नेतृत्वको नयाँ परिभाषा: नायिब बुकेले र एल साल्भाडोरको कथा

‘‘कसैले चोरी नगर्ने हो भने यहाँ सबैलाई पुग्ने पैसा छ !”

एल साल्भाडोरका राष्ट्रपत्ति नायिब बुकेले केही वर्षयता संसारकै सबैभन्दा लोकप्रिय नेताको सूचीमा लगातार रहँदै आएका छन्। उनको नयाँ व्यक्तित्व र नयाँ प्रकारको शासन शैलीका बारेमा विश्वभर अत्यधिक चर्चा हुने गरेको छ।

नायिब बुकेलेको जन्म सन् १९८१ मा एल साल्भाडोरको राजधानी सान साल्भाडोरमा भएको थियो। उनका पिता अर्मान्डो बुकेले कतानी प्यालेस्टाइनी मूलका व्यवसायी थिए। सुरुमा बुकेले परिवार क्रिश्चियन धर्मावलम्बी थियो। १९८० मा अर्मान्डो बुकेलेले आफ्नो धर्म परिवर्तन गरेर इस्लाम अपनाए र सान साल्भाडोरमा पहिलो मस्जिद निर्माण गरे। नायिब बुकेलेले अधिवक्ता बन्ने उद्देश्यका साथ विश्वविद्यालयमा कानुन अध्ययन गर्न सुरु गरेका थिए। पछि उनले आफ्नो पिताको व्यवसाय सम्हाल्न आफ्नो अध्ययन परित्याग गरे। उनले पिताको विज्ञापन एजेन्सीमा काम गर्न थाले। यो एजेन्सीले एल साल्भाडोरको वामपन्थी राजनीतिक पार्टी एफएमएलएन (FMLN) को लागि प्रचार गर्ने गर्थ्यो। नायिब बुकेलेले १९९९ मा ओबरमेट भन्ने आफ्नै मार्केटिङ कम्पनी खोले, जसले २००४ को राष्ट्रपति निर्वाचनमा सफिक हान्दाल र २००९ मा मोरिसियो फुनेसजस्ता एफएमएलएनका नेताहरूका लागि चुनाव प्रचार गर्‍यो।

२०११ मा नायिब बुकेलेले राजनीतिमा प्रवेश गरे। उनले एफएमएलएनमा प्रवेश गरे र न्युभो कुस्काटल्यान नगरको मेयर पदका लागि उम्मेदवारी दिए। सो चुनाव जित्दै बुकेले एल साल्भाडोरकै सबैभन्दा कम उमेरको मेयर बने। नायिब बुकेलेले आफ्नो मेयरको रूपमा उल्लेखनीय काम गरे। न्युभो कुस्काटल्यानको मेयर बनेपछि नायिब बुकेलेले आफ्नो सम्पूर्ण तलब उच्च माध्यमिक तहका विद्यार्थीहरूलाई छात्रवृत्तिका लागि दान गरे। त्यस्तै, उनले आफ्नो नगरका निर्माण परियोजनाहरूमा ठूलो मात्रामा बजेट विनियोजन गरे। नगरका सडकमा गस्ती गर्ने सुरक्षा अधिकारीहरूको संख्या तीन गुणाले बढाए। साथै, उनले आफूले गरेका सबै कामहरू युट्युबमा अपलोड गरे।

न्युभो कुस्काटल्यानको मेयर बनेपछि नायिब बुकेलेले आफ्नो सम्पूर्ण तलब उच्च माध्यमिक तहका विद्यार्थीहरूलाई छात्रवृत्तिका लागि दान गरे। त्यस्तै, उनले आफ्नो नगरका निर्माण परियोजनाहरूमा ठूलो मात्रामा बजेट विनियोजन गरे।

जब मानिसहरूले यी सबै काम गर्नका लागि आर्थिक स्रोत कसरी प्राप्त हुन्छ भनेर प्रश्न गरे, उनले चोटिलो जवाफ दिए - “यदि कसैले चोरी नगर्ने हो भने यहाँ सबैलाई पुग्ने पैसा छ।” पछि यो भनाइ उनको चर्चित नारा बन्यो। उनको लोकप्रियता बढ्दै गयो। नगरको मेयरको रूपमा आफ्नो कार्यकाल नसकिंदै उनले राजधानी सान साल्भाडोरको मेयरको चुनाव लड्ने घोषणा गरे।

बुकेलेले २०१५ मा राजधानीको मेयरका लागि एफएमएलएनको तर्फबाट उम्मेदवार बने। यो चुनावमा पनि उनले सहज रूपमा जित हासिल गरे। मेयर बनेपछि उनले शहरमा जारी हिंसा र अपराधलाई नियन्त्रण गर्नका लागि तत्काल काम सुरु गरे। उनले सान साल्भाडोरलाई पुनःव्यवस्थितिकरणको योजना सुरु गरे। यस योजनाको उद्देश्य शहरको ऐतिहासिक केन्द्रलाई पुनर्जीवित गर्नु र सुरक्षा व्यवस्थामा सुधार गर्नु थियो।

https://www.greenleft.org.au

यस योजना अन्तर्गत उनले शहरका सडक व्यापारीहरूलाई एउटा शहरभन्दा पर एउटा बजार निर्माण गरेर त्यहाँ सार्ने योजना अघि सारे। कतिपय सडक व्यापारीले यो योजनाको विरोध गरे। त्यस्तै, बुकेलेले अपराधविरुद्ध लड्न २०१६ को सुरुदेखि सान साल्भाडोरका सबै सडक र गल्लीहरूमा १००% बत्ती जडान गर्ने योजना अघि सारे। यो योजना मे महिनाभित्र सम्पन्न गरे। त्यस्तै, उनले शहरका सर्वाधिक हिंसात्मक स्थानहरूमा सिसिटिभी जडान गर्न लगाए।

सान साल्भाडोरलाई पुनःव्यवस्थितिकरणको योजनाअन्तर्गत उनले शहरका सडक व्यापारीहरूलाई एउटा शहरभन्दा पर एउटा बजार निर्माण गरेर त्यहाँ सार्ने योजना अघि सारे।

बुकेलेले आफूले गरेका सबै कामहरूलाई भिडियोमा छायांकन गरेर सामाजिक सञ्जालमा पोस्ट गर्थे। यसले उनको लोकप्रियता दिनप्रतिदिन बढाउँदै लग्यो। सामाजिक सञ्जालमा उनी देशकै सबैभन्दा बढी फलोवर भएका व्यक्ति बने। उनले लोकप्रियताको मामिलामा एल साल्भाडोरका राष्ट्रपतिलाई समेत सहजै पछि पारे।

सुरुमा नायिब बुकेलेलाई उनको पार्टी एफएमएलएनले आफ्नो उदाउँदो नेताको रूपमा लिएको थियो। तर उनको कार्यशैली र वामपन्थी पार्टीको सोचबीच छिट्टै टकराव सुरु हुन थाल्यो। बुकेलेले खुला रूपमा पार्टी नेतृत्वको आलोचना गर्न थाले। पार्टी र उनको बीचको टकराव एकदमै तिक्ततापूर्ण बन्दै गयो। पार्टी नेताहरूलाई बुकेलेले निरन्तर सामाजिक सञ्जालमा गालीगलौज गरिरहन्थे। अझ पार्टीका तर्फबाट एल साल्भाडोरका राष्ट्रपत्ति बनेका साल्भाडोर सान्चेज सेरोनका उनी कटु आलोचक थिए। निरन्तरको टकरावपछि २०१७ मा एफएमएलएनले नायिब बुकेलेलाई आफ्नो पार्टीबाट निस्कासित गर्‍यो

बुकेलेले खुला रूपमा पार्टी नेतृत्वको आलोचना गर्न थाले। पार्टी र उनको बीचको टकराव एकदमै तिक्ततापूर्ण बन्दै गयो। पार्टी नेताहरूलाई बुकेलेले निरन्तर सामाजिक सञ्जालमा गालीगलौज गरिरहन्थे।

पार्टीबाट निस्कासन भएको एक महिनाभित्रै नायिब बुकेलेले नयाँ पार्टी गठन गरे। उनले गठन गरेको पार्टीको नाम थियो न्युभास आईडियाज (Nuevas Ideas), जसको अर्थ हुन्छ "नव विचार।" न्युभास पार्टीले आफूलाई प्रजातान्त्रिक, विकेन्द्रीकरणवादी, बहुलवादी र समावेशी विचारको पक्षपाति भनेर दाबी गर्छ। त्यस्तै, यो पार्टीले आफूलाई पुराना, अहिलेको समयमा लागू नहुने, बेचल्तिका सिद्धान्तहरूबाट मुक्त रहेको बताउने गर्छ। नायिब बुकेलेबारे एउटा भनाइ छ - उनलाई पुराना जस्ता देखिने र हजुरआमाको अलमारीजस्तो बास्ना आउने हरेक चिजबाट एलर्जी छ।

नायिब बुकेलेले २०१९ को राष्ट्रपति चुनावमा एल साल्भाडोरका दुई परम्परागत पार्टीहरू एफएमएलएन र एरिना (नेसनलिस्ट रिपब्लिकन एलायन्स) विरुद्ध संस्थापनविरोधी उम्मेदवारका रूपमा खडा भए। राष्ट्रपति चुनावको क्रममा उनले सामाजिक सञ्जाल, युट्युबरहरू, ब्लगरहरू, र इन्टरनेट ट्रोलहरूको एउटा नेटवर्क परिचालन गरेका थिए, जसले एरिना र एफएमएलएन पार्टीलाई निशाना बनाए। बुकेलेले यी दुई पार्टीहरूले विगतमा सरकारमा हुँदा गरेका भ्रष्टाचारका काण्डहरूलाई व्यापक प्रचारप्रसारमा ल्याए।

चुनावी अभियानको बेलामा नायिब बुकेलेको चर्चित नारा थियो - "कसैले नचोर्ने हो भने यहाँ पर्याप्त पैसा छ" र "चोरी गरिएको पैसा फिर्ता गर।" त्यस्तै, उनले भ्रष्टाचारविरुद्ध लड्न अन्तर्राष्ट्रिय आयोगको स्थापना गर्ने वाचा पनि गरेका थिए।

नायिब बुकेलेबारे एउटा भनाइ छ - उनलाई पुराना जस्ता देखिने र हजुरआमाको अलमारीजस्तो बास्ना आउने हरेक चिजबाट एलर्जी छ।

नायिब बुकेलेले सम्पूर्ण चुनावी अभियान सामाजिक सञ्जालमा आधारित भएर सञ्चालन गरे। उनले फेसबुक, इन्स्टाग्राम, र टुइटरजस्ता सामाजिक सञ्जालको अत्यधिक रूपमा प्रयोग गरे। उनको टिमले सामाजिक सञ्जालमा भाइरल ट्रेन्डहरू सिर्जना गर्थ्यो र मार्मिक विज्ञापनहरू बनाउँथ्यो। उनले विपक्षीहरूको खिल्ली उडाउँदै भन्थे - "मेरा प्रतिस्पर्धीहरू देशभर अनेकौं सभाहरू गर्दै हिँडेका छन् तर म आफ्नो मोबाइलबाटै अभियान चलाउन सक्छु।"

यसलाई व्याख्या गर्दै उनले भनेका थिए - "मेरो लागि यो सञ्चार माध्यमको फिल्टरबिना आम जनतासम्म पुग्ने एक मात्र माध्यम थियो।" नायिब बुकेलेले ३ फेब्रुअरी २०१९ मा भएको राष्ट्रपति निर्वाचनमा ५३.१ प्रतिशत मत ल्याएर निर्वाचित भए। त्यसबेला उनी जम्मा ३७ वर्षका मात्र थिए। एल साल्भाडोरको इतिहासमा विगत ३४ वर्षमा एरिना वा एफएमएलएन बाहेक अन्य पार्टीबाट राष्ट्रपतिको पदमा निर्वाचित भएको यो पहिलो घटना थियो।

राष्ट्रपतिमा बनेपछि नायिब बुकेलेले आफ्नो मुख्य प्राथमिकता देशको सुरक्षा व्यवस्था तर्फ केन्द्रित गरे। त्यसबेला एल साल्भाडोरको सुरक्षा व्यवस्था यति दयनीय थियो कि यो देशलाई संसारकै "हत्याको राजधानी" भनिन्थ्यो।

राष्ट्रपतिमा बनेपछि नायिब बुकेलेले आफ्नो मुख्य प्राथमिकता देशको सुरक्षा व्यवस्था तर्फ केन्द्रित गरे। त्यसबेला एल साल्भाडोरको सुरक्षा व्यवस्था यति दयनीय थियो कि यो देशलाई संसारकै "हत्याको राजधानी" भनिन्थ्यो। यस डरलाग्दो अवस्थालाई यो तथ्यांकले प्रतिबिम्बित गर्दछ: सन् २०१५ मा एल साल्भाडोरमा हत्यादर प्रति एक लाखमा १०५ थियो।

