जैविक बुद्धिजीवी

ग्राम्सी जुन युगमा बाँचेका थिए, त्यो युगका चुनौतीहरू सामना गर्ने, त्यसबखतका अन्तर्विरोधहरू हल गर्ने अनि मार्क्सवादले सम्बोधन गर्न नसकेका कुराहरूमाथि पनि चिन्तन गर्ने प्रयासको समग्रतामा हामीले ग्राम्सीलाई बुझ्नुपर्छ। उनका रचनाहरूलाई मार्क्सवादको रचनात्मक उचाइका रूपमा पनि लिन सकिन्छ ।

ग्राम्सीका विशृङ्खलित अवस्थामा रहेका विचारहरू जो 'प्रिजन नोटबुकमा सङ्कलित छन्, त्यसैको आधारमा उनका विचारहरूको सार खिच्ने गरिएको छ। उनले जटिल विषयहरू उठान गरेका छन्। ती सुसङ्गत र बोधगम्य प्रस्तुतिभन्दा पनि टिप्पणीका रूपमा रहेका छन्। ती टिप्पणीहरू ग्राम्सीले भोगेको परिस्थितिसँग मिलाएर हेर्दा मात्र बोधगम्य हुन्छन् । यही कारणले गर्दा ग्राम्सीका विचारका बारेमा धेरै विरोधाभासहरू पनि व्यक्त भएका छन्। तर, त्यसको मार्गदर्शन भने ग्राम्सी बाँचेको युग नै थियो ।

 त्यो युग कस्तो थियो त ?

एकातिरबाट सोभियत क्रान्ति सम्पन्न भइसकेको र समाजवादी अभ्यास सुरू भइसकेको थियो। त्यससँगै त्यसको आलोचना पनि सुरू भइसकेको थियो । अरूले त गर्ने नै भए, रोजा लक्जेम्बर्गजस्ताहरूबाट पनि यसबाट निरङ्कुश प्रवृत्ति बढ्छ, यसप्रति सचेत  हुनुपर्छ भनेर मित्रवत आलोचना भइरहेको अवस्था थियो। यसबीचमा लेनिनको मृत्यु भइसकेको थियो र स्टालिनका प्रयत्नहरू अगाडि बढिसकेका थिए। उनी एउटै देशमा समाजवाद कसरी निर्माण गर्न सकिन्छ भनेर तेस्रो अन्तर्राष्ट्रियमार्फत् अगाडि बढिरहेका थिए। ग्राम्सी यही तेस्रो अन्तर्राष्ट्रियकै साथमा थिए। उनले त्यतिबेलाको परम्परागत मार्क्सवादी अडानमै उभिएर आफ्नो युग र युरोपका समस्याहरूलाई हेर्ने प्रयास गरेका छन्। अर्कोतिर उनी अलि विकसित मुलुक इटालीका थिए तर त्यहीबेला इटालीमा फासिवादको उदय भइरहेको थियो । फासिवादको उदय किन भयो भन्ने प्रश्नलाई पनि हेर्ने वेला भइसकेको थियो। फासिवादले पनि एक चरण त धेरै जनतालाई अन्धभक्त बनाएर आफ्नो पछाडि लागायो। त्यो कसरी सम्भव छ भन्ने कुराहरू बुझ्न जरूरी छ ।

यसरी एकातिर समाजवादको व्यवहारिक अभ्यास र त्यसको केन्द्रमा रहेको राज्य भनेको के हो ? राज्यले कसरी आफ्नो दबाव र अस्तित्व कायम गर्छ ? त्यो काम उसले दमनबाट मात्र गर्छ कि अरू तरिकाबाट पनि गर्छ ? स्टेट मेसिनरी भनेको वर्गउत्पीडनको अड्ग मात्रै हो ? अथवा त्यससँगै त्यसले हेजेमोनीहरू पनि निर्माण गर्छ ? ग्राम्सीको सन्दर्भमा यहाँ बुझ्नु के पर्छ भने राज्यले दमनसँगसँगै जनताबाट 'कन्सेन्ट पनि लिन खोज्छ। यसरी राज्यको अर्को पक्ष पनि छ अर्थात् नरम (कन्सेन्ट) पक्ष छ। तर, दुवैको उद्देश्य एउटै छ। दमनद्वारा पनि उसले त्यही उद्देश्य पूरा गर्छ, नरम व्यवहारद्वारा पनि उसले त्यही उद्देश्य प्राप्त गर्छ। त्यसका लागि साहित्य, कला, संस्कृतिजस्ता माध्यमहरूद्वारा र दार्शनिक रूपमा उत्पीडित वर्गलाई दमित अवस्थामै राखिराख्छ र आफ्नो प्रभुत्व स्थापित गर्ने कोसिस गरिरहन्छ। ग्राम्सी भन्छन्- राज्यले दमन र कन्सेन्ट दुवैको तालमेल गरिरहेको हुन्छ। यस अर्थमा लेनिनले 'राज्य र क्रान्ति पुस्तकमा राज्यको जुन अवधारणा अघि सार्नुभएको थियो, राज्यको वर्गचरित्रबारे जे कुरा अघि सार्नुभएको थियो, ग्राम्सी त्योभन्दा एक पाइला अगाडि बढ्छन् ।

