विवाह

रोम र जेनोभाको बीचको एउटा सानो स्टेशनमा कन्डक्टरले हाम्रो डब्बाको ढोका खोल्यो र एउटा मैलो तेल-श्रमिकको सहयोगमा एउटा  होचो बुढो मानिसलाई लगभग उचालेर भित्र राखिदियो। बुढो मानिसको एउटा आँखा थिएन ।

"धेरै नै बुढो रहेछ, बिचरा!" सद्भावपूर्वक मुस्कुराउँदै उनीहरुले एकसाथ भने।

तर बुढो निकै फुर्तिलो निक्लियो। आफ्नो चाउरी परेको हात हल्लाएर उसले आफूलाई सहयोग गर्नेहरूलाई धन्यवाद दियो र प्रशन्नता तथा शिष्टतापूर्वक आफ्नो खैरो टाउकोमाथिको थिचिएको टोपी फुकाल्दै, आफ्नो उत्सुक आँखाले बेञ्चहरुतिर हेर्दै सोध्यो, "के म यहाँ बस्न सक्छु?"

यात्रुहरू अलिकति पर सरे, र राहतको सास फेर्दै बुढो मानिस आफ्ना हड्डी निस्केका घुँडामाथि हात राखेर त्यहाँ बस्यो। उसको ओठ छुट्टिएको र दाँतविहीन मुखमा सद्भावपूर्ण मुस्कान दौडियो।

"भन्नुहोस् हजुरबा, धेरै टाढा जाँदै हुनुहुन्छ कि के हो ?" मेरो साथीले सोध्यो।

"अहँ होइन, यहाँबाट केवल तीन स्टेशन पर !" वृद्धले उत्तर दियो। "म मेरो नातिको विवाहमा जाँदैछु।"

केही मिनेटपछि, पाङ्ग्राको तालबद्ध संगीतमा, उसले हामीलाई आफ्नो कथा सुनाउन थाल्यो। बोल्दै गर्दा ऊ आँधीमा भाँच्चिएको रुखको हाँगाझैँ यता-उता हल्लिरहेको थियो।

"म लिगेरियाको निवासी हुँ," वृद्धले आत्मकथा सुरू गर्‍यो। "हामी लिगुरियनहरू निकै बलिया हुन्छौं। मलाई नै हेर्नुहोस्; मेरा तेह्र छोराहरू र चार छोरीहरू छन्, र थाहा छैन कति नाति-नातिनाहरू छन्। अहिले मेरो अर्को नातिको विवाह हुन लागेको छ। भन्नुहोस् त, म भाग्यमानी छु हैन?"

आफ्नो निस्तेज तर प्रसन्न आँखाले गर्वपूर्वक हामीतिर हेर्दै ऊ मुस्कुरायो।

"हेर्नुहोस्, मैले आफ्नो राजा र देशलाई कति मानिस दिएको छु!"

‘‘के भनूँ, महोदयहरू! यो एकदम डरलाग्दो घटना थियो। मानिसहरूले आँखा फेरि आफ्नो ठाउँमा टाँसिदिएर तातो रोटीको ब्याण्डेज लगाइदिए, तर केही फाइदा भएन, र आँखा गएको गयै भयो!’’

"तपाईं जान्न चाहनुहुन्छ, मेरो यो आँखा कसरी फुट्यो? ओहो! यो धेरै पुरानो कथा हो। त्यतिबेला म बच्चा नै थिएँ, तर पनि मैले बुबालाई मद्दत गर्न थालेको थिएँ।

एक दिन, बुबा अंगूरको बगैँचामा जमिन खन्दै हुनुहुन्थ्यो—हाम्रो यहाँको जमिन धेरै कडा र ढुङ्गेखालको हुन्छ, र त्यसमा हामीले धेरै मेहनत गर्नुपर्छ। त्यही बेला, उहाँको कोदालोले उछिट्याएको एउटा ढुङ्गाको टुक्रा सीधै मेरो दाहिने आँखामा पस्यो।

दुखेको त मलाई सम्झना छैन, तर त्यो दिन खाना खादै गर्दा  मेरो आँखा बाहिर निस्किएको थियो। के भनूँ, महोदयहरू! यो एकदम डरलाग्दो घटना थियो। मानिसहरूले आँखा फेरि आफ्नो ठाउँमा टाँसिदिएर तातो रोटीको ब्याण्डेज लगाइदिए, तर केही फाइदा भएन, र आँखा गएको गयै भयो!"

वृद्धले आफ्नो चाउरी परेको गाललाई राम्ररी मुसार्यो, अनि फेरि उसको अनुहारमा त्यही प्रसन्न र सद्भावपूर्ण मुस्कान देखियो।

"त्यो बेलामा आजभोलि जस्तै धेरै डाक्टर हुँदैन थिए र मानिसहरू अनपढ थिए। हो तर, सायद तिनीहरू बढी दयालु थिए, बुझ्नुभयो?"

