ट्रम्प २.० – चीनको दृष्टिकोण

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सबै राष्ट्रहरूका लागि पूर्ण रूपमा खराब नहुन सक्छ, विशेष गरी चीनका लागि। धेरैजसो चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरूका अनुसार, ट्रम्पको नीतिहरूले अनायासै चीनलाई सशक्त बनाएका छ। यही कारणले उनलाई लोकप्रिय उपनाम "चुआन जियानगुओ" दिइएको छ, जसको अर्थ हुन्छ “चीनलाई महान बनाऊ।”

ट्रम्पको राष्ट्रपतिकालले धेरै चिनियाँहरूको लागि अमेरिका लोकतन्त्रको आदर्श नमुना हो भन्ने छवि भत्काइदियो। यसले अमेरिकाको राजनीतिक अराजकता र गहिरो सामाजिक विभाजनलाई उजागर गर्‍यो।

ट्रम्पको पहिलो कार्यकालले चीनको उदयमा कम्तीमा तीन उल्लेखनीय योगदान पुर्याएको थियो:

पहिलो, उनको राष्ट्रपतिकालले धेरै चिनियाँहरूको लागि अमेरिका लोकतन्त्रको आदर्श नमुना हो भन्ने छवि भत्काइदियो। यसले अमेरिकाको राजनीतिक अराजकता र गहिरो सामाजिक विभाजनलाई उजागर गर्‍यो। दशकौंसम्म, केही चिनियाँहरूले अमेरिका को "सुन्दर देश" भनेर आदर्श बनाएका थिए, जुन अमेरिकी नामको शाब्दिक अनुवाद पनि हो। तर ट्रम्पका कार्यहरूले “राजनीतिक पाठ” प्रदान गर्र्‍यो, जसले चिनियाँहरूलाई आफ्नो स्थिरता र शासन प्रणालीको अझ बढी प्रशंसा गर्न प्रेरित गर्‍यो।

दोस्रो, ट्रम्पले चीनको प्रविधिगत आत्मनिर्भरता प्राप्त गर्ने प्रयासलाई तीव्र तुल्याए। करिब २० वर्षअघि चिनियाँ सरकारले विज्ञान तथा प्रविधिमा नवीनता (इनोभेसन) प्रवर्द्धन गर्न थालेको थियो, तर धेरैले प्रविधिमा कुनै सीमा हुँदैन भन्ने सोच राखेका थिए।

ट्रम्पको व्यापार युद्धका कारण विश्वव्यापी व्यापार संरचनामा तीव्र परिवर्तन आयो, जसले चिनियाँहरूलाई अमेरिका बाहेक पनि ठूलो संसार रहेको कुरा बुझ्न मद्दत गर्‍यो।

तर, २०१८ मा हुवावेकी मुख्य वित्तीय अधिकृत मेङ्ग वान्झोउको गिरफ्तारी तथा चिनियाँ प्रविधि कम्पनीहरूमाथिको प्रतिबन्ध जस्ता घटनाहरूपछि चीनले पूर्ण रूपमा प्रविधि विकासमा केन्द्रित गर्ने निर्णय गर्‍यो। २०२४ सम्ममा, चीनले सेमिकन्डक्टर निर्माणमा उल्लेखनीय सफलता हासिल गरिसकेको थियो। यस प्रविधिगत उन्नतिलाई २०२४ मा चीनको चिप निर्यातले नयाँ कीर्तिमान कायम गर्दै १५९ अर्ब अमेरिकी डलर पार गरेको तथ्यले झल्काउँछ, जुन २०१८ को तुलनामा दोब्बर हो।

तेस्रो, ट्रम्पको व्यापार युद्धका कारण विश्वव्यापी व्यापार संरचनामा तीव्र परिवर्तन आयो, जसले चिनियाँहरूलाई अमेरिका बाहेक पनि ठूलो संसार रहेको कुरा बुझ्न मद्दत गर्‍यो। बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) जस्ता परियोजनाहरूमार्फत चीनले विश्वका ग्लोबल साउथ राष्ट्रहरूसँग सम्बन्ध थप मजबुत बनायो। २०१८ देखि २०२४ सम्ममा यी राष्ट्रहरूसँगको व्यापार ४०% भन्दा बढीले वृद्धि भयो, जबकि अमेरिकामा निर्भरता १७% बाट ११% मा झर्‍यो।

