हिराको हार

उनी एक राम्री र सुकुमारी केटी थिइन् । नियतिको गल्तीले मात्र एक कामदारको घरमा जन्म लिन पुगेकी थिइन् । केही सम्पत्ति थिएन, आशा पनि केही थिएन, आफूलाई चिनाउने कुनै माध्यम थिएन, कुनै धनी या प्रतिष्ठित व्यक्तिले उनलाई चिनेर प्रेम गर्ने र विवाह गर्ने सवालै थिएन । तसर्थ उनले शिक्षा मन्त्रालयको एक कारिन्दासँग विवाह गर्नु पर्‍यो ।

चडकिलो भडकिलो राम्रो लुगा लाउन साधन थिएन तसर्थ समाजको तल्लो तहको व्यक्ति हुन पुगें भन्ने भावना राखी सारै दिकदार थिइन्। स्वास्नीमान्छेको न कुनै जात हुन्छ न त कुनै जाति नै हुन्छ। उनीहरुको सुन्दरता, सुकुमारिता, हिसी नै उनीहरुको जन्म या परिवारको परिचायक हुन्छ । उनीहरुको कुल, जातको परिचय नै उनीहरुमा भएको स्थानीय कौशल, लालित्यको अन्तः प्रेरणा र उनीहरुको मानसिक र नैतिक स्वभाव हो, समाजका धनाढ्य र प्रतिष्ठित महिलाहरुको दाँजोमा ल्याउने यी नै गुणहरु हुन् ।

आफ्नो घरको गरीवी, मैलो र फोहोर भित्ता, च्यातिएको र थोत्रो फर्निचर, थोत्रो पर्दाहरु देखेर दिक्क हुन्थिन् । उनी जस्तो अरु स्वास्नीमान्छेहरुले यस्तो गरीवी देख्नै पर्दैनथ्यो भन्ने विचारले उनलाई पीडा दिइ रहन्थ्यो ।

हाम्रो केटीलाई, उनी राम्रा र मिठा कुरा तथा ऐश आराम पाइने परिवारमा जन्मेको हुनुपर्ने भन्ने पीरले सधै सताइ रहन्थ्यो । आफ्नो घरको गरीवी, मैलो र फोहोर भित्ता, च्यातिएको र थोत्रो फर्निचर, थोत्रो पर्दाहरु देखेर दिक्क हुन्थिन् । उनी जस्तो अरु स्वास्नीमान्छेहरुले यस्तो गरीवी देख्नै पर्दैनथ्यो भन्ने विचारले उनलाई पीडा दिइरहन्थ्यो । सँगैको एक ब्रेटोन (Breton) परिवारको रहनसहन, शानसौकत देखेर उनको मन पोल्दथ्यो । त्यो घरको पूर्वीय देशका मालतालले सिंगारिएको बैठक, पित्तलका ठूलाठूला मैनबत्ती राख्ने भाँडाहरु, न्यानो सोफामा सुत्न पाउने, राम्रा कट्टु लगाएका २ नोकरहरु बारे विचार गरेर दिक्क हुन्थिन् । उनी, आफ्नो पनि प्राचीन रेशमले बनेको पर्दाहरुले सजाइएको बैठक, देश विदेशबाट ल्याइएका साना-ठूला क्युरियोका सामानहरुले सिंगारिएको दराजहरु, ५ बजे चिया खान आउने साथीहरुको लागि सुसज्जित सानो कोठा, उनको कोठामा ठूला-ठूला प्रतिष्ठित विद्वानहरु आएर गफ गरिरहेको र उनको सजावटको प्रशंसा गरेको कल्पना गर्थिन् ।

xxx

श्रीमान घरमा आएर तीन दिनको मैलो टेबुल-पोशले छोपेको गोल टेबुलमा बसेर खाना खाइरहेको बेलामा हाम्रो केटी आफ्नै विचारमा मग्न थिइन् । श्रीमान यस्तो मिठो कहिले खाएको थिइनँ भनेर खानाको प्रशंसा गर्दै थियो तर उनी अर्कै संसारमा थिइन् । थरीथरीका प्रकार भएको राम्रो खाना, चमकिएको र जंगलको बीचमा स्वर्गका परीहरुको साथै चराचुरुङ्गीहरु बनाइएको कार्पेटहरु (टापिसरी) ले सजाइएको बैठकमा खाना खाएको सम्झिरहेकी थिइन् । चम्किने राम्रा भाँडाहरुमा खाना राखेको, टेबुलमा सम्य र राम्रा लुगा लगाएका आमन्त्रितहरु, कानेखुसी जस्तो सानो आवाजमा कुरा गरेको र स्फिङ्कसको मुस्कान ( smile of sphinx: नबुझिने मुस्कान) दिएर कुरा सुनिरहेको, अति स्वादिष्ट ट्राउट माछाको खरोगरी तारेको मासु र जंगली कालिजको प्रकार खाइरहेको दृश्य कल्पना गरिरहेकी थिइन् ।

विचरीसँग गहना गुरियो र श्रृगांरका सामान केही थिएन । उनलाई भने यीनै कुराको शौख थियो। सबैकुरा हुनुपर्ने भन्ने उनको विश्वास थियो । उनलाई पनि अरुले मन पराउन, यस्लाई पाए हुन्थ्यो भन्ने विचार गरुन, सबैको आकर्षण केन्द्र र सबैले
खोज्ने महिला हुन पाए हुन्थ्यो भन्ने ठूलो आकांक्षा थियो ।

विचरीसँग गहना गुरियो र श्रृगांरका सामान केही थिएन । उनलाई भने यीनै कुराको शौख थियो। सबैकुरा हुनुपर्ने भन्ने उनको विश्वास थियो ।

सँगै स्कूलमा पढेकी उनको एक धनी साथी थिइन् तर साथीलाई भेटी घर फर्कदा दिक्क लाग्ने हुँदा उनले भेट्न जानै  छोडिसकेकी थिइन् । यस्ता दुःख र पीरहरुले गर्दा उनी निराश भई दिनभरी रोएर पनि बिताउँदथिन् ।

एक साँझ उनको श्रीमान हातमा एक ठूलो खाम लिएर फुर्तिसाथ घरभित्र पस्यो । “लौ, यो लेउ, यो तिम्रो निमित्त ल्याएको” उनले खाम च्यातिन् र यौटा निम्तो कार्ड निकालिन्, निम्तामा छापिएको थियो – “माननीय शिक्षा मंत्री तथा श्रीमती राम्पोनो श्रीमान तथा श्रीमती ल्वाजेललाई शिक्षा मंत्रालयमा आयोजना हुने रात्री भोजमा भाग लिइदिन प्रार्थना गर्दछन् ।” यो हेरे पछि उनी दंग पर्लिन् भन्ने श्रीमानले ठानेको थियो तर यसको विप्रित निम्तालाई टेबुलमा फालेर उनले भन्न थालिन् - “के गर्ने यसले मैलै ?”

“तिमी कहिले पनि बाहिर जान नपाउने हुँदा यो निम्ताले तिमी खुशी हुनुपर्ने । यस्तो राम्रो मौका कहिले पाइन्छ ? यो पाउन मैले कत्रो कोसिस गर्नु पयो । सबै यो निम्ता पाउन मर्छन, हामी जस्तो कर्मचारीले यस्तो निम्ता कहिले पाउने । त्यहाँ कति मान्छे हुन्छन् ।”

उनले श्रीमानलाई रिसाएको आँखाले हेरिन् र घुर्की लगाएर भनिन् - “यस्तो पार्टीमा जानलाई मसँग लुगा खै ?" यो कुरा त विचराले सोचेकै थिएन । उसले भनी हाल्यो “तिम्रो थेटर हेर्न जाने लुगा छ नि ? मलाई त खुब मन पर्छ ।” यत्तिकैमा श्रीमती रुन थालेको देखेर ऊ चकित पर्यो, दिक्क भयो । श्रीमती आँसु चुहाउँदै भन्न थालिन् - “के छ ? केही पनि छैन । के दिएका छौ ?"