एल साल्भाडोरमा आपराधिक गिरोहहरूको बोलबाला थियो। सरकार र जनता पूर्ण रूपमा यी आपराधिक ग्याङ्गहरूबाट त्रसित थिए। यी ग्याङ्गहरूको विकास हुनुको पछाडि केही राजनीतिक र सामाजिक कारणहरू थिए।

एल साल्भाडोरका वामपन्थी संगठन एफएमएलएनका छापामारहरु । https://biblioteca.utec.edu.sv

सन् १९७९ मा एल साल्भाडोरमा वामपन्थी संगठन एफएमएलएनले तत्कालीन सैन्य शासनविरुद्ध गुरिल्ला युद्ध सुरु गर्यो। यो लडाइँ करिब १२ वर्षसम्म चल्यो। अमेरिका समर्थित सैन्य सत्ता र क्युबा समर्थित वामपन्थी गुरिल्लाहरू बीच भीषण लडाइँ भएको थियो। पुरै ल्याटिन अमेरिकामा, निकारागुवापछि एल साल्भाडोरका एफएमएलएनहरू मात्रै जितको संघारमा पुग्न सफल भएका थिए।

सन् १९९२ मा एल साल्भाडोर सरकार र एफएमएलएन बीच शान्ति सम्झौता भयो। तर यो गृहयुद्धको नकारात्मक असर अर्को रूपमा देखिन थाल्यो। गृहयुद्धका क्रममा लाखौँ साल्भाडोरियनहरू विस्थापित भएका थिए। तीमध्ये केही अमेरिकामा शरणार्थीको रूपमा पुगेका थिए। अमेरिकाको लस एन्जेलस शहरमा साल्भाडोरियन युवाहरू आपराधिक ग्याङ्गहरूमा समावेश भए। गृहयुद्धको अन्त्यपछि उनीहरूलाई अमेरिकाबाट निष्कासित गरियो। स्वदेश फर्किएपछि पनि यहाँ उनीहरूले आफ्नो आपराधिक क्रियाकलाप सुरु गरे।

एल साल्भाडोरमा एमएस १३ (MS13) ब्यारियो १८ (Barrio 18) सबैभन्दा शक्तिशाली ग्याङ्गहरू थिए। यी ग्याङ्गहरूमा विशेष गरी गरिब, शहरी युवा र सिमान्तकृत वर्गका मानिसहरू समावेश हुन्थे। सन् २०१९ को अनुमानअनुसार, एल साल्भाडोरमा यी ग्याङ्गहरूमा करिब ६७,००० मानिसहरू आबद्ध थिए।

यी ग्याङ्गहरूले एल साल्भाडोरको ठूलो इलाकामा दबदबा कायम गरेका थिए। साँचो अर्थमा भन्नुपर्दा, उनीहरूले समानान्तर सरकार नै सञ्चालन गर्न थालेका थिए।

एल साल्भाडोरमा रहेको गरिबी, बेरोजगारी, र आधारभूत आवश्यकतामा पहुँचको अभावले यी समूहहरूको विकासमा ठूलो भूमिका खेलेको थियो। यी ग्याङ्गहरूले मुख्य रूपमा जबरजस्ती पैसा असुली, लागुपदार्थको व्यापार, र अपहरणजस्ता गतिविधिहरूमा संलग्न हुन्थे।

यी ग्याङ्गहरूले एल साल्भाडोरको ठूलो इलाकामा दबदबा कायम गरेका थिए। साँचो अर्थमा भन्नुपर्दा, उनीहरूले समानान्तर सरकार नै सञ्चालन गर्न थालेका थिए। आफ्नो इलाकामा सडक व्यापारीदेखि ठूला कम्पनीसम्म जबर्जस्ती चन्दा र कर असुल्थे। उनीहरूको आदेश नमाने जोसुकैलाई पनि गोली हानेर हत्या गर्थे।

ग्याङ्गका सदस्यलाई सिधा हेर्दा वा आदेश नमानेमा समेत आम साल्भाडोरियनको हत्या हुन्थ्यो। विगतका सरकारहरूले पनि यी ग्याङ्गहरूलाई नियन्त्रण गर्ने प्रयास नगरेका होइनन्। ती सरकारहरूले कहिलेकाहीँ ग्याङ्गलाई दबाउन सुरक्षाकर्मी परिचालन गर्ने त कहिलेकाहीँ मेलमिलापको प्रयास गर्ने गर्थे। तर हरेक प्रकारका प्रयासहरू असफल भइरहे। हिँसाको नयाँ दुश्चक्र सुरु हुन्थ्यो।

