पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक, सार्वजनिक बिदा

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोकको घोषणा गर्दै मंसिर ३ गते सोमबार सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने र पशुपति आर्यघाटमा ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो।

ढुंगानाको निधन आइतबार दिउँसो १:४० बजे फ्रन्टलाइन अस्पतालमा भएको थियो। कलेजोसम्बन्धी समस्या भएका उनलाई काठमाडौं बत्तीसपुतलीस्थित निवासमा बेहोस भएपछि अस्पताल लगिएको थियो। चिकित्सकले अस्पताल पुर्‍याउँदा नै निधन भइसकेको पुष्टि गरेका थिए।

वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजका अगुवा ढुंगाना २०४८ देखि २०५१ सम्म सभामुख रहे। उनी सरकार–माओवादी शान्तिवार्ताका सहजकर्ता र शान्ति अभियानमा सक्रिय थिए। बहुदल स्थापना यताका सभामुखहरुको भूमिकाको निष्पक्षताबारे बारम्बार प्रश्न उठ्ने गरेको पृष्ठभूमिमा ढुङ्गानाको सभामुख कार्यकाललाई उदाहरणीय मान्ने गरिन्छ । खासगरी, सत्तापक्ष नेपाली कांग्रेसको तर्फबाट सभामुख भए पनि उनले सदन प्रतिपक्षको हो भन्ने आशयका साथ लिएका अडान र निर्वाह गरेको भूमिकालाई लिएर उनलाई सबैभन्दा प्रभावकारी र निष्पक्ष सभामुखको रुपमा मान्ने गरिन्छ ।

ढुङ्गानाको अन्त्येष्टिअघि सानो गौचरणमा हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताहरू सहभागी हुने जनाइएको छ ।

 

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरूको चिन्ता

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरू…

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा खण्डन

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा …

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्रस्ताव

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन