दक्षिणपन्थी कस्तालाई भन्ने ?
समाजको प्रगति र परिवर्तनको विरूद्ध खडा हुने र समाजलाई अहिले जहाँ छ, त्यहीं राखिराख्न खोज्ने शक्तिलाई राजनीतिमा 'दक्षिणपन्थी' भनिन्छ । 'दक्षिणपन्थी' शब्द विश्वमा पहिलो पटक सन् १७८९ को फ्रान्सीसी राज्यक्रान्तिपछि त्यहाँ गठन भएको क्रान्तिकारी संसद - 'राष्ट्रिय सभा' (National Assembly) को नयाँ परम्पराबाट जन्मिएको हो । त्यो संसदमा के परम्परा चलाइयो भने व्यवस्थामा आमूल परिवर्तन खोज्नेहरूं सभापतिको बायाँतिर बस्ने, तर यथास्थिति खोज्नेहरू (अहिले जुन स्थिति छ, त्यसैलाई कायम राख्न चाहनहरू) चाहिँ सभापतिको दायाँतिर बस्ने । यही परम्पराबाट यथास्थितिका पक्षपातीहरूलाई 'दक्षिणपन्थी' (Rightist) भन्न थालिएको हो । 'दक्षिणपन्थी शब्द वामपन्थीको ठीक
उल्टो हो । समाजमा क्रान्ति चाहनेहरुलाई ‘वामपन्थी’ भनिन्छ ।
दुई सय वर्षपछि अहिले पनि त्यस्ता सबै राजनीतिक पार्टीहरू आन्दोलनहरू र विचारहरूलाई 'दक्षिणपन्थी' भनिन्छ, जो समाजको आर्थिक, सामाजिक र राजनीतिक मामलामा सारमा परिवर्तन गर्ने कुराको विरोधी छन् र कट्टरपन्थी छन् ।
नेपालमा नेपाली कांग्रेस, रा.प्र.पा. र दरवारीया शक्तिहरू अहिले यहाँ भएको बहुदलीय संसदीय प्रणालीमा आमूल हेरफेर गर्ने कुराको कट्टर विरोधी छन् । त्यसैले, ती 'दक्षिणपन्थी शक्ति हुन् ।
कम्युनिष्ट खेमामा जनता जुन हदको परिवर्तनको लागि तैयार छन्, त्यो हदको परिवर्तनको लागि तैयार नहुने वामपन्थी नेता, व्यक्ति, समूह जत्था वा पार्टीलाई समेत 'दक्षिणपन्थी' भन्ने गरिन्छ ।
यस्तै बेलायतमा कंजरभेटिव पार्टी दक्षिणपन्थी शक्ति मानिन्छ, अमेरिकामा रिपब्लिकन पार्टी । भारतमा कांग्रेस (आइ.) र भारतीय जनता पार्टी ( भा.ज.पा.) दक्षिणपन्थी शक्ति हुन् ।
कम्युनिष्ट खेमामा भने दक्षिणपन्थी शब्दको केही भिन्नै अर्थ समेत लगाउने गरिन्छ । त्यहाँ जनता जुन हदको परिवर्तनको लागि तैयार छन्, त्यो हदको परिवर्तनको लागि तैयार नहुने वामपन्थी नेता, व्यक्ति, समूह जत्था वा पार्टीलाई समेत 'दक्षिणपन्थी' भन्ने गरिन्छ । यसको मतलव त्यहाँ 'दक्षिणपन्थी' भनेको जनताभन्दा पनि पछौटे हो ।
समाजमा अहिले कायम भइराखेको रितिथिति र समाज- व्यवस्थालाई जरैदेखि नभत्काएर, त्यसलाई सारमा ज्यूँका त्यूँ कायम गरेर त्यसमा सानोतिनो सुधार गर्दै गयो भने कालान्तरमा स्वतः क्रान्ति हुन्छ, अथवा यही व्यवस्था नै ज्यूँन लायकको व्यवस्था भइहाल्छ भन्ने विचार बोक्नेहरूलाई राजनीतिमा 'सुधारवादी' भनिन्छ ।
अन्तिम लक्ष्य र जरैदेखि परिवर्तनको कार्यक्रमलाई हमेशा बिर्सने, पर सार्दै जाने तथा सुधारलाई नै मुख्य कुरो र सवथोक ठान्ने सोच नै सुधारवाद हो ।
