'प्राकृतिक छनौटद्वारा जातिहरूको उत्पत्ति' - संक्षिप्त अध्ययन

'प्राकृतिक छनौटद्वारा जातिहरूको उत्पत्ति' चार्ल्स डार्विन (फेब्रुअरी १२, १८०९ - अप्रिल १९, १८८२ ) को एक विश्वप्रसिद्ध कृति हो । उनको जन्म इङ्ल्याण्डको श्रूजबरीमा भएको थियो । डार्विन एक असाधारण जीव वैज्ञानिक थिए । डार्विनको जीवहरूको उत्पत्ति र क्रमविकासको धारणाले मानिसहरूको दृष्टिकोण नै बदलिदियो । उनको विकासको अवधारणाले जीव र पृथ्वीमा तिनीहरूको विविधताप्रति बुझाइमा क्रान्ति ल्याइदियो । उनलाई बचपनदेखि नै प्रकृतिप्रति अत्यन्तै लगाव थियो । यो गुण उनले आफ्ना हजुरबा इरेस्मस डार्विनबाट प्राप्त गरेका थिए । उनका पिता उनलाई चिकित्सा विज्ञानको शिक्षा दिलाउन चाहन्थे तर डार्विनको त्यसमा रूचि थिएन । उनले आफ्ना पिताको अर्को इच्छा अनुसार पादरी बन्ने कुरालाई पनि अस्वीकार गरे । डार्विन एक शिक्षित र धनी परिवारमा जन्मिएका थिए । उनका पिता रोबर्ट डार्विन एक प्रसिद्ध डक्टर थिए । उनी ८ वर्षको हुँदा प्रारम्भिक शिक्षाको लागि एक इसाई मिशनरी स्कूलमा भर्ना भएका थिए । डार्विनका पिता उनलाई डाक्टर बनाउन चाहन्थे; त्यसैले उनले आफूसँगै लगेर डाक्टरको प्रशिक्षण दिन लागेका थिए । सन् १८२५ मा डार्विनलाई एडिनबर्गको मेडिकल युनिभर्सिटीमा भर्ना गराइयो । तर उनलाई ‘मेडिकल साइन्स’ मा त्यति रूचि थिएन। उनी सँधै प्रकृतिको इतिहास जान्ने कोशिस गर्दथे । उनी धेरै विरूवाहरूको नाम जान्ने कोशिस गरिरहन्थे र विरूवाका टुक्राहरूलाई पनि जम्मा गर्थे । एडिनबर्ग युनिभर्सिटी पछि डार्विनलाई मेडिकल शिक्षाको अगाडिको पढाइ पूरा गरून् भनेर सन् १८२७ मा क्राइस्ट कलेजमा भर्ना गरियो । तर यहाँ पनि उनको मन मेडिकलमा कम र प्राकृतिक विज्ञानमा बढी लागिरहन्थ्यो । क्राइस्ट कलेजमा रहँदा डार्विन विज्ञानको कोर्स अध्ययन गरे । प्रकृति विज्ञानको साधारण अन्तिम परीक्षामा उनी १७८ विद्यार्थीमा दोस्रो भएका थिए । पछि उनले क्याम्ब्रिज विश्वविद्यालयमा अध्यात्मविज्ञान पनि अध्ययन गरे ।
डार्विनका अवलोकन र सङ्कलनहरू नै पछि क्रमविकास र प्राकृतिक छनौटका सिद्धान्तहरूको आधार बनेका हुन् । इङ्ल्याण्ड फर्किएपछि उनले आफ्ना वैज्ञानिक सिद्धान्तसँग सम्बन्धित सामग्रीहरू जम्मा गर्न शुरू गरे । उनले आफ्नो विकासका सिद्धान्तहरूलाई प्राकृतिक छनौटको नाम दिए ।
सन् १८३१ मा डार्विनलाई एचएमएस बीगलमा एक प्रकृति वैज्ञानिकको रूपमा वैज्ञानिक अभियानमा सामेल हुने अवसर प्राप्त भयो, जसलाई उनले उत्साहपूर्वक स्वीकार गरे । बीगल यात्रा डार्विनको जीवनको एक महत्त्वपूर्ण मोड थियो । सन् १८३१ देखि १८३६ सम्मको आफ्नो यात्राको क्रममा उनले एन्डिज पर्वतमा दुर्लभ जीवावशेष, ब्राजिलका एटलान्टिक जंगलहरूबाट पशु र वनस्पतिहरूलाई जम्मा गरे र तिनीहरूको व्यापक अध्ययन गरे । उनले ग्यालापागोस द्वीपमा पाइने फिंचेजमा भौगोलिक विभिन्नताहरूको अवलोकन गरे । यी सबै अनुभवहरूबाट डार्विनको सिद्धान्तलाई वैज्ञानिक समर्थन प्राप्त भयो । उनले विभिन्न देशहरूको भ्रमण गरे र हजारौं नमूनाहरू सङ्कलन गरे । यो यात्राको क्रममा डार्विनका अवलोकन र सङ्कलनहरू नै पछि क्रमविकास र प्राकृतिक छनौटका सिद्धान्तहरूको आधार बनेका हुन् । इङ्ल्याण्ड फर्किएपछि उनले आफ्ना वैज्ञानिक सिद्धान्तसँग सम्बन्धित सामग्रीहरू जम्मा गर्न शुरू गरे । उनले आफ्नो विकासका सिद्धान्तहरूलाई प्राकृतिक छनौटको नाम दिए ।
सन् १८५९ मा डार्विनको 'प्राकृतिक छनौटद्वारा जातिको उत्पत्ति' (The Origin of the Species) पुस्तक प्रकाशित भयो । यसले उनको क्रमविकास र प्राकृतिक छनौटको सिद्धान्तलाई विस्तृत रूपमा प्रस्तुत गर्यो । यो पुस्तकमाथि मिश्रित प्रतिक्रिया आयो तर चाँडै धेरै ठूलो संख्यामा विक्री भयो र यसले डार्विनलाई आफ्नो समयको सबैभन्दा प्रभावशाली वैज्ञानिकको रूपमा स्थापित गरिदियो ।
डार्विनले सबभन्दा पहिले प्रजातिहरूको उद्भव क्रमविकासात्मक परिवर्तनको कारण भयो भन्ने सिद्धान्तको प्रतिपादन गरेका थिए । र, प्राकृतिक छनौटबाट यसप्रकारका परिवर्तन हुन्छन् भन्ने कुरा पनि उनैले सिद्ध गरेका थिए।
डार्विनले आफ्नो खोज कार्य निरन्तर जारी राखे । सन् १८६८ मा डार्विनको दोस्रो पुस्तक 'The variation of Animals and Plants under Domestication' प्रकाशित भयो । यो पुस्तकमा चुनिएका जीवहरूको छनौट गरी परेवा, कुकुर र अन्य जनावरहरूका नस्ल पैदा गर्नसकिने कुरा बताइएको थियो । यसरी नै नयाँ बोटविरूवाहरूको पनि नस्ल पैदा गर्न सकिन्थ्यो । सन् १८७१ मा उनको प्रसिद्ध पुस्तक 'द डिसेन्ट अफ म्यान' प्रकाशित भयो । यसमा मानव जातिको विकासको सिद्धान्त उल्लेख गरिएको छ । यसरी नै उनले भूविज्ञान, वनस्पतिविज्ञान र प्राणीविज्ञानका साथै अन्य वैज्ञानिक विषयहरूमा पनि धेरै काम गरे ।
डार्विन जीववैज्ञानिक, प्रकृति वैज्ञानिक र भूवैज्ञानिक समेत थिए । उनी क्रमविकास र प्राकृतिक छनौटको लागि विश्वप्रसिद्ध छन् । उनलाई प्रजातिहरूको विकासमा नयाँ अवधारणाहरू ल्याउने प्रथम वैज्ञानिक मानिन्छ । उनले सबभन्दा पहिले प्रजातिहरूको उद्भव क्रमविकासात्मक परिवर्तनको कारण भयो भन्ने सिद्धान्तको प्रतिपादन गरेका थिए । र, प्राकृतिक छनौटबाट यसप्रकारका परिवर्तन हुन्छन् भन्ने कुरा पनि उनैले सिद्ध गरेका थिए।
डार्विनको जैव-विकास सम्बन्धी विचार विस्तारपूर्वक उनको पुस्तक प्राकृतिक छनौटद्वारा जातिहरूको विकासमा प्रकाशित भएको थियो । डार्विनवादका मुख्य सिद्धान्तहरूमध्ये जीवहरूमा सन्तानोत्पत्तिको प्रचूर क्षमता एक हो। प्रत्येक जीव जातिमा सन्तानोत्पत्तिको क्षमता प्रचूर हुन्छ। उदाहरणको लागि ड्रोसोफिला (small fruit fly) ले एकपटकमा २०० अण्डा पार्छ, जसमा १० देखि १४ दिनमा तिनीहरू अन्य ड्रोसोफिला बन्दछन् । यदि सबै अण्डाबाट उत्पन्न ड्रोसोफिला जीवित रहे र प्रजनन गरे भने ४०-५० दिनमा यिनीहरूको संख्या लगभग २० करोड हुनेछन् ।
डार्विनको अर्को सिद्धान्त जीवन-संघर्ष हो । सन्तानोत्पत्तिको प्रचूर क्षमताको बाबजुद प्रकृतिमा प्रत्येक जातिका जीवहरूको संख्या लगभग स्थिर हुन्छ । यसको कारण के हो भने जीवहरूलाई आफ्नो अस्तित्व कायम राख्नको लागि, वृद्धि र प्रजनन गर्नको लागि खाना, प्रकाश, वासस्थान, प्रजनन-साथी, आदिको आवश्यकता हुन्छ, तर यी सबै प्रकृतिमा सीमित हुन्छन् । अर्थात् जीवले पैदा हुने वित्तिकै यिनीहरूको लागि संघर्ष गर्नुपर्दछ ।
यसैगरी डार्विनको अर्को सिद्धान्त विभिन्नता एवम् तिनीहरूको वंशानुगतता हो, जसानुसार सबै जीवहरूमा विभिन्नताहरू पाइन्छन् । एकै माता-पिताका सन्तानहरू पनि बिल्कुल एकै हुँदैनन् । विभिन्नताहरू केवल रंग-रूपमा मात्र होइन, बरू विभिन्न लक्षणहरूको लागि हुन सक्दछ, जस्तो कि दौडिने शक्ति, रोगहरूसँग लड्ने शक्ति, कार्यक्षमता, आदि । यी भिन्नताहरू कुनै जीवको अस्तित्व कायम राख्नको लागि सहयोगी हुन्छन् । यी लाभदायक विभिन्नताहरू पछिको पुस्तामा पुग्दछन् ।
डार्विनको अर्को सिद्धान्त योग्यतमको उत्तर-जीवन अथवा प्राकृतिक छनौट हो । जीवन-संघर्षमा तिनै जीवहरू सफल हुन्छन्, जसमा बढीभन्दा बढी अनुकूल लक्षणयुक्त जीवहरू (योग्यतम्) को एकप्रकारले प्रकृतिद्वारा छनौट हुन्छ । यसैलाई योग्यतमको उत्तरजीवन वा प्राकृतिक छनौट भनिन्छ । यसलाई हरबर्ट स्पेन्सरले सामाजिक विकासको सन्दर्भमा योग्यतम अतिजीवन (survival of the fittest) भने । नयाँ जातिहरूको उत्पत्ति वातावण वा परिस्थितिहरूमा निरन्तर बदलिरहेको हुन्छ । परिणामस्वरूप निरन्तर नयाँ लक्षणहरूको प्राकृतिक छनौट भइरहन्छ । उपयोगी विभिन्नताहरू पुस्तौं-पुस्ता एकत्रित भइरहन्छन् र धेरै समयपछि (सयौं-हजारौं वर्षपछि) उत्पन्न जीवहरूका लक्षण मूल जीवहरूभन्दा यति धेरै भिन्न हुन्छन् कि एक नयाँ जाति बन्दछ ।
'जातिहरूको उत्पत्ति' पुस्तकको सम्पूर्ण सारांश र विश्लेषण
चार्ल्स डार्विनले आफ्नो महान पुस्तक 'जातिहरूको उत्पत्ति' को प्रस्तावनामा प्रकृतिका अद्भूत रहस्य र प्राणीका विविधताको गहिराइमा गएर विषयवस्तुलाई उल्लेख गरेका छन् । उनले आखिर किन हरेक जीव पर्यावरणमा यति उत्कृष्टतापूर्वक अस्तित्वमान हुन्छन् भन्ने एक सहज तर गहन प्रश्नबाट प्रेरणा प्राप्त गरे; के यो केवल एक संयोग हो वा यसको पछाडि कुनै प्राकृतिक प्रक्रिया लुकेको छ ? प्रकृतिका नियमहरूलाई बुझ्ने साहस नगर्दासम्म यी प्रश्नले उनको मनमा वर्षौंसम्म तरंग पैदा गरिरहे । डार्विनले आफ्ना यात्राहरूको उल्लेख गर्ने क्रममा कसरी उनले विभिन्न द्वीप, महाद्वीप, समुद्रमा यात्रा गर्दै विभिन्न प्रजातिका अनौठा विविधताहरू निरीक्षण गरे भन्ने कुरा स्पष्ट बनाएका छन् ।
हरेक जीवले प्रकृतिसँग संघर्ष गर्दछ, चाहे त्यो भोजनका लागि होस्, आश्रयका लागि होस् वा प्रजननका लागि नै किन नहोस् । यो संघर्षमा केवल तिनै जीव मात्र बाँच्न सक्छन्, जसले आफ्नो पर्यावरण अनुरूप स्वयंलाई ढाल्न सक्छन् ।
ग्याला पागोस द्वीपमा पक्षीहरूका अलग-अलग प्रजातिहरूलाई देखेर डार्विनले तिनीहरू सबै समान पूर्वजबाट विकसित भएको हुनुपर्छ भन्ने महसुस गरे । उनको यो सोच जीवविज्ञानमा क्रान्तिको आधार बन्यो । प्रकृतिको यो अदृश्य नियमलाई उनले 'प्राकृतिक छनौट' भने । उनले प्रकृतिमा केवल सुन्दरता र भव्यता मात्र देखेनन्, बरू उनले संघर्ष, अनुकूलन र जीवहरूको अस्तित्वको कथाको पनि अध्ययन गरे । उनले कसरी प्रजाति समयसँगै बदलिन्छन् र नयाँ प्रजातिहरूले जन्म लिन्छन् भन्ने कुरा स्पष्ट बनाए । यो प्रक्रिया धीमा तर निरन्तर संघर्ष हो । हरेक जीवले प्रकृतिसँग संघर्ष गर्दछ, चाहे त्यो भोजनका लागि होस्, आश्रयका लागि होस् वा प्रजननका लागि नै किन नहोस् । यो संघर्षमा केवल तिनै जीव मात्र बाँच्न सक्छन्, जसले आफ्नो पर्यावरण अनुरूप स्वयंलाई ढाल्न सक्छन् । यही नै सबैभन्दा सक्षम अस्तित्वमान हुनु हो ।
डार्विनका अनुसार हरेक जीवले आफ्नो अस्तित्वको लागि लडाइँ लडिरहेको छ । उनले यो पुस्तकमा उल्लेखित परिकल्पना धेरै मानिसहरूलाई विचित्र र अप्रत्यासित लाग्न सक्छ भन्ने कुरा स्वीकार गरेका छन् । तर उनको लागि यो सत्यको खोज थियो । उनी हरेक तर्क र तथ्यलाई ध्यानपूर्वक राख्दछन्, ताकि पाठक स्वयंले निष्कर्ष निकाल्न सकून् । उनले प्रकृतिलाई एक विशाल पुस्तकको रूपमा हेरे, जसमा हरेक जीव बन्ने प्रक्रियामा हुन्छन् । उनले एक बगैंचाको उदाहरण दिएर यसलाई बुझाउने प्रयास गरेका छन्, जहाँ विभिन्न प्रकारका वनस्पतिहरू उम्रिरहेका छन् । ती वनस्पतिहरूको लागि सूर्यको प्रकाश र पानीको आवश्यकता पर्दछ तर जुन वनस्पतिले यी संसाधनहरूको राम्रोसँग उपयोग गर्न सक्छ, त्यही नै तीव्र रूपमा बढ्नेछ । विस्तारै-विस्तारै यो बलियो वनस्पतिले अन्य कमजोर वनस्पतिहरूको ठाउँ लिन्छ । यही नियम प्रकृतिमा हरेक ठाउँमा लागू हुन्छ ।
डार्विनको उद्देश्य केवल विज्ञानलाई बुझाउनु मात्र थिएन, उनी मानिसले प्रकृतिलाई नयाँ दृष्टिकोणबाट हेरून् भन्ने चाहन्थे । उनी चाहन्थे - मानिसले हरेक पात, हरेक फूल, हरेक कीरा सबै एक गहिरो र अद्भूत प्रक्रियाका हिस्सा हुन् भन्ने कुरा बुझून् । उनको भाषा भावना र विचारले भरिएको छ । उनले पृथ्वीको गहिराईमा लुकेका प्रक्रियाहरूको गहन अध्ययन गरे । यसबाट हामीले रहस्यमय प्रकृतिको ढोकाभित्र चिहाउने मौका पाएका छौं । उनको लेखनमा केवल तथ्य मात्र होइन, त्यसमा खोज, जिज्ञासा, विस्मयका भावनाहरू पनि अन्तर्निहित छन् । उनको लेखनले हामी को हौ ? हामी यहाँ कसरी आयौं ? हाम्रो चारैतिरको यो विविधताले हामीलाई के सिकाउने कोशिस गरिरहेको छ ? भन्ने जस्ता कुराहरूलाई स्पष्ट बनाउने प्रयास गरेको छ ।
डार्विनले एक नयाँ दृष्टिकोण प्रदान गरेका छन्, उनले केवल ज्ञान मात्र प्रदान गर्दैननन्, बरू मानिसको सोचलाई एक नयाँ दिशामा मोडिदिन्छन् । डार्विनको एउटा अर्को महत्त्वपूर्ण कुरा के हो भने उनी आफ्ना विचारलाई लिएर धेरै सतर्क र इमान्दार थिए । उनका विचार त्यो समयको परम्परावादी विश्वासभन्दा विपरीत थिए । उनको समयमा धेरै मानिस के मान्थे भने सबै जीवलाई एक निश्चित रूपमा बनाइएको हो र तिनीहरू सँधै यस्तै रहेका हुन् । तर डार्विनले यो विचारलाई केही चुनौती दिए । उनले प्रजातिहरू समयसँगै बदलिन्छन् भन्ने कुराको प्रमाण प्रस्तुत गरे । उनले आफ्नो यो दृष्टिकोलाई केवल वैज्ञानिक तथ्य मात्र मानेर छोडेनन्, बरू यसलाई जीवन र प्रकृतिको एक गहन दर्शनको रूपमा प्रस्तुत गरे ।
डार्विनको सबभन्दा महत्त्वपूर्ण विशेषता अनुसार उनी हरेक पक्षलाई तर्क र प्रमाणसँगै हेर्थे । उनका अनुसार कुनै पनि चीज अचानक प्रकट हुँदैन, बरू हरेक जीवको पछाडि एक लामो विकासको प्रक्रिया हुन्छ । उनी यो विचारलाई अझ स्पष्ट गर्दै भन्दछन् - यदि हामीले आफ्ना आँखा खोलेर प्रकृतिको गहनतापूर्वक निरीक्षण गर्यौं भने देख्नेछौं कि हरेक ठाउँमा एउटा पक्षीले आफ्नो चुच्चोले बीज खान सक्छ र अर्कोले फल खान सक्छ, दुवैमा थोरै अन्तर हुन्छ तर यही थोरै अन्तर समयसँगै ठूलो अन्तरमा बदलिन सक्छ । यही क्रमिक परिवर्तनले एक नयाँ प्रजातिलाई जन्म दिन्छ । प्राकृतिक छनौटको उनको सिद्धान्तानुसार हरेक जीवमा आफ्नो अस्तित्वलाई कायम राख्नको लागि अनुकूलन क्षमता हुनुपर्छ । यदि कुनै जीवले आफ्नो पर्यावरण अनुसार स्वयंलाई बदल्न सकेन भने त्यो विस्तारै विलुप्त हुन्छ । यो विचारले जीवनको नाजुकता र त्यसको निरन्तर यात्राको बारेमा सोच्न बाध्य बनाउँछ ।
डार्विनले प्रजातिहरू समयसँगै बदलिन्छन् भन्ने कुराको प्रमाण प्रस्तुत गरे । उनले आफ्नो यो दृष्टिकोणलाई केवल वैज्ञानिक तथ्य मात्र मानेर छोडेनन्, बरू यसलाई जीवन र प्रकृतिको एक गहन दर्शनको रूपमा प्रस्तुत गरे ।
डार्विनको शैली यति सरल र प्रभावशाली छ कि उनी पाठकहरूलाई केवल जानकारी मात्र दिंदैनन्, बरु उनीहरूलाई आफ्नो खोजमा पनि सहभागी बनाउँछन् । उनी आफ्ना अनुभव, खोज र निष्कर्षहरूलाई यसरी प्रस्तुत गर्दछन् कि उनी हामीलाई कुनै अद्भूत यात्रमा लिएर गइरहेका छन् भन्ने लाग्छ । उनले के कुरा पनि स्पष्ट बनाए भने उनका विचारहरूलाई बुझ्नको लागि एक खुला मन हुनु आवश्यक हुन्छ । उनका अनुसार यो प्रक्रिया जटिल छ र यसलाई पूर्ण रूपमा बुझ्न समय लाग्न सक्छ । यदि हामीले आफ्ना पूर्वाग्रहहरूलाई एकातिर राखेर सोच्यौं भने प्रकृतिको यो अद्भूत कथा हाम्रो सामु खुलेर आउनेछ ।
डार्विनका विचारमा एक गहन मानवता पनि लुकेको पाइन्छ । उनी के ठान्छन् भने जीवनको हरेक रूप, त्यो जतिसुकै सानो वा साधारण भए पनि, मूल्यवान हुन्छ । हरेक जीव एक अनमोल कहानी हो, जुन प्रकृतिको विशाल पुस्तकालयमा लेखिएको छ । यो दृष्टिकोणले हाम्रो वरिपरिको संसारलाई अझ बढी प्रशंसा गर्ने प्रेरणा प्रदान गर्छ । डार्विनका अनुसार विज्ञान केवल तथ्यहरूको संग्रह मात्र होइन, बरू यसले हाम्रो सोच्ने, बुझ्ने र जिउने तरीकालाई बदल्न सक्छ ।
घरेलु अवस्थामा विविधीकरण
आफ्नो ग्रन्थमा डार्विन एक साधारण तर गहन विषयबाट शुरुवात गर्दछन् । यसमा उनले कसरी मानिसले आफ्नो लाभको लागि प्रजातिहरूलाई बदलिदिए भन्ने कुरा बताउँछन् । उनका अनुसार घरेलु पशु वा वनस्पतिलाई हेर्दा तिनीहरूको रूप, आकार र गुण सामान्य लाग्न सक्छ तर तिनीहरूको पछाडि एक लामो कहानी लुकेको छ । यो कहानी मानिस र प्रकृतिको सह-अस्तित्वको हो । हाम्रो चारैतिरका यी परिवर्तनहरूलाई बुझेपछि प्रकृतिको व्यापक र अदृश्य नियमहरूलाई बुझ्न सकिन्छ । डार्विनले घरेलु प्रजातिहरूमा परिवर्तनको प्रक्रियालाई गहन रूपमा हेरे । उनले मानिसले कसरी जनावार र वनस्पतिलाई आफ्नो उद्देश्य अनुसार छनौट गर्दछ र तिनीहरूलाई नयाँ प्रजातिमा बदलिदिन्छ भन्ने कुरामा गहन चिन्तन गरे । उदाहरणका लागि कुकुरका अलग-अलग नस्लहरूलाई हेरौं । एउटा शिकारी कुकुरलाई तीव्र दृष्टि भएको र फुर्तिलो मानिन्छ, जबकि एउटा घरपालुवा कुकुरलाई आफ्नो बफादारी र शान्त स्वभावको लागि जानिन्छ । डार्विनले यसलाई कृत्रिम छनौट भने । यो एक यस्तो प्रक्रिया हो, जसमा मानिसले जानीबुझीकन तिनै गुण भएका प्राणीहरूलाई प्रजनन गराउँछन्, जुन उनीहरूका लागि उपयोगी हुन्छन् । डार्विनले परेवाको एक रोचक उदाहरण प्रस्तुत गरे । उनले कसरी अलग-अलग नस्लका परेवा अब बिल्कुल भिन्न देखिन्छन् भन्ने कुरा बताए । तिनीहरू वास्तवमा एकै पूर्वजबाट विकसित भएका हुन् । यी परेवाका रूप, आकार, पखेटाका रंग र चुच्चोको अन्तरले समयसँगै मानिसले कसरी उनीहरूका गुणहरूलाई बदल्यो भन्ने कुरा बुझाउँछ । डार्विनले यसलाई एक प्रयोगको रूपमा हेरे, जसबाट यदि मानिसले आफ्नो उद्देश्य अनुसार परिवर्तन गर्न सक्छ भने प्रकृतिले आफ्ना नियम अनुसार यस्तो किन गर्न सक्दैन ? भन्ने कुरा स्पष्ट हुन्छ ।
डार्विनका अनुसार प्रजातिहरूमा परिवर्तन केवल मानिसको छनौट प्रक्रियाको परिणाम मात्र होइन । यसमा प्रकृतिको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । जस्तो कि धेरै घरपालुवा जनावर वा वनस्पति मानिसको ध्यानभन्दा बाहिर हुँदा तिनीहरू स्वयं बदलिन लाग्छन् । यो परिवर्तन प्रायः उनीहरूको प्राकृतिक वातावरणको प्रभावबाट हुन्छ ।
डार्विनको अवलोकन केवल जनावरहरूमाथि मात्र सीमित थिएन । उनले कृषिका बोटविरूवाहरूको पनि गहिराइपूर्वक अध्ययन गरे । उनले के महसुस गरे भने किसान सँधै ती बीजहरूको छनौट गर्दछन्, जुन सबभन्दा बढी उत्पादन दिने हुन्छन् । यो छनौटले विस्तारै विरुवाका प्रकारहरूलाई बदलिदिन्छ । यी परिवर्तनलाई बुझ्नको लागि साना-साना विवरणहरूमाथि ध्यान दिनुपर्छ । यो सम्पूर्ण प्रक्रियामा डार्विनले एउटा कुरामाथि जोड दिए - परिवर्तन सँधै धीमा र छोटा कदममा हुन्छ । कुनै पनि प्रजाति अचानक परिवर्तन हुँदैन । यो परिवर्तन पुस्तौं-पुस्ता भएर हुन्छ । यो कुराले के सोच्न बाध्य बनाउँछ भने जब मानिसले यो परिवर्तनलाई यति लामो समयमा देख्न सक्छ, तब प्रकृतिले यसलाई लाखौं वर्षमा कसरी पूरा गर्यो होला ? डार्विनका अनुसार प्रजातिहरूमा परिवर्तन केवल मानिसको छनौट प्रक्रियाको परिणाम मात्र होइन । यसमा प्रकृतिको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । जस्तो कि धेरै घरपालुवा जनावर वा वनस्पति मानिसको ध्यानभन्दा बाहिर हुँदा तिनीहरू स्वयं बदलिन लाग्छन् । यो परिवर्तन प्रायः उनीहरूको प्राकृतिक वातावरणको प्रभावबाट हुन्छ ।
डार्विनको भाषामा एक गहन संवेदनशीलता छ । उनले यी परिवर्तनहरूको बारेमा कुरा गर्दा हामीलाई प्रकृतिको कथा सुनाउनको लागि आमन्त्रित गरिरहेका छन् भन्ने लाग्छ । उनी के बुझ्न प्रोत्साहित गर्दछन् भने यी परिवर्तनहरूको पछाडि केवल वैज्ञानिक तथ्यहरू मात्र छैनन्, बरू जीवनका रहस्यमय नियम पनि लुकेका छन् । उनले एक रोचक प्रश्नको उठान गरे । यदि हामी हाम्रो वरिपरिका परिवर्तनलाई यति स्पष्ट रूपमा देख्न सक्छौं भने प्रकृतिले पनि यसरी नै नयाँ प्रजातिहरूलाई जन्म दिने कुरा संभव छैन र ? के आज अलग र विशिष्ट देखिने हरेक चीज कुनैबेला एक साधारण पूर्वजबाट विकसित भएको कुरा संभव छैन ? यो विचारले हामीलाई प्रकृतिका गहन सिद्धान्तहरूको बारेमा सोच्न बाध्य बनाउँछ ।
डार्विनले यहाँ के स्पष्ट बनाएका छन् भने परिवर्तन केवल प्रजातिहरूको बाहिरी स्वरूपसम्म मात्र सीमित हुँदैन, यो तिनीहरूका व्यवहार तथा बानी र यहाँसम्म कि तिनीहरूको शारीरिक संरचनामा पनि हुन्छ । कहिलेकाहीं यो परिवर्तन यति सूक्ष्म हुन्छ कि हामीले त्यसलाई तुरुन्तै देख्न सक्दैनौं तर समयसँगै यो सानो परिवर्तन ठूलो अन्तरमा बदलिन्छ । डार्विनका हरेक कुराले हामीलाई सोच्न बाध्य बनाउँछन् । यदि मानिसले आफ्नो लाभको लागि प्रजातिहरूमा परिवर्तन गर्न सक्छ भने धेरै शक्तिशाली र जटिल प्रकृतिले यस्तो किन गर्न सक्दैन ? यो प्रश्न डार्विन सिद्धान्तको आधार हो । यो केवल एक वैज्ञानिक अवलोकन मात्र होइन, बरू यो एक यात्रा हो, जसले हामीलाई जीवनका मूलभूत नियमहरूलाई बुझाउनमा मद्दत गर्दछ । डार्विनको लेखनले हामीलाई केवल जानकारी मात्र दिंदैन, बरू हाम्रो सोच्ने तरीकालाई पनि बदल्छ । यसले हामीलाई के बुझ्न मद्दत गर्दछ भने जीवनको विविधता केवल एक संयोग मात्र होइन, बरू यो एक गहन र जटिल प्रक्रियाको परिणाम हो ।
प्राकृतिक अवस्थामा परिवर्तन
डार्विनले प्रकृतिमा पाइने विविधताको व्यापक र गहन स्वरूपसँग परिचित गराइएका छन् । जसरी मानिसद्वारा घरेलु प्रजातिहरूमा विविधता उत्पन्न हुन्छ, त्यसरी नै प्रकृतिले पनि आफ्ना नियमहरू अन्तर्गत विविधतालाई जन्म दिन्छ । तर यो प्रक्रिया धेरै रहस्मय ज्वलन र कठिनाइले भरिएको हुन्छ । डार्विनले यहाँ तथ्यहरूको उल्लेख मात्र गरेका छैनन्, बरु तिनीहरूको व्याख्याको माध्यमबाट पाठकहरूलाई सोच्नलाई प्रेरित गरेका छन् । उनका अनुसार प्रकृतिमा विद्यमान प्रत्येक जीवित प्राणी आफैमा अद्वितीय छन् । तिनीहरू एकै प्रजातिका भए पनि तिनीहरूमा साना-साना अन्तर पाइन्छन् । उदाहरणको लागि यदि जंगलमा पाइने कुनै एकै प्रजातिका पक्षीलाई हेर्ने हो भने तिनीहरूका पखेटाका रंग, आकार, चुच्चोको बनावट वा तिनीहरू आवाजहरूमा हल्का अन्तर देखिन्छ । यो अन्तरलाई पहिले बेवास्ता गरिए पनि यसले समयसँगै कुनै ठूलो परिवर्तनको जग राख्न सक्छ ।
डार्विनले के कुरा स्पष्ट बताए भने प्राकृतिक वातावरणले कुनै पनि प्रजातिको लागि धेरै ठूलो भूमिका निभाउँछ । हरेक जीवले आफ्नो अस्तित्वको लागि संघर्ष गर्दछ । जुन जीव आफ्नो पर्यावरणको अनुकूल हुन्छन्, तिनीहरू नै जीवित रहन सक्छन् । प्रकृतिमा यो संघर्ष कुनै प्रतियोगिताभन्दा कम छैन । यहाँ कुनै विशेष कृपा हुँदैन । केवल योग्यतम् जीव मात्र टिक्न सक्छन् । यो विचारले हामीलाई जीवनको कठोर वास्तविकतातिर इशारा गर्दछ ।
डार्विनले प्रकृतिमा पाइने प्रजातिहरूको वर्गीकरणमाथि पनि गहन छलफल गरे । उनले प्रजातिहरूलाई पहिचान गर्ने र तिनीहरूलाई वर्गीकृत गर्ने कार्य कति चुनौतीपूर्ण हुन्छ भन्ने कुरा बुझाए । कहिलेकाहीँ एकै प्रजातिका अलग-अलग समूह यति अलग लाग्छन् कि तिनीहरू अलग प्रजातिहरूको रूपमा प्रतीत हुन्छन् । यसको विपरीत केही प्रजातिहरू देख्दा पूर्ण रूपले भिन्न हुन्छन् तर वास्तवमा आपसमा गहिराइपूर्वक जोडिएका हुन सक्छन् । प्रकृतिमा विविधता केवल बाहिरी लक्षणहरूसम्म मात्र सीमित हुँदैन, यो आन्तरिक संरचना, बानी र व्यवहारमा पनि पाइन्छ । उदाहरणको लागि केही पक्षीहरूको आहार खासगरी कीरा-माकुरामा आधारित हुन्छ । उनीहरू आफ्नो चुच्चोको बनावटको कारण अन्य पक्षीहरूभन्दा फरक हुन्छन् । यो अन्तरले उनीहरूलाई विशेष आहार प्राप्त गर्नमा उनीहरूको मद्दत गर्छ ।
डार्विनले यहाँ एक रोचक प्रश्नको उठान गरेका छन् । यो विविधता किन र कसरी उत्पन्न हुन्छ ? के यो केवल संयोग हो वा यसको पछाडि कुनै गहन नियम छ ? उनले यो प्रश्नको उत्तर खोज्नको लागि प्रकृतिका विभिन्न उदाहरणहरूको सहायता लिए । उनले के महसुस गरे भने यी परिवर्तनहरूको मुख्य कारण पर्यावरणको भिन्नता, खानाको उपलब्धता र अन्य जीवहरूसँग संघर्ष हो । उनले हामीलाई के सोच्न बाध्य बनाए भने के शुरुवातमा महत्त्वहीन लाग्ने साना-साना परिवर्तन समयसँगै ठूलो परिवर्तनका कारण बन्न सक्छन् भन्ने कुरा संभव छ ? के आज अलग-अलग देखिने प्रजातिहरू कुनैबेला एकै पूर्वजबाट विकसित हुने कुरा संभव छ ? यो विचारले केवल विज्ञानको मात्र होइन, बरू हाम्रो अस्तित्वको बारेमा पनि प्रश्न उठाउँछ ।
डार्बिनले के महसुस गरे भने यी परिवर्तनहरूको मुख्य कारण पर्यावरणको भिन्नता, खानाको उपलब्धता र अन्य जीवहरूसँग संघर्ष हो । उनले हामीलाई के सोच्न बाध्य बनाए भने के शुरुवातमा महत्त्वहीन लाग्ने साना-साना परिवर्तन समयसँगै ठूलो परिवर्तनका कारण बन्न सक्छन् भन्ने कुरा संभव छ ?
