पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक, सार्वजनिक बिदा

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोकको घोषणा गर्दै मंसिर ३ गते सोमबार सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने र पशुपति आर्यघाटमा ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो।
ढुंगानाको निधन आइतबार दिउँसो १:४० बजे फ्रन्टलाइन अस्पतालमा भएको थियो। कलेजोसम्बन्धी समस्या भएका उनलाई काठमाडौं बत्तीसपुतलीस्थित निवासमा बेहोस भएपछि अस्पताल लगिएको थियो। चिकित्सकले अस्पताल पुर्याउँदा नै निधन भइसकेको पुष्टि गरेका थिए।
वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजका अगुवा ढुंगाना २०४८ देखि २०५१ सम्म सभामुख रहे। उनी सरकार–माओवादी शान्तिवार्ताका सहजकर्ता र शान्ति अभियानमा सक्रिय थिए। बहुदल स्थापना यताका सभामुखहरुको भूमिकाको निष्पक्षताबारे बारम्बार प्रश्न उठ्ने गरेको पृष्ठभूमिमा ढुङ्गानाको सभामुख कार्यकाललाई उदाहरणीय मान्ने गरिन्छ । खासगरी, सत्तापक्ष नेपाली कांग्रेसको तर्फबाट सभामुख भए पनि उनले सदन प्रतिपक्षको हो भन्ने आशयका साथ लिएका अडान र निर्वाह गरेको भूमिकालाई लिएर उनलाई सबैभन्दा प्रभावकारी र निष्पक्ष सभामुखको रुपमा मान्ने गरिन्छ ।
ढुङ्गानाको अन्त्येष्टिअघि सानो गौचरणमा हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताहरू सहभागी हुने जनाइएको छ ।

छत्तीसगढ़मा १४० माओवादी नेतृत्त्वसहित आत्मसमर्पण

वरिष्ठ नक्सलवादी नेताले गरे आत्मसमर्पण

राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न नागरिक आह्वान

इजरायल र हमास गाजामा पहिलो चरणको युद्धविराम योजनामा सहमत

राष्ट्रपतिलाई बुद्धिजीवीहरुको चारबुँदे सुझाव

इण्डोनेशियामा जेन जीले हाँकेको विद्रोह

एआइको प्रयोग गर्दै धुलिखेल नगरपालिकाको डिजिटल छलाङ

प्रतिक्रिया