पारिजात सम्मान प्रदान
पारिजात स्मृति केन्द्रले यही २०८१ साल वैशाख ५ गते पारिजात स्मृति भवन म्हेपि, बालाजुमा ३२ औं पारिजात स्मृति दिवसका अवसरमा चारजना स्रष्टा एवं अधिकारकर्मीहरुलाई सम्मानित गरेको छ ।
सम्मानित हुनेहरूमा बिना थिङ (पारिजात सृजन सम्मान), तेजप्रकाश श्रेष्ठ (पारिजात बालसाहित्य सम्मान), डा.विन्दा पाण्डे (पारिजात सङ्घर्षशील नारी सम्मान) र मूर्तिकार उत्तम डङ्गोल (पारिजात कला सम्मान) छन् ।
उनीहरुलाई पारिजात स्मृति दिवसको अवसरमा वैशाख ५ गते म्हेपी स्थित पारिजात स्मृति केन्द्रमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो ।
सम्मानित स्रष्टा एवं अधिकारकर्मीहरुलाई कार्यक्रमका प्रमुख अतिथि विमल निभा, स्मृति केन्द्रकी संस्थापक अध्यक्ष सुकन्या वाइबा र पूर्व अध्यक्ष डा. महेश मास्केले खादा, प्रमाणपत्र एवम् नगद प्रदान गरेका थिए ।
पारिजात स्मृति केन्द्रका अध्यक्ष इन्दिरा दलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पूर्व मन्त्री हिसिला यमीले साहित्यकार पारिजातको व्यक्तित्वमाथि प्रकाश पारेका थिए । त्यसैगरी, केन्द्रका पूर्व अध्यक्ष मातृका पोखरेलले सम्मानित स्रष्टाहरूको बारेमा परिचयात्मक मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन पारिजात स्मृति केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले गरेका थिए ।
यसअघि पारिजात जन्मजयन्तीको अवसरमा एक कार्यक्रमको आयोजना गरी पारिजात सम्मान– २०८१ को घोषणा गरिएको थियो ।
बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड
नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरू…
बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण
किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित
इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा …
दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य
नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…
प्रतिक्रिया