मानव समाजलाई निश्चित आकार दिने 'प्रविधि' को ऐतिहासिक विकासक्रम

प्रविधिको इतिहास मानव सभ्यताको विकाससँग अभिन्न रूपले जोडिएको छ । प्रविधिको ऐतिहासिक विकासक्रमलाई बुझ्नको लागि प्रागऐतिहासिक कालदेखि लिएर आधुनिक युगसम्मको यात्राको विश्लेषण गर्नुपपर्दछ । प्रविधि भौतिक उपकणहरूको खोज र विकासको यात्रा मात्र होइन,  यो मानवको रचनात्मकता,  आवश्यकता,  समस्या र समाधानको गाथा पनि हो । प्रविधिको इतिहासबाट मानिसले कसरी आफ्नो बौद्धिक,  सामाजिक र भौतिक संसाधनहरूको उपयोग गरी प्रविधि र प्रणाली विकसित गर्‍यो भन्ने कुरा बुझ्न सकिन्छ । प्राविधिक विकासले जीवनलाई सरल बनाउने मात्र होइन,  यसले समाज,  अर्थ-व्यवस्था र संस्कृतिलाई पनि गहिराईपूर्वक प्रभावित गर्दछ ।

धेरै सामाजिक सिद्धान्त विभिन्न समाजशास्त्री र मानव-वैज्ञानिकहरूले निर्माण गरेका छन् । यी सिद्धान्त सामाजिक र सांस्कृतिक क्रान्तिसँग सम्बन्धित छन् । तिनीहरूमध्ये धेरैले मानव सभ्यताको विकासलाई प्रभावित गर्ने प्राथमिक कारक-तत्त्व प्राविधिक प्रगतिलाई मान्दछन् । महान समाजशास्त्री तथा मानवशास्त्री एल. एच. मोर्गनले सामाजिक विकासलाई तीन चरणमा विभाजित गरेका छन्,  जसमा जंगली,  बर्बर र सभ्यता युग पर्दछन् । यी चरणहरूलाई प्राविधिक कोशे ढुङ्गाको आधारमा विभाजित गर्न सकिन्छ । आगो यस्तो प्राविधिक उपलब्धिको एक उत्कृष्ट उदाहरण हो । ऊर्जा मानव सांस्कृतिक क्रान्तिलाई अगाडि बढाउने एउटा ठूलो परिमाण हो । ऊर्जामाथि नियन्त्रण गर्नु संस्कृतिको प्राथमिक कार्य हो । मानव विकास प्रक्रियामा मुख्यतः पाँच चरण रहेका छन्  । मानवका आफ्ना मांसपेशीहरूलाई ऊर्जाको स्रोतको रूपमा उपयोग गरिन्छ । घरपालुवा जनावरले ऊर्जा प्रदान गर्छन् । तेस्रो चरणणमा कृषि क्रान्तिको रूपमा वनस्पतिबाट ऊर्जा प्राप्त गरिन्छ । कोइला, तेल, ग्यास जस्ता प्राकृतिक स्रोत-साधनहरूलाई ऊर्जाको लागि अनुकूलित गरिन्छ । अन्तिम चरणमा परमाणु ऊर्जाको उपयोग गरिन्छ । यो सिद्धान्तको विस्तार रूसी खगोलशास्त्री निकोलाई कोर्दाशेभद्वारा गरिएको थियो । यसको माध्यमबाट कोर्दाशेभ परिमाणको निर्माण गरियो, जसको उपयोग उन्नत सभ्यताको ऊर्जा उपयोगलाई विभिन्न श्रेणीहरूमा वितरित गर्नको लागि गरिन्छ ।

वैज्ञानिक रिचर्ड लेन्स्कीको दृष्टिकोण मुख्यतः सूचनामाथि केन्द्रित थियो । उनले प्राकृतिक पर्यावरणको जानकारी र ज्ञान मानव समाजको विकास र उन्नतिलाई मापन गर्ने सर्वोत्तम विधि हो भन्ने कुरा स्पष्ट पारे । उनका अनुसार मानव विकासका चार चरण हुन्छन् । जीनले सूचना प्रसारित गर्नको लागि एक माध्यमको रूपमा काम गर्छन् । मानिसले आफ्ना अनुभवहरूको माध्यमबाट सूचना प्रसारित गर्न सिकेपछि संवेदना आर्जित हुन्छ । तेस्रो चरणमा मानिसले विभिन्न संकेतहरूको खोज र विकास गर्दछन् । चौथो चरणमा भाषाको विकास हुन्छ,  जसले अन्ततः लेखन प्रणालीको विकासलाई गति प्रदान गर्दछ । यसको अतिरिक्त उनले विभिन्न समाजलाई श्रेणीहरूमा विभाजित गरे । यी श्रेणीहरूमा प्रविधि,  संचार र आर्थिक स्थितिलाई मानेर तयार गरिएको छ ।  शिकारी/संग्रहणकर्ता,  सरल कृषि,  उन्नत कृषि र औद्योगिक स्थिति, आदि विषयमा पछि छलफल गरिन्छ । यसले समयावधि र भौगोलिक स्थानहरूको आधारमा प्रविधिको इतिहासलाई स्पष्ट पार्नेछ । 

पाषाण युगका सबभन्दा महत्त्वपूर्ण प्राविधिक प्रगति आगो,  ढुङ्गाका औजार र वस्त्र निर्माण थिए । आगोको उपयोग लगभग १५ लाख वर्ष पहिले गरिएको मानिन्छ । 

प्रविधिको प्राग-ऐतिहासिक काल अन्तर्गत पुरापाषाण युग हुँदै अधिकांश पाषाण युग  (२५ लाख वर्षपहिलेदेखि ३ हजार ईपूसम्म) को मानव जीवनशैलीमा औजार र स्थायी बस्तीहरूको संख्या धेरै सीमित थियो । त्यस कालका अधिकांश प्रमुख प्रविधि जीवित रहन,  शिकार गर्न र मुख्यतः खाना तयार गर्ने जस्ता उद्देश्य पूरा गर्नका लागि थिए । पाषाण युगका सबभन्दा महत्त्वपूर्ण प्राविधिक प्रगति आगो,  ढुङ्गाका औजार र वस्त्र निर्माण थिए । आगोको उपयोग लगभग १५ लाख वर्ष पहिले गरिएको मानिन्छ ।  ढुङ्गा र अन्य औजारहरूको उपयोग मानव पूर्वजहरूद्वारा लामो समयदेखि अर्थात् होमो सेपियन्सको उदय नहुँदैदेखि गरिंदै आएको हो । ओल्डोवन उद्योग लगभग २३ लाख वर्ष पहिले अस्तित्वमा थियो । यो मानवजातिको प्रमुख उद्योग थियो,  जसले विभिन्न प्रयोजनको लागि  ढुङ्गाका औजारहरूको विकास र निर्माण गर्दथ्यो । यद्यपि,  ढुङ्गाका औजारहरूको उपयोगको सबभन्दा पहिलो प्रमाण इथियोपियाको 'ग्रेट रिफ्ट' उपत्यकामा पाइएको छ । पाषाण युगको यो भागलाई पुरापाषाण युगको नामबाट जानिन्छ । यो युगमा मानवका आधारभूत आवश्यकता खाना,  सुरक्षा र संचारबाट प्रेरित प्रविधिको विकास भएको हो । आगोको खोजले सामाजिक जीवनलाई मोडिदिएको थियो । यही बेलामा गुफा चित्रकला र सम्प्रेषण प्रविधिको पनि विकास भएको मानिन्छ । 

ढुङ्गा मानवका प्राथमिक उपकरण थिए र यतिखेरसम्म कृषिको विकास भइसकेको थिएन । ढुङ्गालाई औजारको रूपमा उपयोग गर्नको लागि कठोर पत्थरको केन्द्रमा हथौडाले प्रहार गर्नुपर्छ । यो केन्द्रमा विशेष 'फ्लेकिङ' गुण थिए,  जुन हरेक ढुङ्गाका प्रकारको लागि अलग थिए । चिल्याउने प्रक्रियाको कारण ढुङ्गाको किनारामा तीखो धार उत्पन्न भयो, जसबाट यी उपयोगी उपकरण बन्नगए । यिनीहरूको प्राथमिक उपयोग काट्नु र कोतर्नु थियो । यिनीहरूमध्ये अधिकांश पत्थरका औजारहरूको उपयोग मानिसले शिकारी/संग्रहणकर्ताको जीवनशैलीको क्रममा गरेका थिए । उनीहरूले मासु काट्न,  जनावरका हड्डी तोड्न,  काठ काट्न,  अन्य खाद्यान्न र फलफूल काट्न,  जनावरहरूको शरीरको छाला काड्नको लागि ढुङ्गा, काठ, हड्डी आदिबाट अन्य उपकरण पनि बनाएका थिए । कच्चा पत्थरका औजारहरूलाई मानवद्वारा उपयोग गरिएका सबभन्दा शुरूवाती औजार मानिन्छ । यी पत्थर केवल हाते बञ्चरो र अन्य विशेष आकारकाका हाते औजारका अशुद्ध रूप थिए ।

https://i.pinimg.com

नव-पाषाण कालबाट पशुपालनको प्रारम्भिक शुरुवात पनि भयो । स्थायी निवास र भाँडाकुडाको शुरुवात गर्न थालियो । कपडा बुन्ने कामको पनि प्रारम्भिक शुरुवात भयो ।

कृषि प्रविधि र मूल तत्त्वहरूको विकास पाषाण युगको अन्तिम भागमा भयो,  जसलाई उत्तर पाषाण युग भनिन्छ । यो युगलाई नव-पाषाण काल (१० हजार ईपू -  ३०० ईपू)  पनि भन्ने गरिन्छ । यही कालबाट पशुपालनको प्रारम्भिक शुरुवात पनि भयो । स्थायी निवास र भाँडाकुडाको शुरुवात गर्न थालियो । कपडा बुन्ने कामको पनि प्रारम्भिक शुरुवात भयो । दुर्भाग्यवश,  पाषाण युगका मानवले आफ्नो संस्कृतिको कुनै लिखित प्रमाण छोडेनन् । उनीहरूको बारेमा पुरातात्विक स्थल, खोज र पाषाण युगपछि पाइएका लिखित अभिलेखहरूबाट थाहा पाइन्छ । यद्यपि यो प्राविधिक विकासमा क्रान्तिकारी परिवर्तन थियो । यसले मानव समाजलाई बदलिदियो । पहिलो पटक मानिसले प्रकृतिलाई नियन्त्रित गर्ने दिशामा कदम उठाए ।

नव-पाषाण क्रान्तिले पाषाण युगलाई  ताम्र एवम् कास्य युग (३ हजार ईपू -  १२ सय ईपू) मा विकसित गरिदियो । यसलाई धातु युग पनि भनिन्छ । यो क्रान्ति कालमा प्रविधिमा धेरै परिवर्तन भयो । यस अवधिमा कृषि एवम् पशुपालनको धेरै विकास भयो र स्थायी बस्तीमा पनि वृद्धि भयो । यसपछि धातु गाल्ने प्रक्रियाको पनि छिट्टै विकास भयो । यसलाई तामापछि काँसको रूपमा पेश गरिएको थियो । टीनलाई पगालेर तामा बनाइन्थ्यो । यद्यपि कास्य युगसम्म ढुङ्गाका औजारहरूको प्रयोग भने जारी रह्यो । शिल्पकारहरूसँग सामग्रीको अभाव थियो र ढुङ्गाका औजार ठूलो संख्यामा थिए, जबकि टीन जस्ता सामग्री र धातु प्राप्त गर्ने कुरा जटिल थियो । 'फर्टाइल क्रीसेन्ट'  ले यो प्राविधिक प्रविधिलाई जन्म दियो,  जुन समय र अगाडिको विकाससँगै लगातार विस्तारित हुँदै गयो । यद्यपि यिनीहरूमध्ये धेरै विकास सार्वभौमिक थिएनन्,  र अहिले पनि छैनन्,  जसले स्पष्ट रूपमा तीन युग प्रणालीले प्राविधिक इतिहासको मापनको रूपमा कार्य गर्न सक्दैनन् भन्ने दर्शाउँछन् । यो कथन विशेष रूपले यूरेशिया बाहिर रहने मानव आबादीमा लागू हुन्छ । 'स्पिनिफेक्स'  र 'सेन्टिनेलीज'  मानवसहित केही अन्य पृथक आबादीहरूमा पनि पाइन्छ,  जो यस्तो उमेर प्रणालीसँग सम्बन्धित हुन सक्दैनन् । अमेजन जनजातिसहित यी आबादी अझै पनि पाषाण युगका औजार र प्रविधिको उपयोग गर्दछन् तथा कृषि एवम् धातु युगको प्रविधिबिना नै रहन्छन् ।

https://karas.co.uk

कास्य युगसम्म ढुङ्गाका औजारहरूको प्रयोग भने जारी रह्यो । शिल्पकारहरूसँग सामग्रीको अभाव थियो र ढुङ्गाका औजार ठूलो संख्यामा थिए, जबकि टीन जस्ता सामग्री र धातु प्राप्त गर्ने कुरा जटिल थियो ।

फलाम पगाल्ने प्रविधिलाई अपनाउनु लौह युग (१२ सय -  ५ सय ईपू ) को प्रमुख र सबभन्दा महत्त्वपूर्ण घटकहरूमध्ये एक थियो । लौह युगमा काँसका औजारलाई कुनै अन्य धातुद्वारा प्रतिस्थापित गरियो, जसबाट काँसको तुलनामा धेरै बलिया औजार बनाउन संभव भयो । फलामका औजार पनि काँसका औजारहरूको तुलनामा धेरै सस्ता थिए । अधिकांश यूरेशियाली संस्कृतिमा लेखन प्रणाली र भाषा विकसित नभएको अवधिमा लौह युगलाई प्रविधिको इतिहासमा सबभन्दा महत्त्वपूर्ण चरण मानिन्छ । यद्यपि यो कुनै सार्वभौमिक मामिला थिएन । इस्पात निर्माणको लागि उच्च भट्टीयुक्त तापक्रमको आवश्यकता हुन्थ्यो,  जसबाट ठूलो परिमाणमा यसको उत्पादन तुलनात्मक रूपमा कठिन हुन्थ्यो । तर 'ब्लूमर आइरन'  लाई छाँटेर इस्पातको उत्पादन गर्नु पनि संभव थियो,  जसबाट अन्ततः कार्बनको मात्रालाई नियन्त्रणमा राख्न सकियो ।

तामा र टीनको तुलनामा फलाम अयस्क (कच्चा फलाम)  धेरै प्रसिद्ध थिए, किनकि तिनीहरू बलिया र धेरै सस्ता थिए । युरोपेली देशहरूमा धेरै पहाडी किल्ला थिए,  जसलाई युद्ध कालमा आश्रयको रूपमा उपयोग गर्नको लागि बनाइएको थियो अथवा कहिलेकहीँ तिनीहरूको उपयोग स्थायी आश्रमको रूपमा पनि गरिन्थ्यो । कुनै बेला कास्य युगमा निर्मित यी किल्लहरूको विस्तार गरिन्छ । बढ्दो आबादीको लागि बढी कृषि भूमि प्राप्त गर्नको लागि प्रबल फलामका बञ्चराहरूको उपयोग गरेर भूमि फडानीलाई धेरै प्रभावकारी बनाइयो ।