अपराधिक ग्याङ्गहरुको आतंकलाई र हिंसालाई नियन्त्रण गर्न नायिब बुकेलेले सुरुमा शान्तिपूर्ण उपाय अपनाए। उनले एमएस-१३ ब्यारियो-१८ लाई हत्या र हिंसा रोक्ने बापत नगद प्रोत्साहन दिने नीति लागू गरे। यसका कारण हत्याको दर केही समयका लागि घटेको थियो। यो नीति केही हदसम्म विवादास्पद पनि बनेको थियो। उनले अपराधिक ग्याङ्गहरूविरुद्ध लड्ने दीर्घकालीन रणनीति अनुरूप यो कदम चालेका थिए।

एल साल्भाडोरको सेना । https://www.worldpoliticsreview.com

यसै रणनीति अनुसार उनले देशको सुरक्षा बजेट बढाउने निर्णय गरे। उनले एल साल्भाडोरको सेनाको संख्या २० हजारबाट ४० हजार पुर्‍याउने योजना अघि सारे। त्यस्तै, यो योजना अन्तर्गत सुरक्षाकर्मीहरूको सेवा र सुविधामा पनि सुधार गरियो। तर देशको संसदले यो निर्णय अनुमोदन गर्न अस्वीकार गर्‍यो। परिणामस्वरूप, उनले सन् २००० मा सेना र प्रहरीलाई संसद भवनतर्फ मार्च गर्न लगाए र सांसदहरूलाई धम्क्याएर आफ्नो योजनाका लागि बजेट विनियोजन गर्न बाध्य गराए।

सन् २०२२ मा, एल साल्भाडोरका ग्याङ्गहरूले सरकारसँगको अनौपचारिक सहमति तोड्दै आफ्नो हिंसात्मक गतिविधिलाई तीव्र बनाए। मार्च महिनाको एउटा हप्तामा मात्र ८७ भन्दा बढी व्यक्तिको हत्या भयो। यो संख्या १२ वर्षे गृहयुद्धपछिको सर्वाधिक रक्तपात थियो। राष्ट्रपति नायिब बुकेलेले यो हिंसाको कठोरताका साथ जवाफ दिने प्रण गरे।

https://cloudfront-us-east-2.images.arcpublishing.com

प्रहरीले आम जनतालाई टेलिफोन हटलाइनमार्फत शंकास्पद व्यक्तिहरूबारे सूचना दिन आग्रह गर्‍यो। प्रहरीले त्यो समयमा आफ्नो शरीरमा ट्याटु बनाउने र ग्याङ्गका सदस्यले जस्तै फेसनका कपडा लगाउनेहरूलाई समेत गिरफ्तार गर्न थाल्यो।

उनले देशमा संकटकाल लागू गर्दै सुरक्षाकर्मीहरूलाई वारेन्ट बिना गिरफ्तारी गर्ने र न्यायिक सुनुवाइ बिना थुनामा राख्न पाउने विशेष अधिकार प्रदान गरे। एल साल्भाडोरका सेनाहरू ग्याङ्ग-नियन्त्रित क्षेत्रहरू कब्जा गर्न अघि बढे। प्रहरीले घर-घरमा छापा मार्न र शंकास्पद व्यक्तिहरूको खोजतलास गर्न थाल्यो। ग्याङ्गका शंकास्पद सदस्यहरू र तिनका मतियारहरूलाई घर, काम गर्ने स्थान, स्कुल र सडक जहाँ भेटिन्छ, त्यहींबाट गिरफ्तार गर्न थालियो। हरेक दिन १,००० भन्दा बढी व्यक्तिहरू पक्राउ पर्न थाले।

प्रहरीले आम जनतालाई टेलिफोन हटलाइनमार्फत शंकास्पद व्यक्तिहरूबारे सूचना दिन आग्रह गर्‍यो। प्रहरीले त्यो समयमा आफ्नो शरीरमा ट्याटु बनाउने र ग्याङ्गका सदस्यले जस्तै फेसनका कपडा लगाउनेहरूलाई समेत गिरफ्तार गर्न थाल्यो। त्यतिबेला यति धेरै मानिसहरू गिरफ्तार भए कि देशको सबैभन्दा ठूलो जेल, जसमा १०,००० जनासम्म कैदी राख्न सक्ने क्षमता थियो, त्यहाँ तीन गुणा बढी मानिसहरू थुनिएका थिए।

नायिब बुकेलेले ग्याङ्गका सदस्यहरूलाई थुन्नका लागि ४०,००० कैदीहरूको क्षमता भएको एउटा विशाल कारागार निर्माण गराए। आतंकवाद कारावास केन्द्र (CEOT) नामक यो कारागार ७ महिनाभित्र तयार गरियो। विगतमा जेलभित्र रहेका ग्याङ्गका सदस्यहरूले विलासितापूर्ण जीवन बिताउँथे। उनीहरूले जेलभित्रै ड्रग्स, नाचगान, पार्टी र वेश्यागमनसमेतको मोजमस्तीको जीवनशैली बिताउँथे, जसका भिडियोहरू युट्युबमा प्रसारित गरिएका थिए। यसले ग्याङ्गप्रति युवा वर्गको आकर्षणलाई बढाउँथ्यो।

तर नायिब बुकेलेले ग्याङ्गहरूविरुद्ध मनोवैज्ञानिक युद्ध सुरु गरे। नयाँ कारागारमा यी ग्याङ्गका सदस्यहरूको सबै अधिकार खोसियो। उनीहरूलाई दिनको केवल दुई पटक मात्र खाना दिइन्थ्यो। फलामे तख्तामा बिना कुनै बिछ्यौना सुत्नुपर्थ्यो। उनीहरूलाई बेलाबेला कट्टु मात्र लगाएर जेलका गल्लीहरूमा अपमानपूर्वक घस्रिन लगाइन्थ्यो। यी सबै दृश्यहरू समावेश गरिएका भिडियोहरू टेलिभिजनमार्फत प्रसारण गरिए। यसले आपराधिक गिरोहहरूको मनोबल तोड्न ठूलो सहयोग गर्‍यो।

नायिब बुकेलेले ग्याङ्गहरूविरुद्ध मनोवैज्ञानिक युद्ध सुरु गरे। नयाँ कारागारमा यी ग्याङ्गका सदस्यहरूको सबै अधिकार खोसियो। उनीहरूलाई दिनको केवल दुई पटक मात्र खाना दिइन्थ्यो।

नायिब बुकेलेको यो कठोर शैलीले एल साल्भाडोरमा हिंसा रोक्न सफल भयो। सन् २०२२ मा एल साल्भाडोरमा हत्या दर ५० प्रतिशतले घट्यो। सन् २०२३ मा यो दर ७० प्रतिशतले घट्यो। अझ विस्तृत रूपमा हेर्दा, सन् २०२१ मा प्रति लाखमा हत्याको दर १७.६ थियो भने २०२२ मा यो ७.८ मा झर्‍यो। त्यस्तै, सन् २०२३ मा यो २.४ मा झरेको थियो र २०२४ मा झन् घटेर १.९ मा पुगेको थियो। ग्याङ्गहरूको हिंसात्मक गतिविधिविरुद्धको यो अभियान अभूतपूर्व रूपमा सफल भएको थियो। अब, एल साल्भाडोरका आम मानिसहरू दशकौंपछि पहिलो पटक बिना कुनै त्रास दिनरात कुनै पनि समयमा आफ्नो सहर र बजारमा निर्धक्क घुम्न सक्थे। व्यवसायीहरूले ग्याङ्गहरूलाई हप्ता र कर नबुझाई आफ्नो कारोबार र व्यवसाय सहज रूपमा सञ्चालन गर्न सक्थे।

सन् २०२१ मा नायिब बुकेलेले एल साल्भाडोरलाई बिटकोइनलाई वैध मुद्राको रूपमा स्वीकार गर्ने पहिलो मुलुकका रूपमा घोषणा गरे। यो निकै ठूलो कदम थियो। उनले आफ्नो देशमा भू-तापीय ऊर्जा (जियोथर्मल उर्जा) बाट सञ्चालित बिटकोइन सहर स्थापना गर्ने र बिटकोइन एटीएम स्थापना गर्ने घोषणा गरे। उनका यी सबै योजनाहरू पूर्ण रूपमा कार्यान्वयन हुन सकेका छैनन्, तर यी घोषणाहरूले एल साल्भाडोरलाई विश्वभर चर्चित बनायो।

अब, एल साल्भाडोरका आम मानिसहरू दशकौंपछि पहिलो पटक बिना कुनै त्रास दिनरात कुनै पनि समयमा आफ्नो सहर र बजारमा निर्धक्क घुम्न सक्थे। व्यवसायीहरूले ग्याङ्गहरूलाई हप्ता र कर नबुझाई आफ्नो कारोबार र व्यवसाय सहज रूपमा सञ्चालन गर्न सक्थे।

नायिब बुकेलेले राजनीतिको नाममा देशमा भइरहेको फजुल खर्च रोक्न नगरपालिकाहरू र विधायिकाको संख्या घटाउने काम गरे। उनको प्रस्ताव अनुसार, जम्मा ८,००० वर्ग किलोमिटर र ६० लाख जनसंख्या भएको देशमा २६२ नगरपालिका र ८० संसद सदस्य हुनु आवश्यकताभन्दा धेरै थियो। उनले नगरपालिकाहरूलाई घटाएर ५० मा सीमित गर्ने र संसद सदस्यहरूको संख्या ६० मा झार्ने प्रस्ताव राखे। उनका सुझाव अनुसार सन् २०२३ मा नगरपालिकाहरू र विधायिकाको संख्या घटाइयो।

यी सबै उपलब्धिहरूका कारण नायिब बुकेलेको लोकप्रियता बढ्दै गइरहेको थियो। तर, एल साल्भाडोरको संविधान अनुसार एउटै व्यक्ति लगातार दुई पटक राष्ट्रपति बन्न मिल्दैन थियो। एक पटक राष्ट्रपति बनेपछि सो व्यक्तिले १० वर्षपछि मात्र फेरि त्यो पदका लागि उम्मेदवार बन्न योग्य हुन्थ्यो। सन् २०२१ मा भएको संसदको चुनावमा बुकेलेको पार्टीले अत्यधिक बहुमत पाएको थियो। उनको पार्टीको सरकारले सर्वोच्च अदालतका ५ जना न्यायाधीश र महान्यायाधिवक्तालाई हटाएर आफू नजिकका व्यक्तिहरू नियुक्त गरेको थियो।

एल साल्भाडोरको सर्वोच्च अदालतले २०२१ मा एउटा निर्णय गर्दै कुनै पनि व्यक्तिले लगातार दोस्रो पटक पनि राष्ट्रपति बन्न पाउने निर्णय गरेको थियो। यही निर्णयका आधारमा सन् २०२४ मा भएको राष्ट्रपति निर्वाचनमा नायिब बुकेले फेरि उम्मेदवार बने। ४ फेब्रुअरी २०२४ मा एल साल्भाडोरमा भएको राष्ट्रपति निर्वाचनमा नायिब बुकेले अत्यधिक बहुमत प्राप्त गरेर विजयी भए। उनले निर्वाचनमा कुल खसेको मतको ८४.६५ प्रतिशत मत प्राप्त गरेका थिए। नायिब बुकेले ४३ वर्षको उमेरमा दोस्रो पटक राष्ट्रपति बनेका छन्।

त्यस्तै, उनको दल न्युभास आईडियाजले संसदको ६० मध्ये ५४ सिट जितेको छ। स्थानीय तहमा समेत ४४ मध्ये ४३ नगरपालिकामा जित हासिल गरेको छ। नायिब बुकेलेले आफ्नो राजनीतिक करियर सुरु गरेको पुरानो पार्टी एफएमएलएन, जसले १२ वर्षसम्म सैन्य सरकारविरुद्ध सशस्त्र गुरिल्ला युद्ध गरेको थियो, त्यो पूर्ण रूपमा पराजित भएको छ। एफएमएलएनले देशभरमा न एउटा नगरपालिका जित्न सफल भयो, न त संसदमा एउटा सिट नै जित्न सक्यो।

यति बेला नायिब बुकेले संसारमै आफ्नो देशका आम जनताबीच सबैभन्दा लोकप्रिय नेता बनेका छन्। उनको लोकप्रियता दर ९१ प्रतिशत छ  । नायिब बुकेलेको यो अभूतपूर्व राजनीतिक जीवन के अर्थमा पनि महत्वपूर्ण छ भने यसले विश्वमा अब लोकप्रिय हुने सम्भाव्य राजनीतिक कार्यशैलीबारे जानकारी दिन्छ।

यति बेला नायिब बुकेले संसारमै आफ्नो देशका आम जनताबीच सबैभन्दा लोकप्रिय नेता बनेका छन्। उनको लोकप्रियता दर ९१ प्रतिशत छ, भने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको ८० प्रतिशत र भारतका नरेन्द्र मोदीको ७६ प्रतिशत रहेको छ। नायिब बुकेलेको यो अभूतपूर्व राजनीतिक जीवन के अर्थमा पनि महत्वपूर्ण छ भने यसले विश्वमा अब लोकप्रिय हुने राजनीतिक कार्यशैलीबारे जानकारी दिन्छ।

नायिब बुकेले अहिले विश्वभर एउटा लोकप्रियतावादी नेताको रूपमा कसरी बिना कुनै राजनीतिक सिद्धान्त र राजनीतिक पार्टी, इन्टरनेट र सामाजिक सञ्जालहरूको प्रयोग गरेर सत्तामा पुग्न सक्छ र आम जनतालाई सुशासनको प्रत्याभूति दिएर उनीहरूको मन जित्न सक्छ भन्ने कुराको उदाहरण बनेका छन्।

नायिब बुकेलेको राजनीति जेनेरेसन जी (जेनेरेसन जी भन्नाले सन् १९९७ देखि २०१२ सम्म जन्मेकाहरूलाई मानिन्छ) लाई आकर्षित गर्दछ। यो पुस्तालाई शास्त्रीय राजनीतिमा कुनै चासो छैन। अझ भनौं उनीहरु शास्त्रीय र राजनीतिको परम्परागत ढर्राबाट वाक्कदिक्क छन् । त्यसले उनीहरुलाई अब आकर्षित गर्न सक्दैन । यो पुस्ताको लागि राजनीतिक शास्त्र र दर्शनका पुँजीवाद र समाजवाद अनि उदारवाद र मार्क्सवादका शास्त्रार्थहरू असान्दर्भिक भइसकेका छन्।

नायिब बुकेलेको राजनीति जेनेरेसन जीलाई आकर्षित गर्दछ। यो पुस्तालाई शास्त्रीय राजनीतिमा कुनै चासो छैन। अझ भनौं उनीहरु शास्त्रीय र राजनीतिको परम्परागत ढर्राबाट वाक्कदिक्क छन् । त्यसले उनीहरुलाई अब आकर्षित गर्न सक्दैन ।

यो पुस्ताबिना कुनै अवरोध राज्यले सुशासन दिनुपर्छ भन्ने कुरामा विश्वास गर्छ।  उनीहरु सिद्धान्त, आदर्श र नीतिका कुराहरुमा भन्दा पनि तत्काल दिने नतिजामा बढी विश्वास गर्छन् । परम्परागत राजनीतिप्रतिको मोहभंगता र तत्काल र तुरुन्तै नतिजा खोज्ने हुटहुटीले राजनीतिमा असल नियत र देश–जनताप्रति प्रतिबद्ध मानिस नेतृत्वमा चुनिए भने त खासै फरक नपर्ला तर कदाचित त्यसको ठाउँमा सन्काहा, लहडी र विध्वंशक बुद्धि भएका मानिस शासन सत्तामा स्थापित हुन पुग्यो भने चाहिँ के होला ? सोच्दा पनि कहालीलाग्दो छ ।

जे होस्, एल साल्भाडोरको घटनाक्रम विश्वभरिकै जेनेरेशन जी भनिने  पछिल्ला पुस्ताको राजनीतिक चेतना र रुझानमा आएको अभूतपूर्व फड्को मराइ तथा परम्परागत राजनीतिक सिद्धान्त–आदर्शहरुप्रतिको मोहभंगता अनि तत्काल र तुरुन्तै नतिजा खोज्ने हुटहुटीको बलियो प्रमाण हो । यो भनेको परम्परागत शैलीको, खासै नतिजा नदिने, निजी स्वार्थ र आकांक्षाहरुको मोहपासमा बाँधिएर सत्ता साझेदारको लेनदेनमा रमाएर पटक पटक सत्तासुख मात्रै भोगिरहने तथा आमजनतालाई कुशासन र चरम निराशाको भड्खालोमा जाकिरहने राजनीतिले निरन्तरता पाइरहेको नेपाल जस्ता देशहरुको राजनीतिक पार्टीहरुका लागि पूर्व चेतावनी पनि हो।