अब दाह्रीको हरियो-खैरो ठुडीका कारण साँचोमा ढलेको जस्तो देखिने उसको चाउरी परेको खबटे अनुहारमा धूर्तताले भरिएको विजयको भाव चम्कियो।

"जब कुनै मानिसले मेरो जस्तै लामो जीवन बिताउँछ, तब ऊ पूर्णतया निडर भएर मानिसहरूको बारेमा आफ्नो राय दिन सक्छ।  ठीक छ नि हैन ?"

उसले गम्भीरतापूर्वक आफ्नो एउटा कालो, टेढो औँला माथि उठायो, मानौँ उनले कसैलाई गाली गरिरहेको छ ।

त्यतिबेला म तेह्र वर्षको थिएँ, अहिलेभन्दा अझ होचो र सानो। तर म निकै फुर्तिलो थिएँ—र काम गर्नबाट कहिल्यै थाक्दिनथेँ। बुबाबाट विरासतमा पाएको सबैभन्दा ठूलो सम्पत्ति यही थियो, किनभने ऋण तिर्न हाम्रो खेत र घर दुवै बेचिइसकेका थिए।

"सुन्नुहोस् महोदयहरू, अब म तपाईंलाई मानिसहरूको बारेमा केही कुरा बताउँछु..."

"जब मेरा बुबाको निधन भयो, त्यतिबेला म तेह्र वर्षको थिएँ, अहिलेभन्दा अझ होचो र सानो। तर म निकै फुर्तिलो थिएँ—र काम गर्नबाट कहिल्यै थाक्दिनथेँ। बुबाबाट विरासतमा पाएको सबैभन्दा ठूलो सम्पत्ति यही थियो, किनभने ऋण तिर्नका लागि हाम्रो खेत र घर दुवै बेचिइसकेका थिए। यसरी, म आफ्नो एक आँखा र दुई हातको सहारामा जीवन बिताउँदै थिएँ र जहाँ काम पाइन्थ्यो, त्यहाँ काम गर्थेँ। ती दिनहरू निकै कठिन थिए, तर जवानी कहिल्यै कठिनाइहरूसँग डराउँदैन। कुरा साँचो होइन त ?"

"जब म उन्नाइस वर्षको भएँ, मेरो भेट एक केटीसँग भयो, जसलाई प्रेम गर्नु मेरो भाग्यमा लेखिएको थियो। ऊ पनि म जस्तै गरिब थिई, तर निकै फुर्तिली थिई र मभन्दा पनि बलिया। ऊ आफ्नी बिमार बुढी आमासँग बस्ने गर्थी र, मझैँ, जहाँ काम पाइन्थ्यो, त्यहीँ काम गर्थी। ऊ खासै राम्री त थिइन, तर मनकी असल थिई र उसको दिमाग पनि तीक्ष्ण थियो। उसको आवाज निकै मधुर थियो। वाह, कति सुन्दर गीत गाउने गर्थी! ठ्याक्कै पेशेवर गायिकाझैँ। राम्रो आवाज पनि ठूलो सम्पत्ति हो। म आफैँ पनि राम्ररी गाउन सक्थेँ।’’

'यो त मूर्खता हुनेछ, बुझ्यौ, एकआँखे !' उसले दुःखी भएर उत्तर दिई, 'न तिमीसँग केही धन छ, न मसँग नै। यस्तो अवस्थामा  हामी कसरी बस्ने त ?'

"मसँग विवाह गर्छौ?’’ मैले एकदिन उसलाई सोधें।

'यो त मूर्खता हुनेछ, बुझ्यौ, एकआँखे !' उसले दुःखी भएर उत्तर दिई, 'न तिमीसँग केही धन छ, न मसँग नै। यस्तो अवस्थामा  हामी कसरी बस्ने त ?'

यो त सोह्रै आना सत्य कुरा थियो: हामीमध्ये कसैसँग पनि कुनै सम्पत्ति थिएन। तर प्रेमी जोडीलाई चाहियो नै के ? तपाईं आफैँलाई थाहा छ, मायाका आवश्यकता कति कम हुन्छन्। मैले बारम्बार उनलाई सम्झाइरहें र  अन्ततः सफल भएँ ।

‘‘ठीक छ, सायद तिम्रो कुरा सही हो,' अन्ततः मेरी ईदाले भनिन्। 'हाम्रो अलग-अलग बसाइ हुँदा पनि पवित्र माता मरियमले हाम्रो सहायता गर्नुभएको छ। अनि, यदि हामी सँगै बस्न थाल्यौँ भने, हाम्रो सहयोग गर्न उहाँका लागि अझ सजिलो हुनेछ!' "

त्यसपछि हामी पादरीकहाँ गयौँ।

"यो त पागलपन हो!" उनले भने। "के लिगुरियामा भिखारीहरूको कमी छ र? ए अभागीहरु, तिमीहरु शैतानका खेलौना हौ, त्यसको लालचलाई रोक,  होइन भने तिमीहरुले आफ्नो कमजोरीको लागि ठूलो मूल्य चुकाउनु पर्नेछ!"