प्राचीन कालका सभ्यताहरूमा मानवजातिको महत्त्वपूर्ण विकासको कारण केही महान प्रविधि तथा इन्जिनियरिङ विकास र प्रगति भयो । संसारका समाज यी विकासबाट अत्याधिक प्रभावित भए र उनीहरूले उन्नत जीवनशैली तथा शासन-प्रणालीलाई अपनाए । मिश्रवासीहरूले अनेकौं सरल यन्त्रहरूलाई जन्म दिए र तिनीहरूको उपयोग गर्नलागे । र्‍याम्प (ढलानदार मार्ग) यस्तै नवप्रवर्तनको एक उत्कृष्ट उदाहरण हो । मिश्रका मानिसहरूद्वारा निर्माण कार्यमा सहायताको लागि यस्ता र्‍याम्पहरूको ठूलो मात्रामा उपयोग गरिन्थ्यो ।  यसबाट भारी पत्थरहरूलाई माथि चढाउने काम गरिन्थ्यो । मिश्रमा ईपू २५८० आसपासमा गीजाको परिमिड लगयात अरू धेरै परिमिड निर्माण गरिएका थिए । यी तत्कालीन प्रविधि प्रयोग गरेर बनाइएका अनुपम नमूना हुन् । यसका लागि चुन पत्थर र ग्रेनाइडको प्रयोग गरिएको थियो । मिश्रमा नै सटिक गणितीय मापन पिरामिडहरूको संरेखणसँगै गरिएको थियो । यहाँ स्तम्भको निर्माण पनि गरिएको थियो र धेरै मन्दिरहरू पनि निर्माण गरिएका थिए ।

https://i.ytimg.com

करिब २६०० ईपू आसपासमा शव संरक्षणको उन्नत प्रविधिको रूपमा ममीकरणको विकास भएको थियो । प्राचीन मिश्रका मानिसहरूले भाँचिएका हड्डी,  दाँत र टाउकाका चोटहरूको उपचार गर्थे । उनीहरूले पानी तान्ने शादूफको विकास गरेका थिए ।

मिश्रमा हाइरोग्लिफिक लिपिको विकास भएको थियो । ईपू ३२०० तिर यहाँ चित्रात्मक लेखन प्रणालीको विकास भएको देखिन्छ । ईपू ३००० तिर कागजको प्रारम्भिक रूप पनि यहाँ विकास भएको देखिन्छ,  जुन नाइल नदीको किनारामा उम्रिने पेपरिस वनस्पतिबाट बनाइन्थ्यो । करिब २६०० ईपू आसपासमा शव संरक्षणको उन्नत प्रविधिको रूपमा ममीकरणको विकास भएको थियो । प्राचीन मिश्रका मानिसहरूले भाँचिएका हड्डी,  दाँत र टाउकाका चोटहरूको उपचार गर्थे । उनीहरूले पानी तान्ने शादूफको विकास गरेका थिए । त्यसरी नै नाइल नदीको बाढीको पानीलाई खेतमा नियन्त्रण गर्ने प्रविधि बेसिन सिंचाईको पनि विकास गरेका थिए । मिश्रका मानिसले तामा र टीनको मिश्रण गरेर कास्य निर्माण गरे । उनीहरूले सुनका आभूषण पनि बनाएका थिए । उनीहरूले नाइल नदीमा पपाइरस नौका बनाएर उपयोग गरेका थिए र स्थल मार्गको रथको पनि उपयोग गरेका थिए । उनीहरूले नाइल नदीको बाढीको आधारमा ३६५ दिनको सौर्य क्यालेन्डर पनि बनाएका थिए । मिश्रवासीहरूले पिरामिडको निर्माणको लागि ज्यामिति र अंशहरूको उपयोग गरेका थिए । यसप्रकार मिश्रको प्रविधि वास्तुकला,  चिकित्सा,  लेखन र इन्जिनियरिङमा त्यसबेलाको अवस्थामा अग्रणी थियो । उनीहरूको खोजले आधुनिक विज्ञानको जग निर्माण गर्‍यो । मिश्रवासीहरूको प्राविधिक विकासले आजका शोधकर्ताहरूलाई पनि प्रेरित गर्दछ ।

सिन्धु घाँटीको सभ्यता (लगभग २६०० - १९०० ईपू)  शहर व्यवस्थापन र स्वच्छ प्रविधिको लागि प्रसिद्ध थियो । यसलाई हडप्पा सभ्यता पनि भनिन्छ । यो प्राचीन विश्वमा एक उन्नत सभ्यतामध्ये एक थियो । यसले शहर व्यवस्थापन,  धातुकर्म,  जल व्यवस्थापन र  व्यापारमा अद्भूत प्रगति गरेको थियो । यो सभ्यता एक समृद्ध क्षेत्रमा रहेको थियो, जहाँ स्रोत-साधनहरूको पूर्ण उपयोग कसरी गर्न सकिन्छ भन्ने कुरा राम्रोसँग थाहा थियो । मोहनजोदडोमा केही प्यानल पाइएका छन्,  जसले नाउको प्रविधिलाई दर्शाउँछ ।

सिन्धुघाँटी सभ्यताको अवशेष । https://www.whoi.edu

सिन्धुबासीहरूले चर्ट पत्थरबाट निर्मित दशमलव प्रणालीमा आधारित सटीक तौलको प्रयोग गर्थे । हात्ती दाँत र रूलरबाट स्केल बनाएर मापन गर्थे ।

सिन्धुवासीहरूले ग्रिड पद्धतिमा आधारित शहर व्यवस्थापन गरेका थिए । मोहनजोदडो,  हडप्पा,  धोलावीरा जस्ता शहर योजनाबद्ध ग्रिड प्रणालीमा बनेका थिए । यहाँका सडकहरू उत्तर-दक्षिण र पूर्व-पश्चिम समकोणमा काटिएका थिए । जल निकासी प्रविधिमा ईंटा र पत्थरबाट निर्मित ढाकिएका नालीहरू निर्माण गरिएका थिए । जलरोधी ईंटा र बिटुमेनको उपयोग गरेर स्नानघर बनाइएका थिए । पक्की ईंटाहरूको उपयोग गरेर बाढीबाट सुरक्षित भवनहरूको निर्माण गरिएको थियो । हडप्पामा अन्न राख्नको लागि विशाल अन्न भण्डार गोदाम बनाइएको थियो । सिन्धु उपत्यकामा कास्य औजार चक्कु,  बञ्चरो र आरी निर्माण गरिएको पाइन्छ । सुन र चाँदीका चुरा र आभूषण पनि निर्माण गरिएको पाइएको छ ।

सिन्धुबासीहरूले चर्ट पत्थरबाट निर्मित दशमलव प्रणालीमा आधारित सटीक तौलको प्रयोग गर्थे । हात्ती दाँत र रूलरबाट स्केल बनाएर मापन गर्थे । यहाँ राता र काला रंगका चकबाट माटाका भाँडा बनाएर उपयोग गरिएको पाइएको छ । यसरी नै उच्च तामपक्रममा पकाइएका पालिसयुक्त भाँडाहरू पनि प्रयोग गरिएको पाइएको छ । सिन्धुवासीहरूले गहुँ, जौ, कपास र तिलको खेती गर्थे । उनीहरू नील र अन्य प्राकृतिक रंगहरूको प्रयोग गरेर वस्त्र उत्पादन गर्थे । उनीहरूले संसारमा सबभन्दा पहिले कपासको उत्पादन गरेका थिए । सिचाईंको लागि उनीहरू नहर र कुवा निर्माण गर्थे । उनीहरूले अहिलेसम्म बुझ्न नसकिएको लगभग ४००-६०० चिन्ह भएको आफ्नै लेखन र संचारको विकास गरेका थिए । यिनीहरू मोहर,  माटाका भाँडा र अन्य चीजहरूमा अंकित थिए । उनीहरूले मेसोपोटामिया, ओमान र पर्सियासँग मोती,  हात्ती दाँत र तामाको व्यापार गर्थे । उनीहरूले गोरु गाडाको पनि प्रयोग गर्थे । सिन्धवासीहरूले पासा र चेस जस्ता खेलहरूको विकास गरेका थिए । मोहनजोदडोबाट हात्तीका दाँतबाट बनेका पासा पाइएका छन् । यसरी सिन्धु घाँटी सभ्यताले शहरीकरण,  जल व्यवस्थापन,  धातुकर्म,  वास्तुकला प्रविधिमा उल्लेखनीय प्रगति गरेको पाइन्छ । उनीहरूको प्रविधिलाई आधुनिक इन्जिनियरिङको लागि धेरै महत्त्वपूर्ण मानिन्छ ।

प्राचीन भारतमा वास्तुशास्त्रीय प्रविधि,  इन्जिनियरिङ,  आदि क्षेत्रमा उत्कृष्ट रूपमा विकास भएको थियो । यहाँ लौह युगको शुरुवातमा ईपू १८०० तिर तामिलनाडु र गंगा उपत्यकामा उच्च गुणस्तरका इस्पात निर्माण गरिएको थियो । सन् ४०० को दिल्लीको फलामे स्तम्भमा फस्फोरस मिश्रित खिया प्रतिरोधी प्रविधिको प्रयोग गरिएको थियो । मौर्य एवम् गुप्त काल (२३३ ईपू -  सन् ५५०) मा पटनादेखि तक्षशिलासम्म चन्द्रगुप्त मौर्य राजमार्ग बनाइएको थियो । यही कालमा अजन्ता,  एलोरा जस्ता गुफाहरू निर्माण भएका थिए । द्रविड शैलीमा महाबलीपुरमको शोर मन्दिर र नगर शैलीमा खजुराहो र कोर्णक सूर्य मन्दिर बनाइएको थियो । चोल राजवंशको पालमा तमिलनाडुमा ग्रेन्ट अनिकट निर्माण गरिएको थियो । राजेस्थानमा जोहड प्रणालीबाट कुवा र तलाउ निर्माण गरिएको थियो । यहाँ छैटौं शताब्दी ईपूदेखि फलामको हलोको प्रयोग भएको पाइन्छ । बाढी सिंचाई पद्धतिबाट धानको खेती गरिएको देखिन्छ ।

अजन्ता–एलोराका गुफाहरु । https://blog.postel-deluxe.ru/

सन् ४०० को दिल्लीको फलामे स्तम्भमा फस्फोरस मिश्रित खिया प्रतिरोधी प्रविधिको प्रयोग गरिएको थियो । मौर्य एवम् गुप्त काल (२३३ ईपू -  सन् ५५०) मा पटनादेखि तक्षशिलासम्म चन्द्रगुप्त मौर्य राजमार्ग बनाइएको थियो । यही कालमा अजन्ता,  एलोरा जस्ता गुफाहरू निर्माण भएका थिए ।

प्राचीन भारतमा चरक संहिता र सुश्रुत संहितामा शल्य चिकित्सा प्रविधिको उल्लेख पाइन्छ । राइनोप्लास्टी प्रविधिको पनि उल्लेख पाइन्छ । सन् ४९९ मा आर्यभट्टले शून्य र पाइको अवधारणा विकसित गरेका थिए । भास्करले बिजगणितको विकास गरेका थिए । गुजरातमा प्राचीन बन्दरगाह र जहाज निर्माण गरिएको प्रमाण पाइएको छ । प्राचीन भारतमा मलमलको कपडा निर्माण हुन्थ्यो । कास्य ढलाई गरेर विभिन्न उपभोग्य औजार र हतियार निर्माण गरिन्थ्यो । यसरी प्राचीन भारतले इन्जिनियरिङ, गणित,  चिकित्सा,  कृषि र वास्तुकला प्रविधिमा धेरै विकास गरेको थियो ।

मेसोपोटामिया (लगभग ३५०० - ५०० ईपू)  सभ्यताले प्रविधिको क्षेत्रमा क्रान्तिकारी आविष्कार गरेको थियो । मेसोपोटामिया सुमेरियन, आसिरियन र बेबेलोनियनहरूको सभ्यता थियो । यी समाजका मानिसहरूले नै चक्का (पाङ्ग्रा) को आविष्कार गरेका थिए भनिन्छ । यद्यपि प्रायः नयाँ आविष्कारबाट यसमा केही चुनौती देखिन्छन् । उनीहरू ईसापूर्व ४ हजारबाट नै सुव्यवस्थित शहरमा बस्थे । यस अवधिमा उनीहरूद्वारा उत्कृष्ट प्रकारले विकसित र परिष्कृत वास्तुकलाको विकास गरिएको थियो । माटो,  ईंटा र ढुङ्गा उनीहरूका निर्माण इन्जिनियरिङका प्रमुख घटक थिए । उनीहरूको निर्माण प्रविधिमा वास्तविक आर्क पनि एक मुख्य तत्त्व थियो ।

https://i.ytimg.com

मेसोपोटामियामा लेखन-प्रणालीको पनि विकास भएको थियो । त्यो प्रणालीको सबभन्दा प्रारम्भिक रूप 'क्यूनिफोर्म'  लिपि थियो । यो संसारको पहिलो लेखन प्रणाली थियो ।

बेबीलोनियावासीहरूद्वारा निर्मित पर्खाल यति विशाल थिए कि तिनीहरूलाई विश्वको आश्चर्य भनियो । मेसोपोटामियाका मानिसहरूद्वारा परिवहन,  सिंचाई र जलग्रहण प्रणालीको सन्दर्भमा पनि उन्नत प्रविधिको विकास गरिएको थियो । यी जल निकाय कहिलेकाहीँ दस किलोमीटरसम्म लामा हुन्थे । टिग्रिस र यूफ्रेटिस नदीबाट पानीको वितण गरिन्थ्यो । लिभरमा आधारित जल उठाउने यन्त्रको निर्माण गरिएको थियो । पहाडी उत्तरी क्षेत्र यस्ता इन्जिनियरिङका उत्कृष्ट उदाहरण हुन् । उनीहरूका घरमा परिष्कृत जल निकासी प्रणालीको उपयोग गरिन्थ्यो । गोरूद्वारा तानिने काठको हलो बनाइन्थ्यो । अन्न अलग गर्नको लागि पत्थरबाट बनेको थ्रेशिङ स्लेज बनाइएको थियो ।

मेसोपोटामियामा लेखन-प्रणालीको पनि विकास भएको थियो । त्यो प्रणालीको सबभन्दा प्रारम्भिक रूप 'क्यूनिफोर्म'  लिपि थियो । यो संसारको पहिलो लेखन प्रणाली थियो । यसमा माटाका तख्तामा त्रिकोणाकार निशानाबाट बनेका हुन्थे । यिनीहरूको प्रयोग व्यापारिक अभिलेख,  हम्मुरावी कोड र गिलमेश महाकाव्य लेखनमा गरिएको थियो ।  तिनीहरूका क्षेत्रमा अनेकौं माटाका तालिका र पत्थरका शिलालेख पाइएका छन् । माल गणनाका लागि यहाँ प्रतीकात्मक टोकनको प्रयोग गरिन्थ्यो । यी सभ्यताले औजार,  हतियार र मूर्तिकलाको लागि पनि कास्य प्रविधलाई अपनाएका थिए ।