उनले श्रीमानलाई रिसाएको आँखाले हेरिन् र घुर्की लगाएर भनिन् - “यस्तो पार्टीमा जानलाई मसँग लुगा खै ?" यो कुरा त विचराले सोचेकै थिएन । उसले भनी हाल्यो “तिम्रो थेटर हेर्न जाने लुगा छ नि ? मलाई त खुब मन पर्छ ।”

तर धेरै मेहनत गरी उनले आफ्नो दुःखलाई नियन्त्रण गरिन्
र आँखाबाट आँसु पुछदै शान्त भएर भन्न थालिन् “जे होस्, मसंग श्रृंगारका सामान केही नभएकोले यो पार्टीमा म जान्न बरु यो निम्ता कुनै एक साथीलाई देऊ, उसको श्रीमतीसंग त राम्रो लुगा र गहना होला, ऊ त दंग पला ।" ऊ निराश भयो र पुनः एक पटक श्रीमतीलाई सम्झाउन लाग्यो - " अब के गर्ने ? यौटा लुगा किन्न कति पैसा चाहिन्छ । श्रृगांरको सामान समेत कतिमा पुऱ्याउन सक्लिउ ।" श्रीमानको प्रस्ताव सुनेपछि श्रीमती माटिल्डले केहीबेर विचार गरिन् अनि धेरै पैसा नकमाउने यौटा कारिन्दाले नतर्सिएर इन्कार गर्न नसक्ने रकम माग्ने विचार गरिन् र अनकनाउदै जवाव दिइन् - “कति लाग्ला त्यो भन्न गारै छ तर चार सय फ्राङ्क पाए भने काम चलाउन सकुला ।”

कारिन्दा विचराको अनुहार पहेंलियो, आगामी शिकारको यामको लागि साथीहरुसँग मिली जंगल जान यौटा बन्दुक किन्न भनी उसले ४०० फ्राङ्क जोगाड गरेको थियो । तर श्रीमतीको सुखको लागि शिकारको कुरा बिर्सिएर उसले भन्यो - “ल, चार सय म दिन्छु । तर यौटा राम्रो लुगा किन्नु नि ।”

निम्तामा जाने दिन नजिकै थियो, यता मादाम माटिल्ड (ल्वाजेल) दिकदार, बेचैन देखिन्थिन् । उनले लुगाहरु जोडजाम गरेकी थिइन् । एक साँझ श्रीमानले सोधे - “तिमीलाई के भयो ? तीन चार दिनदेखि तिमीले कुनै पीर लिएको जस्तो लाग्छ । के भयो ?”

“अरु कुरा केही होइन, लुगा त भयो तर मसँग कुनै पनि गहना छैन । पार्टीमा जाँदा पनि दरिद्री देखिने भए । यस्तो दरिद्री भएर जानु भन्दा नजानु नै बेस ।"

एक साँझ श्रीमानले सोधे - “तिमीलाई के भयो ? तीन चार दिनदेखि तिमीले कुनै पीर लिएको जस्तो लाग्छ । के भयो ?”

यो सुनेर श्रीमानले मायालु आवाजमा भन्यो - "यौटा फूलको माला मिलाएर लगाए त भै हाल्छ नि । फूलहरु घुसारे पनि भै हाल्छ । दश फ्राङ्कमा २/३ वटा राम्रो गुलाबका फूलहरु पाइन्छन् ।”

उनको चित्त बुझेन । “धनी आइमाईको बीचमा यौटा दरिद्री जस्तो भएर रहनु सारै लाज मर्नु हुन्छ ।’’