डार्विनले के कुरा पनि स्पष्ट बनाएका छन् भने विविधता केवल एक जैविक प्रक्रिया मात्र होइन, यो एक अद्भूत कहानी हो, जसले हामीलाई प्रकृतिका गहन रहस्यहरूलाई बुझ्नमा मद्दत गर्दछ । उनका अनुसार प्रजातिहरूको बीचको अन्तर प्रायः साना र सूक्ष्म हुन्छन् तर तिनीहरू धेरै महत्त्वपूर्ण हुन्छन् । यो अन्तरले नै समयसँगै नयाँ प्रजातिहरूको उद्भवतिर लिएर जान्छ । डार्विनले जोड दिएर भने - यो प्रक्रिया धीमा र क्रमिक हुन्छ, कुनै पनि परिवर्तन अचानक हुँदैन, यो लाखौं वर्षमा विस्तारै-विस्तारै विकसित हुन्छ । यो विचारले के बुझ्न मद्दत गर्दछ भने प्रकृतिको यो प्रक्रिया कति गहिरो र जटिल छ ।
प्रकृतिमा विविधताको यो सिद्धान्तले जीवनमा परिवर्तन र विकास एक अनिवार्य प्रक्रिया हो भन्ने कुरा पनि सिकाउँछ । यसले के हामी पनि यो प्रक्रियाका हिस्सा हौं, के हाम्रो जीवनमा आउने परिवर्तनले प्रकृतिका यी नियमहरूको पालना गर्छन् भन्ने कुरा सोच्न बाध्य बनाउँछ । डार्विनले केवल एक वैज्ञानिक विश्लेषण मात्र गरेनन् । उनले यसलाई एक यस्तो यात्राको रूपमा प्रस्तुत गरे, जसले हाम्रो सोच्ने तरीकालाई बदलिदिन्छ । उनले हामीलाई के महसुस गराउँछन् भने प्रकृतिका यी रहस्यहरूलाई बुझ्नु केवल एक बौद्धिक प्रक्रिया मात्र होइन, बरु यो आन्तरिक अनुभव पनि हो ।
डार्विनका अनुसार प्रकृतिमा पाइने साना र सूक्ष्म अन्तर धेरै पटक यति जटिल हुन्छन् कि तिनीहरूको सही अर्थ बुझ्न कठिन हुन्छ । उनले जोड दिएर भने - यी अन्तरहरूलाई बुझ्नको लागि केवल सतही दृष्टिकोणले मात्र हेरिनु हुँदैन, बरु तिनीहरूको पछाडि लुकेका धेरै कारण र प्रक्रियाहरूलाई जान्ने कोशिस गर्नुपर्छ । यो अन्तर केवल व्यक्तिगत जीवहरूसम्म मात्र सीमित हुँदैनन्, बरू यिनीहरूले सम्पूर्ण पर्यावरणीय प्रणालीलाई प्रभावित गर्दछन् । उदाहरणतः कुनै पनि क्षेत्रमा एउटा प्रजाति थोरै परिवर्तन हुनुले त्यहाँका अन्य प्रजाति र पर्यावरणीय सन्तुलनमा धेरै ठूलो प्रभाव पार्न सक्छ । जस्तो कि कुनै जंगलमा कुनै विशेष प्रकारका वनस्पति कम हुनुले ती जनावरहरूको लागि खतरा पैदा गर्न सक्छ, जो त्यो वनस्पतिमाथि निर्भर हुन्छन् । यसले सम्पूर्ण प्रणालीलाई प्राभवित बनाउँछ । डार्विनले यसलाई प्रकृतिको सन्तुलनको जाल भने, जहाँ हरेक जीव र हरेक प्रजाति कुनै न कुनै रूपमा एक-अर्कोसँग जोडिएका हुन्छन् ।
अस्तित्वको लागि संघर्ष
डार्विनले आफ्ना विचारलाई यति गहिराई र संवेदनशीलताका साथ प्रस्तुत गरे कि यो केवल एक वैज्ञानिक अध्ययन मात्र रहेको छैन । यो एक यस्तो यात्रा बनेको छ, जसले हामीलाई आफ्नै जीवन र अस्तित्वको अर्थलाई बुझ्नका लागि प्रेरित गर्दछ । डार्विनको विश्लेषणले के हामी जीवनको संघर्षलाई बुझ्न र त्यसलाई बदल्न तयार छौं भन्ने कुरा सोच्न बाध्य बनाउँछ । डार्विनका विचाहरूको एक गहन प्रभाव के देखिन्छ भने उनले हामीलाई यो संघर्षको महत्त्वलाई बुझ्न प्रेरित गर्दछन् । यो संघर्ष केवल जीवित रहनको लागि मात्र होइन, बरु यो जीवनलाई समृद्ध र विविध बनाउनको लागि हो । एउटा प्रजातिले आफ्नो अस्तित्वको लागि संघर्ष गर्दा त्यसले अनिवार्य रूपमा आफ्ना गुणहरूलाई अझ प्रबल बनाउँछ । यही कारणले गर्दा प्रकृतिमा निरन्तर विकास र परिवर्तन भइरहन्छ ।
संघर्षले केवल प्रजातिहरूलाई समाप्त गर्दैन, बरू यो तिनीहरूलाई अझ उत्कृष्ट बनाउने कारण पनि बन्छ । यो संघर्ष केवल शारीरिक मात्र नभएर मानसिक र सामाजिक पनि हुन सक्छ । उदाहरणको लागि केही जीवहरूमा समूहमा काम गर्ने प्रवृत्ति हुन्छ, जसबाट उनीहरू एक-अर्कोलाई मद्दत गर्दछन् र आपसमा सहकार्य गर्दछन् । यो सहकार्यको कारण तिनीहरू आफ्नो पर्यावरणका कठिन परिस्थितिलाई राम्रोसँग सामना गर्न सक्षम हुन्छन् । यसप्रकार यो संघर्षले एक समुदायको निर्माण गर्न सक्छ, जसले सामूहिक रूपमा आफ्नो स्थितिलाई प्रबल बनाउँछ । डार्विनको सिद्धान्तमा कुन कुरा लुकेको छ भने जति बढी एउटा प्रजाति अनुकूलन र प्रतिस्पधार्मा सक्षम हुन्छ, त्यति नै बढी त्यसले आफ्नो जातिलाई भविष्यमा जीवित राख्ने संभावना हुन्छ । तर यो प्रक्रिया यति सीधा हुँदैन, यसमा समय, संघर्ष र निरन्तर परिवर्तनको आवश्यकता हुन्छ । यही कारणले गर्दा प्रकृतिको हरेक पक्षमा निरन्तर परिवर्तन र सुधारको प्रक्रिया चलिरहन्छ । यो संघर्षको परिणामस्वरूप केही प्रजातिहरू अनुकूलनसँगै विकसित हुन्छन्, जबकि अन्य आफ्ना असमानताहरूको कारण विलुप्त हुन्छन् । उदाहरणस्वरूप केही प्रजातिहरू आफ्नो परिवेश अनुसार पूर्ण रूपले बदलिन्छन्, जबकि अन्य प्रजातिहरू स्थिर रहन्छन् र आफ्ना विशेषताहरूलाई संरक्षित गर्दछन् । यो विचारले के विकास केवल अनुकूलनको प्रक्रिया हो वा यसमा अन्य कारक तत्त्व पनि सामेल हुन्छ, जस्तो संयोग र पर्यावरणी परिवर्तन, भन्ने कुरा सोच्न बाध्य बनाउँछ ।
प्रकृतिको हरेक पक्षमा निरन्तर परिवर्तन र सुधारको प्रक्रिया चलिरहन्छ । यो संघर्षको परिणामस्वरूप केही प्रजातिहरू अनुकूलनसँगै विकसित हुन्छन्, जबकि अन्य आफ्ना असमानताहरूको कारण विलुप्त हुन्छन् ।
प्रकृतिमा संघर्ष केवल नकारात्मक परिणामहरूको कारण मात्र बन्दैन, कहिलेकाहीँ यो संघर्ष प्रजातिहरूको विकासमा सहायक हुन्छ । उदाहरणको लागि यदि कुनै प्रजातिलाई आफ्ना प्राकृतिक शिकारीहरूबाट बच्नको लागि रंग बदल्ने आवश्यकता हुन्छ भने यो संघर्षबाट एक नयाँ विशेषता उत्पन्न हुन सक्छ, जसले उसलाई जीवित रहन र अस्तित्व कायम राख्नमा मद्दत गर्छ । यहाँसम्म कि मानिसको प्रभावले पनि प्रकृतिको संघर्षलाई अझ बढाउन सक्छ । मानिसले आफ्ना क्रियाकलाहरूको माध्यमबाट यो संघर्ष अझ तीव्र बनाइदिएका छन् । मानिले जंगलहरूको अन्धाधुन्ध फडानी गरे र अत्याधिक शिकार गर्ने काम गरे तथा आफ्ना आवश्यकाहरूको लागि पर्यावरणलाई ध्वस्त बनाए । यसकारणले केही प्रजातिहरू धेरै कठिन परिस्थितिहरूको सामना गर्नको लागि बाध्य भए । तर यो स्थिति प्रकृतिको लागि एक चुनौती मात्र नभएर एक अवसर पनि हुन सक्छ । एउटा प्रजातिको अस्तित्व खतरामा हुँदा त्यो नयाँ तरीकाले अनुकूलन गर्नको लागि बाध्य हुन्छ, जसले उसलाई भविष्यमा उत्कृष्ट ढंगले जीवित रहने अवस्था प्रदान गर्दछ ।
यी सबै कुराको बावजुद डार्विन के स्पष्ट बनाउँछन् भने यो संघर्ष कहिल्यै अन्त्य हुँदैन । यो निरन्तर चल्ने प्रक्रिया हो, जसले जीवनका हरेक पक्षलाई प्रभावित गर्दछ । चाहे त्यो एउटा सानो कीरा होस्, एउटा ठूलो जनावार होस् वा मानिस होस्, हरेक जीवले आफ्नो अस्तित्वको लागि संघर्ष गर्नुपर्दछ । यही कारणले गर्दा जीवनमा जोकसैको लागि एक अदृश्य संघर्ष हुन्छ, जसले उसलाई आफ्नो अस्तित्व कायम राख्नको लागि प्रेरित गर्छ । यो संघर्षको परिणामस्वरूप जीवनमा परिवर्तन र विकास हुन्छ । यो विकास कहिल्यै अचानक हुँदैन, बरु विस्तारै-विस्तारै, साना-साना परिवर्तनहरूको रूपमा हुन्छ । प्रत्येक परिवर्तनको कारण के हुन्छ भने त्यो जीव आफ्नो परिवेश अनुरूप अनुकूलित हुन सक्छ । र, यो परिवर्तन अर्को पुस्तामा संचारित हुँदा तिनीहरूले त्यो प्रजातिको अस्तित्वलाई अझ बढी स्थिर बनाउन सक्छन् । हामीले यो संघर्षलाई केवल नकारात्मक रूपमा मात्र नहेरेर यसलाई जीवनको विकासको रूपमा हेर्नुपर्छ । यो संघर्ष केवल जीवहरूलाई अन्त्य गर्नको लागि मात्र होइन, बरु यसले उनीहरूलाई नयाँ तरीकाले जीवन जिउनका लागि प्रेरित गर्छ । यो संघर्षको प्रक्रिया जीवनको अनन्त गतिशीलताको हिस्सा हो । यही कारणले गर्दा हरेक जीव आफ्नो स्थितिलाई कायम राख्नको लागि निरन्तर विकास र अनुकूलन गर्दछ ।
हामी मानिस वा जुनसुकै जीव यो संघर्षमा बराबरी रूपले सामेल छौं । यही कारणले गर्दा यो केवल विज्ञानको अध्ययन मात्र नभएर जीवनको गहन बोधलाई वृद्धि गर्ने शिक्षा हो । यसले हामीलाई आफ्नै जीवनको संघर्षलाई कसरी हेर्ने र के त्यसबाट के शिक्षा लिने भन्ने कुरा सोच्न बाध्य बनाउँछ । प्रकृतिको यो संघर्षले हामीलाई जीवनको उतारचढावऽ चुनौती र परिवर्तन हाम्रो लागि केवल एक परीक्षण मात्र नभएर हाम्रो अस्तित्वको लागि लागि अनिवार्य छ भन्ने कुराको शिक्षा दिन्छ । हामीले जति बढी यी संघर्षहरूको सामना गर्छौं, त्यति नै हामीले आफ्नो अस्तित्वलाई प्रबल बनाउन सक्छौं । यही कारणले डार्विनको सिद्धान्तले हामीलाई जीवनको यो संघर्षलाई गहन रूपमा बुझ्न प्रेरित गर्दछ । जीवनको यो चामत्कारिक संजाल प्रकृतिको गहिराइमा लुकेको छ ।
प्राकृतिक छनौट
प्राकृतिक छनौटको विचारमा डार्विनले मानव मस्तिष्कलाई यस्तो एक जादूगरी दर्पणमा दृष्टि दिने अवसर दिए, जसले हामीलाई जीवनका रहस्यहरूलाई बुझ्नमा सक्षम बनाउँछ । यो सिद्धान्त केवल विज्ञानको एक धारणा मात्र नभएर यो प्रकृतिका नियमहरूको यस्तो एक अद्भूत चित्रण हो, जुन हाम्रो हरेक सासमा विद्यमान छ । प्राकृतिक छनौटको माध्यमबाट डार्विनले के देखाए भने प्रकृति हरेक जीवको लागि एउटा यस्तो मंच हो, जहाँ केवल सबभन्दा सक्षम मात्र टिक्न सक्छन् । यो विचारले केवल जीवविज्ञानलाई मात्र नभएर मानवताको बुझाइलाई पनि नयाँ दिशा दिन्छ । जीवहरूको अस्तित्वको संघर्ष त्यतिखेर शुरु हुन्छ, जतिखेर स्रोतसाधनका सीमाहरू सामुन्ने आउँछन् । प्रत्येक प्राणीभित्र एक प्रबल अदृश्य प्रतियोगिता संचालित हुन्छ, त्यो अगाडि बढ्छ र जो कमजोर हुन्छ, त्यो पछाडि छुट्छ । तर यो संघर्ष केवल बलमा मात्र आधारित हुँदैन, यो योग्यता, सक्षमताको संघर्ष हो, जसमा अनुकूलता र स्रोतसाधनहरूको उपयोग गर्ने क्षमता निर्णय हुन्छ । हरेक सानाभन्दा साना विशेषताले जीवलाई वातावरण अनुसार ढाल्नमा मद्दत गर्दछन्, तिनीहरूको अस्तित्वको लागि महत्त्वपूर्ण हुन्छन् ।
डार्विनले प्राकृतिक छनौटको यो सिद्धान्तलाई बुझाउनको लागि धेरै उदारहणहरू प्रस्तुत गरेका छन् । उनले पक्षीहरुका चुच्चोदेखि लिएर कीराहरूका पखेटासम्म हरेक चीजहरूको गहन रूपमा अध्ययन गरे । उनले द्वीपमा रहने पक्षीहरूको चुच्चो कसरी त्यहाँको भौगोलिक परिस्थिति अनुरूप बदलिएका थिए भन्ने कुरामा गहन चिन्तन गरे । एउटा पक्षीको चुच्चो कठोर बीजहरूलाई तोड्न सक्षम थियो, त्यही नै जीवित रहन सक्यो । यसरी नै रुखका बोक्रामा लुक्नसक्ने क्षमता भएका साना कीरा शिकारीहरूबाट बचे ।
प्राकृतिक छनौटको यो नियमले समयसँगै विस्तारै काम गर्छ । यो कुनै गतिशील परिवर्तनको कहानी होइन, बरु पुस्तौं-पुस्ता चल्ने प्रक्रिया हो । यसमा एक अद्भूत धैर्य हुन्छ, जसले प्रकृतिसँग कति धेरै समय र कति योजना हुन्छ भन्ने कुरा सोच्न बाध्य बनाउँछ । जब कुनै प्राणी वातावरणको अनुकूल हुन्छ, तब उसका सन्तानहरूले पनि त्यही विशेषतालाई अगाडि बढाउँछन् । विस्तारै-विस्तारै सम्पूर्ण समूहमा यो गुण सामान्य हुन्छ । यो प्रक्रियाबाट परिवर्तनले कसरी एक स्थायी प्रभाव पार्छ भन्ने कुरा बुझिन्छ । तर यो प्रक्रिया केवल जीवहरूको विशेषतामा सुधारसम्म मात्र सीमित हुँदैन, यो प्रकृतिमा विविधताको कारण पनि बन्छ । डार्विनका अनुसार विविधताबिना जीवन संभव हुँदैन । प्राकृतिक छनौटको माध्यमबाट हरेक प्रजातिले आफ्नो अनौठो पहिचान बनाउँछ । यो प्रकृति त्यो जादू हो, जुन हरेक ठाउँमा देखिन्छ ।