बेबीलोनवासीहरूका खगोलीय डायरीहरूका अनुसार उनीहरू ग्रहको गति पत्ता लगाउन सक्थे । उनीहरू ग्रहणको भविष्यवाणी गर्नमा पनि सक्षम थिए । ईपु २१०० मा यहाँ  घामबाट सुकाइएका ईंटा र बिटुमेनबाट चरणबद्ध मन्दिर-स्तुप बनाइएको थियो । उर र बेबिलोन जस्ता शहरमा साँघुरा गल्ली र केन्द्रीय मन्दिर बनाइएका हुन्थे । आँगन केन्द्रित डिजाइनमा माटाका ईंटाहरूबाट निर्मित घर हुन्थे । कास्यका हतियार,  मूर्ति र औजार निर्माण गरिएका थिए  । सुन र चाँदीका आभूषण प्रयोग गरिन्थे । ईपू ३५०० मा यहाँ पाङ्ग्राको आविष्कार भएको थियो । युद्ध र परिवहनमा गाडी र रथको प्रयोग हुन्थ्यो । काठ र रीड्सबाट निर्मित नौकायन प्रयोग हुन्थ्यो । ६० सेकेण्ड,  ६० मिनेट र ३६० डिग्रीको अवधारणामा आधारित सेक्साजेसिमल संख्या प्रणालीको पनि यहाँ विकास भएको थियो । नक्षत्रहरूको अध्ययन र चन्द्र क्यालेन्डरको पनि यहाँबाट शुरु भएको थियो । यसरी मेसोमोटामियामा लेखन,  निर्माण,  वास्तुकला,  यान्त्रिकी,  आदि प्रविधिको विकास भएको थियो । यसबाट मानव सभ्यताको जग निर्माण भयो । यिनीहरूले आज पनि आधुनिक विज्ञानलाई प्रभावित गर्दछन् ।  

प्रथम ज्ञात खोज र विकासहरूको एक महत्त्वपूर्ण भाग चिनियाँहरूको खातामा उल्लेखित छ । प्राचीन चीन (१६०० ईपू -  २२० ई) ले संसारलाई धेरै महत्त्वपूर्ण आविष्कार दियो, जसमध्ये कयौं त आज पनि उपयोगमा छन् । प्राविधिक विकासमा उनीहरूको योगदानलाई धेरै महत्त्वपूर्ण रूपमा लिइन्छ । भूकम्पीय डिटेक्टर,  सलाई,  कागज,  स्लाइडिङ क्यालिपर्स,  दोहोरो कार्यक्षमता भएको पिस्टन पम्प,   कच्चा फलाम, फलामको हलो,  धेरै ट्यूबसँगै बीज ड्रिल,  ह्लील ब्यारो,  सस्पेन्सन ब्रिज,  प्यारासुट,  प्राकृतिक ग्यास र इन्धन,  कम्पास,   मानचित्र,  पंखा,  धनुषवाण,  दक्षिणसूचक रथ,  बारुद,  ब्ल्याक प्रिन्टिङ,  फस्फोरसेन्ट पेन्ट,  चल्ने प्रिन्टिङ,  नेट ड्राइभ,  घडी इस्केपमेन्ट प्रणाली,  आदि जस्ता धेरै प्रविधिको खोज गर्ने श्रेय चीनलाई जान्छ ।  कागजको आविष्कार सन् १०५ मा त्साई लुनले गरेका थिए । शुरुमा यसलाई बाँस,  रेशम र पुनारा कपडाबाट बनाइन्थ्यो । यसले शिक्षा र प्रशासनमा क्रान्ति ल्याएको थियो । चीनमा काठको ब्लक प्रिन्टिङको पनि निर्माण भएको थियो ।

सातौं शताब्दी ईपूदेखि चीनमा त्यतिबेलाको  उच्च इन्जिनियरिङ प्रविधिबाट महान पर्खालको निर्माण गरियो र यसको पछिसम्म निर्माणकार्यलाई निरन्तरता दिइएको थियो । ईसापूर्व २५६ मा डुजियाङयान सिंचाई प्रणालीबाट मिङ नदीमा संसारको सबभन्दा पुरानो कार्यात्मक बाँध निर्माण गरियो,  जुन आज पनि प्रयोगमा छ । चीनमा काठको वास्तुकलाबाट बलियो बीम र ब्रिकेट सिस्टम प्रयोग गरी प्यागोडा र महल निर्माण गरियो । शाङ राजवंश कालमा यहाँ अनुष्ठानिक कार्यको लागि जटिल कास्य पात्र निर्माण गरिएका थिए । त्यसरी नै सुन र जेडका आभूषण पनि बनाइएका थिए । कृषि उपकरण र हतियार बनाउको लागि ब्लास्ट फर्नेस प्रविधिको प्रयोग गरिएको थियो । ईपू १३० मा चीनमा रेशम मार्गको विस्तार गरियो,  जसको माध्यमबाट चीनदेखि रोमसम्म रेशम,  चिया र चिनियाँ माटोको व्यापार हुन्थ्यो । शाङ राजवंश कालमा युद्ध रथहरूको निर्माण गरिएको थियो । हान राजवंश कालमा कम्पासको आविष्कार गरियो । यो लोडस्टोन (चुम्बकीय पत्थर)  बाट बनेको थियो र नेभिगेसनमा प्रयोग गरिन्थ्यो ।

https://content.onliner.by

चीनका मिङ राजवंशका सम्राटहरूले दूरवर्ती क्षेत्रहरूको खोजको लागि ठूला जहाजहरू पठाएका थिए,  जसमध्ये केही अफ्रिकासम्म पुगे । यो कार्य पश्चिमी अन्वेषणको युगभन्दा दशकौं पहिले भएको थियो ।

चीनमा बारूदको पनि आविष्कार भएको हो । बारुद एक महत्त्वपूर्ण आविष्कार थियो,  किनकि यसले रकेटको लागि ठोस इन्धनको खोजको आधार प्रदान गर्‍यो । चीनका मिङ राजवंशका सम्राटहरूले दूरवर्ती क्षेत्रहरूको खोजको लागि ठूला जहाजहरू पठाएका थिए,  जसमध्ये केही अफ्रिकासम्म पुगे । यो कार्य पश्चिमी अन्वेषणको युगभन्दा दशकौं पहिले भएको थियो । चीनमा कृषि प्रविधिको विकाससँगै छैटौं शताब्दीमा फलामको हलोको आविष्कार भयो । यसको गहिरो जोताईबाट चामल र गहुँको उत्पादन वृद्धि भयो । यहाँ अन्न पिस्न र सिंचाईको लागि पानी चक्काको प्रयोग गरिन्थ्यो । ईपू १०० मा चीनमा एक्यूपङ्कचरको विकास भयो । यसको वर्णन हुआङ्दी नेइजिङ ग्रन्थमा पाइन्छ । प्राचीन चीनमा विकास भएको मुद्रण,  इन्जिनियरिङ,  वास्तुकला,  निर्माण,  धातुकला,  कृषि,  आदि प्रविधिले आधुनिक संसारमा गहन प्रभाव पारेको छ ।

रोमन साम्राज्य (२७ ईपू - ४७६ ईपू)  ले इन्जिनियरिङ,  निर्माण कला र सैन्य प्रविधिमा अभूतपूर्व प्रगति गरेको थियो,  जसले पश्चिमी सभ्यताको जग निर्माण गरेको थियो । गहन र उत्कृष्ट ढंगले व्यवस्थित कृषि प्रणाली रोमनहरूद्वारा विकसित गरिएको थियो । यी विकासहरूमा लौह युगका विद्यमान प्रविधिहरूको धेरै ठूलो योगदान थियो । उनीहरूले व्यक्तिहरूको स्वामित्वको लागि कानून लागू गरे । उन्नत पत्थर निर्माण प्रविधि,  सडक निर्माण प्रविधि,  सैन्य इन्जिनियरिङ,  सिभिल इन्जिनियरिङ,  कताई मेशिन,  बुनाई मेशिन,  ग्यालिक रीपर,  आदि प्रविधिको विकास रोमनहरूले गरेका हुन् । यी सबै प्रविधिले रोमन अर्थ-व्यवस्थालाई धेरै ठूलो सहायता प्रदान गरेको थियो । स्मारक आर्क,  जलसेतु,  सार्वजनिक स्नानघर,  एम्फिथियेटर,  बन्दरगाह,  जलाशय र बाँध,  गुम्बज,  कङ्क्रिट,  आदि प्रविधिको विकास पहिलो पटक रोममा नै भएको थियो ।

रोमनहरूद्वारा विकसित कङ्क्रिट टिकाउ थियो,  किनकि यो ज्वालामुखी प्रायद्वीपमा अवस्थित थियो । यी क्षेत्र बालुवाले भरिएका थिए र क्रिस्टलीय कणहरूको लागि उपयुक्त थिए । यस्ता रोमन भवनहरू २ हजार वर्षदेखि आजसम्म रहेका छन्,   जसले कङ्क्रिटको गुणस्तरीयताको प्रमाण दिन्छन् । सन् ८० मा निर्मित कोलोसियस भवन रेक्ट्रेक्टेबल छत प्रणालीबाट बनाइएको ५० हजार दर्शक क्षमता भएको थियो । यहाँ विश्वको सबभन्दा ठूलो अनअर्निफोर्स्ड कङ्क्रिट गुम्बज पेन्थियन पनि निर्माण भएको थियो । रोममा ३१२ ईपूमा विआ एप्पिया नामक ५५ हजार माइलको पक्की सडक निर्माण गरिएको थियो । यसको निर्माण प्रविधिमा चुना पत्थरमा कंकड र सिमेन्ट मिसाएर निर्माण गरिन्थ्यो । रोम शहरमा प्रतिदिन दस लाख लिटर जल आपूर्ति गर्ने पद्धतिको लागि ११ प्रमुख एक्वाडक्ट्सको विकास गरिएको थियो । पोन्ट डु गार्डमा ५० किलोमीटर लामो तीन स्तरीय आर्किटेक्चर बनाइएको थियो । रोममा समुन्द्री जलले केही गर्न नसक्ने आधुनिक कङ्क्रिटभन्दा बलियो रोमन कङ्क्रिट निर्माण गरिन्थ्यो । यसलाई चुना, ज्वालामुखी चूर्ण र ढुङ्गा मिसाएर बनाइन्यो । समृद्ध घर र सार्वजनिक स्नानघरहरूमा प्रथम पारदर्शी काँच राखिएका थिए ।

https://i.pinimg.com

रोमन प्रविधिले शहरीकरण,  सैन्य रणनीति,  निर्माण,  इन्जिनियरिङलाई नयाँ आयाम दिएको थियो ।

सैन्य प्रविधिको क्षेत्रमा पनि रोममा धेरै विकास भएको देखिन्छ । ५०० मीटरसम्म ढुङ्गा फ्याँक्ने यन्त्र बेलिस्टा र सटिक निसाना साँध्ने यन्त्र रोममा नै निर्माण भएको थियो । तीर र भालाबाट सुरक्षा गर्ने शील्ड वालको पनि निर्माण गरिएको थियो । यहाँ अन्न पिस्ने मेशिन  र हाइड्रोलिक माइनको पनि निर्माण गरिएको थियो । रोममा सन् १०५ मा डेन्यूब नदीमा  ११३५ मीटर लामो  ट्राजनको काठको पुल निर्माण गरिएको थियो । यहाँ १ हजार टन क्षमता भएको भूमध्यसागरमा चल्ने कोरबिटा मालबाहक जहाज पनि निर्माण भएको पाइन्छ । इन्जिनियरिङ र वाणिज्यमा उपयोग हुने रोमन अंक प्रणालीको विकास पनि यही भएको हो  । यहाँ सडकमा लम्बाई नाप्ने उद्देश्यले कार्टका पाङ्ग्राले जोडिएको यन्त्रको पनि निर्माण गरिएको थियो । यसरी रोमन प्रविधिले शहरीकरण,  सैन्य रणनीति,  निर्माण,  इन्जिनियरिङलाई नयाँ आयाम दिएको थियो । उनीहरूको आविष्कारबाट आधुनिक उपरिसंरचनाको आआधार बनेको पाइन्छ ।

हेलेनिस्टिक कालमा वाफबाट चल्ने प्रथम इन्जिन हीरोको एयोलिपायइल बनाइएको थियो । आर्किमिडिजको तरल पदार्थको सिद्धान्तानुसार हाइड्रोलिक्स बनाइएको थियो ।

असंख्य आविष्कार र विद्यमान प्रविधिमा सुधार ग्रिक र हेलेनिस्टिक इन्जिनियरहरूका रुचिकर क्रियाकलाप थिए । हेलेनिस्टिक कालको क्रममा प्राविधिक उन्नति आफ्नो समयको चरम सीमामा थियो । यो क्षेत्र र युगका केही महान पुरुषहरूमा आर्किमिडिज,  बाइजेन्टियमका फेलो,  हेरोन,  क्टेसिबियस,  आर्किटस,  आदि थिए । ग्रिक सभ्यता अत्यन्तै समृद्ध सभ्यता थियो । यस सभ्यतामा वास्तुकला र निर्माण,  यान्त्रिकी तथा उपकरण,  सैन्य प्रविधि,  जल व्यवस्थापन,  आदि क्षेत्रमा उल्लेखनीय प्रगति भएको थियो । स्तम्भ शैलीमा चौथो शताब्दी ईसापूर्वमा डोरिक,  आयोनिक र कोरिन्थियन स्तम्भहरूको विकास भएको थियो । यहाँ संगमरमरको उपयोग र ज्यामितीय सटिकताबाट एक्रोपोलिक बनाइएको थियो । पानी उठाउने यान्त्रिक प्रणालीको रूपमा आर्किमिडिजको स्क्रू बनाइएको थियो । ईपू १०० मा खगोलीय गणना गर्ने संसारको प्रथम ज्ञात कम्प्यूटर  एन्टीथेरा यन्त्र बनाइएको थियो । सैन्य प्रविधिमा अलेक्जेण्डर महानको समयमा क्याटापल्ट र बेलिस्टाको निर्माण गरिएको थियो । तीन स्तरीय नौकायन प्रणालीमा ट्राइरेम जहाज बनाइएको थियो । छैटौं शताब्दी ईपू मा समोस द्वीपमा सुरुङबाट जल आपूर्ति प्रणाली एक्वाइडक्ट्स निर्माण गरिएको थियो ।

हेलेनिस्टिक कालमा वाफबाट चल्ने प्रथम इन्जिन हीरोको एयोलिपायइल बनाइएको थियो । आर्किमिडिजको तरल पदार्थको सिद्धान्तानुसार हाइड्रोलिक्स बनाइएको थियो । चिकित्सा प्रविधि अन्तर्गत मानव शरीरको शव परीक्षा र  तन्त्रिका तन्त्रको खोजमा हेरोफिलस र एरासिस्ट्रेटनमको आविष्कार गरिएको थियो । एरिस्टार्कसले सूर्यकेन्द्रित मोडेलको प्रस्ताव गरेका थिए । नक्षत्रहरूको स्थिति मापन गर्ने यन्त्र क्लोडियस टोलमीको एस्ट्रोल्याबको आविष्कार गरिएको थियो । विश्वको सातौ आश्चर्यमा एक १३० मीटर उच्च फारोसको प्रकाश स्तम्म २८० ईपूमा निर्माण गरिएको थियो । यसरी ग्रिक सभ्यताले वैज्ञानिक सिद्धान्त र यान्त्रिकीको जग राख्यो भने हेलेनेस्टिक कालले यसलाई व्यावहारिक प्रयोगमा बदलिदियो । यिनीहरूको प्रविधिले रोमन इस्लामिक विज्ञानलाई गहिराईपूर्कव प्रभावित गरेको थियो ।