श्रीमानले कराएर भन्यो - "कस्ती मुर्ख रहिछ । आफ्नो साथी कहाँ गएर केही गहना सापट ल्याए त भै हाल्यो । त्यत्रो मिल्ने साथी छँदाछँदै किन पीर मानेकी ?” यो कुरा सुनेर उनी दंग परिन्। “यो मैले विचार गर्दै नगरेकी ।" भोलिपल्ट साथी कहाँ गएर आफ्नो समस्या बताइन् । मादाम फरेस्टियर कोठा भित्र पसिन गहना राख्ने बाकस ल्याएर खोलिन र गहनाहरु देखाउँदै “तिमीलाई जुन जुन मन पर्छ छानेर लग” भनिन् । माटिल्डले त्यहाँ भएको बाला, सिक्रि, मोतीको माला र अन्य गहनाहरु हेरिन् । सबै किसिमका गहनाहरु लाउँदै ऐनामा हेर्दै गइन् । यत्तिकैमा यौटा मखमलको खोल भएको बाकसमा दुई तीन लहर भएको हिराको हार देखिन, यो देखेर मुग्ध भइन् । यो छँदा पनि उनको हात काँप्थ्यो ।


“यो मन पयो, यो लिए हुन्छ ?” भनी साथीलाई प्रश्न गरिन् ।

“हुन्छ नि, तिम्रै हो, लगे हुन्छ ।”

खुशी भएर साथीलाई अंकमाल गरी धन्यवाद दिइन् र हिराको माला लिएर घर फर्किन् ।

निम्तामा जाने दिन आयो । मादाम ल्वाजेल साँच्चिकै लालित्यले पूर्ण, हँसिली र हिसी परेकी महिला भइन् । पार्टीमा सबैले उनलाई नै हेर्ने, नाम सोध्ने र परिचित हुन खोज्ने । मन्त्रीका सहयोगीहरु पनि सबै उनैसँग नाच्न खोज्ने, मन्त्रीजीले पनि हेरिरहेका थिए ।

उनी मस्तसँग उन्मत्त भई नाचिरहेकी थिइन्, आनन्द विभोर मुद्रामा, हँसिलो अनुहार प्रदर्शन गर्दै रमाइरहेकी थिइन् । सौन्दर्यको विजय र आजको सफलतामा प्रफुल्लित भई, जताततैबाट पाए अभिनन्दन र प्रशंसा र आफूले खोजेको सुखको अनुभव गर्दै उनी सुखको बादलको भित्र बसीरहेकी थिइन् । यस्तो पूर्ण सफलता सबै स्वास्नीमान्छेको आकांक्षा हुने हुँदा उनी पनि आफ्नो विजयले हर्ष विभोर र सन्तुष्ट हुनु स्वाभाविक थियो ।

रातभर यस्तो वातावरणमा बिताएर बिहान ४ बजे मात्र घर जान सकियो। उनको लोग्ने भने थकाई लागेर अफिसको यौटा सानो सोफामा निदाइ रहेको थियो । उ जस्तै अरु तीनजना पनि त्यही कोठामा सुतिरहेका थिए ।

लोग्नेले काँधमा लुगा बोकेको देखेर माटिल्डलाई लाज लाग्यो । राम्रा राम्रा लुगा लगाएर धनी स्वास्नी मान्छेहरुले देख्लान भन्ने डर थियो ।