"हाम्रो समुदायका युवाहरूले हाम्रो खिल्ली उडाए र वृद्धहरूले हाम्रो आलोचना गरे। तर जवानी आफ्नो तरिकाले हठी हुन्छ र आफ्नै किसिमले चतुर पनि। विवाहको दिन आयो। हाम्रो हैसियत पहिले जस्तो थियो, त्यसबेला पनि उस्तै थियो, र विवाहको रातमा हामी कहाँ सुत्ने भन्ने समेत ठेगान थिएन।

जवानी आफ्नो तरिकाले हठी हुन्छ र आफ्नै किसिमले चतुर पनि। विवाहको दिन आयो। हाम्रो हैसियत पहिले जस्तो थियो, त्यसबेला पनि उस्तै थियो, र विवाहको रातमा हामी कहाँ सुत्ने भन्ने समेत ठेगान थिएन।

"जाऊँ, हामी खेततिर जाऔं!' ईदाले भनिन्। ‘अवश्य पनि ! मानिस जहाँ भए पनि, पवित्र माता मरियमले तिनीहरुप्रति दयादृष्टि राख्नुहुन्छ।'

"त्यसपछि हामीले निर्णय गर्‍यौं कि धरती हाम्रो ओछ्यान हुनेछ र आकाश हाम्रो ओढ्ने।

"र महोदयहरू, अब ध्यान दिएर सुन्नुहोस्! अब एउटा नयाँ कथा सुरु हुन्छ। र यो मेरो जीवनको सबैभन्दा उत्कृष्ट कथा हो।

"हाम्रो विवाहको ठीक एक दिनअघि बिहानै, बुढा ज्योवान्नी, जसको मातहत मैले धेरै काम गरेको थिएँ, ले मसँग कुरै कुरामा मलाई भने —कुनै ठूलो कुरा थिएन, केवल यत्तिमात्र:

‘‘ऊगो, हेर, तिमी बाख्राहरूको त्यो पुरानो खोर सफा गर। त्यहाँ नयाँ घाँस ओछ्याऊ। त्यो पूर्ण रूपमा सुख्खा छ, र एक वर्ष बितिसकेको छ, त्यहाँ बाख्राहरू राखिएको छैन। यदि तिमी र ईदा त्यहाँ बस्न चाहन्छौ भने, त्यसलाई सफा गर।'"

"र यसरी, हामीले घर फेला पार्‍यौं।"

"म गीत गाउँदै खोर सफा गरिरहेको थिएँ, ढोकामा काठमिस्त्री कोस्तांत्सियो उभिएको देखेँ।

चर्को आवाजमा बोल्ने कर्कशा पसले मारिया चिच्याई: ‘‘तिमीहरूसँग न कुनै ओछ्यान छ, न कुनै सिरानी, र विवाह गर्न लागेको छौ, कहीँ नभएका अभागीहरु !

‘‘ए, तिमी र ईदा यहाँ बस्न गइरहेका छौ? तर तिमीहरुको खाट कहाँ छ ? हेर, मेरोमा एउटा फाल्टो पलङ्ग छ। साफ सफाइको काम सकिएपछि मेरोमा आऊ र त्यसलाई लिएर आऊ।'"

जब म उसकोमा जाँदै थिएँ, चर्को आवाजमा बोल्ने कर्कशा पसले मारिया चिच्याई: ‘‘तिमीहरूसँग न कुनै ओछ्यान छ, न कुनै सिरानी, र विवाह गर्न लागेको छौ, कहीँ नभएका अभागीहरु ! तिमी त एकदम पागल छौ, एक आँखे ! आफ्नी दुलहीलाई मेरोमा पठाइदेऊ...'"

