सुनको मूल्य किन कीर्तिमानी उचाइमा पुगेको छ?

नेपालमा अहिले विवाहको सिजन चलेको छ। यस्तो बेला बजारमा सुनको बिक्री बढ्नुपर्ने हो, तर सुन व्यापारीहरू भन्छन्, “किन्ने कोही आउँदैन, बेच्नेको लर्को छ। पसल नै बन्द गर्नु कि जस्तो भइसक्यो। आफैंले बेचेको सुन बोकेर हामीकहाँ सुन बेच्न आउनेको भिड छ। थाम्नै नसकिने भयो।”

वास्तवमै, वैशाख ८ गते, सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार कायम भएको छ, जुन हालसम्मकै उच्च हो।

अहिले नेपाली व्यापारीहरूले "किन्न सकिन्न" भने पनि सुन एउटा त्यस्तो धातु हो, जसलाई सजिलै किन्न र बेच्न सकिन्छ। एक अनुमान अनुसार हरेक वर्ष करिब ३ हजार टन सुन खानीबाट उत्खनन गरिन्छ। सन् २०२४ मा चीनले सबैभन्दा बढी सुन खनन गरेको थियो, त्यसपछि क्रमशः रूस, क्यानडा र अमेरिका पर्छन्।

तर यसको मूल्य हरेक वर्ष किन बढ्दो क्रममा छ त? यसको केही निश्चित कारण छन्। आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ। सोमबार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३३८९.८३ अमेरिकी डलर पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो।

यो मूल्य बिगत एक वर्ष यता  मात्र करिब एक हजार अमेरिकी डलरभन्दा बढीले बढेको हो । यो वृद्धिको समय त्यस्तो बेलामा आएको छ, जब डोनाल्ड ट्रम्पले अमेरिकामा हुने आयातमा कर (ट्यारेफ) लगाउने विषयमा ठूलो अनिश्चितता देखिएको छ। त्यसैले यसबेला सुनको मूल्यमा आएको वृद्धि स्वाभाविक होइन। यसका मुख्य कारणहरूबारे यहाँ चर्चा गरिनेछ।

ट्रंपको ट्यारिफ

यो बहुमूल्य धातुलाई “सुरक्षित आश्रय” भनेर चिनिन्छ। यो यस्तो सम्पत्ति हो, जसको मूल्य बजारमा उथलपुथल वा आर्थिक अन्योलताका बेलामा स्थिर रहन्छ वा बढ्छ। लगानीकर्ताहरू प्रायः यस्ता अस्थिर समयमा आफ्ना लगानीहरू सुरक्षित राख्न सुरक्षित क्षेत्रतर्फ आकर्षित हुन्छन्।

व्यापार युद्धहरूले लगानीकर्ताको आत्मविश्वास डगमगाएको छ, जसले गर्दा उनीहरू सुरक्षित सम्पत्तितर्फ—जस्तै सुन—सर्ने गरेका छन्। जबसम्म अनिश्चितता रहन्छ, सुन बलियो रहनेछ। मूल्य वृद्धिमा रोकावट आउने छैन।

त्यसैले, जब विश्वभरका बजारहरू अमेरिकाले लागू गरेका आयात शुल्क (ट्यारेफ) को उतारचढावबाट प्रभावित भइरहेका छन्, यो बेला सुनको मूल्य आकस्मिक रूपमा बढ्नु कुनै अचम्मको कुरा होइन। कमजोर अमेरिकी डलर, ट्यारेफसम्बन्धी अनिश्चितता र विश्वव्यापी मन्दीको डरले सुनको माग अझै बढाइरहेको छ। ट्रम्प प्रशासनले चीनबाट हुने केही आयातमाथि १२५% सम्म शुल्क बढाएपछि, बेइजिङले पनि जवाफी कारबाही गर्‍यो। यस्ता व्यापार युद्धहरूले लगानीकर्ताको आत्मविश्वास डगमगाएको छ, जसले गर्दा उनीहरू सुरक्षित सम्पत्तितर्फ—जस्तै सुन—सर्ने गरेका छन्। जबसम्म अनिश्चितता रहन्छ, सुन बलियो रहनेछ। मूल्य वृद्धिमा रोकावट आउने छैन।

