मार्क्स आफ्नै युगका सबैभन्दा बढी ‘घृणित’ र निन्दित व्यक्ति थिए !

कार्ल मार्क्सको समाधिमा दिइएको भाषण

१४ मार्चको तेस्रो पहर पौने तीन बजे, संसारका सबैभन्दा महान् विचारकको चिन्तन-क्रिया बन्द भयो। उहाँलाई मुश्किलले दुई मिनेटका लागि मात्र एक्लै छोडिएको थियो, तर जब हामीहरू फर्केर आयौँ, उहाँ आरामकुर्सीमा शान्तिपूर्वक निद्रामा परिसक्नु भएको थियो—तर सधैँका लागि।

यी व्यक्तिको मृत्युसँगै युरोप र अमेरिकाका जुझारू सर्वहारा वर्ग र ऐतिहासिक विज्ञानले अपूरणीय क्षति व्यहोर्नुपरेको छ। यस ओजस्वी आत्माको महाप्रयाणले उत्पन्न गरेको अभावलाई मानिसहरूले चाँडै नै अनुभव गर्नेछन्।

जैविक जगतमा डार्विनले जसरी विकासको नियमको खोजी गरेका थिए, त्यसरी नै मार्क्सले मानव इतिहासको विकास नियमको खोजी गरे।

जैविक जगतमा डार्विनले जसरी विकासको नियमको खोजी गरेका थिए, त्यसरी नै मार्क्सले मानव इतिहासको विकास नियमको खोजी गर्नुभएको थियो। उहाँले यस सरल र स्पष्ट सत्यको उद्घाटन गर्नुभयो, जुन अहिलेसम्म विचारधारात्मक आवरणले ढाकिएको थियो—राजनीति, विज्ञान, कला, धर्म आदि विषयमा ध्यान केन्द्रित गर्नुअघि मानिसलाई खानपान, लगाउन, बस्न र शिरमाथि छानो आवश्यक पर्छ।त्यसैले जीविकाका तात्कालिक भौतिक साधनहरूको उत्पादन, र त्यसकै परिणामस्वरूप, कुनै युग वा जातिले प्राप्त गरेको आर्थिक विकासको अवस्था नै आधार हो, जसले राजकीय संस्थाहरु, कानूनी अवधारणाहरु, कला र यहाँसम्म कि धार्मिक धारणाहरु पनि निर्धारण गर्छ। त्यसैले तिनको व्याख्या यस प्रकाशमा गर्नुपर्छ, न कि उल्टो रूपमा, जसरी अहिलेसम्म हुँदै आएको थियो।

तर यति मात्र होइन, मार्क्सले गति सम्बन्धी त्यो विशेष नियमको पनि खोजी गर्नुभयो, जसले उत्पादनको वर्तमान पुँजीवादी प्रणाली र त्यस प्रणालीबाट उत्पन्न पुँजीवादी समाज दुवैलाई नियन्त्रित गर्छ। अतिरिक्त मूल्यको आविष्कारले अचानक त्यस समस्यामा प्रकाश पार्यो, जसलाई समाधान गर्ने प्रयत्नमा पुँजीवादी अर्थशास्त्रीहरू र समाजवादी आलोचकहरू दुवैको अहिलेसम्मको सम्पूर्ण अनुसन्धान अन्धअनुसन्धान मात्र साबित भएको थियो।

मार्क्सले जुन क्षेत्रमा अनुसन्धान गरे—र उहाँले धेरैजसो क्षेत्रमा, यहाँसम्म कि गणितको क्षेत्रमा समेत अनुसन्धान गर्नुभयो—उहाँको अध्ययन कहिल्यै सतही रूपमा सीमित रहेन। उहाँले स्वतन्त्र खोजहरू गर्नुभयो।

यस्ता दुई आविष्कार कुनै पनि व्यक्तिको जीवनका लागि पर्याप्त मानिन्छन्। जसलाई यस्ता आविष्कार गर्ने सौभाग्य प्राप्त हुन्छ, त्यसलाई भाग्यशाली नै मानिन्छ। तर मार्क्सले जुन क्षेत्रमा अनुसन्धान गर्नुभयो—र उहाँले धेरैजसो क्षेत्रमा, यहाँसम्म कि गणितको क्षेत्रमा समेत अनुसन्धान गर्नुभयो—उहाँको अध्ययन कहिल्यै सतही रूपमा सीमित रहेन। उहाँले स्वतन्त्र खोजहरू गर्नुभयो।

उहाँ एक असल वैज्ञानिक हुनुहुन्थ्यो । तर वैज्ञानिकको रूपमा रहेको उहाँको पहिचान उहाँको सम्पूर्ण व्यक्तित्वको प्रमुख अंश मात्र थिएन। मार्क्सका लागि विज्ञान ऐतिहासिक रूपले गति दिने क्रान्तिकारी शक्ति थियो। कुनै नयाँ वैज्ञानिक सिद्धान्तको आविष्कारले, जसको व्यावहारिक प्रयोगको तत्कालै अनुमान लगाउन नसकिने भए पनि, उहाँलाई असीम आनन्द दिन्थ्यो। तर त्यो आनन्द त्यतिबेला झन् विशेष हुने गर्थ्यो, जब त्यस्ता खोजहरूले उद्योग-व्यवसायमा वा समग्र ऐतिहासिक विकासमा तत्काल क्रान्तिकारी परिवर्तन ल्याउने संकेत दिन्थे। उदाहरणका लागि, बिजुली सम्बन्धी आविष्कारहरूको विकासक्रम र मरसै देप्रे को आविष्कारहरूलाई मार्क्सले विशेष रुचिपूर्वक अध्ययन गर्नुभएको थियो।