प्राकृतिक छनौटको यो नियमले समयसँगै विस्तारै काम गर्छ । यो कुनै गतिशील परिवर्तनको कहानी होइन, बरु पुस्तौं-पुस्ता चल्ने प्रक्रिया हो । यसमा एक अद्भूत धैर्य हुन्छ, जसले प्रकृतिसँग कति धेरै समय र कति योजना हुन्छ भन्ने कुरा सोच्न बाध्य बनाउँछ ।
डार्विनले प्राकृतिक छनौटको सिद्धान्तबाट नैतिकता र मानव समाजको परिकल्पना कसरी प्रभावित हुन्छ भन्ने कुरा पनि स्पष्ट बनाए । प्रकृतिको यो नियमलाई बुझेपछि जीवनको हरेक संघर्षले हामीलाई प्रबल बनाउँछ भन्ने कुरा महसुस हुन्छ । हरेक चुनौती र हरेक कठिनाइले हामीलाई कुनै न कुनै रूपमा अगाडि बढ्ने प्रेरणा प्रदान गर्दछ । यो केवल जीवजन्तुहरूमा मात्र नभएर मानवताको लागि पनि सत्य हो । डार्विनको यो विचार तर्कसंगत मात्र छैन, प्रेरणादायक पनि छ । यसले हामीलाई जीवनप्रति एक नयाँ दृष्टिकोण प्रदान गर्छ । यसले के बताउँछ भने हाम्रा हरेक कमजोरी, हरेक कठिनाइले हामीलाई प्रबल बनाउँछ । यसले हामीलाई संघर्ष नै जीवन हो र अनुकूलन नै सफलता हो भन्ने कुरा सिकाउँछ ।
चार्ल्स डार्विनको यो विचार वैज्ञानिकहरूको लागि मात्र होइन, हरेक व्यक्तिको लागि प्रेरणा बनेको छ । प्राकृतिक छनौटको यो सिद्धान्तले हामीलाई जीवनका हरेक चुनौती एक नयाँ अवसर जस्तै हुन् भन्ने कुरा सिकाउँछ । यो प्रकृतिको नियम हो र यो हाम्रो जीवनको पनि हिस्सा हो । डार्विनले प्राकृतिक छनौटको माध्यमबाट एक यस्तो दर्पण दिए, जसमा हामी जीवनका हरेक पक्षलाई देख्न सक्छौं । यो केवल विज्ञानको कुरा मात्र नभएर जीवनको हरेक त्यो संघर्षको कथा हो, जसमा हरेक प्राणी जिउँछ । जीवनको यो संघर्षमा रहेका हरेक जित, हरेक हार र हरेक चुनौतीको पछाडि प्रकृतिको यो अद्भूत नियमले काम गर्छ । जीवनको हरेक क्षणले हामीलाई केही नयाँ सिकाउँछ र हरेक चुनौतीले हामीलाई एक नयाँ अवसर प्रदान गर्छ ।
परिवर्तनको नियम
परिवर्तनको नियम अन्तर्गत डार्विनले जीवनको अद्भूत जटिलता र प्रकृतिको गहन प्रक्रियालाई बुझाउने प्रयास गरेका छन् । जीवनले आफ्ना विभिन्न रूप र अनगिन्ती विविधताहरूलाई कसरी अपनाउँछ भन्ने कुरामा डार्विनले गहन अध्ययन गरेका छन् । डार्विनले अत्यन्तै धैर्यपूर्वक र अवलोकनसँगै परिवर्तन किन र कसरी हुन्छ भन्ने रहस्यलाई उद्घघाटन गरे । यो विचार वैज्ञानिक मात्र नभएर हाम्रो अस्तित्वको हरेक पक्षसँग जोडिएको छ । प्रकृतिसँग एक अनौठो शक्ति हुन्छ, जसले प्रत्येक जीवलाई उसको परिस्थिति अनुसार ढाल्नमा मद्दत गर्छ । परिवर्तनलाई बुझ्ने प्रयास गर्दा सबभन्दा पहिले के बुझ्नुपर्छ भने यो परिवर्तन कुनै अदृश्य योजना अन्तर्गत हुन्छ । यो प्रकृतिको त्यो नियम हो, जसले जीवनका प्रत्येक सानाभन्दा साना पक्षलाई नियन्त्रित गर्छ ।
डार्विनका अनुसार परिवर्तन कुनै एक पुस्तामा अचानक हुँदैन । यो एक क्रमिक प्रक्रिया हो । परिवर्तन प्रत्यक्ष रूपले नदेखिने कारकहरूको कारण हुन्छ । यिनीहरूमा पर्यावरणीय प्रभाव, खानाको उपलब्धता र अन्य जीवहरूसँग सम्बन्ध जस्ता पक्ष सामेल हुन्छन् । एउटा वनस्पतिको पातको बनावटमा अन्तर जस्तो एक सामान्य परिवर्तनले सम्पूर्ण वातावरणमा महत्त्वपूर्ण प्रभाव पार्छ । यिनै साना-साना परिवर्तनले जीवहरूलाई उनीहरूको अस्तित्वको लागि आवश्यक अनुकूलन प्रदान गर्छन् । एकातिर जहाँ बाहिरी परिस्थिति परिवर्तनको लागि जिम्मेवार हुन्छ, त्यहीँ अर्कोतिर आन्तरिक प्रक्रिया पनि त्यति नै महत्त्वपूर्ण हुन्छ ।
डार्विनका अनुसार एउटा जीवको शारीरिक ढाँचा र त्यसको जैविक संरचनाले पनि परिवर्तनलाई प्रभावित गर्छ । उदाहरणतः एउटा पक्षीको हड्डीको संरचनाले उसको उडान क्षमतालाई प्रभावित गर्न सक्छ । यसरी नै एउटा जनावरको छालाको रंगले उसलाई शिकारीहरूबाट बचाउनमा मद्दत गर्छ । यो जटिलताबाट हामी के बुझ्छौं भने प्रकृतिसँग हरेक चीजको लागि एक गहन योजना हुन्छ । परिवर्तन सदैव फाइदाजनक मात्र हुँदैन, केही परिवर्तन जीवको लागि हानिकारक पनि हुन्छ भन्ने कुरा सत्य । तर यो प्रकृतिको सन्तुलनलाई कायम राख्ने तरीका हो । कुनै जीव कुनै विशेष परिवर्तनको कारण असफल हुँदा तिनीहरू प्राकृतिक छनौटको प्रक्रियामा पछाडि छुट्छन् । यसको विपरीत जुन जीव सफलतापूर्वक अनुकूलित हुन्छन्, तिनीहरूले आफ्ना गुणहरूलाई अर्को पुस्तामा स्थानान्तरित गर्छन् । यो प्रक्रिया जीवनको निरन्तरतालई कायम राख्ने आधार हो ।
परिवर्तन सदैव फाइदाजनक मात्र हुँदैन, केही परिवर्तन जीवको लागि हानिकारक पनि हुन्छ भन्ने कुरा सत्य हो । तर यो प्रकृतिको सन्तुलनलाई कायम राख्ने तरीका हो । कुनै जीव कुनै विशेष परिवर्तनको कारण असफल हुँदा तिनीहरू प्राकृतिक छनौटको प्रक्रियामा पछाडि छुट्छन् ।
कहिलेकाहीं परिवर्तन अप्रत्यासित तरीकाले हुन्छ । उदाहरणको लागि कुनै एउटा अंगको विकासले कुनै अर्को अंगलाई प्रभावित गर्न सक्छ । यो सह-सम्बन्धले जीवहरूको विकासमा महत्त्वपूर्ण भूमिका निभाउँछ । यो विचारले प्रकृति कति जटिल र परस्पर सम्बन्धित छ भन्ने कुरा देखाउँछ । परिवर्तनको नियमले हामीलाई के कुरा पनि सिकाउँछ भने जीवनमा केही पनि स्थिर छैन । हरेक जीव, हरेक प्रजाति र हरेक वातावरण निरन्तर परिवर्तनशील हुन्छ । यसबाट हामी के बुझ्छौं भने जीवनको हरेक क्षण मूल्यवान हुन्छ । किनकि यो एक महान अदृश्य प्रणालीको हिस्सा हो । यो प्रणालीले जीवहरूको अस्तित्वलाई मात्र होइन, बरू तिनीहरूको विविधता र सुन्दरतालाई पनि दर्शाउँछ ।
डार्विनले परिवर्तनका कारणहरूको खोजमा गहनतापूर्वक विचार गरे र कसरी परिवर्तन विभिन्न परिस्थितिमा अलग-अलग हुन्छ भन्ने कुरा बुझाउने प्रयास गरे । उनका अनुसार एकै प्रजातिका जीवले विभिन्न स्थानमा अलग-अलग रूप धारण गर्न सक्छन् । यो विचारले प्रकृतिको शक्ति कति व्यापक र गहन छ भन्ने कुरा दर्शाउँछ । डार्विनको यो विचार जीवनका गहिराइलाई बुझ्न चाहने जोकोहीलाई प्रेरणा हुन् । यसबाट के बुझिन्छ भने हरेक परिवर्तन, चाहे त्यो जतिसुकै सानो नै किन नहोस्, जीवनको लागि महत्त्वपूर्ण हुन्छ । जीवनको जटिलता र विविधता केवल प्रकृतिका यी अद्भूत नियमहरूको कारण मात्र संभव छ ।
डार्विनका अनुसार परिवर्तन केवल जैविक संरचनासम्म मात्र सीमित रहँदैन, यसले व्यवहार र बानीमाथि पनि प्रभाव पार्दछ । एउटा जीव जुन वातावरणमा रहन्छ, उसका दैनिक गतिविधि र भोजनका बानीहरूले उसको जीवनमा परिवर्तन ल्याउँछन् । जस्तो कि राति सक्रिय रहने एउटा जनावरका आँखाको रचना र उसको हेर्ने क्षमता दिनमा रहने जीवहरूभन्दा फरक हुन्छ । यो परिवर्तन विस्तारै-विस्तारै पुस्तामा स्थानान्तरित हुन्छ, जसबाट नयाँ विशेषताहरू विकसित हुन्छन् । यो प्रक्रिया एक धिमा तर शक्तिशाली परिवर्तनको कहानी बन्छ ।
डार्विनले एउटा महत्त्वपूर्ण कुरा भने, परिवर्तनको यो प्रक्रिया केवल जीवहरूको बीचमा प्रतिस्पर्धासम्म मात्र सीमीत हुँदैन । कैयौं पटक यो परिवर्तन सह-अस्तित्व र सहयोगको परिणाम हुन्छ । उदाहरणको लागि फूल र माहूरीहरूको बीचको सम्बन्धले के देखाउँछ भने प्रकृतिमा हरेक जीव एक-अर्कोमाथि निर्भर हुन्छन् । फूलले माहूरीहरूलाई पराग प्रदान गर्छन्, जबकि माहूरीहरूले फूलहरूको परागसेचनमा मद्दत गर्छन् । यो परस्पर सहयोगले पनि परिवर्तनलाई प्रभावित गर्छ, जसबाट जीवनको यो चक्र लगातर चलिरहन्छ । परिवर्तनको नियमबाट डार्विन के जीवनको यो प्रक्रियामा कुनै सीमा छ ? भन्ने कुरा सोच्न बाध्य भए । उनले परिवर्तन अनन्त छ भन्ने कुरा पाए तर हरेक परिवर्तन प्रकृतिका नियमहरू अनुसार हुन्छ । यो निमयले कुन परिवर्तन टिक्नेछ र कुन समाप्त हुनेछ भन्ने कुरा तय गर्छ । यो प्रक्रियाबाट जीवन कति जटिल र आश्चर्यजनक छ भन्ने कुरा बुझ्न सकिन्छ ।
सिद्धान्तका कठिनाइहरू
डार्विनले आफ्नो प्राकृतिक छनौटको सिद्धान्त केवल वैज्ञानिक रूपमा मात्र महत्त्वपूर्ण छैन, बरु यसले जटिल प्रश्न र संभावित आलोचनाहरूको सामना गर्ने प्रयास पनि गरेको छ भन्ने कुरा स्पष्ट पारेका छन् । डार्विनले गहनतापूर्वक उनका सिद्धान्तहरूलाई चुनौती दिने समस्या र प्रश्नहरूमाथि विचार गरेका छन् । यसले उनको वैज्ञानिक इमान्दारितालाई मात्र दर्शाउँदैन, उनका तर्कहरूको शक्तिलाई पनि सामुन्ने ल्याउँछ । डार्विनका अनुसार उनको सिद्धान्त हरेक दृष्टिकोणले स्पष्ट र सहज छैन । उदाहरणको लागि यदि प्रकृतिमा सबै जीवले स्वयंलाई बदल्छन् र बढी अनुकूल बन्छन् भने किन केही जीव संरचनात्मक रूपले यति जटिल छन् कि तिनीहरूको विकासलाई बुझ्न मुश्किल हुन्छ । उनले यो प्रश्नको उत्तर धेरै सोचविचारसहित गहिराइपूर्वक दिए । उनका अनुसार परिवर्तन विस्तारै हुन्छ र यी परिवर्तनलाई बुझ्नको लागि समयको लामो परिप्रेक्ष्य आवश्यक हुन्छ । केही विशेषता र संरचनाहरू (जस्तो कि आँखाको जटिलता) ले उनको सिद्धान्तलाई चुनौती दियो । आँखा एउटा यस्तो अंग हो, जुन अत्यन्तै जटिल र कार्यात्मक हुन्छ । यो कसरी संभव हुनसक्छ कि यति जटिल संरचना केवल साना-साना परिवर्तनहरूको माध्यमबाट विकसित भयो ।
डार्विनका अनुसार प्रकृतिमा हरेक सानो परिवर्तन जीवको लागि लाभदायक भएको खण्डमा त्यो अर्को पुस्तामा स्थानान्तरित हुन्छ । यो प्रक्रिया लाखौं वर्षमा विकसित हुन्छ । यही कारणले गर्दा हामीले आज यति जटिल संरचनाहरूलाई देख्न सकेका छौं । एउटा अर्को ठूलो चुनौती के थियो भने किन केही जीव पूर्ण रूपले विलुप्त हुन्छन्, जबकि अन्य जीव बदलिंदो पर्यावरणमा ढल्नमा सफल हुन्छन् ? डार्विनले यसलाई प्राकृतिक छनौटको सिद्धान्तको माध्यमबाट बुझाए । उनका अनुसार केवल पर्वारण अनुसार स्वयंलाई ढाल्नमा सक्षम ती जीव मात्र जीवित रहन्छन् । जुन जीव यसो गर्नमा असमर्थ हुन्छन्, तिनीहरू विस्तारै-विस्तारै समाप्त हुन्छन् । यो प्रक्रिया क्रूर जस्तो प्रतीत भए पनि यसले जीवनको सन्तुलनलाई कायम राख्नमा महत्त्वपूर्ण भूमिका निभाउँछ ।
डार्विनले यदि परिवर्तन लगातार भइरहन्छ भने किन हामी हरेक ठाउँमा अनगिन्ती जीवावशेष प्राप्त गर्न सक्दैनौं भन्ने प्रश्न पनि गम्भीरतापूर्वक उठाएका छन् । यो एक जटिल प्रश्न थियो र डार्विनले यसलाई खुला हृदयले स्वीकार गरे । उनले के बुझाए भने जीवाशेष संरक्षित हुनु एक दुर्लभ प्रक्रिया हो र यसको लागि विशेष परिस्थिति आवश्यक हुन्छ । सबै जीवहरूका अवशेष जीवावशेषमा बदलिंदैनन् । यही कारणले गर्दा हामीसँग हरेक कडीको उत्तर छैन । तर जुन प्रमाण विद्यमान छन्, तिनीहरूले उनको सिद्धान्तलाई समर्थन दिन्छन् ।
