फिनिक्सको पुनर्जन्म र सुन्दर भविष्यको आकांक्षा

आजकाल, अलिक अघिदेखि नै, आफ्नो कपाल दुवै हातले चर-चरी लुछौँ लुछौँ, आफैँलाई कोतरौं कोतरौं जस्तो पनि लाग्छ किनभने अर्कालाई त्यसो गर्ने न उमेर रह्यो न स्वास्थ्य । सामाजिक शिष्टाचार पनि त भएन । विवेकले दिँदैन पनि ।
जिन्दगीको क्यानभास क्या रंगिन छ ! आफनै साथीको घात गर्नेलाई क्षमा गरियो, आफैँलाई अभरमा छिर्के लाउनेलाई, कोखामा दाँत भ’को भन्छन् नि - उसलाई समेत नेता मानियो - किन ? वरिपरि साथी थिए, मेरो पनि स्वार्थ थियो म उनीहरुलाई छोड्नु अधर्म ठान्थें । पुर्खाले सिकाका पनि 'थे, गाँस छोड्नु साथ/थी नछोड्नु । किन किन आजकाल दोगला, झिल्के देख्यो कि भनन्न रिंगटा छुटेर आउँछ । वाचाल । वाणी र व्यवहारमा कहीं कत्तै तालमेल मिलोस् त मर्नु । उसमाथि यो सृष्टि, यो सारा चराचर मेरो करामत भनेर उहीँ फुटानी लाउँछ । मलाई भने कम्ता झ्वाँक चल्दैन ।
सारै भएर परत्र कस्तो होला त्यो पनि चाहारे । ल त्यहाँ पनि भनियो कि
"यति बेला फिनिक्स बेघरबार भ'को छ ।
'मन्दिरमा कागले गुँड लगा'को छ ।
बागमा दुर्लभ चमेली ओइल्या'को छ ।
इन्साफ जालझेल भ'को छ, जालझेल इन्साफ ।
दिन रात भ'को छ, रात दिन ।"*
मनको घाउमा नुन चुक ! गमे । यो त धेरै अतित हो । अनि सम्हालिन्छु पनि । बादशाहलाई कुरी कुरी गर्ने अवोध बालक पढे पछि भने क्या फुरुंग हुन्छु ! किनभने उसमा म मेरो बैंश देख्छु, आफैले रण मैदानमा गरेको हुङ्कार ठान्छु । अनि भने खुब मजा आउँछ । फेरि पनि मनको अग्राख निभोस त मर्नु ! चिसोपानीमा हाम्फाल्न खोज्छु । कोही भन्दै थियो :
"सुन्दर छ जंगल, घना र विराट
तैपनि मैले प्रतिज्ञा साच्नु छ
शयनपुर्व कोशौं दुर जानु छ
कोशौं दुर जानु छ ।"**
बीचैमा संगीतवद्ध मधुरो आवाज सुन्छु :
"सुनको दिन एक उदाउँछ रे
यस देश खुलीकन आउँछ रे !"***
अनि भने लट्ठ हुन्छु र ढुक्क पनि । मिठो निद्रामा सुत्छु पनि ।
*Qu Yuan (340 BC – 278 BC)
**Robert Frost (1864-1963)
***Laxmi Prasad Devakota (1909- 1963)

एउटा सानो सम्झना प्रदीप नेपाल बारेको !

लोकतन्त्रमा जनतालाई उपलब्धि के ?

किताबका कुरा

नित्सेको ईश्वरको मृत्यु – बाटो हराएका मानिसहरूको स्तब्ध साउती

महिला मुक्तिको लागि नेपालको सन्दर्भमा साँस्कृतिक आन्दोलनलाई प्राथमिकता दिइनु प…

निरङ्कुश सत्तालाई चुनौती दिने अपराजित कलम

‘ट्रम्पले हामीलाई के–कसरी पढाउने भन्ने निर्देशन नदिऊन्, हार्वर्डमा पढेर ८ जना …

प्रतिक्रिया