पुँजीपति नेताहरुले कम्युनिष्ट पार्टीलाई सर्वहारावर्गको स्वतन्त्र पार्टीको रुपमा विकसित हुन दिएकै छैन !
कम्युनिष्ट पार्टीलाई सर्वहाराहरुको आफ्नो स्वतन्त्र–स्वायत्त संगठनको रुपमा विकसित हुन नदिने र कानूनी दायराभन्दा बाहिर जान नदिने चिन्तन नेपालमा छ: निनु चापागाई

मार्क्सवादको ज्ञानभण्डारमा तीनजना व्यक्तिहरुको समग्र योगदान छ– मार्क्स, एङ्गेल्स र लेनिन । मार्क्स र एङ्गेल्सका ५० वटा र लेनिनका ५४ वटा ‘भोल्युम’हरु प्रकाशित छन् । लेनिनका रचनाहरुको संक्षेपीकरण गरेर लेनिनका योगदानहरु यही हो भनेर मूल्याङ्कन गर्नु गाह्रो विषय हो ।
हज्जारौं वर्षदेखि चलिआएको राज्यव्यवस्थालाई उल्टाएर, अल्पमतहरुले बहुमतमाथि शासन गर्ने, शोषकहरुले आमजनतालाई शासन गर्ने व्यवस्थालाई बदलेर, जनताहरुको शासन अल्पमतमाथि गर्ने व्यवस्था अक्टोबर क्रान्तिपछि गरियो, त्यो नै लेनिनको सबैभन्दा ठूलो योगदान थियो ।
अक्टोबर क्रान्ति गर्नका लागि लेनिनले थुप्रै सिद्धान्तहरु प्रतिपादन गर्नुभएको छ । मार्क्सवादी सिद्धान्तलाई परिमार्जित र विकास गर्नुभएको छ ।
लेनिनले के प्रतिपादन गर्नुभयो भने अब फ्रान्स र जर्मनी (युरोप भनौं त्यसलाई) क्रान्तिका केन्द्रहरु रहेनन् । क्रान्तिका केन्द्रहरु अब उपनिवेश, अर्धउपनिवेशहरु, छोटकरीमा भन्ने हो भने एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशहरु रहे । त्योभन्दा अगाडि क्रान्तिको नेतृत्व पुँजीपति वर्गले गर्थ्यो, अब पुँजीपति वर्गले क्रान्तिको नेतृत्व पनि गर्न सक्दैन, सर्वहारा वर्गले क्रान्तिको नेतृत्व गर्नुपर्छ ।
पहिलो, साम्राज्यवादको सिद्धान्तको प्रतिपादन र त्यसको आधारमा सर्वहारा क्रान्तिको रणनीति र कार्यनीति प्रतिपादन गर्नु । सन् १९०० को अन्तिम वर्षहरुदेखि पुँजीवाद नयाँ चरणमा प्रवेश गर्यो । मुक्त प्रतिस्पर्धाको ठाउँमा एकाधिकारी पुँजीवादको शुरुवात भयो । मार्क्स एङ्गेल्सको पालामा त्यस्तो कुरा थिएन, त्यो नयाँ कुरा थियो । त्यसलाई प्रतिपादन गर्नु र त्यो अनुकूल रणनीति तयार गर्नु आवश्यक थियो । मार्क्स र एङ्गेल्सका रचनाहरु र विचारहरुमा आधारित भएर त्यो महत्त्वपूर्ण काम लेनिनले विकसित गर्नुभयो । लेनिनले के प्रतिपादन गर्नुभयो भने अब फ्रान्स र जर्मनी (युरोप भनौं त्यसलाई) क्रान्तिका केन्द्रहरु रहेनन् । क्रान्तिका केन्द्रहरु अब उपनिवेश, अर्धउपनिवेशहरु, छोटकरीमा भन्ने हो भने एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशहरु रहे । त्योभन्दा अगाडि क्रान्तिको नेतृत्व पुँजीपति वर्गले गर्थ्यो, अब पुँजीपति वर्गले क्रान्तिको नेतृत्व पनि गर्न सक्दैन, सर्वहारा वर्गले क्रान्तिको नेतृत्व गर्नुपर्छ । किसानसँग मिलेर पहिलो जनताको जनवादी क्रान्ति गर्नुपर्छ र लगत्तै सर्वहाराहरुले आफ्नो अनुकूलको मित्रशक्तिहरुसँग मिलेर समाजवादी क्रान्ति गर्नुपर्छ भनेर दुई चरणको क्रान्तिको सिद्धान्तलाई अघि सार्नुभयो । यही क्रममा उहाँले त्रोत्स्कीको स्थायी क्रान्तिको सिद्धान्तको पनि विरोध–खण्डन गर्नुभयो ।