सर्वहारा वर्गको वास्तविक अवस्था, यसको आवश्यकताहरू र यसलाई मुक्ति दिलाउने परिस्थितिहरूको पहिलो स्पष्ट व्याख्या गर्ने व्यक्ति मार्क्स नै थिए। संघर्ष गर्नु उहाँको स्वाभाविक गुण थियो।

तर यी सबैभन्दा माथि, मार्क्स एक क्रान्तिकारी हुनुहुन्थ्यो। जीवनभर उहाँको मूल उद्देश्य पुँजीवादी समाज र त्यसबाट उत्पन्न हुने राजकीय संस्थाहरूको ध्वंसमा योगदान दिनु थियो। आधुनिक सर्वहारा वर्गलाई मुक्त गर्न सहयोग पुर्‍याउनु उहाँको लक्ष्य थियो। सर्वहारा वर्गको वास्तविक अवस्था, यसको आवश्यकताहरू र यसलाई मुक्ति दिलाउने परिस्थितिहरूको पहिलो स्पष्ट व्याख्या गर्ने व्यक्ति मार्क्स नै हुनुहुन्थ्यो। संघर्ष गर्नु उहाँको स्वाभाविक गुण थियो। जुन जोश, समर्पण र सफलता सहित उहाँले संघर्ष गर्नुभयो, यसको धेरै थोरै उदाहरण मात्र भेटिन सक्छ।
प्रथम, Rheinische Zeitung (१८४२), पेरिसको Vorwärts! (१८४४), Deutsche-Brüsseler-Zeitung (१८४७), Neue Rheinische Zeitung (१८४८-१८४९), New York Daily Tribune (१८५२-१८६१) मा उहाँको कार्य, यिनका अतिरिक्त धेरैजसो जुझारू पुस्तिकाहरूको रचना, पेरिस, ब्रसेल्स र लन्डनका संगठनहरूमा उहाँको सक्रियता, र अन्ततः उहाँको सबैभन्दा ठुलो उपलब्धि—महान अन्तर्राष्ट्रिय मजदुर संघको स्थापना—यति ठूलो उपलब्धि थियो कि यदि यस संगठनका संस्थापकले अरू केही नगरे पनि, यस कार्यमात्रले पनि गर्व गर्न सक्थे।

पुँजीपति वर्ग, चाहे तिनीहरू परम्परावादी हुन् वा घोर जनवादी, मार्क्सलाई बदनाम गर्न प्रतिस्पर्धा गरिरहेका थिए।

यस सम्पूर्ण संघर्षको परिणामस्वरूप मार्क्स आफ्नै युगका सबैभन्दा बढी घृणित र निन्दित व्यक्ति हुनुहुन्थ्यो। निरंकुश शासकहरू र जनतन्त्रवादी दुवैले उहाँलाई आफ्ना राज्यहरूबाट निकाला गरे। पुँजीपति वर्ग, चाहे तिनीहरू परम्परावादी हुन् वा घोर जनवादी, मार्क्सलाई बदनाम गर्न प्रतिस्पर्धा गरिरहेका थिए। तर मार्क्सले यी सबै आरोपहरू माकुराको जालोजस्तै झटारेर फालिदिनुहुन्थ्यो, त्यसको कुनै वास्ता गर्नुहुन्नथ्यो, केवल आवश्यक परेको बेलामा मात्र जवाफ दिनुहुन्थ्यो।

र अहिले, उहाँ यो संसारमा हुनुहुन्न।तर साइबेरियाका खानीहरूदेखि लिएर क्यालिफोर्नियासम्म, युरोप र अमेरिका भरिका लाखौँ क्रान्तिकारी साथीहरू, जसले उहाँलाई प्रेम गर्थे, उहाँप्रति श्रद्धा राख्थे, आज उहाँको निधनमा गहिरो शोक व्यक्त गरिरहेका छन्। म यहाँसम्म भन्न सक्छु कि, उहाँका धेरै विरोधीहरू थिए, तर व्यक्तिगत रूपमा उहाँको कुनै शत्रु शायद नै थियो होला।

उहाँको नाम, र उहाँको कार्य पनि, युगौंयुगसम्म अमर रहनेछ!

१७ मार्च, १८८३

नोट

१ देप्रे, मरसै (१८४३–१९१८)– फ्रान्सेली भौतिकज्ञ, दूरीमा विद्युत सञ्चार प्रणालीका जनक ।

२ मार्क्स Rheinische Zeitung तथा Neue Rheinische Zeitung का सम्पादक हुनुहुन्थ्यो, साथै अन्य समाचारपत्रहरूको सम्पादक मण्डलका सहकर्मी पनि हुनुहुन्थ्यो।

अन्तर्राष्ट्रिय मजदुर संघ (पहिलो इन्टरनेसनल) १८६४ मा मार्क्सद्वारा स्थापित गरिएको थियो तथा  १८७२ सम्म कायम रह्यो।  त्यो सर्वहारा पार्टीको बीउ थियो ।

Image: https://avatars.dzeninfra.ru