सुधारवादीहरू हमेशा क्रान्तिको सवाललाई र क्रान्तिको निम्ति विशेष तैयारीको सवाललाई पर पर धकेल्ने काम गर्छन् । उनीहरू 'वार कि पार’ को संघर्ष अथवा निर्णायक संघर्षको या त आवश्यकता नै देख्दैनन् वा त्यस्तो संघर्षदेखि भयभीत हुन्छन् । र, आफ्नो संघर्षलाई स-सानो सुधार हासिल गर्नु र सहुलियत धुत्नुमा मात्र सीमित पार्छन् ।
अन्तिम लक्ष्य र जरैदेखि परिवर्तनको कार्यक्रमलाई हमेशा बिर्सने, पर सार्दै जाने तथा सुधारलाई नै मुख्य कुरो र सवथोक ठान्ने सोच नै सुधारवाद हो । त्यस्तो सोच राख्नेहरू सुधारवादी हुन् ।
क्रान्तिकारीहरु र सुधारवादीहरूमा फरक छ । क्रान्तिकारीहरू पनि सुधारको विरोध चाँहि गर्दैनन् । असचेत जनता वा कम सचेत जनताहरू पहिले त सुधारको लागि संघर्ष नै गर्न तैयार हुन्छन् भन्ने कुरा क्रान्तिकारीहरू पनि स्वीकार गर्छन् । र, क्रान्तिकारीहरू सुधारको लागि पनि संघर्ष गर्छन् तर जनतालाई क्रान्तिको निमित्त हरेक हिसावले तम्तयार पार्ने काम गर्न पनि उनीहरू पछि पर्दैनन् । क्रान्ति किन आवश्यक छ भन्ने कुरा जनताहरुले आफ्नै संघर्षको अनुभवबाट महशूस गरून् भन्ने उनीहरू चाहन्छन् । जनतामा 'हामीहरू ठूलो र निर्णायक संघर्ष गर्न पनि सक्षम छौं’ भन्ने आत्मविश्वास पनि संघर्षबाट जागोस् भन्ने उनीहरू चाहन्छन् ।
यसरी क्रान्तिकारीहरू क्रान्तिको बाटो फराकिलो र सुगम पार्न नै सुधारको लागि संघर्ष गर्छन । उनीहरूको हमेशा मुख्य जोड जगैदेखि परिवर्तन गर्नुमा हुन्छ, टालटुले संघर्ष र स- सानो सुधार र सहुलियत धुत्नुमै सन्तुष्ट हुनुमा हुँदैन । तर सुधारवादीहरू यसको ठीक उल्टा हुन्छन् । उनीहरू ससानो सुधारमै सीमित र संतुष्ट हुन्छन् । जगैदेखि परिवर्तन गर्ने कुरामा उनीहरूको कहिल्यै जोड र ध्यान रहन्न । वार कि पारको संघर्षमा उनीहरूको चाखै रहन्न ।
क्रान्तिकारीहरु र सुधारवादीहरूमा फरक छ । क्रान्तिकारीहरू पनि सुधारको विरोध चाँहि गर्दैनन् ।
'क्रान्तिकारीहरूको लागि सुधार चोटामा पुग्ने भयाङ मात्र हो भने क्रान्ति चाहिँ बुईंगल हो । सुधारवादी भनेका ती हुन्, जो वास्तविक बुईंगल क्रान्तिलाई बिर्सन्छन् र सुधारलाई नै बुईंगल बनाउँछन् ।
नवयुवामा प्रकाशित
शताब्दीकै गलत आकलन: ट्रम्पको इरान दुस्साहस
भारतको गहिरो सामाजिक-आर्थिक समस्याहरूलाई सम्बोधन नगरी माओवादलाई उन्मूलन गर्न …
राष्ट्रिय स्वाधीनता युद्वको झण्डा इरान
इरानले युद्ध जित्ने ६ आधारहरु
स्ट्रेट अफ हर्मुजमा साम्राज्यको अवनति; इरान युद्ध अमेरिकाको आफ्नै 'स्वेज संकट'
मेरो सम्झनामा युर्गन हाबरमास
म्युजिकल चेयरदेखि डिजिटल एल्गोरिदमसम्म: कसरी बदलिएनन् नेता, तर बदलिए मतदाता?
प्रतिक्रिया