त्यहीबेला लँगडो र सधैँ बाथ र ज्वरोले ग्रसित एत्तोरे विआनोले आफ्नो ढोकाको सिँढीबाट पसलवालीलाई बोलाउँदै भने: ‘‘उसलाई सोध, पाहुनाहरूका लागि कति रक्सी राखिएको छ ? मान्छेहरू कति नकच्चरो स्वभावका हुन्छन्!' "

वृद्धका गालाका गहिरा चाउरीहरूमा एक चम्किलो आँसु टल्कियो। उसले आफ्नो टाउको पछाडि फर्कायो र अलिकति मुस्कुरायो। उसको घाँटी हल्लिरहेको थियो र अनुहारको फुस्रो छाला थरथर काँपिरहेको थियो। बालकजस्तो खुशीले उसका हात कामिरहेका थिए।

वृद्धका गालाका गहिरा चाउरीहरूमा एक चम्किलो आँसु टल्कियो। उसले आफ्नो टाउको पछाडि फर्कायो र अलिकति मुस्कुरायो।

"ओह, महोदयहरू! के भनूँ!" हाँस्दै गर्दा उसको सास रोकिएजस्तो भयो।

"विवाहको दिन बिहान, हामीलाई घरका लागि चाहिने सबै कुरा—मदोन्नाको मूर्ति, लुगाफाटा, भाँडाकुँडा, फर्निचर—सबै चीजको व्यवस्था भयो । ईदा हाँसी र रोई। म पनि हाँसेँ र रोएँ। अनि अरू सबैजना पनि हाँसे। किनभने विवाहको दिन रोइरहनु ठीक हुँदैन। सबैजना हामीतिर  हेर्दै हाँसे।

"महोदयहरू, आफ्नो भन्न सकिने मान्छेहरूभन्दा ठूलो अरू के होला? र त्योभन्दा पनि ठूलो के हुन सक्छ, जब तिनलाई आफ्ना सच्चा आफन्त मान्न सकिन्छ, जसले हाम्रो जीवनलाई हाँसोठट्टाको विषय मान्दैनन् र हाम्रो खुशीलाई जुवा ठान्दैनन्!"

"र कस्तो ठाँटसँग विवाह भयो! पूरै समुदाय समारोहमा सहभागी भए। वाह, कस्तो रमाइलो दिन थियो! हाम्रो बाख्राको खोर एकाएक दरबारजस्तो बन्यो। त्यहाँ सबै चीज थियो—रक्सी, फलफूल, मासु, रोटी... सबैले भोज खाए, र सबैजना खुशी भए। र महोदयहरू, यो सबै यसकारण सम्भव भयो कि मानिसहरूको भलाइ गर्नुभन्दा ठूलो सुख केही छैन। विश्वास गर्नुस्, योभन्दा राम्रो र सुन्दर कुरा संसारमा केही पनि छैन।

"महोदयहरू, आफ्नो भन्न सकिने मान्छेहरूभन्दा ठूलो अरू के होला? र त्योभन्दा पनि ठूलो के हुन सक्छ, जब तिनलाई आफ्ना सच्चा आफन्त मान्न सकिन्छ, जसले हाम्रो जीवनलाई हाँसोठट्टाको विषय मान्दैनन् र हाम्रो खुशीलाई जुवा ठान्दैनन्!"

"अनि पादरी पनि आए। उनले राम्रो भाषण दिए। उनले भने: ‘हेर्नुहोस्, यहाँ दुईजना यस्ता व्यक्ति छन्, जसले तपाईंहरु सबैका लागि काम गरेका छन्। तपाईंहरूले पनि उनीहरूको जीवनको यो विशेष दिनलाई सबैभन्दा राम्रो बनाउन आफ्नोतर्फबाट यथासम्भव सबै गरिदिनुभयो । र यस्तो नै हुनु आवश्यक थियो। किनभने उनीहरूले तपाईंका लागि काम गरेका छन्। तामाका सिक्का र चाँदीभन्दा काम महत्त्वपूर्ण हुन्छ। पैसा त हराउँछ, तर काम रहिरहन्छ। ... यी मानिसहरू खुशी र विनम्र छन्। उनीहरूको जीवन कठिन रह्यो। तर तिनीहरुले कहिल्यै गुनासो गरेनन्। उनीहरूको जीवन अझ कठिन हुन सक्छन् तर उनीहरू गुनासो गर्ने छैनन् किनभने तपाईंहरू आवश्यकता परेको बेलामा उनीहरूको सधैं मद्दत गर्न तयार रहनुहुन्छ। उनीहरूसँग सिपालु हात छन्, र त्योभन्दा पनि असल हृदय छन्।'

"उनले मेरो, ईदाको र सम्पूर्ण समुदायको बारेमा प्रशंसा अरु कयौ शब्दहरु भने।"

वृद्धले हामी सबैलाई त्यो आँखाले हेर्‍यो, जुन फेरि जवान भएर आएको थियो:

"तसर्थ महोदयहरू, मैले तपाईंलाई मानिसहरूको बारेमा केही भनिसकेको छु।

कस्तो भयो, राम्रो नै लाग्यो होइन?"

फरेन ल्याङ्ग्वेजेज पब्लिसिङ हाउस, मस्कोद्वारा प्रकाशित ‘Tales of Italy’ (पृष्ठ ५३–६०)बाट अनुदित ।

अनुवाद: चन्द्र खाकी