एशियाका अन्य ३० देशहरु जोड्दा पनि चीनको अर्थतन्त्र नै ठूलो !
संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकापछिको दोस्रो ठूलो अर्थतन्त्र हो चीन । अमेरिकाको कूल ग्राहस्थ उत्पादन (GDP) करिब २५.३२ ट्रिलियन रहेकोमा चीनको त्योभन्दा करिब ७ ट्रिलियन अर्थात् १८.२७ ट्रिलियन रहेको छ । विश्व अर्थतन्त्रमा अमेरिकाको योगदान करिब २४ प्रतिशत रहँदा चीनको योगदान करिब १८ प्रतिशत रहेको छ । यसबाट पनि चीनको अर्थतन्त्रको विशालता अनुमान गर्न सकिन्छ ।
चीनको अर्थतन्त्र कति विशाल छ भने चीन अवस्थित रहेको एशियाका अन्य प्रमुख ३० वटा देशहरु (पश्चिम एशियाका देशहरु, तथ्यांक उपलब्ध हुन नसकेको उत्तर कोरिया र युरोप एवं एशियाली महादेशमा अवस्थित रुसलाई छाडेर) को अर्थतन्त्रलाई एकै ठाउँमा जोड्दा पनि चीनकै अर्थतन्त्र ठूलो हुन आउँछ ।
तलको तालिकामा एशियाका तीस वटा देशहरुको अर्थतन्त्रको आकार र चीनको अर्थतन्त्रको आकारलाई तुलना गरेर हेर्न सकिन्छ ।
देश |
GDP (अमेरिकी डलर) |
जनसंख्या |
जापान |
४,०७० अर्ब |
१२३,७५३,००० |
भारत |
३,८९० अर्ब |
१,४५०,९३६,००० |
दक्षिण कोरिया |
१,८७० अर्ब |
५१,७१८,००० |
इन्डोनेसिया |
१,४०० अर्ब |
२८३,४८८,००० |
ताइवान |
७७५.०२ अर्ब |
२३,२१४,००० |
सिङ्गापुर |
५३०.७१ अर्ब |
५,८३२,३८७ |
थाइल्याण्ड |
५२८.९२ अर्ब |
७१,६६८,००० |
भियतनाम |
४६८.४९ अर्ब |
१००,९८८,००० |
बङ्गलादेश |
४५१.४७ अर्ब |
१७३,५६२,००० |
फिलिपिन्स |
४४०.०६ अर्ब |
११५,८४४,००० |
मलेसिया |
४३९.७५ अर्ब |
३५,५५८,००० |
हङकङ |
४०१.७५ अर्ब |
७,४१५,००० |
पाकिस्तान |
३७४.६० अर्ब |
२५१,२६९,००० |
कजाकिस्तान |
२९२.५५ अर्ब |
२०,५९३,००० |
उज्बेकिस्तान |
११२.६५ अर्ब |
३६,३६२,००० |
तुर्कमेनिस्तान |
८३.८८ अर्ब |
७,४९४,००० |
श्रीलंका |
७४.५९ अर्ब |
२३,१०४,००० |
म्यान्मार |
६४.२८ अर्ब |
५४,५००,००० |
मकाउ |
५३.४५ अर्ब |
७२०,००० |
कम्बोडिया |
४७.१५ अर्ब |
१७,६३९,००० |
नेपाल |
४३.६७ अर्ब |
२९,६५१,००० |
मङ्गोलिया |
२३.६७ अर्ब |
३,४७६,००० |
अफगानिस्तान |
१७.३३ अर्ब |
४२,६४७,००० |
किर्गिस्तान |
१५.७७ अर्ब |
७,१८६,००० |
ब्रुनाइ |
१५.७१ अर्ब |
४६३,००० |
लाओस |
१४.९५ अर्ब |
७,७७०,००० |
ताजिकिस्तान |
१३.०० अर्ब |
१०,५९१,००० |
मालदिभ्स |
६.९८ अर्ब |
५२८,००० |
भूटान |
३.१५ अर्ब |
७९२,००० |
टिमोर-लेस्टे |
१.९९ अर्ब |
१,४०१,००० |
चीन |
१८,२७० अर्ब |
१,४१९,३२१,००० |
चीनपछि एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र क्रमश: जापान र भारत अर्थतन्त्र हुन्। त्यसैगरी, साना अर्थतन्त्रहरूमा भूटान, टिमोर-लेस्टे, र मालदिभ्स पर्दछन्।माथिका तालिकामा उल्लेख भएका देशहरूमध्ये जापान, भारत र दक्षिण कोरिया क्रमशः विश्वको चौथो, पाँचौँ र बाह्रौँ ठूलो अर्थतन्त्रमा पर्दछन् ।