उहाँको दोस्रो महत्त्पूर्ण कुरा के थियो भने राज्यसत्तासम्बन्धी मार्क्सवादी अवधारणालाई गुणात्मक रुपले विकास गर्ने काम उहाँले गर्नुभयो । उहाँले पुरानो राज्यसत्तालाई यथावत राखेर सर्वहारा वर्गले आफ्नो क्रान्ति गर्न र सर्वहारा अधिनायकत्व लागू गर्न सम्भव पनि छैन । त्यसकारण पुरानो राज्यसत्तालाई ध्वंश गर्नुको कुनै अर्को विकल्प छैन भन्ने अवधारणा प्रस्तुत गर्नुभयो ।
लेनिनले क्रान्तिकारी, कम्युनिष्टहरुको पार्टी भनेको सर्वहाराको पार्टी होइन, सर्वहाराको अग्रदस्ताको पार्टी हो । पेशेवर क्रान्तिकारीहरु त्यसका मेरुदण्ड हुन्छन् । त्यसलाई परिचालन गर्ने काम जनवादी केन्द्रीयताले गर्छ भन्नुभयो ।
उहाँको तेस्रो महत्त्वपूर्ण योगदान पार्टी संगठन सिद्धान्तको प्रतिपादन थियो । योभन्दा अगाडि सुसंगत रुपबाट पार्टी संगठनको सिद्धान्त प्रतिपादन भएको थिएन । यद्यपि पार्टी संगठनहरु थिए र सानातिना पार्टी संगठनहरु परिचालित थिए । तर सुसंगत रुपबाट मार्क्सवादी पार्टी निर्माणको सिद्धान्त लेनिनले नै प्रतिपादन गर्नुभयो । उहाँले क्रान्तिकारी, कम्युनिष्टहरुको पार्टी भनेको सर्वहाराको पार्टी होइन, सर्वहाराको अग्रदस्ताको पार्टी हो । पेशेवर क्रान्तिकारीहरु त्यसका मेरुदण्ड हुन्छन् । त्यसलाई परिचालन गर्ने काम जनवादी केन्द्रीयताले गर्छ भन्नुभयो ।
चौथो महत्वपूर्ण योगदान द्वन्द्ववादको विकास र रक्षा गर्ने काम लेनिनले गर्नुभयो । भौतिकवाद र अनुभवसिद्ध आलोचना (Materialism and Empirio-Criticism) पुस्तक त्यही सन्दर्भमा लेखियो । रुसमा पार्टीभित्रै पनि कान्टपन्थी, माखवादीहरु विकसित भएका थिए । दोस्रो इन्टरनेशनलका संशोधनवादी नेताहरुले क्रमिक विकास, उद्विकासको कुरा गर्थे, लेनिनले त्यसको खण्डन गर्नुभयो । उनीहरुले ल्याएको रुसमा सर्वहाराहरु ईश्वर हुन्, उनीहरुलाई ईश्वरको रुपमा स्थापित गरिनुपर्छ भन्ने सिद्धान्तको खण्डन गर्दै उहाँले द्वन्द्ववादको रक्षा र त्यसको विकास गर्नुभयो । विकासको क्रममा उहाँले ‘विपरीत तत्त्वहरुको एकता वा अन्तरविरोध द्वन्द्ववादको सबैभन्दा महत्त्वपूर्ण कुरा हो, अरु सबै नियमहरु त्यसैले निर्धारित गर्छ’ भन्नुभयो । लेनिनले अगाडि सार्नुभएको अर्को महत्त्वपूर्ण कुरा, प्रतिविम्बन सिद्धान्त हो । त्यो सिद्धान्त पनि यही भौतिकवाद र अनुभवसिद्ध आलोचनामै आएको कुरा हो । त्यसले राजनीतिक अधिरचनाभन्दा कलात्मक अधिरचना वा साहित्यिक अधिरचना स्वायत्त किसिमको हुन्छ र धेरै स्वतन्त्र किसिमको हुन्छ । एउटा राजनीतिक विचार लिएको व्यक्ति यथार्थप्रति इमान्दार छ भने उसले धेरै कुराहरुले आफ्नो सिद्धान्तलाई उल्लंघन गरेर प्रस्तुत गर्न सक्छ । यो पनि मार्क्स–एङ्गेल्सकै धारणाको विकसित रुप थियो । टोल्सटयको बारेमा उहाँले जे गर्नुभयो, त्यो त्यसैको प्रतिविम्वन थियो । बाल्जाक लगायतको आलोचनात्मक यथार्थवादीहरुको बारेमा मार्क्स–एङ्गेल्सको जुन विचार थियो,त्यो त्यसैको विकसित रुप थियो ।
लेनिनले अगाडि सार्नुभएको प्रतिविम्बन सिद्धान्तअनुसार राजनीतिक अधिरचनाभन्दा कलात्मक अधिरचना वा साहित्यिक अधिरचना स्वायत्त किसिमको हुन्छ र धेरै स्वतन्त्र किसिमको हुन्छ । एउटा राजनीतिक विचार लिएको व्यक्ति यथार्थप्रति इमान्दार छ भने उसले धेरै कुराहरुले आफ्नो सिद्धान्तलाई उल्लंघन गरेर प्रस्तुत गर्न सक्छ ।
कृषि समस्याको बारेमा लेनिनले जे कुरा अगाडि सार्नुभयो, त्यसले राजनीतिक अर्थशास्त्रलाई विकसित गर्ने काम गर्यो । रुसमा नरोदवादीहरु थिए, जो पुँजीवादको माध्यमबाट समाजवादतिर अगाडि जान सकिँदैन भन्थे । त्यस्तै अर्को, आर्थिक रोमान्टिकवादीहरु थिए, उनीहरु पनि यस्तै यस्तै खालको कुरा गर्थे र ग्राम समुदायको माध्यमबाट पुँजीवाद नआइकनै समाजवादमा जान सकिन्छ भन्ने खालको विचार राख्थे । ‘रुसमा पुँजीवादको विकास’ पुस्तक उनीहरुकै विरुद्धमा लेनिनले लेख्नुभयो । रुसमा पुँजीवाद आइसक्यो, कृषिमा पनि आइसक्यो, त्यसका रुपहरु के के हुन् भनेर उहाँले प्रस्तुत गर्नुभयो र त्यसैको माध्यमबाट समाजवादमा जाने हो भन्ने कुरा राख्नुभयो ।
राष्ट्रिय प्रश्नमाथिको लेनिनको विचार अर्को महत्त्पूर्ण योगदान हो । यससम्बन्धमा मार्क्स–एङ्गेल्सका विचारहरु छरिएर रहेका थिए । त्यसलाई लेनिनले व्यवस्थित गरेर अगाडि राख्नुभयो । चीनमा त्यसलाई अलिकति फरक ढङ्गले पनि लागू गर्ने प्रयत्न गरियो । यतातिर हामीले अलि फरक ढङ्गले हेर्ने गर्छौं । ‘सर्वहारा वर्गको हितलाई सबैभन्दा माथि राखेर राष्ट्रहरुको आत्मनिर्णयको अधिकारलाई स्वीकार गर्नु नै सुसङ्गत मार्क्सवाद हो’ भनेर लेनिनले व्याख्या विश्लेषण गर्नुभयो । यो नयाँ कुरा थियो ।
लेनिनले रुसमा पुँजीवाद आइसक्यो, कृषिमा पनि आइसक्यो, त्यसका रुपहरु के के हुन् भनेर उहाँले प्रस्तुत गर्नुभयो र त्यसैको माध्यमबाट समाजवादमा जाने हो भन्ने कुरा राख्नुभयो ।
मोटामोटी रुपमा भन्दा यी सात–आठवटा कुराहरु लेनिनका महत्त्वपूर्ण योगदानहरु हुन् भन्ने मलाई लाग्छ । तर यतिमै मात्र सीमित गरेर लेनिनलाई हेर्न खोज्यौं भने हामी गल्ती गर्छौं । किनभने, महिलाहरुको मुक्ति, युवाहरुको समस्या, संस्कृति, सहकारीकरण, औद्योगिकीकरण, पार्टीभित्रको पुँजीवादी नोकरशाहीपन लगायतको बारेमा पनि उहाँले पर्याप्त लेख्नुभएको छ ।
लेनिनको अर्को महत्त्वपूर्ण कुरा पुँजीवादबाटा समाजवाद जानको लागि समाजवादी व्यवस्था एउटा संक्रमणकालीन व्यवस्था हो भन्ने पनि हो । त्यो संक्रमणकालका समस्याहरु के के हुन् भन्ने बारेमा पनि उहाँले पर्याप्त मात्रामा लेख्नुभएको छ । लेनिनले संक्रमणकाल धेरै लामो समयसम्म पनि जान सक्छ र संक्रमणकालमा पुँजीवादको पुनस्थापना पनि हुन सक्छ भनेर भन्नुभएको छ । पार्टीभित्रको वर्गसंघर्षको परिणामस्वरुप पुँजीवादका विकृतिहरु र नोकरशाहीपन पनि