सारा कर्तुत याद राखिने छ

तिमी हाम्रो हत्या गर, हामी भूत बनेर लेख्ने छौं

तिमीले गरेका हत्याका, सारा प्रमाण लेख्ने छौं

तिमि अदालतबाट चुटकिला लेखाऊ

हामी भित्तामा 'इन्साफ' लेख्ने छौं

बहिराले पनि सुन्न सकुन् हामी जोड जोडले कराउने छौं

अन्धाले पनि पढ्न सकुन् हामी खुब सफासंग लेख्ने छौं

तिमी 'कालो कमल' लेख

हामी 'रातो गुलाव' लेख्ने छौं

तिमी जमिनामा 'अपराध' लेख

आकाशमा 'इन्कलाव' लेखिने छ

ताकि तिम्रो नाममा धिक्कार पठाउन सकियोस्

ताकि तिम्रा प्रतिमामा कालो मसो दल्न सकियोस्

तिम्रो नाम, तिम्रा प्रतिमा सब बचाई राखिने छ

सब याद राखिने छ

सारा कर्तुत याद राखिने छ ।