माया (२०० ईपू - १६९७ ई)  र इन्का (सन् १४३८-१५३३)  सभ्यता आफ्नो इन्जिनियरिङका लागि धेरै प्रसिद्ध छन् । तिनीहरू आजका उन्नत इन्जिनियरिङसँग मेल खान्छन् । उनीहरू वजन तौलिनमा र ढुङ्गाका काममा यति कुशल थिए कि तिनीहरूले बनाएका ढुङ्गाका पर्खालमा एउटा ब्लेड पनि पस्न सक्दैनथ्यो । उनीहरूका गाउँमा उचित सिंचाई नहर र जल निकासी प्रणालीलाई लागू गरी कृषि प्रणालीलाई कुशल बनाइएको थियो । इन्का मानिसहरूलाई हाइड्रोपोनिक्सको आविष्कारक मानिन्छ । माया सभ्यतालाई धातु विज्ञान वा पाङ्ग्रा प्रविधिको कुनै जानकारी थिएन । यद्यपि जटिल लेखन र ज्योतिष प्रणालीको विकास पनि उनीहरूद्वारा नै गरिएको थियो । उनीहरूले मूर्तिकला र चकचमक पत्थरका कृतिहरूको विश्व विरासत प्रदान गरे । दुवै सभ्यतामा कृषि र निर्माण प्रविधि धेरै उन्नत थिए । प्राचीन कालमा मायाहरूद्वारा विकसित अधिकांश भवन र संरचनाहरू स्त्रीहरूद्वारा बनाइएका थिए । किनकि स्त्रीहरूलाई नै नयाँ चीजहरूको लागि नियुक्त गरिएको हो भन्ने उनीहरूको मान्यता थियो । एज्टेक नियमहरूले विजित शहरहरूको संचारमा धेरै योगदान दिए । इन्का र माया सभ्यताको जस्तै मेसो-अमेरिकामा पनि सडक पैदल यात्राको लागि बनाइएका थिए,  किनकि त्यहाँ न त परिवहनका साधन थिए र न पाङ्ग्रायुक्त वाहन नै थिए ।

https://i.ytimg.com

माया सभ्यतालाई धातु विज्ञान वा पाङ्ग्रा प्रविधिको कुनै जानकारी थिएन । यद्यपि जटिल लेखन र ज्योतिष प्रणालीको विकास पनि उनीहरूद्वारा नै गरिएको थियो ।

दशमलव प्रणाली र २०-आधारित गणना माया सभ्यताको योगदान हो । सटिक खगोलीय गणनामा आधारित क्यालेन्डर (हाब - ३६५ दिन)  र ट्जोल्किन - २६० दिन) माया सभ्यताले निर्माण गरेको थियो । एक वर्षको दिन अनुसार ३६५ सिंडीमा बनाइएको चिचेन इत्जाको एल क्यास्टिलो पिरामिडलाई एक आश्चर्ययुक्त इन्जिनियरिङ मानिन्छ । यहाँ चुना पत्थरले बनेको मोर्टारको प्रयोग भएको छ । माया सभ्यताका मानिसहरूले जंगललाई जलाएर मिल्पा प्रणालीबाट कृषिको शुरुवात गरेका हुन् । उनीहरूले ८०० भन्दा बढी चित्रात्मक लिपि भएको ग्लिपिक लिपिको आविष्कार गरेका थिए । उनीहरूले वर्षा जल संचयन प्रणालीको पनि विकास गरेका थिए ।

पत्थर चिल्याउने अभूतपूर्व विकास इन्का सभ्यतामा पाइएको छ । यो सभ्यतामा ४० हजार किमी लामा सडक  निर्माण भएको थियो  र पहाडमा उच्च प्रकारका सिंडी पनि निर्माण गरिएका थिए । इन्का सभ्यतामा रङ्गिन धागो र गाँठोबाट बनेको क्विपू अभिलेख प्रणालीको विकास गरिएको थियो,  जसमा संख्या र तथ्याङ्क रेकर्ड गरिन्थ्यो । यो सभ्यतामा सुन र चाँदीका आभूषण निर्माण गरिएको थियो,  जसलाई धार्मिक र राजकीय प्रयोगमा ल्याइन्थे । यसरी माया र इन्का सभ्यताले आफ्ना पर्यावरण अनुकूल अद्वितीय प्रविधिको विकास गरेका थिए । इन्काले इन्जिनियरिङ र संचारमा जोड दिएको थियो भने मायाले खगोलविज्ञान र लेखन प्रणालीमा उत्कृष्टता हासिल गरेको थियो । यी प्रविधिले आज पनि शोधकर्ताहरूलाई धेरै प्रभावित गर्दछन् ।

मध्यकालीन युगमा युरोपियन प्रविधि आफ्नो विकासको स्वर्णिम चरणमा थियो । यो चरणलाई नवप्रवर्तन र आविष्कारहरूको परम्पराको रूपमा पनि बुझिन्छ ।

मध्य युग (पाँचौदेखि पन्ध्रौं शताब्दीसम्मलाई प्रायः अन्धरका युग भन्ने गरिन्छ,  तर यो कालमा प्रविधि, इन्जिनियरिङ र विज्ञानको क्षेत्रमा केही महत्त्वपूर्ण विकास भएको देखिन्छ । यस कालमा युरोप,  इस्लामिक संसार र एशियामा भएका आविष्कारहरूले आधुनिक युगको जग निर्माण गरेको थियो ।  प्रविधिको दृष्टिले मध्ययुगीन इस्लामिक साम्राज्य पहिलेका साम्राज्यहरूसँग धेरै मिल्दाजुल्दा थिए । मुस्लिम खिलापत ती ठूला क्षेत्रहरूलाई व्यापारको लागि एकजुट बनाउनमा सफल रहे,  जुन पहिले कहिल्यै यति ठूलो परिमाणमा व्यापारमा सामेल थिएनन् । विजित क्षेत्रहरूले आफ्नो पूर्व स्वतन्त्रताको तुलनामा थोरै कम कर दिनुपर्थ्यो । मानिसहरू प्राविधिक विकासको यति धेरै पक्षधर थिए कि साम्राज्यमा वस्तुहरूको तुलनामा विचारको प्रसार धेरै सहज ढंगले भयो । उनीहरूले शान्तिलाई पहिलेको तुलनामा लगातार र दीर्घकालिक बनाए । बढ्दो सुविधा र परिस्थितिको कारण कृषिसहित कयौं प्राविधिक विकासलाई धेरै बढावा दिइयो । यो अवधिको क्रममा धेरै वैज्ञानिक अवधारणाहरूलाई ग्रिक,  रोमन र पर्सियन साम्राज्यहरूबाट तिनीहरूको उन्नत रूपमा अपनाइयो र विकसित गरियो ।

मध्यकालीन युगमा युरोपियन प्रविधि आफ्नो विकासको स्वर्णिम चरणमा थियो । यो चरणलाई नवप्रवर्तन र आविष्कारहरूको परम्पराको रूपमा पनि बुझिन्छ । के कुरा निश्चित छ भने पश्चिमी प्रविधिको विकासको तुलनामा मध्ययुगीन प्रविधि धेरै धीमा र पिछडिएको थियो । कयौं लेखकहरूले चर्चको आलोचना गरेका छन्  र त्यसलाई वैज्ञानिक प्रगतिको विरोधी बताएका छन्,  जस्तो कि पृथ्वी चेप्टो छ भन्ने मिथकलाई कसले बिर्सिन सक्छ । यद्यपि के निश्चित छ भने युरोपले वैश्विक प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान दिएको छ । उनीहरूका केही प्रमुख योगदानहरूमा यान्त्रिक घडी,  चश्मा र ऊर्ध्वाधर वायुपंखा सामेल छन् ।

मध्ययुगीन युरोपमा विकसित केही अप्रकट वस्तुहरू पनि थिए,  जस्तो कि वाटरमार्क र कार्यात्मक बटन । उनीहरूले केही उपयोगी परिवहन नवप्रवर्तनहरूलाई प्रस्तुत गरेर अन्वेषणको युगलाई शुरु गर्नमा महत्त्वपूर्ण योगदान दिए । सैन्य प्रविधिको विकासको बारेमा कुरा गर्दा केही शानदार परिणाम पनि सामुन्ने आए । मध्यकालीन युरोपीयनहरूले प्लेट कवज,  स्टील क्रस्बो,  काउन्टर वेट ट्रिब्यूशेट्न र तोपहरूको विकास गरेका थिए । कृषिमा अधिकांश प्रगति प्रारम्भिक मध्य युगमा भयो । सर्वव्यापी मध्ययुगीन किल्लाबन्दी स्थापित हुनुका साथै महलहरूको युग पनि शुरु भयो । कागज बनाउने प्रविधि दोस्रो शताब्दीमा विकसित भएको थियो ।

आठौं शताब्दीमा चिनियाँ कागज निर्माताहरूको एउटा समूहलाई पक्रिएपछि यसलाई मध्यपूर्वमा लगियो । उमय्यदले हिस्पेनियामाथि विजय प्राप्त गरेपछि कागज बनाउने प्रविधि सम्पूर्ण युरोपीय साम्राज्यमा फैलियो । पहिलो युरोपीय कागज मिल सिसिलीमा थियो,  जसको निर्माण बाह्रौं शताब्दीमा भएको थियो । युरोपमा कागज बनाउनको लागि आवश्यक फाइबर पल्प प्राप्त गर्ने स्रोतको रूपमा लिनेन र सूती कपडाहरूको उपयोग गरिन्थ्यो । मुद्रण प्रविधिको विकासमा चर्खा एक महत्त्वपूर्ण प्रविधि हो । पाङ्ग्राले जहाँ आवश्यक हुन्छ त्यहाँ लत्ताको आपूर्ति गर्न सजिलो बनाइदियो । अन्ततः उत्पादन लागतमा कमी आयो । यो मुद्रण-यन्त्रको उदयमा एक प्रमुख योगदानकर्ता कारक थियो ।

तेह्रौं शताब्दीमा चीनदेखि युरोपसँग गनपाउडर पुग्यो । यसबाट तोप हतियारमा क्रान्ति आयो ।

छैटौं शताब्दी ठूला-ठूला हलोहरू निर्माण गरियो । यसमा उत्तरी युरोपमा गहिरोसँग माटो जोत्नको लागि फलामका फालीको प्रयोग गरियो । त्यसपछि खाद्य उत्पादनमा वृद्धि हुनुका साथै जनसंख्या वृद्धि पनि हुँदैगयो । आठौं शताब्दीमा परम्परागत खेती प्रणालीलाई बदलेर रोटेसनमा खेती गर्ने प्रणालीको विकास गरियो । नवौं शताब्दीमा घोडाको कार्यक्षमता बढाउनको लागि फलामको नालको प्रयोग गर्न शुरु गरियो एघारौं शताब्दीमा जल-चक्काको प्रयोग कागज मिल,  फलामको धकनी र कपडा उद्योगमा गरियो । डेनमार्कमा सन् १२०० सम्ममा ५६०० पानी चक्का थिए । बाह्रौं शताब्दीमा पर्सिया र युरोपमा अन्न पिस्न र पानी उठाउनको लागि हावा-चक्काको प्रयोग गरियो । यसलाई युरोपियन डिजाइनमा टावर मिल र पोस्ट मिलको रूपमा विकास गरियो । यही बेला गोथिक वास्तुकलाको विकास भएको थियो,  जसमा नोट्रेडेम क्याथेड्रल जस्ता उच्चा भवन र रंङ्गिन काँचबाट बनेका चार्ट्रस क्याथेड्रल समेत निर्माण गरिएका थिए । 

तेह्रौं शताब्दीमा चीनदेखि युरोपसँग गनपाउडर पुग्यो । यसबाट तोप हतियारमा क्रान्ति आयो । यही बेलामा किलाबन्दीको पनि व्यापक रूपमा विकास गरियो । चौधौं शताब्दीमा इटालीको मिलानमा यान्त्रिक घडीको आविष्कार गरियो । यतिबेलै सन् १३४५ मा फ्लोरेन्समा विश्वको सबभन्दा पुरानो पत्थरको आर्क ब्रिज पोन्टे भेक्कियो निर्माण गरिएको थियो ।

आठौंदेखि चौधौं शताब्दीको मध्ययुगलाई इस्लामिक स्वर्ण युग भनिन्छ । यो बेला स्वास्थ्य क्षेत्रमा एनेस्थेसिया र संक्रमणको अध्ययनको लागि 'द क्यानन अफ मेडिसिन'  को आविष्कार गरियो । पानी घडीको आविष्कार पनि यही कालमा भएको हो । अर्कोतिर बाह्रौं शताब्दीमा युरोपमा अक्सफोर्ड,  बोलोग्नामा शल्य चिकित्सा र रसायनविज्ञानको अध्ययन शुरु गरिएको थियो । बाह्रौं शताब्दीमा कम्पास चीनबाट युरोप गयो र समुद्री यात्रामा दिशा निर्धारण गर्ने काम प्रयोग भयो । तेह्रौं शताब्दीमा हेन्सियाटिक लीगद्वारा बाल्टिक व्यापारमा उपयोगको लागि कोग जहाजको निर्माण गरियो । यसरी मध्य युगले कृषि,  यान्त्रिकी,  निर्माण,  सैन्य प्रविधि,  आदि विभिन्न क्षेत्रमा प्राविधिक क्रान्ति ल्याएको थियो । इस्लामिक विज्ञान र युरोपीय पुनर्जागरणको बीचमा यो काल एक सुसुप्त क्रान्ति थियो ।

पुनर्जागरण काल (चौधौंदेखि सत्रौं शताब्दी) मा धेरै प्राविधिक विकास भयो । पुनर्जागरण युरोपमा विज्ञान,  कला र प्रविधिको पुनरुत्थानको काल थियो । यसक्रममा अभूतपूर्व आविष्कार भए,  जसले आधुनिक युगको जग निर्माण गरे ।  यस कालमा रेखीय बोधगम्यता,  दोहोरो शैलीको गुम्बज, गढी किल्ला,  आदि क्षेत्रमा विकास भयो ।  फ्लोरेन्स क्याथेड्रल गुम्बज यस्तै प्रविधिको एउटा उदाहरण हो ।  ट्याकोला (मेरियनो डी ज्याकोपो)  र लियोनार्दो दा भिन्चीले पुनर्जागरणकालीन प्राविधिक प्रगतिसँग सम्बन्धित धेरै पुस्तकहरू लेखे । तिनीहरूलाई त्यो कालमा उपलब्ध र प्रयुक्त यान्त्रिक प्रविधिको बारेमा व्यापक जानकारी प्राप्त गर्नको लागि महान स्रोत मानिन्छ । वास्तुकार र इन्जिनियर प्राचीन गुम्बज जस्ता संरचनाहरूबाट धेरै प्रेरित थिए । फ्लोरेन्सको क्याथेड्रलको गुम्बज यस्तै एक प्रेरित वास्तुकार-इन्जिनियर फिलिप्पो ब्रुनेलेस्चीद्वारा विकसित गरिएको थियो । उनी पेटेन्ट अधिकार लिने प्रथम व्यक्तिमध्ये एक थिए । उनले आफ्नो अद्भूत क्रेनको पेटेन्ट गराए,  जसलाई उनले स्वयं विकसित गरेका थिए । यसको उपयोग उनले ठूला-ठूला ढुङ्गाहरूलाई माथि उठाउनको लागि गरेका थिए ।

यो युगमा  विज्ञान र प्रविधिमा पारस्परिक प्रगति भयो,  जसलाई वैज्ञानिक क्रान्तिको रूपमा जानिन्छ । वैश्विक प्राविधिक विकासमा पुनर्जागरणकालीन विज्ञानलाई आज पनि महान योगदानको रूपमा लिइन्छ ।