हामीले यहीं पञ्चायतकालमा हेर्‍यौं- बुद्धिजीवीहरूलाई उसले कसरी आफ्नो प्रवक्ता बनायो। त्यसभन्दा अगाडि धर्मगुरु र पुरोहितहरूलाई आम मान्छेको दिमाग सफा गर्ने बुद्धिजीवीको रूपमा प्रयोग गरिन्थ्यो । ग्राम्सीले शासकहरूलाई यसप्रकारको बुद्धिजीवीहरूको आवश्यकता रहिरहन्छ भन्ने कुरा सैद्धान्तीकरण गरेका हुन्।

राज्य र आमजनताका बीचमा के सम्बन्ध हुन्छ ? के राज्य र आमजनता एकदमै भिन्न हुन् एकले अर्कालाई प्रभावित गर्दैनन् ? यस्ता प्रश्नहरूमा ग्राम्सी के कुरा अघि सार्छन् भने त्यसो होइन, राज्य भनेको दमनकारी अङ्ग मात्र होइन, पूर्ण जैविक संरचना (कम्प्लिट अग्यानिजम्) हो। यो समाजबाटै सृजित भएको हुन्छ। जुन वर्गको स्वार्थलाई अगाडि लैजान र बचाउ गर्न खोज्छ, राज्यले त्यस्तैखालको चरित्र ग्रहण गर्दै जान्छ। त्यसैले हामीले बुझ्नुपर्छ कि पुँजीपतिहरूको राज्य होस् या सर्वहाराहरूको राज्य ती समाजको 'कम्प्लेक्सिटी बाट उब्जिन्छ। ती दुईले आआफ्नो वरिपरि 'सोसल ब्लक' पनि निर्माण गर्न खोज्छन् (ग्राम्सीले सोसल ब्लक थ्योरी पनि अघि सारेका छन्) । आफ्नो अस्तित्व कायम राखिराख्न त्यस्तो गर्नु अनिवार्य हुन्छ। जस्तो कि हामीले यहीं पञ्चायतकालमा हेर्‍यौं- बुद्धिजीवीहरूलाई उसले कसरी आफ्नो प्रवक्ता बनायो। त्यसभन्दा अगाडि धर्मगुरु र पुरोहितहरूलाई आम मान्छेको दिमाग सफा गर्ने बुद्धिजीवीको रूपमा प्रयोग गरिन्थ्यो । ग्राम्सीले शासकहरूलाई यसप्रकारको बुद्धिजीवीहरूको आवश्यकता रहिरहन्छ भन्ने कुरा सैद्धान्तीकरण गरेका हुन्। यो विचारको भ्रूण मार्क्स एड्गेल्समा पनि थियो, लेनिनमा पनि थियो, रोजा लक्जेम्वर्गमा पनि थियो। ग्राम्सीलाई चाहिँ यो श्रेय जान्छ कि उनले यसवारे एउटा उचाइबाट चिन्तन गरे।

ग्राम्सीले भने– त्यस्तो होइन, राज्यले राजनीतिक समाज र नागरिक समाजको रूपमा काम गर्छ। राज्यले नागरिक समाजमा पनि आफ्नो हेजेमोनी आयात गर्न खोजिरहन्छ। पुँजीवादीहरूले राज्यलाई बलियो बनाउन नागरिक समाजको सहयोग लिन्छन्, त्यसलाई आफ्नो प्रभावमा राखिराख्न खोज्छन् ।

