अन्तिम पाठ
मैले त्यो दिन स्कुल जान धेरै ढिलो गरेको थिएँ। म गाली खानु पर्ने डरले आत्तिएको थिएँ। श्री हेमलले व्याकरणको बारेमा सोध्छु भनेका थिए। मलाई व्याकरणको एक शब्द पनि आउँदैन थियो। एक क्षणको लागि त स्कुलबाट भाग्ने र दिनभरि बाहिरै बिताउने कुरा पनि सोचेँ। त्यो दिन उज्यालो र न्यानो थियो। चराहरु जंगलको किनारमा चिर्बिराइरहेका थिए र आरा मिलको पछाडि खुला मैदानमा प्रशियन* सैनिकहरू परेड खेल्दै थिए। यो सबै व्याकरणभन्दा बढी मनमोहक थियो। तर मैले आफैँलाई सम्हालें र स्कूलतर्फ दौडिएँ।
जब म नगर सभाको भवनबाट हुँदै गएँ, सूचना पाटीको अगाडि भीड लागेको थियो। पछिल्ला दुई वर्षदेखि सबै नराम्रा खबर त्यहीँबाट आउँथे—हारेका लडाइँहरू, भर्तीको आदेश, कमाण्डिङ अफिसरको निर्देशन। मैले त्यहाँ नरोकिइकनै सोचें, "आज कस्तो खबर होला?"
म हतारिँदै सकेसम्म छिटो स्कुल जाँदै गर्दा, त्यहाँ सूचना पढिरहेको आफ्ना सिकारु चेलासँगै त्यहाँ रहेका लोहार बाचारले भन्यो—"यति छिटो नजाउ बाबु, तिमी स्कुल बेलैमा पुग्नेछौ।"
पछिल्ला दुई वर्षदेखि सबै नराम्रा खबर त्यहीँबाट आउँथे—हारेका लडाइँहरू, भर्तीको आदेश, कमाण्डिङ अफिसरको निर्देशन। मैले त्यहाँ नरोकिइकनै सोचें, "आज कस्तो खबर होला?"
मलाई लाग्यो, उसले मेरो हाँसो उडाइरहेको छ। अनि म हस्याङफस्याङ गर्दै श्री हेमलको सानो बगैंचामा पुगेँ।
सधैँ स्कुल सुरु हुँदा ठूलो होहल्ला हुन्थ्यो, जसको आवाज सडकसम्म प्रस्टै सुनिन्थ्यो—डेस्क खोलेको र बन्द गरेको, पाठहरू जोडले घोकेको, आफ्ना कान छोपेर राम्रोसँग बुझ्ने प्रयास गरेको, र शिक्षकको ठूलो छडीले टेबलमा बजाएको आवाज। तर आज त सबै चुपचाप थियो! मैले सोचेको थिएँ, त्यो हलचलको फाइदा उठाएर म आफ्नो डेस्कमा कसैले नदेख्ने गरी पुग्न सक्छु। तर, त्यो दिन सबै कुरा आइतबारको बिहान जस्तो चकमन्न थियो। झ्यालबाट मैले आफ्ना सहपाठीहरूलाई पहिले नै उनीहरूको ठाउँमा बसिसकेको देखें। श्री हेमल आफ्नो भयानक फलामे छडी च्यापेर राखेर यताउति हिँडिरहेका थिए। मैले सबैको अगाडि ढोका खोल्न र भित्र जानु पर्यो। तपाईं अनुमान गर्न सक्नुहुन्छ, म लाजले भुतुक्कै भएको र डराएको थिएँ।
झ्यालबाट मैले आफ्ना सहपाठीहरूलाई पहिले नै उनीहरूको ठाउँमा बसिसकेको देखें। श्री हेमल आफ्नो भयानक फलामे छडी च्यापेर राखेर यताउति हिँडिरहेका थिए।
तर केही भएन। श्री हेमलले मलाई देखे र धेरै ममताका साथ भने, "फुच्चे फ्रान्ज, छिट्टै आफ्नो ठाउँमा गएर बस, हामीले तिमीबिनै पाठ सुरु गर्न लागेका थियौँ।"
मैले बेञ्चलाई नाघ्दै आफ्नो डेस्कमा बसेँ। मेरो डर केही कम भएपछि मात्र मैले देखें, मेरो शिक्षकले आफ्नो सुन्दर हरियो कोट, झिलिमिली शर्ट, र सानो कालो रेशमी टोपी लगाएका थिए, जुन उनी निरीक्षण र पुरस्कार वितरणको दिनमा मात्र लगाउने गर्थे। पूरै स्कुल नै अनौठो र गम्भीर देखिन्थ्यो। तर मलाई सबैभन्दा बढी अचम्म के लाग्यो भने, जब मैले पछाडिका सधैँ खाली रहने बेञ्चहरूमा गाउँका मानिसहरू चुपचाप बसेका देखें।
तीन कुने टोपी लगाएका बुढा होसार, भूतपूर्व मेयर, भूतपूर्व हुलाकी, र अरू थुप्रै मानिसहरू पनि थिए। सबैको अनुहार खिन्न थियो। होसारले आफ्नो पहिलो किताब ल्याएका थिए, जसको किनारा निकै दोब्रिएको थियो। उनले त्यसलाई आफ्ना घुँडामा खोलेर राखेका थिए। उनका ठूला चस्मा किताबका पानामाथि राखिएका थिए।
श्री हेमल आफ्नो कुर्सीमा चढे, र मसँग बोले जस्तै गम्भीर र मधुरो स्वरमै भने, "मेरा बच्चाहरू हो, मैले तिमीहरूलाई दिने यो मेरो अन्तिम पाठ हो। अब अल्सास र लोरेनका स्कूलहरूमा जर्मन भाषा मात्र पढाउनु भन्ने आदेश बर्लिनबाट आएको छ।’’
जब म यो सबैबारे अचम्म मान्दै थिएँ, श्री हेमल आफ्नो कुर्सीमा चढे, र मसँग बोले जस्तै गम्भीर र मधुरो स्वरमै भने, "मेरा बच्चाहरू हो, मैले तिमीहरूलाई दिने यो मेरो अन्तिम पाठ हो। अब अल्सास र लोरेनका स्कूलहरूमा जर्मन भाषा मात्र पढाउनु भन्ने आदेश बर्लिनबाट आएको छ। नयाँ शिक्षक भोलि आउनेछन्। यो तिमीहरूको अन्तिम फ्रेन्च पाठ हो। म चाहन्छु, तिमीहरूले ध्यान दिएर सुन्नेछौ।"
यी शब्दहरू मेरो मनमा चट्याङझैँ बज्रिए।
ओहो, दुष्टहरू, उनीहरूले नगर सभामा यही कुरा टाँसेका रहेछन्!
मेरो अन्तिम फ्रेन्च पाठ! म त राम्रोसँग लेख्न पनि जान्दिनँ! अब मैले कहिल्यै जान्न पनि नपाउने भएँ! मैले त्यहीँ रोकिनुपर्ने भयो! ओहो, मैले आफ्नो पाठहरू नपढेकोमा, स्कुलबाट भागेर चराका अण्डा खोज्न गएकोमा, र बगरमा चिप्लेटी खेल्न गएकोमा धेरै पछुतो भयो! मेरा पुस्तकहरू, जो केही समयअघि मलाई बोझजस्तै लाग्थे, बोक्न गाह्रो हुन्थ्यो, मेरो व्याकरण र सन्तहरूको इतिहास अहिले मेरा पुराना साथी बनेका थिए, जसलाई मैले छोड्नै नसक्ने भएँ। अनि श्री हेमलले पनि छोडेर जाँदैछन्। अब मैले उनलाई कहिल्यै भेट्न नपाउने भएँ भन्ने कुराले उनको छडी र क्रोधी स्वभाव सबै बिर्साउन बाध्य पार्यो।
मेरो अन्तिम फ्रेन्च पाठ! म त राम्रोसँग लेख्न पनि जान्दिनँ! अब मैले कहिल्यै जान्न पनि नपाउने भएँ! मैले त्यहीँ रोकिनुपर्ने भयो! ओहो, मैले आफ्नो पाठहरू नपढेकोमा, स्कुलबाट भागेर चराका अण्डा खोज्न गएकोमा, र बगरमा चिप्लेटी खेल्न गएकोमा धेरै पछुतो भयो!
यो अन्तिम पाठको सम्मानमा उनले आइतवार लगाउने आफ्नो सुन्दर पोशाक लगाएका रहेछन्। अनि गाउँका वृद्धहरू कोठाको पछाडि किन बसेका रहेछन् भनेर अब मैले बुझेँ। उनीहरू पनि स्कुलमा धेरै दिन पढ्न नगएकोमा दुःखी भएका रहेछन्। यो हाम्रा मास्टरलाई उनको चालीस वर्षको निष्ठापूर्ण सेवाका लागि धन्यवाद दिन र अब उनीहरूको आफ्नो नरहेको देशप्रति सम्मान देखाउने उनीहरूको तरिका थियो।
मैले यो सबैबारे सोच्दै गर्दा आफ्नो नाम बोलाएको सुनेँ। पाठ सुनाउने मेरो पालो थियो। मैले व्याकरणका नियमहरू बिना कुनै गल्ती टड्कारो र प्रस्टसँग सुनाउन सकेको भए, म के दिन्न थिएँ होला? तर म पहिलो शब्दमै अल्मलिएँ र डेस्क समातेर उभिएँ। मुटु जोडले ढुकढुक गरिरहेको थियो अनि मैले माथि हेर्ने आँट पनि गर्न सकिनँ।
यो अल्सासको सबैभन्दा ठूलो समस्या हो; उसले कहिल्यै आजै सिक्न सुरू गर्दैन, भोलिका लागि टार्छ। अब ती बाहिरका मानिसहरूले तिमीलाई भन्नेछन्, 'यो के हो? तिमीहरू आफूलाई फ्रेन्च मान्छौं तर तिमीहरू न आफ्नो भाषा बोल्न जान्दछौ, न लेख्न नै।'
श्री हेमलले मलाई यसो भनिरहेको सुने, "म तिमीलाई गाली गर्दिनँ, फुच्चे फ्रान्ज; तिमीलाई अहिले नै पर्याप्त दुःख लागेको होला। हेर त, के भयो! हरेक दिन हामी आफैंलाई भन्छौं, 'आहा! मसँग धेरै समय छ। म भोलि पढ्नेछु।' अनि अहिले हेर त के भयो। ओहो, यो अल्सासको सबैभन्दा ठूलो समस्या हो; उसले कहिल्यै आजै सिक्न सुरू गर्दैन, भोलिका लागि टार्छ। अब ती बाहिरका मानिसहरूले तिमीलाई भन्नेछन्, 'यो के हो? तिमीहरू आफूलाई फ्रेन्च मान्छौं तर तिमीहरू न आफ्नो भाषा बोल्न जान्दछौ, न लेख्न नै।' तर, फ्रान्ज, दोष तिम्रो मात्रै छैन। हामी सबैले आफैंलाई दोष दिनुपर्ने धेरै कारण छन्।"
"तिम्रा आमाबाबुले पनि तिमीलाई पढाउन खासै चासो दिएनन्। उनीहरूले तिमीलाई खेत वा मिलमा काम गर्न पठाउन रुचाए, ताकि थोरै पैसा बढी कमाउन सकियोस । अनि म? म पनि दोषी छु। के मैले तिमीलाई धेरैपटक पाठ सिकाउनको सट्टा मेरा फूलहरूलाई पानी हाल्न लगाइनँ? अनि जब म माछा मार्न जान चाहन्थेँ, के मैले तिमीलाई छुट्टी दिइनँ?"
उनले पढाएको कुरा छर्लंग बुझेकोमा म छक्क परेँ। उनले पढाएको कुरा सबै यति सजिलो लागिरहेको थियो! मलाई लाग्छ, मैले कहिल्यै यति ध्यान दिएर सुनेको थिइनँ, र उनले पनि यति धैर्यताका साथ सबै कुरा कहिल्यै बुझाएका थिएनन्।
त्यसपछि, एकपछि अर्को कुरा गर्दै, श्री हेमलले फ्रेन्च भाषाबारे कुरा गर्न थाले। उनले भने, यो संसारकै सबैभन्दा सुन्दर भाषा हो—सबैभन्दा स्पष्ट, सबैभन्दा तर्कसंगत। हामीले यसलाई आफू माझ जोगाउनुपर्छ र कहिल्यै बिर्सनु हुँदैन । जब मानिसहरू दासत्वमा हुन्छन्, त्यसबेला उनीहरूले आफ्नो भाषालाई आफूसँग जेलको चाबी भए जस्तै गरी दृढतापूर्वक जोगाउँछन् ।
त्यसपछि उनले व्याकरणको पुस्तक पल्टाए र हामीलाई हाम्रो पाठ पढाउन थाले। उनले पढाएको कुरा छर्लंग बुझेकोमा म छक्क परेँ। उनले पढाएको कुरा सबै यति सजिलो लागिरहेको थियो! मलाई लाग्छ, मैले कहिल्यै यति ध्यान दिएर सुनेको थिइनँ, र उनले पनि यति धैर्यताका साथ सबै कुरा कहिल्यै बुझाएका थिएनन्। यस्तो लाग्थ्यो, बिचरा मास्टरले आफू जानुअघि आफूले जानेका सबै कुरा हामीलाई दिन चाहन्थे र यी सबै चिज एकै पटक हाम्रो दिमागमा हाल्न चाहन्थे।
छानोमा परेवा बिस्तारै घुर्दै थियो, अनि मैले सोचें, "के उनीहरूले परेवालाई पनि जर्मनमा गाउन लगाउनेछन्?"
व्याकरणको पाठपछि हामीले लेखाइको पाठ सुरु गर्यौं। त्यस दिन श्री हेमलले हामीलाई नयाँ कपीहरुमा लेख्न दिए। सुन्दर गोलो अक्षरमा लेखिएको थियो— फ्रान्स, अल्सास, फ्रान्स, अल्सास**। ती शब्दहरू स्कुलको कक्षाको हरेक ठाउँमा झन्डाजस्तै फरफराइरहेको जस्तो देखिन्थ्यो, जो हाम्रा डेस्कको माथिको छडमा झुन्डिएका थिए। तिमीले देख्नुपर्थ्यो, सबैजना कसरी काममा लागेका थिए, अनि कस्तो शान्त वातावरण थियो! कागजमा कलम घस्रिएको आवाजबाहेक अरू केही सुनिँदैन थियो। एकपटक केही किराहरू भित्र पसे; तर कसैले तिनीहरूलाई वास्ता गरेनन्। साना बच्चाहरूले समेत वास्ता गरेनन्, जो आफ्नो माछा पक्रने बल्छीको आकारको नक्कल उतार्न लागिरहेका थिए, मानौँ त्यो पनि फ्रेन्च होस्। छानोमा परेवा बिस्तारै घुर्दै थियो, अनि मैले सोचें, "के उनीहरूले परेवालाई पनि जर्मनमा गाउन लगाउनेछन्?"
जब मैले लेखाइ रोकी टाउको उठाएर हेरेँ, मैले श्री हेमललाई उनको कुर्सीमा हलचल नगरिकन बसेको देखेँ। उनी कहिले एउटा वस्तुमा, कहिले अर्को वस्तुमा हेर्थे, मानौँ उनी त्यो सानो विद्यालयको कोठामा सबै कुरा कसरी देखिन्छ भनेर आफ्नो दिमागमा अंकित गर्न चाहन्थे। सोच त! चालीस वर्षसम्म उनी त्यहीँ ठाउँमा थिए। झ्यालको बाहिर उनको बगैंचा र ठीक अगाडि कक्षाकोठा थियो। केवल डेस्क र बेन्चहरू घिस्रिएर चिल्ला भएका थिए; बगैंचामा रहेका ओखरका रूखहरू अग्ला भएका थिए, र उनले आफैं रोपेका होपका लहराहरू झ्यालबाट हुँदै छानोसम्म पुगेका थिए। यो सबै छोडेर जाँदा उनको मन दुखेको हुनुपर्छ। बिचरा! माथिको कोठामा उनकी दिदीले बाकसहरू प्याक गरिरहेको आवाज सुनिदै थियो, किनभने उनीहरूले भोलिपल्ट देश छोड्नुपर्थ्यो।
कोठाको पछाडि बसेका बुढा होसारले आफ्नो चस्मा लगाएर, दुई हातले पहिलो किताब समातेर अक्षरहरू उच्चारण गर्दै थिए। तिमीले देख्न सक्थ्यौ, उनी पनि रोइरहेका थिए; उनको स्वर उत्तेजनाले कामिरहेको थियो।
तर उनले अन्तिमसम्म नै प्रत्येक पाठ सुन्ने साहस गरे। लेखनपछिको पाठ इतिहासको थियो, अनि त्यसपछि बच्चाहरूले उनीहरूको "बा, बे, बी, बो, बु" गाउन थाले।
कोठाको पछाडि बसेका बुढा होसारले आफ्नो चस्मा लगाएर, दुई हातले पहिलो किताब समातेर अक्षरहरू उच्चारण गर्दै थिए। तिमीले देख्न सक्थ्यौ, उनी पनि रोइरहेका थिए; उनको स्वर उत्तेजनाले कामिरहेको थियो। उनको आवाज यति अनौठो लागिरहेको थियो कि हामी सबैलाई एकैचोटि हाँस्न र रुन मन लागिरहेको थियो। अहा, मलाई कत्तिको राम्रोसँग सम्झना छ, त्यो अन्तिम पाठ!
एक्कासि चर्चको घडीमा बाह्र बज्यो। त्यसपछि एन्जेलसको घण्टी बज्यो। त्यसै समयमा, प्रशियन सेनाले अभ्यासबाट फर्किंदै गर्दा बजाएका बिगुलहरूको आवाज हाम्रो झ्यालमुनि सुनियो। श्री हेमल निकै मलिन अनुहार लगाएर कुर्सीबाट उठे। मैले उनलाई यति अग्लो कहिले देखेको थिइनँ।
उनी ब्ल्याकबोर्डतिर फर्किए, एउटा चक लिए, र आफ्नो सम्पूर्ण शक्ति लगाएर ठूलो अक्षरमा लेखे— "Vive La France!" (फ्रान्स जिन्दाबाद)।
"मेरा साथीहरू," उनले भने, "म—म—" तर कुनै चिजले उनको गला अवरुद्ध गर्यो। उनी बोल्न सकेनन्।
त्यसपछि उनी ब्ल्याकबोर्डतिर फर्किए, एउटा चक लिए, र आफ्नो सम्पूर्ण शक्ति लगाएर ठूलो अक्षरमा लेखे— "Vive La France!" (फ्रान्स जिन्दाबाद)।
त्यसपछि उनी रोकिए, आफ्नो टाउको पर्खालमा अड्याए, र एउटा शब्द पनि नबोली, हामीतर्फ हातले इशारा गरे—"विद्यालय सकियो—तिमीहरू जान सक्छौ।"
* आधुनिक जर्मनीमा पर्ने एउटा राज्य । बर्लिन केन्द्र रहेको यो राज्य १७औँ शताब्दीदेखि १९ औँ शताब्दीसम्म युरोपको शक्तिशाली राज्यहरूमा गनिन्थ्यो।
** फ्रान्सको पूर्वी भागमा रहेको एउटा ऐतिहासिक क्षेत्र
(प्रसिद्ध फ्रान्सेली साहित्यकार अल्फोंस ददेद्वारा लिखित "द लास्ट लेसन" (La Dernière Classe) को नेपाली अनुवाद । भाषा, देशभक्ति, र स्वाभिमानको महत्त्वलाई चित्रण गर्ने कथा १८७०–७१ को फ्रान्स-प्रसिया युद्धको सेरोफेरोमा आधारित छ ।)
अनुवाद: केदार सिटौला
प्रतिक्रिया