यो युगमा सैन्य प्रविधि पनि विकसित भएको थियो । यतिखेरका सेना धेरै उन्नत थिए र शक्तिशाली तोपखाना एवम् धनुषवाणको प्रयोग गर्नु यसबेला सामान्य थियो । यो प्रगति निश्चित थियो,  किनकि अधिकांश इटालियन र युरोपियन राज्य लगातार एक-अर्कोसँग संघर्षमा सामेल भएका थिए । मेडिसी जस्ता परिवार पनि कला र विज्ञानको क्षेत्रमा गहन ज्ञान राख्दथे । यो युगमा  विज्ञान र प्रविधिमा पारस्परिक प्रगति भयो,  जसलाई वैज्ञानिक क्रान्तिको रूपमा जानिन्छ । वैश्विक प्राविधिक विकासमा पुनर्जागरणकालीन विज्ञानलाई आज पनि महान योगदानको रूपमा लिइन्छ । ओलिभ स्क्रू प्रेसको विकास सन् १४४१ मा भएको थियो । यो प्रेसको प्रेसिङ प्रणालीलाई कास्ट मेटल प्रकारको प्रिन्टिङ प्रेसको आविष्कारको लागि पनि अपनाइएको थियो,  जुन चलायमान थियो । यो आविष्कारको कारण पुस्तक र प्रकाशनहरूको संख्यामा धेरै वृद्धि भयो,  जसबाट अन्ततः संसारभरी प्रावधिक र अन्य सूचना संचारलाई बढावा मिल्यो । गुटेनबर्गको सार्नमिल्ने प्रिन्टिङ प्रेसले पहिलो पटक ठूलो परिमाणमा पुस्तकहरूको उत्पादन गरेको थियो । यसबाट ज्ञानको प्रसार भयो भने वैज्ञानिक क्रान्तिलाई बढावा मिल्यो । पन्ध्रौं शताब्दीमा एटचिङ प्रविधिको विकास भयो । यसले धातुको प्लेटमा बेलबुटाको छपाइ शुरु भयो ।

ग्यालीलियो र उनका टेलिस्कोप । https://avatars.dzeninfra.ru

पुनर्जागरण कालमा वैज्ञानिक उपकरण एवम् खगोलविज्ञान  प्रविधिमा पनि धेरै विकास भएको थियो । सन् १६०९ मा ग्यालीलियोद्वारा टेलिस्कोपको आविष्कार भयो, जसबाट बृहस्पतिका चन्द्रमा र शुक्र ग्रहको बारेमा अवलोकन गरियो । यसबाट कोपर्निकसको हेलियोसेन्ट्रिक मोडेलको पुष्टि भयो । सन् १५९० मा माइक्रोस्कोपको आविष्कार भयो, जसबाट सन् १६६५ मा रोबर्ट हुकले माइक्रोग्राफियामा कोशिकाहरूको पहिलो विवरण दिए । सन् १६४२ मा ब्लेज पास्कलले पास्कलाइन यान्त्रिक जोड-घटाउ यन्त्र बनाए । पन्ध्रौं शताब्दीमा नै पतवार र तेर्सो पालले लैस कोरवेल र केरक जहाज निर्माण गरियो,  जसमा कोलम्बस र भास्को डी गामाले यात्रा गरे । यसैगरी अक्षांस मापनको लागि एस्ट्रोल्याब र क्वाड्रेन्टको आविष्कार भयो । जहाजको गति रेकर्ड गर्ने लग बुकको पनि आविष्कार गरियो ।

चिकित्सा प्रविधिको विकास अन्तर्गत सौह्रौं शताब्दीमा शारीरिक रचनाविज्ञानको विकास भयो । सन् १५४३ मा मानव शरीरको सटिक चित्रणको लागि एन्ड्रियास भेसालियसले 'द ह्यूमन कर्पोरिस फेब्रिका' को निर्माण गरे । सन् १५३७ मा घाउको लागि पट्टी र धमनी बन्धनको लागि एम्ब्रोइज पारोको आविष्कार गरियो । सन् १६५६ मा क्रिश्चियन ह्यूगेन्सले पेण्डुलम घडीको आविष्कार गरे,  जसबाट समय मापनमा क्रान्ति आयो । यही बेला उत्खनन् र कपडा उद्योगमा उपयोग हुने जलशक्तिबाट चल्ने यन्त्रको पनि आविष्कार भयो ।सैन्य प्रविधिमा पन्ध्रौं शताब्दीमा बारुद र तोपखानाको व्यापक विकास भयो । सन् १४५३ मा कन्स्टेन्टिनोपलको घेराबन्दीमा उपयोगको लागि कोस्ट आइरन तोपको निर्माण गरिएको थियो ।

यसरी नै सोह्रौं शताब्दीमा पिस्तोल र आर्किबसको निर्माण गरियो,  जसबाट हतियारको सटिक प्रयोग भयो भने पैदल सेनाको रणनीति बदलियो । पन्ध्रौं शताब्दीमा कला र वास्तुकला प्रविधिमा पनि धेरै विकास भयो । ब्रुनेलेस्की र लियोनार्दो दा भिन्चीले थ्रीडी प्रभावको लागि ज्यामितीय नियम बनाए । सन् १४३६ मा ब्रुनेलेस्कीले बिनाआधार फ्लोरेन्स क्याथेड्रल बनाएका हुन् । यसरी पुनर्जागरण कालले मुद्रण,  निर्माण,  सैन्य,  नाउ संचालन,  चिकित्सा,  आदि प्राविधिक क्षेत्रमा क्रान्ति नै ल्याइदिएको थियो । यसबाट आधुनिक विज्ञानको मार्ग प्रशसन्त भएको थियो । यसलाई मानव इतिहासमा ज्ञानको पुनर्जन्म भन्ने गरिन्छ ।

युरोपियनहरूले अमेरिकी क्षेत्रमा उपनिवेश स्थपित गर्न शुरु गरेपछि अन्वेषणको युगको शुरुवात भयो । यो युगले समुद्री यात्रा, नक्सांकन  र वैश्विक व्यापारमा क्रान्ति ल्याइदिएको थियो । तत्कालीन युरोपियन शक्तिहरू (इङ्ल्याण्ड,  पोर्चुगल,  स्पेन,  नेदरल्याण्ड)  ले नयाँ प्रविधिको बलमा अमेरिका,  अफ्रिका  र एशियासम्म साम्राज्य खडा गरेका थिए । उन्नत नौकायन जहाज प्रविधिको कारण पश्चिममा बढीभन्दा बढी भूमिको खोज गरियो । फ्रान्सिस बेकनद्वारा रचित 'न्यू एटलान्टिस'  यो प्रक्रिया वा युगको एक प्रतीक हो । अन्वेषणको युगभन्दा पहिले तीव्र गतियुक्त जलमार्गहरूको तुलनामा स्थल मार्ग धेरै प्रसिद्ध थिए । यो अवधिमा केब्राल, भास्को डी गामा,  मेगलन,  क्रिस्टोफर कोलम्बस र उनीहरू जस्तै धेरै अन्य मानिसहरूद्वारा लगतार संसारको बढीभन्दा बढी अन्वेषण गरियो । यी मानिस यो गतिविधिमा किन सामेल थिए भने उनीहरूलाई आफ्ना मालसामानहरूको लागि नयाँ व्यापारिक मार्ग स्थापित गर्नु आवश्यक थियो । अर्कोतिर,  उनीहरूले यात्राको समय कम गर्नको लागि जल मार्गहरूको खोज पनि गरिरहेका थिए र अफ्रिका,  भारत एवम् चीनसँग सम्पर्क स्थापित गरिरहेका थिए । यसको परिणामस्वरूप जलमार्ग छिट्टै स्थल मार्गहरूको तुलनामा धेरै लोकप्रिय भए,  किनकि यिनीहरूमा समय र स्रोतसाधन कम लाग्थे ।

https://avatars.mds.yandex.net

भावी नाविकहरूलाई संसारको अन्त्यसम्म पत्ता लगाउन प्रोत्साहित गर्नको लागि नयाँ नक्सा, चार्ट,  आदि सहायक उपकरण तयार गरियो । किनकि देशान्तरसहित धेरै समस्याहरू थिए र सटिक दूरी र समयमापन गर्ने चीज थिएनन् ।

यसपछि भावी नाविकहरूलाई संसारको अन्त्यसम्म पत्ता लगाउन प्रोत्साहित गर्नको लागि नयाँ नक्सा, चार्ट,  आदि सहायक उपकरण तयार गरियो । किनकि देशान्तरसहित धेरै समस्याहरू थिए र सटिक दूरी र समयमापन गर्ने चीज थिएनन् । यी सीमाहरूको कारण नेभिगेसन तुलनात्मक रूपमा कठिन भएको थियो,  जुन अन्वेषणको युगपछि कठिन हुँदै गइरहेको थियो । प्राचीन युनानीहरूले नागरिक संहिताको अवधारणा विकसित गरेका थिए,  जुन इतिहासका पानामा लुप्त भए । युरोपियन शक्तिहरूले यी प्रणालीलाई पुनर्खोज र पुनर्स्थापित गरे । यो आवश्यक थियो,  किनकि उनीहरूका उपनिवेशले नयाँ खोजसँगै लगातार विस्तार गरिरहेका थिए ।

यो अवधिमा नाउ संचालन प्रविधि अन्तर्गत उन्नत डिजाइनमा जहाहरूको निर्माण गरियो । यसको उदाहरणमा काराभेल आउँदछ,  जुन त्रिकोणीय पाल,  कम गहिरो पतवार र ५० देखि २०० टन क्षमताको थियो । यसरी नै स्पेनिश सिल्भर फ्लीटमा प्रयुक्त ५०० देखि १००० टन क्षमता भएका भारी तोप ग्यालियन पनि निर्माण गरिएका थिए । यो कालमा सूर्य र ताराहरूबाट अक्षांस मापन गर्ने एस्ट्रोल्याबको निर्माण भयो,  जसको कोलम्बसले अमेरिकाको खोजमा उपयोग गरेका थिए । समुद्रको उचाई मापन गर्नको लागि क्वान्ट्रेडको निर्माण गरियो,  जसले भारत मार्गको सटिक गणना गरेको थियो । जहाजको गति र दिशा रेकर्ड गर्ने यात्रा मार्गहरूको मानचित्रण लगबुक पनि निर्माण गरिएको थियो । जहाजमा लागेका तोपहरूले स्थानीय नौकालाई पछार्ने कास्ट आइरत तोपहरू बनाइयो । सैनिकहरूको लागि हल्का हतियारहरूको पनि आविष्कार गरियो । यही बेला तोपखानाको आक्रमणको सामनाको लागि स्टार फोर्ट्सको निर्माण गरियो । म्याग्नेटिक कप्पाससँग उपयोग गरिने तटीय रेखा र बन्दरगाहको विस्तृत मानचित्र पोर्टोलान चार्ट्सको पनि यही बेला आविष्कार भएको हो । ब्राजिल देखाइएको क्यान्टिनो प्लानिस्फीयरको पनि सन् १५०२ मा निर्माण भएको थियो । समुद्री मार्गको लागि सटीक कोणीय माप गेरहार्ड्स मर्केटरको निर्माण सन् १५६९ मा भएको थियो ।

स्वास्थ्य क्षेत्रमा समुद्री लडाइँमा घाइतेको उपचारको लागि शल्य चिकित्सा किट अम्प्युटेशन उपकरणको खोज भयो । स्कर्भीको समाधानकोलागि भिटामिन सीको खोज गरियो,  जसले लामो समुद्री यात्रालाई संभव बनायो । उखुबाट चिनी निकाल्ने यन्त्रीकृत प्रविधिको विकास यही कालमा क्यारेबियनमा पोर्चुगिस्टहरूले गरेका थिए । जहाजहरुको बीचमा संचारको लागि समुद्री संकेत प्रणाली फ्लेग सिग्नलिङको पनि यही अवधिमा विकास भएको थियो । यसरी अन्वेषणको युगको प्रविधिले वैश्विक व्यापार,  साम्राज्य र वैज्ञानिक ज्ञानलाई नयाँ आकार दिएको थियो । यही क्रममा युरोपीय शक्तिहरूले आफ्नो वैश्विक प्रभुत्व स्थापित गरेका हुन् । अन्वेषण युगको प्रविधि आधुनिक वैश्वीकरणको आधारशीला बनेको थियो ।

औद्योगिक क्रान्ति (सन् १७६०-१८४०) ले मानव सभ्यतालाई कृषिमा आधारित अर्थ-व्यवस्थाबाट यन्त्रमा आधारित उत्पादनतर्फ मोडिदिएको थियो । यो परिवर्तन मुख्य रूपले ब्रिटेनबाट शुरू भएको थियो र सम्पूर्ण संसारमा फैलिएको थियो । यो  युगमा  वस्त्र निर्माण,  उत्खनन, धातुकर्म, परिवहन, आदि जस्ता क्षेत्रमा धेरै विकास भयो । यी सबै क्षेत्रमा वाष्प इन्जिनको आविष्कारको कारण ठूलो परिमाणमा प्राविधिक उन्नति र विकास भयो । यो क्रान्ति कोइलाको अनुकूलनको कारण शुरु भयो,  जुन तुलनात्मक रूपमा सस्तो लागतमा महत्त्वपूर्ण यात्रामा ऊर्जाको उत्पादन गर्नमा सक्षम थियो । पहिलो व्यावहारिक वाफ इन्जिन खानीबाट पानी निकाल्नको लागि सन् १७१२ मा थोमस न्यूकोमनले विकास गरेका थिए । यद्यपि अलग कन्डेन्सर प्रविधिबाट ७५ प्रतिशत कुल संशोधित वाफ इन्जिन सन् १७७५ मा जेम्स वाटले आविष्कार गरेका हुन् । यो कारखाना,  रेलवे र जहाजमा शक्तिको स्रोत बन्यो । ब्रिटेनमा औद्योगिक क्रान्तिको युगको क्रममा यसको सबभन्दा बढी मात्रामा उत्पादन गरिएको थियो ।

औद्योगिक क्रान्ति । https://avatars.dzeninfra.ru

ब्लास्ट फर्नेस र कास्ट आइरन जस्ता प्रविधिले इन्धनको रूपमा कोइलाको एक रूप कोकको उपयोग गरी भारी मात्रामा संसाधनहरूको उत्पादन गरे । यो प्रविधिको कारणले ठूला संरचनाहरू बनाउन सकियो । फलामको पुल यो प्रविधिबाट प्राप्त परिणामहरूको एक उत्कृष्ट उदाहरण हो । सस्तो कोइलाले उद्योगलाई यो युगभन्दा पहिले मिलहरूको लागि प्राथमिक इन्धनको रूपमा प्रयोग गरिने जल संसाधनको प्रतिबन्धबाट बच्ने अनुमति दियो । कोइला प्रमुख संसाधन हुनुको बावजुद उद्योगले जल ऊर्जाको शक्ति र उपयोगितालाई उपेक्षा गरेन । यहाँसम्म कि औद्योगिक क्रान्तिको क्रममा पनि यो एक प्रमुख सहायक ऊर्जाको स्रोतको रूपमा कायम रह्यो,  जसको उपयोग साना इकाइहरूमा गरिन्थ्यो । त्यहाँ कोइलाको उपयोग गर्नु संभवना हुँदैनथ्यो वा तुलनात्मक रूपमा महङ्गो हुन्थ्यो ।

