शरदको रात

मेरो घर पछाडिको आँगनको पर्खालको पछाडि दुईवटा रुख देख्न सकिन्छ– एक खजुरको रुख हो, र अर्को पनि खजुरकै रुख हो।

तिनीहरूमाथि रातको आकाश धेरै नै विचित्र र अग्लो देखिन्छ। मैले यसअघि कहिल्यै यति अनौठो र अग्लो आकाश देखेको थिइनँ। लाग्छ, यसले मानिसहरूको संसारलाई छोड्न चाहन्छ, ताकि मानिसहरूले माथि हेर्दा यसलाई देख्न नसकून्। अहिले यो गाढा नीलो देखिन्छ, तर यसमा अनगिन्ती घुरेर हेरिरहेका आँखाहरु शीतल रूपमा चम्किरहेका छन्। यसका ओठमा एउटा उडन्ते मुस्कान खेलिरहेको छ, मुस्कान जसलाई उसले निकै महत्त्वपूर्ण ठान्छ। यो मुस्कानले मेरो आँगनका जङ्गली बिरुवाहरूलाई गहिरो कुहिरोले छोपिदिन्छ।

मलाई याद छ, तीमध्ये एउटा बिरुवामा साना गुलाबी फूलहरू फुलेका थिए, र ती फूल अझै पनि फुलेका छन्, यद्यपि पहिलेभन्दा अझ साना छन्। चिसो रातको हावामा काँप्दै तिनीहरू आउने वसन्तको, अनि पतझड आउने सपनाहरू देखिरहेका छन्।

मलाई थाहा छैन ती बिरुवाहरूलाई के भनिन्छ, सामान्यत: तिनीहरू कुन नामले चिनिन्छन्। मलाई याद छ, तीमध्ये एउटा बिरुवामा साना गुलाबी फूलहरू फुलेका थिए, र ती फूल अझै पनि फुलेका छन्, यद्यपि पहिलेभन्दा अझ साना छन्। चिसो रातको हावामा काँप्दै तिनीहरू आउने वसन्तको, अनि पतझड आउने सपनाहरू देखिरहेका छन्। तिनी सपनाहरू देख्छन कि तिनीहरूको अन्तिम पातमा कुनै जर्जर शरीर भएका कविले आँसु पुछ्दैछ, जसले तिनीहरूलाई भन्छ कि शरद आउनेछ, अनि शीत ऋतु आउनेछ, तर फेरि वसन्त पनि आउनेछ, जब पुतलीहरू यताउता नाच्नेछन्, र सबै मौरीहरूले वसन्तको गीत गुनगुनाउनेछन्। त्यसबेला ती साना गुलाबी फूलहरू हाँस्नेछन्, यद्यपि अहिले ती चिसोले अलिक उदास धूमिल रङका भएका छन् र अझै काँपिरहेका छन्।

साना गुलाबी फूलहरूको शरदपछिको वसन्तको सपना, अनि वसन्तपछिको पतझडमा झरेका पातहरूको सपनाका बारेमा तिनीहरूलाई थाहा छ। जबकि उनीहरुकै सब पातहरू झरिसकेका छन् र अब केवल तना बाँकी छ।

जहाँसम्म खजुरका रुखहरूको कुरा छ, तिनीहरूको सबै पात झरिसकेका छन्। पहिला एउटा वा दुईजना केटाहरू खजुर टिप्न आउँथे, जुन अरू मानिसहरूको नजरबाट बचेका थिए। तर अब एक पनि खजुर बाँकी छैन, र रुखका सबै पातहरू पनि झरिसकेका छन्। साना गुलाबी फूलहरूको शरदपछिको वसन्तको सपना, अनि वसन्तपछिको पतझडमा झरेका पातहरूको सपनाका बारेमा तिनीहरूलाई थाहा छ। जबकि उनीहरुकै सब पातहरू झरिसकेका छन् र अब केवल तना बाँकी छ। तर तिनीहरू फलफूल र पातबिनाको गौरवमा ठडिएका छन्। केही हाँगा अझै पनि झुकेका छन्, खजुर टिप्न प्रयोग गरिएका लठ्ठीहरूले तिनका तनामा बनाएको घाउलाई सहलाउँदै। सबैभन्दा लामो र सीधा हाँगाहरू फलामको डण्डी जस्तै कडा भएर विचित्र र अग्लो आकाशतर्फ चुपचाप चिरेर हेर्दै छन्, आश्चर्यचकित भएर आँखा झिम्काउँदै। ती हाँगाहरूले आकाशमा पूर्ण चन्द्रमालाई पनि चिरिरहेका छन्, जसले त्यसलाई पहेँलो र चिन्तित बनाइरहेको छ।