आजको पार्टीको लागि ल्याएको उसको लुगाहरु काँधमा उठायो र बाहिर निस्कियो । हुन त लुगा खास विशेष थिएन, साधारण लुगा थियो । तर बाल (डान्स) को लागि हुने खालको थिएन । लोग्नेले काँधमा लुगा बोकेको देखेर माटिल्डलाई लाज लाग्यो । राम्रा राम्रा लुगा लगाएर धनी स्वास्नी मान्छेहरुले देख्लान भन्ने डर थियो । तसर्थ श्रीमतीले कुरा घुमाएर भनिन् - "होश गर है, जाडो छ, लुगा लगाएर मात्र बाहिर जाउँ ।” यति भनेर उनीहरु बाहिर निस्किए तर ट्याक्सी पाइएन, घर जाने बाहन खोज्न थाले र टाढा टाढा बग्गी देखिने बित्तिकै कराएर बोलाउथे । खोज्दा खोज्दै नपाए पछि फटाफट हिंडेर आउँदै थिए त्यसैबेला राती मात्र चल्ने सानो बग्गी फेला पारे । यस्ता बग्गीहरु थोत्रो भएकोले दिउँसो चलाउने चलन थिएन । उनीहरु आफ्नो घर अगाडि शहीदहरुको बाटो भनी नामाकरण गरिएको बाटोमा बोर्लिए र बिस्तारै दिक्क भएर भऱ्याङ चढ्दै कोठामा पसे । श्रीमतीको लागि सबै कुराको अन्त्य भयो । श्रीमानलाई चाहि भोलि बिहानै दश बजे कसरी मन्त्रालय पुग्ने होला भन्ने पीर लाग्यो । श्रीमतीले आफ्नो रमणीय लुगा एक पटक फेरी ऐनामा हेरिन, घाँटीमा सिंगारिएको हिराको हार पनि अन्तिम पटक हेर्न चाहिन । तर, अकस्मात उनी चिच्याएर कराइन्। घाँटीमा गहना थिएन। उनको श्रीमान लुगा फुकाल्दै थियो तर श्रीमती चिच्याएकोले बीचैमा के भयो ? के भयो ? भनी प्रश्न गर्न थाल्यो । उनी बहुलाई जस्तो भई श्रीमानपट्टि फर्किइन् र कराउन थालिन - “मेरो साथी फरेष्टरसँग ल्याएको, ल्याएको हार मेरो घाँटीमा छैन्, कता गयो ?”

यो सुन्ने विक्तिकै श्रीमान पनि अत्तालियो र भन्यो । “यो असम्भव, हुनै सक्दैन, कहाँ गयो ?”

आफूले लगाएको लुगा, ओड्ने र भुईमा कतै खसेको छ कि भनी खोज्दा पनि सो पाइएन ।

"पार्टीबाट बाहिर निस्कदा सो हार घाँटीमा नै थियो ?" श्रीमानले सोध्यो ।

"मन्त्रालयको लुगा राख्ने कोठामा मैले हार देखेको थिए । त्यस पछि ..... "

“बाटोमा कतै खसेको भएमा हामीले खसेको आवाज सुन्नु पर्ने । सायद त्यो थोत्रो बग्गीमा पो खस्यो कि ?"

“हो, सो सम्भव छ, तिमीले बग्गीको नम्बर टिपेको छ ?"

“अहँ, तिमीले हेरेनौ ? ”

“अहँ ।”

उनीहरु दुवैलाई आकाशबाट खसेको जस्तै भयो । श्री ल्वाजेलले फेरि लुगा लगाए । “हामीले पैदल हिंडेको बाटोमा कतै खसेको छ कि भनेर म खोजेर आउँछु । पाई हालिन्छ कि ?” भन्दै बाहिर निस्कियो। यता उनी दिनमा लगाएको लुगा नफुकालेरै वाल्ल परेर यौटा मेचमा बसी रहिन् ।

उनको श्रीमान बिहान सात बजेतिर मात्र फर्कियो । उसले कतै पनि फेला पारेन । अनि उ पुलिस थानामा गएर माल हराएको रिपोर्ट लेखायो। अखवारहरुलाई पनि खबर छापिदिन अनुरोध गर्यो। त्यस्तै साना बग्गीहरुको सबै कार्यालयहरुमा पनि सामान पाइहालिन्छ कि भन्ने आशामा विज्ञापन गरेर घर फर्किएको थियो । उनी पनि यस भयानक विपत्तिबाट अन्योलमा परि दिनभरी पर्खेर बसी रहिन् । ल्वाजेल राती घरमा सानो अनुहार लिएर आयो, कतै पनि हिराको हारको पत्तो लागेन । लोग्ने स्वास्नी निहाउरो अनुहार लगाएर बसे । श्रीमानले श्रीमतीलाई सुझाव दियो ।

