डोरिया

धेरै महिलाहरू त जीवनभर केवल तीनवटा अवसरमा मात्र घर बाहिर निस्कन्थे—मक्का जानको लागि, आफ्नो विवाहमा जानको लागि, र आफ्नै मलामी जानको लागि!

सन् १९५१ मा, इजिप्टको राजधानी कायरोमा, पन्ध्र सय महिलाहरूले संसदमा आक्रमण गरे। उनीहरू घण्टौंसम्म अडिग रहे, कसैले पनि उनीहरूलाई त्यहाँबाट हटाउन सकेन। उनीहरूले चिच्याउँदै भने— संसद झूटो छ, किनकि जनसंख्याको आधा हिस्सा रहेका महिलाहरूले न त यसका लागि मतदान गर्न सक्छन्, न त उम्मेदवार बन्न सक्छन्।

धर्मका ठेकेदारहरू, जो स्वर्गमा रहेका परमेश्वरका प्रतिनिधि थिए, आकाशतर्फ उच्चाल्दै कराए— "मतदानले महिलाहरूलाई बाइफाला बनाउँछ, र यो प्रकृतिको नियमहरूको विरुद्ध छ।"

देशको प्रतिनिधित्व गर्ने राष्ट्रवादी नेताहरूले मतदानको अधिकारका लागि संघर्ष गरिरहेका महिलाहरूलाई देशप्रति गद्दारी गरेको आरोप लगाए।

मतदानको अधिकार प्राप्त गर्न ठूलो मूल्य चुकाउनु पर्यो, तर अन्ततः यो प्राप्त भयो।

यो नाइल नदीका छोरीहरूको युनियनले जितेको अनेकौँ जितहरू मध्ये एउटा थियो। तर त्यसपछि सरकारले उक्त युनियनलाई राजनीतिक दलमा रूपान्तरण हुन रोक लगायो र आन्दोलनकी जीवन्त प्रतीक डोरिया शफिकलाई घरमै नजरबन्द गर्ने आदेश दियो।

तर यो कुनै नयाँ कुरा थिएन।

इजिप्टका लगभग सबैजसो महिलाहरूलाई आफ्नै घरमा कैदी बन्ने सजाय पहिले नै सुनाइएको थियो। उनीहरू आफ्ना बाबु वा श्रीमान्को अनुमति बिना कतै जान-आउन सक्दैनथे। धेरै महिलाहरू त जीवनभर केवल तीनवटा अवसरमा मात्र घर बाहिर निस्कन्थे—मक्का जानको लागि, आफ्नो विवाहमा जानको लागि, र आफ्नै मलामी जानको लागि!

श्रोत- पुस्तक- औरतें । अनुवाद: केदार सिटौला