फर्केर हेर्दा, ट्रम्पको पहिलो कार्यकाल र बाइडेन प्रशासनका आठ वर्षसम्म चीनलाई नियन्त्रण गर्ने नीतिहरूका कारण मध्यम अवधिमा चीन झन् सशक्त बनेको छ।

दीर्घकालीन रूपमा हेर्दा, ट्रम्प २.० को सामना गर्न चीनले रणनीतिक रूपमा मनोवैज्ञानिक लाभ प्राप्त गरिसकेको छ।

अमेरिकाले व्यापार युद्ध वा प्रविधिमा प्रतिबन्ध लगाउने आक्रामक नीति जारी राखेमा, चीनले रणनीतिक रूपमा प्रतिवाद गर्नेछ—र अन्ततः अझ शक्तिशाली बन्नेछ।

ट्रम्पको सम्भावित पुनरागमनलाई लिएर युरोप र क्यानडामा बढ्दो चिन्ताको तुलनामा, चीनको मिडिया र अनुसन्धान संस्थानहरू शान्त देखिन्छन्। पहिलो कार्यकालमा नै व्यापार युद्ध र प्रविधि प्रतिबन्ध सामना गरिसकेकोले बेइजिङ ढुक्क देखिन्छ।

चीनले ट्रम्प २.० लाई स्वेच्छाले उत्तेजित गर्नेछैन, तर यदि अमेरिकाले व्यापार युद्ध वा प्रविधिमा प्रतिबन्ध लगाउने आक्रामक नीति जारी राखेमा, चीनले रणनीतिक रूपमा प्रतिवाद गर्नेछ—र अन्ततः अझ शक्तिशाली बन्नेछ।

७ जनवरी २०२५ मा, चीन र अमेरिका दुवैमा प्राकृतिक विपत्तिहरू आए। तिब्बतको डिङ्ग्री काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो, भने लस एन्जलसमा ठूलो वन डढेलो फैलिएको थियो।

तिब्बतमा, चिनियाँ अधिकारीहरू आपतकालीन प्रतिक्रियाबाट चाँडै पुनरुत्थान चरणमा अगाडि बढे, एकै दिनमा ५०,००० बासिन्दाहरूलाई स्थानान्तरण गरे। त्यसैबीच, लस एन्जलसको वन डढेलो १० दिनभन्दा बढी समयसम्म दन्किरहेको थियो, जसलाई राजनीतिक कलह र कुशासनले झन् भयावह बनाएको थियो।

ट्रम्प शैलीको नव-फासिवाद (neo-fascism) ले एटलान्टिक महासागरपारि, विशेष गरी युरोप र क्यानडामा, भय तथा अस्थिरता फैलाइरहेको छ।

भूकम्पपछिको उद्धारदेखि पुनर्वाससम्म चीनले देखाएको तिव्र तथा प्रभावकारी प्रतिक्रिया लस एन्जलसको लम्बिएको सङ्कट व्यवस्थापनसँग स्पष्ट रूपमा भिन्न देखियो, जहाँ राजनीतिक नेताहरू दोषारोपणमै व्यस्त हुँदा आगलागीको क्षति ९/११ आक्रमणको भन्दा पनि बढि भयावह बन्यो। यी परस्परविपरीत प्रतिक्रियाहरूले अमेरिकी सङ्कट व्यवस्थापन तथा शासन प्रणालीको कमजोरीलाई उजागर गर्छन्।