ग्राम्सीभन्दा पहिले राजनीतिक समाज र नागरिक समाज भनेर छुट्याइन्थ्यो। र, राज्य भनेको राजनीतिक समाज हो, नागरिक समाज भनेको राज्यले पनि चासो लिएका आम जनताका विविध संस्थाहरू हुन् भनेर बुर्जुवाहरू भन्ने गर्थे। उनीहरूले नागरिक समाजलाई राज्यभन्दा अलग रूपमा अगाडि लैजान खोजेका थिए। अझ अहिले उनीहरू यसलाई 'नन्-स्टेट ग्रुपहरू भनिरहेका छन्। उनीहरूलाई चुनौती दिँदै ग्राम्सीले भने– त्यस्तो होइन, राज्यले राजनीतिक समाज र नागरिक समाजको रूपमा काम गर्छ। राज्यले नागरिक समाजमा पनि आफ्नो हेजेमोनी आयात गर्न खोजिरहन्छ। पुँजीवादीहरूले राज्यलाई बलियो बनाउन नागरिक समाजको सहयोग लिन्छन्, त्यसलाई आफ्नो प्रभावमा राखिराख्न खोज्छन् । त्यसको केन्द्रमा चाहिँ राज्यलाई विस्तार गर्ने उद्देश्य हुन्छ। त्यसकारण राजनीतिक समाज र नागरिक समाजलाई अलग गरेर हेर्न मिल्दैन। यी दुवैले एकै उद्देश्यका लागि काम गरिरहेका हुन्छन्। राज्यले 'फोर्स' र 'कन्सेन्ट' दुवैको प्रयोग गरिरहेको हुन्छ । कन्सेन्टको अड्गको रूपमा नागरिक समाज हुन्छ। ग्राम्सी यसो भन्छन्।

यस सन्दर्भमा माथि पनि भनियो कि ग्राम्सीले बुद्धिजीविका बारेमा नयाँ उचाइमा चिन्तन गरेका छन्। उनले भनेको जैविक बुद्धिजीवी (अर्ग्यानिक इन्टेलेक्च्युअल)लाई हामीले यसरी ग्रहण गर्नुपर्छ । कुनै पनि त्यस्तो समाज जो आफ्नो विकासको क्रममा छ, उसले आफ्नो अभिव्यक्ति बुद्धिजीवीमार्फत् नै गर्छ। उनका अनुसार एकातिर जनता छ, अर्कोतिर बुद्धिजीवी । यी दुईबीचको सम्बन्ध अर्ग्यानिक प्रकारको हुन्छ अर्थात् नङ र मासुजस्तो हुन्छ। बुद्धिजीवीहरू त्यहीं (समाज) बाट उम्रिएका हुन्छन् । ऊ त्यतिबेला मात्र बुद्धिजीवी हुन सक्छ, जब ऊ समाजबाट सृजित हुन्छ, त्यही समाजसँग अन्तर्क्रिया गर्छ । उसको अर्ग्यानिक सम्बन्ध जो हुन्छ, त्यो विभिन्न वर्गअनुसार अभिव्यक्त हुन सक्छ । उत्पीडित जनताले एक ढङ्गको बुद्धिजीवी पैदा गर्छ, उत्पीडकहरूले अर्कोखालका बुद्धिजीवीहरू पैदा गर्छ । अहिलेका बुर्जुवा बुद्धिजीवीहरूको कुरा गर्ने हो भने एक चरणमा उनीहरूले प्रगतिशील भूमिका खेलेका थिए। अहिले उसको भूमिका प्रतिक्रियावादी भइसकेको छ तर बुर्जुवाहरूले बुद्धिजीवी त पैदा गरिरहेकै हुन्छन्।

समाजबाट जन्मेको मान्छेलाई हामी त्यतिबेला बुद्धिजीवी भन्न सक्छौं जतिबेला उसले समाजको अनुभूतिहरूलाई संश्लेषण गरेर त्यसलाई अभिव्यक्ति दिन्छ । यदि ऊ त्यस्तो भूमिका खेल्न सक्दैन, समाजबाट कटिन्छ भने त्यतिबेला ऊ बुद्धिजीवी बाँकी रहँदैन ।