डार्विनका अनुसार केही जीवहरूको बीचको अन्तरलाई बुझ्नु मुश्किल हुन सक्छ । जस्तो कि दुई प्रजातिका बीचका सीमाहरू कहिले तय हुन्छ ? के हरेक सानो अन्तरले नयाँ प्रजातिको निर्माणतिर संकेत गर्छ ? उनले यसलाई प्राकृतिक छनौटको एक अद्भूत विशेषताको रूपमा हेरे । उनका अनुसार यो प्रक्रिया लगातार चलिरहन्छ र कहिलेकाहीँ अन्तर स्पष्ट देखिन्छ, जबकि अन्य समयमा यो विस्तारै-विस्तारै अगाडि बढ्छ ।
यो सम्पूर्ण छलफलमा डार्विनको दृष्टिकोण तर्कशील मात्र नभएर व्यावहारिक पनि थियो । उनले हरेक आलोचनालाई स्वीकार गरे । यसलाई उनले आफ्नो सिद्धान्त बलियो बनाउनमा उपयोग गरे । उनका अनुसार विज्ञान केवल निष्कर्षहरूको संग्रह होइन, बरु यो प्रश्न सोध्ने र तिनीहरूको उत्तर खोज्ने प्रक्रिया पनि हो । यहाँ उनले प्राकृतिक छनौटको सिद्धान्तले केवल जीवहरूको विकासलाई मात्र बुझाउँदैन, बरु यसले प्रकृतिको सुन्दरता र जटिलतालाई पनि उजागर गर्छ भन्ने कुरा स्पष्ट बनाए । यो सिद्धान्तबाट के बुझिन्छ भने जीवनका हरेक सानाभन्दा साना विशेषता (तिनीहरू जतिसुकै जटिल भए पनि) एउटा गहन अर्थ र उद्देश्यले भरिएका हुन्छन् ।
डार्विनका अनुसार उनको सिद्धान्तलाई पूर्ण रूपमा बुझ्नको लागि केवल तर्क मात्र होइन, धैर्य र गहन अध्ययनको आवश्यकता हुन्छ । यदि आफ्नो सिद्धान्तमा कुनै कमी छ भने त्यो समयसँगै उजागर हुनेछ र वैज्ञानिकहरूले यसलाई राम्रोसँग बुझ्नेछन् भन्ने कुरा पनि उनले स्पष्ट बनाए । यो विनम्रता र खुलापनको भावले नै उनलाई एक महान वैज्ञानिक बनाइदियो । यहाँ उनको सबभन्दा ठूलो सन्देश के हो भने हरेक चुनौती, हरेक सवाल र हरेक कठिनाई विज्ञानलाई अगाडि बढाउने अवसर हो । यसबाट के बुझिन्छ भने ज्ञानको खोजमा असफलता र कठिनाहरूलाई स्वागत गर्नुपर्छ । किनभने यही प्रक्रियाले हामीलाई सत्यको निकट लिएर जान्छ । यसकारण डार्विनको यो विचार केवल विज्ञानको लागि मात्र होइन, बरू हरेक जिज्ञासु मस्तिष्कको लागि प्रेरणाको स्रोत हो ।
सहज प्रवृत्ति
डार्विनले यहाँ गहिराईपूर्वक विषयको व्याख्या गरेका छन्, जसले प्रकृतिको सबभन्दा रहस्यमय र अद्भूत पक्षहरूमध्ये एकलाई बुझाउने प्रयास गर्छ । यसमा उनले जनावरले कसरी नसिकाइकन नै स्वाभाविक रूपले जटिल र सटिक कार्य गर्छन् भन्ने एक महत्त्वपूर्ण प्रश्न उठाएका छन् । डार्विन यहाँ आफ्नो सिद्धान्तलाई सहज प्रवृत्तिहरूको सन्दर्भमा प्रस्तुत गर्दै के देखाउने प्रयास गर्छन् भने यो अद्भूत क्षमता पनि प्राकृतिक छनौटको निमयानुसार नै विकसित हुन्छ । सहज प्रवृत्ति त्यति नै अद्भूत र जटिल छ, जति शारीरिक संरचना । माहूरीको घार बनाउने तरीका, एउटा पक्षीको गुँड बनाउने तरीका र एउटा कुकुरले खन्ने प्रक्रिया जस्ता यी सबै कार्य यस्ता छन्, जसलाई हेर्दा के लाग्छ भने यी जनावर कुनै अदृश्य शिक्षकबाट निर्देशन प्राप्त गरिरहेका छन् । तर डार्विनले यी प्रक्रियालाई एक फरक दृष्टिकोणबाट हेरे । उनले यो सबै विस्तारै-विस्तारै विकसित भएको हो र यो प्राकृतिक छनौटकै एक हिस्सा हो भन्ने कुरा देखाउने प्रयास गरे । उनका अनुसार सहज प्रवृत्ति पनि ठीक त्यस्तै हुन्छ, जस्तो कि शारीरिक विशेषता जीवहरूको अस्तित्वलाई सुनिश्चित गर्नका लागि विकसित भएका छन् । जब कुनै प्रवृत्तिले कुनै जीवलाई उसको वातावरणमा जीवित रहनमा मद्दत गर्छ, तब त्यो अर्को पुस्तामा स्थानान्तरित हुन्छ । उदाहरणको लागि माहूरीको घार बनाउने कौशल तिनीहरूका प्रजातिको लागि पनि हुन्छ । यो केवल तिनीहरूको प्रवृत्ति मात्र होइन, बरू उनीहरूको अस्तित्वको आधार पनि हो ।
सहज प्रवृत्तिलाई बुझाउन सँधै सजिलो हुँदैन । केही व्यवहार यति जटिल हुन्छन् कि तिनीहरूको विकासलाई बुझ्नका लागि हामीले धेरै दृष्टिकोण अपनाउनु आवश्यक हुन्छ । उदाहरणतः केही पक्षी अण्डाहरूलाई लुकाउनका लागि अत्यन्तै चतुराईंपूर्वक गुँड बनाउँछन् । यो प्रपृत्ति कुनै एक पुस्तामा अचानक विकसित भएको होइन होला, बरु यो विस्तारै-विस्तारै साना-साना परिवर्तनको माध्यमबाट परिपूर्ण भएको हुनुपर्छ । केही सहज प्रवृत्ति यति विशिष्ट हुन्छन् कि तिनीहरूले प्राकृतिक छनौटका नियमहरूसँग पूर्ण रूपले मेल खान्छन् । डार्विनले कसरी एउटा बारुलाले आफ्ना अण्डाहरूलाई अन्य कीराहरूको शरीरमा राख्छ भन्ने उदाहरण दिएका छन् । यो प्रक्रियाले बारुलाका बच्चाहरूलाई खानाको एक सुरक्षित स्रोत प्रदान गर्छ । यसप्रकारको प्रवृत्तिले के देखाउँछ भने प्रकृतिमा हरेक चीजको एक उद्देश्य र अर्थ हुन्छ ।
डार्विनले सहज प्रवृत्तिहरूको अध्ययनमा माहूरीहरूको घार निर्माणको एक गहन विश्लेषण गरेका छन् । माहूरीको घार केवल तिनीहरूको प्रवृत्तिको प्रतीक मात्र होइन, त्यो तिनीहरूको गणितीय र भौतिक ज्ञानको पनि अद्भूत उदाहरण हो । यो हेर्दा के लाग्छ भने माहूरी प्राकृतिक इन्जिनियर हुन्, जसले एक समान र कुशल संरचना निर्माण गर्छन् । डार्विनले यसलाई प्राकृतिक छनौटको परिणाम बताए । उनका अनुसार माहूरीहरू समयसँगै यस्ता संरचनाहरू बनाउनमा सक्षम भए, जसले उनीहरूको श्रम र मोमको न्यूनतम् उपयोग गर्दछ । डार्विनका अनुसार सहज प्रवृत्तिहरूको पछाडि एक गहन रहस्य हुन्छ । यो विषयलाई पूर्ण रूपमा बुझ्न कठिन छ तर यसको अध्ययनबाट प्रकृतिको जटिलतालाई बुझ्ने एक नयाँ दृष्टिकोण प्राप्त हुन्छ । सहज प्रवृत्ति पनि परिवर्तनका नियमहरू अनुसार नै विकसित हुन्छ र यिनीहरूलाई पनि त्यही दृष्टिकोणबाट हेरिनुपर्छ ।
डार्विनका अनुसार सहज प्रवृत्तिहरूको पछाडि एक गहन रहस्य हुन्छ । यो विषयलाई पूर्ण रूपमा बुझ्न कठिन छ तर यसको अध्ययनबाट प्रकृतिको जटिलतालाई बुझ्ने एक नयाँ दृष्टिकोण प्राप्त हुन्छ ।
यहाँ डार्विनले केही कठिन प्रश्नहरूको सामना गरेका छन् । के सहज प्रवृत्तिले कहिल्यै गल्ती गर्न सक्छन् ? के जनावरहरूका प्रवृत्ति सँधै सही हुन्छन् ? कहिलेकाहीँ जनावरले गल्ती पनि गर्दछन् । यसले के देखाउँछ भने प्रवृत्तिहरू पनि पूर्ण छैनन् । यो विचारले डार्विनको सिद्धान्तलाई अझ व्यावहारिक र मानवीय बनाउँछ । उनले सहज प्रवृत्ति र बौद्धिकता अलग-अलग होइनन् भन्ने कुरामा जोड दिए । दुवैमा एक गहिरो सम्बन्ध हुन्छ । केही प्रवृत्तिहरू यति जटिल हुन्छन् कि तिनीहरू जनावरका बौद्धिकताका प्रतीक लाग्छन् तर वास्तवमा ती प्राकृतिक छनौटको एक लामो प्रक्रियाका परिणाम हुन्छन् । यो विचार हाम्रो लागि कुन कुराको प्रमाण हो भने प्रकृति हरेक चीज (चाहे त्यो जतिसुकै साधारण नै किन नहोस्) गहिरो अर्थ र उद्देश्यले भरिएको हुन्छ ।
डार्विनले यो विषयलाई अझ गहिराईपूर्वक बुझाउनका लागि घरपालुवा जनावरहरूको उदाहरण दिए । घरेलु जनावरहरूको प्रवृत्ति उनीहरूका जंगली पूर्वजहरूको तुलनामा अलग हुन्छ । यो अन्तर कुन कुराको प्रमाण हो भने प्रवृत्तिहरू पनि समय र परिस्थिति अनुसार बदलिन्छन् । यसबाट के बुझिन्छ भने परिवर्तन केवल बाहिरी मात्र होइन, बरू आन्तरिक पनि हुन सक्छ । यसबाट के बुझिन्छ भने जीवनको हरेक सानोभन्दा साना विशेषता (चाहे त्यो शारीरिक होस् वा व्यावहारिक) एक गहन र व्यावहारिक उद्देश्यले भरिएको हुन्छ । यहाँबाट के बुझिन्छ भने हरेक जीव, हरेक प्रवृत्ति र हरेक क्रिया प्रकृतिको महान योजनाको हिस्सा हो ।
वर्ण-संकरता
डार्विनले यहाँ जीवहरूको बीचमा प्रजनन र तिनीहरुका सन्ताको प्रकृतिलाई विस्तारपूर्वक बुझाउने प्रयास गरेका छन् । यहाँ उनले गहन वैज्ञानिक विश्लेषण र अवलोकन गरेका छन् । विभिन्न प्रजातिहरू आपसमा कसरी जोडिन्छन् र उनीहरूको बीचमा सन्तानका विशेषताहरू के हुन्छन् ? डार्विनले यो विषयलाई अत्यन्तै सूक्ष्मता र स्पष्टतापूर्वक प्रस्तुत गरेका छन् । डार्विनले वर्ण-संकरता अर्थात् दुई अलग-अलग प्रजाति वा प्रकारको बीचमा सन्तानको जन्मले कसरी प्राकृतिक चयन र प्रजातिहरूको विविधतालाई बुझ्नमा मद्दत गर्दछ भन्ने कुरा बताए । उनका अनुसार विभिन्न प्रजातिहरू सामान्यतः आफ्नो बीचमा प्रजनन गर्नमा सक्षम हुँदैनन् । र, यदि यस्तो भयो भने पनि तिनीहरूका सन्तान प्रायः बाझा हुन्छन् । यो बाँझोपन प्रकृतिको एक महत्त्वपूर्ण नियम हो, जसले प्राजातिका सीमाहरू कायम रहून् र तिनीहरू आपसमा पूर्ण रूपमा विलीन नहोऊन् भन्ने कुरा सुनिश्चित गर्छ ।
वर्ण-संकर सन्तानहरूको बाँझोपन एक जटिल र रहस्यमय प्रक्रिया हो । यो प्रक्रियाले कसरी काम गर्छ भन्ने कुरालाई पूर्ण रूपमा बुझ्न सजिलो छैन । तर डार्विनले आफ्ना अवलोकन र प्रयोगहरूको आधारमा के तर्क दिए भने यो प्रकृतिको एक सुसंगठित व्यवस्था हो, जसले प्रजातिहरूलाई अलग राख्नमा मद्दत गर्छ । यो बाँझोपन प्रायः प्रजनन प्रणालीमा सूक्ष्म असंगतिको कारण हुन्छ, जसले दुई प्रजातिहरूको बीचमा आनुवंशिक अन्तरलाई दर्शाउँछ । केही हाइब्रिड सन्तान प्रजनन अक्षम हुन्छन् । घरेलु र जंगली जनावर र वनस्पतिको उदाहरण दिएर डार्विनले के स्पष्ट बनाए भने कहिलेकाहीं हाइब्रिड सन्तानमा आश्चर्यजनक गुण देखिन्छन् । यी गुण तिनीहरूका मातापिताभन्दा अलग र अद्वितीय हुन्छन् । उनले यसलाई प्राकृतिक छनौटको सन्दर्भमा बुझाए र यो प्रक्रियाले कसरी नयाँ प्रजातिहरूको निर्माणमा योगदान दिनसक्छ भन्ने कुरा देखाउने प्रयास गरे । उनले वर्ण-संकरतालाई प्रजातिहरूको परिभाषा र उनीहरूको बीचका सीमाहरूलाई बुझ्नको लागि पनि महत्त्वपूर्ण बताए । उनका अनुसार प्रजातिहरू एक-अर्कोसँग यस स्तरसम्म भिन्न हुनसक्छन् कि उनीहरूको बीचमा कुनै हाइब्रिड सन्तान हुँदैनन् । त्यहीँ केही प्रजातिहरू यति निकट सम्बन्धी हुन्छन् कि उनीहरूको बीचमा हाइब्रिड सन्तान उत्पन्न हुन सक्छन् । यो अन्तरले के देखाउँछ भने प्रजातिहरूको विकास एक निरन्तर प्रक्रिया हो र तिनीहरूका सीमा पूर्ण रूपमा स्थिर छैनन् ।
डार्बिनका अनुसार प्रजातिहरू एक-अर्कोसँग यस स्तरसम्म भिन्न हुनसक्छन् कि उनीहरूको बीचमा कुनै हाइब्रिड सन्तान हुँदैनन् । त्यहीँ केही प्रजातिहरू यति निकट सम्बन्धी हुन्छन् कि उनीहरूको बीचमा हाइब्रिड सन्तान उत्पन्न हुन सक्छन् ।
डार्विनले वनस्पतिमा वर्ण-संकरताको पनि विस्तारपूर्वक अध्ययन गरे । उनले केही वनस्पतिले आपसमा सजिलैसँग परागसेचन गर्न सक्छन् भन्ने देखे र तिनीहरूका सन्तान स्वस्थ हुन्छन् । तर धेरै मामिलामा वर्ण-संकर वनस्पति प्रजनन गर्नमा असमर्थ हुन्छन् । यो असमर्थता प्रायः तिनीहरूको संरचना वा विकासको कुनै विशेष चरणमा रोकावटको कारण हुन्छ । उनले यसलाई पनि प्राकृतिक छनौटको माध्यमबाट बुझाए, जसले के सुनिश्चित गर्छ भने केवल सबभन्दा उपयुक्त प्रजातिहरू मात्र जीवित रहन्छन् ।
डार्विनले यहाँ ती परिस्थितिहरूको पनि विश्लेषण गरे, जहाँ वर्ण-संकर सन्तान प्रजातिहरूको तुलनामा बढी अनुकूल हुन्छन् भन्ने उदाहरण दुर्लभ छन् । तर तिनले के देखाउँछन् भने प्रकृतिमा हरेक प्रक्रियाको एक उद्देश्य हुन्छ । वर्ण-संकर सन्तानहरूको अध्ययनले प्रजातिहरूको बीचका सीमाहरू कति लचिला हुन सक्छन् भन्ने कुरा उजागर गर्छ। यो विचारबाट जीवनको विविधता कसरी कायम रहन्छ र समयसँगै बदलिइरहन्छ भन्ने कुरा बुझ्न सकिन्छ ।