कूल ग्राहस्थ उत्पादन भनेको के हो ? जीडीपी [GDP (Gross Domestic Product)] को अर्थ कूल ग्राहस्थ उत्पादन हो। यसले कुनै देशको निश्चित समय अवधिमा (प्रायः एक आर्थिक वर्ष) उत्पादन गरिएका वस्तु र सेवाहरूको कुल आर्थिक मूल्यलाई प्रतिनिधित्व गर्छ। जीडीपी आर्थिक क्रियाकलापको मापन गर्ने एक प्रमुख सूचक हो, जसले कुनै पनि देशको आर्थिक स्वास्थ्य र उत्पादनशीलताको बारेमा मोटामोटी जानकारी दिन्छ। सामान्यत: जीडीपीले निम्न पक्षहरूलाई प्रतिनिधित्व गर्छ: जीडीपीले एक देशभित्र उत्पादन गरिएका सम्पूर्ण वस्तुहरू (goods) र सेवाहरू (services) को आर्थिक मूल्यलाई मापन गर्छ। यसमा कृषि, उद्योग, सेवा क्षेत्रजस्ता सबै क्षेत्रहरू समेटिन्छन्। यो कुनै देशको कुल उत्पादनशीलता र समृद्धिको आधारभूत मापन हो। जीडीपीको वृद्धिदरले देशको आर्थिक प्रगतिलाई देखाउँछ। यदि जीडीपी बढिरहेको छ भने अर्थतन्त्र बलियो हुँदै गएको संकेत हो, भने जीडीपी घट्नु अर्थतन्त्रमा समस्या आएको संकेत दिन्छ। प्रति व्यक्ति जीडीपी (GDP per capita) ले नागरिकहरूको औसत आम्दानी र जीवनस्तरको मापन गर्न मद्दत गर्छ। उच्च प्रति व्यक्ति जीडीपी हुने देशहरूले प्रायः राम्रो जीवनस्तर, उच्च शिक्षा, स्वास्थ्य सेवा, र पूर्वाधारको सुविधा प्रदान गर्छन्। जीडीपीमा देशभित्रको खपत, लगानी, सरकारी खर्च, र निर्यात-आयातको तथ्यांक समावेश हुन्छ। यसले जनताका खर्च गर्ने क्षमता र देशभित्रको मागलाई पनि प्रतिनिधित्व गर्छ। जीडीपी मापनका मुख्य तरिकाहरू: –देशभित्र उत्पादन गरिएका वस्तु र सेवाहरूको कुल मूल्यको आधारमा –देशभित्र विभिन्न क्षेत्रहरूले कमाएको कुल आम्दानीको आधारमा – देशभित्र गरिने कुल खर्च (घरायसी, व्यापारिक, सरकारी खर्च र निर्यात-आयात) को आधारमा जीडीपीको महत्व –जीडीपीको विश्लेषणले सरकारलाई बजेट तयार पार्न, कर प्रणाली बनाउने, र आर्थिक योजना बनाउने आधार दिन्छ। –जीडीपीले एक देशको आर्थिक शक्ति अन्य देशहरूसँग तुलना गर्न मापनको आधार प्रदान गर्छ। –जीडीपी बढ्दा लगानीकर्ताहरू र व्यवसायहरूमा सकारात्मक भावना बढ्छ। – जीडीपीका आँकडाहरूले समग्र आर्थिक स्थायित्वको मापन गर्न मद्दत गर्छ। सीमितताहरू जीडीपीले पर्यावरणीय क्षति, सामाजिक असमानता, र जनताको समग्र खुशी वा कल्याणलाई मापन गर्दैन। यो केवल आर्थिक उत्पादन र खर्चको मापन हो, जसले अन्य मानवीय सूचकहरूलाई समेट्दैन। त्यसैले, जीडीपी कुनै पनि देशको आर्थिक अवस्था बुझ्न महत्त्वपूर्ण भए पनि, समाजको समग्र प्रगति बुझ्न यससँगै अन्य सूचकहरूको पनि अध्ययन आवश्यक हुन्छ। |
प्रतिक्रिया