बुर्जुवा पार्टी होस् या सर्वहारा, यस्तै बुद्धिजीवीहरूबाट निर्माण हुन्छ । यसकारण बुद्धिजीवीहरूलाई समूहको रूपमा हुनुपर्ने हुन्छ । लेनिनले पनि भनेका थिए, पेशागत क्रान्तिकारी (प्रोफेसनल रिभोलुसनरी) र पेशागत बुद्धिजीवीहरूबाटै सर्वहारावर्गको अग्रदस्ता पार्टी बनेको हुन्छ। र, समाजबाट जन्मेको मान्छेलाई हामी त्यतिबेला बुद्धिजीवी भन्न सक्छौं जतिबेला उसले समाजको अनुभूतिहरूलाई संश्लेषण गरेर त्यसलाई अभिव्यक्ति दिन्छ । यदि ऊ त्यस्तो भूमिका खेल्न सक्दैन, समाजबाट कटिन्छ भने त्यतिबेला ऊ बुद्धिजीवी बाँकी रहँदैन । उसमा त्यस्तो शक्ति बाँकी रहंदैन।

यसरी ग्राम्सीका अगाडि एकातिर समाज छ, अर्कोतिर बुद्धिजीवी । त्यही समाजबाट बुद्धिजीवीहरू पैदा भइरहेका हुन्छन् । उनीहरू पार्टीमा विभिन्न संस्थाहरूमा क्रियाशील भइरहेका हुन्छन्। यसरी उनले राज्य र नागरिक समाज, समाज र बुद्धिजीवीलाई फ्युजनमा हेर्ने, जैविक सम्पूर्णता (अर्ग्यानिक होल) मा हेरेका छन्।

हामीले बाहिरबाट हेर्दा कुनै पनि समाज सिङ्गो नै देखिन्छ तर भित्र छुट्टाछुट्टै वर्ग, छुट्टाछुट्टै अनुभूतिमा समाज विभक्त भएको हुन्छ। र, उनीहरूको छुट्टाछुट्टै बुद्धिजीवी हुन्छ। ती बुद्धिजीवीहरू पनि तीव्र सङ्घर्षबाट गुज्रिरहेका छन्। विचारको सवालमा, देशलाई कतातिर लैजाने भन्ने नीतिको सवालमा । यदि कुनै वर्गसँग त्यस्तो सचेत बुद्धिजीवी छैन भने उसले नयाँ समाज निर्माण गर्ने सक्दैन। उसँग दमनकारी शक्ति त होला तर त्यतिले मात्र त हुँदैन, उसँग अग्रगामी वैचारिक सामर्थ्य पनि त हुनुपयो । र, त्यो भनेको बुद्धिजीवी नै हो। जुन वर्गले त्यस्तो बुद्धिजीवी पैदा गर्न, हुर्काउन सक्दैन, त्यो वर्ग आफैमा धेरै अगाडि बढ्न पनि सक्दैन । त्यहीनिर सर्वहाराहरूले पनि शिक्षा ग्रहण गर्नुपर्छ । त्यसभन्दा पहिले सर्वहारा आन्दोलनभित्र बुद्धिजीवीहरूलाई कहिले उपेक्षाको भावले हेर्ने, कहिले आवश्यकताभन्दा बढी सम्मान दिने अथवा बुद्धिजीवी भनेको समाजबाट काटिएर एकान्तमा चिन्तनमा लिन हुने मानिसको रूपमा चित्रित गर्ने स्थिति थियो। तर, ग्राम्सी चाहिं बुद्धिजीवीलाई समाजसंग घनिष्ठ सम्बन्धमा रहेको देख्न चाहन्छन् । यी अर्थहरूमा उनले बुद्धिजीवीको भूमिका र बुद्धिजीवीलाई ठीक ढङ्गले स्थापित गरिदिएका छन् ।

कतिपय अवस्थामा ग्राम्सीका टिप्पणी, उनका व्याख्याहरू एकआपसमा बाझिएजस्ता पनि लाग्छन् । उनले बुद्धिजीवीको ज्यादै फराकिलो परिभाषा दिएका छन्।