औद्योगिक क्रान्ति कालको प्रविधिको विकासबाट धेरै चीजहरूको आविष्कार भयो ।

वाफ इन्जिन चलाउनको लागि पानीको आवश्यकता हुन्थ्यो । खानीबाट कोइला निकाल्नको लागि वाफ इन्जिन आवश्यक हुन्थ्यो,  जसबाट बढीभन्दा बढी कोइला भण्डारसम्म पुर्‍याउन संभव हुन्थ्यो । यो प्रविधि विकास भएपछि अधिकांश प्रमुख खानीहरूले कोइला उत्पादन बढाउनको लागि यसलाई लागू गरे,  किनकि अधिकांश उद्योगमा यसको उपयोग प्राथमिक इन्धनको रूपमा गरिरहिएको थियो । कोइला उत्पादन बढाउनको लागि जल ऊर्जा आवश्यक थियो,  त्यसकारण औद्योगिक क्रान्तिको क्रममा यो एक बहुमूल्य संसाधन बनिरह्यो । समयसँगै वाफ इन्जिन प्रविधिमा सुधार भयो र त्यसको विकास भयो । यसबाट उच्च दबावयुक्त वाफ इन्जिनको उत्पादन भयो । उच्च दबावयुक्त इन्जिनहरूको उपयोग यिनीहरूको थप विकासमा गरियो,  जसबाट अन्ततः परिवहनमा क्रान्ति आयो ।

औद्योगिक क्रान्ति कालको प्रविधिको विकासबाट धेरै चीजहरूको आविष्कार भयो । सन् १७६४ मा जेम्स हरग्रीव्सद्वारा एकसाथ ८ धागो कात्ने यन्त्र स्पिनिङ जेनीको निर्माण गरियो । सन् १७६९ मा  रिचर्ड आर्कराइटद्वारा पानीको शक्तिबाट चल्ने वाटर फ्रेमको निर्माण गरियो । सन् १७७९ मा सेमुअल कोम्पटनद्वारा कपासको बलियो धागो बनाउने म्यूलको निर्माण गरियो । सन् १७८५ मा एडमन्ड कार्टराइटद्वारा पावर लूमको निर्माण भयो,  जसले कपडा बुनाईको गतिलाई दुईसयगुना बढाइदिएको थियो । यो कालमा धातुकर्म र इन्जिनियरिङको क्षेत्रमा पनि धेरै विकास भयो । सन् १७८४ मा हेनरी कोर्टद्वारा पडलिङ प्रक्रियाको विकास गरियो,  जसले फलामबाट अशुद्धि हटाएर उच्च गुणस्तरीय फलाम बनाउँथ्यो । सन् १८५६ मा हेनरी बेसमरद्वारा स्टीलको उत्पादन शुरु गरियो । बेसेमर क्न्वर्टरद्वारा कम लागतमा ठूलो परिमाणमा स्टील निर्माण गरियो,  जसबाट रेलवे र भवन निर्माणमा क्रान्ति आयो । सन् १८२५ मा विश्वको पहिलो सार्वजनिक रेलवेको सेवाको रूपमा स्कटन-डार्लिङ्टन रेलवे सेवाको विकास भएको थियो । यसबाट माल ढुवानी लागतमा ८० प्रतिशत कमी आएको थियो । सन् १८०७ मा रोबर्ट फुल्टनद्वारा हडसन नदीमा चल्नले पहिलो व्यावसायिक स्टीमशिप कलरमोन्ट बनाइएको थियो ।

केही इतिहासकार उन्नाइसौं शताब्दीलाई दोस्रो औद्योगिक क्रान्ति भन्दछन्, किनकि यस अवधिमा निर्माण, म्यानुफ्याक्चर र संचार प्रविधिको क्षेत्रमा केही आकर्षक विकास भए ।

संचारको प्रविधिको क्षेत्रमा पनि यो कालमा धेरै विकास भएको थियो । सन् १८३७ मा विलियम कुक र चार्ल्स ह्वीटस्टोनद्वारा टेलिग्राफको निर्माण गरिएको थियो । सन् १८४४ मा सेमुअल मोर्सले तारद्वारा गतिशील संदेश पठाउने मोर्स कोड बनाएका थिए । कृषि क्षेत्र अन्तर्गत सन् १७०१ मा बीजहरूको बर्बादी कम गरी उत्पादन बढाउने सीड ड्रिलको आविष्कार भयो । सन् १८३४ मा साइर मेकार्मिकद्वारा मेकानिकल हार्भेस्टरको निर्माण भयो । समय नियन्त्रणको लागि फ्याक्ट्री घडी र पन्चिङ मेशिनको निर्माण गरियो,  यसबाट श्रमिकहरूको कार्यघण्टाको मानकीकृत भयो । यसरी औद्योगिक क्रान्तिको प्रविधिले उत्पादन,  परिवहन र संचारका तरीकाहरूलाई पूर्ण रूपले बदलिदियो । यो युगको प्राविधिक विकास आधुनिक पूँजीवाद र वैश्वीकरणको आधारशिला बन्यो ।

उन्नाइसौं शताब्दीमा मानव सभ्यताले अभूतपूर्व प्राविधिक प्रगतिलाई देख्यो,  जसले आधुनिक युग निर्माणको आधार तयार गर्‍यो । केही इतिहासकार उन्नाइसौं शताब्दीलाई दोस्रो औद्योगिक क्रान्ति भन्दछन्, किनकि यस अवधिमा निर्माण, म्यानुफ्याक्चर र संचार प्रविधिको क्षेत्रमा केही आकर्षक विकास भए । यिनीहरूमध्ये अधिकांश प्रविधि युरोपबाट उत्पन्न भए । वाष्प इन्जिनको विकास अठारौं शताब्दीको प्रारम्भमा भएको थियो । यद्यपि यो कहिल्यै पनि परिवहनसँग जोडिएको थिएन । उन्नाइसौं शताब्दीमा यसको व्यावहारिक प्रयोग स्टीमबोट र रेलवे परिवहनमा गरियो । प्रथम उद्देश्यको रूपमा रेलवे लाइन सन् १८३० मा लिभरपुल र मेनचेस्टर रेलवेद्वारा बनाइएको थियो । विश्वको पहिलो सार्वजनिक रेलवे ब्रिटेनबाटै शुरु भएको थियो । सन् १८६९ मा अमेरिकाको ट्रान्सकन्टिनेन्टल रेलवे (३२०० किमी ) पूरा भएको थियो । क्रियाशील इन्जिन रकेट लोकोमोटिभ र रोबर्ट लोकोमोटिभ थिए । सन् १८२८ मा एटलान्टिक पार गर्न पहिलो वाष्प जहाज बनाइएको थियो । सन् १८५० को दशकमा पेडल चक्कालाई विस्थापित गरी प्रोपेलर प्रविधिको विकास गरिएको थियो । सन् १८८६ मा कर्ल बेन्जद्वारा पहिलो गेसोलीन कारको निर्माण गरिएको थियो ।  

संचार क्रान्तिको रूपमा ब्रिटेनका विलयम कुक र चार्ल्स ह्वीटस्टोनद्वारा विद्युत टेलीग्राफको विकास गरियो,  जसबाट रेलवेलाई बढी सुरक्षित रूपले संचालन गर्नको लागि यसको व्यवाहारिक प्रयोग संभव हुन सक्यो । अमेरिकाका सेमुअल मोर्सले 'मोर्स कोड' को विकास गरे । सन् १८७६ मा अलेक्जेण्डर ग्राहम बेलले ध्वनिलाई विद्युत संकेतमा बदल्ने प्रविधिको विकास गरे । सन् १८९५ मा गुग्गेल्मो मार्कोनीले तारविहीन टेलीग्राफीको आविष्कार गरे । यिनीहरू उन्नाइसौं शताब्दीमा पहिले अस्तित्वमा भएका प्रविधि थिए । यद्यपि उन्नाइसौं शताब्दीमा व्यावहारिक उपयोग कुशल र व्यापक बनाउनको लागि यिनीहरूलाई विकसित गरियो । ऊर्जा र उद्योगको क्षेत्रमा पनि उन्नाइसौं शताब्दीमा धेरै प्राविधिक विकास भएको थियो । सन् १८३१ मा माइकल फेराडेले विद्युत चुम्बकीय प्रणालीको खोज गरे । सन् १८७९ मा थोमस एल्बा एडिसनले व्यावहारिक बिजुलीको बल्वको प्रविधिको विकास गरे । सन् १८८२ मा न्यूयोर्कको पर्ल स्ट्रीट स्टेशनमा विश्वको पहिलो बिजुली संयन्त्र निर्माण भयो । सन् १८५९ मा एडविन ड्रोकले पेन्सिलभेनियामा पहिलो तेलको कुवाको उत्खनन गरे । सन् १८८५ मा गोटलिब डेमलरले पहिलो ग्यासोलिन इन्जिन बनाए ।

केही यस्ता प्रविधि पनि थिए,  जसको खोज र विकास पहिलो पटक उन्नाइसौं शताब्दीमा भएको थियो । तापदीप्त प्रकाश बल्व उन्नाइसौं शताब्दीका आविष्कारहरूको सबभन्दा प्रसिद्ध उदाहरण हुनसक्छ । यो आविष्कार म्यानुफ्याक्चरिङ उद्योगको लागि महत्त्वपूर्ण थियो,  किनकि यी बल्वहरूले विभिन्न कारखनाहरूलाई तिनीहरूको भौगोलिक स्थितिको परवाह नगरीकन संचालन गर्ने अनुमति दियो । परिणामस्वरूप यसको उपयोग गर्ने कारखानाहरूको उत्पादन दर तीनगुना भयो । विभिन्न जहाज निर्माताहरूद्वारा पोर्ट्समाउथ ब्लक मिलहरूमा पुली ब्लक विकसित गरियो । यी सबै आविष्कारहरूबाट ठूलो परिमाणमा उत्पादनको युग शुरु भयो,  किनकि प्रत्येक क्षेत्रमा उत्पादन दरमा धेरै वृद्धि भयो । शताब्दीको पूर्वार्धमा इन्जिनियहरूद्वारा विभिन्न म्यानुफ्याक्चरिङ उपकरण विकसित गरियो । यी औजारहरूबाट विभिन्न मेशिनरी भागहरूलाई कुशलतापूर्वक तयार गर्न वा निर्माण गर्न सहज भयो । रिचर्ड रोबर्ट्स र जोसेफ ह्विटवर्थ ती इन्जिनियहरूमध्ये थिए,  जसले सबभन्दा पहिले यसप्रकारका उपकरणहरूको विकास गरे र तिनीहरूको प्रयोग गरे ।

स्वास्थ्य क्षेत्रमा पनि यो अवधिमा धेरै प्राविधिक विकास भएको थियो । सन् १८४६ मा विलियम मोर्टनले ईथरको प्रयोग गरेर पहिलो सर्जरी एनस्थेसियाको निर्माण गरेका थिए । सन् १८६१ मा लुई पाश्चारले रोगहरूको जीवाणु सिद्धान्तको पुष्टि गरेका थिए । सन् १८९५ मा विल्हेम कोनराड रोन्टजनले अदृश्य विकिरणको खोज गरी एक्स-रे को आविष्कार गरेका थिए । उत्पादन प्रविधिको विकास अन्तर्गत सन् १८०१ मा इलि ह्विटनी बनाइयो र हतियार निर्माणमा यो प्रविधिको प्रयोग गरियो । सन् १८४६ मा एलियास होवेले सिलाई मेशिनको आविष्कार गरे । सन् १८५६ मा विलियम हेनरी पार्किनले पहिलो सिन्थेटिक डाई बनाए ।

उन्नाइसौं शताब्दीमा परिवर्तन गर्न मिल्ने भागहरूको निर्माण र विकास शुरु भयो । अहिले यसलाई म्यानुफ्याक्चरिङको मानक प्रणाली मानिन्छ ।

वैज्ञानिक उपकरण प्रविधिको विकास अन्तर्गत सन् १८३९ मा लुई डाइगुएरेद्वारा फोटोग्राफी मेशिन बनाइयो । सन् १८५९ मा गुस्ताव किर्चोफ र रोबर्ट बन्सनद्वारा तत्त्वहरूको पहिचानको लागि स्पेक्ट्रोस्कोप बनाइयो । सन् १८२४ मा सादी कार्नोद्वारा ताप इन्जिन सिद्धान्त अनुसार थर्मोडाइनमिक्स बनाइयो ।सन् १८९५ मा लुमियर दाजुभाइले सिनेमेटोग्राफरको आविष्कार गरेका थिए । 

उन्नाइसौं शताब्दीमा परिवर्तन गर्न मिल्ने भागहरूको निर्माण र विकास शुरु भयो । अहिले यसलाई म्यानुफ्याक्चरिङको मानक प्रणाली मानिन्छ । यसको शुरुवात अमेरिकी संघीय शस्त्रालयद्वारा आफ्नो आग्नेयास्त्र निर्माण प्रणालीमा यसको कार्यान्वयनसँगै भयो । यो घटना उन्नाइसौं शताब्दीको पूर्वार्धमा घटित भयो । शताब्दीको अन्तसम्म यो स्पष्ट रूपले प्रयुक्त म्यानुफ्याक्चरिङ प्रणाली बनेको थियो । उन्नाइसौं शताब्दीको मध्यमा कपडा क्षेत्रको म्यानुफ्याक्चर गतिविधिमा दुई प्रमुख वृद्धि वा सुधार भए । पहिलो कुरा त त्यो अवधिमा जुत्ताको उत्पादनमा मेशिनीकृत गरिएको थियो । अर्को र मुख्य कुरा सिलाई मेशिनहरूको आविष्कार उन्नाइसौं शताब्दीको मध्य कालमा नै भएको थियो । उन्नाइसौं शताब्दीको मध्यदेखि अन्तसम्म यी सिलाई मेशिनहरूको उत्पादन ठूलो परिमाणमा गरियो । सिलाई मेशिनहरूसँगसँगै त्यही समयावधिमा अनेकौं कृषि यन्त्रहरूको पनि उच्च उत्पादन दरमा विकास भयो । सन् १८८० को दशकको प्रारम्भमा यो आकर्षण साइकलहरूतिर मोडियो । यसको सम्पूर्ण दशकमा साइकलहरूको उत्पादन चरम स्थितिमा थियो र यसको पर्याप्त माग पनि थियो,  जसबाट निर्माताहरू पनि उत्साहित थिए । यो समयसम्म अमेरिकाका र अन्य धेरै कारखानाहरूले पहिलेदेखि नै वाफद्वारा संचालित प्रणाली र कार्यात्मकतालाई अपनाएका थिए । यद्यपि इङ्ल्याण्डले अमेरिकाभन्दा धेरै पहिले नै जल चालित कारखाना प्रणाली लागू गरेको थियो ।

के निश्चित छ भने विभिन्न प्राविधिक क्षेत्रमा विकासको गति पहिलो औद्योगिक क्रान्तिको तुलनामा धेरै बढी प्रभावशाली थियो । यसरी उन्नाइसौं शताब्दीको प्रविधिको विकासले औद्योगिकीकरण,  संचार र विज्ञानमा अभूतपूर्व प्रगति देखियो ।

