सहकारी ठगीमा संलग्न जो कोहीमाथि अनुसन्धान हुने गृहमन्त्री लेखकको दावी

सहकारी ठगी प्रकरणमा मुछिएका सत्ताधारीहरुलाई जोगाउँदै विपक्षी र ‘साना माछाहरु’ माथि मात्रै कारवाही भइरहेको आरोप बुलन्द रुपमा उठिरहेको बेला गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा संलग्न जो कोहीमाथि पनि अनुसन्धान हुने बताएका छन् ।

 नेपाल प्रेस युनियन नवलपुरद्वारा शनिवार कावासोतीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले ‘अनुसन्धान प्रभावित हुने काम कसैले पनि गर्न नहुने बताउदै ‘लोकतन्त्रमा भिडले न्याय नदिने तथा न्यायिक प्रकृयाबाट नै हरेक गतिविधिको छिनोफानो हुने’ बताए ।  

हाल सहकारी छानविनको क्रममा प्रहरी हिरासतमा रहका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मानवअधिकार उल्लंघनको घटना प्रहरी प्रशासनबाट भइरहेको कुराको पनि उनले खण्डन गरे । गृहमन्त्री लेखकको दावी थियो – ‘अदालतको आदेशअनुसार नै अनुसन्धान भइरहेको छ । रविजीमाथि मानवअधिकार उल्लंघनको कुनै काम भएको छैन । सरकार हरेक व्यक्तिको मानवअधिकार रक्षाका लागि प्रतिबद्ध छ । ’

‘जनताले दु:ख गरेर जम्मा गरेको करोडौं रकम हिनामिना गर्नेमाथि अनुसन्धान हुँदा भिड जम्मा गर्ने, अदालत तथा न्यायिक निकाय घेराउ गर्ने जस्ता गतिविधि हुनु दुर्भाग्यपूर्ण भएको’ बताउँदै गृहमन्त्री लेखकले ‘मुलुकमा दिगो विकास, शान्ति, सुशासन तथा समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको’ बताए ।

गृहमन्त्री लेखकले वर्तमान गठबन्धनको विषयमा विभिन्न प्रकारको हल्ला फैलाउने कोसिस भएको भन्दै यो गठबन्धन २०८४ सालको निर्वाचन सम्मै कायम रहने जिकिर गरे । संविधान संसोधन तथा राजनितिक स्थायित्वका लागि वर्तमान गठबन्धनको आवश्यक्ता महसुस भएकाले जनचाहना अनुसार काम हुने उनको दावी छ  ।

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरूको चिन्ता

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरू…

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा खण्डन

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा …

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्रस्ताव

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन