डर

भनिन्छ, नदी समुद्रमा प्रवेश गर्नु अघि

डरले थर थर काम्छ ।

आफूले पार गरेको यावत यात्रा स्मरण गर्छ,

हिमशिखरबाट झरेको 'थ्यो

निरव वन र विस्तृत गाउँ चाहार्दै नागबेली भएर गुज्रेथ्यो

अहिले भने आँखाको ठीक सामुन्ने

छ विराट समुद्र

त्यहाँ प्रवेश गर्नु भनेको डरमर्दो छ

कहाँ बिलाइने हो कहाँ

तर अब विकल्प नै के रह्यो र

पछि फर्किन  सकिन्न

को पछि फर्किन्छ र

असम्भव छ पछि फर्किन

 

अस्तित्वको दुनियाँमा

जोखिम त उठाउनै पर्छ नदीले

भित्र समुद्रमा हेलिने

किनकि तब न डर भाग्ने छ

किनकि त्यहीं त हो थाहा हुने नदीलाई

बिलाउनु होइन समुद्रमा

समुद्र पो हुनु हो ।

खलिल जिब्रान

खलिल जिब्रान (१८८३–१९३१), लेबाननका महान साहित्यकार