आश्चर्यचकित भएर परेला झिम्क्याउँदै आकाश झन्-झन् नीलो हुँदै गएको छ, झन्-झन् चिन्तित हुँदै गएको छ, मानौं यो मानिसहरूको संसारबाट भाग्न तयार छ र खजुरका रुखहरूबाट जोगिँदै चन्द्रमालाई पछाडि छोडिरहेको छ। तर चन्द्रमा पनि आफूलाई पूर्व दिशामा लुकाइरहेको छ, जबकि अहिले पनि  फलामको डण्डी जस्तै कडा र नाङ्गो हाँगाहरू अझै पनि विचित्र र अग्लो आकाशलाई चिरिरहेको छ, त्यसमा घातक घाउ लगाउन खोज्दैछन्, चाहे त्यो आकाशले कति नै रुपहरुमा आफ्ना जादुई आँखाहरू झिम्काइरहेको किन नहोस् ।

एक चिच्याहटसँगै एउटा छरितो रात्री पक्षी उडेर जान्छ।

एकाएक, मलाई महसुस हुन्छ कि हाँस्नेवाला त म नै हुँ, र एकाएक यो हाँसोले मलाई मेरो कोठाभित्र धकेलिदिन्छ।

अचानक, म मध्यरात्रिको हाँसो सुन्छु। यसको आवाज यस्तो लाग्छ, मानौं यो सुतिरहेका मानिसहरूलाई ब्युँझाउन चाहँदैन। तर वरिपरि हावाले यस हाँसोलाई प्रतिध्वनित गरिदिन्छ। मध्यरात्रि र अरु कोही छैन। एकाएक, मलाई महसुस हुन्छ कि हाँस्नेवाला त म नै हुँ, र एकाएक यो हाँसोले मलाई मेरो कोठाभित्र धकेलिदिन्छ। अचानक म आफ्नो बत्तीको ज्योति बढाउँछु।

पछाडिको झ्यालको सिसाबाट पट-पटको आवाज आइरहेको छ, जहाँ लामखुट्टेका बथानहरू सिसामा पागलझैं ठोक्किँदैछन्। केही लामखुट्टे झ्यालको कागजको प्वालबाट भित्र छिरेका छन्। भित्र पसेपछि तिनीहरू बत्तीको सिसामा ठोक्किन्छन्। एउटा लामखुट्टे बत्तीको सिसाभित्रको ज्योतिमा खस्छ, र म सोच्छु, यो वास्तविकता हो। कागजको ढकनीमा दुई वा तीन अन्य लामखुट्टे बसेका छन्, स्वाँ स्वा गर्दै। यो नयाँ कागजको ढकनी हिजो रातपछिको हो। यसको हिउँजस्तो सेतो कागजमा झल्लरहरू लगाइएका छन्, र यसको एउटा छेउमा रगतजस्तो गाढा रातो रङले पोतिएको छ।

जब रगतजस्तो गाढा रातो खुल्नेछ, खजुरका रुखहरू सुन्दर पातहरूले झुक्नेछन्। तब ती साना गुलाबी फूलहरूले फेरि एकपटक सपना देख्नेछन्... र म फेरि एकपटक मध्यरात्रिको हाँसो सुन्नेछु। म तुरुन्तै यो विचारको प्रवाहलाई तोडेर अझै पनि कागजमा बसेका ती साना हरिया कीराहरूलाई हेर्छु। सूर्यमुखीका बीजजस्तै आफ्ना ठूला टाउकाहरू र साना पुच्छरहरू भएको, गहुँको दानाको आधा आकारका ती सबै आकर्षक, दुखद हरिया छन्।

म हाइ काड्छु, चुरोट सल्काउँछु, र धुवाँ छोड्छु, बत्तीको अघि बसेका यी हरिया र संवेदनशील नायकहरूलाई मौन श्रद्धाञ्जलि दिँदै।

अनुवाद: चन्द्र खाकी Selected Works of Lu Hsun, Vol. 1 बाट अनुदित