उनी पनि यस भयानक विपत्तिबाट अन्योलमा परि दिनभरी पर्खेर बसी रहिन् । ल्वाजेल राती घरमा सानो अनुहार लिएर आयो, कतै पनि हिराको हारको पत्तो लागेन ।

“जे हुनु भै सक्यो, तिमीले आफ्नो साथीलाई हिराको मालाको बन्द गर्ने किला बिग्रेकोले मर्मत गर्न दिएको छु, सो बन्ने साथ फिर्ता लिएर आउँछु भनी पत्र लेखेर पठाउनु जरुरी छ ।” उनले लोग्नेले भने बमोजिम पत्र लेखेर पठाइन् ।

खोज्ने क्रममा गहनाहरु बेच्ने यौटा ठूलो पसलमा उनको साथी कै जस्तै हिराको यौटा माला पाइयो । यसको मोल थियो, चालिस हजार फ्राङ्क ।

एक साता बित्यो, उनीहरुले पनि सामान पाइएला भन्ने आशा मारे। पीर परेकोले ५ वर्ष बढी बुढो भै सकेको ल्वाजेलले
कुरा निकाल्यो "अब, माल हरायो, त्यो किनेर पुर्ति गर्नु पर्यो” भोलिपल्ट बिहान उनले गहनाको बट्टा लिइन्, त्यसमा लेखेको कम्पनीको पसलमा गएर कुरा गरिन् । दोकानदारले "यो माल मैले बेचेको होइन, मैले त बट्टा मात्र बेचेको” भनेर बतायो । गहना बेच्ने सबै पसलहरुमा जाँदै हिराको हार कस्ले बनाएको रहेछ भनी पत्ता लगाउन खोजिन् । मादाम फरेष्टिएरले दिएको जस्तो गहना कहि पनि पाइएन । दुवै लोग्ने स्वास्नी चिन्ताले ग्रस्त थिए ।

खोज्ने क्रममा गहनाहरु बेच्ने यौटा ठूलो पसलमा उनको साथी कै जस्तै हिराको यौटा माला पाइयो । यसको मोल थियो, चालिस हजार फ्राङ्क । किन्ने नै हो भने छत्तीस हजारसम्ममा दिन्छु भनी पसलेले भनेको थियो । उनीहरुले यो हारलाई हामी किन्ने छौ, आज पैसा छैन, तीन दिनसम्म कसैलाई नबेचेर राखी दिनुहोला भन्ने अनुरोध गरेर फर्किए ।

ल्वाजेलसँग उसको बाबुले छोडेको आठ हजार फ्राङ्क थियो, अरु रकम सापट लिने विचार गयो । विभिन्न व्यक्तिहरुसँग कसैसँग एक हजार, कसैसँग पाँच सय गरी केही पैसा जम्मा गयो, नपुगेको रकम बढी ब्याज दरमा पनि लियो, चाहिने नचाहिलने मानिसहरुसँग कागज गरेर पैसा जम्मा गर्यो । लाज सरम, इज्जत सबै कुरालाई लात मारेर खोजेको जति रकम पुरा गर्यो । शारीरिक तथा नैतिक पीडा कति भयो होला, सो कुरै नगरौं । पैसा बोकी ऊ नयाँ हार लिन गयो र पसलेलाई छत्तिस हजार फ्राङ्क दियो । यो हार लिएर श्रीमती ल्वाजेल आफ्नो साथी कहाँ गइन्, यो हार देख्ने वित्तिकै उनको साथी रिसाएर भनिन् : “कति बेर गरेको, यो हार मलाई पनि चाहिएको थियो ।”

उनले बट्टा खोलेर हेरिनन्, साथीलाई शंका गर्ने कुरा पनि भएन । खोलेर हेरेको भए यसरी माल साटेर ल्याएकोमा केही विचार गर्दि हुन् ? के भन्दी हुन् ? हेरेको भए मलाई चोर भन्ने थिइनन् ?

