काठमाडौं स्कुल अफ लको चेतावनी
काठमाडौं स्कुल अफ लले एक विज्ञप्ति जारी गर्दै युएसआइडी बन्द भएपछि कलेज पनि बन्द भएको आभाष हुने गरी कलेज र कलेजका पदाधिकारीहरुको मानप्रतिष्ठामा हानी पुर्याउने प्रयास भएको जनाएको छ ।
कलेजका सूचना, सञ्चार तथा विद्यार्थी कल्याण विभागका प्रमुख सहायक प्राध्यापक रुविन श्रेष्ठले जारी गरेको सो विज्ञप्तिमा ‘कलेज स्थापनाको शरुवाती दिनहरुमा विद्यार्थीहरुको लागि पुस्तकालयको उचित प्रबन्ध गर्ने क्रममा अमेरिकी कानुनी र अमेरिकी आदलतका फैसलाहरु पुस्तकालयको लागि प्रदान गर्न केही अमेरिकी शिक्षप्रेमीहरु इच्छुक रहेको जानकारी प्राप्त भएपछि ती पुस्तकहरु ढुवानी गरी कलेजसम्म ल्याइ पुर्याउने प्रबन्ध युएसआइडीको सहयोगमार्फत् द एशिया फाउण्डेशनले गरेको’ जानकारी गराइएको छ । ‘यसअन्तर्गत ती पुस्तकहरुलाई कम्प्युटराइज्ड गरी व्यवस्थापन गर्न र अनलाइन अध्ययन सुविधा प्रबर्धन गर्न कही कम्प्युटरहरु समेत उपलब्ध गराइ सहयोग पुर्याएको’ जनाउँदै विज्ञप्तिमा ‘उक्त सहकार्यका लागि कृतज्ञता जाहेर गर्न कलेजको वेभसाइट र प्रकाशनहरुमा युएसआइडीको लोगो राखिएको’ समेत जानकारी गराइएको छ ।
विज्ञप्तिमा ‘सामाजिक सञ्जाल दुरुपयोग गरी अनर्गल प्रचारप्रसार गर्ने, संस्था र सोसँग सम्बन्धित पदाधिकारीहरुको मानप्रतिष्ठामा आँच पुर्याउने, शैक्षिक वातावरण धुमिल्याउने गरी घृणा र द्वेष फैलाउने, व्यक्तिगत लाञ्छनायुक्त गालीगलौज गर्ने कुनै पनि गतिविधि अविलम्ब बन्द गर्न’ अनुरोध गर्दै ‘अन्यथा प्रचलित कानून बमोजिक कारवाहीको लागि अग्रसर हुन समेत बाध्य हुने’ चेतावनी पनि दिइएको छ ।

सर्वाधिक खोजी गरिएका विद्रोही कि आदिवासी नायक?
भारतीय माओवादीका सबैभन्दा धेरै खोजी गरिएको नेता हिडमा मारिए !
दिल्ली विस्फोटले उब्जाएका प्रश्नहरु
वामपन्थी शासित केरला चरम गरिबी उन्मूलन गर्ने पहिलो भारतीय राज्य बन्यो
छत्तीसगढ़मा १४० माओवादी नेतृत्त्वसहित आत्मसमर्पण
वरिष्ठ नक्सलवादी नेताले गरे आत्मसमर्पण
राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न नागरिक आह्वान
प्रतिक्रिया