डार्विनले के कुरा स्वीकार गरेका छन् भने उनको समयमा उपलब्ध ज्ञान वर्ण-संकरताका सबै जटिलताहरूलाई बुझाउनको लागि पर्याप्त छैन । उनले यसलाई एक रहस्यको रूपमा हेरे, जसलाई भविष्यका वैज्ञानिक र उत्कृष्ट उपकरणहरूसँगै बुझ्न सकिन्छ । यो स्वीकारोक्तिले उनको वैज्ञानिक इमान्दारितालाई दर्शाउँछ । उनको तर्कानुसार वर्ण-संकरताको अध्ययन केवल प्रजातिहरूको विकासलाई बुझ्ने कुरासम्म मात्र सीमित छैन, यो अध्ययनले हामीलाई प्रकृतिले कसरी सन्तुलन कायम राख्छ भन्ने कुरा सिकाउँछ । जब दुई प्रजातिहरू आपसमा मिल्छन्, तब तिनीहरूको परिणाम केवल नयाँ सन्तानहरूको निर्माण मात्र हुँदैन, बरु यो प्रक्रियाले प्रजातिका बीचका सीमाहरूलाई पनि परिभाषित गर्छ ।
डार्विनको यो विचार वैज्ञानिक दृष्टिकोणले मात्र महत्त्वपूर्ण छैन, बरू यसले प्रकृतिप्रति गहिरो सम्मान र कृतज्ञताको अनुभव गराउँछ । यसबाट के स्पष्ट हुन्छ भने प्रकृतिको हरेक प्रक्रिया (चाहे त्यो जतिसुकै जटिल वा रहस्यमय नै किन नहोस्) एक गहन अर्थ र उद्देश्यले भरिएको हुन्छ । डार्विनले वर्ण-संकरताको प्रक्रियामा बाहिरी परिस्थितिहरूको कति महत्त्वपूर्ण योगदान हुन्छ भन्ने कुरा पनि बताए । केही प्रजातिहरूले विशेष परिस्थितिमा एक-अर्कोबाट हाइब्रिड सन्तानलाई जन्म दिनमा सक्षम हुन्छन्, जबकि अन्य परिस्थितिहरूमा यो संभव हुँदैन । यो तथ्यले के दर्शाउँछ भने प्रकृतिमा हुने हरेक परिवर्तनको गहिरो प्रभाव जीवका प्रवृत्ति र प्रजनन क्षमतामाथि पर्दछ । तापक्रम, आर्द्रता जस्ता पर्यावरणीय कारकले प्रजातिहरूको बीचमा परस्पर क्रियालाई प्रभावित गर्न सक्छन् ।
डार्विनले हाइब्रिड वनस्पतिको अध्ययन गर्दा के पाए भने तिनीहरू कहिलेकाहीँ आफ्नो मूल वनस्पतिभन्दा बढी सहिष्णु र अनुकूल हुन सक्छन् । यो अनुकूलन क्षमताले के देखाउँछ भने प्रकृति सँधै नयाँ संभावनाहरूको खोजमा रहन्छ । उदाहरणतः केही हाइब्रिड वनस्पति शुष्क वा कठिन परिस्थितिमा पनि जीवित रहन सक्छन्, जबकि तिनीहरूका मातापिता प्रजाति यस्तो गर्न सक्दैनन् । यो कुन कुराको प्रमाण हो भने वर्ण-संकरताले केवल सीमाहरू मात्र खिच्दैन, बरू विकासको लागि नयाँ मार्ग पनि खोल्छ ।
भूवैज्ञानिक अभिलेखहरूको अपूर्णता
डार्विनले जीवनको विकासका प्रमाणहरूको खोजमा एक गहन प्रयास गरेका छन् । डार्विनले के कुरा बुझाउने प्रयास गरे भने पृथ्वीको इतिहासको भूवैज्ञानिक प्रमाण किन अधुरा छन् र तिनीहरूले जीवनको क्रमिक विकासको बारेमा सम्पूर्ण तस्वीर किन देखाउन सक्दैनन् ? यो विषय जति जटिल छ, त्यति नै रोमान्चक पनि छ, किनकि यसले हाम्रो बुझाईलाई विस्तार गर्छ र हाम्रो सोच्ने तरीकालाई चुनौती दिन्छ । डार्विनले के स्वीकार गरे भने उनको क्रमविकासको सिद्धान्तले आलोचनाहरूको सामना गर्नुपर्यो, विशेषगरी भूवैज्ञानिक प्रमाणहरूको कमीको कारण । उनका अनुसार यदि जीवनको विकास विस्तारै-विस्तारै भएको छ भने पृथ्वीका चट्टानहरूमा हरेक चरणका जीवका अवशेष प्राप्त हुनुपर्छ । तर वास्तविकता के छ भने भूवैज्ञानिक अभिलेख धेरै अधुरा छन् । चट्टानहरूमा प्राप्त हुने जीवावशेषले ती सबै जीवहरूको प्रतिनिधित्व गर्दैनन्, जो कुनैबेला पृथ्वीमा रहेका थिए । यो अधुरोपन कुनै रहस्यभन्दा कम छैन तर यसको पछाडि ठोस कारण छ ।
डार्विनले यो अधुरोपनका धेरै कारणहरूको व्याख्या गरे । उनले के बताए भने पृथ्वीमा जुन जीवन रहेको छ, त्यसको केवल एउटा सानो हिस्सा मात्र जीवावशेषमा बदलिन सक्छ । अधिकांश जीव, विशेष रूपले नरम शरीर भएका, मरेपछि पूर्ण रूपले नष्ट हुन्छन् । उनीहरूले जीवावशेष बन्नका लागि आवश्य परिस्थितिहरूलाई पूरा गर्न सक्दैनन् । यसको अतिरिक्त कैयौं पटक भूवैज्ञानिक प्रक्रियाहरू, जस्तो चट्टानहरूको क्षय र पुनर्निमाणले पुराना जीवावशेषहरूलाई नष्ट गरिदिन्छन् । पृथ्वीको भूवैज्ञानिक अभिलेख पनि पूर्ण रूपले संरक्षित छैन । यो अभिलेख कुनै अधुरो इतिहासको किताब जस्तै हो, जसमा कैयौं पेज हराएका छन् । चट्टानका सतहले हामीलाई के देखाउँछन् भने तिनीहरूले धेरै पटक समयको लामो अन्तराललाई संरक्षण गर्न सक्दैनन् । यसको अर्थ के हुन्छ भने विकासका हरेक चरणका प्रमाणहरू प्राप्त गर्न सकिंदैन ।
डार्बिनको तर्कानुसार भूवैज्ञानिक अभिलेखको अपूर्णताको अर्थ विकास भएन भन्ने हुँदैन, बरू यसले के दर्शाउँछ भने हामीले यो प्रक्रियालाई बुझ्नको लागि धेरै गहिराइपूर्वक अध्ययन गर्नुपर्छ ।
डार्विनको तर्कानुसार जसरी पृथ्वीको सतह बदलिरहेको छ, त्यसले पनि भूवैज्ञानिक अभिलेखको अपूर्णतामा योगदान दिएको छ । समुद्र सतहबाट उठ्ने जमिन, पहाडहरूको निर्माण र नदीहरूद्वारा चट्टानको क्षय जस्ता सबै प्रक्रियाहरूले जीवावशेषको संरक्षणलाई प्रभावित गर्दछन् । कैयौं जीवावशेष यस्ता स्थानहरूमा गाडिएका हुन्छन्, जहाँ तिनीहरूलाई खोज्नसक्नु लगभग असंभव हुन्छ । यस सन्दर्भमा डार्विनले समुद्री जीव र स्थलीय जीवहरूको जीवावशेषको तुलना गरे । उनले के देखे भने समुद्री जीवहरूका जीवावशेष धेरै सजिलोसँग प्राप्त हुन्छन् । किनकि समुद्र तलमा अवसादनको प्रक्रिया अत्यन्तै तीव्र रूपमा हुन्छ । यसको विपरीत स्थलीय जीवहरूका जीवावशेष दुर्लभ हुन्छन् । किनकि जमिनमा अवसादनको प्रक्रिया कम हुन्छ र क्षय धेरै हुन्छ । यो अन्तरले पनि भूवैज्ञानिक अभिलेखको अपूर्णतालाई बुझाउनमा मद्दत गर्छ ।
डार्विनले जीवावशेष अभिलेखमा परिवर्तनको क्रमिक प्रमाणहरूको कमी आफ्नो सिद्धान्तको लागि एक चुनौती हो भन्ने कुरा पनि स्वीकार गरेका छन् । तर यो कमी आफ्नो सिद्धान्तलाई खारेज गर्नका लागि पर्याप्त छैन । उनको तर्कानुसार भूवैज्ञानिक अभिलेखको अपूर्णताको अर्थ विकास भएन भन्ने हुँदैन, बरू यसले के दर्शाउँछ भने हामीले यो प्रक्रियालाई बुझ्नको लागि धेरै गहिराइपूर्वक अध्ययन गर्नुपर्छ । जीवावशेष अभिलेखले केवल ती जीवहरूको प्रतिनिधित्व गर्छ, जुन सबभन्दा बढी प्रचलित र व्यापक थिए । दुर्लभ र साना समूहका जीव शायदै कहिल्यै जीवावशेषमा संरक्षित हुन्छन् । यसको अर्थ के हो भने हामीले विकासका ती चरणहरूको बारेमा पनि सोच्नु आवश्यक हुन्छ, जसको प्रमाण हामी प्राप्त गर्न सक्दैनौं ।
डार्विनले आफ्ना तर्कहरूलाई अझ स्पष्ट बनाउनको लागि विभिन्न उदाहरण र अवलोकनहरूको सहारा लिए । केही क्षेत्रमा जीवावशेषहरूको पर्याप्तता छ, जबकि अन्य क्षेत्रमा तिनीहरूको लगभग पूर्ण अभाव छ । यो असमानता कुन कुराको प्रमाण हो भने भूवैज्ञानिक प्रक्रिया हरेक ठाउँमा समान हुँदैन । उनले भूवैज्ञानिक सीमाको विशालतामाथि पनि प्रकाश पारे । उनका अनुसार पृथ्वीको इतिहासको करौडौं वर्षलाई बुझ्नको लागि हामीले त्यो समयको विशालता र प्रक्रियाको धीमा गतिलाई ध्यान दिनुपर्छ । विकासको प्रक्रिया यति धीमा र क्रमिक प्रक्रिया हुन्छ कि त्यसलाई केवल केही हजार वा लाख वर्षमा बुझ्नु संभव हुँदैन ।
भूवैज्ञानिक अभिलेखको अपूर्णताले त्यसका सीमाहरूको बावजुद हामीलाई जीवनको विकासको झलक दिन्छ । हरेक जीवावशेषले एउटा कथा भन्छ, एउटा यस्तो जीवको कथा, जुन कुनैबेला यो पृथ्वीमा थियो, जसले यो वातावरणमा स्वयंलाई अनुकूलित बनायो र त्यसपछि आफ्नो पछाडि विकासको एउटा कडी छोड्यो । यो विचार केवल वैज्ञानिक दृष्टिले मात्र होइन, बरू भावनात्मक रूपले पनि प्रेरित गर्छ । यसबाट हामीले जीवनको इतिहास कति व्यापक र क्रूर छ भन्ने शिक्षा पाउँछौं । यसले हामीलाई हरेक अधुरो चीजमा पनि एउटा कथा लुकेको हुन्छ भन्ने कुरा सिकाउँछ । विज्ञान केवल तथ्यहरूको संग्रह मात्र होइन, बरू यो जिज्ञासा, धैर्य र गहन अध्ययनको परिणाम पनि हो ।
जीवहरूको भूवैज्ञानिक क्रम
डार्विनले प्रकृतिको सबभन्दा गहन र अद्भूत रहस्यमध्ये एकलाई गहिराइपूर्वक खोज गर्दछन् । उनले कसरी समयसँगै जीवका प्रजातिहरू बदलिंदै गए र कसरी तिनीहरूको विकास पृथ्वीको भूवैज्ञानिक इतिहाससँग जोडिएको छ भन्ने कुरालाई स्पष्ट बनाउने प्रयास गरे । डार्विनको अध्ययनले हामीलाई जीवनको क्रमिक विकासको कथासँग जोड्छ । उनले आफ्ना अवलोकन र निष्कर्षहरूको माध्यमबाट भूवैज्ञानिक क्रम सँगसँगै जीवहरूको पनि क्रमिक विकास भएको छ भन्ने कुरा बुझाउने प्रयास गरे । पृथ्वीका पुराना चट्टानमा पाइने जीवावशेष वर्तमानमा जीवित प्रजातिहरूभन्दा धेरै फरक छन् । यो अन्तरले केवल समयसँगै प्रजातिहरूमा परिवर्तन भयो भन्ने कुरा मात्र दर्शाउँदैन, यसले कैयौं प्रजातिहरू पूर्ण रूपमा विलुप्त भए भन्ने कुरा पनि दर्शाउँछ । यो विचार जति आश्चर्यजनक छ, त्यति नै गहन पनि छ । किनकि यसले जीवनको नश्वरता र परिवर्तनशीलताको शिक्षा दिन्छ । जीवहरूको भूवैज्ञानिक क्रममा स्पष्ट प्रारूप देख्न सकिन्छ । जीवावशेष अभिलेखले कसरी सरल संरचना भएका जीव पहिले अस्तित्वमा आए र त्यसपछि विस्तारै-विस्तारै धेरै जटिल विकसित भए भन्ने कुरा देखाउँछ । यो क्रमले हामीलाई जीवनको जटिलता अचानक आएन, बरू यो एक लामो र धीमा प्रक्रियाको परिणाम हो भन्ने कुरा सिकाउँछ ।
जीवहरूको भूवैज्ञानिक क्रममा धेरै पटक अचानक र ठूला परिवर्तन पनि देखिन्छन् । उदाहरणको लागि केही समय खंडहरूमा ठूलो संख्यामा प्रजातिहरू अचानक विलुप्त भए र तिनीहरूका स्थानमा नयाँ प्रजातिहरू आए ।
यो क्रमिकतालाई बुझाउनको लागि डार्विनले विभिन्न उदाहरणहरूको सहारा लिए । केही प्राचीन चट्टानमा केवल समुद्री जीवहरूका अवशेष प्राप्त भए, जबकि पछिका चट्टानमा स्थलीय जीवहरूका प्रमाण पनि प्राप्त भए । यो परिवर्तन कुन कुराको प्रमाण हो भने समयक्रमसँगै जीवनले नयाँ-नयाँ आवासहरूलाई अपनाए र स्वयंलाई बदल्नको लागि बाध्य बनाए । जीवहरूको भूवैज्ञानिक क्रममा धेरै पटक अचानक र ठूला परिवर्तन पनि देखिन्छन् । उदाहरणको लागि केही समय खंडहरूमा ठूलो संख्यामा प्रजातिहरू अचानक विलुप्त भए र तिनीहरूका स्थानमा नयाँ प्रजातिहरू आए ।
यो परिवर्तनलाई महान विलुप्तिको रूपमा बुझिन्छ र यिनीहरूको अध्ययन आज पनि वैज्ञानिकहरूको लागि एक रहस्यको रूपमा छ । डार्विनका अनुसार यी घटनाहरूलाई बुझ्नको लागि एक पर्यावरणीय परिवर्तन र जीवहरूको अनुकूलन क्षमतालाई ध्यान दिनुपर्छ । जीवहरूको क्रमिक विकासको यो कथा अझै पनि अधुरो छ । भूवैज्ञानिक अभिलेखमा कैयौं यस्ता अन्तराल छन्, जसले हामीलाई हरेक परिवर्तन कसरी र किन भए भन्ने कुरा बुझ्नलाई रोक्दछन् । यो अधुरोपनबाट हामी निराश हुनुहुँदैन । किनकि यो विज्ञानको प्रक्रियाकै हिस्सा हो ।