XXX

अब मादाम ल्वाजेललाई थाहा भयो दुःखका दिन के हुँदो रहेछन् भन्ने। तर उनले बढो बहादुरी साथ यो दुःखको समयलाई बिताइन् । यत्तिका रकम उधारो लिएको छ । तिर्ने समस्या छ । घरमा उनले नौकर राखिनन्, घर पनि अर्कै लिइन, यौटा बुइगल कोठा भाडामा लिएर बसिन् ।

घरको सबै काम र खाना पकाउने काम पनि आफैले गरिन् । खाना पकाएको चिल्लो लागेको भाँडाहरु पनि सुकुमारी हातले माजिन । लुगा धुने सबै काम आफै गरिन् । घरकै भित्र यौटा डोरी टाँगेर लुगा सुकाउन बाध्य भइन् । हरेक दिन बिहानै घरको फोहोर मैलाको पोको लिएर बाटोको फोहोर राख्ने भाँडोमा हाल्न जान्थिन, तलबाट भऱ्याङ चढेर स्वाँ स्वाँ गर्दै पानी बोकेर ल्याउथिन् । साधारण लुगा लगाएर तरकारी, मासु, दाल, चामल किन्ने पसलहरुमा मोलतोल गर्दै, कताबाट एक पैसा नाफा हुन्छ भनी विचार गर्दै किनमेल गरेर ल्याउथिन् । हरेक महिना सापट लिएको पैसा अलि अलि तिर्दै नयाँ नयाँ कागज गर्दै जानु पर्दथ्यो ।

श्रीमान पनि पैसा जम्मा गर्न बेलुका यौटा व्यापारीको हिसाब हेरी दिन्थ्यो र घरमा पनि राती एक पेजको पाँच पैसा लिएर हिसाब सारी दिने काम गर्दथ्यो । यस्तै शारीरिक परिश्रम गरेर दश वर्ष बित्यो । ६ वर्षको अन्त्यमा, उनीहरुले अलिअलि गरी आफ्नो ऋण र ब्याज चुक्ता गरिसकेका थिए। मादाम ल्वाजेल बूढी जस्ती देखिन्थिन् । तर घरको सबै काम गर्ने गरेकोले वालयार जस्तो पनि काम गर्न सक्ने स्वास्नी मान्छे भएकि थिइन् । कुनै गरीब परिवारको श्रीमती जस्तै भइसकेकी थिइन् । कपाल पनि राम्ररी नकोरेको, पानी खेलाउनु पर्ने हुँदा हात रातो भएको र पनि मामुली लगाएर बस्ने भइसकेकी थिइन् । तर कहिलेकाही श्रीमान अड्डामा गएको बखत आफ्नो झ्यालमा बसी बाहिर हेर्दै राम्रो लुगा लगाएर डान्स पार्टीमा गएको आफ्नो सुन्दरता र सो पार्टीको रमाइलो समय बिताएको ती पहिलेका दिनहरु पनि सम्झन्थिन् ।

उनले हिराको हार नहराएको भए के हुँदो हो ? कसले भन्न सक्छ ? जीवन अनौठा र परिवर्तनशील छ । सानो चिजले पनि कसैलाई नाश गर्न र बचाउन सक्छ । र एकदिन आइतबार घरको काम बिर्सेर यसो घुम्न भनी सांजे लिजे भन्ने बजारतिर घुम्न गएकी थिइन् । अकस्मात उनले एक महिलालाई यौटा बच्चा लिएर घुमी रहेको देखिन्। त्यो महिला मादाम फरेष्टियर उनको साथी थिइन्। मादाम ल्वाजेललाई आनन्द लाग्यो । साथीलाई भेट्ने कि नभेटन ? दोधारमा भइन् । तर पछि उनले उनको हारको पैसा तिरी सकेकोले भेट्नै पर्छ भन्ने विचार गरी नजिकै गएर “नमस्ते” भनिन् ।