ग्राम्सीका लागि अनुभूति पनि ज्यादै जरूरी कुरा हो । उनी बुद्धिजीवीलाई तार्किक चिन्तनमा मात्र हेर्दैनन्। उनका अनुसार बुद्धिजीवी त्यो हो, जसले तार्किक चिन्तनसँगसँगै आमजनताको अनुभूतिलाई पनि समेट्छ। आमजनताको अनुभूतिलाई संगाल्न नसक्ने बुद्धिजीवी हुन सक्दैन। किताबहरूबाट मात्र पनि संश्लेषण गर्न सकिएला तर त्यसमा प्रत्यक्ष र ताजा अनुभूति भन्ने कुराको अभाव हुन्छ। त्यसकारण बुद्धिजीवी जनताको बीचमा हुनुपर्छ, जनतासँग अन्तर्क्रियामा हुनुपर्छ । अनि मात्र बुद्धिजीवीको समाजसँगको सम्बन्धमा जीवन्तता आउन सक्छ।

कतिपय अवस्थामा ग्राम्सीका टिप्पणी, उनका व्याख्याहरू एकआपसमा बाझिएजस्ता पनि लाग्छन् । उनले बुद्धिजीवीको ज्यादै फराकिलो परिभाषा दिएका छन्। जस्तो कि उनी के भन्छन् भने हामी सबै नै पकाउने कलामा धेरथोर ज्ञान राख्छौं। परिआए पकाइ पनि हाल्छौं तर हामी कुक त होइनौं नि। त्यसका लागि त पकाउने काममै निरन्तर लाग्नुपयो । त्यस्तै ग्राम्सी के भन्छन् भने किसान पनि बुद्धिजीवी हो, कृषिबारे उसले जति कसले जान्दछ तर किसानले बुद्धिजीवीको काम त गर्दैन। उसले पनि बौद्धिक कार्य गर्छ तर उसको मुख्य काम त्यो हुँदैन। बुद्धिजीवीले मात्र यस्तो बौद्धिक काम गर्छ। यसमा मुख्य कुरा यस्ता बुद्धिजीवीहरूको समाजसँग जैविक सम्बन्ध हुनुपर्छ। जुन दिन ऊ समाजबाट कटिन्छ, उसले जतिसुकै बौद्धिक चिन्तन किन नगरोस्, ऊ जैविक बुद्धिजीवी हुन सक्दैन ।

ग्राम्सीले नेता र जनताबीचको अन्तर्विरोधलाई पनि द्वन्द्वात्मक रूपमा हेरेका छन्। नेताहरू जन्मिन जन्मिन्छन् तर जसद्वारा उनीहरू जन्मिए, त्यसैलाई बिर्संदा जनताबाट कटिएर उनीहरू कमजोर हुन पुग्छन् । नेपालमा यो निकै मननीय तर्क हो भन्ने लाग्छ।

ग्राम्सीले यस सन्दर्भमा 'हेजेमोनी लाई पनि लोकप्रिय बनाए। उनी के भन्छन् भने हेजेमोनी पुँजीवादी मात्र हुँदैन, सर्वहारा हेजेमोनी पनि हुन्छ। जस्तो कि शासकहरूले शासितहरूमा शासित हुन तयार हुने मनोविज्ञान निर्माण गरिदिएका हुन्छन् । त्यसकारण त उनीहरू शासित हुन नै तयार भएका हुन् । ग्राम्सीको हेजेमोनीको अर्थ यो पनि हो तर हेजेमोनी यति मात्र होइन । शोषितहरूले पनि आफ्नो वर्गमा 'हेजेमोनाइज्ड' गर्छन् । सर्वहारावर्ग भनेको के हो ? उसले किन लड्नुपर्छ ? उसको ऐतिहासिक दायित्व के हो ? भन्ने कुरामा के बलको मात्र भूमिका हुन्छ, कन्सेन्टको पनि भूमिका हुँदैन भन्ने ठान्नुभएको छ ? त्यसो हो भने तपाईं गलत हुनुहुन्छ। शोषितहरूले पनि हामीले शोषकहरूको विरूद्धमा लड्नुपर्छ भनेर कन्सेन्टको निर्माण गर्छन् । यसलाई सर्वहारा हेजेमोनी भन्न सकिन्छ। यी दुई विपरीत वर्गको हेजेमोनी प्रतिस्पर्धामा हुन्छ। राज्यलाई परिवर्तन गर्ने बेलामा यी दुई हेजेमोनीहरू प्रतिस्पर्धामा हुन्छन् । बलप्रयोग र जनताको ठूलो समर्थन साथमा लिएर राज्यको चरित्र बदल्दै जाने हो ।