यसपछि फलामयुक्त प्रविधिलाई छिट्टै वाफ-शक्तिमा आधारित जहाजहरूमा लागू गरियो । यी जहाजहरूले जापान र चीनसँग व्यापार मार्ग खोल्नमा महत्त्वपूर्ण भूमिका निभाए । यसबाट पहिलो पटक पश्चिमी र पूर्वी संसार कुनै मध्यस्थबिना नै जोडिएका थिए । उन्नाइसौं शताब्दीको अन्तिम काललाई उत्पादनका विभिन्न क्षेत्रमा भएको तीव्र प्रगतिको कारण दोस्रो औद्योगिक क्रान्ति मानिन्छ । त्यो अवधिको क्रममा धेरै क्षेत्रमा तीव्र रूपमा विकास भयो र तिनीहरूलाई राम्रोसँग विसकित संरचनासँगै प्राविधिक अनुसन्धानसँग पनि जोडियो । रासायनिक, विद्युत, पेट्रोलियम, इस्पात, आदि क्षेत्रमा तीव्र विकास भयो । यो अवधि कति लामो समयसम्म चल्यो भन्ने कुरा अनिश्चित छ । यद्यपि अधिकांश इतिहासकार दोस्रो औद्योगिक क्रान्तिको उल्लेख उन्नाइसौं शताब्दीको अन्तिम तेस्रो भागदेखि लिएर पहिलो विश्वयुद्धको शुरुवातसम्म मान्दछन् । के निश्चित छ भने विभिन्न प्राविधिक क्षेत्रमा विकासको गति पहिलो औद्योगिक क्रान्तिको तुलनामा धेरै बढी प्रभावशाली थियो । यसरी उन्नाइसौं शताब्दीको प्रविधिको विकासले औद्योगिकीकरण,  संचार र विज्ञानमा अभूतपूर्व प्रगति देखियो । यो युगका प्राविधिक आविष्कारहरूले बीसौं शताब्दीको प्राविधिक क्रान्तिको मार्ग प्रशस्त गरेको थियो ।

बीसौं शताब्दीमा अभूतपूर्व प्राविधिक क्रान्ति भएको थियो । यो युगबाट नै आधुनिक डिजिटल युगको जग निर्माण भएको हो । यो युगमा विज्ञान र प्रविधि दुवैमा धेरै उपलब्धिहरू हासिल गरियो । यो शताब्दीको क्रममा वैज्ञानिक तरीकालाई व्यापक परिमाणमा पढाइयो र लागू गरियो । यसको अतिरिक्त प्रोत्साहन र योगदानको कारण वैज्ञानिक शोधकर्ताहरूको संख्यामा वृद्धि भयो,  जसको परिणामस्वरूप अन्ततः महत्त्वपूर्ण उपलब्धि हासिल भए । ती उपलब्धिहरूको प्रभाव आज पनि आधुनिक विज्ञान र प्रविधिमा परिरहेको छ । संचार र परिवहन प्रविधिमा भएका महत्त्वपूर्ण सुधार र उन्नतिका कारण प्राविधिक बोध संसारभरी ठूलो परिमणमा फैलियो । अटोमोबाइलसहित धेरै उच्च प्रविधि वैश्विक उपभोक्ताहरूको लागि ठूलो स्तरमा कुशलतापूर्वक सुलभ भए,  जसको कारण दिन-प्रतिदिन बढ्दो परिमाणमा उत्पादन दर हो ।

कम्प्यूटर र डिजिटल क्रान्ति अन्तर्गत सन् १९४१ मा कोनराड ज्यूसद्वारा Z3 (पहिलो प्रोग्रामेबल कम्प्यूटर)  निर्माण गरियो । सन् १९४६ मा ३० टन तौल भएको ENIAC (इलेक्ट्रोनिक न्यूमेरिकल इन्टिग्रेटर एण्ड कम्प्यूटर)  बनाएको थियो । सन् १९४७ मा बेल लेब्समा ट्रान्जिस्टरको आविष्कार गरियो । सन्  १९७१ मा इन्टेल ४००४ पहिलो व्यावसायिक माइक्रोप्रोसेसर निर्माण गरिएको थियो । सन् १९७६ मा स्टिभ वोन्जियाक र स्टिभ जब्सले एप्पल कम्प्यूटर बनाए । सन् १८८१ मा आईबीएम पीसीले व्यावसायिक सफलता हासिल गर्‍यो ।

अन्तरिक्ष प्रविधि अन्तर्गत बीसौं शताब्दीमा अन्तरिक्ष युगको शुरुवात भयो । सन् १९५७ मा पहिलो कृत्रिम उपग्रह स्पुतनिक बन्यो । सन् १९६१ मा युरी गागरिन अन्तरिक्षमा जाने पहिलो मानव बने । सन् १९६९ मा एपोलो ११ मिशन (नील आर्मस्ट्रङ र बज एल्ड्रिन)  सफल भयो । सन् १९९० मा हब्बल स्पेस टेलिस्कोपको लन्च गरियो । चिकित्सा प्रविधिको विकास अन्तर्गत सन् १९२८ मा अलेक्जेण्डरले पेनिसिलिनको खोज गरे । सन् १९७२ मा पहिलो सीटी स्क्यानरको निर्माण भयो । सन् १९८० को दशकमा एमआरआई प्रविधिको विकास भयो । जैव प्रविधि अन्तर्गत सन् १९५३ मा वाटसन र क्रिकले डीएनए संचारको खोज गरे । सन् १९९६ मा पहिलो क्लोनको रूपमा डली भेडा जन्माउन सफलता हासिल गरियो ।

पहिलो कृत्रिम उपग्रह स्पुतनिक । https://img.goodfon.ru

महान ऊर्जा प्राप्त भएसँगै रकेट प्रविधिको विकास हुनलाग्यो र तीव्रतापूर्वक नयाँ खोजहरू हुँदै गए । परिणामस्वरूप सन् १९५० को दशकमा स्पुत्निकको प्रक्षेपण गरिएको थियो,  जसबाट प्रथम अन्तरिक्ष युगको शुरुवात भयो ।

सेनाको लागि महत्त्वपूर्ण विकास र अनुसन्धान गरियो,  जसको परिणामस्वरूप इलेक्ट्रोनिक कम्प्यूटिङ र जेट इन्जिनको विकास भयो । विश्वभरीका उपयोगकर्ताहरूको लागि उपलब्ध हुनसकोस् भनेर रेडियो र टेलिफोन प्रविधिमा विकास गरियो । यद्यपि अझै पनि सार्वभौमिक पहुँच प्रदान गर्न संभव थिएन । यो पनि अन्ततः संभव भयो,  किनकि मोबाइल फोन विकसित भए र यिनीहरू सस्ता पनि हुँदै गए । मोबाइल फोनको शुरुवाती अवधिमा यी धेरै महंगा थिए र  विकासशील देशमा रहने हरेक व्यक्तिका लागि सुलभ थिएनन्,  तर पछि यिनीहरू धेरै सस्ता हुँदै गए । यस अवधिमा ऊर्जा र इन्जिन प्रविधिमा पनि विकास भयो । यी क्षेत्रहरूमा सुधारको खोज गर्दै अन्ततः मेनहट्टन परियोजनामा परमाणु ऊर्जाको विकास गरियो,  जसबाट परमाणु युगको शुरुवात भयो । पछि शक्तिशाली देशहरूले पनि परमाणु ऊर्जाको विकास गरे । महान ऊर्जा प्राप्त भएसँगै रकेट प्रविधिको विकास हुनलाग्यो र तीव्रतापूर्वक नयाँ खोजहरू हुँदै गए । परिणामस्वरूप सन् १९५० को दशकमा स्पुत्निकको प्रक्षेपण गरिएको थियो,  जसबाट प्रथम अन्तरिक्ष युगको शुरुवात भयो । यो युग १९८० को दशकमा यसको प्राविधिक क्षेत्रमा बढी उन्नत परिणाम प्राप्त नहुन्जेलसम्म अगाडि बढ्यो । बीसौं शताब्दीमा कुनै पनि अन्य प्रविधि जस्तै विद्युतकरण पनि आफ्नो चरम स्थितिमा थियो । पहिलो पटक घरेलु प्रयोगको लागि बिजुलीको विकास गरेपछि यो केवल सीमित प्रमुख शहरहरूमा मात्र सीमित थियो । यसको अतिरिक्त बिजुली केवल धनी मानिसहरूको लागि सुलभ र सस्तो थियो ।

सूचना प्रविधिको विकासको रूपमा सन् १९२७ मा फिलो फार्न्सवर्थद्वारा इलेक्ट्रोनिक टेलिभिजनको निर्माण गरियो । सन् १९६९ मा चन्द्रमाबाट पहिलो लाइभ टेलीकास्ट गरिएको थियो । सन् १९७३ मा मार्टिन कूपरद्वारा पहिलो सेल फोन निर्माण गरियो । सन् १९९० को दशकमा जीएसएम प्रविधिको विकास भयो । सन् १९६९ मा इन्टरनेटको पूर्वशर्तको रूपमा ARPANET को विकास भयो । सन् १९९१ मा टीम बर्नर्स लीद्वारा वल्ड वाइड वेबको आविष्कार गरियो । उनले प्रमुख डाटा विश्लेषण संसाधनका आवश्यकताहरूलाई पूरा गर्नको लागि वर्ल्ड वाइड वेबको व्यावहारिक अवधारणाको विकास गरेका थिए ।  परिवहन प्रविधिको विकास अन्तर्गत पहिलो विमान क्रान्तिको रूपमा सन् १९०३ मा राइट दाजुभाइले पहिलो उडान गरियो । सन् १९६९ मा बोइङ्ग ७४७ जम्बो जेटको पहिलो पटक उडान भयो । अटोमोबाइलको विकास अन्तर्गत सन् १९०८ मा फोर्ड मोडल टी -  मार्स प्रोडक्सनको शुरुवात भयो । सन् १९९७ मा पहिलो मास-प्रोड्यूस्ड हाइब्रिड कार टोयोटा प्रियसको विकास गरियो । सन् १९५२ मा हाइड्रोजनको बमको परीक्षण गरियो । सन् १९८० को दशकमा एम-११७ पहिलो स्टील्थ फाइटर नाइटको निर्माण गरियो ।

सन् १९७८ मा लुइस ब्राउनको रूपमा आनुवांशिक इन्जिनियरिङको एक ठूलो सफलता हासिल भयो;  यो कुनै निर्भरताका साथ पैदा भएको पहिलो टेस्टट्यूब शिशु थियो । यसपछि छिट्टै सन् १९८५ मा पहिलो सेरोगेसी गर्भावस्था सफलतापूर्वक सम्पन्न भयो ।

बीसौं शताब्दीमा जनसंख्या नियन्त्रण एक व्यापक र प्रमुख वैश्विक मुद्दा थियो । सन् १९७० को दशकको अन्तमा इलेक्ट्रोन सूक्ष्मदर्शी यन्त्र आफ्नो श्रेणीमा सबभन्दा शक्तिशाली थिए । तिनीहरूले आनुवांशिक इन्जिनियरिङको क्षेत्रमा बोध र ज्ञान बढाउनको लागि धेरै महत्त्वपूर्ण योगदान दिए । सन् १९७८ मा लुइस ब्राउनको रूपमा आनुवांशिक इन्जिनियरिङको एक ठूलो सफलता हासिल भयो;  यो कुनै निर्भरताका साथ पैदा भएको पहिलो टेस्टट्यूब शिशु थियो । यसपछि छिट्टै सन् १९८५ मा पहिलो सेरोगेसी गर्भावस्था सफलतापूर्वक सम्पन्न भयो । अन्ततः ६ वर्षपछि सन् १९९१ मा आईसीएसआईद्वारा पहिलो गर्भावस्था सफलतापूर्वक सम्पन्न भयो । यसमा एक शुक्राणुलाई अण्डमा कृत्रिम प्रक्रियाद्वारा क्रियान्वित गरिन्छ । सन् १९८९ मा प्रि-इम्प्लान्टेशन जेटेनिक डायोग्नोसिको प्रयोग शुरु भयो,  जसको परिणामस्वरूप जुलाई १९९० मा एकै वर्षभित्र सफल जन्म भयो । यसबाट त्यो समय प्राविधिक विकासमा कति तीव्र थियो भन्ने कुरा स्पष्ट हुन्छ । यी प्रक्रियाहरूलाई अझै लगातार विकसित गरिरिहएको छ र आम मानिससम्म पुर्‍याइरहिएको छ । ट्रान्सएटलान्टिक अनुसन्धान कार्यक्रमलाई जारी राख्नको लागि मुख्य डाटा विश्लेषण संसाधन आवश्यक हुन्थ्यो ।  मानव जीनोम परियोजना र विशाल इलेक्ट्रो-पोजिट्रोन कोलाइडर यस्ता ठूला परियोजनाका उत्कृष्ट उदाहरण हुन् । यी परियोजनाहरूको लागि उन्नत वितरित संचारको आवश्यकता हुन्थ्यो,  जसको परिणामस्वरूप शोधकर्ताहरूले ठूलो परिमाणमा इन्टरनेट प्रोटोकल अपनाउनुपर्‍यो ।

सन् १९४७ मा ट्रान्जिस्टरको आविष्कार भएको थियो,  जसले इलेक्ट्रोनिक क्रान्तिको आधार तयार गरेको थियो । सन् १९६९ को एपोलो मुन ल्याण्डिलाई मानवताको सबभन्दा ठूलो प्राविधिक उपलब्धि मानिन्छ । वर्ल्ड वाइड वेबको खोजलाई डिजिटिल युगको शुरूवात मानिन्छ । विकासशील देशहरूमा सन् १९८० को दशकपछि भ्याक्सिनेसन वैश्विक स्तरमा व्यापक रूपमा फैलियो । यसको पछाडिका कारणमा सबभन्दा महत्त्वपूर्ण धेरै सफल मानवीय पहल,  सीमित चिकित्सा संसाधनयुक्त गरीब देशहरूमा बाल मृत्युदरमा कमी,  आदि थिए ।

बीसौं शताब्दीका शीर्ष बीस प्राविधिक विकास सूचीमा विद्युतीकरण,  अटोमोबाइल, हवाईजहाज, जल आपूर्ति र वितरण, इलेक्ट्रोनिक्स, रेडियो र टेलिभिजन, मेशिनीकृत कृषि, कम्प्यूटर, टेलिफोन, एयर कन्डिसन र रेफ्रिजेरेशन, राजमार्ग, अन्तरिक्ष यान, इन्टरनेट, इमेजिङ प्रविधि, घरेलु उपकरण, स्वास्थ्य प्रविधि, पेट्रोलियम र पेट्रोकेमिकल प्रविधिहरू, लेजर र फाइबर अप्टिक्स, परमाणु प्रविधि र सामग्री विज्ञान पर्छन् । यसरी बीसौं शताब्दीमा कम्प्यूटर,  अन्तरिक्ष अन्वेषण,  परिवहन,  सूचनासंचार,  जैव-प्रविधि र डिजिटल संचारमा क्रान्तिकारी प्राविधिक परिवर्तन भयो । यी आविष्कारहरूले एक्काइसौं शताब्दीको प्राविधिक परिदृश्यलाई आकार दिए । बीसौं शताब्दी मानव इतिहासको सबभन्दा बढी प्राविधिक रूपमा परिवर्तनकारी अवधि प्रमाणित भएको थियो ।

