त्यो बाटो जसले मलाई लेनिनवादतिर पुऱ्यायो
फ्रन्सिसी कम्युनिष्ट पार्टी तथा भियतनामी कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा फ्रान्सिसी एवं अमेरिकी उपनिवेशवाद विरोधी भियतनामी जनताको सफलतापूर्ण राष्ट्रिय मुक्ति आन्दोलनका नेतृत्वकर्ता हो ची मिन्ह (सन् १८४०, मई १९ मा जन्म) को ६० वर्षसम्मको अथक संघर्ष पछि १९६९, सेप्टेम्बर ३ तारिखमा मृत्यु भएको थियो ।
अमेरिकी पत्रकार श्रीमती अन्ना लुईस स्ट्रङ्गद्वारा 'असाधारण’, साधु महात्माभन्दा सुहाउने, खुवै ठट्यौली स्वभावको, आपतकालको लागि बुद्धिमानीसाथ बलियो रूपमा रक्षा गर्न सक्ने, खुला हृदयको र अनौठो तर तुरून्त जवाफ दिने मानिसको रूपमा मूल्याङ्कन गरिएका भियतनामी राष्ट्रपति हो ची मिन्ह संसारमा एक अत्यन्त अनौपचारिक राज्य प्रमुखको रूपमा चर्चित हुनुहुन्थ्यो ।
मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओ पछाडिका एक सम्मानित कम्युनिष्ट नेता हो ची मिन्हको बारेमा यहाँ प्रस्तुत छ - हो ची मिन्ह कसरी मार्क्सवादी लेनिनवादी हुनु भयो भन्ने विषयमा उहाँकै रोचक लेख, तथा अध्ययनको आवश्यकता र व्यक्तिवाट सम्बन्धी उहाँको सारगर्भित विचार ।
०००
पहिलो विश्व युद्धपछि कहिले फोटोग्राफरको रूपमा त कहिले प्राचीन चीनियाँ कलाकृति कोर्ने कलाकारको रूपमा म पेरिसमा बस्न थालें । त्यसबेला म धेरै जस्तो भियतनाममा फ्रान्सिसी उपनिवेशवादीहरूले गरिरहेका अपराधहरूको भर्त्सना गरिएका पर्चाहरू वितरण गर्थे ।
त्यसबेला नै म स्वतःस्फूर्त रूपमा सोभियत संघको अक्टोवर क्रान्तिको समर्थन गर्थे । यस क्रान्तिका सबै ऐतिहासिक महत्वहरू बुझ्न नसके तापनि म त्यसो गर्थे । म लेनिनलाई माया गर्थे र सम्मान गर्थे, किनकि उहाँ महान देशभक्त योद्धा हुनुहुन्थ्यो, जसले आफ्ना देशवासीहरूलाई मुक्ति दिलाउनु भयो । त्यसबेलासम्म मैले उहाँको एउटा पनि किताव पढ्न पाएको थिइनँ ।
मैले फ्रान्सिसी समाजवादी पार्टीमा प्रवेश गर्नुका पछाडि ती "महिला तथा सज्जनवृन्द" (म आफ्ना कामरेडहरूलाई त्यसबेला यही शब्दले सम्बोधन गर्थे)
हरूको मप्रति, उत्पीडित जनताहरूको संघर्षप्रतिको सहानुभूतिले भूमिका खेलेको छ । तर त्यसबेलासम्म पनि पार्टी, ट्रेड यूनियन, समाजवाद र साम्यवाद के हो भन्ने कुरा बुझ्न सकेको थिइनँ ।
म स्वतःस्फूर्त रूपमा सोभियत संघको अक्टोवर क्रान्तिको समर्थन गर्थे । यस क्रान्तिका सबै ऐतिहासिक महत्वहरू बुझ्न नसके तापनि म त्यसो गर्थे । म लेनिनलाई माया गर्थे र सम्मान गर्थे, किनकि उहाँ महान देशभक्त योद्धा हुनुहुन्थ्यो, जसले आफ्ना देशवासीहरूलाई मुक्ति दिलाउनु भयो ।
विस्तारै त्यस समाजवादी पार्टीमा “दोस्रो अन्तर्राष्ट्रिय" मा वसिरहने कि "अढाई अन्तर्राष्ट्रिय" बनाउने कि लेनिनको "तेस्रो अन्तर्राष्ट्रिय" मा प्रवेश गर्ने भन्ने विषयमा विवाद तल तलका इकाईहरूमा समेत चर्किन थाल्यो । म ती इकाईका मिटिङ्गहरूमा नियमित रूपमा सहभागी हुन्थे, हप्ताको दुई-तीन पटकसम्म सहभागी भई मिटिङ्गमा बोल्नेहरूको कुरा अत्यन्त ध्यानपूर्वक सुन्थे। पहिले पहिले त तिनीहरूको सबै कुरा बुझ्न निकै गाह्रो भयो। किन यो विवाद चर्किन थालियो ? दोस्रो, अढाई वा तेस्रो अन्तर्राष्ट्रियमध्ये कुन चाहिले क्रान्ति गर्छ होला ? किन कचिंगल गरिरहेको होला? फेरि पहिलो अन्तर्राष्ट्रिय भनेको के हो, कसरी अरू अन्तर्राष्ट्रियहरू आए?
मैले चोहेको, तर मिटिङ्गमा वादविवाद नभएको विषय भने अर्कै थियो, त्यो के भने कुन चाहिँ अन्तर्राष्ट्रियले उपनिवेशमुनि थिचिएका जनताहरूको पक्ष लिन्छ ?
मेरो लागि अत्यन्त महत्वपूर्ण यस प्रश्नलाई मैले मिटिङ्गमा उठाउन थालें । केही कामरेडहरूले जवाफ दिए त्यो त तेस्रो अन्तर्राष्ट्रियले मात्र गर्छ, दोस्रो अन्तर्राष्ट्रियले गर्दैन । एउटा कामरेडले मलाई लेनिनको "राष्ट्रिय तथा उपनिवेशसम्बन्धी सवालहरू वारे प्रस्तावना "ले ह्यूमानेटे" मा छापिएको पढ्न दिनु भयो ।
मैले चोहेको, तर मिटिङ्गमा वादविवाद नभएको विषय भने अर्कै थियो, त्यो के भने कुन चाहिँ अन्तर्राष्ट्रियले उपनिवेशमुनि थिचिएका जनताहरूको पक्ष लिन्छ ?
उक्त प्रस्तावनामा प्रयोग गरिएका राजनैतिक शव्दहरू बुझ्न मलाई निकै गाह्रो भयो। तर मैले त्यसलाई पटक-पटक दोहोऱ्याई तेहऱ्याई अन्ततः त्यसको मूल भावलाई बुझेर ग्रहण गरिछाडें । त्यस कितावले ममा कस्तो उत्तेजना, उत्सुकता, प्रकाश आत्मविश्वास संचार गरेको ! म खुशीले रोएँ, आफ्नो कोठामा एक्लो बसिरहँदा पनि म कराउँथे, मानौं म विशाल समूदायलाई सम्बोधन गर्दैछु - "मेरा प्यारा प्राण आहूती गर्न तम्सिरहेका देशवासीहरू हो । हामीलाई चाहिएको कुरा यही हो, यही हाम्रो मुक्तिको बाटो हो ।"
त्यसपछि मैले लेनिनप्रति, तेस्रो अन्तर्राष्ट्रियप्रति आफ्नो पूर्ण सहमति व्यक्त गर्न थालें ।
त्यस कितावले ममा कस्तो उत्तेजना, उत्सुकता, प्रकाश आत्मविश्वास संचार गरेको ! म खुशीले रोएँ, आफ्नो कोठामा एक्लो बसिरहँदा पनि म कराउँथे, मानौं म विशाल समूदायलाई सम्बोधन गर्दैछु - "मेरा प्यारा प्राण आहूती गर्न तम्सिरहेका देशवासीहरू हो । हामीलाई चाहिएको कुरा यही हो, यही हाम्रो मुक्तिको बाटो हो ।"
पहिले म पार्टीका इकाई मिटिङ्गहरूमा छलफलको स्रोता मात्र थिएँ, मात्र सुन्थे। ती छलफलहरूमा व्यक्त विचारहरू तर्कहरू निकै विशाल अनुभव हुन्थ्यो र त्यसमा कुन ठीक -कुन बेठीक छुट्याउन मलाई धौधौ पर्थ्यो । तर त्यस प्रस्तावना बुझ्न थालेपछि म पनि छलफलहरूमा कुदें र तीव्रतापूर्वक ती छलफलहरूमा सहभागी हुन थालें । हुन त त्यसबेलासम्म आफ्ना विचारहरू अभिव्यक्त गर्न मेरो फ्रान्सिसी भाषाको ज्ञान निकै कमजोर नै थियो, तापनि लेनिन र तेस्रो अन्तर्राष्ट्रियमाथि आरोप लगाउनेहरूको विरूद्ध धुवाँधार आक्रमण गर्न थालें । मेरो एउटै मात्र तर्क थियो “यदि तपाईं उपनिवेशवादको विरोध गर्नु हुन्न भने, यदि तपाईं उपनिवेशका जनताहरूको पक्षमा हुनुहुन्न भने, तपाईं कस्तो खालको क्रान्तिको लागि लडिरहनु भएको हो?"
कम्युनिष्ट इन्टरनेशनलको तेस्रो कांग्रेस । https://upload.wikimedia.org/
सबैभन्दा पहिले मलाई लेनिनप्रति, तेस्रो अन्तर्राष्ट्रियप्रति विश्वास जगाउने काम देशभक्तिको भावनाले गयो, साम्यवादी विचारले होइन।
त्यसपछि म आफ्नो इकाईमा मात्र होइन, अन्य पार्टी इकाईहरूमा समेत सहभागी भई "आफ्नो" विचारको वकालत गर्दै हिँड्न थालें । यहाँ म पुनः दोहोऱ्याई भन्न चाहन्छु, कामरेडहरू मार्शल काचीन, मैलियान्त कौच्यूरर, मोनमाउजउ तथा अन्य धेरैले मेरो ज्ञानवृद्धिमा सरसहयोग गर्नु भएको थियो । र अन्ततः विवादास्पद दुई अन्तर्राष्ट्रिय मध्ये मैले तेस्रो अन्तर्राष्ट्रियमा समावेश हुने पक्षमै भोट दिएँ ।
सबैभन्दा पहिले मलाई लेनिनप्रति, तेस्रो अन्तर्राष्ट्रियप्रति विश्वास जगाउने काम देशभक्तिको भावनाले गयो, साम्यवादी विचारले होइन। तर विस्तारै-विस्तारै एकपछि अर्को गर्दै संघर्षकै क्रममा, मार्क्सवाद लेनिनवादलाई व्यवहारिक काम कारवाहीमा लागू गर्दै - पढ्दै क्रमिक रूपमा समाजवाद र साम्यवादले मात्र उत्पीडित राष्ट्र र कामदार जनतालाई दासताको संसारबाट मुक्ति दिलाउन सक्छ भन्ने कुरा बुझ्न थालें ।
हाम्रो देशमा र चीनमा पनि जादूगरी "मनचिन्ते झोला" को परम्परा छ । जब जब ठूल ठूला समस्याहरू आइपर्छन्, तब तब कसैले त्यस मनचिन्ते झोला खोलेर समाधानका उपायहरू पत्ता लगाउँछन्। हामी भियतनामी क्रान्तिकारीहरू तथा जनताको लागि लेनिनवाद पनि आश्चर्यजनक मनचिन्ते झोला मात्र होइन, एउटा
कम्पास हो, अझ उज्ज्वल सूर्य हो, जसले हाम्रो अन्तिम विजयको बाटो, समाजवादको बाटो र साम्यवादको हाम्रो बाटोलाई प्रकाशवान बनाइरहेको छ ।
(अप्रिल, १९६०)
( हो ची मिन्हका चुनिएका रचनाहरू, माग ३ (१९५४ - १९६९) बाट अनूदित)
अध्ययनको लक्ष्य के हो?
आफ्नो सोच-विचार गर्ने बुझ्ने प्रक्रियालाई परिशोधन गर्नको लागि अध्ययन गर्नु पर्दछ । जब कुनै व्यक्तिको सम्झने बुझ्ने प्रक्रिया सही हुन्छ, तब मात्रै ऊ सही ढंगले काम गर्न सक्ने हुन्छ र आफ्नो क्रान्तिकारी दायित्व पूरा गर्न सक्ने हुन्छ।
अध्ययन गर्नु, बारम्वार अध्ययन गर्नु र सधै अध्ययन गर्नु। आफ्नो सोच विचार गर्ने, बुमने प्रक्रियाको पुनर्गठन गर्नका लागि, आफ्नो क्रान्तिकारी स्फूर्तिलाई माथि उठाउनका लागि व्यक्तिले अध्ययन गर्नु पर्दछ। यो एउटा श्रेयस्कर कुरा हो । यदि कुनै व्यक्तिको सोच-विचार गर्ने बुझ्ने प्रक्रिया साँचो रूपमा क्रान्तिकारी छैन भने उसले आफ्नो सोच-विचार गर्ने बुझ्ने प्रक्रियालाई परिशोधन गर्नको लागि अध्ययन गर्नु पर्दछ । जब कुनै व्यक्तिको सम्झने बुझ्ने प्रक्रिया सही हुन्छ, तब मात्रै ऊ सही ढंगले काम गर्न सक्ने हुन्छ र आफ्नो क्रान्तिकारी दायित्व पूरा गर्न सक्ने हुन्छ।
व्यक्तिले आफ्ना क्रान्तिकारी सद्गुणहरूको पोषण गर्नका लागि अध्ययन गर्नु पर्दछ । तब मात्रै ऊ क्रान्तिको निमित्त सबै कुराको त्याग गर्न तयार हुन सक्ने हुन्छ, क्रान्तिको निमित तन-मनले काम गर्न तयार रहन सक्ने हुन्छ र तब मात्रै उसले जनतालाई नेतृत्व प्रदान गर्न सक्ने हुन्छ र क्रान्तिलाई विजयसम्म पुर्याउन सक्ने हुन्छ ।
पार्टीमा, जनतामा, राष्ट्रको भविष्यमा र क्रान्तिको भविष्यमा आफ्नो विश्वासको पूर्ण पोषण गर्नका लागि व्यक्तिले अध्ययन गर्नु पर्दछ। दृढ आत्मविश्वास भएमा मात्र कुनै पनि व्यक्तिले दृढतापूर्वक काम गर्न सक्छ, दृढ संकल्पलाई कृयान्वित गर्न सक्छ र कठीनाईहरूसंग जुझ्नु पर्दा त्याग गर्नका लागि समेत तयार हुन सक्छ ।
https://yt3.googleusercontent.com
अध्ययनको लक्ष्य कर्म हो : अध्ययन र कर्ममा हाड र मासुको जस्तो सम्बन्ध हुनु पर्दछ। कर्मबिनाको अध्ययन व्यर्थ हुन्छ । अध्ययनबिना कर्म मुस्किलैले मात्र गर्न सकिन्छ ।
व्यक्तिले विद्यालयबाट, पुस्तकबाट, आफ्ना सहयोगीहरूबाट र जनताबाट अध्ययन गर्नु पर्दछ। जनताबाट शिक्षा ग्रहण नगर्नु एउटा गंभीर दोष हो।
(मदनमोहन जोशी लिखित हो ची मिन्हको जीवनीबाट साभार उद्धृत) ।
व्यक्तिवाद धेरै नराम्रा कामहरुको स्रोत हो
ती राम्रा कामरेडहरू बाहेक पनि अझै त्यहाँ केही कामरेडहरू र पार्टी सदस्यहरू छन् जसको नैतिकता र गुण केही तल गिरेको छ ।
तिनीहरू "व्यक्तिवाद" को भारी बोकेर हिँडिरहेका छन् र जहिले पनि आफ्नो व्यक्तिगत स्वार्थकै वारे सोचिरहन्छन् । तिनीहरूको मूल उद्देश्य नै “प्रत्येक सबैको लागि” नभइकन "सबै मेरा लागि” भएका छन् ।
तिनीहरूको व्यक्तिवादको कारणले तिनीहरू गाह्रो- साहो काम र समस्यादेखि भाग्ने र विस्तारै भ्रष्टाचार, पथ-विचलन, फजूल खर्चीपना र विलासिताको खाडलमा खस्दै छन् । तिनीहरू नाम र नाफा, शक्ति र पदका लागि मात्र दौडिरहेका छन् । तिनीहरू अहंकारी र घमण्डी हुन्छन्, सामूहिकतातिर आँखै लाउदैनन्, जनतालाई हेलाँ गर्दछन् र स्वेच्छाचारितापूर्वक र तानाशाही ढंगले काम गर्छन् । तिनीहरू आफूलाई जनता र यथार्थबाट टाढै राख्छन् र नोकरशाहीतन्त्र र हुकुमीतन्त्रद्वारा प्रभावित हुन्छन् । अरूलाई विकास गर्ने काममा तिनीहरू खासै ध्यानपूर्वक काम गर्दैनन् र अध्ययनद्वारा आफ्नो विकास गर्ने काममा पनि लाग्दैनन् ।
तिनीहरूको ‘व्यक्तिवाद’ कै कारणले तिनीहरू अनेकताको भाव फैलाउने रअनुशासनहीनता, गैर जिम्मेवारीपना र असंगठितपनाको भाव सिर्जना गर्ने गर्छन् । तिनीहरू पार्टी र राज्यका नीति-निर्णयहरू राम्रोसंग बोकेर काम गर्दैनन् र क्रान्ति र जनताको हित विपरीत काम गर्छन् ।
छोटोमा, "व्यक्तिवाद" नै धेरै नराम्रा कामहरूको स्रोत हो ।
https://i.ytimg.com/vi/roDzm52GwOk/maxresdefault.jpg
हाम्रा सबै कामरेडहरु र पार्टी सदस्यहरुलाई सुयोग्य क्रान्तिकारी लडाकु बनाउनका लागि हाम्रो पार्टीले उनीहरूमा साम्यवादी आदर्श, पार्टीको नीति-निर्णयहरू र पार्टी सदस्यहरूको नैतिकता र कामले भरिपूर्ण पार्ने काम गर्नु पर्दछ । पार्टीभित्र आलोचना र आत्मालोचनाको पद्धतिलाई गम्भीरतापूर्वक लागू गर्नु पर्दछ । जनताद्वारा गरिने कार्यकर्ता र पार्टी सम्बन्धी स्वस्थ आलोचनाहरूलाई स्वागत गर्ने र प्रोत्साहित गर्ने काम गर्नु पर्दछ । पार्टी इकाईहरूको जीवन यी नीति नियमहरूको पालना मै छ । अतः पार्टी अनुशासन न्यायपूर्ण र कडा बनाइनु पर्दछ । पार्टीको नियन्त्रणलाई कठोर बनाइनु पर्दछ ।
पार्टीभित्र आलोचना र आत्मालोचनाको पद्धतिलाई गम्भीरतापूर्वक लागू गर्नु पर्दछ । जनताद्वारा गरिने कार्यकर्ता र पार्टी सम्बन्धी स्वस्थ आलोचनाहरूलाई स्वागत गर्ने र प्रोत्साहित गर्ने काम गर्नु पर्दछ ।
प्रत्येक कार्यकर्ता र पार्टी सदस्यहरूले अरू सबै कुराभन्दामाथि क्रान्ति, पार्टी र जनताको हितलाई राख्नु पर्दछ । तिनीहरूले आफ्नो व्यक्तिवादलाई दृढ संकल्पका साथ सफासंग बढार्ने गर्दछ र क्रान्तिकारी नैतिकतालाई उचाल्ने, सामूहिकताको भावनालाई मलजल दिने र ऐक्यवद्धता, संगठन र अनुशासनको चेतना वृद्धि गर्ने गर्नै पर्दछ । तिनीहरूले जनतासित नजीकको सम्बन्ध गाँसिराख्ने र यथार्थसित सम्पर्कमा रहनु अत्यन्त जरूरी छ । तिनीहरूले जनताको सामूहिक सार्वभौमिकतालाई आदर गर्ने र विकास गर्ने काम गर्नु पर्दछ । आफ्नो जिम्मेवारी पूरा गर्न कठीन अध्ययन र दक्षता प्राप्त गर्ने र ज्ञानलाई बृद्धि गर्ने काम गर्नै पर्दछ।
हो ची मिन्हका चुनिएका रचनाहरू भाग ३ ‘Elevate Revolutionary Ethics, make a cleansweep of individualism’ लेखबाट उद्धृत तथा अनूदित ।
Main Photo: https://ichef.bbci.co.uk
मूल्याङ्कन २०४९ भदौमा प्रकाशित
प्रतिक्रिया