आउन सक्छ, यसका निम्ति सजग हुनुपर्छ भन्ने कुरा उहाँले पर्याप्त ल्याउनु भएको छ । खासगरी, संघात्यपत्यवादीहरु र अराजकतावादीहरुको विरुद्धमा संक्रमणकालमा कम्युनिष्ट पार्टीको अधिनायकत्व नै सर्वहारा अधिनायकत्व हो भनेर पुष्टि गर्नुभएको छ । यही क्रममा ‘पार्टीको अचुकपन’ भन्ने त्रोत्स्कीको सिद्धान्तको पनि उहाँले खण्डन गर्नुभएको छ । उहाँले जनतासँग र श्रमजीवी वर्गसँग पार्टी अलग्गियो भने पार्टीभित्र विचलन आउँछ भन्नुभयो । त्यो त्रोत्स्कीको सिद्धान्तको खण्डन थियो ।
लेनिनले संक्रमणकाल धेरै लामो समयसम्म पनि जान सक्छ र संक्रमणकालमा पुँजीवादको पुनस्थापना पनि हुन सक्छ भनेर भन्नुभएको छ ।
कतिपय कुराहरुमा सहमत हुन नसकिएला । तर कमरेड मोहनविक्रम सिंहले राख्नुभएको ‘अहिलेको समस्या भनेको आत्मगत अवस्थालाई सुदृढ गर्नुपर्ने हो । पार्टीहरु लेनिनवादी पार्टी संगठनात्मक सिद्धान्तबाट च्यूत भएका छन् । अहिलेको संशोधनवादको एउटा समस्या त्यो पनि हो । राज्यसत्ताबारे लेनिनको चिन्तनलाई अहिलेका संसदीय पार्टीहरुले पूरै परित्याग गरेका छन् । संसदवादको बाटो मार्क्सवाद वा समाजवादतिर जाने बाटो होइन । उनीहरु लेनिनकै विचारको विरुद्ध अगाडि गइरहेको जस्तो लाग्छ । अर्थवादसँग र कानुनी मार्क्सवादसँग लेनिनको जुन लडाइँ थियो, नेपालको सन्दर्भमा भिन्न रुपबाट अहिले त्यही लडाइँमा हामी छौं भन्ने मलाई लाग्छ । त्यो भनेको कम्युनिष्ट पार्टीलाई सर्वहाराहरुको आफ्नो स्वतन्त्र–स्वायत्त संगठनको रुपमा विकसित हुन नदिने र कानूनी दायराभन्दा बाहिर जान नदिने अर्थवाद र कानूनी मार्क्सवादको चिन्तन ठ्याक्कै अहिले नेपालमा छ । किनभने कम्युनिष्ट पार्टीका नेताहरु त पुँजीपति छन् । सर्वहारावर्गको स्वतन्त्र पार्टीको रुपमा विकसित हुन त उनीहरुले दिएकै छैन । अर्थवादले जे गर्यो, त्यही काम त गरिरहेका छन् नि ! अर्कोतिर कानूनी मार्क्सवादले कानुनको दायराभित्र मार्क्सवादलाई अगाडि बढाउन खोज्थ्यो, अहिले नेपालमा त्यही काम त गरिरहेको छ । त्यसकारण भिन्न रुपमा भन्ने हो भने कानुनी मार्क्सवाद र अर्थवादसँग हामीले अहिले जुध्नुपर्नेछ । हामीले त्योसँग जुध्न सकेनौं र लेनिनवार्टी संठनात्मक सिद्धान्तअनुसार पार्टीलाई निमार्ण गर्ने प्रक्रियामा गएनौं भने हामीले गरेको सुन्दर भविष्यको कल्पना पूरा हुन सक्दैन ।
लेनिन स्मृति शतवार्षिकी मूल आयोजक समितिले माघ ११ गते राजधानीमा आयोजना गरेको ‘लेनिन स्मृति शतवार्षिकी समापन समारोह’मा व्यक्त विचारको सम्पादित उतार ।

नयाँ कानून

डोनाल्ड ट्रम्पको ‘रिभर्स’ किसिन्जर रणनीति

सुनाखरी टोल

मार्क्स आफ्नै युगका सबैभन्दा बढी ‘घृणित’ र निन्दित व्यक्ति थिए !

पारिजात नेपालमा यो युगको एक्लो व्यक्ति हुन्, उनी बराबरका अहिलेसम्म जन्मिएका पन…

दलतन्त्रको ढलिमलीबीच बौरिन खोजिरहेको राजतन्त्रको काँचोवायु !

एक भद्र अवज्ञा जसले अमेरिकाको इतिहास बदल्यो !

प्रतिक्रिया