उनले हिराको हार नहराएको भए के हुँदो हो ? कसले भन्न सक्छ ? जीवन अनौठा र परिवर्तनशील छ । सानो चिजले पनि कसैलाई नाश गर्न र बचाउन सक्छ ।

अर्कोले उनलाई झ्वाट्ट चिन्न सकिनन् । यसरी मेरो नाम पारेर आत्मीय ढंगले बोलाउने को होला भन्ने विचार गरिन् र भनिन् - “तर मादाम..... मैले त चिनिन तपाईंलाई भ्रम पयो कि ?"

“म, माटिल्ड ल्वाजेल, चिनिनौ ?"

यो सुन्ना साथ साथी कराएर भन्न थालिन “ओ, मेरी प्यारी माटिल्ड, तिमी त कसरी यस्तो भएकी ? भिन्दै भइछौ ।”

“हो, मैले धेरै दुःख भोग्नु पर्यो । कडा परिश्रम गर्नु पर्यो । तिमीलाई भेटेपछि मलाई दरिद्रताले छोडेन । तिमीले गर्दा...’’

“मैले गर्दा ?, के भनेको, कसरी... "

“तिमीसँग मन्त्रालयको पार्टीमा जान लिएको हिराको हार थियो नि, तिमीले सम्झ्यौ ?"

"अनि, के ? त्यो हार मैले हराएँ।"

"हराएँ रे, तिमीले त सो मलाई फिर्ता ल्याइ हाल्यौ नि ।”

"मैले किनेर त्यस्तै अर्को ल्याएको । दश वर्षदेखि त्यसै हारको पैसा तिर्दै छौ । त्यत्रो पैसा जम्मा गर्न कम गाह्रो भएन हामीलाई । हामीसँग केही थिएन । जे होस्, सो अब खतम भयो । सबै सापटी लिएको रकम तिरियो । म सारै खुशी छु ।”

मादाम फरेष्टियर टक्क अडिन् र अचम्म मानेर भनिन् “त्यो हार तिमीले मलाई किनेर नयाँ दिएको रे । त्यो मेरो आफ्नै हार होइन ?”

"विचरी माटिल्ड, तिमीले के गरेको हरे ? मेरो हार त नक्कली पो थियो । पाँच सय फ्राङ्क भन्दा बढी मोल पर्दैन होला ।”

“तिमीले हेरिनौ, तिमीलाई थाहा भएन ? एकदम उस्तै थियो ।”

उनले हासेर आनन्द लिएर सोधिन् ।

मादाम फरेष्टियर चकित परिन्, साथीको दुवै हात समातिन् र मायालु ढंगमा भनिन् - "विचरी माटिल्ड, तिमीले के गरेको हरे ? मेरो हार त नक्कली पो थियो । पाँच सय फ्राङ्क भन्दा बढी मोल पर्दैन होला ।”

܀܀

गी द मोपासाँ (Guy de Maupassant) फ्रान्सका प्रसिद्ध कथाकार तथा उपन्यासकार हुन्। उनको जन्म सन् १८५० मा फ्रान्सको नॉर्मन्डी क्षेत्रमा भएको थियो। उनी यथार्थवादी तथा प्रकृतिकवादी साहित्य परम्पराका प्रमुख लेखकहरूमध्ये एक मानिन्छन्। मोपासाँ आफ्ना छोटा कथाहरुको लागि विश्वप्रख्यात छन्। उनले आफ्ना छोटा कथाहरुमा समाजको यथार्थ चित्रण गरेका छन। विशेष गरी त्यसमा मानव स्वभाव, लालच, प्रेम, युद्ध, तथा विडम्बनालाई सूक्ष्म रूपमा प्रस्तुत गरिएका छन्।

अनुवादक- डिल्लीराज उप्रेती