एमसीसी स्थायी रुपमा बन्द गर्दै अमेरिका

चार दर्जनभन्दा बढी विकासोन्मुख देशहरुसँग साझेदारी गरिररहेको अमेरिकाको विदेशी सहायता एजेन्सी एमसीसी (Millennium Challenge Corporation) चाँडै स्थायी रुपमा बन्द हुने भएको छ ।
एलन मस्कको नेतृत्वमा रहेको Department of Government Efficiency (DOGE) ले उक्त निर्णय गरेको हो । त्यसबारे उक्त परियोजनाका सबै कर्मचारीहरुलाई इमेलमार्फत् जानकारी समेत पठाइसकेको छ ।
एमसीसी परियोजनामा नेपाल समेत संलग्न छ । उक्त परियोजनामा नेपाल सहभागी हुने सवालमा नेपालमा निक्कै विवाद समेत भएको थियो । उक्त परियोजना अमेरिकी सैन्य रणनीतिअन्तर्गत रहेको र त्यसका प्रावधानहरुले नेपालको सार्वभौमिकतालाई समेत नस्वीकार्ने भनी व्यापक आलोचना भएको थियो । पछि ‘अमेरिकी दवाब र धम्की’ खप्न नसकेपछि त्यसको विरोध गरिरहेका नेपालका वामदलहरुले समेत व्याख्यात्मक टिप्पणीसहितको ‘संसदबाट पारित गरिएको संकल्प प्रस्ताव’को सहारा लिएर एमसीसीलाई समर्थन र अनुमोदन गरेका थिए ।
उक्त परियोजनाअन्तर्गत नेपालमा कामहरु भइरहेका थिए र नेपाली पक्षले त्यसमा निक्कै ठूलो लगानी समेत खन्याइसकेका छन् । तर बीचैमा एमसीसी बन्द हुने भएपछि ती लगानीहरुको तथा एमसीसीअन्तर्गत चालु परियोजनाहरुको भविष्य अन्यौलग्रस्त भएको छ ।नेपालले झ्वाट्टै परियोजना बन्द नगरिदिन अनुरोध गर्दै ‘हिसाबकिताब मिलान गर्न तथा विकल्पको खोजीका लागि’ तीन महिनाको समय माग गरेको बुझिएको छ । नेपालले जस्तै मङ्गोलिया र सेनेगालले पनि तीन महिनाको तथा कोट डी आइभोरीले चाहिँ चार महिनाको समय माग गरेको छ ।
सन् २००४ मा तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू. बुश प्रशासनअन्तर्गत कांग्रेसद्वारा स्थापना गरिएको एमसीसीले हाल २० वटा निम्न-आय भएका देशहरूसँग $५.४ अर्बभन्दा बढीका सक्रिय अनुदानहरू कार्यान्वयन वा हस्ताक्षर गरिएको अवस्थामा राखेको छ।
हाल ३२० भन्दा बढी मानिसहरू कार्यरत रहेको एमसीसी परियोजनाका कर्मचारीहरुलाई स्वैच्छिक रूपमा समयअगावै अवकाश (Voluntary Early Retirement) तथा स्थगित राजीनामा (Deferred Resignation) प्रस्ताव गरिएको छ । उनीहरुलाई ९० दिनभित्र एमसीसीका सबै कार्यहरू अन्त्य गरिने जानकारी दिइएको छ ।
त्यसो त डोजका नेतृत्वबाट मस्क आफै पनि हट्ने कुरा चलेको छ । तर यसले पनि एमसीसी बन्द गर्ने निर्णयमा खासै फरक आउने छैन ।
–एजेन्सीहरुको सहयोगमा

शिक्षक आन्दोलनको अन्तर्य: कसरी हुन सक्छ यसले उठाएका मागहरुको सम्बोधन ?

के माओवादीमा प्रचण्डलाई प्रतिस्थापित गर्ने व्यक्ति नभएकै हो ?

कुलमान घिसिङको बर्खास्ती: उज्यालो निभाउने खेल !

सिरहा घटना: धर्मको अनुहारमै कालो पोतिएको आपराधिक कुकृत्य !

विश्वका महिलाहरूको भोट दिने र चुनिने हकको छोटो इतिहास

कुलमान घिसिङको मूल्यांकनमा ‘सरकारी प्रतिशोध’ !

संकटग्रस्त मुलुक, संवेदनशीलता शून्य नेतृत्व!

प्रतिक्रिया