जबकि गैर-पश्चिमा विश्वको अधिकांश भाग तुलनात्मक रूपमा शान्त देखिन्छ, ट्रम्प शैलीको नव-फासिवाद (neo-fascism) ले एटलान्टिक महासागरपारि, विशेष गरी युरोप र क्यानडामा, भय तथा अस्थिरता फैलाइरहेको छ। अहिले अन्तर्राष्ट्रिय कूटनीतिक तहमा नयाँ प्रश्नहरू उठ्न थालेका छन्: के डेनमार्कले ग्रीनल्यान्ड गुमाउनेछ? के नेटोले अमेरिकी सैन्य समर्थन गुमाउनेछ? के क्यानडा अमेरिकाको ५१औं राज्य बन्नेछ? यी कहिलेकाहीँ पागलपूर्ण धारणाहरू अहिले खुल्ला रूपमा छलफलको विषय बनेका छन्।

गैर-पश्चिमा विश्लेषकहरूले राम्ररी बुझेका छन् कि ट्रम्प २.० एकै दिनमा रुस-युक्रेन युद्ध अन्त्य गर्न सक्दैन। उनले इजरायल-फिलिस्तिनी विवाद छिट्टै समाधान गर्ने छैनन्। उनले चीनको व्यापार वृद्धिलाई ६०% शुल्क लगाएर रोक्न सक्ने छैनन्। उनले चीनको निरन्तर उदयमा अंकुश लगाउने छैनन् र लगाउन पनि सक्ने छैनन्।

धेरै चिनियाँहरूको दृष्टिकोणमा, ट्रम्प २.० को विश्वव्यापी प्रभाव ट्रम्प १.० को तुलनामा बढी हुने सम्भावना छैन। वास्तवमा, २०२५ सम्ममा गैर-पश्चिमा राष्ट्रहरूमा धेरैले ट्रम्प २.० मुख्यतः घरेलु मामिलामा केन्द्रित हुने र कहिलेकाहीं पश्चिमी मित्रराष्ट्रहरूबीच झगडा भड्काउने अनुमान गरेका छन्। गैर-पश्चिमा विश्लेषकहरूले राम्ररी बुझेका छन् कि ट्रम्प २.० एकै दिनमा रुस-युक्रेन युद्ध अन्त्य गर्न सक्दैन। उनले इजरायल-फिलिस्तिनी विवाद छिट्टै समाधान गर्ने छैनन्। उनले चीनको व्यापार वृद्धिलाई ६०% शुल्क लगाएर रोक्न सक्ने छैनन्। उनले चीनको निरन्तर उदयमा अंकुश लगाउने छैनन् र लगाउन पनि सक्ने छैनन्।

ट्रम्प २.० सम्भवत: अन्तर्राष्ट्रिय सम्झौताबाट अलग हुने रणनीति जारी राख्नेछन्, जसमा जलवायु सम्झौता तथा विश्व व्यापार संगठन (WTO) जस्ता संस्था समावेश छन्। नतिजा? अमेरिकी वैश्विक आधिपत्यको क्रमिक विघटन। यदि यो प्रवृत्ति जारी रह्यो भने, ट्रम्प २.० ले अमेरिका क्षेत्रीय शक्ति मात्र बन्ने दिशामा धकेल्न सक्छ, जसले अलगाववादी नीति (isolationism) अँगाल्न बाध्य हुन सक्छ।

ट्रम्पको प्रभाव जुनसुकै रूपमा देखा परोस्—व्यापार युद्ध, प्रविधिगत संघर्ष, वा अन्तर्राष्ट्रिय सन्धिहरूबाट बाहिरिने माध्यमबाट—चीनले सबै सम्भावित परिदृश्यका लागि तयारी गरिसकेको छ। विगतमा झैं, चीनले चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्ने क्षमता राख्दछ।

२०२८ सम्ममा, चिनियाँहरू अझ बढी आत्मविश्वासका साथ भन्न सक्नेछन्: "धन्यवाद, ट्रम्प।"

https://znetwork.org

 

 

वाङ वेन

वाङ वेन चीनको जनवादी विश्वविद्यालय अन्तर्गत रहेको चोङयाङ वित्तीय अध्ययन संस्थानका कार्यकारी डिन, चीन-अमेरिका मानवीय आदानप्रदान अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक तथा चीनमा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा प्रभावशाली लेखक हुन्।