क्रान्तिकारी व्यवहारमा मार्क्स

सन् १८८०को मे महिनाको कुरा हो । फ्रेन्च मजदुर पार्टीका नेता ज्युल गेद (Jules Guesde) मार्क्सलाई भेट्न लन्डन पुगेका थिए । त्यहीं बेला आसन्न फ्रेन्च मजदुर पार्टी (Parti Ouvrie)को घोषणापत्र तैयार गर्ने काम भयो । घोषणापत्रको प्रस्तावना मार्क्स स्वयंले ‘डिक्टेसन’ गरेर लेख्न लगाएका थिए । त्यसको न्युनतम राजनीतिक तथा आर्थिक मागका अन्य दुई भाग भने एंगेल्स र पौल लाफार्जको मद्दतमा मार्क्स र ज्युल गेद मिलेर तैयार गरेका थिए । त्यही वर्षको नोभेम्वरमा उक्त पार्टीको महाधिवेशनले सामान्य परिमार्जन सहित त्यो दस्ताबेज पारित गर्यो ।
फ्रेन्च मजदुर पार्टीका नेता ज्युल गेद . https://www.jesuisfrancais.blog
यस दस्तावेजको विशेष महत्त्व छ । यसमा मार्क्सका विरोधी या यहाँसम्म कि कतिपय आफूलाई उनका अनियायी हुँ भन्नेहरुका भन्दा भिन्न विचार छन् । त्यसमा अभिव्यक्त भए अनुसार,
१. मार्क्स पुँजीवादी समाजभित्र पनि हुन सक्ने सुधारको विपक्षमा थिदै थिएनन् । उनी ठान्थे त्यसको कार्यनीतिक महत्त्व छ ।
२. त्यस्तो कार्यक्रम मार्फत् बालिग मताधिकारको उपयोग गर्न र चुनावमा भाग लिन सकिन्छ भन्ने पक्षमा थिए ।
३. तर त्यो काम गरिरहँदा पुँजीवादीहरुले जस्तो 'धोखाधडीको रुपमा प्रयोग' नगरेर 'मुक्तिको उपकरणको रुपमा ग्रहण' गरिनु पर्दछ । मार्क्सको विचार प्रणालीमा पुँजीवादीहरुको सिको गर्न वर्जित थियो ।
उनको यस्तो धारणा विशेष गरी फ्रेन्च मजदुर पार्टीको उक्त घोषणामा प्रष्टसंगले अभिव्यक्त भएको छ । उनी 'धोखाधडीको रुपमा प्रयोग गरिएको बालिग मताधिकार समेतलाई मुक्तिको उपकरणको रुपमा ग्रहण गर्ने' राजनीतिक लगायत आर्थिक सामाजिक सुधारको न्युनतम कार्यक्रमको पक्षमा थिए । सुधारको कुराले श्रमिकहरुको क्रान्तिकारी उर्जालाई बिथोल्छ भन्ने 'क्रान्तिकारी'हरुसंग उनी सहमत थिएनन् ।
महाधिवेशनले कार्यक्रमलाई पारित गरेको केही समय पछि गेद र लाफार्जले मार्क्ससंग कार्यक्रमको न्युनतम खण्डको उद्देश्यलाई लिएर विमति राख्न थाले । मार्क्सको विचार त प्रष्ट थियो, पुँजीवादी रुपरेखाभित्र पनि हासिल गर्न सकिने मागलाई समेटेर अघि बढ्नु भनेको आन्दोलनलाई अघि बढाउने व्यवहारिक तरिका हो । गेदको उल्टो विचार थियो । उनी पुँजीवाद भित्रबाट त्यस्तो सुधार हासिल हुने कुरालाई अस्वीकार गर्दथे । त्यसलाई त उनी संघर्षको व्यवहारिक कार्यक्रमको रुपमा नभएर मजदुरहरुलाई आमुल परिवर्तनबाट विमुख राख्ने चारो मात्रै मान्दथे । उनको निम्ति पुँजीवादीहरुबाट यस्ता सुधारको सम्भावना अस्वीकार गरेर मात्रै मजदुरहरुलाई बचेखुचेको सुधारवादी भ्रमबाट मुक्त गर्न सकिन्छ ।
सुधारको कुराले श्रमिकहरुको क्रान्तिकारी उर्जालाई बिथोल्छ भन्ने 'क्रान्तिकारी'हरुसंग मार्क्स सहमत थिएनन् ।
मार्क्सले गेद र लाफार्जलाई 'क्रान्तिकारी शब्दाडम्बर' र सुधारवादी संघर्षको उपादेयतालाई नमान्ने भनेर आरोपित गर्दै यदि तिनीहरुको राजनीति मार्क्सवादी हो भने ' के कुरा पक्का हो भने म आफु चाहिँ मार्क्सवादी हुइनँ' भन्न समेत पुगे ।

पछिल्ला १२ दिनको युद्धले सिकायो कि इरानले आणविक हतियार नबनाउनु मूर्खता थियो

विद्यादेवी भण्डारीको पुनरागमनः पदको विखण्डन र पुस्तान्तरण

पश्चिम एशियामा अमेरिकी उपस्थिति: विश्व शान्तिको पहरेदारी कि साम्राज्यवादको स्वा…

इरानको सम्भावित जवाफ: स्ट्रेट अफ हर्मुज नाकाबन्दी र परमाणु बमको परीक्षण?

मध्यपूर्वको सङ्कटमा युद्ध र शान्ति : एक विश्वपरक दृष्टिकोण

पार्टीमा गुटबन्दी, बहुविचार केन्द्रको अस्तित्व र पार्टी फूटको चूरो कारण के हो ?

अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पार्ने अमेरिकी प्रयासको विरोध गर्नैपर्छ

प्रतिक्रिया