्याकलाई  इसाहक भनेर पनि सम्बोधन गरिन्छ। यिनै आइज्याकका छोराको नाम ज्याकब हो। ज्याकबलाई याकुब र इजरायल नामले पनि सम्बोधन गरिन्छ। यिनै इजरायलका अर्थात ज्याकबका बाह्रओटा छोरा जन्मिए। तिनै बाह्रओटा छोरा मध्य एकजानाको नाम जुडाहा हो। जसलाई यहुदा पनि भनिन्छ । यिनै  यहुदाको सन्तानहरुलाई यहुदी भनिन्छ। अब हामिले बुझ्नु पर्ने कुरा कहाँ हो भने हजरत इब्राहिमकी जेठी श्रीमती  हजरको सन्तानबाट कालान्तरमा मोहम्मद पैगम्बर साहब जन्मिए। यिनै हजरत इब्राहिमकी कान्छी श्रीमतीका  सन्तानबाट यहुदा जन्मिए। अर्थात अरबी मुलका कबिला र यहुदी मुलका कविला एकै हजरत इब्राहिमका बंशज  सन्तान हुन्। यी दुबैले हजरत इब्राहिमलाई आफ्नो पैगम्बर मान्छन् ।

पुरातनकालदेखि नै  यहुदीहरुको  आफ्नै देश थियो, जसलाई इजरायल किङ्डम भनिन्छ । पछि  न्यु टेस्टामेन्टको बाइबल बोक्ने रोमन साम्राज्यले यहुदीहरुको देश खाँदै, यहुदीहरुलाई दास बनाइ बेचबिखन गर्दै, पशु धपाएझैं धपाउदै, यहुदीहरुलाई बिश्वभरि तितरबितर हुन बाध्य बनायो । यसर्थ यहुदी जहाँ गए यिनीहरुलाई दास र अछुतझैं व्यवहार गरीयो।  यिनीहरुलाई शहरको अलगथलग इलाकामा राखियो, जुन इलाकालाई" गेटो "भनिन्थ्यो। यहुदी शब्द नै गाली बनाइयो । बेला बेलामा यिनीहरुको  सामुहिक हत्या गरियो, जसलाई प्रोग्रोम भनिन्छ।

मानव समाजको दिमागले  दास युगको  पाठशाला झेल्यो। अचेल ककटेल सामन्तवाद र  पुजीवादी  पाठशालाको चिन्तन  सामग्री उपभोग गर्दै र चिर्दै  पनि आइरहेको छ ।

साम्राज्यहरु  बन्ने र ढल्ने क्रममा अरब साम्राज्यले  रोमन  साम्राज्यलाई  परास्त  गर्दै  यहुदा  किङ्डममाथि फतेह  गर्यो। अरब मुस्लिम  साम्राज्यले फिलिस्तीयाको  नाम फिलिस्तीन राख्यो।  फिलिस्तिनीहरु फिलिस्तिनी  बनेको  नै हाजार वर्ष  नाघिसक्यो। हिटलरी  नाजीवादद्वारा  साठीलाख  यहुदीहरुको  जेनोसाइड  गरिदिएपछि इजरायली फेरि इजरायल फर्किए। इजरायल देश बन्यो। अब प्रश्न उठछ? फेरि यिनीहरुको लडाइँको मुल चुरो के हो त जबकी  यहुदी र अरबी  मुसलमानका पुर्खा हजरत इब्राहिमलाई यी दुबैले आफ्नो पैगम्बर मान्छन्। फेरि अरब  साम्राज्यवादले यहुदीहरुलाई  धपाएको पनि होइन। अरबी  मुसलमान त यहुदीहरुलाई  माया  गरेर आफ्नै भैयार मानेर मिलीजुली बस्न  चाहान्छन्। तर धर्म साम्राज्य, तेल साम्राज्य र हतियार साम्राज्यको कमाण्ड समातेको  अमेरिकी साम्राज्यवाद फिलिस्थिनी र यहुदीहरुबिच मेलमिलाप नै चाहँदैन। त्यसैले त एकातिर हमासलाई फण्डिङ गर्दै अर्कोतिर इजरायललाई हतियार बेच्दै पूरै अरब देशहरुमा आफ्नो  आधिपत्य चाहन्छ।

मानव समाजको दिमागले  दास युगको  पाठशाला झेल्यो। अचेल ककटेल सामन्तवाद र  पुजीवादी  पाठशालाको चिन्तन  सामग्री उपभोग गर्दै र चिर्दै  पनि आइरहेको छ । यस्तै-  यस्तै सिलसिलामा  मानविय हातहरुले दास युगका भौतिक साङ्ला चुडाले जस्तै एकदिन सबै क्षेत्रका  ककटेल  सामन्ती र  पुजीवादी साङ्ला पनि चुडल्ने नै छ।  यही नै इतिहासको पात्रता हो।

नोट:-

मिनर्वा  =  रोममा  बुद्दीकी देबीलाइ  मिनर्वा भनिन्छ, यता सरस्वतीलाई भनिए झैं ।

भगवान - जागृत मान्छेलाई भगवान भनिन्छ।

ईश्वर - जसले यो ब्रह्माण्ड बनायो उहीँ एक ईश्वर हो भन्ने एक आस्तिक धारणा।

बैकिनी-  अर्थ महिला ।