प्रकृतिको विध्वंशक दोहनले पृथ्वीमा जीवन समाप्त हुने खतरा बढ्दैछ !

आठ अरब बीस करोडभन्दा बेसी मानिसहरुको साझा घर हो पृथ्वी । यस हिसाबले पृथ्वीको संशाधनहरुमाथि सबैको साझा हक लाग्नुपर्ने हो । तर वास्तविकतामा त्यस्तो हुँदैन । सीमित व्यक्तिहरु तथा शक्तिशाली राष्ट्रहरुले पृथ्वीको स्रोतसाधनहरुको ठूलो हिस्सामाथि अनैतिक र नाजायज रुपमा कब्जा गरेका छन्, उनीहरुले त्यसको नाजायज दोहन गरेका छन् र अरु देशहरुमाथि सैनिक हस्तक्षेप गरेर तथा कठपुतली शासन खडा गरेर लुटको साम्राज्य खडा गरेका छन् । अकूत सम्पत्ति कमाउने त्यो लोभले पृथ्वीको स्रोत साधनहरुलाई विलुप्त पार्दै समग्र पृथ्वीलाई नै जीवनविहीन तुल्याउन सक्ने अवस्था निम्त्याउन सक्ने खतरनाक स्थितितिर हुइँकिइरहेको छ ।
पृथ्वीको स्रोतसाधनहरु सीमित छन् । ती स्रोतसाधनहरुको पुनरुत्पादन हुनका लागि एउटा निश्चित समयावधि लाग्ने गर्छ । तर नवीकरणीय प्राकृतिक स्रोतहरू पुन: उत्पादन गर्न सक्ने पृथ्वीको क्षमता (Biocapacity) भन्दा बढी तीब्र दरमा तिनको खपत गर्ने क्रम संसारभरि नै र अझ सबैभन्दा बढी आधुनिक र विकसित भनिएका ठाउँका मानिसहरुबाट अत्यधिक रुपमा भइरहेको छ । प्राकृतिक स्रोत साधनहरुको यस्तो विध्वंशक दोहनले एकातिर पृथ्वीका स्रोतसाधनहरु पुनरुत्पादन नै हुन नसक्ने अवस्था पैदा हुँदैछ भने मानवीय क्रियाकलापहरुका कारण उत्पन्न हुने फोहोरहरुलाई समयाभाव लगायत विविध कारणवश पृथ्वीले प्राकृतिक रुपमा पुनर्चक्र तथा व्यवस्थापन गर्न नसक्दा पृथ्वीको प्राकृतिक सन्तुलनमा ठूलो गडबडी पैदा गराएको छ । सामान्यत: यो अवस्थालाई नै पारिस्थितिकीय अतिदोहन (Ecological Overshoot) भनिन्छ ।
तर नवीकरणीय प्राकृतिक स्रोतहरू पुन: उत्पादन गर्न सक्ने पृथ्वीको क्षमता (Biocapacity) भन्दा बढी तीब्र दरमा तिनको खपत गर्ने क्रम संसारभरि नै र अझ सबैभन्दा बढी आधुनिक र विकसित भनिएका ठाउँका मानिसहरुबाट अत्यधिक रुपमा भइरहेको छ ।
सामान्यत: मानिसले गरेको प्राकृतिक स्रोतहरुको उपभोगको भरपाइ वा पूरताल प्रकृतिले गर्ने गर्छ । यसको सन्तुलन मानिसले गर्ने प्राकृतिक स्रोतको उपभोग र प्रकृतिले तद्अनुरुप गर्ने पुन:निर्माणसँग अन्तरनिर्भर गर्दछ । तर मानव जातिले गर्ने प्राकृतिक स्रोतहरुको वार्षिक दोहन सन् १९७० को दशकदेखि पृथ्वीले एक वर्षमा पुनःनिर्माण गर्न सक्ने मात्रालाई पार गरेको छ र त्यसमा वर्षेनी बृद्धि भइरहेको छ । खासगरी, धनी र विकसित भनिएका राष्ट्रहरुको अति लोभ र संसारमा भयानक ढङ्गले बढिरहेको जनसंख्याले त्यसलाई विस्फोटक रुपमा बढाएको छ । पछिल्लो तथ्यांकअनुसार एक वर्षमा मानिसहरूले दोहन गर्ने नवीकरणीय प्राकृतिक स्रोतहरू पुनःनिर्माण गर्न र उनीहरूले उत्पादित CO2 फोहोरलाई अवशोषित गर्न पृथ्वीलाई ढेढ वर्षको समयावधि लाग्ने गर्छ । त्यसबाहेक जिब्रोको स्वादको लागि संसारभरि फस्टाएको पशुपालन उद्योगका कारण उत्सर्जित हरित ग्याँस मिथेनको डरलाग्दो मात्राले जलवायु परिवर्तनलाई थप बढाइरहेको छ । यो भनेको निक्कै डरलाग्दो स्थिति हो, प्राकृतिक स्रोतहरुको विध्वंशकारी दोहन हो । यो दोहनमाथि तुरुन्तै अंकुश नलगाउने हो र वर्तमान उपभोग दर जारी रहने हो भने त्यो दिन टाढा हुने छैन, जब अधिकांश नवीकरणीय प्राकृतिक स्रोतहरू पनि अन्ततः पुन:निर्माण चक्रमा पैदा भएको असन्तुलनको कारण समाप्त हुनेछ – र केही पारिस्थितिकी प्रणालीहरू ती स्रोत पूरै समाप्त हुनु अघि नै ध्वस्त हुन पनि सक्छ । किनभने, त्यो असन्तुलनले पैदा गरेको अत्यधिक हरितगृह ग्यासहरूको परिणाम जलवायु परिवर्तन र महासागर अम्लीकरण जस्ता समस्या घनीभूत भएर गइरहेको छ । स्वभाविक रुपमा यसले पृथ्वीको जैविक विविधता र पारिस्थितिकीय प्रणालीमा नयाँ चुनौतीहरु र थप दबाबहरू सिर्जना गराउँछ ।
प्राकृतिक स्रोतसाधनहरुमाथिको विस्फोटक दोहनमाथि तुरुन्तै अंकुश नलगाउने हो र वर्तमान उपभोग दर जारी रहने हो भने त्यो दिन टाढा हुने छैन, जब अधिकांश नवीकरणीय प्राकृतिक स्रोतहरू पनि अन्ततः पुन:निर्माण चक्रमा पैदा भएको असन्तुलनको कारण समाप्त हुनेछ – र केही पारिस्थितिकी प्रणालीहरू ती स्रोत पूरै समाप्त हुनु अघि नै ध्वस्त हुन पनि सक्छ ।
मानवजन्य गतिविधिहरूले आवश्यक पर्ने स्रोतहरूको मापनलाई पारिस्थितिकीय पदचिन्ह (Ecological Footprint) भनिन्छ । यसअनुसार संसारभरि मानिसलाई एक वर्षमा कति प्राकृतिक स्रोत साधनहरुको न्यूनतम आवश्यकता पर्छ जसलाई पृथ्वीको बायोक्यापासिटी (Biocapacity) ले धान्न अर्थात् खपत भएका प्राकृतिक स्रोतहरू पुनः उत्पादन गर्न र मानवद्वारा उत्पन्न फोहोरलाई अवशोषण गर्न सक्छ भन्ने आँकलन गरिन्छ । तर जब मानिसले प्रकृतिको अति दोहन गर्छ र उसको बायोक्यापासिटीले त्यसलाई धान्न सक्दैन, तब पारिस्थितिकीय अतिदोहन (Ecological Overshoot) को स्थिति पैदा हुन्छ । उदाहरणको लागि, सन् २०२३ मा वर्षभरि मानिसको लागि आवश्यक भनी तय गरिएको प्राकृतिक स्रोतहरुको दोहन तय सीमाभन्दा ५ महिना अगाडि नै अगस्ट २ मा भयो । यसको अर्थ के भयो भने बाँकी ५ महिनासम्म मानिसहरूले जति पनि प्राकृतिक स्रोतहरूको उपभोग गरे, त्यसलाई पृथ्वीले त्यसवर्षमा पुन:निर्माण वा पुन: उत्पादन नै गर्न सक्दैन । यसरी हामीले पछिल्ला वर्षहरुका लागि आवश्यक पर्ने प्राकृतिक स्रोतहरु अगाडि नै खर्च गरिसक्यौं । प्रकृतिको क्षमताभन्दा पनि बढी विध्वंशक ढङ्गले प्राकृतिक स्रोतहरुको दोहन गर्ने यो चक्रको निरन्तरताले निम्तयाउने परिणाम भयावह बन्दै जाने स्वत:सिद्ध छ । उदाहरणको लागि, जब मानिसहरूले वन काट्छन् तर वन पुनः निर्माण गर्न समय दिँदैनन् वा समुद्रले माछा पुनः उत्पादन गर्न सक्ने दरभन्दा बढी माछा पक्रिने काम निरन्तर जारी रहन्छ भने के अवस्था होला ?