ग्राम्सीले नेता र जनताबीचको अन्तर्विरोधलाई पनि द्वन्द्वात्मक रूपमा हेरेका छन्। नेताहरू जन्मिन जन्मिन्छन् तर जसद्वारा उनीहरू जन्मिए, त्यसैलाई बिर्संदा जनताबाट कटिएर उनीहरू कमजोर हुन पुग्छन् । नेपालमा यो निकै मननीय तर्क हो भन्ने लाग्छ। यहाँ नेता र बुद्धिजीवी दुवैको विकास ग्राम्सीले भनेजस्तै गरी सचेतनतासाथ हुन सकिरहेको छैन । त्यसको अभाव र दुस्प्रभाव राजनीतिमा अहिले देखापर्न थालेको छ। जैविक बुद्धिजीवीहरू निर्माण हुनु र उनीहरू समाजसँग जोडिनु आवश्यक छ भन्ने नेपाली समाजको अहिलेको पाठ हो । र, नेपालजस्तो देशमा ग्राम्सीको औचित्य बढिरहेको छ । उनले मार्क्सवादसम्बन्धी बुझाइलाई जो एक स्तरमा उठाएका छन्।

प्रश्न यहीनिर खडा हुन्छ कि ती नेता र बुद्धिजीवीहरू हिजोजस्तै जनतासँग जोडिएका छन् ? हिजो उनीहरूले जनताबाट त्यस्तो ऊर्जा प्राप्त गर्थे, संश्लेषण गर्थे र नयाँ दिशाको खोजी गर्थे, त्यो काम आज कतिको गरिरहेका छन् ?

मैले ग्राम्सी बुझेअनुसार नेताहरू पनि बुद्धिजीवी हुन्। उनीहरूले पनि बारम्बार बौद्धिक काम गरिरहेका छन्, विचार संश्लेषण गरिरहेका छन्, जनतासंग अभिन्न रूपले गाँसिएका छन् । पार्टी यस्ता नेताहरूबाट बनेको छ। नेपालमा यस्ता बुद्धिजीवीहरू जन्मेनन् भन्ने होइन, जन्मिएका छन् । तिनले आफ्नो ऐतिहासिक भूमिका पनि पूरा गरेका छन्, गर्दै छन् । तर, प्रश्न यहीनिर खडा हुन्छ कि ती नेता र बुद्धिजीवीहरू हिजोजस्तै जनतासँग जोडिएका छन् ? हिजो उनीहरूले जनताबाट त्यस्तो ऊर्जा प्राप्त गर्थे, संश्लेषण गर्थे र नयाँ दिशाको खोजी गर्थे, त्यो काम आज कतिको गरिरहेका छन् ? अथवा निर्माण भएका बुद्धिजीवीहरूमा पनि क्षय पो आइरहेको छ कि ?

यति हुँदाहुँदै ग्राम्सीका विचारहरूलाई विभिन्न ढड्गले व्याख्या गर्ने काम पनि हुँदैआएको छ । कसैले उनलाई युरोकम्युजिमसँग पनि जोडेर हेर्न खोज्छन् । तर, यसो गरिरहँदा उनीहरू के 'कुरा चाहिँ छाडिदिन्छन् भने ग्राम्सीका जो वर्गीय अडानहरू थिए, त्यसलाई बिर्सिन खोज्छन्, उनीहरू ग्राम्सीले गरेको कन्सेन्टको कुरा उठाउँछन् तर उनले राज्यको दमनकारी भूमिकाबारे भनेको कुरालाई चाहिं बिर्सन खोज्छन्। अर्थात् दमनकारी शक्तिको कुरालाई पन्छाइदिन्छन् र कन्सेन्टमा मात्र जोड दिन खोज्छन्। जबकि ग्राम्सीको कुरा त्यस्तो थिएन । ग्राम्सी यसकारण मात्र विवादास्पद हुन पुगेका हुन्। उनका विचार नै चाहिँ विवादास्पद छन् भन्ने मलाई लागेको छैन।

मूल्याङ्कन, २०६८ माघमा प्रकाशित । Image: https://intellettualecollettivo.it