एक्काइसौं शताब्दीको छोटो अवधिमा प्राविधिक क्षेत्रमा अभूतपूर्व प्रगति देखिएको छ । जसको कारण हरेक पक्षमा मानव जीवन बदलिएको छ । हामी एक्काइसौं शताब्दीको प्रारम्भिक चरणमा रहेका छौ,  तर पनि यो छोटो अवधिमा हासिल गरिएको विकास र प्राविधिक प्रगति अहिलेसम्म गरिएका प्राविधिक शोधहरूभन्दा पनि धेरै महत्त्वपूर्ण छन् । एक्काइसौं शताब्दीमा अहिलेसम्म प्राप्त प्राविधिक विकास र क्षेत्रमा गतिशील दृष्टिले हेर्दा क्वान्टम कम्प्यूटर,  जीन थेरापीमा अनुसन्धान,  थ्रीडी प्रिन्टिङको विकास,  नानो प्रविधि,  बायो-इन्जिनियरिङ र जैव-प्रविधि, परमाणु प्रविधि, धेरै उन्नत सामग्री,  आदिको विकास भइरहेको छ । स्क्र्यामजेट र ड्रोनको उपयोग सेनाद्वारा गरिरहिएको छ,  किनकि तिनीहरू उच्च इनर्जी लेजर र रेल गनबाट लैस हुन्छन् । सुपरकन्डक्टिभिटीको संचालन शुरु गरिएको छ । मेमरिस्टर, ग्रिन टेक्नोलोजी र वैकल्पिक इन्धन जस्ता इन्धन कोशिकाहरू,  स्वचालित ड्राइभिङ इलेक्ट्रिक कार,  प्लग-इन हाइब्रिड कार,  आदिको विकास भइरहेको छ । अहिले सम्बर्धित वास्तविक डिभाइस र वेयरेवल इलेक्ट्रोनिक्स पनि विकसित गरिएको छ । कृत्रिम बौद्धिकताको विकास भएको छ; यो आधुनिक कम्प्युटर विज्ञानको प्रोग्रामिङ वा कोडिङ भाषाको संजालमा लुकेको एक रहस्यमय पक्ष हो; यो मानवझैं यन्त्रले व्यवहार गर्ने विज्ञान-प्रविधिको एक शाखा हो ।

यसरी नै  शक्तिशाली एलईडी,  सोलर सेल,  आईसी प्रविधि (एकीकृत सर्किट),  तारविहीन विद्युत उपकरण,  इलेक्ट्रोनिक/इन्धन इन्जिन, पोर्टेबल र शक्तिशाली ब्याट्री, आदि जस्ता प्रविधिको विकास केवल डेढ दशकको अवधिमा भएको हो । लार्ज हेड्रोन कोलाइडर (LHC)  एक्काइसौं शताब्दीमा निर्मित प्रविधि र अनुसन्धान दुवै हिसाबले सबभन्दा महान अनुसन्धान उपकरण मानिन्छ । यो सम्पूर्ण मानव इतिहासमा अहिलेसम्मको सबभन्दा ठूलो यन्त्र हो । के आशा गरिन्छ भने एलएचसी जस्ता ठूला पार्टिकल एक्सेलेटर्स र न्यूट्रिनो डिटेक्टर जस्ता उपकरणले कण भौतिकीको बारेमा बोध र ज्ञानलाई बढाउनमा मद्दत गर्नेछन् । भूमिगत डिटेक्टर लगातार 'डार्क म्याटर' को खोजमा लागिरहेका छन् । अर्कोतिर एआईजीओ (Laser Interferometer Gravitational-Wave Observatory) जस्ता प्रयोगशालाहरूले  गुरुत्वाकर्षण तरंगहरूको पत्ता लगाउने र तिनीहरूलाई बुझ्ने काम गरिरहेका छन् ।

https://pic.rutubelist.ru/

सन् २००० को दशकमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको निर्माण सफलतापूर्वक भएको छ । सन् २०३० को दशकमा मंगल ग्रहमा मानवयुक्त मिशन पठाउने अनुमान लगाइएको छ ।

एक्काइसौं शताब्दीमा जेनेटिक इन्जिनियरिङले केही उपयोगी परिणाम हासिल गर्‍यो । यस क्षेत्रमा एपिजेनेटिकको महत्त्व धेरै बढेको छ । वर्तमानमा उत्तराधिकार एक सुविकसित र प्रसिद्ध अवधारणा हो । ओरायन र ड्र्यागन जस्ता अन्तरिक्ष यानका आविष्कारसँगै खगोल विज्ञानले धेरै ठूलो परिमाणमा क्रान्ति गरिरहेको छ । यी आविष्कारहरूले अन्तरिक्ष उडान प्रविधिलाई एक नयाँ दृष्टिकोण दिएका छन् । पुराना पारम्परिक दूरबिनहरूको तुलनमा अन्तरिक्ष दूरबिन धेरै विकसित छन् । यी दूरबिनहरूको निरन्तर विकास र सुधार गरिरहिएको छ । सन् २००० को दशकमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको निर्माण सफलतापूर्वक भएको छ । सन् २०३० को दशकमा मंगल ग्रहमा मानवयुक्त मिशन पठाउने अनुमान लगाइएको छ । पहिलो मानवयुक्त वाणिज्यिक अन्तरिक्ष उडान सन् २००४ मा भएको थियो । सन् २०१५ मा VASIMR (परिवर्तनीय विशिष्ट आवेगयुक्त म्याग्नेटो-प्लाज्मा रकेट)  को परीक्षण गरिएको थियो । यो एक विद्युत-चुम्बकीय थ्रस्टर हो,  जसको उपयोग अन्तरिक्ष यान प्रेषणसँगै गरिने छ।

कृत्रिम बौद्धिकता र मेशिन लर्निङको क्षेत्रमा पनि एक्काइसौं शताब्दी धेरै महत्त्वपूर्ण रह्यो ।

एक्काइसौं शताब्दीमा धेरै प्राविधिक आविष्कार र प्रगति भए । सन् २००७ मा मल्टी-टच इन्टरफेस र एप्लिकेसन इकोसिस्टम प्रविधिमा आधारित एफल आइफोनको निर्माण भयो । सन् २००८ मा एन्ड्रोयड ओएसको पहिलो वाणिज्यिक संस्करणको प्रारम्भ भयो । सन् २०२३ सम्ममा वैश्विक जनसंख्याको ८६ प्रतिशतले करिब ७ अरब स्मार्टफोन उपयोग गरेका छन् । सन् २०१९ मा दक्षिण कोरियाबाट पहिलो ५जी वाणिज्यिक नेटवर्कको विकास भयो । यो १० जीवी प्रतिसेकेण्डसम्म तीव्र रहेको पाइन्छ ।

कृत्रिम बौद्धिकता र मेशिन लर्निङको क्षेत्रमा पनि एक्काइसौं शताब्दी धेरै महत्त्वपूर्ण रह्यो । सन् २०११ मा आईबीएम वाटसनले जियोपार्डी जित्यो । सन् २०१६ मा अल्फागोले चेस च्याम्पियन ली सेडोललाई हरायो । सन् २०२२ मा च्याट जीपीटी (open AI)  र जेनेरेटिभ एआईको उदय भयो । सन् २०२४ सम्ममा डिपशिक र अन्य धेरै कृत्रिम बौद्धिकताका प्लेटफर्महरूको विकास भइसकेको छ । नवीकरणीय ऊर्जा अन्तर्गत सन् २०२३ सम्म १ टेराबाइट क्षमता भएको सौर्य ऊर्जाको विकास भएको छ । सन् २०१२ मा CRISPR-Cas9  सटिक जिन सम्पादन प्रविधिको आविष्कार भयो । सन् २०२० मा कोभिड-१९ mRNA  फाइजर भ्याक्सिनको विकास भयो । सन् २०१९ मा अंग निर्माण अन्तर्गत पहिलो ३डी प्रिन्टेड हृदयको निर्माण भयो । अन्तरिक्ष प्रविधिको विकास अन्तर्गत सन् २००२ मा स्पेसएक्स,  सन् २०१५ मा फाल्कन ९ र २०२३ म स्टारशिप बने । सन् २०२५ सम्म चन्द्रमामा मानव पुर्‍याउने हेतुले 'आर्टेमिस प्रोग्राम' बनाइएको छ । सन् २०२१ मा मंगल ग्रहमा अन्वेषणको लागि 'पर्सभेरेन्स रोभर' निर्माण गरिएको छ ।

सन् २००१ देखि २०२४ सम्म प्राविधिक रूपमा धेरै विकास भयो । सन् २००४ मा फेसबुकको शुरुवात भयो,  जसले सामाजिक मिडियमा क्रान्ति ल्याइदियो । सन् २०१० मा आइप्याड आयो,  जसबाट 'ट्याबलेट कम्प्यूटिङ' को उदय भयो । सन् २०१४ मा 'गुगल डीपमाइण्ड' आयो,  जसले कृत्रिम बौद्धिकताको शोधमा क्रान्ति ल्याइदियो । सन् २०२० मा कोभिड१९ भ्याक्सिनको आविष्कार गरियो,  यसबाट mRNA प्रविधिमा सफलता हात लाग्यो । सन् २०२२ मा 'च्याट जिपीटी' र  सन् २०२४ मा 'डिपसिक' आए,  जसले कृत्रिम बौद्धिकतालाई आम जनतासम्म पहुँच पुर्‍याइदिए । यसरी मानव सभ्यताको इतिहासमा एक्काइसौं शताब्दीमा प्रविधि तीव्र रूपमा विकसित भइरहेको छ र यसले मानव सभ्यतालाई फरक ढंगले आकार प्रदान गरिरहेको छ । अझ आउने दिनमा यसको थप विकासले सामाजिक-सांस्कृति रूपमा आमूल परिवर्तन देख्न सकिन्छ ।

अन्तमा,  प्रविधिको इतिहास उपकरण र यन्त्रहरूको इतिहास मात्र होइन,  यो मानवको जिज्ञासा,  अन्वेषण र सामाजिक-सांस्कृतिक र आर्थिक विकासको इतिहास पनि हो । यो मानव सभ्यताका आकांक्षा, संघर्ष र नव-प्रवर्तनहरूको गाथा हो । यसले हामी कहाँबाट आएका हौं र आउने समयमा हामीले प्रविधिलाई कुन दिशातिर लिएर जाँदैछौं भन्ने कुरा बुझ्न मद्दत गर्दछ । यसबाट प्रविधिले कसरी समाजलाई निश्चित आकार प्रदान गर्दछ र समाजको प्राविधिक नव-प्रवर्तनलाई दिशा दिन्छ भन्ने कुरा बुझ्न सकिन्छ । प्रविधिको विकास मानव समस्याहरूलाई समाधान गर्ने र जीवनलाई सरल बनाउने निरन्तर प्रक्रिया हो । प्रत्येक युगमा भएका नव-प्रवर्तनहरूले मानव समाजलाई आयाम प्रदान गरेका छन् । भविष्यमा कृत्रिम बौद्धिकता,  क्वान्टम कम्प्यूटिङ,  जैव-प्रविधि,  अन्तरिक्ष-प्रविधि,  हरित-प्रविधि जस्ता क्षेत्रमा अझ प्रगति हुँदै जानेछ र मानव समाज र संस्कृतिले नयाँ आकार लिंदै जानेछ ।

सन्दर्भ स्रोतहरू

  1. A History of technology, internetarchivebooks; inlibrary; printdisabled, Contributor Internet Archive, Language English, Oxford : Clarendon Press.
  2. Lehner, M. (1997). The Complete Pyramids.
  3. Ikram, S. (2003). Death and Burial in Ancient Egypt.
  4. Robinson, A. (2007). The Story of Writing.
  5. The Oxford Handbook of the Bronze Age" (2013)।
  6. "The History of Writing" by Steven Roger Fischer (2001)।
  7. Wright, R.P. (2010). The Ancient Indus: Urbanism, Economy, and Society.
  8. Parpola, A. (1977). The Indus Script: A Positional-Statistical Approach.
  9. "Ancient India's Contributions to Science" – D.P. Agrawal
  10. "The Exact Sciences in Ancient India" – B.B. Datta
  11. "Indian Mathematics and Astronomy" – T.A. Saraswati
  12. Kenoyer, J.M. (1998). Ancient Cities of the Indus Valley Civilization.
  13. "Ancient India's Contributions to Science" – D.P. Agrawal
  14. "The Exact Sciences in Ancient India" – B.B. Datta
  15. "Ancient Greek Technology" by T.K. Derry
  16. "The Hellenistic Age" by Peter Gree
  17. "A History of Engineering in Classical and Medieval Times" by Donald Hill
  18. "Indian Mathematics and Astronomy" – T.A. Saraswati
  19. Lewis Mumford – Technics and Civilization
  20. UNESCO's History of Humanity Vol. I
  21. Lynn White Jr. – Medieval Technology and Social Change
  22. Joseph Needham – Science and Civilisation in China
  23. Babylonian & Egyptian archeological records
  24. George Basalla – The Evolution of Technology
  25. David Landes – The Wealth and Poverty of Nations
  26. Islamic Golden Age manuscripts (Alhazen, Al-Jazari)
  27. "Ancient India's Contributions to Science" – D.P. Agrawal
  28. "Medieval Technology and Social Change" – Lynn White (1962)
  29. "The Medieval Machine" – Jean Gimpel
  30. "Science and Civilization in Islam" – Seyyed Hossein Nasr
  31. "The Incas" by Terence N. D'Altroy
  32. "The Maya" by Michael D. Coe
  33. 1491: New Revelations of the Americas Before Columbus by Charles C. Mann
  34. "The Exact Sciences in Ancient India" – B.B. Datta
  35. "Indian Mathematics and Astronomy" – T.A. Saraswati
  36. "Ancient Inventions" by Peter James and Nick Thorpe (1995)।
  37. The Oxford Handbook of Engineering and Technology in the Classical World" (2008)
  38. "Roman Technology and Society" – Kevin Greene
  39. "Concrete: The Roman Revolution" – Mary Beard
  40. "The Age of Exploration" – John R. Hale (2007)
  41. "1493: Uncovering the New World Columbus Created" – Charles C. Mann
  42. "Seapower and Naval Warfare" – Clark Reynolds
  43. "The Genius of China" by Robert Temple (1986)।
  44. Medieval Technology and Social Change" by Lynn White (1962)।
  45. "The Printing Revolution in Early Modern Europe" by Elizabeth Eisenstein (1983)।
  46. "The Industrial Revolution: A Very Short Introduction" by Robert C. Allen (2017)।
  47. The Civilization of the Renaissance in Italy" – Jacob Burckhardt
  48. "The Structure of Scientific Revolutions" – Thomas Kuhn
  49. "Leonardo da Vinci: The Marvellous Works of Nature and Man" – Martin Kemp
  50. "The Industrial Revolution: A Very Short Introduction" – Robert C. Allen (2017)
  51. "The Most Powerful Idea in the World" – William Rosen (2010)
  52. "Industry and Empire" – Eric Hobsbawm
  53. "The Industrial Revolution: A Very Short Introduction" – Robert C. Allen (2017)
  54. "The Most Powerful Idea in the World" – William Rosen (2010)
  55. "The Age of Enlightenment" – Peter Gay (1966)
  56. "The Lunar Men" – Jenny Uglow (2002)
  57. "The Invention of Science" – David Wootton (2015)
  58. "Industry and Empire" – Eric Hobsbawm
  59. "The Innovators" - Walter Isaacson (2014)
  60. "The Making of the Atomic Bomb" - Richard Rhodes (1986)
  61. "Where Wizards Stay Up Late" - Katie Hafner (1996)
  62. The Fourth Industrial Revolution" - Klaus Schwab (2016)
  63. "AI Superpowers" - Kai-Fu Lee (2018)
  64. "The Future is Faster Than You Think" - Peter Diamandis (2020)
  65. Study and Research of various websites, blogs, online portals, youtube channels, etc.