पारिस्थितिकीय अतिदोहनका कारण र खराब असरहरू
पारिस्थतिकीय अतिदोहनका कारणहरु थुप्रै छन् तर तीमध्ये सबैभन्दा प्रमुख कारण अकूत नाफा कमाएर अत्यधिक धन सञ्चय गर्ने प्रवृत्ति मुख्य हो । यो प्रवृत्तिले प्रकृतिको आवश्कयताभन्दा बढी दोहनलाई धेरै गुणा बढाएको छ ।
त्यसै गरी पृथ्वीमा जनसंख्याको अत्यधिक बृद्धले स्रोतहरूको अत्यधिक खपत बढाएको छ ।
प्रकृति अमैत्री ढङ्गले अन्धधुन्ध भएको उद्योगीकरण तथा शहरहरुको अव्यवस्थित विकास तथा त्यसक्रममा हुने गरिने बनजङ्गलको विनाश (Deforestation) ले कार्बन डाइअक्साइड उत्सर्जनलाई बढाएर तथा कार्बन अवशोषण गर्ने प्राकृतिक क्षमतामा प्रहार गरेर अकल्पनीय ढङ्गले वातावरणीय क्षति गराइरहेको छ । अत्यधिक कार्बन उत्सर्जनले ग्लोबल वर्मिङलाई बढावा दिएर जलवायु परिवर्तनको भयानक दुश्चक्रमा मानव सभ्यता फँसिसकेको छ । प्राकृतिक सन्तुलनमा आएको भयानक गडबडीका कारण ठाउँ ठाउँमा मानिस बस्नै नसक्ने गरी गर्मी बढ्नु, एक वर्षमा पर्ने पानी एकै दिनमा पर्नु, पानी पर्दै नपर्ने ठाउँमा पानी पर्नु तर पानी पर्ने ठाउँमा भने भयानक सुख्खा हुनु, कृषि मैत्री ढङ्गले पानी पर्ने विगतको सन्तुलन खल्बलिएर कतै अतिवृष्टि त कतै खण्डबृष्टि हुनु, समयमा पानी नपर्नु तथा बेमौसममा पानी पर्नु, बैमौसममा अत्यधिक बाढी आउनु, मरुभूमितिर हिँउ पर्न थाल्नु तथा सामान्य जमीनमा उम्रने विरुवाहरु उम्रनु, मौसम–बेमौसममा डढेलाका प्रकोपहरु फैलिने जस्ता घटनाहरुले पृथ्वीमा जीवनको लागि जटीलता पैदा भइसकेको छ ।
प्रकृति अमैत्री ढङ्गले अन्धधुन्ध भएको उद्योगीकरण तथा शहरहरुको अव्यवस्थित विकास तथा त्यसक्रममा हुने गरिने बनजङ्गलको विनाश (Deforestation) ले कार्बन डाइअक्साइड उत्सर्जनलाई बढाएर तथा कार्बन अवशोषण गर्ने प्राकृतिक क्षमतामा प्रहार गरेर अकल्पनीय ढङ्गले वातावरणीय क्षति गराइरहेको छ ।
बनजङ्गलको विनाशले पानीका परम्परागत तथा प्राकृतिक स्रोतहरु विथोलिएका छन् जसले कतै पानीको अत्यधिक संकट त कतै पानीको अति बढी उपलब्धताको स्थिति निम्त्याएको छ । त्यसमाथि थप, बढी उत्पादन पाउने लोभमा अनुचित कृषि प्रणाली अपनाउने तथा विषादीहरुको अत्यधिक प्रयोगले पनि उत्पादन प्रणालीको प्राकृतिक चक्रलाई खल्बलाई दिएको छ । कृषिका परम्परागत प्रणाली विथोलिँदा र कृषिअनुकूलका प्राकृतिक चक्रहरु खल्बलिँदा उत्पादनमा भयानक ह्रास आएर वर्षेनी खाद्य संकटको अवस्था सिर्जना हुन थालेको छ ।
पारिस्थतिकीय अतिदोहनकै नतिजास्वरुप धेरै प्रजातिहरू लोप हुँदै गएका छन् भने थप थुप्रै प्रजातिहरु अस्तित्वको संकटमा पुगेका छन् । कतिसम्म भनिन्छ भने, यही तरिकाले प्राकृतिक स्रोतहरुको अन्धधुन्ध दोहन भइरह्यो भने त्यसले संसारबाटै सम्पूर्ण जीवजन्तुहरु लोप हुने खतरनाक अवस्था समेत निम्त्याउन सक्छ ।
यसरी जन्म भयो पारिस्थतिकीय अतिदोहनको अवधारणा
पारिस्थतिकीय अतिदोहन (Ecological Overshoot) को अवधारणा १९७० र १९८० को दशकमा विकसित भएको हो । त्यसबेलादेखि नै वैज्ञानिकहरूले मानव गतिविधिले पृथ्वीको पारिस्थितिक सन्तुलनमा पार्ने प्रभावलाई लेखाजोखा गर्न थालिसकेका थिए। यस अवधारणाको विकास मुख्यतः पारिस्थितिकीय पदचिन्ह (Ecological Footprint) र बायो-क्यापासिटी (Biocapacity) जस्ता मापन विधिहरूको सन्दर्भमा भयो।
सन् १९७२ मा Club of Rome र "Limits to Growth" नामक प्रतिवेदन प्रकाशित भयो । यो प्रतिवेदनमा जनसंख्या वृद्धि, आर्थिक विस्तार, र प्राकृतिक स्रोतहरूको सीमितताबीचको सम्बन्धलाई चर्चा गरिएको थियो । त्यसमा पृथ्वीका स्रोतहरू अनन्त नभएको र मानिसहरूले ती स्रोतहरुको उपयोग गर्ने क्रममा विध्वंशक ढङ्गले सीमाहरू पार गरिरहेको संकेत दियो।
प्रतिवेदनले सिधै "Ecological Overshoot" शब्द प्रयोग गरेन, तर त्यसैबाट उक्त अवधारणाको जग बस्यो ।
सन् १९९० को दशकमा आएर माथिस वाकरनागेल र विलियम रीसले पारिस्थितिकीय पदचिन्ह (Ecological Footprint) मापन पद्धति विकसित गरे। यसले मानिसहरूले पृथ्वीका स्रोतहरू कति उपयोग गरिरहेका छन् र वातावरणले ती स्रोतहरू पुनः उत्पादन गर्न कति समय लाग्छ भनेर मापन गर्न मद्दत गर्यो।यही अवधारणा "Ecological Overshoot" लाई परिभाषित गर्न आधार बन्यो।
सन् २००३ मा आएर माथिस वाकरनागेलले Global Footprint Network (GFN) स्थापना गरे। यस संस्थाले पृथ्वीको Overshoot Day को अवधारणा प्रस्तुत गर्यो। "Earth Overshoot Day" पहिलो पटक सन् २००६ मा सार्वजनिक गरियो, जसले यो विषयलाई अन्तर्राष्ट्रिय रूपमा ध्यानाकर्षण गरायो ।
पारिस्थितिकीय अतिदोहन यतिखेरको सर्वाधिक महत्त्वको विषय बनेको छ । खासगरी यसले जलवायु परिवर्तन, कार्बन उत्सर्जनका समस्या, प्राकृतिक स्रोतहरूको अति उपयोगले प्रजातिहरूको विलुप्ति तथा विकसित देशहरूले बढी स्रोत उपयोग गर्दा विकासशील तथा विपन्न देशहरूले झेल्नुपरेको प्रभावसँग प्रत्यक्ष सम्बन्ध राख्दछ ।

यस कारण मैदा स्वास्थ्यको लागि हानिकारक छ !

खासै नाम नचलेको चिनियाँ कम्पनीले बनाएको औषधीले संसारकै सबैभन्दा बढी बिक्री …

चर्को नून खाने बानी छ ? होशियार पेटको क्यान्सर हुन सक्छ !
_OUHV2MBstV_encj4kvdphvxu7dtnnfd5cyjwlwayfg9u2nwj3rtq6jjk1lxo2xbd8vsifg1_yLbPrHWhYr_cnyusj5cqqak3ivkxl7dpbrwdptkubsyr7j5uzqhiy1dj75rfbcqiajx2sx3.jpg)
सिमसार दिवस र इलामको माइपोखरी

एभोकाडो स्वादका लागि हैन, स्वास्थ्यका लागि खानैपर्ने फल

अल्जाइमर मस्तिष्क रोग हैन, स्वप्रतिरक्षा रोग हुन सक्ने !

प्रकृतिको अनुपम खाद्य उपहार बदाम: जाडो महिनामा यस कारण खानुपर्छ !

प्रतिक्रिया