यदि हामीले स्मरण गर्ने हो भने, सुनको मूल्य यस्तै किसिमले कोभिड-१९ महामारी सुरु हुँदा पनि निकै बढेको थियो। त्यसयता यो लामो समयदेखि बिस्तारै उकालो लागिरहेको छ। अहिले तीव्र गतिमा बढ्नुको कारण चाहिं विश्वव्यापी रूपमा आर्थिक क्षेत्रमा अनिश्चितता बढ्नु नै हो। अनिश्चित व्यापार वातावरणबाट उत्पन्न हुन सक्ने असरप्रति चिन्तित भएका लगानीकर्ताहरूले सुरक्षित विकल्पको रूपमा सुन रोजेका छन्। ब्लूमबर्गका अनुसार, यो वृद्धिको प्रमुख कारण हो—विश्वका केन्द्रीय बैंकहरूले आक्रामक रूपमा सुन किनिरहेका छन्।

अहिले नेपाली बजारमा यदि तपाईं सुन बेच्न जानुभयो भने आज १ लाख ९१ हजारमा किन्न कोही तयार छैन। त्यसैले, यदि कसैले आजको मितिमा सुन बेचेर नगद हातमा लिन्छु भन्ने सोच्छ भने कम्तिमा प्रतितोला १० हजार कम मूल्यमा नै सुन बेच्नुपर्ने हुन्छ।

सुनमा लगानी गर्न चाहनेहरू भन्छन् कि यसले लगानी पोर्टफोलियोलाई विविधिकरण गर्न, सन्तुलनमा राख्न र सम्भावित जोखिमहरू न्यूनीकरण गर्न मद्दत गर्छ। केही लगानीकर्ताहरूका लागि समयसँगै मूल्य बढ्न सक्ने, भौतिक रूपमा हातमा राख्न मिल्ने सम्पत्तिमा लगानी गर्नु सुरक्षित लाग्छ—विशेष गरी जब त्यो सम्पत्ति प्रत्यक्ष रूपमा विश्वव्यापी मुद्रासँग जोडिएको हुँदैन। तर, सुनप्रति शंका राख्नेहरूले भने सतर्क रहन सुझाउँछन्, किनभने सुन सधैं बिक्री हुन्छ नै भन्न सकिन्न। जस्तै अहिले नेपाली बजारमा यदि तपाईं सुन बेच्न जानुभयो भने आज १ लाख ९१ हजारमा किन्न कोही तयार छैन। त्यसैले, यदि कसैले आजको मितिमा सुन बेचेर नगद हातमा लिन्छु भन्ने सोच्छ भने कम्तिमा प्रतितोला १० हजार कम मूल्यमा नै सुन बेच्नुपर्ने हुन्छ।

बहुमूल्य धातुहरूको मूल्य निकै अस्थिर हुन सक्छ र यसको मूल्य मागसँगै बढ्ने गर्छ। जसको अर्थ हो—“जब आर्थिक तनाव वा अन्योल बढ्छ, त्यतिबेला बहुमूल्य धातुबाट लाभ उठाउनेहरू प्रायः बेच्ने पक्षमा नै हुन्छन्।”

यद्यपि, सुन भौतिक सम्पत्ति हो भन्ने कुराले धेरैलाई आकर्षित गर्छ। यसको सीमित स्रोत भएकाले भविष्यमा सकिन सक्ने खतरा पनि छ। केही विश्लेषकहरूले सुन आगामी तीन दशकभित्र समाप्त हुन सक्ने अनुमान गरेका छन्।