डार्विनले यहाँ विलुप्तीको महत्त्वमाथि पनि प्रकाश पारेका छन् । उनका अनुसार विलुप्ति केवल जीवनको अन्त होइन, बरू यसले जीवनको नयाँ विकासको मार्ग प्रशस्त पनि गर्छ । एउटा प्रजाति विलुप्त हुँदा त्यसको ठाउँ नयाँ प्रजातिले लिन्छ, जुन नयाँ परिस्थितिमा अनुकूल हुन सक्छ । यो विचारले केवल जीवनको क्रमिक विकासलाई मात्र दर्शाउँदैन, बरु यसले प्रकृतिलाई सदैव सन्तुलनमा राख्ने प्रयास गर्छ । जीवहरूको भूवैज्ञानिक क्रम केवल पृथ्वीको इतिहासको मात्र नभएर सम्पूर्ण जीवनको इतिहासको पनि दर्पण हो । यसले जीवनको हरेक प्रक्रिया, चाहे त्यो जतिसुकै जटिल र रहस्यम नै किन नहोस्, एक गहन उद्देश्य र क्रम अन्तर्गत हुन्छ भन्ने कुरा स्पष्ट बनाउँछ ।
डार्विनले के कुरा पनि स्विकार गरेका छन् भने उनको सिद्धान्तलाई बुझ्न र त्यसलाई पूर्ण बनाउनको लागि अझै र अरू पनि शोध तथा अध्ययनको आवश्यकता पर्दछ । उनले जीवावशेष अभिलेखको धेरै गहनतापूर्वक अध्ययन गर्न र अहिलेसम्म अनुत्तरित प्रश्नहरूको जवाफ खोज्नको लागि वैज्ञानिकहरूलाई प्रेरित गरे । जीवनको कथा केवल वर्तमानमा मात्र होइन, अतीतमा पनि लेखिएको छ । यो कथा केवल जीवहरूको मात्र नभएर पृथ्वीको पनि हो । हामी एक महान र अद्भूत इतिहासका हिस्सा हौं, जसलाई बुझ्नको लागि जिज्ञासा र धैर्यको आवश्यकता हुन्छ ।
भौगोलिक वितरण
डार्विनले हामीलाई प्रकृतिको एक अझ अद्भूत कहानीको निकट लिएर जान्छन् । यहाँ पृथ्वीका विभिन्न भागमा पाइने जीवहरूको विविधता र तिनीहरूको वितरणलाई बुझाउने कोशिस गरिएको छ । डार्विनले आफ्ना अवलोकन र विश्लेषणहरूको माध्यमबाट भौगोलिक कारकले कसरी जीवहरूको उपस्थिति र तिनीहरूको विकासलाई प्रभावित गर्दछन् भन्ने कुरा बुझाउने प्रयास गरेका छन् । यो विषय जति वैज्ञानिक छ, त्यति नै भावनात्मक पनि छ । किनकि यसले हाम्रो ग्रहको विशालता र जटिलताको बारेमा महसुस गराउँछ । पृथ्वीका विभिन्न भागमा पाइने जीव प्रायः एक-अर्कोबाट अलग हुन्छन् तर पनि तिनीहरूमा केही समनताहरू हुन्छन् ।
भौगोलिक अलगावले प्रजातिहरूको विकासमा एक महत्त्वपूर्ण भूमिका निभाउँछ भन्ने विचार डार्विनको सिद्धान्तको एक प्रमुख हिस्सा थियो । अलग-अलग भौगोलिक स्थानमा रहने एकै प्रजातिहरू समयसँगै विभिन्न रूपमा बदलिन्छन् । यो परिवर्तन केवल उनीहरूको अस्तित्वबाट मात्र हुँदैन, बरू उनीहरूको अस्तित्वको लागि आवश्यक अनुकूलनको आधारमा पनि हुन्छ । डार्विनले द्वीपहरूका जीवमाथि विशेष ध्यान दिएका थिए । उनले के पाए भने द्वीपहरूमा पाइने जीव प्रायः मुख्य भूमिमा पाइने जीवभन्दा धेरै फरक हुन्छन् । तर पनि तिनीहरूमा एक सम्बन्ध देखिन्छ । उदाहरणको लागि ग्याला पागोस द्वीपका समूहका पक्षी मुख्य भूमिका पक्षीहरूभन्दा अलग थिए तर तिनीहरूका बीचमा एक स्पष्ट समानता पनि थियो । यो तथ्य कुन कुराको प्रमाण थियो भने द्वीपहरूमा पाइने जीव मुख्य भूमिबाट आएका थिए र त्यहाँको परिस्थिति अनुसार बदलिए ।
डार्विनले के पनि पाए भने निकटवर्ती द्वीप समूहका जीव प्रायः एक-अर्कोसँग धेरै मिल्दाजुल्दा हुन्छन्, जबकि टाढाका द्वीप समूहका जीवहरूमा धेरै भिन्नता हुन्छ । यसको कारण के हो भने निकटवर्ती द्वीप समूहको बीचमा प्रवासन र सम्पर्कको संभावना धेरै हुन्छ, जबकि टाढाका द्वीप समूह भौगोलिक रूपले अलगथलग हुन्छन् । यो विचारबाट कसरी पृथ्वीको भूगोलले जीवनको विकासलाई आकार दिन्छ भन्ने कुरा बुझिन्छ ।
डार्विनले प्रवासको महत्त्वमाथि पनि छलफल गरेका छन् । उनका अनुसार प्रवास त्यो प्रक्रिया हो, जसको माध्यमबाट जीव आफ्नो मूल स्थानबाट अर्को स्थानमा पुग्छन् र त्यहाँको परिस्थिति अनुसार बदलिन्छन् ।
डार्विनको अर्को तर्क अनुसार महाद्वीपहरूका जीव र तिनीहरूका पर्यावरणीय प्रणाली पनि यसरी नै प्रभावित हुन्छन् । उनका अनुसार एकै जलवायुका दुई अलग-अलग महाद्वीपका जीव प्रायः एक-अर्कोबाट भिन्न हुन्छन् । उदाहरणको लागि अफ्रिका र दक्षिण अमेरिकाका वर्षावनमा समान जलवायु हुनुको बावजुद त्यहाँ पाइने जीवहरूमा स्पष्ट भिन्नता थियो । यो कुन कुराको प्रमाण हो भने जलवायु एक्लैले प्रजातिहरूको विकासलाई निर्धारित गर्दैन, बरु भौगोलिक अलगाव र ऐतिहासिक कारकले पनि यसमा महत्त्वपूर्ण भूमिका निभाउँछ ।
डार्विनले प्रवासको महत्त्वमाथि पनि छलफल गरेका छन् । उनका अनुसार प्रवास त्यो प्रक्रिया हो, जसको माध्यमबाट जीव आफ्नो मूल स्थानबाट अर्को स्थानमा पुग्छन् र त्यहाँको परिस्थिति अनुसार बदलिन्छन् । डार्विनले प्रवासनका विभिन्न तरीकाहरूको अध्ययन गरे, जस्तो कि हावा, पानी र प्राकृतिक पुलहरूको माध्यमबाट जीवहरूको स्थानान्तरण । उनले विशेषगरी ती जीवहरूको बारेमा कुरा गरे, जुन समुद्रद्वारा अलगथलग भएका द्वीपहरूमा पाइन्छन् । यी द्वीपहरूमा पाइने जीव प्रायः ती जीवहरूसँग मिल्दाजुल्दा हुन्छन्, जुन निकटतम् मुख्य भूमिमा रहन्छन् । यो तथ्य कुन कुराको प्रमाण हो भने जीव मुक्त भूमिबाट द्वीपमा पुगे र त्यहाँको परिस्थिति अनुसार बदलिए । केही जीव, जस्तो कि पक्षी र कीरा, प्रवासनमा धेरै सक्षम हुन्छन्, जबकि अन्य जीव, जस्तो कि स्तनधारी, कम सक्षम हुन्छन् । यो भिन्नताको प्रभाव के हुन्छ भने केही क्षेत्रमा केही प्रकारका जीव धेरै पाइन्छन्, जबकि अन्य क्षेत्र यिनीहरूबाट वंचित हुन्छन् ।
भौगोलिक वितरणको विस्तार
चार्ल्स डार्विनले यहाँ प्रकृतिको अझ गहिराइमा गएर दृष्टिकोण प्रदान गरेका छन् । यसमा उनले कसरी भौगोलिक कारकले जीवहरूको विकास र तिनीहरूको वितारणलाई प्रभावित गर्छन् भन्ने अगाडि स्थापित विचारलाई नै विस्तार गरेका छन् । डार्विनले यो विषयलाई वैज्ञानिक दृष्टिकोणले मात्र होइन, बरु यसलाई जीवनका जटिलताहरू र त्यसको सुन्दरताको सन्दर्भमा पनि बुझाए ।
डार्विनले द्वीप र मुख्य भूमिको बीचमा सम्बन्धमाथि विशेष ध्यान केन्द्रित गरे । द्वीपहरूमा पाइने जीव प्रायः मुख्य भूमिका जीवहरूसँग सम्बन्धित हुन्छन् तर समयसँगै तिनीहरूले परिस्थिति अनुसार स्वयंलाई परिवर्तन गरेका छन् । यो परिवर्तन केवल शारीरिक मात्र नभएर व्यावहारिक र अनुकूलनशीलतामा हुन्छ । यो विचाले प्रकृतिको अनुकूलन र जीवित रहने क्षमतालाई दर्शाउँछ, जसले हामीलाई उत्प्रेरित गर्छ र हाम्रो जिज्ञासालाई बढाउँछ । अलग-अलग द्वीपहरूमा रहने जीव एकै प्रकारका हुन सक्छन् तर तिनीहरूको बीचमा साना-साना भिन्नताहरू हुन्छन् । यो तथ्य कुन कुराको प्रमाण हो भने भौगोलिक अलगावको कारण प्रजातिहरू विस्तारै-विस्तारै बदलिन्छन् र नयाँ प्रजातिहरूको निर्माण हुन्छ ।
डार्विनले ग्याला पागोस द्वीप समूहका पक्षीहरूको उदाहरण दिए । तिनीहरू मुख्य भूमिका पक्षीहरूभन्दा फरक थिए तर तिनीहरूको बीचमा गहिरो समानता पनि थियो । किन केही प्रजातिहरू विशेष क्षेत्रमा मात्र पाइन्छन् भन्ने कुरामा डार्विनले विशेष खोज गरे । पृथ्वीको भूगोल, जलवायु र पर्यावरणीय परिस्थितिले प्रजातिहरूको वितरणलाई निर्धारित गर्दछ । उदाहरणको लागि ध्रुवीय क्षेत्रमा रहने जीवन र उष्ण-कटिबन्धीय क्षेत्रका जीव आ-आफ्ना स्थानहरूको लागि विशिष्ट रूपले अनुकूलित हुन्छन् ।
डार्विनले प्रवासन र त्यसको प्रभावको बारेमा गहनतापूर्वक अध्ययन गरे । प्रवासनको प्रक्रियाको कारण प्रजातिहरू एक स्थानबाट अर्को स्थानमा पुग्दछन् र त्यहाँको परिस्थिति अनुसार परिवर्तित हुन्छन् । प्रवासनका विभिन्न तरीका हुन्छन्, जस्तो कि हावा, समुद्रको प्रवाह र अन्य जीवहरूद्वारा गरिएको परिवहन । प्रवासनको कारण प्रजातिहरूको बीचमा सम्पर्क हुन्छ, जसबाट जैविक विविधतामा वृद्धि हुन्छ । भूवैज्ञानिक परिवर्तनले (जस्तो कि महाद्वीप अलग हुनु र जोडिनु) प्रजातिहरूको वितरणलाई प्रभावित गर्दछ । महाद्वीप अलग हुँदा त्यहाँका प्रजातिहरू पनि अलग-अलग मार्गतिर जान्छन् र नयाँ प्रजातिहरू बन्छन् । तर महाद्वीप जोडिंदा प्रजातिहरूको बीचमा प्रतिस्पर्धा बढ्नजान्छ, जसबाट केही प्रजातिहरू विलुप्त हुन्छन् र केही नयाँ प्रजातिहरूको उदय हुन्छ ।
डार्विनले द्वीपहरूको अनौठो पर्यावरणीय प्रणालीमाथि पनि ध्यान केन्द्रित गरे । द्वीपहरूमा रहने जीवले प्रायः त्यहाँको परिस्थितिअनुसार स्वयंलाई ढाल्छन् । द्वीपहरूमा केही प्रकारका जीव बढी पाइन्छन्, जबकि अन्य प्रकारका जीव अनुपस्थित हुन्छन् । यो अनुपस्थिति प्रायः प्रवासनका सीमा र द्वीपहरूको अलगावको स्थितिको कारण हुन्छ । भौगोलिक वितरणको अध्ययनले प्रजातिहरूको विकासको इतिहास र तिनीहरूको पर्यावरणीय प्रणालीको बीचमा सम्बन्धलाई बुझ्नमा मद्दत गर्दछ । यसबाट कसरी प्रकृतिले विभिन्न स्थानमा विभिन्न प्रकारका जीवहरूको निर्माण गरेको छ र कसरी यो प्रक्रिया अझै पनि जारी छ भन्ने कुरा बुझ्न सकिन्छ । यसबाट प्रकृति कति विविध र अनुकूलनशील छ भन्ने कुरा पनि बुझ्न सकिन्छ ।
जीवन केवल भौगोलिक सीमासम्म मात्र सीमित छैन, बरु यसले ती सीमाहरूलाई पार गर्ने क्षमता राख्छ । यो विचार धेरै प्रेरणादायक छ, किनकि यसले हामीलाई प्रकृतिका अनन्त संभावनाहरूको बारेमा महसुस गराउँछ । भौगोलिक विविधताको बारेमा अझै धेरै बुझ्न बाँकी छ । डार्विनले वैज्ञानिकहरूलाई यो विषयमा अझ गहनतापूर्वक अध्ययन गर्न र अझैसम्म अनुत्तरित प्रश्नहरूको जवाफ खोज्नका लागि उत्प्रेरित गरे । जीवनको कथा केवल वर्तमानमा मात्र नभएर अतीत र भविष्यमा पनि फैलिएको छ । हामी यो अद्भूत प्रक्रियाको हिस्सा हौं र हामीले यसलाई गहनतापूर्वक बुझ्नका लागि प्रयासरत रहनुपर्छ ।
सजीव प्राणीहरूको परस्पर सम्बन्ध
भ्रूण विज्ञान, आकार विज्ञान र अवशिष्ट अंगले जीवनको जटिल संरचना र त्यसको गहन सम्बन्धलाई बुझ्ने एक अनौठो दृष्टिकोण प्रदान गर्छ । डार्विनले केवल सजीव प्राणीहरूको बीचको आपसी सम्बन्धको खोज मात्र गरेनन्, उनले कसरी जीवहरूको शारीरिक र जैविक स्वरूपले तिनीहरूको विकास यात्रालाई परिभाषित गर्दछन् भन्ने बारेमा पनि गहन खोज गरे । डार्विनका अनुसार सबै जीव एक साझा पूर्वजबाट विकसित भएका हुन् । उनको तर्कानुसार सजीव प्राणीहरूको बीचमा समानताहरू तिनको साझा विकासवादी इतिहासका प्रमाण हुन् । मानिस, पक्षी वा माछा जोसुकै भए पनि तिनीहरूको शरीरको आधारभूत संरचनामा धेरै समानताहरू हुन्छन् । यो विचार वैज्ञानिक दृष्टिले मात्र रोचक छैन, यसले हामीभित्रको जीवनको एकता र त्यसको जटिलताप्रति गहिरो सम्मान पनि पैदा गर्छ ।
डार्विनले भ्रूणविज्ञानको पनि गहिराइपूर्वक अध्ययन गरे । उनले के पाए भने अलग-अलग प्रजातिहरूका भ्रूण विकासका शुरुवाती चरणमा एकै जस्ता देखिन्थे । के प्रमाणित हुन्छ भने सबै जीवको विकास एकै मूल बिन्दुबाट शुरू भएको हो । उदाहरणका लागि मानिस र पक्षीका भ्रूण शुरुवाती चरणमा लगभग समान देखिन्छन्, तर समयसँगै तिनीहरूको विकासमा अन्तर स्पष्ट हुन्छ ।