युद्दको प्रभाव

सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेपछि विश्वभरका केन्द्रीय बैंकहरूले अमेरिकी डलरमाथिको निर्भरता घटाउँदै आफ्नो विदेशी मुद्राको भण्डार विविधिकरण गर्न सुन किन्न थालेका छन्। अमेरिकी डलरलाई आर्थिक हतियारका रूपमा प्रयोग गर्न थालिएपछि चीन, भारत, पोल्यान्ड, टर्की जस्ता देशहरूले आफ्नो सुनको भण्डारण बढाएका छन्। पछिल्ला दुई वर्षमा केन्द्रीय बैंकहरूको सुन खरिद दोब्बर भएको छ।

अमेरिका–चीन व्यापार तनाव, मध्यपूर्वको अस्थिरता, र युक्रेन–रूस युद्धजस्ता विश्वव्यापी घटनाक्रमहरूले लगानीकर्ताहरूमा असहजता सिर्जना गरेका छन्। यस्तो समयमा सुनलाई सुरक्षित र भरपर्दो विकल्प मानिन्छ।

अमेरिका–चीन व्यापार तनाव, मध्यपूर्वको अस्थिरता, र युक्रेन–रूस युद्धजस्ता विश्वव्यापी घटनाक्रमहरूले लगानीकर्ताहरूमा असहजता सिर्जना गरेका छन्। यस्तो समयमा सुनलाई सुरक्षित र भरपर्दो विकल्प मानिन्छ। अमेरिकाले हालै इरान लक्षित आक्रमण गरेको छ। यमनमा हुती विद्रोहीमाथि अमेरिकाले गरेको आक्रमणले लाल सागर हुँदै हुने लगभग सबै प्रकारका पारवहनलाई बन्दको अवस्थामा पुर्‍याएको छ। इरान अब चुप लागेर नबस्ने स्थिति देखिंदैछ भने इजरायल र हमासबीच जारी युद्ध पनि रोकिएको छैन। यी सबै युद्धहरूले बढाएको अनिश्चितताको भार सुनको मूल्यमा प्रतिविम्बित भइरहेको छ।

केन्द्रीय बैंकको बढ्दो भण्डारण

अहिले चीन, भारत, रूस लगायतका मुलुकका केन्द्रीय बैंकहरू ठूलो मात्रामा सुन भण्डारण गरिरहेका छन्। डलरको प्रभाव घटाउन र मुद्राको भण्डार विविध बनाउन केन्द्रीय बैंकहरूले ठूलो मात्रामा सुन किन्न थालेका हुन्। पछिल्ला दुई वर्षमा केन्द्रीय बैंकहरूले गरेको सुन खरिद दोब्बर भएको छ। चीन, भारत, पोल्यान्ड र टर्की जस्ता देशहरू यसमा अगाडि छन्। पछिल्लो समय अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका अत्यासपूर्ण निर्णयहरूले थपिएको आर्थिक अनिश्चितताका कारण संसारभरका केन्द्रीय बैंकहरू पनि सुन भण्डारणमा सक्रिय बनेका छन्, जसका कारण सुनको मूल्य यति आकासिएको हो।

उच्च मुद्रास्फीतिको त्रास

अहिलेको अस्थिर अर्थतन्त्र र उच्च मुद्रास्फीति दरले सुनको मागलाई थप बल दिएको छ। ऐतिहासिक रूपमा सुनलाई मुद्रास्फीतिविरुद्धको सुरक्षा (hedge) को रूपमा लिइन्छ। कमजोर आर्थिक वृद्धि, बढ्दो खर्च र मन्दीको डरले लगानीकर्ताहरू सुनतर्फ आकर्षित भइरहेका छन्।

सामान्यतया, उच्च ब्याजदर र बलियो डलरले सुनको मूल्य घटाउने गर्छ, तर यसपटक त्यो नियम लागू भएको छैन। विशेष गरी चीनबाट बढ्दो मागले यस्ता नकारात्मक असरहरूलाई थिचिदिएको छ।

सुनले ३३ सय डलरको सीमाना पार गर्नु आफैंमा लगानीकर्ताहरूका लागि एउटा मनोवैज्ञानिक सन्देश हो। यो मूल्य अनिश्चितता र डरको मापन यन्त्र (barometer) हो। धेरै लगानीकर्ताहरूले "यो मौका छुट्ला कि" भन्ने डरमा सुन किन्न थालेका छन्, जसले मागमा झनै तीव्रता ल्याएको छ।

सामान्यतया, उच्च ब्याजदर र बलियो डलरले सुनको मूल्य घटाउने गर्छ, तर यसपटक त्यो नियम लागू भएको छैन। विशेष गरी चीनबाट बढ्दो मागले यस्ता नकारात्मक असरहरूलाई थिचिदिएको छ।

विश्लेषकहरू सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गरिरहेका छन्। यदि लगानी प्रवृत्ति यस्तै बलियो रहिरह्यो भने, प्रतिऔंस ३५०० डलर पुग्न सक्ने चर्चा छ। यद्यपि, मुद्रास्फीतिअनुसार सन् १९८० को वास्तविक उच्च मूल्य ३८०० डलरभन्दा अझै तल नै छ। तथापि अहिलेको वृद्धि दरले सुन अझै चुलिन सक्ने सङ्केत देखिएको छ।

सुनको परम्परागत माग

चीन र भारत विश्वका दुई सबैभन्दा ठूला सुन उपभोक्ता मुलुक हुन्। चाडपर्व (जस्तै चिनियाँ नयाँ वर्ष, भारतको विवाह सिजन आदि) मा सुनको मागमा उच्च वृद्धि हुन्छ, जसले मूल्य बढाउँछ। एक अध्ययन अनुसार, आभूषणका रूपमा मात्र बाहिरी बजारमा आएको कुल सुनको ५० प्रतिशत हिस्सा खपत हुन्छ। मागको हिसाबले, आभूषण (५०%), निवेश (४०%), र उद्योग (१०%) प्रमुख क्षेत्रहरू हुन्। चीन, अष्ट्रेलिया, र संयुक्त राज्य अमेरिका प्रमुख उत्पादकहरू हुन्, जबकि भारत र चीन ठूला उपभोक्ता राष्ट्रहरू हुन्।

सुनको मूल्य वृद्धि: स्वाभाविक वा अस्थायी?

सुनको हालको मूल्य वृद्धि स्वाभाविक देखिन्छ । किनभने यो आर्थिक र राजनीतिक कारकहरूले प्रेरित छ । जस्तै भू-राजनीतिक तनाव, मुद्रास्फीति र केन्द्रीय बैंकहरूको उच्च माग मुल्य बृद्दिका खास कारणहरु हुन्।

यो वृद्धि अस्थायी नभएको देखिन्छ । किनभने विश्लेषकहरूले २०२५ को अन्त्यसम्म मूल्य $३,१०० देखि $३,७२०.३८ सम्म पुग्न सक्ने अनुमान यसअघि नै गरेका थिए । तथापि, अल्पकालीन अस्थिरता भने देखिन सक्छ, जस्तै: अप्रिलमा मूल्य $२,९७६ देखि $३,२०० सम्म उतारचढाव देखिएको छ ।

आगामी दिनहरूमा भारी गिरावटको सम्भावना कम छ किनभने हालका अनुमानहरूले मूल्य वृद्धिलाई समर्थन गर्छन्। तथापि, दीर्घकालीन रूपमा केही विश्लेषकहरूले पाँच वर्षभित्र मूल्य $१,८२० सम्म झर्न सक्ने अनुमान गरेका छन्, जुन आपूर्ति बढ्नु र माग घट्नुले प्रेरित हुन सक्छ। फेरिपनि के कुरामा ध्यान दिनुपर्छ भने यस्तो अनुमान निकै नै विवादास्पद छ।