डार्विनले आकारविज्ञानको पनि गहिराइपूर्वक अध्ययन गरे । उनले के पाए भने विभिन्न प्रजातिहरूका अंगको संरचनमा, तिनीहरूका कार्य अलग-अलग भए पनि, समानता हुन्छन् । उदाहरणका लागि मानिसका हात, पक्षीका पखेटा र माछाका पखेटा एकै आधारभूत संरचनाबाट बनेका हुन्छन्, तर तिनीहरूका कार्य पूर्ण रूपले अलग हुन्छन् । यो विचार कुन कुराको प्रमाण हो भने प्राकृतिक छनौटले यी अंगहरूलाई तिनीहरूको पर्यावरण र आवश्यकता अनुसार ढालिदिएको छ । डार्विनले अवशिष्ट अंगमाथि पनि छलफल गरेका छन् । यी प्रजातिहरूको विकासको क्रममा आफ्नो उपयोगिता गुमाइसकेका अंग हुन्, तर अझै पनि तिनीहरू शरीरमा विद्यमान छन् । डार्विनले यी अंगहरूलाई प्रजातिहरूको विकासवादी इतिहासको प्रमाण माने ।
डार्विनले सजीव प्राणीहरूको आपसी सम्बन्धलाई एक विशाल वृक्षको रूपमा चित्रित गरे, जसमा हरेक शाखाले एक प्रजातिको प्रतिनिधित्व गर्दछ । यो वृक्ष समयसँगै विकसित हुन्छ र नयाँ शाखाहरू जोडिंदै जान्छन्, जबकि पुराना शाखाहरू विलुप्त हुन सक्छन् । यो विचारले केवल प्रकृतिको गतिशीलतालाई मात्र दर्शाउँदैन, यसले जीवन एक निरन्तर परिवर्तनशील प्रक्रिया हो भन्ने कुरा पनि सिकाउँछ । सजीव प्राणीहरूको आपसी सम्बन्ध केवल उनीहरूको आपसी शारीरिक संरचनासम्म मात्र सीमित हुँदैन, उनीहरूको व्यवहार, प्रजनन पद्धति र पर्यावरणसँग उनीहरूको सम्बन्धले पनि तिनीहरूको विकासलाई परिभाषित गर्दछन् । यसबाट के बुझिन्छ भने जीवन केवल शारीरिक संरचनाको मामिला मात्र नभएर यो ती सम्बन्ध र प्रक्रियाहरूको एक जटिल संजाल हो, जसले त्यसलाई परिभाषित गर्दछन् ।
जीवन केवल वर्तमानमा मात्र होइन, यो अतीत र भविष्यमा पनि फैलिएको छ । हामी यो अद्भूत प्रक्रियाको हिस्सा हौं र हामीले यसलाई गहिराइपूर्वक बुझ्नको लागि प्रयासरत रहनुपर्छ ।
डार्विनका अनुसार यो विषषयमा अझै पनि धेरै बुझ्न बाँकी छ । उनले वैज्ञानिकहरूलाई भ्रूणविज्ञान, आकारविज्ञान र अवशिष्ट अंगहरूको अध्ययनमा अझ बढी गहिराइपूर्वक जानको लागि उत्प्रेरित गरे । यो अध्ययन केवल विज्ञानको लागि मात्र महत्त्वपूर्ण छैन, बरु यो हाम्रो जीवन र त्यसका मूलभूत प्रश्नहरूलाई बुझ्नका लागि पनि आवश्यक छ । यहाँबाट हामी के सिक्छौं भने जीवन केवल वर्तमानमा मात्र होइन, यो अतीत र भविष्यमा पनि फैलिएको छ । हामी यो अद्भूत प्रक्रियाको हिस्सा हौं र हामीले यसलाई गहिराइपूर्वक बुझ्नको लागि प्रयासरत रहनुपर्छ । यसबाट प्रकृतिको अनन्त संभावनाहरूको बारेमा जानकारी हुन्छ ।
डार्विनका अनुसार भ्रूणका शुरुवाती अवस्थाहरूले हामीलाई विकासका प्रारम्भिक चरणहरूको झलक देखाउँछन् । अलग-अलग प्रजातिहरूका भ्रूण आफ्नो विकासको प्रारम्भिक चरणमा एक-अर्कोसँग धेरै मिल्दा-जुल्दा हुन्छन् । तर तिनीहरूको विकास हुँदै जाँदा तिनीहरूले आफ्ना विशेषता अपनाउन लाग्छन् । डार्विनले यो तथ्यलाई प्रजातिहरूका साझा पूर्वजको एक महत्त्वपूर्ण प्रमाण माने । यो विचारले कसरी जीवनको विविधता विस्तारै-विस्तारै समयसँगै विकसित भएको हो भन्ने कुरालाई स्पष्ट बनाउँछ ।
अवशिष्ट अंगहरूको छलफलमा डार्विनले भने, प्रकृतिमा केही पनि अचानक रूपले हुँदैन । जब कुनै अंगले आफ्नो उपयोगिता गुमाउँछ, त्यो पूर्ण रूपले लोप हुँदैन, तर विस्तारै-विस्तारै अप्रासंगिक हुन्छ । यो प्रक्रियाले विकासको सिद्धान्तको सटिकता अझ गहिराइपूर्वक प्रमाणित गर्दछ । उदाहरणको लागि मानव शरीरमा विद्यमान पुच्छरको हड्डी त्यो अंगको अवशेष हो, जुन उनीहरूका पूर्वजहरूको लागि उपयोगी थियो ।
डार्विनले आकारविज्ञानको क्षेत्रमा गहिराइपूर्वक शोध गरे । शरीरका विभिन्न हिस्सा एक जस्तै मूलभूत संरचनाहरूमा आधारित हुन्छन्, चाहे तिनीहरूको उपयोग जतिसुकै अलग नै किन नहोस् । यो समानता एक अद्भूत तथ्य हो, जसले प्राकृतिक छनौटको माध्यमबाट प्रजातिहरूको अनुकूलनको प्रक्रियालाई दर्शाउँछ । डार्विनले यसलाई जीवनको रचनात्मकताको एक महान उदाहरण माने, जहाँ सीमित स्रोतसाधनबाट प्रकृतिले असंख्य प्रकारका उपयोगी रूप बनाएको छ ।
डार्विनले जीवहरूको पारस्परिक सम्बन्धलाई बुझ्नको लागि एक जीवनवृक्षको अवधारणाको उपयोग गरे । यो वृक्ष विकासका ती अनगिन्ती मार्गहरूको प्रतीक हो, जसमा प्रजातिहरू समयसँगै अगाडि बढेका छन् । प्रत्येक शाखाले एक नयाँ प्रजातिलाई दर्शाउँछ, जबकि पुराना शाखाहरू समयसँगै विलुप्त हुन सक्छन् । यो चित्रण वैज्ञानिक दृष्टिकोणले जानकारीमूलक मात्र छैन, यसले प्रकृतिको जटिलता र सुन्दरतालाई पनि उजागर गर्छ । सजीव प्राणीहरूको बीचमा सम्बन्ध केवल भौतिक संरचनासम्म मात्र सीमीत रहँदैन, तिनीहरूका व्यवहार, बानी र प्रजनन पद्धतिहरूले पनि तिनीहरूको आपसी सम्बन्धलाई परिभाषित गर्छन् । यसबाट प्रकृतिको गहिराइलाई बुझ्न सकिन्छ । जीवन केवल शारीरिक अस्तित्व मात्र नभएर यो सम्बन्ध, अनुकूलन र परिवर्तनको एक जटिल संजाल हो । जीवनको यो विशाल प्रक्रियालाई सम्पूर्ण रूपमा बुझ्नु अझै पनि हाम्रो लागि एक चुनौती हो ।
डार्विनको विचार सम्पूर्ण मानवताका लागि एक महत्त्वपूर्ण योगदान हो । यसले हामीलाई यो अद्भूत ब्रम्हाण्डको एक अभिन्न हिस्सा हौं भन्ने कुरा बुझाउन मद्दत गर्छ ।
डार्विनले वैज्ञानिकहरूलाई यो दिशामा आफ्नो प्रयास जारी राख्न र अहिलेसम्म समाधान नभएका रहस्यहरूलाई उजागर गर्नका लागि अभिप्रेरित गरे । उनको यो विचारले आज पनि वैज्ञानिकहरूलाई प्रेरित गर्दछ र उनीहरूलाई नयाँ खोजतर्फ प्रेरित गर्छ । यसबाट प्रकृतिको अद्भूत विविधता र त्यसको अनुकूलन क्षमताको स्मरण हुन्छ । जीवन केवल अस्तित्वको नाम मात्र नभएर यो विकास र परिवर्तनको एक निरन्तर प्रवाह हो । यो विचारले हाम्रो सोच र जीवनप्रतिको दृष्टिकोणलाई पनि परिवर्तन गर्दछ । यसले प्रकृतिलाई एक नयाँ दृष्टिबाट हेर्न र त्यसका चमत्कारहरूको सह्राना गर्नका लागि उत्प्रेरित गर्दछ । डार्विनको विचार सम्पूर्ण मानवताका लागि एक महत्त्वपूर्य योगदान हो । यसले हामीलाई यो अद्भूत ब्रम्हाण्डको एक अभिन्न हिस्सा हौं भन्ने कुरा बुझाउन मद्दत गर्छ ।
पुनरावलोकन र निष्कर्ष
डार्विनले यहाँ आफ्ना सबै विचारलाई समेट्दै ती प्रमाण र तर्कहरूलाई पुनः प्रस्तुत गरेका छन्, जुन सम्पूर्ण पुस्तकमा वर्णन गरिएका थिए । उनले यहाँ प्राकृतिक छनौट र विकासको सिद्धान्तको महत्त्वलाई केवल दृष्टिकोणले मात्र बुझाएनन्, उनले यसलाई गहन र व्यापक सन्दर्भमा पनि राखे । प्राकृतिक छनौट केवल एउटा सिद्धान्त मात्र नभएर यो प्रकृतिमा जीवनका हरेक पक्षलाई गहिराइपूर्वक प्रभावित गर्ने विचार हो । प्रजातिहरूको अस्तित्व, अनुकूलन र विकासको आधार यो प्रक्रियामा निहित हुन्छ । यो प्रक्रियाले सजीवहरूलाई तिनीहरूको पर्यावरण अनुसार ढाल्नमा सक्षम बनाउँछ, जसबाट उनीहरू जीवित रहने मात्र होइन, बरु हुर्किन्छन् पनि ।
जीवन एक सरल र स्थिर प्रक्रिया होइन । यो निरन्तर परिवर्तनशील छ र यसका हरेक पक्षमा विविधता र जटिलता लुकेका हुन्छन् । प्रायः नदेखिने साना-साना विविधताले समयसँगै महत्त्वपूर्ण रूपमा प्रजातिहरूलाई प्रभावित गर्दछन् । प्राकृतिक छनौटको प्रक्रियालाई बुझ्नका लागि प्रकृतिमा हरेक चीजको एक कारण र उद्देश्य हुन्छ भन्ने कुरा स्वीकार गर्नुपर्छ । यो प्रक्रिया धीमा हुन सक्छ तर यो अत्यन्तै सटिक र प्रभावकारी हुन्छ । यो विचारले जीवनको गहिराई र त्यसको जटिलताप्रति एक नयाँ दृष्टिकोण प्रदान गर्छ ।
डार्विनले के कुरा स्पष्ट बनाएका छन् भने उनको विचारलाई स्वीकार गर्न जोकसैको लागि सहज छैन । क्रमिक विकास र प्राकृतिक छनौटको सिद्धान्तलाई बुझ्नको लागि परम्परावादी सोच र मान्यताहरूलाई चुनौती दिनुपर्छ । दृष्टिकोणलाई व्यापक नबनाउनुन्जेलसम्म प्रकृतिका चमत्कारहरूलाई पूर्ण रूपमा बुझ्न सकिंदैन । डार्विनले आफ्नो सिद्धान्तलाई वैज्ञानिक तथ्यहरूसम्म सीमित राखेनन्, उनले यसलाई मानवता र जीवनप्रति हाम्रो दृष्टिकोणसँग पनि जोडे ।
प्राकृतिक छनौटको सिद्धान्तले के सिकाउँछ भने जीवन एक निरन्तर प्रक्रिया हो, जसमा हरेकको आफ्नो महत्त्व योगदान हुन्छ । यो विचारबाट प्रकृतिलाई धेरै सम्मान र सहानुभूतिपूर्वक हेर्ने दृष्टिकोण प्राप्त हुन्छ । डार्विनले आफ्नो विचार अझै पनि पूर्ण छैन भन्ने कुरा स्वीकार गरे । यो एक यस्तो यात्रा हो, जुन अहिले नै समाप्त भएको छैन । उनले आफ्ना कामहरूलाई थप अगाडि बढाउन र अझै समाधान हुन नसकेका प्रश्नको उत्तर खोज्नको लागि वैज्ञानिक र शोधकर्ताहरूलाईलाई अभिप्रेरित गरे ।
जीवन एक अद्भूत र रहस्यमय प्रक्रिया हो । यसलाई बुझ्नका लागि हामीले आफ्नो दृष्टिकोण बदल्न र त्यसलाई व्यापक बनाउनु आवश्यक हुन्छ । प्राकृतिक छनौट र क्रम विकासको सिद्धान्त केवल विज्ञानको लागि मात्र होइन, सम्पूर्ण मानवताको लागि पनि महत्त्वपूर्ण छ । यो एक यात्रा हो, जसले जीवनका सार्थक प्रश्नहरूलाई बुझ्ने प्रक्रियामा लैजान्छ । डार्विनको सिद्धान्तले जीवनका हरेक पक्षलाई छुन्छ । डार्विनले प्रकृतिको जटिलतालाई एक अद्भूत कहानीको रूपमा प्रस्तुत गरे, जहाँ सानाभन्दा साना घटनाहरूको महत्त्वपूर्ण स्थान हुन्छ ।
डार्विनको सिद्धान्तले जीवनको विविधता केवल आकस्मिकता नभएर यो एक नियमित र व्यवस्थित प्रक्रियाको परिणाम हो भन्ने कुरा सिकाउँछ । प्राकृतिक छनौटको सिद्धान्तले अतीतका घटनाहरूलाई मात्र बुझाउँदैन, यसले भविष्यका संभावनाहरूलाई पनि उजागर गर्छ । यदि हामीले यसलाई बुझ्यौं भने समाज र पर्यावरणलाई उत्कृष्ट बनाउने प्रयासमा अधिक कुशलतापूर्वक कार्यलाई अगाडि बढाउनेछौं । हरेक व्यक्ति र हरेक प्रजातिमा केही न केही अद्वितीय महत्त्वपूर्ण चीज हुन्छ । यो सोचले विज्ञान र मानताप्रतिको दृष्टिकोणमा क्रान्ति ल्याउन सक्छ ।
प्रकृतिलाई एक शिक्षकको रूपमा हेर्नुपर्छ । प्रकृतिले हामीलाई जीवनको गहिराई र जटिलतालाई बुझ्नमा मद्दत गर्छ । हामीले प्राकृतिक छनौट र क्रमविकासको सिद्धान्तलाई बुझ्यौं भने आफ्नो पर्यावरणप्रति धेरै संवेदनशील र जागरुक हुन सक्छौं । जीवन केवल अस्तित्वको यात्रा मात्र नभएर यो एक यस्तो यात्रा हो, जसले आफू र आफ्नो वरिपरिको संसारको बारेमा धेरै जान्ने र बुझ्ने अवसर प्रदान गर्छ । हामीले केवल आफ्नो ज्ञानको मात्र विस्तार गर्नुहुँदैन, हामीले आफ्नो जीवनलाई पनि बढी सार्थक र उपयोगी बनाउनुपर्छ । डार्विनका विचार जीवनका हरेक पक्षको लागि प्रासंगिक छन् । त्यसकारण हामीले आफ्नो जीवनलाई विस्तारित गर्नुपर्छ र जीवनका गहन तथा सार्थक प्रश्नहरूको उत्तर खोज्नको लागि निरन्तर प्रयासरत रहनुपर्छ ।
सन्दर्भ स्रोतहरू
- Study and Research of various websites, blogs, online portals, newspapers, magazines, youtube channels and etc.
- https://archive.org/download/originofspecies00darwuoft/originofspecies00darwuoft.pdf
- डार्विन चार्ल्स, प्राकृतिक छनौटद्वारा जातिहरूको उत्पत्ति, इन्डिगो इन्क प्रकाशन, नेपाली संस्करण, अनुवाद - रमेश सुनुवार र नारायण गिरी
प्रतिक्रिया